राजाको फोटो भएको नोट कहाँ साट्ने ?

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले निकालेको सूचना अनुसार भोलि (चैत १ गते) देखि राजाको फोटो भएका नोटहरु यी बैँकहरुमा मात्र साट्न पाइनेछ-

नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरु
चामे मनाङ्ग, चरिकोट, चौतारा, दमौली, दाङ्ग, धुन्चे, डोल्पा, हेटौडा सि.ओ., इलाम, जाजरकोट, जोमसोम, मलंगवा,
मुसिकोट, म्याग्दी, फिदिम, प्यूठान, रोल्पा, सल्यान, स्याङ्जा, ताप्लेजुङ्ग, तेह्रथुम, टिकापुर, त्रिशुली, बाग्लुङ्ग, बनेपा,
भक्तपुर, विर्तामोड, चन्द्रनिगाहपुर, हेटौडा आई.ई., इटहरी, काकडभिट्टा, कालिमाटि, कञ्चनपुर, कृष्णनगर, कुश्मा,
लाहान, ललितपुर, रंगेली, रत्ननगर, वालिङ्ग, राजापुर, नारायणगढ, पनौती।


राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु
बैतडी, बझाङ्ग चैनपुर, बाजुरा मार्तदी, बेसीशहर, भद्रपुर, भरतपुर, भोजपुर, डडेल्धुरा, दैलेख, दार्चुला, धादिङ्ग, धनकुटा,
धुलिखेल, दिक्तेल, डोटी, गाईघाट, गौर, गोरखा, गुलेरिया, गुल्मी, इनरुवा, जलेश्वर, जुम्ला, कञ्चनपुर महेन्द्रनगर,
कलैया, खाँदवारी, मंगलसेन, मान्मा, मन्थली, मुगु, नाम्चे बजार, ओखलढुङ्गा, पाल्पा, परासी, राजविराज, सल्लेरी,
सन्धीखर्क, सिमीकोट, सिन्धुली, सिराहा, सुर्खेत, तौलिहवा, तुल्सीपुर, बेलबारी, भैरहवा ड्राईपोर्ट, विराटनगर ड्राईपोर्ट,
बुटवल, चैनपुर, दमक, धरान, दिपायल, गजुरी, गौशाला, कावासोती, लालवन्दी, ललितपुर, लमही, महाराजगंज,
मिर्चैया, फिक्कल, रामेछाप, ठमेल, ठिमी, त्रिभुवन एयरपोर्ट, थापाथली, काठमाडौं, हेटौडा।

सरकारी कारोबार गर्ने एभरेष्ट बैंक लिमिटेड शाखा कार्यालयहरु
नयाँ बानेश्वर, लाजिम्पाट, पुल्चोक, सिमरा, वीरगन्ज आईसीडी ड्राइपोर्ट।
सरकारी कारोबार गर्ने नेपाल वंगलादेश बैंक लिमिटेड शाखा कार्यालय
लिपिङ्ग, तातोपानी।

सरकारी कारोबार गर्ने ग्लोवल बैंक लिमिटेड शाखा कार्यालय
कान्तिपथ, काठमाडौं

राजाको फोटो भएको नोट नचल्ने नै हो त ?


हो कि हैन, आधिकारिक सूचना पढ्नुस् तल- यसमा चैत १ गतेदेखि माथिका बैँकका शाखाहरु बाहेक अरु बैँक र फाइनान्सले त्यस्तो नोट नलिने भनिएको छ

53 Comments

  1. मेरा एक गाउका छिमेकी दाइको व्यथा

    दुर्गम को मान्छे बर्ष भरि दुख गरेर पालेको बहर बेच्दा रु ५५०० हातलाग्यो. २ दिन परको सदरमुकाम मा ब्यांक छ. साट्न जाँदा आउदा ३ रात ४ दिन लाग्छ. बाटोमा खान सुत्न परिहाल्यो. गर्जो परेरै कलिलो बहर बेचेको. के गर्ने होला. मेरो दुख त सर्खारले सित्तैमा खान पो खोज्यो…

  2. लौ हेर्नुस जनताको प्रेसर कस्तो हुन्छ आखिर राष्ट्र बैंकले पूर्वराजाका फोटो भएका नोट पछी सम्म साट्न सकिने व्यवस्था मिलायो | कान्तिपुरको न्युज हेरौं :

