देश टुक्र्याउँछु नभनेसम्म अधिकार नपाउने?

मधेशले पहिचान र अधिकार नपाए नेपालबाट टुक्रन सक्ने चेतावनी दिएर आन्दोलन नगरेको भए आज मधेश राज्यको परिकल्पना हुँदैनथ्यो। अनि उक्त आन्दोलन नभएको भए २०४६/०४८ मा पहाडमा खान नपुगेर तराई झरेर, थारू समुदायको जग्गा, जमिन र जल खोसेर खानेहरू, थारू समुदायलाई नै कमैया र कम्लरी राख्ने पहाडियाहरूले आज अखण्ड सुदुर पश्चिमको नारा लगाए जस्तै पूर्वमा पनि अखण्ड पूर्वाञ्चल वा मध्यमाञ्चालको नारा लागिसक्थ्यो र हडताल भइसक्थ्यो। धन्न, मधेशले वेलैमा आन्दोलन गर्यो, हतियार उठायो र देश टुक्रने धम्की दियो, जसका कारण पहाडिया बाहुन-क्षेत्रीका जमातहरू केही हदसम्म चुप लागेर बसे। हिजो मधेशको जग्गा-जमिन र विर्ताबाट फलिफाप भएकाहरू मध्ये केहीले काठमाडौं वा शहरमा बसेर अमिलो मन लगाइरहेका छन्। बेला-बेलामा ‘राष्ट्रियता’का उत्ताउला नारा लगाउने र ‘देश नरहने भयो’ भनेर चिन्ता व्यक्त गर्ने बाहेक कम्तिमा उनीहरूले मधेशको राजनीतिमा हस्तक्षेप गर्ने स्थितिको अन्त्य भएको छ तर, सुदुरपश्चिमका केही उत्ताउलाहरूले भने थारू समुदायको सहने शक्तिलाई कमजोरी ठानेर अखण्ड सुदुरपश्चिमको नारा लगाउन थालेका छन्।

थारू समुदायको कमजोरी नै के रह्यो भने उनीहरू आफैलाई कमैया बनाउनेहरूसँग, आफैलाई कम्लरी राख्नेसँग अनि आफ्ना जग्गा-जमिन र जल खोसेर सुकुम्बासी बनाउने र सधैभरी आफूलाई र आफ्नो समूदायलाई अपमानित गर्नेहरूसँग पनि मिलेर बसिरहे। सदियौंदेखिको पीडा, दु:ख र गुनासाहरू पोख्नका लागि हतियारलाई सहारा बनाएनन्, देश विखण्डनको नारा उचालेनन्। बरू समग्र मधेश प्रदेश एक हुनुपर्छ भन्दा पहाडियाहरूसँग मिलेर त्यसको विरोध गरे। पहाडिया कपटी बाहुन, क्षेत्री र शासक वर्गले भने हिजो एक मधेशको नारालाई काउन्टर दिन थारूहरूको प्रयोग गरे तर जब थारूहरूको हक अधिकारको कुरा आयो तब उनीहरूले अखण्ड सुप (सुदुरपश्चिम) को मात्र होइन अब अखण्ड मध्यपश्चिमको नारा दिन थाले।

थारू समुदाय वास्तवमै विचलित छ। चिन्तित छ। उनीहरूलाई पहिलोपटक आफ्नो सोझोपनसँग रिस उठ्दैछ। हिजो मधेशी समुदायसँग मिलेर आन्दोलन गर्न नसकेकोमा पश्चाताप हुन थालेको छ। उनीहरूले प्रश्न गर्दैछन्, ‘होइन यो के भएको हो? उनीहरू कुन देशमा बस्दैछन्, जहाँ उनीहरूको थाक-थलो र अधिकारको जिम्मा अस्ति भर्खर पहाडबाट झरेका पहाडेहरूले लिंदैछन्? उनीहरूलाई लाग्दैछ कतै हिजो समग्र मधेश एक प्रदेशको नारामा मधेशवादीलाई साथ दिएको भए आज पहाडियाहरूले हेप्न सक्दैनथे कि? आफ्नो कार्यक्रममा ढुङ्गा हान्दैन थे, अनि कार्यकर्ता चढेको ट्याक्टरमा आगजनी गर्दैनथे र सँधै पहाडे मालिकहरूका निम्ति नै पसिना बगाउने उनीहरूलाई त्यही मालिकहरूले पिटेर घाइते बनाउँदैनथे कि? कम्तिमा मधेशले पहाडियाले उनीहरूलाई अधिकार नदिंदा, आफ्नो पहिचान नदिंदा स्वतन्त्र देशको कुरा गर्न सक्यो, हतियार उठाउने कुरा गर्न सक्यो तर थारू समुदायको नैतिकताले, इमान्दारिता र राष्ट्रभक्तिले पनि त्यो गर्न दिएन।

बिचरा लक्ष्मण थारू माओवादी युद्धपछि शान्तिपूर्ण आन्दोलन मार्फत् सदिंयौंदेखिको गुलामी मेट्ने प्रयास गर्दैछन्। वर्षौंदेखि पहाडेहरूले चुसेको पश्चिम तराईको खेत-खलियान उर्वर पार्ने निरर्थक प्रयास गर्दैछन्। २० वर्ष पहिले पहाडबाट झरेकाहरूले आफ्नै जनतालाई शासित गरेको मात्र होइन देशविहीन बनाएको टुलुटुलु हेर्दैछन्। उनलाई लाग्दो हो, “साला, जङ्गबहादुरको चाकडीले नयाँ मुलुकका नाममा बाँके, वर्दिया, कैलाली र कञ्चनपुर नेपाल नछिरेका भए उनका पुर्खा र सन्तती दुवैले पहाडीहरूको गुलाम गर्नुपर्ने थिएन। पहाडियाहरूबाट यति साह्रै अपमानित हुनुपर्ने थिएन। आफ्नै थाक-थलोमा पहाडियाहरू र पहाड संरक्षित प्रहरीबाट पिटाई खानु पर्दैनथ्यो।

शायदै, जङ्गबहादुरको चाटुकारिताले ४ जिल्ला नेपालमा नमिसिएका भए हालका ४ जिल्ला भारतमा हुन्थे र आज थारूहरूले स्वतन्त्रताको आन्दोलन गर्दै हुन्थे। कम्तिमा त्यो स्वतन्त्रताको आन्दोलनप्रति उनीहरूले गर्व गर्न पाउँथे। तर आज, उनीहरू यस्तो देशमा जीवन विताइरहेका छन् जहाँ उनीहरूलाई ‘कमारा-कमारी’को व्यवहार गरिन्छ। उनीहरूलाई देशको स्वतन्त्र नागरिकका रूपमा पहिचान दिन गाह्रो मानिन्छ। उनीहरूलाई कुनै हुति नभएर पहाडबाट झरेका दलालहरूले बन्धक बनाइरहेका छन् र आफ्नो इशारामा नाच्न बाध्य पारिरहेका छन्। उनीहरूका पक्षमा उनीहरू स्वयं बोल्न नपाउने स्थतिको सृजना गरिएको छ। उनीहरूको भविष्य एमालेका भीम रावल र माओवादीका लेखराज भट्ट जस्ता पहाडे सामन्तहरूले लेख्‍ने र निर्धारण गर्ने कोशिस गरेका छन्। यी पहाडीया फटाहाहरूले आफ्ना बाउहरूले थारू समुदायलाई कज्याए जस्तै आफूले पनि कज्याउन पाउनु पर्ने दलिल पेश गर्छन्। थारू समुदाय स्वतन्त्र भए भने वा उनीहरूको पहिचान कायम भयो भने यिनीहरूका छोरा-छोरीहरूसँग बराबरी गर्नेछन् र यिनीहरूका आदेश मान्ने छैनन् त्यसैले सुप अखण्ड हुनुपर्छ भन्ने दलिल पेश गर्छन्। यी फटाहाहरूले साझा पहिचान र समानताको कुरा गर्छन्। सोझा, साझा थारू समुदाय र यी फटाहाहरूमा कुनै किसिमको समनाता छैन। कुनै किसिमको एकता छैन र हुनु पनि हुँदैन। चोर र इमान्दारहरू एकै ठाउँमा मिलेर बस्नै सक्दैनन्, त्यसैले पनि शासित र शासक वर्गलाई एउटै राज्य र समान अवसरले कुनै काम गर्दैन।

जब पञ्च पूर्वप्रम लोकेन्द्रबहादुर चन्द, काँग्रेस शेरबहादुर देउवा, एमाले भीम रावल र माओवादी लेखराज भट्ट जस्ता पाखण्डीहरूले अखण्ड सुदुरपश्चिमको कुरा गर्छन् थारू समुदायलाई “तिमीहरूले तिमीहरूका जिल्लामा गएर राजनीति गर र आफ्नो जिल्ला विकसीत बनाऊ” भन्न मन लाग्छ तर उनीहरू त्यसो पनि गर्न सक्दैनन्। पश्चिम पहाडबाट ४५-४६ मा झरेका पहाडीया मात्र होइन पूर्वबाट बाढी-पहिरो तथा भूँईचालो पिडितका नाममा पहाडीयालाई कञ्चनपुर, बर्दिया र कैलालीमा पुनर्वास गरिएकाले थारूहरूको जनसंख्या भन्दा उनीहरूको जनसंख्या बढी भइसकेको छ। अब थारूहरूलाई राम्रोसँग थाहा छ, त्यहाँ जनमतको कुनै अर्थ छैन, त्यहाँ कानूनको कुनै अर्थ छैन, त्यहाँ सामाजिक सद्भाव र इमान्दारिताको कुनै काम छैन। थारू समुदायसँग भएको धैर्यता, इमान्दारिता र सद्‌भावलाई सुपका खास व्यक्तिहरूले कमजोरीका रूपमा लिएका छन् र त्यसको फाइदा बर्षौदेखि उठाइरहेका छन् र अब पनि उठाउने प्रयास गर्दैछन्।

हो, पश्चिम पहाडकै कतिपय पहाडीयाले थारूहरूका पीडा बुझेका छन्, उनीहरूका वाध्यता बुझेका छन् तर उनीहरू बोल्दैनन् वा बोल्न चाहँदैनन्। किनभने त्यहाँ भीम रावल र लेखराज भट्टहरूको जगजगी छ त्यहाँ लोकेन्द्रबहादुर चन्द र शेरबहादुरहरूको मिलिभगत छ। उनीहरूका मुठ्ठीमा कानून छ, उनीहरूका मुठ्ठीमा पैसा र तागत छ। उनीहरूकै खटनमा राज्य चल्छ। अझ कतिसम्म भने कहिल्यै स्वतन्त्र हुन नसकेका तर स्वतन्त्र भनिने मिडियाहरूले थारूका विषयमा बोल्दैन। थारूका पिडाका विषयमा बोल्दैन। थारूका भावनाहरू बोल्दैन। हिजो पहाडबाट झरेको एउटा दलालले एउटा सोझो थारूको जग्गा, जमिन कसरी हडप्यो भन्ने कथा लेख्ने कुनै थारू साहित्यकार छैन, पहाडीया साहित्यकार वा कलाकार त नन्दकृष्ण जोशी जस्ता चाटुकारहरू मात्र हुन्छन् जो सत्ता र शक्तिका पक्षमा गीत गाउँछन्। दु:खी, निराश कम्लरी र कमैयाका पक्षमा होइन।

अब, अस्तित्वका लागि अन्तिम लडाईं लड्ने बेला आएको छ। पहाडेहरू आफ्नो फाइदाका लागि लडिरहेका छन् तर थारू समुदाय आफ्नो पहिचान र अस्तित्वका लागि लड्नुपर्ने बेला भएको छ। फाइदाका लागि लड्नेहरूसँग पैसा छ, राज्य छ, प्रशासन छ र मिडिया छ तर थारू समुदाय सँग केही छैन र कोही छैन। जिते हस्तिनापुरको राज नत्र चपरीको वास त्यसै भनिएको होइन। त्यसै पनि थारू समुदायको वर्तमान स्थिति चपरीको वास जस्तै छ। आखिर यसै पनि चपरीको वास हो भने किन नलड्ने? किन विद्रोह नगर्ने? कति थिचिएर र कति दमित भएर बाँच्ने? कति कमैया र कम्लरी भएर मालिकहरूको सेवा गर्ने? अब जित्नका लागि संसार छ गुमाउन केही छैन। गुमाउनु परे पहाडबाट झरेर बाटो किनारमा वा बजारमा बसेका सत्ताका भाटहरूले गुमाउनु पर्नेछ। हार्नुपरे सामन्ती मानसिकता र शासक वर्गले हार्नुपर्नेछ। थारू समुदाय त यसै पनि वर्षौंदेखि हार्दै आएको समुदाय हो त्यसैले हार्नुमा कुनै डर छैन।

अब, कसरी लड्ने भन्ने कुराको मात्र निर्धारण हुन जरूरी छ। मधेशसँग मिलेर एक मधेश एक प्रदेशका निम्ति लड्ने हो कि? जङ्गबहादुरका पालामा मिसिएको नयाँ मुलुकका निम्ति लड्ने हो कि? जनजाति तथा सुपमै पनि थारू समुदायका वाध्यता र पीडा बुझ्ने अन्य समुदायसँग मिलेर लड्ने हो वा हतियार नै उठाएर लड्ने हो? त्यसको निर्क्यौल गर्ने वेला आएको छ। समय र परिस्थितिले यी मध्ये कुनै एउटा बाटो लिनु पर्ने वाध्यताको सृजना गरिदिएको छ। अधिकार र पहिचानका लागि नलडी सुख्खै छैन र त्यसका लागि आफै लड्नुपर्ने छ। जुनसुकै वाद र नाममा आएपनि शासकहरूले जनतालाई अधिकार दिंदैनन् भन्नेख कुराको प्रमाण नै लोकेन्द्रबहादुर चन्द, शेरवहादुर देउवा, भीम रावल र लेखराज भट्टको कार्यएकता हो।

लेखकलाई व्यक्तिगत गाली पठाउन इमेल [email protected] विषयवस्तु केन्द्रित कमेन्टमात्र तल लेख्न अनुरोध।

किन लगाइयो थारु संग्रहालयमा आगो ? संग्रहालयले कसको के बिगारेको थियो ? ऐतिहासिक धरोहर नष्ट गरेर के फाइदा ?

आमसभास्थल किन कब्जा गर्नु ? थारुले चैँ बोल्नै नपाउने ??


115 Comments

  1. कुरा हरु जायेज हुँदा हुँदा पनि यहाँ तपाई को लेख ले आपसी भै चारा खल्बलिने खाल को छ ,जुन धम्कि तपाई ले यह पोख्नु भाको छ (तपाई को भाषा मा) यो दुखेसो होला तर त्यो ठाडै धम्कि बनेको छ ,सारा नेपाली लै थाहा छ तराई भनेको त्यहाँ को भुमि पुत्र हरु थारु हरु को हो ,देश को अवस्था धेरै नाजुक भएको कारण ले यस्तो देखा परेको हो यहाँ जसरि तपाई ले धम्कि दिए रहनु भाको छ अरु को पनि त्यस्तै हो विरोध हो, जस्तो तपाई को छ ,अनि लेख लेख्ने साथि लाई तपाई मेरो बिचार मा थारु होइना मधेशी हुन पर्छा किन कि तपाई ले जुन नेपाल प्रति अभद्र कुरा लेख्दै मधेसी र जंगबहादुर ले ति जिल्ला हरु फिर्ता न पाएको भए हिन्दुस्तान मा नै सुख ले बस्ने थिए होला भन्ने अबिब्यक्ति दिनु भाको छ ,यो कुरा सबै लाई थाहा छान्दै छ यो देश मा बाहुनबाद रहेको थियो हिजो को कुरा लाई लिएर भविस्य बिगार्ने होइन कि हिजो को हाम्रो गल्ति हरु कहाँ थियो? जस ले गर्दा हामि पछी परियो आफ्नै ठाउ मा कसै को दास बनियो होशियार हुँदै आफ्नो हक र अधिकार लिंदै अगाडी बढ्नु पर्ने बेला हो नाकी त्यहाँ को भुमि हिन्दुस्तान मा भएको भए कस्तो हुने थियो भन्दै पछुतो गर्ने ,अमेरिका मा नै भएको भए त झनै राम्रो हुने थिए होला नि होइन त बन्धु ?यो बहस लाई छाडौ बस सुदुरपस्चिम मध्ये पश्चिम भन्ने हरु भन्दै रहन्छा तर तपाई हरु को थारुहट बन्ने निश्चित छ .र सबै नेपाली हरु को समर्थन तपाई हरुलाई प्राप्त हुने छ आखिर मा के भन्न चाहन्छु भने नेपाली बनौ ,नेपाली भनौ,जे नेपाल .

  2. अब जंग बहादुरले फटाइ गरेर राज्य गर्यो उसका आसे पासे ले मोज गरे अब हामी खान पनि नपुगेर तराई झरेका बाहुन लाई के को दोस / यो जमानामा बोले खायको ऋण त छोरालाई तिराउन पाइदैन भने जन्गेले गरेको दोस मलाई किन लागौछौ हो मीत्र हो ?

