मभन्दा पहिले मेरो देश

नयाँ वर्षदेखि माइसंसारले यो नयाँ स्तम्भ सुरु गरेको हो। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्‍नेछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्‍यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्‍नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्‍नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्‍नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। [email protected] मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।

हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।

तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्‍दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।

सुरुमा योगेश्वर अमात्यको स्वरको एउटा गीतको भिडियो, यसलाई बनाएर पठाएका हुन् बेल्जियमको Gent University मा अध्ययनरत विद्यार्थी चिन्तन मानन्धरले-

यो साताका लागि फोटोहरु-


Riihimäki, Finland को HAMK University of Applied Sciences मा Bachelor in Mechanical Engineering अध्ययन गरिरहेका गोविन्द आचार्य लेख्छन्, यी फोटो हामीले अप्रिल १५, २००९ मा भएको International Day Program मा खिचेका हौँ। हामीले अन्य अन्तर्राष्ट्रिय विद्यार्थी र दर्शकहरुलाई नेपालको बारेमा जानकारी दिन सक्दो प्रयास गरेका थियौँ।


Berea College, Kentucky, USA मा अध्ययनरत विद्यार्थी रमेश अधिकारीले आफ्ना host dad लाई उपहारस्वरुप दिएको भादगाउँले टोपी। नेपाली झण्डासहितको त्यो टोपी Dan Cain ले रमाउँदै लाउँछन् रे।

जापानको कोबेमा ५ वर्षदेखि बस्दै आएका प्रकाश आचार्यको ब्यागमा नेपालको झण्डा-

र, अन्त्यमा इराकको बग्दादबाट कुमार श्रेष्ठले यो स्तम्भका लागि फोटोसपबाट राष्ट्रिय झण्डा र सगरमाथाको फोटो कपि पेस्ट गरेरै भए पनि प्रकट गर्नुभएको राष्ट्रप्रेमको सम्मान गर्दै यो फोटो-