    नआत्तिनुस्, नोट साटिन्छन्
    गोकर्ण अवस्थी
    काठमाडौ, फाल्गुन ३० –
    पूर्वराजाका फोटो भएका नोट साट्न भ्याउनुभएको छैन भने नआत्तिनुस्- चैत १ गतेदेखि ती चलनचल्तीमा नआए पनि तोकिएका स्थानमा सजिलै साट्न सकिन्छ ।

    राष्ट्र बैंकसहित सरकारी बैंक र नोट कोषको कारोबार गर्ने निजी बैंकमा त्यस्ता नोट साट्न सकिने राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले बताए । नोट राजधानीको थापाथलीस्थित राष्ट्र बैंक, बैंकिङ कार्यालयमा साट्न सकिन्छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अधिकांश शाखामा पनि साट्न सकिने व्यवस्था मिलाइएको छ । ‘पूर्वराजाका फोटो भएको नोट सटही हुँदैन भन्ने हल्ला गलत हो,’ उनले भने, ‘त्यस्तो भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध छ ।’

    नेपाल बैंकका देशभरका ४० भन्दा बढी शाखामा पूर्वराजाका फोटो भएका नोट दिएर सगरमाथा अंकित नोट लिन सकिन्छ । यसरी साट्दा कुनै शुल्क नलाग्ने उनले जनाए । त्यस्तै, एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल बैंकमा गएर पनि नोट साट्न सकिन्छ । एभरेस्ट बैंकको नयाँ बानेश्वर, लाजिम्पाट, पुल्चोक, सिमरा, वीरगन्ज शाखाबाट यस्ता नोट साट्न सकिने छ । बंगलादेश र ग्लोबल बैंकका केही शाखाबाट पनि साट्न सकिने जनाइएको छ ।

    राष्ट्र बैंकले नयाँ नोट साटिसक्नुपर्ने मिति भने तोकिसकेको छैन । ‘नयाँ नोट तत्कालै साट्नुपर्छ भन्ने छैन,’ काफ्लेले भने, ‘तैपनि सकेसम्म छिटो साट्न राष्ट्र बैंकको आग्रह छ ।’

    छिटो भनेको सकभर बढी भन्दा बढी आफ्नो कब्जामा आओस भनेर हो | नत्र यसरि बन्देज गर्न कहाँ मिल्छ र ? जे भएपनि राष्ट्र बैंकले जनताको मर्का बुझेकोमा धन्यबाद |

  3. रमेश लुइँटेलजी, तपाईले थाहा पाएर हिमाल भएको नोट बोक्नु भो तपाईको लागि ठिक हो यहाँ त लाखौ बिकटमा बस्ने जनता र नेपालबाट टाढा रहेकाहरु कुरा गरेको | के राष्ट्र बैंकले पछी सम्म पनि आफ्नै काउन्टरमा साटीदिने व्यवस्था गर्न सक्दैन ? तपाइँ जस्तो धेरै ज्ञान भएकालाई थाहा होला झुत्रो नोट त साटीन्छ भन्ने कुरा | यसरि आम सर्कुलेशनमा आएको नोट ९ महिनाको नोटिसले खारेज गरिदिने ? तपाई जस्ता टेलिभिजन हेर्ने मात्र जिम्मेबार छन यो देशमा भन्न खोज्नु भएको हो भने भन्नु केहि छैन तर सूचना नपुग्ने रेडियो टेलिभिजन को पहुच बाहिर पनि जनता छन् उनीहरुलाई ९ महिना होइन ९ बर्ष पनि पुग्दैन | राष्ट्र बैंक ले नगर्नु निर्णय गरि सक्यो भनेर जस्तो निर्णयलाई पनि सिरोपर गर्नु ठिक होइन | तपाइले थाहा पाउनु भो गर्नुस तर धेरैको प्रतिक्रिया कस्तो आउँछ त्यो पनि हेर्नोस | जनताको कठिनाइको वास्ता नगरी गरेको निर्णयमा संसोधन गर्न सकिदैन ? तपाई जस्ताले यसैगरि आँखा चिम्लेर हिड्दा आम जनताले दुखः खेप्नु परेको हो |

  4. अब पूर्ब राजाको समयमा छापेको पूर्ब राजाको फोटो भएको नोट नचल्ने भएपछी पूर्ब राजाको समयमा भएको सबै निर्णय पनि रद्द हुनेहोकी?