  3. अति जातिय सद्भाव खल्बल्यालुने लेख हो यो. परोबर्तान्ले भएभारको गाली गरेर बाहुन र पहाडिया हरुलाई सिद्द्यनु पर्छा भन्ने मनासयले थारुहरुलाई उचालेको देखिन्छा.
    एउटा कुरा सोध्न चाहन्छु के यो देशमा पहाडमा जन्मेको मानिसले तरैम्मा गएर दुख गरेर खान नपाउने ? के यो देश परिओर्तन जस्ता ५/१० वर्ष अगाडी बिहार बाट छिरेर नेपाली नागरिकता लिएर नेपाल तुक्र्युना खोज्नेको बाउकोबिर्ता हो? २० वर्ष अगाडी तराई झरेर दुख गरेर खाने पहाडिया हरुको तेहा केहि अधिकार हुदैन भने अस्ति भर्खर बिहार बाट छिरेर नेपालको जंगल सखाप परेर तराई हडपेर बसेकाहरुको चै के अधिकार छ ?
    परिओर्तन लै एउटा कुरा भन्न चाहन्छु कि बहदिया हरुको बिरुद्द थारुहरुलाई उचालेर नेपालमा बिहारी हैकम चलाउने सपना नदेखे हुन्छा?

  4. हेर साथीहो! कसैले कसैलाई दोष दिन चाही मिल्दैन, यो सबै अस्थिर राजनैतिक क्रियाकलाप ले गर्दा हो र, सर्बप्रथम त देश लाई पुर्नसंरचना गर्ने सोच नै गलत हो, अझ त्यसमाथि जातीय बिभाजन गर्ने सोच त देश बनाउनु भन्दा टुक्र्याउनु तर्फ बढी जोड दिन्छ! यस्तो जातीय दंगा फैलाएर कसलाई फाइदा भएको छ कसैले एक थोपो सोच्या छ, छैनन् होला! सबै फाइदा भाको सरकार मा बस्ने ज्यानमारा हरुलाई, आफै सोच्नुस आज भन्दा ६ वर्ष अगाडी जंगल मा लुकेर बस्ने अर्का को घर मा सरण माग्ने हरु ६ वर्ष मै , नेपालकै इतिहास मा सबैभन्दा धनि पार्टी भएको छ , अब आफै विचार गरम हाम्रो कमजोरी ले कसलाई अझ धेरै फाइदा हुन्छ! हामी सम्पूर्ण नेपाली जनतामा समन्यवय , भाइचारा नभए कसलाई फाइदा हुन्छ, यस्ता साना साना कुरा हरु थाहा पाईराखन हामी सबै पढे लेखेकै हुन पर्छ भन्ने छैन तर पढेको हुनु धेरै राम्रो हो, यस्ता कुरा हरु नपढेकाले नि सोच्न सक्छन , ५ ओटा औंला ले मुठ्ठी हुन्छ र मुठ्ठी खोलन कोइ एक्लै ले बाउको बिहे नदेख्ला भन्ने कुरा मा कुनै दुइमत छैन तर एउटा मात्र औंला लाई चाही १००% भाच्न चाही सक्छन! एउटा हाथमा भएका सबै औंला हरु फरक हुन्छन र एक्लै कम्जोर तर त्यहि औंला हरु मिलेर बसे कसको बाउको ताकत छ अगी आएर लड्ने! त्यसैले म के भन्न चाहन्छु , जे होस् जस्तो होस् सबै मिलेर बसम अनि हेरम साले भाते सरकार म बस्य नेता हरुले क नै चाही गर्नु सक्छ, सबसे पहिला एक दुइ जाना ठुला नेता लाई ठोक्नै पर्चा अनि मात्र नेता हरु चेतछन् , ठोक्ने भनेको पिट्ने हैननी सथिहो टाउको मा गोलि हान्नु पर्छ!

  5. यो सबै जातिवादी र पुरातनबादी सोचको प्रतिफल हो, अब पारिवारिक सम्बन्ध नै जोड्न पर्ला जस्तो छ हामी सबै नेपाली एक हुन, अब बाहुनको छोरी लिम्बुले, लिम्बुको छोरी छेत्रीले अनि छेत्रीको छोरी राइले बिहे नगरी कसैको चित्त बुझ्ला जस्तो छैन, माल्भिका र दिपा दिपबिन जस्ता सन्तान जन्मे नेपालीलाई फाइदा नै हुन्छ कि के भन्नु हुन्छ ?

  6. मधेसी आन्दोलन ले थुप्रै पहाडी हरु को उठिबास गरायो. कति त पुस्तौं देखि बस्ने हरु लै पनि. आज जनकपुर जस्ता सहरमा पहाडी मूल को मान्छे देख्न मुस्किल छ. तिनका ठाउँ मा पारि बाट आका लै स्वागत छ. आब जना जति का नाम मा कति को उठिबास परिने हो. आन्त मा सोसित पिडित जनता चै हैन २-४ जना परिबर्तन जस्ता लाउके को चाही प्रगति हुने पक्का छ.

  7. धत् माथि का सबै कमेन्ट हरु हेर्दा, तामांग, थापा, थारु एकातिर अनि बाहुन छेत्री एकातिर | यो ब्लग मा पनि जातियता देखिन लाघ्यो | मेरो घर बर्दिया मा हो , मेरा बाजेले इंडियामा बर्सौ मेहेनेत गरेर कमायको पैसा ले ३० वर्ष अगाढी जग्गा जमिन जोड्नु भा हो | न मेरो घरमा कहिले कमैया राखयौ, न कम्लरी | कमैया र कम्लरी राख्ने सामन्तहरु त ठुला ठुला सहरमा महल बनाएर बसेका छन् | अब बाँके बर्दिया कैलाली कंचनपुर लाई थारुवान भनेर सबै उनि हरुकै आधिकारको कुरा गर्दा खोइ त बर्दिया बाँके मा बस्ने बादी, दलित, मुसहर, चमार र गरिब ब्राह्मण छेत्री हरु को आधिकार ? परिबर्तन जी, George Orwell ko Animal Farm पढ्नुस, लक्ष्मन् थारु हरु थारुवानका नव सामन्त बन्न खोज्दै छन् | बिजय कुमार गच्छेदार पनि त थारु हुन् होइन र ?

  8. जात जाति नभएको देश कुन छ र यो पृथ्वीमा? केहि अपवाद जस्तो कि रुसको चेच्च्निया र जर्जिया, चीनको तिब्बत र उगिर्स्तान, भारतको कश्मिर आदि बाहेक जात जाति कहिँ कसैलाई खासै समस्या भएन! समस्या त जात जातिको आधारमा विभेद गरेपछि सुरु हुने हो! असंतुस्त र सन्तुस्ट समूह बीच टकराव हुन्छ र प्रोब्लम सुरु हुन्छ! माथि उल्लेखित देशमा जातीय समस्या हुनुको कारण त्यै विभेद नै हो! हाम्रो नेपालमा पनि सन्तुस्ट र असंतुस्त समुदाय छ भने यहाँ केहि प्रोब्लम छ भनेर बुझनै पर्छ! असंतुस्त समुदायलाई स्पेस दिनु नै जाती!

    हाम्रो नेपालमा तीन मुलधारका पार्टीहरु छन् जो “मै खाऊ मै लाऊ शुख सयल मै गरु” भने एक मात्र गुरु मन्त्र कारण बदनाम भए ! तीनै पार्टीलाई बिदेशी शक्तिहरु पलाई पालो चलाई विभिन्न सन्धि सम्झौता गराएर नेपालको नीति आफ्नो कब्जामा लिन सफल भयो! के गर्ने आफ्ना देशको मुलधारका पार्टीका नेताहरु नै लोभी भएपछी! सरकारमा जाने लोभमा बरोबर बिदेशी दरवार धाउथियो ति पार्टीका नेताहरु! अब यी पार्टीहरु जनता माझ नबिक्ने भै घोसेमुन्टो लगाएर बसेका छन् ! तीन दल ठाउँ तीन समुदाय (बाहुन क्षेत्री, जनजाती, मधेसी) ले लियो! अब यी तीनै समुदायलाई खुब संग चलाई बिदेशी शक्तिले नेपाल लुट्ने छन्! “परिवर्तन” को लेख पुरा पढे पछी थाहा पायो मानौ उहाको मुखबाट आग उग्लेको छ! यस्तै खलको भड़कौ कुरा कम्युनिस्ट पुरेत प्रचण्डको मुखबाट पनि सुन्न पाइयो ! के यो संयोग मात्रै हो ?

    जातीय राज्यमा दुर्घटना हुने रिस्क सधै हुन्छ! यस्तो हुन दिन्नौ भनेर ग्यारेन्टी कुनै जनजाती वा मधेसवादी नेताले लिन सक्नु हुन्न! गैरजातीय वा फुलपातको नाम दिएको संघियतामा यस्ता दुर्घटना हुन्न भन्ने पनि हुदैन र यसको ग्यारेन्टी कसैले लिन सक्नु हुन्न! यो कुराको ग्यारेन्टी साधारण बाहुन क्षेत्री नेता, पेशाकर्मी लिन सक्नु हुन्न! यस्ता खाले दुर्घटना हुन नदिने ग्यारेन्टी एऊतैले दिन सक्छ त्यो हो सेना! जसरि गैरजातीय संघियतामा जादा बिखन्डन, सम्प्रदायक हिंसा आदि हुन्न आधार सेना हो त्यसरी नै जातीय संघियतामा हिंसा, बिखन्डन रोक्ने ग्यारेन्टी सोहि संस्थाtले दिने हो! र सेनामा ५० प्रतिशत भन्दा बढी संख्या रहेका बाहुन क्षेत्री हुदा पनि बिखन्डन होला भन्नु मेरो लागि अस्वोभाविक रह्यो ! यहाँ निर प्रचण्ड, बाबुरामहरु सेनालाई किन चलाई राखेको हो त्यो उहाहरुले राम्ररी बुझेरै गरेको होला! हैन भने सो सस्थालाई नचलायेकै बेहतर! कम्युनिस्ट पुरेतहरुबाट सधै सचेत रहौ!

  9. नेपाली जातिले अस्ति भखर मात्र भुटानि सरणार्थि को समस्या भोगेकोले पनि जातिय र भाषिक आन्दोलनको महत्व सबैले बुझनु पर्दछ । तर सबै जातिमा उनिहरुकै जातिका टाठा बाठाले सबै भन्दा बढि सतायका हुन्छन । शाहिकाल राणाकाल वा प्रजातान्त्रीककाल के सबै पहाडियाको उन्नति भयो र ? उन्नति भएकोभए किन पहाडबाट खान नपाएर तराई

  10. गरीबी र अभावले “घ्रिण र रीस” पैदा गर्छ जस्ले गलत सोच र कार्यलाई जन्माउछ त्यसैले समाजमा अशान्ति फैलिन्छ ! त्यसैले, हरेक धर्मले दानी हुन सिकाउछ जस्ले यस्त गलत सोच र कार्यलाई रोक्न मदत गर्छ र जस्को फल अर्को जन्ममा हैन यही जन्ममा प्राप्त गर्न सक्छ “शान्ति” को रुपमा !

    अहिले हुने खाने बर्गको को दानी हुने समय हो, यसले उनीहरुलाई शान्ति दिन्छ र अन्यलाई गलत सोच र कार्यबाट सहि सोच र सहि कार्य तर्फा लग्न मदत गर्छ !!!

  11. हिजो अरुलाई ‘जनजाति’को बिल्ला भिराएर उनीहरुको जीवन भनेकै काजी पण्डितहरूको सेवा गर्ने वातावरण बनाएकाहरू ती जनजातिले आफ्नो अधिकारक लागि, पहिचान, भाषा संस्कृतिका लागि लडेको देखेर आफू पनि जनजाति भएको रुन्चे जिकिर गरिरहेका छन् । लाज नभएका नकचरो जस्ता लाग्छन तिनीहरू ।

    जहाँसम्म थारुको कुरा छ । अहिले उनीहरुलाई सबैभन्दा खतरा मधेशीका नाउँमा राजनीति गर्नेहरूबाट छ । त्यसैले, जनजातिका विरुद्ध नभई विखण्डनका बिउ मधेशका नाउँमा राजनीति गर्नेहरूका बिरुद्ध सबै एक हुनुपर्छ ।

    • दरिद्रता को औषधि अध्यन हो, त्यता ध्यान पुराउ

      • आफ्नो मातृभाषालाई माया मारेर ताई न तुइको संस्कृत भाषा अध्ययन गर्नु परेपछि विचराहरू कसरी पढाइमा अब्बल हुन्थे ! यस्ता वातावरणले त मात्र बाहुन-छेत्रीहरूमात्र पढाइमा उक्लिए (अपवादबाहेक) । ती जनजातिहरूले पढ्न नसकून भनेरै हो यस्ता खालका वातावरण बनाएका ती काजी पण्डितहरूले ।

  12. लाग्छ ,हामीहरु एक नेपाली बाट विभक्त भएर अनेक जात – जति, बन्ने वाला छौ l समानताको यो युगमा निम्न बर्गलाई उत्थान गर्ने कुरा त कता हो कता जातीय नारा लगाएर साझा फूलबारीमा आगो लगाउन चाहन्छ हाम्रो छिमेकी,कोहि बुझेर र कोहि नबुझी यो आगोमा घिउ थप्ने काम गरिरहेछन l
    बेलैमा होश गरौ; घर पोलेर खरानीको के दुख; भने जस्तो नहोस् l किन हामी सम्पूर्ण मानब जतिको भलो नचिताउने ? किन हामी साझा पृथ्वीको नारा नघंकाउने ? किन हामी निश्चित भूगोल भित्र कैद हुने ? किन हामी अहिंसा परमो धर्म अंगिकार नगर्ने ?
    ” किन हामी विस्वकै उत्कृस्ट मानब जति नबन्ने ?”

  13. परिवर्तन जी, तपाई उग्र बामपन्थी दस्चिन्पंथी भड़कौमा लग्नु भाको रहीछ | तपाई ली नेपाल र नेपालीको मर्म बुज्नु भाको रैनछ | यो जुन जातइवात को कुरा तपाई उठाउदै हुनुंचा त्यो नेपाल मा उब्जेको कुरा होइन त्यो त विदेश बाट आयातित हो र यो कुरा सबै नेपाली जनता ली बुझ्न जरुरि छ | नेपालमा माओबादी भन्ने जुन पार्टी छ त्यो इंडियाको नेपाली agent हो तेस्ले राजनीति कसरि गर्दै छ ? भनेर विचार गर्नुस | तेस्ले खाली नेपाली समाज लै खलबल पर्ने, अस्थी पर्ने काम, आफ्नो प्रभुको इशिरा बाट गर्दै छ | हिजो १३ वर्ष जनौद्ध को नाममा हज्जारौ नेपाली को ज्यान लियो र हाज्जरौ कर्मठ युवा हरुलाई स्कूल पदना नदेर युद्दमा होम्यो र आज सिविर बाट लत्ताली हानेर निकेलीदेयो, हेर तिनीहरु को जिन्दगि बर्दाद भएन ? विचार गर्नुस, तपाई पनि तेस्तै पार्टीको पछि लग्नु भाको छ | तपाईको पनि जिन्दगि त येस्तई लम्फु कुरा गरेर बित्दै छैन ? आफ्नो भविस्य येस्ता नेता हरुलाई सत्ता र सम्पतिको नजीक पुराउन खेर न फल्नुस| तपाई जस्तो थारुले त तपाईको समुदाय, जतिको बिकाश गर्न उनीहरुलाइ सिक्ष्यको ज्योति दिनु पर्छ | थारुहरु सबै सिछित भए भने उनिहरुले आफ्नो अधिकार आफै बुज्ने छन् , उनिहरुले आफ्नो हक आफै लिने छन्, किन भने उनिहरु सिक्षित र सबल हुने छन् |
    एस्तो उग्र बामपन्थी दस्चिन्पंथी भड़कौमा लगेर थारुहरुलै फेरी पनि एऔता गुलामी बाट अर्को गुलामी तीर धकाल्दै हुनुहुन्छ मित्र तपैले | भगवानले तपाई लै सही र गलत बाटो छुटाउने सद्बुद्धि दिउन |

  14. लेख जायज हुदाहुदै पनि अलिक कुटिल पना बढी देखियको छ!
    के लेखकले:
    – देशको पुनर्संरचना हुन गइ रहेको देखेन कि क्याहो!
    – देशले अंगालेको र आत्मासाथ गर्न गइ रहेको परिवर्तन बुझ्न त सकेन होला ल सोच्न पनि सकेनको क्याहो?
    – के थारुहरुलाई त्यो चारवोटा जुल्ला छुट्यायर छुटै राज्य दिया सबै समस्या समाधान हुन्छ?
    – थारुहरुलाई एक मधेश एक प्रदेशमा गाभ्नपरने किन र के यसो गरेमा ति निर्दोष र निरिह थारु हरुले मुक्ति पाउछ? तेस्को ग्यारेन्टी के छ? के संघियता र राज्य चाहियको थारु र मधेशी लाइ मात्र हो?
    – के यो देशमा थिचियाका र पिछडियका थारु र मधेशी मात्र छन्?
    हो मा मान्छु संघियताको माध्यम ले राज्य पुनर्संरचना हुन जादै गरेको यो संघिन घडीमा अखण्ड सुदुर भनेर उर्लिने हरुसंग आफ्नै स्वार्थ होला, उनीहरुको माग जायज नाजायज आफ्नै ठाउमा होला र उनीहरुले मागको लागि उपद्रो र सामाजिक सदभाब बिथोल्ने कार्य गर्नु घ्रिनाजनक छ नगर्नु पर्ने थियो गरे तर तेसो भनेर तेसलाई बढाइ चढाई यसरि भडुवा तरिकाले लेखा लेख्नु प्रस्तुति दिनु कहासम्मको जायज हो?
    ल लेखेर ब्लगर ले जति धेरै कुरा भनेको छ त्यो भन्दा धेरै कुरा ब्लगर लाइ भन्न र बुझाउन पर्ने पो देखिन्छ त्!
    थारुहट: थार बनायर बस्ने लाइ थारु अनि तराइको गर्मीलाई हट भनेर भन्दा त्यो स्थान अनि भूभागको परिचय यी दुइ शब्द जोडियर थारुहट, थारुहट इस्ट इन्डिया कम्पनि ले दियको नाम र पछी यहि थारुहट नै तराइ बन्न गयको भनाइ) बनेको भन्ने कुरामा सहमत हुदै थारुहरुको आफ्नो पहिचान लाइ मधेशमा गाभ्ने जुन कुटिल प्रयत्न लाइ यो लेख्ने ब्लगर जस्ता व्यक्तिहरुले जानेर नजानेर साथ् र सहयोग दियको छ तेस्को गगने घोर भ्रत्सना र बिरोध गर्द छ!

