घरमै लगातार दोस्रो पराजय हेरेपछि तपाईँको सुझाव?

फिफा वरियता क्रममा दक्षिण एसिया कै टपमा छ नेपाल। तर पनि आफूभन्दा मुनिको वरियतामा रहेका दुई टिमसित नेपालले लगातार हार्नुपरेको छ यहीँ भइरहेको एएफसी च्यालेन्ज कपमा। अस्तिको दिन प्यालेस्टाइनसित हार्‍यो, शनिबार माल्दिभ्ससित। सेमी फाइनलमा प्रवेश गर्न आज हामीलाई स्पष्ट जीत आवश्यक थियो। तर घरमै लगातार दोस्रो पटक नेपाल पराजित भयो। पराजयसँगै समूहमा सबैभन्दा पुच्छरमा रह्यो। झण्डै दोब्बर बढाइएको मूल्यमा टिकट किनेर रंगशाला पुगेका हजारौँ दर्शकलाई एउटा गोलको खुसी पनि घरेलु टोलीले दिन सकेन।

हारजीत खेलमा हुन्छ तर आफ्नो देशको टोली हार्दा अलि धेरै नै नरमाइलो हुँदो रहेछ। मैले यो खेल हेर्न पाइनँ, तपाईँहरुले पक्कै हेर्न छुटाउनु भएन होला। अस्तिको र आजको खेलमा के फरक पाउनु भयो ? आजको खेलपछि के छ तपाईँको प्रतिक्रिया ? के सँधै नेपालको खेलपछि दोहोर्‍याइने यिनै तीन लाइन आज पनि दोहोर्‍याउने स्थिति हो ? नेपालले टेक्निकल्ली राम्रो खेलेको थियो। राम्रो त खेलेको थियो, तर पाएका अवसर सदुपयोग गर्न नसकेकोले हारेको। राम्रो त खेलेको हो तर भाग्यका कारण हारेको। के छ तपाईँका सुझाव ? आफ्नो विचार राख्‍नुहोला।

AFC CHALLENGE CUP 2012 MATCH SUMMARY

Match
Date & Time
Duration
Stadium
Weather
Temp
Attendance
 6
 10-Mar-2012 05:00 PM
 90
 Dashrath Stadium
 fine, sunny
 19
 15000
 MALDIVES

Red
Red
Red
 1
 0
1st Half
 0
 0
 NEPAL

Blue
Blue
Blue
 1
2nd Half
 0
Ext. Time
Penalty Kick
No. Position Name G Y R S No. Position Name G Y R S
START LIST
 3
 DF
 MOHAMED SIFAN
 2
 DF
 RABIN SHRESTHA
 40
 4
 MF
 UMAIR MOHAMED
 3
 DF
 BIRAJ MAHARJAN
 6
 MF
 MOHAMED ARIF
 6
 DF
 ROHIT CHAND
 7
 FW
 ASHFAQ ALI
 10
 FW
 ANIL GURUNG
 8
 MF
 WAHEED RILWAN
 11
 FW
 JU MANU RAI
 11
 FW
 ASHADH ALI
 76
 13
 DF
 SANDIP RAI
 13
 DF
 AKRAM ABDULL GANI
 15
 MF
 RAJU TAMANG
 58*
 17
 DF
 AHMED SHAFIU
 17
 MF
 BHOLA NATH SILWAL
 19
 DF
 MOHAMED RASHEED
 51
 64
 19
 DF
 SAGAR THAPA
 21
 MF
 HASSAN ADHUHAM
 60
 20
 GK
 RITESH THAPA
 25
 GK
 IMRAN MOHAMED
 21
 FW
 BHARAT KHAWAS
SUBSTITUTES
 1
 GK
 AHMED ATHIF
 1
 GK
 BIKASH MALLA
 2
 DF
 ABDULLA AHMAD
 4
 DF
 DEEPAK BHUSAL
 5
 FW
 IBRAHIM FAZEEL
 8
 MF
 NIRAJAN KHADKA
 20
 DF
 ISMAIL FARUHAD
 64
 9
 FW
 SANTOSH SHAHUKHALA
 58*
 22
 GK
 MOHAMED YAMAAN
 16
 GK
 KIRAN KUMAR LIMBU
 23
 MF
 MUKHTAR NASEER
 90+1
 18
 FW
 GANESH KUMAR LAWATI
 24
 MF
 NASHID AHMED
 60,90+1
 24
 DF
 JITENDRA KARKI
 40,58
 28
 DF
 MOHAMED THASNEEM
 27
 DF
 SABINDRA SHRESHTHA
 32
 FW
 HUSSAIN NIYAZ MOHAMED
 28
 FW
 TANKA BAHADUR BASNET
 58
 33
 DF
 IBRAHIM ABDULLA
NOT ELIGIBLE
 9
 FW
 AHMED THARIQ
NOT PLAYING
TEAM COACH TEAM MANAGER TEAM COACH TEAM MANAGER
URBANYI ISTVAN BELA
 AAMIR IBRAHIM
 GRAHAM PAUL ROBERTS
 KRISHNA BHAKTA MANANDHAR
DELEGATIONS
REFEREE
 DMITRII MASHENTSEV (KYRGYZSTAN)
Match Commissioner
 SIZAR OMAR HUSNI SOUBAR (JORDAN)
ASSISTANT REFEREE 1
 CHYNYBEKOV ZAMIRBEK (KYRGYZSTAN)
Referee Inspector
 MASOUD MORADI HASANALI (I.R. IRAN)
ASSISTANT REFEREE 2
 JANG CHOL JIN (KOREA, DPR)
General Coordinator
4th Official
 SATO RYUJI (JAPAN)
Media Officer

G = Goal, Y = Yellow Card, R = Red Card, S = Substitutes
PS = Penalty Shootout Made, PS- = Penalty Shootout Missed, PK = Penalty Kick, OG = Own Goal

Match Commissioner Signature : _________________________________

Note : This is not an official document unless signed by the Match Commissioner.

