मभन्दा पहिले मेरो देश

नयाँ वर्षदेखि माइसंसारले सुरु गरेको यो स्तम्भ हरेक शुक्रबार राख्‍ने गरिएको भए पनि प्राविधिक कारणवश गत साता राख्‍न सकिएन। यस पटक पनि सोमबारका दिन मात्र राख्‍न सकेका छौँ। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्‍दैछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्‍यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्‍नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्‍नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्‍नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। [email protected] मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।

हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।

तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्‍दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।

सुरुमा जापानबाट प्रल्हाद उप्रेति र अनुपमा पौडेलले बनाएर पठाएको राष्ट्रिय भावनाको गीत

यो साताका लागि फोटोहरु-


Glenmore park, New South Wales, Australia निवासी रामकृष्ण पन्तको कारको नम्बर प्लेट।


अन्जु पराजुली लेख्छिन्- ‘नेपालको गैँडाकोट, नवलपरासीमा मेरो घर छ। हाल म डेनमार्कमा छु। हाम्रो नेपालमा जस्तो मन्त्रीहरुले मात्र हैन, डेनिसहरुले घरघरमा झण्डा गाड्दा रहेछन्। त्यसैबाट प्रभावित भई मैले पनि आफू बस्ने घरमा नेपालको झण्डा राखेको छु।


एल एन सिम्खडाले Japan, Niigata स्थित आफ्नो स्कूलमा अमेरिकी साथीसित नेपालको झण्डासँग खिचेको फोटो।

जापानको कोबेमा ५ वर्षदेखि बस्दै आएका प्रकाश आचार्यको ब्यागमा नेपालको झण्डा-

र, अन्त्यमा दीपक आचार्यले पठाएको यो फोटो। उनका अनुसार बाल्टिमोर काउन्टीको कम्युनिटी कलेजमा सां‍स्कृतिक कार्यक्रम हुँदा यो फोटो खिचिएको हो।