  15. अब चाहिं सालोक्यजी को ब्लग मा पनि मनग्य साम्प्रदायिक सद्भाव खल्बलिने खालका बिचार निरन्तर पढ्न पाइने भयो छद्म नामका रुपमा / सक्ने भए आफ्नो स्पष्ट परिचय लियर आउनुपर्यो एक्कैसौं शताब्दीको कलम युद्दमा किन परिचय लुकायर अमुक जातिप्रति बिष बमन गर्नुपर्यो ? मुठीभरका व्यक्तिले हिजो गल्तिगरे भनेर पुरा समुदायलाई हिलोछ्यापेर अब हाम्रो पालो तिमीहरुको खैरियत छैन जस्तो गर्ने तपाई कति अशल ठान्नुहुन्छ आफुलाई ? तपाइलाई जानकारी छ कि छैन जनयुद्द या २०६२/६३ को आन्दोलन लोकतन्त्रको लागि थियो अनि सामुहिक सहभागिता सहितको, तेश्मा कुनै अमुक व्यक्ति या जतिको विजय थिएन अनि तपैले दुस्मन ठानेका छेत्री बाहुनको पनि समान हिस्सा थियो/ सक्ने भय तपाइको मधेश टुक्रायर लैजानोस तपाइको हिस्सा मा पर्ने जति कतै मिलाउन, तर संसारै जिते गरि यसरि कुर्लिनु आबस्यक देखिदैन/

  16. बाहुन क्षेत्रीलाई सबैले गाली गर्छन र जसले पनि राष्ट्र टुक्र्याउने धम्कि, अनेक बिबिधता भएको देशमा एकल जातीय राज्यको अतिबादी सोचको माग गर्ने देख्दा त यो देशको लागि चिन्ता त केवल यिनै बाहुन क्षेत्रीलाई मात्र रहेछ अरुहरु त केवल यहाँ अवसर मात्र खोजिरहेका छन् जस्तो छ.

    यो कुरो बुझौ भने यो पिडित पक्षको उत्थानको कुरो पनि यिनै बाहुन क्षेत्रीलेनै उठाएका हुन्.

    आफ्नो सम्मान र अधिकारको कुरो गर्दा अरुको पनि अधिकारको ख्याल गर्नु पर्छ, जव कुनै जति बिसेषको नाममा राज्य मागिन्छ तेस्ले कुनै पनि हालतमा अरु जाति प्रति सदभाव राख्नै सक्दैन ताकी आफनै जाति प्रति पनि इमान्दार हुन् सक्दैन उसले त केवल आफ्नो कुटिल अवसर मात्र खोजिरहेको हुन्छ.

    सबैलाई चेतना भया…

  17. “परिबर्तन” लाई कसैले “बिष-वृक्ष” त कसैले पहाडियालाई गाली गर्ने अबुझ लेखक सम्म भनेका छन् ..तर परिबर्तन सचिक्कै नेपालि समाजको ऐना को रुपमा प्रस्तुत भएको छ | कोहि कुरूपले ऐना नहेर्दैमा सुन्दर हुने भए त कुरै बेग्लै हुन्थ्यो ??? तर गर्ने के
    सत्य तितो हुन्छ |
    पहाडियालाई पहाडिया भन्दा कहाँ गालि देख्नु भयो तपाईहरु ???
    कपटीलाई कपटी भनेर लेख्दा कस्तो गालि देख्नु भयो ???
    सत प्रतिशत पहाडियाको कुरा लेखकले गरेकै छैन..केवल थारुको दुर्गतिको पछाडी कपटी पहाडियाहरुको हात रहेको कुरा गर्नुभएको छ जुन कि सोह्रै आना सत्य हो |
    अब तपाई जस्ता सभ्य र इमान्दार पहाडिया पनि तिनैका अंश पर्नु भयो भने त्यसमा लेखकको के दोष ??
    आफुलाई विद्वान र सभ्य ठान्ने पहाडियाहरूले आ-आफ्नो सम्पर्कमा रहेका कपटी र दुष्ट पहाडियाहरूलाई सिकाउनुस र संसार देखेकाले तिनलाई दिब्य ज्ञान दिनुस जसले गर्दा बिगतमा खल्बलिएको जातीय बैमंसयता पुन सुमधुर हुन् पुगोस..र पहिलेको झैँ सुन्दर शान्त नेपाल फेरी देख्न पाइयोस ….
    छ आँट त्यो गर्ने …
    आत्म आलोचना गर्ने ??
    के को हुन्थ्यो …रातोमा चिनो लाउने देखि फुर्सद भए त केहि गर्ने बुद्धि पलौंथ्यो कि कसो ???
    सालोक्य जीलाई केहि विद्वान साथीहरुले परिबर्तन को लेख प्रकाशन नगर्ने सल्लाह पनि दिई टोप्लेका छन् | के तपाईहरुको आत्मरतिको लागि खोलिएको ब्लग देख्नुभएको छ mysansar लाई | विपक्षका कुरा राखेर त्यसमा बिचारनीय छलफल चलाउन त कहाँ हो कहाँ कुरा पनि सुन्न नचाहने तपाईहरु कुन कोटीको बिद्वानामा पर्नु भयो आफै मुल्यांकन गर्नु होला | मुखमा राम राम बगलीमा छुरा राखेर गरिएको मित्रता कति दिगो हुनेहो ?? परिबर्तन जी ले औल्याएको हाम्रो समाजको समस्यालाई शब्द रुपी समाधानले समाप्त पार्न सकिन्न भने कुरा कसले बुझेको छैन होला | गोटा रुपिया तलबको भरमा बर्दी लाएकाहरुको भरमा कुनै जात र वर्गलाई ध्वस्त गर्ने सपना कसैको पनि साकार भएको छैन र हुने बाला पनि छैन |यहि नै सत्य हो |
    यदि तिमीलाई इज्जत पूर्बक बाच्ने चाहना छ भने अरुलाई पनि इज्जत देउ | बास्तबिकता लाई मान र आ-आफ्नो आचरण सुधार …कसैलाई ठुले जात र वर्ग भएकोमा घमण्ड छ भने बेलैमा त्यागे देश र समाजको कल्याण हुन्थ्यो |

    • आजको समाजमा कसको इज्ज़त र सम्मान कसले लुट्न सक्छ ? जातीय प्रदेश बनाएर के देशको विकास हुने के तिमि ग्यारेन्टी लिन सक्छौ?

      बिकासको ग्यारेन्टी न त नेता लिन सक्छन न त तिनैका कार्यकर्ताहरु, कसैले लिन सक्दैन किनकि सब नेपाली जनता जानेर, बुझेर पनि यी नकहलाउदा नेताहरुको पछी लाग्छन जसले देश को मासु सबै झिकेर केवल कंकाल मात्र राखेका छन । अहिले यो प्रदेश हुनु पर्छ त्यो प्रदेश हुनु पर्छ भनेर लडेपनि भविस्य चाही अन्नोय्लमा छ ।

      जनयुद्द अगाडी के के न हुन्छ भनि ठानियो, हजारौको ज्यान गयो, गणतन्त्र आयो, खै के भयो? जति जोगी आएपनी कानै चिरेका भने जस्तै सबैको उही पारा छ ।

      • ए धनि साउद हौ कि धनु साउद !
        तिमि सच्चिक्कै कुँवाको भ्यागुता नै रैछौ है ??? थारुहरुलाई कमैया र कमलरी बनाएर मानवताको खिल्ली उडाउने तेरा काका बाउ हरुलाई अझै चिन्न सकेका छैनौ ??? जातीय प्रदेश बनाउनु अगाडी नै तिमीलाई ग्यारेन्टी चाहिएको हो ? ल मैले दिए ग्यारेन्टी, अरु पनि के के कुराको ग्यारेन्टी चाहिन्छ भन्नु सबै दिन्छु | वाहियात !!!

        • ल ठीक छ मित्र हेरम न अगाडि, तर यहाँ तिमी बाउ र काका सम्म नपुगेकै बेस होला । भगवानले तिमीले सोचेकै जस्तो गरुन र तिमी जस्ताको सत्बुद्धी दियुन ।

  18. लेखक ले एउटा थारुवान को दर्द उतारेका छन्
    के एउटा थारु ले लेख्नु नहुने खोइ त तेस्तो कुनै झुट त देखिदैन
    यो सब ब्राह्मण बाद को पौरख हो,

    • गल्ति केहि व्यक्तिले गरेकै हुन् तर बदलामा सम्पूर्ण पहाडे समुदाय माथि नै गालि गर्नु कुन दर्जाको बौद्दिकता हो ? आजको युग र युवामा यो मानसिकता केहि अपवाद बाहेक छैन तर पनि गालि गर्नु कुन दर्जाको बौद्दिकता हो ? पुर्खा र आज बर्तमानमा पिण्डमा (मृत्यु भैसकेका ) पालिएकाले गरेको गल्तिको कारण आजको पिंढीलाइ अपमान गरि गालि गर्नु कुन दर्जाको बौद्दिकता हो ? उमेश जी यस्तो मुखुन्डोमा लेख प्रकाशित नगर्ने कि ? साँचो परिचय सहित खुलेर आउनोस् किन चाहियो जातीयताको नाम र आधारमा राज्य, नेपालमा नेपाली भै बाँच्न मधेशी,थारु,बाहुन,लिम्बु हुनै पर्ने किन ? गरौँ न बहस खुल्ला मन्चमा ! यी कथित परिवर्तन नामका जयन्त प्रसाद देखि प्रचण्ड सम्मलाई चुनौती छ जातीय राज्यको बहस आफ्ना चाटुकार लिएर एउटा बन्द कोठामा बसेर होइन खुला मन्चमा बसेर बहस गरेर पुष्टि गर जातीयताको नाम र आधारमा देशलाई संघियतामा लैजान पर्छ भनेर ! होइन भने खबरदार उमेश जी प्रचण्ड,परिवर्तन हरु जथाभावी बोलेर कसैको अपमान गर्ने अधिकार तिमीहरुलाई छैन ! यदि २-४ जना कुनै पहाडेहरुले हिंजोको दिनमा गरेको गल्तिको बदला आजको पुस्ताले यसरी चुकाउनु पर्ने हो भने हामि तयार छौं तर याद गर प्रचण्ड प्रतिकार, हिसाब सबै पक्षले गर्न जानेका छन् गर्छन पनि ! १३००० जनता मारेको हिसाबको बेरुजुमा तिमि जस्ताहरु टुंडिखेलमा झुन्डिने दिन अब टाढा पक्कै हुने छैनन् !
      उमेश जी तपाइंलाई पनि म केवल मेरो निजि बिचारमा भन्न चाहन्छु यस्ता बिषयलाई सार्वजनिक रुपमा खुला अनुहारले खुला ठाउँमा बहस गराउनोस नकाब भित्र बाट मजाक गर्दा अगाडिकोले नचिन्दा बहस उग्र हुन्छ ! तपाईं आफै सोच्नोस यो जातीयताको नाममा गरिने संघियताको बारेमा यसको आवश्यकता र औचित्यको जनता संग खुला रुपमा आमने-सामने बहस र यो नै सहि छ भनि आज सम्म कुन नेताले पुष्टि गर्न सकेका छन् देखाउनोस एउटा उदाहरण ? तपाईं नै होइन हिंजो सम्म पत्रकारिताको धर्म सिकाउने ? जसले जे बोल्यो त्यहि लेख्न हुन्न भन्ने ? हामीलाई के थाहा यो लेख लेख्ने जयन्त प्रसाद हो कि, प्रचण्ड हो कि ज्ञानेन्द्र हो ! किनकी यसको यो नाममा नकाब छ त तपाइंले नै भन्या हो ! उमेश जी आज त तपाइंले ‘गालि’ लेख्नु भयो …ल अब हामि पहाडमा खान नपुगेर तराई झरेर, थारू समुदायको जग्गा, जमिन र जल खोसेर खानेहरू, थारू समुदायलाई नै कमैया र कम्लरी राख्ने पहाडियाहरू सजाय भोग्न तयार भयौं सजाय-कसुर तपाईं हरु नै ठहर गर्नु भयो हामीलाई गुनासो रहेन यो ‘पहाडे’ समुदाय नै अभिसाप रहेछ नेपाल र नेपालीको लागि तर जातीयताको आधारमा संघियता बाट देश र बाँकी जनता सोर्हैआना सुरक्षित-सम्विर्द्ध हुने आधार त पुष्टि गरिदिनोस ! कि मुह मे आए बक दिया ….ड मे हग दिया हो ?
      तर्क र बेबेक हुनेहरु खुलेर बहस गर्न सक्छन न कि बन्द ढोकामा चुकुल लगाएर मिडियाको सहारामा भारतीय मट्टीतेलले नेपाल जलाउन ! म खुलेर थुक्छु यो बिचारलाई र तयार छु एक्लै पनि बहसको लागि परिवर्तन जस्ताहरु संग !

  19. परिवर्तन जी,
    अति साम्प्रदायिक भयो तपाइको लेख . बाहुन छेत्री को दोहोलो कडाई मात्र छ. तपाइलाई थाहा नै होला सिमित पहुच भएको बाहुन छेत्री कति छन् र अरु नेपाली जस्तै गास र बास को समस्या ले पिडित कति छन् . यो नभुलौ कि जनसंख्या को आधार मा उनीहरु नै सबै भन्दा बादी छन्. र यो गरिब मुलुक मा अरु जस्तै जीवन बिताउन बाध्य छन्. केहि ले सोषण ,सामन्तबाद , नातावाद र कृपावाद गरे भन्दै मा सिधै सम्पूर्ण जात नै मुछ्नु त्यति बुद्धिमानी नहोला कि…

  20. सर्ब प्रथम , थारु र पहाडी हरु भाई भाई हुन्! सतप्दी देखि संग संगै मिलि बसी आएका हुन् ! आहिले आएर यो विखण्ड को कुरा ल्याउने न त सु प को सर्ब साधारण थारु हुन् न त पहाडी बरु यो त माथि राज गर्ने नेता हरुको को कुटिल छल हो ! टुक्राउ अनि राज गर र एसमा केहि थारु नेताहरु को र केहि पहाडी नेताहरुको कुटिल महतोवाकान्छा रहेको छ ! थरुहट भएमा पनि सर्ब साधारण थारुहरु ले पौउने वाला केहि छैन तेस्तै अखण्ड सु प भएमा पनि फायेदा लिने केहि वर्ग बिसेस हो! यो भन्दा पहिले पनि हजारौ थारु र पहाडी हरुले गणतन्त्रका लागि ज्यान दिएका थिए ! के भयो र ! सुख सयेल उनि राजनेताहरु र ऊनका छोरा, छोरी र नातागोतामा सिमित छ! खाली सक्ति परिवर्तन मात्र भयो राजा बाट नेताहरुमा ! जनता जहाको तेही ! तेसैले साथीहरु लड्नु भन्दा पनि कसरि समस्या समाधान गरि संगै बसी बिकाश गर्न सकिन्छा तेसमा विचार गरौ र यो क्षेत्रको गरिबी र यो पछौटेपन कसरि हटाउन सकिन्छ तेसमा राम्रो संग बिचार गरौ ! थारुहरु पछाडी परेको पक्कै हो र करणहरु धेरै छन् अब थारुवन राज्य भयमा पहाडीहरु पछाडी पर्न सक्छ त्यो भयमा कालान्तरमा तेसले लडाई गरावन सक्छ यो क्रम भै राखेमा यो ठाउँ को बिकाश कसरि सम्भव हुन्छ र सो भएमा कालान्तरमा हाम्रो भावी सन्ततिले धिकार्ने छ ! तेसैले साथीहरु समएमा नै राम्रो बिचार गरौ अफ्फैमा बार्ता गरौ र मिलोमतोमा समस्या समाधान गरौ ! एसको विकल्प छैन! बिछार गरौ नत्र एसले बिकराल रुप लिनेछ तेस पछी पच्तौने बाहेक केहि रहने छैन ! विचार गरौ थारु को पहाडी र पहाडी को थारु भन्दा मधेसी नजिक हुन् कदापी सक्दैन !! सबको जय होस् !!!