प्रज्ज्वल बज्राचार्यले नेपाली राष्ट्रिय टोलीको समर्थनमा बनाएको भिडियो-

59 Comments

  1. Our grassroot football is non-existence so we will never be strong.. Once in a while we may win a few games if we get lucky and a few good players come along at the same time…else this will always be our story.. I remember like 10 years back when we hosted the SAAF tournament,we didnt score a single goal until we were already out of contention .. so its no surprise history repeated itself… India will have a very strong team within the next 10 years. i can see that.. as they are going forward with the soccer league.. and inviting players like Ortega, Pires.. .. Hope Nepalese kids can pick something up from that league, watching those masters.. and start playing football… that is our only hope

  2. खेल मा हारजित हुनु स्वोभाविक यसलाई अन्यथा नालिउ , तर हार्दा हारको अवस्था कस्तो तेस्लाई केलौना जरुरि हुन्छ , नेपाल ले खेलेका तिन्वोटा खेल मा सबै खेल गोलरहित अवस्था मा हार्नु सम्पूर्ण तरिकाले नेपाली फूटबल कम्जोर छ भन्ने देखिन्छ . यस खेल बाट नेपाली खेलाडीले अफुहरुमा खेल प्रतिको लगाव र खेलका सम्पूर्ण छेत्र मा ध्यान बढाउनु जरुरि छ,

  3. नेपालमा सधै बुढो भैसी पाल्ने चलनले गर्दा हामीले सधै यस्ता दिनहरु देखिरहनु पर्छा . नेपाल को राजनीतिक छेत्रमा होस् या खेल छेत्रमा होस् या कुनै पनि छेत्रमा होस् . जुन ठाउमा राजनीतिकरण हुन्छ त्यो ठाउमा बाट आउने परिणाम भनेकै यस्तो नै हो नथाकुन्जेल सम्म मोज गरिरहने प्रथाले गर्दा आज नेपाली खेल जगत कुनै पनि प्रथामा अगाडी औना नसक्नुको मूल कारण यहि हो १०० प्रतिसत पक्का हो .

  4. खेल मा हारजित हुन्छ . सधै नेपाल ले जितेको भए बिस्व कप नै जित्थ्यो नि. दुवै बिपक्षी टिम बरियता मा तल रैछन. त्यै भएर पनि हारेको हो. अब अर्को पटक बदला लिन खेल्छन अनि जित्छ नि. माल्दिव्स रंकिंग मा तल परेको धेरै भाको छैन. साफ फूटबल पछी हो. नभए नेपाल भन्दा राम्रो टीम हो. उनीहरुले नेपाल ले राम्रो खेल्दै छ भन्ने थाहा पाएर राम्रो खेले जिते. नो डाउट.

  5. गणेश थापा रहुन्जेल नेपाल ले सँधै यस्तो लज्जास्पद हार ब्यहर्नु पर्छ | सम्झदा सारै दुख लाग्छ | मलाई लाग्छ अब नेपाल ले फूटबल बन्द गर्नु पर्छ | सँधै कति आफुलाई हर्ट गरिरहने |

  6. नेपालको फूटबल खेलाडीको टिम होइन त्यस खेलमा नेपालको नेताहरुको टिम पठाएको भए राम्रो हुन्थ्योकी ?
    किन कि यी नेताहरु आफु पनि गोल गर्दैनन्, बिपक्षी लाई पनि गोल गर्न दिदैनन |
    कमसेकम खेल बराबरी मा टुंगिए पछी १ पोइन्ट त प्राप्त हुने थियो |
    कि कसो हो मित्र बन्दुहरु ?
    “भोजपुरे”

  7. we need to improve in air! scout recruits to include some taller players in the team. team needs to be balanced. overall, i’m happy with the performance of this team. it is just one of those days…no need to be flabberghasted.

  8. राम्रा खेलाडी फुत्त इन्टरनेट बाट download गर्न सकिने हैन, राम्रा खेलाडी निकाल्न तलै देखि organized फुटबल खेलाउनु पर्यो, खेलाडी हरु को ठुलो जमात बाट अति राम्रा खेलाडी छनौट गर्नु पर्यो, देस नै हरिकंगाल भय पछी तेसो गर्न सकिने भयन, अनि कसरि खेल जितिन्छ ?