  5. मरेको बाघको जुँगा लुछ्न पाउँदा गर्व गर्ने कायर सिंहहरू संधै आँफुलाई जन पक्षीय देखाउन यस्तै ढोंग रच्ने गर्दछन र जनतालाई वाहियात सास्ती थप्ने गर्दछन l
    मूल्य वृद्धि रोक्नमा नो interest ,बिजुली निकाल्नमा नो interest ,सान्ति सुरक्षामा नो interest मात्र जनतालाई दुख दिनमा interest ?????
    what kind of leaches these are !!!!!!!!!!!!!!!!!!!!!!!

  6. दिन दहाडै गोलि चल्छ, देसमा बत्ति छैन, हपतामा एकदिन पानि आउछ रे त्यो पनि जम्मा ३०० लिटर, शान्ति सुरक्ष्या छैन, पेट्रोल, ग्यास, नुन चामल सबै महँगो छ, आस्ति मात्र पेट्रोल को पैसा बढ्यो.
    त्यतातिर तिमीहरु देस लुटाह गद्दार नेता र सरकारको Dhayan जानुको सट्टा नचाहिन कुरा र बिषयमा अल्ल्झिदा नै आज नेपाल र अधिकांस नेपालीको हालत डामाडोल भएको छ. तर के गर्ने तपाई र म जस्ता अधिकांस नेपालीहरु जे पनि सहन बाध्य छन् हाम्रो कुरा कसले नै सुन्छ र ? (किन कि हामी कसै नेता को झन्डा बोकेको छैनौ)
    तिमीहरु जस्ता गद्दार देसद्रोही, कुसासक नेता भन्दा राजा धेरै धेरै Better ………….. येही चाला हो भने तिमीहरुले नेपाल को सम्पति कुम्ल्यार देशलाई नाजुक पार्छौ. ……….. तिमीहरुलाइ के नै छ र ……… Air condition गाडी, बिसाल महल, न loadshading को समस्या, न पानीको न जनताको, न महंगीको केहि नलागे तिमिहरु त घुस खाएर भए पनि सम्पति बटुली विदेश जान्छौ तर हामी नेपाली हाम्रो देस को माया छ तेसैले सबै सोतंत्र नेपाली उठ्ने बेला भएको छ ………. राष्ट्र र RASTREEYETA बचाउन म तपाईहरु कै साथ् छु .

  7. लौन यो देस अब के हुने हो ? अरुको इतिहास भनेर जोगाऊ छन् !
    हाम्रो सबै सिधाऊ छन् / कहिले राजा सिधौने ?
    कहिले राजाको पैसा /भोलि कतै देसै सिधौने त होइनन ???

  8. राजा को नाम जोड्नु को अर्थ नै थिएन.
    पपेर नोट नया निक्लनु त ठिकै हो तर इतिहाश नै नोट को शाहारा लई मेटाई हाल्नु त राम्रो हैन.
    खै काम न पाका लाई धान का गेडा छान्नु भनेको को त यहि हो नि.

  9. क्या जबर्जस्ति.
    अस्ति bike गाडी को नम्बर plate रे, अहिले नोट रे, भोलि खै के पर्सि खै के

    एक महंगी को सास्ती, तेस माथि अनावसेक नियमको सास्ती
    १४ घण्टा load shedding लाई कसरि हटाउने भनेर तेसका बाऊले सोच्नु पर्दैन?
    संबिधान चाडो बनाऊ भनेर तेसका बाऊले सोच्नु पर्दैन?
    गरिबी हटाऊ भनेर तेसका बाऊले सोच्नु पर्दैन?
    अराजकता हटाऊ भनेर तेसका बाऊले सोच्नु पर्दैन?

    ल साथी हरु रेमित्तंस चाही पठाई रहु, तेसका बाऊ ले फेरी रेमित्तंस पठायेना भनेर अर्को नियम बनाउला..