  21. कुरा ठिक छ तर पुरा साम्प्रदायिक भावनाले ओतप्रोत छ. माइ संसारमा एस्ता उग्रबादी लेखले पनि स्थान पाउदा रहेछन. परिवर्तन जी ले पहाडमा खान नपाएर मधेस झरेका भनेर पहाडिया छेत्री बाहुनलाइ गाली त गर्नुभो तर आज पहाडका कुना कुनामा पुगेर ब्यापार व्यवसाय गरी बस्ने र पहाडको प्राकृतिक स्रोतको दोहन गर्ने मधेसीहरुलाइ कता पठाउने त्यो चाही बिर्सनु भएछ!

  22. बर्गीय युद्धले मात्र सब कुराको छिनी-फानो गर्छ….!!! मार्क्सबाद मा बाहेक अन्त यसको कुनै समाधान छदै-छैन/ जात-जाती, धर्म, कालो-गोरो, पहाडिया-मधेसी, हिन्दु-अहिन्दु भनेर हुदैन/ कुनै पनि द्वन्द भनेको पीडक र पिडीतका बीच मात्र हुनु पर्छ, शोषक र शोषितका बीच शिधा टकराव हुनु पर्छ/ पहाडे र मधिसे होइन, थारु र पहाडे होइन, मधिसे-मधिसे होइन, पहाडे-पहाडे होइन…हिन्दु मुसलमान होइन…

    • आफु हरु केहि गर्न नसक्ने, अनि क्षेत्री बाहुन को रिस गर्ने? के हिजो को दिन मा क्षेत्री बाहुन लाइ अध्यन, जागिर को निम्ति राज्य ले छुट्टै सुबिधा दिन्थ्यो? के क्षेत्री बाहुन र अन्य जाति हरु ले एउटी पाठ्यक्रम पढेका होइनन? मेहनती र परिश्रमी जनजाती ले प्रगति गरेका छैनन्? दोलखा, ओखाल्धुन्गा का गरिब भरिया क्षेत्री बाहुन चाहि शोषक, अरबपति मनांगे,र काठमान्डू का नेवार शोषित पिडित? के अन्य जाति क पारश्रमि ले प्रगति गरेका छैनन्?
      १) २०४४ साल को बोर्ड फस्ट राजेन्द्र गुरुङ जनजाती को होइन?
      २) डा . हर्क गुरुङ ले राज्य को महत्वपूर्ण थुप्रै पद सम्हालेका होनन?
      ३) आफ्नो क्षमता ले ड्रा. सन्दुक रित चर्चित छैनन्?
      ४) सुवास नेम्वांग जनजाती कै होइनन? के एमाले मा अरु नभएर हो उनि लाइ सधै राम्रो पद मा राखेको?
      ५) पंचायत भरि मन्त्रि हुने जोगमेहर श्रेष्ठ, बुद्दिमान तामांग, पद्म सुन्दर लावती, बलराम घर्तिमंगर, फत्य्सिंग थारु हरु क्षेत्री बाहुन हुन्?
      म पनि जनजाती के बीच मा हुर्किएको हो. जब स्कुल जान्थेउ ति जनजाती का बिद्यार्थी भने ब्रिटिश इन्डियन राइफल बोक्ने इच्छा मा तेसै को प्राक्टिस गर्दै तिघ्रा बलियो बनाउने गर्दथे वा रोदी घर घंकाउथे , अहिले बाहुन क्षेत्री ले आफ्नो प्रगति गर्यो भनेर दोष दिने?

      • बिष्णु जी ,
        तपाइले अपवादलाई उदाहरण बनाएर आफ्नो तर्क दिनु भयो तर वास्तविकतालाई छुनु त के नजिकै बाट पनि देख्नु भएन ! यहि त हो दुखको कुरा नेपालमा इतिहास देखि आज सम्म पनि कथित ठुला जात भनिने बाहुन र क्षेत्री शासाक बर्गले दलित, जनजाती तथा मधेशीलाइ अपवादको रुपमा मात्रै व्यवहार गरी आइरहेका छन् ! त्यस्तै अर्को अपवाद भनेको केहि प्रतिशत सुदुर पश्चिमका गरिब बाहुन क्षेत्रीलाई देखाउनु हुन्छ आफ्नो तर्क माथि पार्नलाई !

        २९% बाहुन क्षेत्रीको कति प्रतिशत गरिब र अवासरबिहीना छन् र ७१% अन्यको कत्ति प्रतिशत गरिब र अवासरबिहीना छन् ?? यो तथ्यांकलाई विचार नै नगरी गरेको हचुवा बिश्लेशान्ले गलत भ्रम फैलाएर देशमा अशान्ति फैलौन्छा, यो कुराको हेक्का राखे राम्रो !!

        • नेपालमा ७५ मध्ये सबै भन्दा पछि परेका र पिडितहरु बस्ने ९ जिल्ला कर्णाली र सुदुर पश्चिमका पाहाडी जिल्लाहरु हुन् र ति जिल्लाहरुमा पहाडी खसहरुको बाक्लो बसो बास छ … ४० वर्ष पनि सरदार आयु नभएका राज्यबाट अपहेलित र पिडित त्यहाका खस र ६५ वर्ष जति सरदार आयु भएका राजधानी , तराई र अन्य पुर्बी र पश्चिमा पहाडी जिल्लामा बस्ने विधिन्न जन-जाति , तराई बाशी , बाहुन/ क्षेत्री सबै लाई यूतई कोटीमा नराखौ …
          सबै जात जति भित्र सोषित र सोसक छन् तेसैले यो समस्या बर्गीय हो .. समय क्रम संगै यो निकै कम हुदै गइ सकेको छ … सामाजिक परिवर्तन भनने कुरा एक दिन वा एक रातमा कदापी हुदैन … सिच्या र बिकाश संगै यो अगी बढ्दै जान्छ … २०४६ साल अगी र तेश पछीको इस्थितीले पनि यो परिवर्तन जनाउछ ..
          निस्चय पनि सबैलाई आफ्नो पहिचान प्यारो हुन्छ र एसको ग्यारेन्टी नया बन्ने संविधानले गरनै पर्छ तर येसरी कुनै जति बिसेश्को उछितो काटेर मात्र समस्या समाधन हुन्छ जस्तो मलाई लाग्दैन …

  23. यो लेख सत्य-तथ्य भन्दा बिल्कुलै टाढा छ | कंचनपुर र कैलालीको पहाडी जिल्लाहरु संगको सम्बन्ध नहेरी पहाडियाहरु लाइ निम्न स्तरमा ओर्लेर गाली गर्ने बाहेक केहि छैन यसमा | यसरी हचुवाको भरमा लेख लेखेर आफुलाई के-के न भूगोल र इतिहाश बिज्ञ ठान्छन | mysansar ले पनि वास्तविकता न बुझी जे पायो तेही लेख publish नगर्नु राम्रो होला |

  24. केवल कैलाली र कंचनपुर मात्र अखण्ड नभई सम्पूर्ण नेपाल अखण्ड हुनुपर्छ । जातको आधारमा देशलाई विभाजित गर्ने नै पटमुर्ख र पाखन्डिहरु हुन र ति पटमुर्ख र पाखन्डिहरुको पछी लाग्ने जनता जनार्दनको त कुरै नगरम ।

    सिङो देश हुनुपर्‍यो, सिङो आवज हुनुपर्‍यो, र सिङो बिचार हुनुपर्‍यो, तब मात्रा देश को बिकास हुन्छ । जातको आधार मा देश टुक्रिनु हुँदैन भन्नेमा म पनि सहमत छु ।

  25. यो लेख पढ्दा यो लेख लेख्ने मान्छे अतिनै चतुर र कुटिल देखिन्छ.

    राष्ट्रमा भयका कुनै पनि समुदायको संस्कृति, संग्रालय भनेका राष्ट्रको अमुल्य उपहार हुन् यसको सबैले संरक्षण गर्नु पर्छ तोड्ने कुरो त कतै बाट पनि कल्पना गर्न सकिन्न.
    बिगतमा केहि गल्ति भयकै छन् र तेस्को बेलामा सुधार्न अनेक प्रयास पनि भैरहेकै छन् . अहिले राज्यको साशन पद्दतिमा पिछडियका जातजातिको लागि भनेर राज्यले ६०% त कोटा राखियको छ. बाहुन क्षेत्रीले त केवल ४०% त्यो पनि सबै संग प्रतिश्प्रधा गरेर मात्र पाइन्छ.

    यो बिष बमन गर्नुको सट्टा अन्य देशमा पनि भयका जातजातिका लडाई घटना र तेस्बत भोग्न परेको दुर्गतिको अध्ययन गर्नु होला. जातीय उदण्ड भड्काउ लेख लेख्नुको सट्टा सद्भाव पूर्ण बिबेचानात्मक थरुहरुकै बरेम किन लेखे पनि अहिले पछी परेका थारुहरु केहि भय पनि सिक्षित र सक्षम हुने थिय.

  26. यो हामी सबैले स्वीकार गर्ने पर्छ की विगतमा जातीय आधारमा भेदभाव गरिएको वा भएको नै थियो र त्यो समस्याको अबशेस अझै सम्म पनि सानो रुपमा भयपनि कायम नै छ.
    एदी जातीय सद्भाव नखल्बल्याउने र सबैलाई बराबर अधिकार (ब्यबहारिक रुपमा) दिने हो भने हो भने पहिले बाहुन छेत्रीले गरेको गल्ति किन गर्ने?? सबैले स्वीकार्न सक्ने भूगोलको आधारमा प्रदेशको नामकरण किन नगर्ने?? अर्को प्रदेश संग भिख माग्नु नपर्ने गरि आर्थिक रुपमा समृद्ध र सबल प्रदेश बनाउन सरकारी खर्च कम हुने किसिमको थोरै र प्रभावकारी राज्य किन नबनाउने?? के अधिकार पाउँदैमा सक्षम आफैं हुने हो र?? क्षमता आफैं बढने हो र??
    तेसैले पहिले भएका वा गरिएका अन्याय, अत्याचारको बदला लिने तिर नगई आफैंले आफ्नो लागि संबिधान निर्माण गर्न पाएको यो अमुल्य समयमा बदलाको भावना त्यागी सबै जात-जातिबीच सद्भाव कायम हुने किसिमको, सबैको अधिकारको सुरक्षा हुने किसिमको संबिधान निर्माण गरौँ. किनभने प्रत्यक मानिसमा एक बिसिस्ट अन्तर्निहित क्षमता हुन्छ. प्रत्यक मानिस बिसिस्ट हुन्छ. सबैले आफ्नो क्षमता प्रस्फुटन गर्न पाउनु पर्छ. सबैले आफ्नो काम बाट उचित प्रतिफल पाउनु पर्छ. जातको आधारमा भेदभाव गरिनु आजको युगमा सम्भव नै छैन र एस्तो कार्यको जति निन्दा गरेपनि अत्याचार गरेको ठहरिदैन.
    काम आफैंमा सानो ठुलो हुदैन तेसैले सबैको कामको सम्मान गर्ने बानी बसालौं. जातको आधारमा कोहि पनि बिसिस्ट हुदैन. सबै जात-धर्ममा राम्रा-नराम्रा, बहादुर-कायर- ब्यबसायी-मजदुर-कर्मचारी-किसान-सेवाभावी-नेता स्वोभावका मान्छे हुन्छन. सबैले आफ्नो दक्षता प्रस्फुटन गर्न पाउने बाताबरण हुनु पर्छ र सबैले आफ्नो दक्षता के मा छ भन्ने पनि थाहा पाउनु पर्छ.

  27. क्या गजब को कुरा कैलाली कंचनपुर कसरि थरुहट हुने थारु हरु त दांग उपत्यका बाट पश्चिम सर्दै गय अनि पहाडी हरु पनि पहाड बाट तराई झर्दै आय. कैलाली कंचनपुर भनेको जंगल फडानी गरेर ऐलानी बनाई नया बस्ति हो जुन EastIndia कम्पनी बाट फिर्ता भयको मुलुक हो. तेसकारण थरुहट संग यसको कुनै सम्बन्ध छैन जहाँ अधिकांस मानिस पहाड बाट झरेका छन् र यो सुदुर पश्चिम को अखण्ड भाग हो.

    • म त सामान्य नेपाली नागरीक हुँ, आज सम्म मैले जातीयताको आधारमा कुनै सुविधा,छुट लिएको पनि छैन र त्यस्तो कुनै ‘बिशेष’ पाउनेमा म पर्छु कि नै खोजेको पनि छैन ! मलाइ यो लेखका कतिपय बिषय ठिकै लागे तर पनि मेरो तर्क के हो भने यो कुनै एउटा परिवार बिचको वार्ता होइन करोडौं जसले नेपाली भाषा बुझ्न र पढ्न सक्छ ति अधिकांशले हेर्न सक्छन ! त्यसैले पहिलो कुरा त यसमा प्रयोग गरिएका बिषयले यो लेखक एक साम्प्रदायिकता हिमायती हुन भन्न सकिन्छ ! बिषय सहि संगै एउटा लेखकले संयमता र सभ्यता पुर्वक प्रस्तुति दिन सक्नु उसको पहिचान मात्र होइन कर्तब्य पनि हो ! यी लेखकमा त्यो कुनै क्षमता छैन, यी एक आक्रोशित,असभ्य बौद्दिक व्यक्ति हुन जस्तो लाग्छ !
      परिवर्तन जी तपाईंले कुन आधारमा सम्पूर्ण जाति जो पहाडबाट बसाइ सरेर तराइमा आएकाले शोषण मात्र गरेर जिविका चलाए भन्नु हुन्छ ? तपाईं लाइ गरी खान कसैले रोकेको छ भने त्यो व्यक्ति संगको लडाइं हो, त्यस्तो कुनै प्रकारको आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न आफुमा भएको केहि बोल्न-लेख्न सक्ने क्षमताको दुरुपयोग गरेर मौकाको फाइदा उठाउन नखोज्नोस ! नभए तपाईं जस्ता तर्क गर्न जान्ने यहाँ धेरै छन् ! अहिलेको सौताको रिसले पोइको काखमा मुत्ने माओवादी जस्तो नबन्नोस ! तपाइंले छानेको बिषय गहकिलो छ तर तपाईंका हरेक शब्दमा एउटा सम्प्रदाय प्रतिको अपमान बढी छ जसले तपाइंको मानसिकता र सपनाको स्पष्ट खाका यहि लेखमा नलेखिएका शब्दमा राखेको छ ! आफु बौद्दिक हुन तर्कमा गालि मिलाएर होइन तर्कमा समाधानका सम्भावनाहरु राख्ने कोशिश गरे नपुग्ला र ? हेर्नोस समय तपाइहरुकै छ तपाईं जस्तो तपाईं एक्लो हुनुहुन्न तर फरक यो छ अर्को व्यक्ति अर्को जातिको हुन सक्छ बाहुन,क्षेत्री,लिम्बु,मगर,थारु,मण्डल जे पनि र उ तपाइंलाई पनि मात दिन सक्ने हुन सक्छ त्यसैले गालीमा समाधान छैन ! तपाईंका हरेक लेखका बिषय सहि हुन्छन तर लेख्ने शैली निक्कै भद्दा अनि फोहोरी !
      मलाइ अचम्म लाग्छ र तपाईं जस्तै बौद्दिक व्यक्तिलाई सोध्न मन लागेको छ ……एक तर्फ हामि जात-पातको भेदभावको अन्त्य गरेको वा गर्नु पर्ने बहस गरेका छौं, कैयन ठाउँहरुमा दलित भनिएका जात-जातिलाई मन्दिर प्रवेश वा यस्तै अन्य कार्यमा संलग्न गरेर अगाडी पनि बढिरहेका छौं, कमैया मुक्त पनि गरेका छौं, हामीले नै मानव सबै एकै हो यसको दुइ मात्र जात छ महिला अनि पुरुष भनेका छौं र ब्यबहारमा यी दुइमा पनि समानता ल्याउने कामहरु भैरहेका छन् भने अर्को तर्फ फेरी हामीले त्यहि आफ्नै मुखले भनेको नभएको जातको नाम र आधारमा राज्यको माग गरिरहेका छौं यो किन ? सत्य के हो ?
      अब मलाइ आज सोध्न मन लाग्यो यो देश नेपाल हो हामि नेपाली हौं यहाँ कसैलाई जथाभावी गालि गरेर तपाईं आफुलाई कुन दर्जाको बुद्दिजीवी बनाउन खोज्नु भएको ? बिरोध गर्ने अधिकार तपाईंलाइ छ तर गालि गर्ने आधार के ? तपाईंले यहाँ लेखको शुरु देखि अन्त्य सम्म एउटा सम्पूर्ण ( पहाडे समुदायलाई ) हरुलाई निरन्तर गालि र अपमान बर्साउनु भएको छ ,जहाँ पनि २-४ व्यक्ति खराब हुनसक्छन न कि सम्पूर्ण समुदाय अब मलाइ तपाइंले एउटा यस्तो समाज,गाउँ, टोल,बस्ति (जे भए पनि) को उदाहरण दिनोस जहाँका सम्पूर्ण पहाडे व्यक्ति खराब प्रमाणित गर्न सकियोस होइन भने मुखुण्डो लगाएर लुकेर जयन्त प्रसादको चाकडीमा नेपालीमा फुट ल्याउने काम नगर्नोस ! र आज सम्म तपाइंले देश वा कुनै बिशेष समुदायको मुक्तिको लागि गरेका ५ वटा काम यहि ब्लगमा लेख्नोस हेरौं तपाईं कति पानीमा हुनुहुन्छ ! अनि म-हामि पनि लेखौंला हामीले गरेका केहि झिना-मसिना काम जसमा कुनै जातीयताको टोपी हुने छैन !