    काठमाडौँ मा फोहोर फाल्ने व्हीली बिन पनि चिनले दियो भनेर मक्ख पर्ने र पत्रपत्रिका ले हेडलआइन बनाउने देशका नागरिक पर्योउ हामी, तेसै ले धेरै आस गर्नु बेकार छ,

  9. कुनै पनि खेल मा गोल गर्न नसक्ने अग्रपंक्तिका अनिल,सन्तोष,जुमानु जस्ता नेपाली फूटबल को सेतो हात्तीहरु लाई पटक पटक अनाबस्यक मौका दिनु र कोच रोबेर्ट को संकहापन नै नेपाली टिम को पराजयको मुख्य कारण हो. अहिले देश को समग्र अवस्था को तुलना मा सरकारले फूटबल लाई सहयोग नगरेको भन्न मिल्दैन.
    कोच रोबर्ट लाई परिबर्तन गरेर अग्रपंक्ति मा नया प्रतिभा लाई मौका दिएमा नेपाली फूटबल ले दक्षिण एशिया मा फेरी राज गर्न सक्छ

    • तपाई ले भन्नु भए जस्तै प्रशिछ्क परिबर्तन हुदै छ.. आस गरौँ प्रसिछ्क रोबर्ट्स को राजिनामा नेपाली को दुर्भाग्य नबनोस … huge thanks to robert for pulling us on the top of south asia in FIFA ranking we will miss you.

  10. अब चि मलाई पनि जुमानु, अनिल, सन्तोष अनि भरत को विकल्प खोज्नु पर्छ जस्तो लग्यो अनि कप्तान सागर पनि परिबर्तन गर्नु पर्यो. नेपाली टिम लाई एक चोटी पुनर्संरचना गर्नु पर्यो.

  11. Coach should be given more authority to the team. Coach has an important role on how the team plays. Let him develop the players the way he wants. Also More importantly, an effective League System for talented players to emerge must be employed to have any hope of winning these kinda competitions. Infact, All these ‘suggestions’ are easy to point out but hard to put into the practice. For this a sizeable budget, an able and decisive leader and more important committed and driven players are necessary.

  12. कुनै पनि चीज को नतिजा आफ्नो हातमा पार्नको लागि ठुलो त्याग तपस्या मेहनत धैर्यता लग्गन र भाग्यमानी पनि हुन पर्छ,यी सबै चीज हरु नेपाली team मा छैन ,,,अनि नतिजा मात्र आफ्नो हातमा खोजेर कहाँ हुन्छ र

  13. भनेर के गर्नु ?? १०० मिटर दौडिनु पर्यो भने हाम्रो के हाल हुन्छ.
    बिचार हरु ९६ मिनेट टिकेकै पो हो .

  14. Play with sportsman spirit. Learn from the mistake. This is not the end of world. Take time and utilize it for betterment. The ranking of any institution cannot hold true every moment. If strikers are not performing then try to find out what is hindering them? If they lack skill, bring someone skillful. If they lack support, give them. There is nothing to lose for the team. With every defeat, they need to analyse why they lose and with every victory also they need to analyse why they won. SWOT analysis. Do not behave like Indian cricket fans, by devilising the team with one defeat or worship them with one victory. Every thing should be in rythm. The trend should be positive. And that could be felt with a good technical play. Defeat is another aspect. That was the weak moment when they couldn’t defend the goal post.

  15. नेपाली खेलाडी हरु खेल राम्रो खेल्छन तर अन्तिम मा गोल हान्ने समयमा गएर चुक्छन !यो चाही नेपाली खेलाडी को कमजोरी पन हो !यसलाई नेपाली खेलाडीले आगामी दिन मा सुधार नु पर्छ !अनि नेपाली टिम को गोल किपर मा पनि कमजोरी छ नेपाली गोल किपर को खेल मा पनि सुधार गर्नु पर्छ !अनि नेपाली खेल कुद क्षेत्र मा राजनीति र नाता किर्पा बाट जबसम्म रहन्छ तब सम्म नेपाली खेल क्षेत्र मा प्रगति हुदैनन !नेपाली खेल क्षेत्र लाई राजनीतिक र नाता बाट देखि टाढा राख्नुपर्छ !र नेपाली खेलाडी लाई अभ्यास को लागि निरन्त्तर रुप मा हरेक समय नया टिम सग खेलाउन को लागि विदेश मा पठाउनु पर्छ !ताकी उनि हरुलाई अनुभब होस् ! र पाएको अवसर लाई कसरि सदुपयोक गर्न सकिन्छ भन्ने कुरा को अभ्यास होस् !यसको लागि नेपाल सरकार ले नेपाली खेल कुद क्षेत्र का खेलाडी लाई उनि हरु को लागि खर्च को जोहो गरि दिनु पर्छ ! विदेश जादा होस् वा नेपाल मा नै रहदा होस् !उनि हरु को पढाई खर्च समेत सरकारले नै बेबस्ता मिलाउनु पर्छ ! खेलाडी हरु को लागि सरकार ले जिम्बेवारी पुर्बक ध्यान दिनु पर्छ ! ताकी नेपाल मा भर्स्त चार मा जाने रकम लाई खेल क्षेत्र मा सदुपयोक गर्न सकेको खण्डमा नेपाली खेलाडी अबस्य अगाडी जानसक्ने थियोकी !
    आरबी थापा
    कुअला लुम्पुर

  16. अरु केहि होइन गोल पोस्टमा जब गोल हान्न जान्छ त्यतिबेला हडबडिने नेपाली खेलाडीहरुको बानीले गर्दा खेलमा हार बेहोर्नुपरेको हो गोल हान्दा फिनिसिंङ छैन डिफेन्स राम्रो छ पासीङ पनि राम्रो छ ..अब नेक्स टाइम यस्तो नहोस सुधार होस् …