  10. तल केहि कमेन्ट हरु हेर्दा विदेशमा रहनुभएका साथीहरुलाई केहि भ्रम भए जस्तो लाग्यो…………मैले बुझे अनुशार अब उप्रान्त राजाको तस्बिर भएका नोटहरु चल्दै नचल्ने कि ति नोटहरू साट्नु परेमा उल्लेखित बैंकमा मात्र जानुपर्ने भनिएको हो…….तेसैले तेती आत्तिहाल्नु पर्दैन l राष्ट्र बैंकको यो नियेमित प्रक्रिया पनि हो जस्तो लाग्छ ……पूर्व राजाको नाम जोडिएकोले अलि hyped भए जस्तो लग्यो l

  11. म संग पूर्ब राजाको फोटो भयको केहि रु.छ विदेशमाछु फर्कने ठेगान भयको छैन के मसंग भयको रु.तेतिकै खेर जाने भयोत ? कि उल्लिखित सुचिमा रहेका बैंकले पछी पनि पूर्व राजाको फोटो भयको नोट सकार्छ?/
    बलराम विद्याधर

  12. यो निरन्तर चल्ने प्रक्रिया भएकोले यो कामलाइ नचाहिने काम भन्न मिल्दैन/

    • मलाई पनि यहि प्रश्न सोध्न मन लागेको थियो/ तर सुचना अनुसार यो स्पस्ट भयोकि पछी पनि लिस्टमा भएका बैंकहरुले राजाको फोटो भएको नोट लिने रहेछन/

  13. राष्ट्र बैंकका कार्यकारी निर्देशक, गवर्नर र अर्थ मन्त्रीलाई मोटो कमिशनको लाभ, गवर्नरलाइ नोटमा सहि राख्ने लालच पुरा हुने, नोटका अशली हकदार जनतालाई यातना र थप आर्थिक भार आदि यो निर्णयको परिणाम हुनेछ / मालिक नचिन्ने भतुवाहरुले यस्तै सिवाय अरु के नै काम गरेको थियो, गर्छ र गर्नेछ यो देशमा ? यी भतुवाहरुलाई देशको ढुकुटी रित्याएर देश बिदेशमा तालिम अध्ययन गराएको यस्तै प्रतिफल दिनलाई हो ? थुक्क त्यो बिदेशी डिग्री, PhD को प्रतिफल ! मालिक नचिन्ने कपुत भतुवाहरु !

  14. म संग केहि हजार छ/ मा परदेसमा छु/ म जस्ता लाखौ पर्देसी नेपाली संग केहि न केहि रुपीया छ/ सबैको जम्मा गर्दा करोड भन्दा बढी हुन्छ/ के त्यो अब कागज जस्तै भयो?

  15. मुला क साग हरु को बिकाश तर्फ केहि मतलब छैन ! नचाहिदो काममा अल्झिने र नया काम गरि देखाउन खोजेको जस्तो लाग्छा !

  16. म संग राजा को फोटो भाको Rs २००० छ / तर म विदेश मा छु / अब कसरि सट्नी ??????

  17. नेपाल राष्ट्र बैंक ले जनता लाई अब एती मिति देखि राजा का टाउको भएको नोट चल्दैन चलाएमा खोटा सरह हुन्छा भनेर लाई सुंचना गरेको छ त सलोक्याजी?माथि दियिएको पत्र त अरु बैंक लाई गरेको परिपत्र मात्रै हो …के यो पर्याप्त छ त? साथीहरु लाई के लाग्छा?.फेरी राजा का फोटो भएका नोट हरु हिजो अस्ति सम्म atm र बैंक हरुले दिदै थिए….जे होओस जनता लाई सूचना गरेको जस्तो लागेन
    अझै यो महिना धेरै बैंक मा साट्न पाई हालिन्छ तर सोझा साझा नेपाली लाई येही बेलामा ठग हरु ले आधी मूल्य दिएर राजाको फोटो भएको नोट किन्ने सम्भावना देख्दछु…. हामीहरु ले सतर्क गराउनु जरुरि छ जस्तो लाग्दछ

    दिग्विजय शर्मा
    काठमाडौँ

  18. यो पनि एउटा सदयंत्र हो !आज राजाकोचापको नोट चल्दैन भनेर लाटा सोजा जनतालाई भन्ने भोलि रु १००को रु १० दिने भा म किन्छु भनि नोट जम्मा गर्नु लाउने कुनै उनीहरुको दलालिलाई !नोट जम्मा भए पछि फेरी अर्को सूचना जारी गर्ने अब यो मिति सम्म कुनै पनि राजाको छाप भाको नोट लिने छैन यदि भयमा बैंकमा बुजाई सक्नु पर्ने भन्ने !कमिसन खाने जे होश नेताहरुको बुद्दी चै मान्नु पर्छ !

