भावी मिस नेपाल चिनौँ

नयाँ मिस नेपाल चुन्ने बेला भइसक्यो र भन्ने तपाईँलाई लाग्ला। हो, पुरानो मिस नेपाल छानिएको एक वर्ष भएकै छैन। तर मिस वर्ल्डमा सहभागी हुनका लागि यसपालि अलि छिट्टै मिस नेपाल आयोजना गरिएको हो। भावी नेपाल सुन्दरीहरुलाई अहिले प्रशिक्षण दिइँदैछ। शुक्रबार प्रतियोगिता कै एक भाग मिस ट्यालेन्टका लागि ट्यालेन्ट सोको आयोजना गरियो। हेरौँ, केही फोटोहरु, आखिर कस्ता रहेछन् त हुनेवाला मिस नेपालहरु-

ट्यालेन्ट सोको आयोजना भएको थियो काठमाडौँको रुसी सांस्कृतिक केन्द्रमा।


थप सुन्दरीका फोटो हे्र्न क्लिक गर्नुस्

22 Comments

  1. मित्र श्याम सुन्दर्जिले भनेको कुरा ठिक हो | वास्तविक नेपाल सुन्दरी त पुष्पा बस्नेतनै हुन् अझ भन्ने हो भनेत सि एन एन हिरोमा प्रस्तावित भै सकेको हुँदा विश्व सुन्दरी नै भन्दा पनि फरक पर्दैन | अंग प्रदर्शन गरेर सुन्दरी हुने होइन | नेपालकी अर्की सुन्दरी झमक कुमारी घिमिरे हुन् उनि हरुलाई सम्मान गर्नु पर्छ |

  2. नेपाली सुन्दरी प्रतियोगिता आयोजक र प्रतिस्पर्दी हरुलाई संदेश ….. मेरो नज़र मा नेपाल कि
    बास्तविक सुन्दरी पुस्पा बस्नेत हून र उनि भन्दा यो उपाधि को हकदार नेपाल मा कोहि छैन |
    पुस्पा जी तपाई र तपैले उठाएको को कदम लै सालम …..
    ( ” 28-year-old Nepali Female Pushpa Basnet nominated CNN Hero २०१२ ” )
    यो लिंक हेर्नु होला http://www.demotix.com/news/1108850/28-year-old-nepali-female-pushpa-basnet-nominated-cnn-hero-2012

  3. नेपाल जस्तो हरिबिजोग, विश्वकै तन्नम देश मध्यको एकको सुन्दरी, मन्त्रि, रस्त्र्यपति, आदिआदि नाम र पाद गुथेर केहि उपलव्दी हुनेवाला छैन | खाली आफ्नो देशका सोझा-साझा, असिछित, निमुखा, पछौटे, गरिब नागरिकहरुको आगाडी सान, धक, धक्कु, रवाफ देखेयारा के गर्नु र? संसारको अगाडी हाम्रो कही इज्जत छैन | जब सम्म आफ्नो देश लाई हामीले बिकशित गर्न सक्दैनौ हामी अरुकुरामा जतिनै पोक्था भए पनि हाम्रो निधारमा हाम्रो देशको पछौटे पान र गरिबीकै कलङ्क लागि रहनेछ |

  4. सुन्दरी प्रतियोगिता बाट छानिएर नेपाल सुन्दरी हुने मात्रै त हो नि गर्ने केहि होइन धेरै गरेओ भने उही नेपाली मयूजिक वीदिओं र फिल्म मा खेल्ने त हो नि समाज मा भएका नराम्रा कुरा हरुलाई निरुत्साहित गर्ने तिर लाग्ने होइन यिनीहरु काठमाडौँ र नेपाल क मुख्य सहर बाहेक नेपालका गाउ ठाउँ गएर चेतना दिने पनि होइन खै क भन्नु राम्रो कि नराम्रो !!!

  5. सुन्दरी प्रतियोगिता आयोजना अनि भागी लिने लै मेरो अनुरोध छ कि यो प्रतोयोगिता मा लाग्ने खर्च नेपाल क नारी लै उद्धार गर्ने कम लगाउदा के होला
    जस्तै
    दाइजो को बिकराल रुप लै हटाउने कोसिस गरे क होला
    बेचिएका हरू को उद्धार
    गर्वावती अवस्था को राम्रो हेरचाह
    etc

  6. ड्रेस अप हेर न नौटंकी हरु को, मिस वोर्ल्ड मा गएर २ पिस लगाउछन यहाँ चै सुहाएको न तुहाएको के कपडा लगाएको होला यस्तो, बेहिज्यत . .