  17. साथी हरु नमस्कार…. , खेलमा हारजित त हुन्छ नै, तर नेपालले खेलेको दुवै खेलमा जित त हामीले हात पार्न सकेनौ नै, हार्दा पनि विपक्षी टिमविरुद्ध १ गोल पनि गर्न नसक्नु भनेको जो कोहीले पनि सहजै भन्न सक्ने कुरा हो कि नेपालले गोल गर्न को लागी खेल्ने हैन देखाउन को लागि मात्रै गेम खेल्छ कि…नेपालको फरवार्ड स्ट्राइकर हरुलाई विपक्षी पोस्ट मा गोल गर्नु सगरमाथा मा चढ्नु जस्तै लाग्छ कि कुन्नि ? हामी नेपाली भएर पनि हाम्रो भूभागमा जे कुरामा पनि विदेशीकै प्रभत्व हुने नै भयो ” सगरमाथामा हामी भन्दा अरुनै बढी आरोहन गर्ने,बुद्धको जन्मभूमि मा अरुले नै अशान्ती मच्चाउने भयो , …नेताज्यू हरु विदेशीकै इशारामा नाच्ने भए…अब त हामी ले आयोजना गरेको खेलमा पनि अरुले हामीलाई नै हराएर” खुशी मानेर जाने भयो ….भयो यो भन्दा बढी नलेखौ होला

  18. Physically nepalese players look like children infront of every opponent except Bhutan. They get bullied even by other south asian opponents let alone others. Nepal has always been good in holding the ball and making passes. Decent enough midfield I would say. But there is no any playmaker who can make a killer pass. Strking options are really where we are so short. They dont have pace, shooting prowess, dribbling abilities. All they do is just wait for the ball from midfield, gather it and shoot as soon as possbile even from outside the box. They dont have courage to go past even a single defender. The accuracy of shooting of strikers is also apalling.

    Since the nepalese lack in height, I was baffled to see wingers/midfielders almost always try to provide the air ball into the box for strikers. And in last game I noticed that, almost more than 70%, the strikers were easily beaten by the opponent defenders in air. The approach was take the ball forward, shoot it in the air into the box and hope they get lucky. This was such a one dimensional attack lacking in ideas. As they were clearly not favorites in the air, the midfielders should have provided some “through balls” along the ground making use of space every now and then. As strikers like pace, they can compensate it a bit by positioning themselves well to beat offside trap and play by the shoulder of the last defender and latch on to the “through balls”. This can help a bit.

    The match is won by scoring one more than the opponent does. And our strikers are far from clinical and too much goal shy.

  19. फूटबल गोलले जित्ने खेल पर्यो | खेल्न त राम्रै खेलेका हुन् | नेपाली टिमलाई गोल हान्न सिकाउनु पर्यो |

  20. नेपालको खेल निकै सुध्रिएको छ- यसमा दुइ मत छैन, तर हामी आफ्नो खेल सुध्रिएको कुरामै फुर्किएर मक्ख छौ ! आफ्नो कमजोडी के छ- हामी कसैलाई मतलब छैन, हो त्यो कम्जोदीको फाइदा बिपक्षीले सधै लिन्छ !

  21. खेलको ५०:२० मिनेट मा जुन गल्ति कप्तान थापा बाट भयो पुन नदोहोरिओस् / विपक्षको प्रहार बाट रक्षापंति तर्सेर आफुलाई शुरक्षित राख्न चाहान्छ भने गोल खान्छ / खेलको अवस्थाले मागेमा बेक्तिगत कुनैपनि कार्ड खाएर भएपनि गोल बचाउने र आफ्नो टिम जिताउने सम्मको हिक्मत राख्नु पर्छ खेलाडीले /

  22. जब सम्म नेपाली को स्तरीकर परिबर्तन हुदैन तब सम्म नेपाली को फूटबल नहेर्ने सोच आयो मलाई त.जब सम्म येही टोलि रहन्छा नेपाल ले कहिलयै पनि गमे जित्दैन तेसैले यो पुरा सेट परिबर्तन गर्नु अति अबयासकात छ.

  23. I think we have to change our striker Mr. Jumanu Rai, Anil Gurung & Santosh Saukhala, sorry Dear but it is true.

  24. टेक्निकल खेल राम्रो खेल्यो भनेर हुँदैन| यो गोलले हारजीत हुने हो| मुखबल खेलाडी गणेश थापादेखि कोच र क्याप्टन तलै सम्म फेर बदल गर्नपर्छ| अब अन्डर ट्वेन्टीमा हालेर पठाएको भए जित्थ्यो होला| अस्ति साफ खेलमा फाईनलमा जित्दा जनही यति पैसा दिन्छु र अपार्टमेन्ट दिन्छु भन्नेहरु कता गए, कुन दुलोमा पसे? खेल जिताउन हो भने स्कुलहरुमा र जिल्ला अनि गाउँ टोलहरुमा ग्राउन्ड बनाई दिएर, फूटबल र खेल सामग्री उपलब्ध गराईदिएर् अनि इनाम दिएर अहिले हौसला बढाए खेल जित्ने हो|

  25. यो देशमा मा एउटा मानिस खोजि रहेछु
    फुटबलको मैदानमा उ दौडी रहेको देख्छु
    विरोधीको पोस्टमा गोल छिराएको देख्छु
    नेपाली साराले ताली बजाको सुन्छु