  28. सारै हस उठ्दो लेख. मा संग केहि आनुभव छन् जुन मैले देखेका र भोगेका.
    म एक आर्थिक रुप म कम्जोर परिवार बाट आएको हो. सानै देखि म संग एक जना थारु साथी school म थियो. हामी दुवै को आर्थिक अवस्था एउटी थियो. एस एल सी सकिए पछि त्यो साथी इंडिया गयो कम गर्न. म कलेज गए पढ्न. मास्टर सकेको ५ वर्ष पछि मैले त्यो सबै ऋण तिरे. आहिले त्यो साथी इंडिया म नै कम गरि रहेको छ अनि म राम्रो कम म नेपाल म नै chhu. क म बाहुन भएर यो भएको हो. यी कुनै बाहुन नेता ले ये भै तिमि चै बाहुन रहेछौ भनेर सहयोग गरेको मलाई थाहा छैन.
    म राम्रो संग थारु भाषा बोल्छु. एकपल्ट काठमाडौँ मा एकजना थारु संग थारु भाषा मा बोलेको मात्र थिए..तेस्ले..त मेरो बेज्जेत गर्ने.. क मलाई अंग्रेजी औदैना..भन्यो.. मैले भने मैले तेरो भाषा बोल्दा तलै गर्व हुनु पर्ने लाज पो भयो भने पछि आफै लजाएर हिनो.
    एदी सबै समान हुन् भने किन बिसेस अधिकार चाहियो ? बिसेस अधिकार दिए पछि त समान हुदै भएन नि. आहिले एउटा थारु लै सरकारी job गर्न जति सजिलो छ त्यो भन्दा दस गुना गारो छ बाहुन लै. क्लास १० सम्म सबै लै फ्री सिक्षा छ कति थारु पढ्न जन्चन. पढ़नी बेला मा लट्थक भएर हिनो. अनि बाहुन को गल्ति. तिमि हरु नि पहाड गएर राज गर न नेपाल मा सबै ले एक ठाउँ बाट आर्को ठाउँ मा बसी सर्ने अधिकार छ. कि बाहुन ले चै सधै पहाड नै बस्नु पर्ने ? सक्छौ भने ति इंडिया बाट आएर नेपाल मा राज गर्ने लै चै खेदो न . जति नि आधिकार पाए नि तिमि हरुका २-४ जना नेता ले मात्र मोज गर्ने हुन्. जब सम्म तिमि हरु मेहेनत गर्दैनौ… तब सम्म कुनै थारु को केहि हुने वाला छैन. लेखक जी तपाई लै थाहा छ कति थारु ले आफ्ना बच्चा लै पढ्न पथौचन ?? ति कुरा मा कैले दिमाग लगाएको छ. आफु आल्ची.. लाठक. अनि दोस आरुलाई. अलिक भएन नि.

  29. भारतीय दलाल यो माओबादी पार्टी र मधेश बादी पार्टीहरुले नभयको, झुटोमुद्दा उचेलारा जनतालाइ मुर्ख बने राखेको छन् | जसले यो देश तुक्रुने कुरा गर्छ त्यो इन्डियन दलाल, raw को agent हरु हो | इंडियाले धेरै फैला देखी नेपालको अखण्डता, सर्वौमता, र पहीचनलाइ समाप्त गर्न खोजि राखेको ठेयो र यो गिरिजा प्रसाद कोइरालाले भन्ने गरको ग्रान्ड design पनि यीही हो | यसरि भास्मसूरले जस्तो आफ्नो टाउको आफै भस्म पर्न खोज्नु भन्दा नेपालीहरु एअकजूट भएर इंडियाको सपनालाइ चक्ना चूर पर्नु पर्छ |

    नेपाली जनताले बिकाश, सान्ति, सुबेवेस्ता, न्याया, सिच्छाया, आर्थिक बिकाश, ओउधोकिग बिकाश, भौतिक बिकाश, एक स्तिहिर सासन बेवेस्ताको चाहना राख्नु पर्छ , नकी उदण्ड भएर अतिवादी सोओच | हाम्रो देश गरिब देश हरु को नायके हुन लागि सक्यो खाली चोर, फटाहा, भरिताया दलाल नेता को पछि लागि मुर्ख बन्न छोड्नु पर्यो | नेता हौर ली झुटो आस्वासन देयर आफ्नो कमजोरी लुकौना खोजेको बुज्नु पर्यो| सबै देश मा अल्प्या संख्यक, जति, जनजाती, आदिबाशी, हरु हुन्छन र ती सबै मिलेर बसका हुन्छन | संयुक्त राज्य अमेरिकाको आदिबाशी रेड-इन्डियन, अस्ट्रेलियाको अबोरिगिनल काला हरु , खोइ तीनी हरुली देश चालको, खोइ तीनी हौरलै अधिकार ?? मेरो प्रस्न छ लेखक लै | आज कति वर्ष पछि संयुक्त राज्य अमेरिकामा हफ्शी प्रेसिडेन्ट भए ?? तेशैले यो अधिकार , समानता, सुसशन भन्ने कुरा आज मागेर, आज पौने कुरा होइन | एसको लागि समाज परिवर्तन हुनु पर्छ, समाजको मानसिकता परिवर्तन हुनु पर्छ , खाली चोर फातहा नेता को मिठो, क्रान्तिकारी भासनको पछि लाग्ने होइनकि आफ्नो बिबेक पनि चलाऊ र आदिवशी, जनजाती, दलितको नाम मा कसले फाइदा लुट्न खोजेको छ त्यो बुझौ |

    जय नेपाल, जय गोरककाली !

  30. कती सजिलो समाधान छ .. आज देखि सबै जनाले आफ्नु थर नेपाली बनाउ… न कुनै जाति न कुनै समुदाय… हामी नेपाली हाम्रो नेपाल ….अहिले को समस्या को समाधान जातीय राज्य दिएर हैन समाज मा रहेको जातीय विभेद हटाउनु मुख्य हो….सहअस्तित्व र भाइचारा बनाइ राख्नु बुद्धिमानी हुन्छ जस्तो मलाई लाग्छ … संघियता जरुरि छ तर प्रदेश बनाउदा एकल जातीय भन्दा बहुजातीय प्रदेश उपयुक्त हुन्छ सायद … यो त मेरो व्यक्तिगत धाराणा हो है ..फेरी यहि कमेन्ट लाइ आधार बनाएर कुनै जाति बिशेषलाइ गालि नगरिदिनु हुन अनुरोध पनि छ .

  31. Shahanka lama lives in New York. What he would do when descriminated at work or racially profiled?

    Would he ask for Lamaban? Would he demand a new state so that he could not be discriminated?

    Those who were brought in the United States from Africa fought for their rights and won that, but not by demanding Africaban.

    They demanded rules to provide them equal rights.

  32. परिबर्तन जी तपाईं को लेख मा बाहुन छेत्री लाई मात्र गाली गरेर लेखेको जस्तो लग्यो. जातियता को कुरा उठाएर देश मा आगो लगाउदा सायद तपाईं को मनसाय पुरा हुन्छा होला .हो दमन भाको छ थारु हरु माथि .पूर्व का सतार माथि दमन भको छ.उनि हरु को लागि आवाज उठाउदा म टाढा भए नि सिर निहुराउछु.तर क गर्ने त तपाईं को विचार अनुशार त थारु जति लाई दांग मा भेला पारेर राख्नु , नेवार लाई काठमाडौँ मा लिम्बु लाई ताप्लेजुंग मा ,रे लाई भोजपुर मा अनि शेर्पा लाई सोलुखुम्बु मा ? तपाईं जस्ता अरु ७0/८0 जना आधा दिमाग खुस्केका लेखक हुनु भने देश मा एउटा जात ले अर्को को टाउको काट्नु ठुलो कुरो हैन. म पूर्व को मान्छे हु. बाहुन को छोरो हु तर लिम्बु हरु ले लिम्बुवान को पहिचान पाउनु पर्छ तर नामकरण नै लिम्बुवान भनेर हैन लिम्बु को पहिचान देखिने तर अरु जाति लाई नि प्रभाब नपर्ने राज्य को लागि उभिन्छु. मलाई बाहुन राज्य चाहिदैन तर होसियार संघियता को नाम मा त्यहाँ बस्ने अरु जाति लाई असर पर्ने गरि अर्ध पागल लेख नलेख .जातीय साम्प्रदायिकता चाहिदैन हामी लाई.

  33. २१ शौ शताब्दीका जागरुक र चेतनशील नेपाली नागरिकले जात र जतियेताका कुरा गर्छन / कति हास्ने अब ? एक तिर जातभात भनेको केहि होइन, हटाउनु पर्छ भन्ने, अर्को तिर जातको आधारमा राज्य चाहिने ? भने पछि, यो जातभात भन्ने कुरा कहिले हट्ने नेपालमा ? यो त सधै रहिरहने भो /

  34. साच्चै पढेलेखेका बाहुन क्षेत्री साथीहरुले एकपटक अर्को जाती वा भाषीको ठाउमा बसेर सोच्नु नि तिम्रा बा-आमाले स्पष्ट बोल्न नसक्ने भाषा र फरक रहनसहनमा सरकारी प्रतिष्पर्धा हुन्छ, भनिन्छ यो हामी सबैको देश हो तर हाम्रो भाषाको, मौलिकताको, चालचलनको, चाडपर्वको सम्मान खै ? सबैको अस्तिस्त्व स्वीकार्न नसक्ने अनि विखण्डनकारीको आरोप लगाउने !

  35. साच्चै पढेलेखेका बाहुन क्षेत्री साथीहरुले एकपटक अर्को जाती वा भाषीको ठाउमा बसेर सोच्नु नि तिम्रा बा-आमाले स्पष्ट बोल्न नसक्ने भाषा र फरक रहनसहनमा सरकारी प्रतिष्पर्धा हुन्छ, भनिन्छ यो हामी सबैको देश हो तर हाम्रो भाषाको, मौलिकताको, चालचलनको, चाडपर्वको सम्मान खै ? सबैको अस्तिस्त्व स्वीकार्न नसक्ने अनि विखण्डनकारीको आरोप लगाउने !

  36. अति राम्रो लेख के थारुहरुले आफ्नो अधिकारको लागि आवाज उठाउन नपाउने ?? कसै को बाउको बिर्ता होइन नेपाल..दबेको आवाज उठ्दा चुट्की पडकाएर खान पल्केका हरु को सातो जानी नै भो नि ..अलिकत इमान र धर्म छातीमा राख्नु पर्छ,नत्र किन तर्सनु ??? पड्नुस राम्रो संग परिबर्तनलाई अनि डी.सापकोटाको कमेन्ट लाई…अनि दाज्नुस आफुलाई बौद्दिक लेखक ठान्नी लुना जी लाई ….उहाको कमेन्ट सर्पले बिस उगाले जस्तै छ…लुना जी यहाको टिप्पणी लाई हार्दिक स्रदान्जली..घोकेको भरमा पाएको ज्ञान र घाम ले पाकेर पहेलो भाको मेवा को कुनै अर्थ रहन्न.

  37. सहि बिषयको उठान भएको महसुस भयो मलाई / ढिलो चाडो मात्र हो / इतिहासलाई फर्केर हेर्दा जहिले पनि आन्दोलन,बिद्रोहहरु / थिचिएका,पिल्सिएका,आफ्नो सर्बोस्स्वोया गुमाएकाहरुले नै अथवा उनीहरुलाई प्रयोग गरेर भएको देखिन्छ / दस बर्से जनयुद्ध पनि त रुकुम रोल्पाका पिल्सिएका बर्गको हित को लागि भनेर गरिएको थियो तर आज के भयो सबैलाई थाहा छ / संसारमा जहाँ पनि शासक हरु बिरुद्ध शासित वर्ग उठिरहेको यो अवस्था मा नेपालमा पनि हुनु स्वोभाबिक हो/ कुरा एती मात्र हो कि अहिले अवस्था तरल छ / तर २,४ वर्ष पछी हुनु भन्दा अहिलेनै भएको बेस/ शासकहरु जहिले पनि शसकनै हुन् चाहनु एसको फल हो / तपाइँहामी यहाँ बहस गरेर केहि हुने वाला पनि छैन किनकि बोल्नु र गर्नु को भिन्नता धेरै हुन्छ / हामीमा अरुको दुख महसुस गर्ने बानि छैन / आफुमा पर्दा दुख अरुको केहि पनि होइन भन्ने धारणाले यो अबस्थाको सिर्जना भएको अन्न्यथा लिनु पर्दैन /

  38. यो मान्छे लाई खै के भनेर सम्बोधन गर्ने? मलाई त कमेन्ट मा पनि थोत्रा सब्द राखु कि जस्तो लाग्यो/ लेखक मा हुनु पर्ने सामान्य सस्कार नै कहिले पलाएन यो मान्छे मा/ जातीय सदभाव सबै मिलेर कायम राख्ने कि छेत्री ,बाहुन गाली गरेर बस्ने? बाहुन ,छेत्री ले आफ्नो बिबेक सिप अनि परिश्रम ले बाचेको छन् /थारु हरु को सम्पति खाएर होइन /पहाड मा खान न पुगेर होइन मित्र तिमि हरु जस्ता को आखा खोल्दिने नै तिनै पहाडे हुन् /तिमि हरु बिबाह हुनु भन्दा ३ महिना अगी देखि काम नै नगरी भोज खाएर ,रक्सि ,जाड पिएर भएको जग्गा बाहुन ,छेत्री को मा बन्दकी राखेरै भए पनि देखा सिकी मा मोज गरेर जग्गा ,जमिन सकेर सुकुम्बासी बनेर कम्लरी बस्ने तिमि लठुवा हरु ,अनि बाहुन ,छेत्री ले सिद्याये भनेर बिलाप गर्ने?दिमाग चाहिन्छ पासा ,दिमाग / इर्ष्य को रोग पालेर फोहोरी शब्द को झटारो हान्दै मा थारु हरु को समस्या समाधान कहिले हुन्न मित्र/दिमाग लागु पासा ,दिमाग….

    • अजासु सुरेन्द्र सुबेदी, तिमि मेरो अगाडी अहिले भएको भए तिम्रो त्यो बठ्याई र कुरुर सिंहको सोच लाई म ठिक पार्थे/ जसलाई तिमिले दिमाग भन्छौ/ तिमीहरु जस्तो बाठो बाहुनहरुले गर्दा आज देशको स्थिति यस्तो भा छ / अझै इतिहासलाई स्वीकार्न तैयार छैनौ/ तिमिहरु जस्ता बाहुनले गर्दा इमान्दार बाहुनहरुको नाम पनि बदनाम भा छ/ तिमि जस्तो लाई मैले दिएको नाम हो अति जान्ने सुन्ने ……. तिमिहरु लाई थारु संग्रहालयले के खान मागेको थियो ………कुरो गर्छ/ दिमागको …..

  39. Why leaders want to change the current jilla and Anchal ? For what ? there should be some practical reasons to change or changes need to be done that does not hamper Nepalese unity. First of all there should be option for Khas base language (which we call nepali language), so every people wil have equal opurtunity. Make English as Official language so the starting line for every Nepalease will be same inspite of bahun, madeshi etc.Present context Khas has advantage over language in every region whether it is LOK SEWA or anything. And for regions get the statics of people in every present Anchal and give some rights (quotas) to Janjati based on the population ratio and their native history.I Think this will 100 % solve the most of the issues, if KHAS and Janjati people tend to be practical.

  40. The agenda of caste based province was raised by maoist during their revolution to raise their support Now that has become a virus which is .affecting the whole country. One thing i do not understand that why people have negative attitudes towards bahun and chetteri .Present law has not given any privilege to them are Nepali have same right and resposibilities .Everybody says phade came from mountain and took over terai.Pahade were already doing well in pahad they were rich and prosperous .The present bahun cheteri leaders most of them started their primary education in pahad.It the the rule of nature that everybody has to change with time.Bahun cheteri adopted with the time they became educated .bahun cheterai came to terai for better opputunities.Tharu (and all small caste) the never changed with time , the opportunities for education available to everyone in nepal is same it doesn’t say this caste can go to school or this caste cannot go to school.They simply did not change with time.We still have time instead of using innocent tharu people or madeshi people or any other caste who are asking for separate state their leaders should think about how to provide them better education.Even if they get their own state it will be the leader only who will be benefited not the common people.It is not the se prated state that will increase their life style it is the education and change in mind setting that will uplift their life style.