  7. आखिर दिन सधैँ यीनै सुरा र सुन्दरीहरु मात्रै को त हो नि ….. जय होस सबैको …..

  8. ल गर गर जनता हो , कोहि राम्रो बन,कोहि नराम्रो बन, स्वतन्त्र छौ , देश बाँझो भैसक्यो , सुन्दरी हरु नाच्न बयस्त छन् .

  9. First one is the best one :)) नेपाल को लागि अर्को राम्रो option हुनै सक्दैन , Miss World जित्ने पक्का ! haha

    • यो सब बकबास हो. सुन्दरता भावना र विचार मा प्रतिबिम्बित हुनु पर्दछ. प्राकृतिक रुप ले बनेको स्तन, नितम्ब को प्रदर्शनी गरेर को श्रेस्ठा भन्ने कुरा नै हुदेन, मानसिक रुप ले अपांग बनेका हरु को नौटंकी बहाना भन्दा केहि होइन यो.

  10. यस्तो हरु पनि मिस नेपाल हुन्छर !!! के को टुप्प जस्तो नाक हुने हरु नेपाल को बदनाम मात्रै

  11. मिस नेपाल प्रतियोगिता गराएर उनीहरुलाई महिला हिंसा बिरुद्ध कार्य,चेली बेटी बेचबिखन बिरुद्ध कार्य र महिला बिकाशको कार्यमा सहयोग गराउन सके मिस नेपाल आयोजक प्रति सहानभूति पलाउने थियो की ?

  12. खोइ नेपाली सुन्दरीहरुले केहि लछार-पाटो लागौलन जस्तो लागेन | एओटै केटि राम्रा छैनन कसरि बिश्वो सुन्दरी प्रतियोगितामा कोमपेतिशन गर्ने ?? सुन्दरी प्रतियोगितामा पनि नेपाल पछि पर्ने भो |

  13. “यो एउटा पर्दापछाडिको देहब्यापार हो | भन्दाखेरी यिनीहरु आफुलाई विभिन्न क्षेत्रमा समाजसेवा गर्ने देखि लिएर दुनिया दिवाना गर्छु भनेर ढोंङ फुकेर आका हुन्छन तर यिनीहरुको वास्तविक र अन्तिम लक्ष्य भनेको आफ्नो अर्ध नग्न शरीर देखाएर पैसा कमाउनु नै हो | अर्को रुपमा भन्नु पर्दा उचित परिश्रम नगरिकनै मोटो लाभ चाहने अल्छी र संभ्रान्तिहरुको जमात |” -बेक मगर

    • तारा मगरज्यु
      स्त्रीले आफ्नो सौन्दर्य देखाउँदा देहब्यापार गरेको हो भने पुरुषले मसल देखायको के ब्यापार हो त्? मानवमा “स्त्री” जाति बोटमा फुल्ने फुल जत्तिकै हो, फुल नै बोट फल्ने बिउ पनि हो/ किन तेती अपमान गर्नु हुन्छ मानवीय फुलको सौन्दर्यताको?

  14. यो मिस नेपाल मा हुने खर्च रोल्पा, रुकुम र कालिकोट लगाएत का ठाउँ मा छात्रा बिद्यालय खोल्न वा गरिब बालिका हरुको शिक्षा को लागि खर्च गरिदिने हो भने त्यो पैसा को सहि उपयोग हुनेथियोकी /

  15. राम्री र सोझी केटि हरुलाई पनि खत्तम बनायर छोड्ने काम हो यो,,,

  16. विस्वव्यापिकरण संगसंगै अगाडी बढिरहेको विश्व-मानचित्रमा हाम्रो देश नेपाल पनि कुनै पनि विधामा कोहि भन्दा कम छैनौ !!
    भलै हामि हारौला/जितौला अर्कै कुरा; तर हामी सबै संसारको रफ्तारमा संगै छौ, यो पनि ठुलो कुरा हो /
    – नयाँ हुने मिस नेपाललाइ अग्रिम शुभकामना !!

  17. त्यो नेपाल को झन्डा बोक्ने miss world हो….अरु भनेको सबै हावा हुन् ….salute that girl …:)

    • किन नबिन जी झन्डा बोकेर मात्र राष्ट्रिय ता झल्किन्छ र ………

Comments are closed.