    खै के भनौं र खेल्ने गोल नगर्ने भए किन फुटबल खेल्नु पर्यो र ? बरु striker खोज्न कता पो जाने हो ? हाम्रा striker यिनै हुन् . अब striker उत्पादन गर्न के गर्नु पर्छा त्यो गर्न अब ढिला गर्नै भएन …सबलाई चेतन भया………

  26. हिजो को हार चैई नेपाली खेलाडीले पाएको महुका मा पनि फितलो पर्हर अनि महुका को सहि सदुपयोग न गर्नु नै हो.. हिजो हारको कारण मलाई…. अब नया टोलि बन्नु पर्छा यहाँ भन्दा आस यो टीम बाट लिने सकिन…१५-२० मेनत खेल्दै कामर मा हात समाउदै थिय नेपाली खेलाडी…थाकेर …

  27. प्लयेर्स हरुको परिवर्तन गर्ने दिन आएको छ अब. बोस ले मार्छकी भन्दै काम पनि हापेरै बसे तर पनि अन्त्यमा बेकार बसेझै भयो! कान्तिपुर TV Qtel लाइ भनेर बन्द गर्न लाउ कि जस्तो पनि भयो! तर भोलि हुने खेलमा मा प्रतिष्ठाको खेल हेर्छु. कम्तिमा पनि २ गोअल लगाएर जित्यो भने चित्त बुझ्छ नत्र ……

  28. नेपाली खेलाडीलाइ कोरिया का खेलाडीलाइ जस्तै सजाय दिनु पर्छा अब

  29. अन्तिम क्षणमा तयारी गर्ने हाम्रो परम्परार्ले गर्दा एस्तो परिणाम आएको हो ,जस्तो मलाई लाग्दा छ .

  30. साफ च्याम्पिन्सिप मा हर्दा त सागर थापा होम ग्राउण्ड मा ब्राजिल लै नि हरौछौ भनेको सुनेको थियो…….. अहिले छैन त्यो भन्दा नि ठुला टिम आएछन नेपाल मा…………

  31. जुमानु, भरत, अनिल ले खेल्नै सकेनन ! अब तिनीहरु को विकल्प खोज्ने बेला भए जस्तो लग्यो मलाई ! ९०+६ मिनेट रंगशाला मा बसेर हेरेको हो मैले ! ticket नपाउला भनेर १ Pm मा छिरेको पानी न खाजा संग कराउने काम मात्र भयो ! जुमानु को खेल हेर्दा त आफै तल हम्फालु जस्तो भयो तर के गर्नु ??? सारै दुखित हुदै फर्कन पर्यो ! Foot Ball मा लगानी पनि पुगेन कि ???

  32. हार्ने क्रम भै रहने हो जित्ने आशा लिएर जानेनै होइन नि साथीहो /// हाम्रो खेलाडीको स्तर थाहा नभएको होर? पहिले चाही अलि केहि गर्छ कि केटा हरुले भन्ने लाग्थ्यो // अब आएर चाही नेपाली फुटबलमा देशले लगानी गर्नु बेकार जस्तो लाग्न थाल्यो // आफ्नै मैदैमा , हजारौ दर्शक को शाथ पाउदा माखो मर्न नसक्ने संग कति आशाको खेति गर्ने ? बरु क्रिकेट मा सम्भावना देखेको छु / फुटबल संघ को काम चौर मा गएर ताप्ने घाम // बरु त्यो लगानी दुर्गम भेग तिर स्कूल स्थापना गर्न सके ,हेल्थ पोस्ट राख्न सके ति जनताले बाच्ने-सिक्ने अवसर पाउने थियो //