  19. नया नोट नीति हो खासै समस्याको कुरा छैन,संसारका सबै जसो देसमा निश्चित समय पछी यस्तो नीति लागु गरियको पाइन्छ,र यो एक न एक पटक हुनु जरुरि थियो राजाको फोटो भयको नोटलाई नै काम नलाग्ने बनाउन खोजियाको चाही होइन जस्तो लाग्छ,जे होस् अहिले को समय चाही नया नोट को लागि राम्रो र उपुक्त समय हो,अहिले राजा हटेर रास्ट्रपति भयकोले राजाको फोटो भयको नोट हटाउदा माओबादीले गरेको हो भन्ने भयको मात्र हो पहिला पनि राजाले नया नोट नीति ल्याकै हुन् क्यारे महेन्द्रको फोटो भयको नोट बिरेन्द्र र गेनेंद्र को समयमा नचले कै हो मा संग महेन्द्र को फोटो भयको नोट अझै छ कसैलाई चाहिय सम्पर्क….

  20. Is there any deadline to have the bank notes (bills) exchanged? I have not seen any in the NRB letter, comments and blog itself. Please advise, if anybody has the information.
    Thanks a lot.

  21. साथीहरु हो…!! यो हो माओबादीले भन्दै आएको क्रन्तिकारी परीवर्तन….!!! आमुल परिवर्तन…..!!!! हिजो सम्म राजाको फोटो भएको नोटको मुल्य थियो भोली बाट कागज,, कमरेडहरु यस्तै परिवर्तन गरेर हामी जनतालाई सुख दिदै जानु होला

  22. देश र जनताप्रति गैर जिम्मेवार भएका मुट्ठीभरका ठुला भनौदा नेपाली आमाका कुपुत्र सन्तानको निर्णय हो / जो आफ्नो बेक्तिगत स्वार्थमा लिप्त भएर भरखर जन्मेको बालक देखि मिर्तुसैयामा काललाई पर्खेर बसेको को बेक्तिको समेत रगत चुस्न पछी नहट्ने यी देसका सत्रुहरुको निर्णय हो / यिनलाई कसैको मतलब छैन /

  23. राजाका फोटो भएका नोटहरू प्रचलनमा हराए पछि एेतिहासिक बस्तुको रूपमा विक्रि हुन सक्छ पचासैा वर्ष पछि । त्यस्ता नोटको संरक्षण गरेर राखे पछि काम अाउँछ । चादीका मोहरको महत्व घटेन क्यार काजगी नोटको प्रचलन अाएपनि । कि कसो ?

  24. राजाका तस्बिर भएका नोटहरु २०६७ चैत्र १ गते देखि सटही नगर्ने भन्ने बुझियो | राष्ट्र बैंकले legal tender भनेर कुनै पनि बेला भुक्तानी गर्ने जिम्मा लिएको होइन ? फेरी हाम्रो जस्तो देशमा कुना काप्चामा बस्ने धेरैलाई के थाहा यस्तो सूचना ? न उनीहरुलाई बैंक भनेको थाहा छ न बैंक देखेकै होलान | सोझा साझा निमुखा जनता प्रति यो सरासर अन्याय हो |
    विदेशमा बस्ने कतिपयसंग पनि नेपाल आउँदा जाँदा चाहिन्छ भनेर राख्ने गरिन्छ | अब ति कागजका खोस्टा हुने भए ? के गरेको यो एकतर्फी निर्णय ? अकस्मात् यस्तो निर्णय गर्दा सूचना र बैंकको सुबिधा नबुझेका र नपुगेका जनतालाई पर्ने असर केहि बिचार नगरेको देखियो | नेपालका जान्ने सुन्ने, पढे लेखेका, नेता , बुझक्कडले देश बिगारे | बिकटमा बस्ने आधुनिक सुबिधा नभएका जनताको बाँच्ने अधिकार खोसिएको जस्तो लाग्यो |