    • Sameer I do not agree with your phrase 1)every nepali have same and right responsibilites 2) Bahun and Chetri adopted with the time they became educated. The country KHAS RAJA has made KHAS language as Nepali language , how can that be equal ? can you start your school in Tharu Language and compete with them?? If they tend to change it, also they cannot
      where they have disabilities in Language.No fair option (like English language) has been provided to tharu or any Janjati. KHAS Language is must, IS THAT THE FAIR PLAY ????

  41. सरकारी सेवामा हामी प्रस्तिस्प्रधा गर्न सकियाना भनि जनजाती लाई कोटा राखियो / ८० प्रतिसत हिन्दु भयको यक मात्र देश लाई सबै जात र धर्म को फुलबारी भनि धर्म निरपेक्छ हुदा कसैले बिरोध गरेनौ / अहिले आफ्नो छेत्र मा २० प्रतिसत हुदैमा आफ्नो नामबाट राज्य हुनुपर्छा भन्ने कति पेलाहा सोचाई हो यी जनजातिहरुको /

  42. It is true that some casts were dominant… and they became educated, rich and solidly present themselves in the politics…. It is also fact, In Daang, they were treated as slaves and prostitutes….. but now everything is normal, I meant at least their life is normal……
    SAY NO TO SLAVES! NO DISCRIMINATIONS, IN THE NAME OF CASTS…..

  43. मुख्य कुरा जातीय राज्य र संघियेता को भन्दा पनि समान हक अधिकार पाउने नपाउनेको हो!!

    अब यहाँ साथि हरुले अधिकार कसले रोकेको छ र भन्नु होला , प्रस्न के भने केहि बिशेस जात जातिहरु मात्रै नेपालको सबै क्षेत्रमा हाली मुहाली गर्ने बाकी सबै साशित र उपेक्षित बन्नु पर्ने र बनाइयो कसरि र किन ? राज्य को लामो समय देखिको बिभेधकारी नीति को फलस्वरूप आज २१ औ सताब्दिमा नसुहौदो जातिय राज्य माग्नु पर्ने अवस्था आएको छ. बस्ताबमा म जातिय संघियेताको पक्षमा छैन, तर अहिले चलिरहेको सबै सोषित पिडित हरुको मागलाइ अब राज्यले सम्बोधन गर्ने पर्छ. र यो एकाएक आएको देश टुक्राउने आन्दोलन को रुपमा बुझ्यो भने झन् गलत हुनेछ. तापैहरुलाई नेपाली हुनुमा जति गर्व छ उति नै हामीलाई पनि. तर नेपाली नेपाली को बिचमा भएको जातिय राजनैतिक सामाजिक आर्थिक संस्कृतिक खाडल हरु पुर्नु पर्ने अहिलेको समयेको माग हो. एस्लाई उपेक्षा गरिए के अब जनजाती थारु मधेसी हरु चुप लागेर बस्लन त? भोलि पनि फेरी समस्या आउनेछ. तेसैले अहिले को ऐतिहासिक घडीमा सबैको अधिकार सुनिस्चित हुनु पर्छ भन्नेमा हामी सबैको जोड हुनु पर्छ.
    कुरा रह्यो जातिय राज्यको,
    शोषित पिडित जनताको पक्षमा र सबै जनतालाई समान हैसियतमा ल्याउने कुरा संबिधानमा ग्यारेन्टी गरिए देखि सबै अहिले देखिएका समस्या समाधान हुने कुरामा म आशाबादी छु. किनकि अहिलेको समय भनेको अवाज उठाउनै पर्ने ऐतिहासिक घडी हो, जसलाई सोषित पिडित जनताहरु गुमाउन चाहदैनन्.
    अन्त्यमा सबै नेपाली साथि भाई लै जातिय सद्भाव कायम राखी आफ्नो अधिकारको लागि जुट्न म आव्हान गर्दछु.

  44. १.मानिस जो जहा बसोबास गरे पनि बस्ने ठाउ हुनु पर्यो \ चाहे उ आफ्नै घर मा रहोस या भाडामा मानब हो भन्ने बाताबरण मा रहने स्थिति रहोस \
    २.जन्मने बालक काम गर्न सक्ने उमेर १६ देखि १८ नपुगे सम्म स्कुल जानु नै पर्ने ,स्कुल नजाने ,नपठाउने बालक र अभिभाबक लाइ कानुन ले राज्य ले कार्यबाही गर्ने \१६ देखि १८ वा कलेज जानु पुर्ब ( एस एल सी सम्म ) राज्य ले निशुल्क पढाउनु पर्ने \
    ३. काम गर्न उमेर पुगेका नागरिक लाइ रोजगारी (देश ,विदेश ) को ब्यबस्था गर्ने ,बेरोजगारी भय निश्चित समय सम्म बेरोजगारी भत्ता दिने \
    ४.आम्दानि गर्ने ले आफ्नो आम्दानि बाट राज्य ले तोकेको प्रतिशत मा कर दिनु पर्ने .कर छल्ने माथि राज्य ले कार्यबाही गर्ने \
    ५. आम्दानि र सम्पति हेरेर शिक्षा ,उपचार ,बसोबास मा राज्य ले बिना भेदभाब अनिबार्य सहयोग गर्ने \
    ६.निश्चित उमेर पुगे पछी पेन्सन ,स्वास्थ्य उपचार र बसोबास (यदी आफ्नो परिबार मा रहन सक्ने अबस्था नभएमा ) जेष्ठ नागरिक को सुबिधा दिइ सुविधाजनक ठाउमा राख्ने \
    ७.हरेक नागरिक को गोप्य सुरक्षित नम्बर राख्ने ,हरेक घर या भाडा घर वा कोठाको ठेगाना र नम्बर राख्ने \
    ८.शैशिक सस्था ,अस्पताल .काम गर्ने ठाउ या विभिन्न कागजात बनाउने ठाउमा ,गोप्य सुरक्षित नम्बर र ठेगाना अनिबार्य उल्लेख हुनु पर्ने ,निश्चित उमेर पुगे पछी परिचय पत्र या सवारी चालक पत्र अनिबार्य बनाइनु पर्ने ,परिचय पत्र हरेक सरकारी वा अन्य ठाउमा देखाउनै पर्ने \
    ९.जात ,क्षेत्र ,धर्म ,रंग,गरिब या कुनै पनि किसिम को भेद भाब नरहने , गर्ने माथि कडा भन्दा कडा सजाय हुनु पर्ने \ जातभात ,छुवाछुत गर्ने र कुरा गर्ने लाइ कडा कार्यबाही गर्नु पर्ने \
    १०.एक नेपाल देश भित्र भिन्न नाम का राज्य (छुट्टै ,स्वतन्त्र देश )ले कुनै पनि बेला ,अबस्था मा छुट्टै देश हुने कुरा ,काम ,राजनीति गर्न नपाउने गर्ने माथि राज्य ले सजाय गर्ने त्यस्ता व्यक्ति माथि सम्बन्धित जाति ,संगठन ,राजनैतिक पार्टी ले सहयोग नगर्ने \ यसमा प्रतिबन्ध लगाउने \
    ११. शोषण ,दमन का विभिन्न रुप र तरिका बाट सबै नागरिक मुक्त हुने ब्यबस्था गर्नु पर्ने \
    यस्तो ब्यबस्था र अबस्था अब आउने संघिय संबिधानमा अनिबार्य लेखिय मा ,यसलाई कार्यनवयन मा ल्याइएमा धेरै कुरा को समधान होला \ यसो गरियमा
    सबै जात ,क्षेत्र ,धर्म का मानिस लाइ चित्त बुझ्ला \ नत हामि भिन्नै देश का थियौ र हुन्छौ भनिएला न सत्तामा पुग्ने फोहरी राजनैतिक खेल खेलिएला \ न त कुनै ठाउका जातिले हाम्रो ठाउमा आएर हामीलाई नोक्कर बनाए ,हाम्रा सम्पति ,भुमि हडपे भन्ने अमानविय कुरा उठला ,उठाइएला \
    १२. मेरो मन मा पनि एउटा चिन्ता छाएको छ \ हाम्रो देशमा ,ठाउमा आएर यी बिदेशी ले काम पाउने , हामीले चाहि नपाउने ? भनि यहा का मानिस ले भन्लान भन्ने चिन्ता छ \ दुख साथ् भन्नु पर्छ यहा काम पाइन्छ तर गर्न नचाहने ,पढ्न पाइन्छ तर १७/१८ को भय पछी पढाइ छोडेर काम गर्न थाल्ने त्यो पनि ठिक ढंगले नगर्ने ,अनाबस्यक खर्च गर्ने बानि ले बिगारेको कुरा नबुझ्ने ,नसुधारिने …..\
    यो लड्ने ,लडाईने समय होइन मानिस भै बाच्ने आधार र अधिकार सबै नेपालीमा समान तबर ले ब्यबस्था गर्ने समय हो \ रिस ,आवेग ,चाहना यसैमा लगाउ \

  45. माटो-मुलुक , मुटु-मन, ममतामयी- माता म मरे पनि रहिरहोस! संबिधान आए आवोस वा नआवोस सभ्यता संस्कृति, र संस्कार सदैब फलोस र फूलोस, संसारमा युगौं देखि सर्बमान्य सिद्धांत सिर्फ दुई जात महिला र पुरुष हुन्छन् अरु जात कही हुदैन भन्ने तथ्यलाई कहिले र कदापि नभुलौं!!यूरोप, अफ्रीका पूर्बी एशियामा जातीय बिभाजन र मुलुक बिभाजनले भएकोनरसंहारको मनन गरौ !!! पूरा अमेरिका हैन न्यू योर्क मात्र एक घंटा बंद भाको बेलामा लाखों लाख डोल्लर नोकसान भाको थियो हाम्रो देशमा प्रत्येक दिन बंद, तोड़फोड़, चक्काजाम आम्हाडतालले कति बर्बाद भो होला!!! पुर्खाको इतिहास र सन्तानको भबिश्य र बर्तमान तिम्रो हातमा छ, माटोको डल्लो तिम्रो हातमा छ, सक्कर तिम्रो कोर्टमा छ, हाड़ी बनाऊ व़ा खाड़ी बनाऊ गोल गर व़ा फल गर !!! तिमीले बर्तमानमा गरेको कर्मले तिम्रो नाम अमर रहन्छ व़ा जहर बन्छ तिमीले मनन गर!!! मलाई थाहा छ हाम्रा अपेक्छ्या धेरै छन, जनताका चाहना धेरै छन, तिमी सबै पूरा गर्न सक्दैनौ कमसेकम सुरुवात त गर,संभव नहुने धेरै होलान प्रयास त गर, बिबाद बहस र छलफलबाट बार्तामा सकारात्मक बिसयाबस्तुमा प्रवेश गर नकारात्मकबाट हैन.
    संबिधान सबैथोक हैन यो त आधारभूत सिद्धांत मात्र हो संबिधानलाइ सबै बिरामको औषधि नसंझ, सम्बिधानमा सबैथोक लेखेर साद्धे हुदैन लेखेमा त्यों संबिधान हैन पुराण बन्छ मूलभूत कुरामात्र लेख अनि अरु बिषय लाई कानून बनाऊ, नियम बनाऊ, नियमावली बनाऊ, संसारमा कही पनि हजारौ पेजका संबिधान छैनन, थोरै पेजमा थोरै मूल मर्म मात्र लेखिन्छ अरु पछि बनिने कानून ले तेस्लाई परिपूर्ण पारिन्छ तेसैले DO NOT WORK HARD BE A SMART!!!

    THANKS

    RAM SUBEDI
    NJ USA

  46. लेख ले वास्तविकतालाई देखाएको छ, यो सामन्ती सोच ले धर्ति सतहको हिस्सा मेरो पूंजी हो भन्ने रहुन्जेल जाली झेली र सत्तामा पहुच भएकाले सिधा साधा श्रमजीवी जनतालाई उनीहरुको जमिन र घरबार बिहिन बनाएर हाली कमारा कमारी बनाएको साचो हो, यो सुदुर पश्चिम मात्र होइन मेची देखि महाकाली सम्म येस्तैछ,/ एस्ता जाली फटाहा ठग हरुमद्धे ९०%विभिन्न थर समुहका छेत्री र बाहुन हरुनै छन्,अरु संघियता बिरोधि आन्दोलन मा समाबेश भएकाहरु हुन्,/ तराइ वाशी श्रमजीवी जनता मात्र होइन त्यहाँका कैयन जाली फटाहा र जमिन्दारलाई समेत ईनिहरुले चुना लगाए / एसको कारण जात, समुदाय र जन्मथालोले होईन, / यो सबै सत्ता को चरित्र त्यस भित्रको पहुँच र कथित न्यायप्रणाली ले कुन बर्गको स्वार्थ रक्षा गर्छा भन्ने यथार्थता हो,/ संघियता त अधिकार, समबेशिता, समानुपातिक बिकाशमा सबई समुदाय को सहभागीताको लागि हो ,न कि नेपाल लाई विभिन्न नाम गरेका देश बनाउन,/ अबको नया नेपालमा हरेक क्षेत्रमा समानता, सबैकोलागी न्यायाकानूंन भन्ने सिस्टम लागू होस्./

  47. आज मलाई मेरो देश दुखि रहेको छ / अहिले सम्म त हाम्रो देश नेपाल छ र हामी आफु आफुमा दाजुभाइको घर झगडामा अंशबन्डा गरे जस्तो गर्न खोजि रहेका छौ / तर यहि देश भोलि असंख्य टुक्रामा विभाजित भएर जग्गा दलालहरुले चिरा पारेर बेचेको जस्तै हुदैछा नेपाल/ अनि यस्ता कुरा हरुमा हामी सबै अतिबादिनै भैरहेका छौ / हामी आफ्नी अस्तित्व बाहेक आरुको अस्तित्व स्विकार्नै नसक्ने असहिसनु भएर गइ रहेका छौ / साथी हो धेरै पर जानै पर्दैन बोस्निया हर्ज्गोबिना उदाहरण हेरे पुग्छ अहिले त्यो देशको अस्तित्व नै छैन / अनि चेक रिपब्लिक को बारेमा पनि थाहा नै होला सबैजनालाई अहिले त्यो देश संसारको नक्सामा नै छैन / त्यसैले देश रहे पो थारु, मधिसे , छेत्री बाहुन मगर राई, लिम्बु गुरुङ हरु हुन्छन हैन भने केहि पनि रहदैन / हुनत देश रहे पनि नरहेपनि हामीलाई जातीय पहिचान चाहियो भन्ने होला साथीहरुलाई तर संसारको बिकसित मुलुक अमेरिकालाई नै हेर्नुस जम्मा एउटा भाषा छ अंग्रेजी अनि जम्मा दुइ वटा जात छन् आइमाई अनि लोग्नेमान्छे / हेर्नुस त विकास मा कति अगाडी छ त्यसैले पहिला हामी हरु ले आफुलाई सुधार गर्नु पर्छ तपाई हरुलाई थाहा छ मैले नाम चाही बिर्से तर एकजान महापुरुषले भनेका छन् संसार बदल्नु छ भने आफै बाट सुरु गर त्यसैले हामी कुनै पनि छेत्री बाहुन राई लिम्बु मगर गुरुंगको उन्नति मा रिस डाह हैन खुसि हुन् सिकौ अनि आदिबासी थारु राई लिम्बु हरुले पनि छेत्री बाहुन हरुले बिगतमा गरेका गल्ति हरुलाई माफी दिएर अब चाही यस्तो गल्ति गर्यौ भने तिमीले दण्ड सजायको भागी हुनु पर्छा भनेर आफु हरुमा सद्भाव फैलाउ/ भाइचारा कायाम गरौ मेची मा सिमाना मिचिदा महाकालीमा पनि दुखोस त्यो पिडा /अनि शिक्षा लै सर्बोपरी बनाउ / हामी हरुमा अहिले आएको बिचलन पनि पछौटेपन ले गर्दा हो /शिक्षा नै त्यो ज्योति हो जसले हाम्रो मनमा रहेको अध्यारा हरुलाई फालेर उज्यालो तिर लमकाउछ /सबैजना संग हातेमालो गर्न सिकाउछ/ त्यसैले देश लै जातीय राज्यमा बदल्नु भन्दा समग्र देश अखण्ड नेपाल शान्तिभूमि नेपाल बह्नेर चिनाउन नै प्रयत्न गरौ / संसारको मानचित्र नेपाल लाई बचाई राखौ / यदि यस्तो भयो भने मात्र सम्भब होला समुन्नत नेपाल !!!!!!

  48. सानोमा पढ़थ्यौनी….तराजुमा भएको एउटा कुरौनीलाई दुइवटा बिरालोले मिलेर नखाँदा…बाँदर ले सबै खाइदिन्छनि… हो तेस्तै भएको छ नेपाल अहिले/ इंडिया बाँदर ले नेपाल खाना साथीहो कुरो बुझौं/ जातीयतामा हामीलाई भिडाएर देश टुक्राउन खोज्दैछ…बेलैमा सचेत हुनु पर्यो..