  33. फिफा बरियताक्रम त्यति काम लाग्ने छैन, बरु यो बरियताक्रम हेर्ने कि ? http://www.eloratings.net/world.html यसमा नेपाल १८७ नम्बरमा छ, माल्दिभ्स र प्यालेस्टाइन दुबै भन्दा मुनी। Arpad Elo नाम गरेका फिजिक्सका प्रोफेसरले Develop गरेको system अनुसार रेटिङ गरिन्छ यसमा।
    खैर, रेटिङको कुरा यत्ति नै हो। मैले अस्ति माल्दिभ्स संग हारेको दिनको पोस्टमा पनि लेखेको थिएँ, नेपाली टिमले नराम्रो खेलेको होईन। कोचले अहिले भएका खेलाडीबाट खेलाउन सकिने जत्ति खेलाएकै हुन्।हाम्रा खेलाडीले पनि आफूले सक्ने जति मेहेनत गरेकै हुन्। तर अहिले हामी संग भएका ११ जनाले यो भन्दा राम्रो कसै गरे पनि खेल्न सक्दैनन्। हाम्रो अहिलेको टिमले बढीमा भुटान सम्मलाई हराउन सक्छ, त्यो भन्दा राम्रो टिम अरु कसैलाई हराउँछ भने त्यो काकताली परेर मात्र।
    नेपालले खेलाडी जन्माउन नसकेकै हो। अहिले भएका खेलाडी नेपालको दोस्रो रोजाईको टिममा सम्म हुन सुहाउँछन्, पहिलो रोजाईको टिम यो भन्दा निकै राम्रो हुन पर्ने। खेलाडी किन जन्मिएनन् त ? यसको उत्तरमा अरु कैयौं प्रश्न उब्जन्नछन्: नेपालमा सम्बिधान किन बन्न सकेन? नेपालमा जलस्रोतको त्यत्रो सम्भावना रहेर पनि किन दिनको १५ घण्टा बत्ति जान्छ? बल्ल बल्ल बन्न लागेका जलविद्युत आयोजनालाई पनि हुतिहारा सांसदहरुले किन अंकुश लगाउँछन्? नेपालको बाटोघाटो किन जोतेको खेत जस्तो हुन्छ? नेपालका सरकारी कार्यालय किन कुखुराको खोर जस्तो हुन्छ? नेपालका मन्त्रिलाई विदेश जाँदा भिसा चाहिन्छ भन्ने सामान्य जानकारी पनि किन हुँदैन? नेपाली जनता संसारकै कम पढेलेखेका र कम जान्नेमा किन गनिन्छन्? आदि आदि्। यी प्रश्नहरुको जवाफ खोज्नुस्, नेपाल घरेलु मैदानमा आफु भन्दा कमजोर टिम संग किन हार्छ भन्ने प्रश्नको जवाफ आउँछ।
    र अब सायद यी बिदेशी कोच नेपाल बसिरहँदैनन्। माल्दिभ्सकै कुरा गर्ने हो भने त्यहाँ सधैं बिदेशी कोच नै रहेका छन् र ती दुई वा सो भन्दा बढी वर्ष कोचको रुपमा रहन्छन्। नेपालमा त यी रोबर्टस् नै एउटै विदेशी कोच हुन जो एक वर्ष भन्दा बढी बसे। यस अघिका विदेशी कोच दुई चार महिना भन्दा बढी बसेको रेकर्ड छैन। (भन्नुको अर्थ : बिदेशी कोच चाहिन्छ, र ती लामो समय सम्म राष्ट्रिय टोलीमा रहनु पर्छ, र अब तत्काल राम्रो नयाँ विदेशी कोचको खोजी सुरु गरिहाल्न पर्छ, मलाई लाग्दैन ग्राहम रोबर्टस् अब नेपाल बसिरहन्छन् )
    त्यस्तै, हाम्रो लिग सिस्टम हेर्नु त ? २ महिना मात्र हुने र यउटै मैदानमा यसो खेल्या झैं गर्ने। हाम्रो लिग भनेको स्कुल फुटबल भन्दा माथि स्तरको छैन। (भन्नुको अर्थ: राम्रो प्रोफेसनल लिग सुरु गर्नु पर्‍यो, कमसेकम भारतको जति त गर्न सकिएला? ८ महिना खेल्न पर्‍यो, देशै भरी होम-अवे सिस्टममा खेल्न पर्‍यो, दर्शक पनि हेर्न गइदिन पर्‍यो, खेलाडीले राम्रो कमाई गर्ने वातावरण हुन पर्‍यो, तब न राम्र खेलाडी जन्मिन्छन्, तब न कडा प्रतिस्प्रधा गर्ने बानी पर्छ, तब न यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने आशा गर्न सकिन्छ)

  34. न हेरु त हेरु लाग्ने, हेर्यो भने गोल नै नहान्ने, यो कस्तो नेपाली फूटबल को रिति , उजाड यो फ्यान हरु को जिन्दगी—

  35. स्कोरिंग गर्ने क्षेमता नभएका इस्त्रैकर बाट स्कोर हुन नसक्नु कुनै ठुलो र अचम्म को कुरा भएन खेल हो हार जित हुन्छ नै तर पनि उनीहरु मै सधै भर पारिराख्ने ग्राहम रोबेर्ट्स को ठुलै भुल हो सधै भरि इन्टरनेसनल गेम मा रिजल्ट दिन नसक्ने तिनै जुमानु अनिल र सहुखाल को बिकल्प को बारेमा बेलै मा विचार गर्ने पो हो कि अथवा अझै पनि खेलिने गेम हरु मा निरासा मै चित्त बुझाउने हो किनकि हामीलाई अन्तरास्ट्रिय हिरो पनि चाहिएको छ न कि उ देश भित्र मात्र हिरो बनिरहोस र देश कै लिग मा मात्र गोल गरिराखोस

  36. मेरो बिचारमा ,हाम्रो फूटबल टोलि हरुलाई अत्यधिक दर्सक हरु को माझ मा खेल्दा नर्वस हुन्छ जस्तो लाग्छ , यो भन्दा पहिला पनि saff championship मा येस्तै भएको थियो ,जुन नेपाल ले आयोजना गरेको थियो ,….सायद जहिले नि खालि खालि stadium मा खेलेको बानी हो कि ????? दर्शक ,फूटबल प्रेमी हरुलाई अनुरोध कुनै पनि कहिँ पनि फूटबल आयोजना हुँदा अत्यधिक मात्रामा सहभागी भै दिउं न हुन्न …???

