आहा, बसन्तपुर !


बसन्तपुर दरबार क्षेत्र- सँधै उस्तै हो। हतारमा हिँड्दा भीडबाहेक केही नदेखिने, तर एक छिन समय दिएर नजिकैको मन्दिरमा बसेर नियाल्ने हो भने सँधै रमाइन्छ यहाँको कला देखेर। शिवरात्रिको साँझ यो अझै फरक देखिएको थियो। त्रिकाल र कुटुम्ब ब्यान्डको नेपाली धुनमा दरबार क्षेत्रमा उपस्थित दर्शकहरु मस्त थिए। उनीहरु मात्र हैन, मन्दिर र भवन पनि रंगिएका थिए प्रकाशमा। यो गज्जबको दृश्यलाई क्यामेराले कैद गर्ने असफल प्रयास हो यो। असफल यस कारण कि वास्तविक दृश्य यो भन्दा निकै रमाइलो थियो। साँच्चिकै दृश्य हेर्न नपाएकाहरुले यो हेरी त्यहाँको वातावरण केही मात्रामा भए पनि महसूस गर्न सक्नुभो कि भएन, लेख्नुस् ल ! केही फोटो र दुई वटा भिडियो छ भित्र।

ठूलो साइजमा यी र थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुस्

त्रिकालको ओमकारा संगीतसहितको भिडियो हेर्नुस्-

कुटुम्बको प्रस्तुति सानो भिडियो हेर्नुस् तल-

12 Comments

  1. धनाबाद छ सालोक्य जी,अनि माई संसार परिवार समेतलाई आफ्नो खुशी हामी पाठक लाई share गर्नु भएको मा | साचै सारै राम्रो र मोहक दृश्य रहेछ |

  2. ठाउँ नराम्रो त कहाँ हो र मान्छे खराब हुँदै गएको पो ! नत्र नेपाल कहाँ पुगिसक्थ्यो र पुग्नु पर्ने थ्यो, त्यो पाटो चाहि दुखः दायी छ | जता गयो तेतै देश भित्रका ठाउहरु त दामी छन नि !! सज्जनहरु द्वारा सिर्जित चित्रमा कुरूपहरुको छाया परेपछि के लाग्छ | ती कुरूपहरु र फोहोरलाई हटाउने हो भने स्वर्गनै छ |

  3. पर्यटकीय मनमोहक तस्बिर हरु , दिनहु लोडसेडिन को बाबजुत पनि लाइट को फोर्स ले साचै बिदेस जस्तो देखेको छ, राम्रो कलेक्सन

  4. धेरै राम्रो अति उत्तम | त्रिकालको आरति गान मा भने एक दुइ दर्शकले डिस्को दिन खोजे खोजे जस्तोपो देखियो त सालोक्यजी, हो?

  5. नढाटी भन्ने हो भने न्यूयोर्क शहर पनि माथिबाट अनि टाढाबाट फोटो खिच्दा मात्र अत्यन्तै मनमोहक हो, भित्र घुम्दा खासै सोचे जस्तो चै छैन / त्यसो त; फोटोमा र टाढाबाट हेर्दा त हाम्रो काठमान्डू पनि कहाँ चानचुने छ र ?!! भित्र घुम्दामात्र….
    Anyway Nice Photography !!

    • फोटो भनेकै राम्रो देखाउना खिच्ने हो नि त आदी जी /

  6. माइसंसारलार्इ धेरै धेरै धन्यवाद । यस्ता मनमोहक कार्यक्रमवारे जानकारी दिनुभएकोमा ।

  7. लोड सेडिगको मारले अन्धकार प्राय रहने काठमाण्डौ शहरमा प्रकाशको यो रमझम र त्यही प्रकाशको प्रतापबाट सिंगारिएको वशन्तपूर दरवार स्क्वार मनमोहक छ । प्रत्यक्ष उपस्थित हुन नसके पनि उपस्थितिको अनुभूति गराईदिनु भएकोमा माई संसारलाई धन्यवाद ।

Comments are closed.