    जातीयताका कतिपय कुरा सान्दर्विक भएतापनि देश नै नरहे कोहीपनि रहदैन चेतना भया…तेसैले रास्त्रियाताको हिसाबले जातीय संगीयता उपुक्त छैन/ तर समय/क्षेत्र अनुसार जातीय अधिकार हरु पनि खुकुलो पार्नु पर्छ त रास्त्रियता कम्जोर हुनु हुदैन…

    हिजो इंडियाले ल्याइदिएको २०४६ ले इंडियालाई नै फाइदा भो…
    हिजो इंडियाले ल्याइदिएको २०६३ ले इंडियालाई नै फाइदा भो…
    आज इंडियाको बलमा आउने जातीय संघियताले पनि इंडियालाई नै फाइदा हुन्छ…

    तेसैले आजको आबस्यकता बनेको सुधारिएको संबैधानिक राजतन्त्र नै हो….

  49. सबैको नाम को पछाडी नेपाली रखौना अनि के को जात के को भात के को राज्य के को छुवा छुट जस्तो राम पर्साद नेपाली , सुसिल बहादुर नेपाली हरिराम नेपाली सबै नेपाली हीईईईईईईईए
    …………..कति अन्नान्नादा

  50. यो त अति साम्प्रदायिक भयो परिबर्तन जी. गाठी कुरो के भने जातियता अब को युग मा गलत सिद्धान्त हो ..बस.. \
    प्रदेश बिभाजन मा जातियता एउटा कुरो हुन सक्छ तर भौगोलिक अवस्थिति, पहुच, स्रोत र साधन अझ बढी महत्व राख्दछन\
    दुख को कुरो के छ भने हाम्रा आफ्ना थारु समुदाय को संग्रहालय जलयिएछ \ तेस्ता भाँड हरु लाई चाहिं छोड्नु हुन्न \
    यदि जनता ले जातीय प्रदेश चाहेको हो भने त्यो पनि ठिकै छ तर त्यहाँ फेरी बाहुन छेत्री ले नै राज नगरुन ..संभभ छ? झा, मिर्श्रा, चौधरी, ठाकुर बाहुन, महतो, यादव, भूमिहार ले मधेश मा थारु, मुशाहर, चमार, डोम लाई केहि दिन्छन जस्तो लागेको छ तपाईं लाई ?
    नेपाल को जय होस्!!!!!

  51. साँचीकै समस्या सुरु भयो अब!

    माथि केहि साथीहरुले भनेजस्तै यो सम्र्पदायको आधारमा भिवाजन अत्यन्तै आसन्धर्भिक हो/ भौगोलिक बर्गिकरणमा के समस्या छ र/

    परिबर्तनजी जस्ता सोचको जन्म पनि कसरि हुन गयो भन्ने आस्चर्यता पैदा हुन्छ/ जंग बहादुरले फिर्ता गराएको नया जिल्ला हरु समस्या होइन समस्या हो सोच को/ बिजय जस्ता साथिहरु अनि त्येतई सोच भएका समान नेताहरुले नै यो सबै वर्तमान अवस्ताको सिर्जना गरेका हुन्/ नेपालमा युवाहरुलाई सहि रोजगारी नहुदा अनि फुर्सद धेरै हुदा को गलत फाइदा उठाएका हुन् नेताहरुले/ एसलेनै साम्प्रदायिक भेला हमला निम्ताएको हो/ येस्मा बाहुन, छेत्री, खस, नेवार, गुरुङ, राइ, लिम्बु, मधेसी, थारु या अरु कुनै जाति को कुनै प्रताछ्या सम्नाग्लाता छैन/
    अर्को पाटो छ हाम्रो छिमेकि देशहरु को दुरब्यवार अनि कुउद्येश्य/ यो सब स्तिथि निम्त्युनामा छिमेकि मुलुक खस गरि भारत को पनि धेरै उधेस्य हरु लुकेका छन्/ यो तितो एथार्थ हो/ एस्लाई हाम्रो देशका नेताहरुले दिर्घकालिन हानी मान्दैनन या कुनै पर्वाह गर्दैनन् थाहा छैन, तर यो एउटा कारण पक्का हो नै/ कुरा अहिले को मात्रै होइन/ बिगतका सम्प्रदैक हिम्साहरुको एइथास हेर्नुस, कुनै न कुनै तरिका को सम्न्लाग्नाता त छ नै/ भारत आफै जति अनि सम्रदायिक द्वन्द को ठुलो सिकार हो र खासगरि भारतीय नेताहरु एलाई एउटा सजिलो औजारको रुपमा हाम्रो देश मा परिचालन गर्न चाहन्छ/
    यो सबै थाहा हुँदाहुँदै पनि भारतीय हस्तछेपको आत्मसाथ गर्नु एउटा तितो बिडम्बना हो/

  52. कुरो थारुको होईन कुरो नेपालको हो । नेपाल रहे थारु रहन्छन नेपाल नरहे थारु कोही पनि रहदैन । पहिला देश बचाउ है साथिहरु अनि बल्ल अधिकारको कुरा गरौ किनभने अहिले भारत र पश्चिमका देशहरु चिनलाई थ्रेट दिनको लागि नेपाललाई प्रयोग गर्न खोजिरहेका छन् । यसका लागि पहिला नेपाललाई कमजोर बनाएर नेपाललाई हुकुममा राख्नु उनीहरुको रणनीति हो । जमाना देखिको जातिय कुरा नहुने अहिले यो स्थितिमा आउनु पक्कै पनि विदेशी चलखेल छ । विचरा हाम्रा सोझा थारु दाजुभाईहरुलाई प्रयोग गर्दैछन् ।लेखकले भने अनसार अधिकारको कुरा गर्ने हो भनॆ नेपालमा पहिला थारु मात्र होईन धेरै जातीहरु पिडीत थिए ….. म छेत्रिको छोरो मेरो घरमा दलितहरु लाई मेरो घरका सदस्यहरुले घरभित्र छिर्न दिदैनथ्यो । त्यो सबै शिक्षाको अभावले म भन्छु । कति अपमान भएको थियो होला कल्पना गर्नुस त !!!!! पछि जब म ठुलो भए मैले घरमा मेरो दलित मित्रहरुलाई प्रवेश गराउन थाले । मेरो परिवारमा पनि शिक्षित मान्छेको विस्तारै प्रभाव बढ्दै गए कुरा बुझदै गए । अहिले मेरो दलित साथिहरु म छेत्रिको घरमा आउ जाउ गर्छन् । यो सबै समयको परिवर्तन हो भन्छु । थारु समुदायहरुले पनि आफ्नो अधिकार पाउन कुर्नै पर्छ जब सम्म समाज शिक्षित हुदैन । अब विस्तारै देश भरी शिक्षित व्यक्तिहरु जन्मिदै छन् । त्यो अवस्था नआउला । एक दिन थारुको पनि दिन आउनेछ । मलाई लाग्छ एउटा शिक्षित थारु दाजुभाईहरुले अहिलेको अवस्थामा जातिय कुरा उठाएर देशलाई विदेशीको हातमा सुम्पिने भन्ने पक्षमा छैन होला । पहिल देश बनाउ अनि बल्ल जात भातको कुरा गरौ । मेरो विनम्र अनुरोध गर्दछु । नत्र पछि अधिकारको नाममा भारतको गुलामी गर्ने दिन नआउला भन्न सकिन्न । त्यसपछि पछुताउने छ । हामिले जातीय कुरा उठाएर गल्ती गरयौ भनेर । त्यो भन्दा पहिला हामी एक हौऔ । पहिलाको कुरा विसे्रर गुट होइन कि जुटको अवस्था सिर्जना गरौ । शिक्षित समाजको विकास गरौ । यति राम्रो लेख्ने सिप भएका व्यक्तिहरुले जातिय कुरा उठाएर नेपालीहरु बीच झगडा पैदा गरी कलमको गलत प्रयोग नर्गनुस भनेर अनुरोध पनि गर्दछु । जय नेपाली
    पहिला अमर कंडेल अहिले अमर नेपाली

    • कडेल जी कुरो सत्य हो अहिलले सम्म बिकसित देश ब्रिटिश अमेरिका ले क नै सहयोग गरेको छ नेपाल को युवा हरु लगेर बलिदान गराई आफ्नो सिमा बढौंन भारत ले सिमा मिचेर राजनीतिक पनि धमिलो बनाई कति सम्म हाद गरेको छ यो सब पहाडे हरु ले मात्र हैन् सिचित हरु ले मात्र होइन्न यो मधेश हरु ले पनि बुझ्नु पर्यो चीन ले क नै बैगुनी गरेको छ र नेपाल लाई? एक दिन हाम्रो देश त कम्जोर गर्यो गर्यो चीन लाई पनि सखाप पर्ने विचार मा लागि परेको छ …आखिर देश को जनता जनता लादौना कसले बल्ल गरिरहेको छ यधि आफ्नो भुमि को लागि बलिदान दिंदै हुनुहुन्छ भने गोलि ठोक्नुहोस ति सोसक हरु लाई ति राष्ट्र घटी हरु लाई …भ्रस्टचारी हरु लाई सम्भिधन लम्ब्याउनु खोज्ने हरु लाई यधि हामी देश को लागि महान वक्ति छौं भने प्रदेश बनाउनु छ भने अंचल को आधार मा बनाउनु पर्छ र सबै नेपाली भेद भब गर्ने लाई कडा दण्ड सम्भिधन मा तोक्नु पर्छ ..र नेता हरु ले बिकाश गर्नुसक्दैन्ना भने आफ्नो कार्यकाल मा समय सुतेर बिताउनु चाहने हरु लाई पनि अवकास र जरिवाना तिराउने सम्भिधन बनाउनु पर्छ…अनि मात्र जनता को मान मिल्छ र देश पनि बन्छ…..होइन्न भने ए हजुर नेपाली दाजु भाई हरु यो देश लाई सोमालिया बनाउनु नखोजौं …बिन्तिछ

  53. मैले बुझे अनुसार सुगौली सन्धि ले नेपाल सरकार लाइ सर्त लगाएर कि जनता लाइ चित्त बुझाएर न्याय पुर्बक राज्य मा समाहित गर्ने. अन्यथा तिनको अधिकार पनर विचार गरिने छ. यदि यो सत्य हो भने नया मुलुक को थारु थिचिएर एकैसु सताब्दी मा नेपाल मा बच्नु भन्दा स्वतन्त्र पुन सन्धि पुनर्विचार लै अन्तर राष्ट्रिय अदालत तिर जोड गर्नु पर्ला कि कसो?

  54. यो परिबर्तन भन्ने छाद्मनामीको साम्प्रदाईक बिचार बाहेक केहि हैन | औलामा गन्न सकिने २-४ बाहुन छेत्री को आरिस गर्ने आफु कुरा फलाकेर सोझा साझा जनता माथि भ्रम फैल्याउने चरित्रलाइ के संज्ञा दिनु र खै !
    गाउ*का दुर दराजमा गएर दिनहीन बाहुन-छेत्री अनुहार हेरोस र प्रतिसतमा कुरा गरोस (कुल जनसंख्याको ३०% ओगटेका बाहुन छेत्री ) परिबर्तन भन्ने पाण्डा ले!
    अल्पकालीन स्वार्थ पुर्तिकोलागी खासमा नेता र बिचौलियाले सल्काएको जातीयाताको डढेलो मा न फसिदिना सबै फूलका थुंगाका एकै माला नेपालीमा बिन्ति छ |
    हो गलत लाइ गलत भन्नु पर्छ …. संग्रहालय जलाउनु हुन्न थियो !! हुदै हुन्न थियो !!

  55. ” जिते हस्तिनापुरको राज नत्र चपरीको वास त्यसै भनिएको होइन। त्यसै पनि थारू समुदायको वर्तमान स्थिति चपरीको वास जस्तै छ। आखिर यसै पनि चपरीको वास हो भने किन नलड्ने? किन विद्रोह नगर्ने? कति थिचिएर र कति दमित भएर बाँच्ने? कति कमैया र कम्लरी भएर मालिकहरूको सेवा गर्ने? अब जित्नका लागि संसार छ गुमाउन केही छैन। गुमाउनु परे पहाडबाट झरेर बाटो किनारमा वा बजारमा बसेका सत्ताका भाटहरूले गुमाउनु पर्नेछ। हार्नुपरे सामन्ती मानसिकता र शासक वर्गले हार्नुपर्नेछ। थारू समुदाय त यसै पनि वर्षौंदेखि हार्दै आएको समुदाय हो त्यसैले हार्नुमा कुनै डर छैन……………”
    लेनिनले भनेको एउटा कुरा अझै पनि सान्दार्भिक छ : ” सर्वहाराले गुमाउने भनेकै आफ्नो हातको जन्जिर हो, अर्थोक उ संग के नै पो हुन्छ र गुम्नलाई”|
    अबको गणतान्त्रिक परिवेशमा जातीय सहिसुनुष्ता केवल मुख बजाएर मात्र हुँदैन, व्यवहार र संस्कारमा पनि झल्किनु पर्छ| समयानुसार सह-अस्तित्व, सदाचार र सदभावलाई परिष्कृत गर्दै लागेको भए, सामाजिक कुरीतिहरु हटाउँदै लगेको भए माओवादी पनि आउने थिएन, जातीय राज्यको त कुरै हुँदैनथ्यो| जातीय राज्य घुर्की हो, रिस हो र आक्रोश हो| बन्दुकको लाइसेन्स नदेला भनेर शुरुमै तोपको लाइसेन्स मागिएको
    अवस्था हो| आदिवासी जनजातीले जातीय राज्यको नाममा खोजेको चाहिं वर्गविहीन, जातिविहीन, भेदभावविहिन, कुसंस्कारविहिन, छुवाछुतविहींन समाज हो| जातीय नाम त खोंचे थापेको मात्र हो | यी पांचविहिन समाज निर्माणको लागि स्पष्ट कानुनी आधार तयार पार्ने हो भने जातिय नाममै टांसिनु पर्ने कारण छैन र टाँसिन्दैन पनि| हाम्रा हिमाल र नदीनालाका नामहरु राख्दा केहि फरक पर्दैन | आधुनिक नेपालमा दासको रुपमा बाँच्न बाध्य थारु जातीले नाम मात्र खोजेको होइन, जातीय सम्मान खोजेको हो| त्यहि जातीय नामलाई पहाडे बाबुसाहेबहरूले ” तेरीमा थारु ” भनेर गालीको रुपमा प्रयोग गर्छन| राणा र शाहहरू अझैपनि बाहुनलाई भान्से र अन्य जातिकालाई हुक्के र बैठके ठान्छन| यहि मानसिकतालाई निमिट्यान्न पार्न नै थरुहट र लिम्बुवानहरुको माग अगाडी सारिएको हो|

  56. राममणि आ.दि.ले (आचार्य दीक्षित- दीक्षित परिवारका बाजे)ले उतिबेलै लेखेको कविता-
    तिघ्रे र पर्वते स्वाठे जुन हाम्रा दाज्यु भाइ छन्
    ती तेही रही बाचुन, हुनु पर्दैन सभ्य ती अयोग्य,
    मतुवाली र पाखण्डी, नीच निर्दयी पस्यो भने मण्डलमा
    राज्य उठ्‍ठा गराँउछ बाहुन क्षत्रियैबाट मन्त्री मण्डल जोरनू
    त्यस्तै मन्त्री लिई रक्षा गरनू राज्यको सँधै
    मन्त्री हो बुद्धिमान् योग्य, तर पुस्तैनि ह्वैन त
    भाडाको त्यो मन्त्रीबाट राज्य सक्तैन सप्रन।
    (नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन पृ.४३५ राममणि आ.दी. भलो कुराको नमुना १९५२/५३)
    यिनै आ.दि.ले विक्रम संवत् १९७० मा जनजाति भाषाभाषिकाका करिब ३० हजार लिखित सामाग्री जलाएका थिए (स्रोतः नेउपाने, दीपकप्रसाद. २०१०. नेपालको भाषा नीतिः विगत, वर्तमान र आगामी सन्दर्भ)
    यति गर्दा त देश टुक्रिएन अहिले अलि अलि पहिचानको कुरा उठ्दा यति विघ्न देशै टुक्रने चिन्ता गरी संघीयतालाई विकृत पार्नु पर्दैन।
    तपाईँकै टुइटरबाट 😀

  57. देश मा जातीय युध सुरु भयो ..यो देशमा यो नै सबै भन्दा खराब स्तिती बनेको हो अब आफै आफैमा सखाप हुनु हो मधेस,पहाड,बाहुन,छेत्री,थारु,लिम्बु ,नेवार,सुनार ,चेपांग,भोटे,गुरुङ यस्तै जात को मान्छेहरु बस्ने ठाउँ नेपाल हो यहि जति हरु नै देशको लाई खाल्डो मा होमौनु खोजिरहेका छन् ..अब नेपाल किन राख्ने अब हामीले नेपाली किन भन्ने आफ्नै क्षेत्र आफ्नै प्रदेश को नाम दिएर परिचय गरौँ आफ्नै प्रदेश को नागरिता बनौ आफ्नै प्रदेश को भिसा पासपोर्ट बनौ आफ्नै प्रदेश को सरकार बनौ ….यो देश मा नेता हरुलाइ मात्र गालि दिएर केहि हुन्नेवाला छैन् यादी हामी जनता सभ्य बन्दैनौ भने …गलत त नेता हरु छन् त्यस मा हामी सजग बन्नु जरुरि छ संभिधान बनाउनु र देशको बिकाश मा भ्रस्ट गर्नु अहिल्लेको सिर्स्य नेताहरु ले ढिलो गर्नुलाइ र आफ्नो पार्टी को दौड धूप गराउनु लाइ नेताहरु बाटै जातीय युद्धको रेखा कोर्दै छन्…सोझा जनता हरु उचालेर…