  37. बिहान ५ बजे उठेर हेरियो | नेपालले निकै राम्रो खेलेको मान्छु म तर के गर्नु खै…. सारै मिहेनत गरेर पढ्दा पनि exam मा फेल भएजस्तै भयो | सम्झनाजीले भने जस्तै खेल भरिनै मुटु धुकधुक हुनेगरी हेरियो, तर गोल गर्न नसक्दा सारै दुख र नरमाइलो लाग्यो | मेरो बिचारमा फिनिशिंगको त्रैनिंग र प्राक्टिस चै अब दरो तरिकाले गर्न पर्छ |

  38. सानै देखि पोष्टिक आहार, खेल्ने वातावरण, Skill development camps, Youth Academy, Youth Scouting, Competitive leagues भयो भने केहि हुन्छ । पैसानै हो खेलकुदको विकासको मूल आधार ! १५ दिन अगाडि भेला भएर उफ्रिँदैमा कहाँ हुन्छ त । नेपाली दर्शक निराश हुने ठाउँ छैन । Coach लाई पनि दोष नदिउँ है । केटाहरुले जति सक्नु गरेका छन् । हेरौँ, रमाआौँ र वास्तविकतालाई अँगाल्न सिकौँ ।

  39. नेपाल को खेल पैला को भन्दा धेरै धेरै राम्रो भएको छ. नेपाल ले जे जस्तो खेल देखाए पनि हामी ले तेस्मा गर्ब गर्नु परछ किन कि नेपाल ले एस्तो AFC challenge cup मा खेल्नु नै ठुलो कुरा हो.खेल मा त हार र जित त भैहाल्छ तर आफ्नै homeground मा खेलेको हुनाले दर्शक ले अलि बडी अपेचिया गरेको मात्रै हो.एदी यो खेल नै नेपाल बाहिर भैदिएको भए तेती सार्हो आमिलो पन हुदैन थियो जति ऐले हामीलाई भैराको छ आखिर मा हाम्रो देश को लागि खेलेको खेलाडी को कैले अपमान नगरौ बरु उनीहरुलाई अझ बडी हौसला दिएर अर्को हुनेवाला खेल मा राम्रो गरुन भनेर सुभकामना दिउ.

  40. देशको बजेट सभासद पाल्दै ठिक्क छ धन्न खेलाडी ले घर को भात को भर मा एती भने पनि खेले!!!!

    • एकदम गलत, आहिले तेत्ति सरो दयनिए इस्तिती पनि छैन | बरु पाएको पैसा जाड,रक्सि,चुरोट र केटि घुमौदैमा ठिक्क हुन्छ |

  41. जसले पायो तेसैले गोल हान्न खोज्छ अनि कसरि हुन्छ? एक अर्कालाई पास नभए सम्म
    गोल हान्न असम्भब जस्तै हुन्छ, १-२ जना खेलाडीलाइ त फुडबलको नियम पनि थाहा छकि ? हेर्दा तेस्तै लाग्यो…. मोहन पुन हाल नेपाल

  42. स्ट्राइकर चाहियो गुरु स्ट्राइकर !! जस्तो स्तिथिमा पनि नअत्तालीइ गोल ठोक्न सक्ने खालको स्ट्राइकर चाहियो !! लौन के गर्ने होला, छटपटी भैसक्यो….!!!!!!

  43. Congratulation ANFA ! This is how you’ll improve nepali football at international level .
    Nepal is the only team who didn’t play friendly match against foreign national team or club whereas all the teams played friendly matches before the tournament .
    How ANFA preparing Nepali team without foreign trips (friendly matches) for the big tournament ?
    ANFA is responsible for Nepal’s defeats .
    Nepal is the first team to eliminates from the tournment. superbbbbbbbbb !
    SHAME ON YOU ANFA !!!

  44. भोलिको खेल मा अतिरिक्त forward लाई खेल्न दिदा हुन्छ

  45. जसरि इंडिया ले इंगलैंड र अस्ट्रेलिया संग white wash को नतिजा भोग्दा लाज नमानी हारेको स्वीकारेको छ त्यसरी नै नेपाली टिम साउथ एसिया मा नम्बर होस् या पुरै एशिया मा नेपाल को हार भएको छ र आउदा दिन मा हामीले एस्लाई सुधार गरेर जानु important छ जस्तो लाग्छ / जत्ति मोई पारे पनि नौनी निस्कन छोड्यो हाम्रो striker हरु बाट … लाखे अब के भन्नु नाइन्तीन् फाउन्तीन मा तोक्मे बुडो को पनि येस्तई गति भएको थियो ….

  46. अब कप्तान देखि कोच सबै लाइ घोक्रो ठ्याक लगाउने बेला भयो..नया टिम को सुरुवात गर्नु पर्यो..एक ताल हैन दुइ ताल हैन ..अति भो अब अति.

  47. नेपालले टेक्निकल्ली राम्रो खेलेको थियो।

    राम्रो त खेलेको थियो, तर पाएका अवसर सदुपयोग गर्न नसकेकोले हारेको।

    राम्रो त खेलेको हो तर भाग्यका कारण हारेको। …..आज त पक्का पनि यो भन्ने पक्ष्यमा छैनौ ! बस्तामा नै नेपाली फूटबल कम्जोर नै हो तितो सत्य पनि येही नै हो !

  48. झन्डै दोबर मुल्यको टिकेट किनेर रंगशाला पुगेका हजारौ दर्शकलाई एउटा गोलको खुशी पनि घरेलु टोलिले दिन सकेन ………!!!!!!
    यो प्रश्नले म थामिन सकिन ….(गला अबरुद्द भो,आँखा डबडाबाए ,मन मुटु दुख्यो ) यो घडीमा के सुझाब दिनु र खै !!!