    • श्री बसन्त जी, सायद तपाई नेपाल मा हुनुहुन्न होला र निउज पनि मज्जाले पढ्नु हुन्न होला. म गत भाद्र मा नेपाल जाँदा त्यति खेर नै रेडियो, टेलिभिजन अनि पत्र पत्रिका बाट जानकारी पाइसकेको थिए. र उस बेला देखिने मैले हिमालको नक्सा भएको नोट मात्रै बोकेको छु. जिम्मेवार बन्नुस! राम्ररी न बुझी आवेश मा न आउनुस!! थोरै ज्ञान घातक हुन सक्छ!!! आरोप लगाउन सजिलो छ काम गर्न गाह्रो हुन्छ के तपाइलाई ५ वर्ष अगाडी देखि खबर गर्नु पर्ने? ९ महिना काफी छैन र? न गर्नु निर्णय गरिसक्यो राष्ट्रले जिम्मेवार भै साथ् दिनुस सल्लाह दिनुस. देशले प्रगति गर्ने छ.

  25. नेपाली शब्दकोशबाट फेरी “राजा” भन्ने शब्द हटाउने कि???

  26. विदेशमा भएको नेपाली राजदुताबास बाट पनि साट्ने बेवस्था भए राम्रो हुनथियो| कि कसो सथिहो?

  27. हामी विदेशमा रहेका नेपालीहरुसंग रहेका राजाका फोटा भएका नोट हरु के गर्ने त ? २-४ बर्ष पछी नेपाल आउदा हाम्रो नोट पपेर टोवेल बनाउने कि कतै साट्न पाइन्छ ?

  28. Hi, this is Prabhat from USA.
    In my view this is ridiculous to change paper note, name of country, shape of flag. In stead leader need to make constitution and do something good for nation. When will leader think about country and citizen?
    I think nepalese people need to teach lesson to such kind of leader. Wake of people!

  29. हैन यी हाम्रा राष्ट्र बैंकका गवर्नर त पढे लेखेका विद्वान हो जस्तो लाग्छ यिनले आफ्नो बुद्धि कुनचाही राजनैतिक दलमा धितो राखेर आएका रहेछन नत्र यस्तो खालको निर्णय हुदाँ इनले बिरोध गरेको समाचार त आउनु पर्ने हो नि!! विचरालाई गवर्नरपछी राजदुत पनि खानु छ जस्तो छ!

  30. लौ भयो अब मा संग भएको नोट क गर्ने होला झन् नेपाल जादा चलौला भनेको त ……

  31. काम पाइनस बुडी पाडा को खोइ के कना भन्थिये सायद येही होला l

  32. राजा भनेका राजा नै हुन् चाहे पूर्व राजा नै किन नहोस आखिर अन्तिम मा त राजा नै जोडिएको छ नि
    भएको पैसा काम चलाउदै गरौ नया चै नाचापे हुन्थ्यो नि
    बिदेसमा भएका हरुसंग राजा को नोट छ अब के गर्ने कि साट्न नेपाल नै जाने हो ?

  33. देश मा गर्नी परिबर्तन भानिको नै येही हो नि हैन त….? देश को झन्डा फेरनी , राष्ट्रिय गान
    फेरनी ….नोते फेरनी …ह ह ह ह ..हाम्रा पार्टी लि लौनि नया परिबर्तन , नौलो बिहानी , नत्र तेत्रो आन्दोलन क काम …?

  34. हो हो मेरो साथ मा पनि नेपाल को पाच हजार जति छ के गर्नी होला,,,,,,,

  35. यसमा मेरो घोर आपत्ति छ ।

    के राजाको तस्विर भएकै कारण ती नोटहरुलाई राष्‍ट्र बैंकले नष्‍ट गर्ने योजना बनाएको हो त? कसको मुल्यमा? यसबाट जनताले कति सास्ती खेप्नुपर्नेछ, के सम्बन्धित अधिकारीहरुले कल्पना मात्र पनि गरेका छन्?

    १) यदि राष्‍ट्र बैंकलाई देशको ढुकुटीको अलिकति पनि चिन्ता छ भने बरु पुर्वराजाका तस्विर अँकित फाटेका र झुत्रा मात्र भएका नोटहरुलाई अधीनमा लिई त्यसबापत नयाँ नोटहरु निस्कासन गरोस्। राम्रा नोटहरु, जुन कम्तिमा अझै ४ – ५ बर्ष बजारमा चल्न सक्छन् ती नोटहरुको बदलामा नयां नोटहरु निष्कासन गर्दा देशले आर्थिक बोझ बोक्ने निश्‍चित छ। हाम्रो जस्तो देश, जहाँ आफ्नो मुद्रा मुद्रणको लागि स्वदेशमै सँसाधन छैन, निश्‍चित रुपमा यो जनताको बोझ हो। यसले भोलीका दिनमा जनतालाई कालाबजारीको गम्भिर मार समेत भोग्न बाध्य पार्नेछ।

    २) यदि पुर्वराजाका तस्विर भएका नोटहरु प्रचलनमा नल्याउनु नै थियो भने राष्‍ट्र बैंकले बैंक लगायतका वित्तीय सँस्थाहरुलाई पुर्वराजाका तस्विर भएका नोटहरु लिन र ती नोटहरुलाई आफ्ना कुनैपनि ग्राहकलाई जारी नगर्न निर्देशन दिई कडाईका साथ लागु गराउन सक्थ्यो। ग्राहकहरुको हकमा त्यस्ता नोटहरु सकेसम्म नलिन बिभिन्न सञ्चार माध्यमहरुद्वारा सजग गराउन सक्थ्यो। फलस्वरुप, ती नोटहरु छिट्टै बजारबाट लोप हुन्थे।

    ३) मेरो सम्बन्धित अधिकारीहरुलाई के अनुरोध छ भने, सटही गरिएका नोटहरुको पुर्ण अभिलेख राखियोस जसले राज्यले चाहेको खण्डमा भष्‍ट्राचारीद्वारा सञ्चित कालाधन पत्ता लगाउन टेवा पुग्नेछ।

    धन्यवाद !

  36. जब सम्म नेपाल राष्ट्र बैंक रहन्छ तब सम्म तपाई हामीले आतिनु पर्दैन/ ति नोटहरूलाई हेर्नुस/ तेसमा लेखियकोछ कि यो रुपियाको भुक्तानी माग्न आयमा नेपाल राष्ट्र बैंक बाट तुरुन्त प्राप्त गर्न सकिनेछ/ तेसैले ढुक्क हुनुहोस/ कारोबार भने गर्न मिल्ने छैन/

  37. राजा भाको नोट नचलाउनु भनेको अर्को दसा निम्तौनु हो/

  38. ६७ Dollar माया मारेर नेपाल सरकार लाइ कर को रुप मा दिएको सम्झे हुदैन | यो तपाई को लागि जिन्दगि मा एक पटक कर तिर्ने र राष्ट्र पति योगदान दिने र गौरब गर्ने ठुलो मौका हुन सक्दछ है |वा नेपाल भ्रमण वर्ष भएको ले बिदेशी नोट कलेक्टर लै उपहार दिनु भेये नेपाल को बिज्ञापन पनि हुन्थ्यो | मैले त पटक पटक नेपाल बाट आउदा झुइकिएर आएका पैसा यसै गर्ने गरेको छु |

    Prakash

  39. राजाले होइन राजाका कट्टु समाउनेहरुले भने यो पक्कै सताएको हो नेपालि जनतालाई!

  40. हेर त, हाम्रो केन्द्रीय बैंको को उपहार! एक रुपैयाँ को नोट साट्न कहीं कहीं त १०० रुपैयाँ साटेर बैंक को मुखमा लाइन लाग्न जानुपर्ने भो, हाम्रा भाग्यमानि नेपालि दाजुभाइ दिदि बहिनिहरुले!—-खप्पर त लिएरै आएका रहेछन यिनीहरुले!!! कामको नोक्सान, समयको बर्बादी को त कुरै छोडौं!—नया नेपाल,= जनता सताउने नया नया तरिका!!
    (एउटा कुरा—त्यो ‘इनिहरु’ भित्र म पनि पर्छु है!)

  41. फेरी अर्को बकबास! काम पाउदैनन कि क्याहो हाम्रा देशका मान्छेहरुले? देश बिकाश गर देश. देशलाई भलो हुने कुरा तिर लाग, खाली राजाको पछाडी लागेर के पाउछौ?

  42. हे इश्वर, फेरी अर्को सास्ती! हैन यी कंग्स हरुले जनतालाई सास्ती दिनबाहेक अरु केहि जानेका छैनन् कि कसो हो ?