  49. अस्तिको प्यालेस्टिन संगको खेलमा नेपाली खेलाडी कमजोर अनि केहि हद सम्म कद को कारणले पनि हो कि भन्ने लागेको थियो तर आज त हदै भयो l आज धेरै जसो Air Cick को कारण हो कि ! प्रत्येक मौका goal नै थियो l तर दुर्भाग्य भन्नु पर्छ नेपालको, अस्ति (जुमानुले हानेको ) बल लेफ्ट पिलर मा लागेर बाहिरिनु, आज (भोला हानेको ) बल माथि बारमा लागेर बाहिरिनु l
    खेल अवधि भरि मुटु ढुक ढुक गरि रह्यो l कति धेरै सुनौला मौका मा पनि Goal हान्न सकेन नेपाली टिमले l अस्ति हारे पनि आज चाही जित्छ भन्ने लागेको थियो l Short Long दुवै Passes मा चाहिं Excillent तर उद्घोषकले भने जस्तै Goal गर्ने Messi को मात्र कमि थियो l उकुस मुकुस भयो नेपालको हारमा l प्रज्ज्वल बज्राचार्य जी ले बनाएको भिडियोमा जस्तै कल्पना थियो खेलको शुरुवात मा चाहिं l आशा धेरै अनि विश्वाश पनि थियो किनकी आफ्नै घरेलु मैदानमा, यति धेरै दर्शकहरुको माया र Support का वावजुद पनि हार बेहोर्नु पर्यो कस्तो अमिलोपन !!!
    नेपाल मा नै भएको भए त कुन्नि के गरिन्थ्यो हेरिन्थ्यो कि नाई किनकी रंगशालामा टिकट नपाइने सम्भावना धेरै, घरमा बसेर टिभीमा live हेर्न पनि line को भरोसा गर्न नपर्ने l तर कतार मा रहेर पनि खेल चाहिं हेरियो कान्तिपुर मा Live .

    • १०० thumps up सम्झना जी तपाइको प्रतिक्रिया लाई.
      खेल खेलिसके पछी हार जित हुनु स्वबभिक नै हो बिगत को तुलाना मा नेपालको खेल स्तर धेरै माथि छ होइन त सम्झना जी

  50. नेपाली बिग्रिएको कारण:-
    १- हात,खुट्टा भन्दा मुख बडी चलाउनु पर्ने!
    २-ठुला बडा लाई चाकडी र चमचागिरि गर्नु पर्ने!
    ३-राजनैतिक बडी गर्नु पर्ने!

  51. सधै जसो नेपाली टीम लाइ भाग्य ले साथ नदिने कुरा , आफैमा उदेक लाग्दो छ | ठुलो खेलमा गोअल …गोअल भनेर नाच्ने दिन आउन अझ बिस वर्ष कुर्नु पर्ला जस्तो छ |

  52. मैले यो कुरा साफ च्याम्पियनशिपको बेलामै भनेको थिए | यो भाग्यको कुरा हैन, खेल कुशलताको कुरा हो | ऐले नेपालले यो खेलबाट बहिरिनुमा म त अचम्म मान्नुपर्ने कुरै छैन | पैला पनि फिल्लीपिन्स संग चार गोलले हार्यो , मलासियाको U -19 टिम संग पनि हार्यो | साफ च्याम्पियनशिपमा पनि गरेको दुइटै गोल स्टल बलमा भयो , अनि अफघानिस्तानसंग पनि हार्यो | यो सबै देखे पछि पनि भाग्य लाइ दोस दिनु मुर्खता सिबाय की हैन | जति सुकै राम्रो खेलेको भने पनि गोल गर्न नसके पछि के नै काम भयो र ?

  53. रेगुलर तालिम नेपाली खेलाडी मा छैन र नेपाली खेलाडी हरु ब्यबसायिक खेल मा कमै खेलेका छन् / खेल खेलेर खान पुग्दैन , बच्चा पढाउन पुग्दैन , परिवार पाल्न पुग्दैन तेसैले बिगत मा धेरै राम्रा खेलाडी जापान, कोरिया , अम्रिका तिर हराएका पनि थिय क्यारे / अब खेल लाइ पूर्ण त ब्यबसायिक बनाउने हो भने तेस्मा राजनीति भर्ति गर्नु हुदैन / काठमाडौँ उपत्यकाको जनसंख्या ४०-५० लाख होला तेसैले एउटा दसरथ रंगशाला ले धान्दैन तेसैले १०-१२ वटा कम्ति मा सरकार र PRIVATE सेक्टर ले बनाउनु जरुरि छ /
    अब नेपाली फूटबल लाइ अगाडी बढाउने हो भने फिफा अध्याचा ले भने जस्तो आज का कलिला १० बर्स मुनिका बाल बालिका हरु लाइ राम्रो सिट सबै स्कुल मा तालिम १ घण्टा जति को ब्यबस्ता गर्ने हो भने २०२३ तिर को एशिया र ओल्य्म्पिक मा खेल्न सक्लान तर यी अहिले का खेलाडी बाट ठुलो आशा लिने ठाउ केहि छैन / बुढो गोरु लाइ घसायेर , खर्च गर्नु भन्दा बाछा , बाछी मा धेरै लगानी मेहनत गरेमा कम्ति मा २०२३ को ओल्य्म्पिक छनोट मा नेपाल राम्रो सिट खेल्ने छ तर अहिले देखि केहि गरेनौ भने २०२३ तिर पनि उस्तै बुढा गोरु जोतेर बाझो खेत रोपाइँ मात्र गर्ने हो …

  54. हारजीत खेलमा हुन्छ तर आफनै देस मा आफ्नो देशको टोली हार्दा अलि धेरै नै नरमाइलो हुँदो रहेछ।

Comments are closed.