  43. यो सामन्तीहरुको अन्त्य भन्दै नव सामन्तीहरुले जनता माथि राज गर्ने देश हो / उच्चा पदस्थ राजनीतिक, ब्यापारिक घराना, सरकारी माथिल्लो ओहदाको व्यक्ति, हुण्डी व्यापारमा संलग्न तथा राजनीतिक नियुक्ति पाएका संस्थानका महाप्रबन्धकहरु संग धरै रकम अज्जी घरमा बोरामा कोचेर राखेको अवस्था हालका राजनैतिक तथा सरकारी संयन्त्रका सम्पूर्ण व्यक्ति हरुलाई थाहा छ / उपरोक्त रकम एदी हुति भएको सरकार भए सिधै घरमा छापा मारी सरकारी ढुकुटीमा दाखिल गर्दा हुन्छ / एसको अलावा सरकारी बैंक लुट्दा बखत को रकम राजनीतिक पार्टीमा माओबादी लगाएत तराई केन्द्रित दल हरु संग पनि त्यस्तै रहेको हुनसक्छ / यो काम अरु केहि नभएर नव सामन्ती हरु ले पूर्व सामन्ती हरुलै दिन खोजेको राहत र जनता लाइ अर्को औता दुक्ख सिबयेक केहि होइन / किन कि नेपालमा पहिला pani आफ्नो सम्पति स्वो घोसित गरि कालो धन लै सेतो बनाउन दिने काम जनबादी पार्टीको दुर्दारसी अर्थमन्त्री श्री बिध्यबरदी हुँदा पनि भएको कुरा सर्बबिधिती छ . नत्र अहेलेको अवस्थामा गर्नु पर्ने काम धेरै हुँदा राजाको फोटो भएको नोटले के बिगारेको छ र / बरु पत्रकार बन्धु हरु धेरै रकम कुम्लायेरा राजस्व नतिरेकोले घरमा बोरा मा कोचेर राख्न ले राज्यले लाठी पनि नवचिने र साप पनि नमर्ने तरिका अपनाएर कालो धनलाइ सेतो बनाउने सुबर्ण अवसर दिएको भनी कुरा मा कति को तथ्य छ पत्तो लागे सर्बसाधारण लै जानकारी दिए कोटी कोटी धन्यवाद दिनेथिये /

  44. साथीहरु नेपाल राष्ट्रबैंक को website मा रहेको लिंकमा feedback दिन मिल्छ , सबै साथीहरुले राष्ट्र बैंकलाई जनता को पैसामा गरेको लुट बापत बदाई तथा धन्यबाद देयौ,
    http://www.nrb.org.np/aboutus/feedback.php

  45. काम नपा बुहारी पदको नेटो कनै …..देश सुधार गर्नु तर्फ लाग्नु कहाँ हो कहाँ …कागज को प६इ लग६अन् यार…राजाको टाउको ले क गरेको ६ ?

  46. @प्रविन टो पैसा collection gare राख्नु ,पछि बढी मा बिक्न सक्छ ,जस्तै : पुरानो नोते हरु ahale कती mangho मा बिक्छ .

  47. म अस्ति नेपाल छुटिमा गएर आको मैले त नेपाली राजाको छाप भएको पैसा पाच हजार जति मेरो साथमा छ अब म के गर्ने होला ? मेरो पाच हजार रुपैया डुब्ने होकी क्या हो?कहाँ साट्ने होला लौन कोहि छ मलाई सहयोग गर्ने?

    • प्रविन जी, तपाइंको पैसाको बिटो लिएर म सहयोग गरिदिन सक्छु तर त्येसको सट्टामा दिने पैसा भने म संग पनि नभएको जानकारी गराउन चाहान्छु/

    • ६७ Dollar माया मारेर नेपाल सरकार लाइ कर को रुप मा दिएको सम्झे हुदैन | यो तपाई को लागि जिन्दगि मा एक पटक कर तिर्ने र राष्ट्र पति योगदान दिने र गौरब गर्ने ठुलो मौका हुन सक्दछ है |वा नेपाल भ्रमण वर्ष भएको ले बिदेशी नोट कलेक्टर लै उपहार दिनु भेये नेपाल को बिज्ञापन पनि हुन्थ्यो | मैले त पटक पटक नेपाल बाट आउदा झुइकिएर आएका पैसा यसै गर्ने गरेको छु |

      प्रकाश Canada

      • साँची, मैले पनि अस्ति नेपाल जाँदा १५ हजार नगद हराएर नेपालि चोरलाई योगदान गरें नि!

Comments are closed.