  58. मेरा थारु मित्र हरु थारुवान/थरुहट प्रदेश माग भन्दा थारुको भूगोलमा जोड दिउ सिमानामा जोडदार माग गरौ सिमानामा
    विवाद गर्छन भने ससक्त तेस्को पर्तिकर गरौ मानिलिउ थरुहट परदेश दिदिया तर थारुको भूगोललाई अलग अलग
    गरिदिय भने के काम तपाई हामी झोले करेकर्ता भन्दा माथि आउने छैनौ तेसैले भूगोलमा जोडदार माग गरौ
    तेसो भयो भने जातीय परदेशको आरोप पनि लगाउने छैनन् कालान्तरमा थारु जातिकै उन्नति हुनेछा ……

  59. माइसंसार ले परिबर्तन लाइ प्रोत्साहान नगर्दा राम्रो
    त्यसको मतलब यो हैन कि बिपछ्य को कुरा नसुनौ.. परिबर्तन को कुरा मा खोट छ समस्या एउटा छ समाधान अर्को छ.. वर्गरहित समाज को वकालत गर्ने कम्युनिष्ट सिधान्त नै माओबादी को जात पात को को कुरा ले challenge गर्छ ..fundamental itself is flawed
    संग्रहालय जलाउने काम राम्रो हुने सक्दैन, खेद छ

  60. यस्तो जातीय, भड्काउ र उछरिनखल खाल को लेख लाइ सालोक्य जी ले प्राथमिकता दिन न हुने, परिबर्तन को पहिलो लेख पनि तेस्तै थियो, सक्छौ भने पछाडी बाट होइन आगाडी बाट आफ्नो परिचय दिऊ साथी, नाम परिबर्तन राख्दैमा केहि लाछरपाटो (परिबर्तन) लाउने वाला छैन तिम्रो लेख ले ! सबै जनजाती, मदेशी, थारु हरु जातिय राज्य को पक्क्षमा छैनन् ! दुइचार जना कुपुत्रहरु ले यो देश लाइ खत्तम पार्ने भए ! जनता सचेत छन्, प्रचण्ड को भडकाउ मा त आउने वाला छैन तिमि जस्ता दुइ अक्षर लेखि टोपल्ने का ? यदी प्रचण्ड को भडकाउ मा आए भने त्यो दिन यो देश मा रगत को खोला बग्छ र तेस्मा प्रचण्ड लगाएत सबै बगछन् ! अनि तिमि हरु जस्ता चाही डुंगा पल्टन लाग्दा मुसा पहिला भाग्छ भनेजस्तो भाग्ने छौ ! प्रचण्ड लाई १२ हजार को ज्यान ले पुगेन, लाखौ को चाहियो !!! भगवान मेरो देश लाई बचाऊ यस्ता नेता हरु बाट !!!!

  61. जनजातिलाई अधिकार दिँदा बाहुन क्षेत्री किन तर्सिने ?
    -ददि सापकोटा (नेपालप्लस)

    एक जना साथीले मलाई सोधे ‘हैन ददी जी, तपाइ बाहुन भएर किन जातिय अधिकारको पक्षमा चर्किनुहुन्छ ? जातिय अधिकार भो भने त बाहुन क्षेत्रीलाई लघार्छन् नी ठाउँ ठाउँबाटै।’

    मैले उनैलाइ जिज्ञासा राखें ‘ए जातिय राज्य भन्न खोजेको मन नपरेका अरु जात, जाति, भाषा भाषीलाइ लघार्ने भनिएको हो र?’

    ‘यी जनजातिले बाहुन क्षेत्रीलाई मात्रै गाली गर्छन्, त्यसैले जातिय राज्य भयो भने बाहुन क्षेत्रीलाइ लघार्छन् ति धेरै भएको ठाउँबाट’ उनको त्रास थियो । यो त्रास उनमा मात्रै होइन । धेरै बाहुन र क्षेत्रीमा देखिन्छ । तर म भन्छु, जनजाति, मधेशी, पिडित, हेपिएका थिचिएकालाई अधिकार सम्पन्न बनाउँदा अत्याचारी बाहुन क्षेत्रीका अधिकार काटिएलान् । नत्र असल, समान अधिकारका पक्षधर बाहुन क्षेत्रीलाई असर पर्ने होइन । बरु अझ भलो हुन्छ ।

    पुरानै कुरा के दोहोर्‍याउँ जुन मैले उठाइसकेको छु, नेपालको अहिले सम्मको शासन ब्यवस्था, राज्य प्रणाली असफल भयो । र अहिले सम्मको राज्य प्रणाली, शासकिय संरचना बनाउने को थियो ? बाहुन क्षेत्री । अर्थात बाहुनवादी सोच । अर्थात बाहुन र क्षेत्रीबाट रचिएको ब्यवस्था भन्नपनि सकिएला । अहिले सम्मको शासन प्रणालीमा नेपालमा जातिय बिभेद रह्यो । छुवाछुत रह्यो । चितवन जस्तो देशकै सबैभन्दा शिक्षित र बिकसित मानिने जिल्लामै बोक्सीका नाममा मान्छे मारिए । जात जातिमा बिभेद, संस्क्रितिमा बिभेद । भेषभुषामा बिभेद । अवशरमा बिभेद । भौगोलिक बिभेद, क्षेत्रिय बिभेद । बिभेदै बिभेद । त्यसैले बाहुन क्षेत्रीले निर्देशन गर्दै आएको अहिले सम्मको हाम्रो शासन प्रणाली असफल भयो ।

    केहि साथीहरु प्रश्न गर्छन्, छुवा छुत बिभेद अछुत भनिनेहरुमै बढि छ । जनजातिमैपनि छ । हो छ । त्यसैले त भनिएको हो, अहिले सम्मको हाम्रो राज्य प्रणालीले जात जातमा, बर्ग बर्गमा यस्तो बिभेद गरायो । अर्थात त्यसलाई समान बनाउन सकेन र त यो असफल भयो भनिएको हो । आखिर जुन जात, वर्ग, जनजातिमा रहेपनि त्यसको दोषी त अहिले सम्मकै शासन प्रणाली न हो ।

    किनभने अहिलेसम्मको हाम्रो राज्य प्रणाली, संरचनाको परिणाम हो, दलितहरुलाई घरको आँगनको डिलबाट उपल्लो जात भनिनेका आँगनमापनि टेक्न बन्देज । पसलमा चिया खाएर गिलास पखाल्नु पर्ने सम्मको बिभेद । पानी चल्नेका घरमा बासै नपाइने बिभेद । त्यसैले दलित उत्पिडितहरुले आफ्नो राज्यमा सहभागिता र अवशर खोजे । पहिरन र अनुहार मिलेकै भरमा धोती, मधिशी, भारतीय भनेर हेपिएका मधेशीहरुले यो मुलुकमा समानता खोजे ।

    जनजातिहरुका आफ्नै थात थलोमा कुन चाड आयो गयो पत्तो भएन । न भाषाको संवर्धन भो । न संस्क्रितिको पहिचान गर्‍यो राज्यले । २० जना बाहुनको वस्तिमा दशैं बिदा हुने । तीजको बिदा पाइने । तर दशौं हजार जनजाति बसेको (उदाहरणकालागि भन्नु पर्दा पूर्वमा राइ, लिम्बूको पश्चिममा मगर वा हिमालमा शेर्पाको बस्ति भनौं न) मा साकेला पर्व कहिले आयो र कहिले गयो राज्यले पत्तो सम्म नपाउने । तिनले जबर्जस्ति स्कूलमा संस्क्रित र नेपाली भाषा घोक्नु पर्ने । तर लिम्बु भाषाको लिपिसमेत चिन्न नपाउने । एक जनापनि खस नभएको ठाउँमा सरकारी काममा जनजातिले कनी कनी पनि खस भाषा बोल्नै पर्ने । तर ति खसहरुले भने अरु भाषा कहिँ कहिल्यै सिक्नै नपर्ने । पूर्वमा लिम्बुवानका नानीहरुले काठमाडौंका जयस्थिति मल्लको ईतिहास घोक्नु पर्ने तर लिम्बुवानका ऐतिहासिक पुरुषबारे सुन्नै नपाउने । हो यहि बिभेद रहेकाले आफ्नो पहिचान र पहुँच खोजे । यति अधिकार खोज्दा कहाँनेर बाहुन र क्षेत्रीको अधिकार काटिन्छ ? यति अधिकार दिँदा र तिनले लिँदा कसरि बाहुन क्षेत्रीमाथि हमला हुन्छ ? ए बाबा हाम्रो अधिकार काटेर दिने भनेको हो र ? तिनलाईपनि अधिकार सम्पन्न बनाउने, समान ब्यवहार र अवशर दिने भनेको पो हो त ।

    हो बाहुन क्षेत्री डराउनुपर्ने एउटा कारण छ । घटना २०१७ को लिउँ । धादिङ जिल्लामा चेपाङहरुले बाहुन खेदे । किन भने चेपाङ र तामाङका बारीका साँधमा लगेर फर्सी रोप्ने । त्यो लहरा जहाँसम्म पुग्छ मेरो जग्गा भनेर हडप्ने । कुखुराको चल्लो जसको घरमा किन्यो उसैलाइ पाल्न दिने । चाड पर्वमा काटेर खान उकास्ने । अप्ठेरो पर्दा माग्न जाँने ‘मेरो भाले ले’ भन्दै । दिन नसक्दा त्यहि घरबाट भैंसीको पाडी लिने । त्यहिँ पाल्न दिने । हुँदा हुँदा कुखुरोको चल्लाबाट भैंसीको पाडी र लैनो भैंसी गर्दा गर्दै घरखेतै लिने । तामाङ र चेपाङका छोरी नभन्ने । बिटुलाउने । बुहारी देख्न नहुने । तिनका मेहनति हातले बुनेका ठेकी र मदानी, घुम र भकारी सित्तिमा ओसार्ने । भनेको नटेरे सिडियो र पुलिस लाउँछु भनेर तर्साउने । लुट्ने र ठग्ने गरेर धादिङमा जनजातिका आदिबासी बस्तिमै सुकुम्बासी बनाए बाहुनले । अत्याचारको सिमा नाघ्यो । अनि एकदिन तिनले बाहुन लघार्ने अन्दोलन छेडे । बास अबपनि बाहुन क्षेत्रीले यसै गर्ने मनशाय राखे जातिय राज्यमा बस्न डराउनु पर्छ । अर्काका छोरी चेली नभन्ने । आफ्ना छोरी बुहारीलाइ घरबाट निस्केर पँधेरामापनि जान नदिने । जनजातिका छोरी चेली देख्यो कि पाखुरा समातेर लतारिहाल्ने उहि पुरानो मानशिकता पालिराखे बाहुन क्षेत्री डराउनुपर्छ । ठूलो भकारी देख्नै नहुने, हुर्केको खसी देख्नै नहुने हो भने त्यस्ता बाहुन क्षेत्री तर्सिनु पर्छ । तिनलाई गोर्खे लौरी लगाउँछन् । त्यस्तालाई कारवाही गर्ने कानुन अब स्थानिय स्तरमै, जातिय राज्यमै हुन्छ । केन्द्रिय एकात्मकबादी राज्यको मुख ताकेर बस्नु पर्दैन । सिडियो र भ्रस्ट नेताको निर्देशन कुर्नु पर्दैन । त्यसैले केहि बाहुनहरु जनजातिले अधिकार पाउने भो, स्थानिय स्तर बलियो हुने भो भनेर तर्सेका हुन् ।

    साँच्चै बाहुन क्षेत्रीलाइ छिनाउने, लघार्ने नै मनशाय राखे जनजातिले भने जातिय अधिकारकै लागि कुरेर बस्नु पर्छ ? बागलुङका छन्त्यालले त्यहाँका बाहुनलाई लघार्न सक्दैनन् ? रोल्पाका मगरले त्यहाँका बाहुन क्षेत्रीलाई अहिलेनै छप्काउन सक्दैनन् ? पूर्वका राइ लिम्बु झापा सम्म ओर्लेर काटमार मच्चाउँदै, बाहुन क्षेत्रीका घर घर पसेर मुन्ट्याउँदै निकाल्न सक्दैनन् ? के त्यसो गरेका छन् ? बरु अत्याचार नगर्ने बाहुन क्षेत्रीलाई आँखामा साँच्छन् जनजातिले । तिम्रा हाम्रा भाषा फरक, चाड फरक भए तर सम्मान गर्छौं भन्ने बाहुन क्षेत्रीलाई जनजातिले अँगालोमा राख्छन् । तिनको भाषा, तिनको पहिचान, तिनको संस्क्रितिलाई आदर गर्ने बाहुन क्षेत्रीलाइ तिनले पूजा गर्छन् । आत्मैमा राख्छन् । बाहुन क्षेत्रीहरुपनि हाम्रै दाजुभाइ हुन् । हाम्रो ईज्जत गर्छन् । हाम्रो भावना बुझ्छन् । तिनले खराब बाहुन क्षेत्रीको अन्धभक्त समर्थन गर्दैनन् । खराबलाई खराब भन्छन् । सत्यलाई सत्य । समान अधिकारकालागि आवाज उठाउँछन् । ति सबै जात जाति, भाषा भाषी मुस्कुराएको हेर्न चाहन्छन् भन्ने जनजातिलाई महसुस हुनु पर्छ । साँच्चिकै तिनले आफ्नो प्राण फालेर पनि बाहुन क्षेत्रीकालागि दिन्छन् । जनजातिमा उदारता, त्याग र सानो कुरोमा पनि फुरुंग हुने स्वभाव हुन्छ । ति सानो कुरोमापनि अति क्रितज्ञ बन्छन् ।

    जनजातिले यो मुलुकमा दबिएको, हेपिएको, पाखा लगाएको, टाढिएको, एक्लो पारेको महसुस गर्नु राम्रो होइन । अहिले भएको त्यहि हो । नेपाल यतिबिघ्न पछाडी छ सामाजिक, आर्थिक, संस्क्रितिक विकासमा अरु मुलुकभन्दा । यस्तो देखि देखिपनि अझै यस्तै राज्य प्रणाली अपनाउन खोज्नु मूर्खाता कि त अबुझपना नै हो ।

    बाहुन क्षेत्रीले एक मिनेट आँखा चिम्म गरेर सोचुन्, दशैं तिहारलाइ राज्यले पहिचान गरिदिएन र खस भाषा बोल्न पाएनन् भने कस्तो महसुस हुन्छ । हो त्यहि पीडा जनजातिमा पनि छ भनेर बुझिदिउन् । जनजातिको अधिकार र पहिचान कानुनत: सुनिश्चित भो भने तिनले आफ्नो पहिचान ब्यवहारमा कसरि स्थापित गर्ने संवेदनशिल बन्छन् । र बाहुन क्षेत्रीलेनै भन्न पाउने छन् ‘जातिय अधिकार पाएँ भने के के न गर्छु भन्थ्यौ, खै त तिमेरुले सारक्षरता बढाउन सकेनौ । खै त तिम्रो गाउँ झिलिमिली भएन । खै त सामाजिक न्याय स्थापित गरेनौ । राजस्वपनि त उहि हो। पुराना राजा गएर फेरे जनजातिकै राज ल्यायौ त जनजातिका नाममा जनजातिलाइ चुस्ने । अछुत भनेर तिम्रो राज्यमापनि हेपिएकै छन् त’। यो साँच्चिकै अवशर हो सबैकालागि । जनजातिका लागि परिक्षण । त्यो चुनौतीका रुपमा पनि उनीहरुकै थाप्लोमा छोड्न पाउनु अवशर हो राज्यकालागि । बाहुन क्षेत्रीहरु यो मुलुकमा बढि शिक्षित रहेकाले पनि यो भावना बुझ्ने बाहुन क्षेत्रीकै जिम्मेवारी बढि छ । त्यसैले जनजातिलाइ अधिकार दिँदा हामी बाहुन क्षेत्रीलाई फाइदै फाइदा छ । अझ बढि सम्मानित र आदर पाइन्छ । झन तर्सिनु पर्ने त कुनै कारण नै छैन ।

    भौगोलिक रुपमा भन्दा मान्छेको आत्मिय एकता हुनु हितकर हुन्छ । अहिले जनजातिका मन भाँचिएका छन् । दलित र उत्पिडितका आत्मा रोएका छन् । मधेशीहरुका ह्रिदयले समान भएको अनुभव गर्न पाएका छैनन् । ति दुखि मनहरुलाई, चिरिएका आत्माहरुलाई प्रफुल्ल बनाएर एकताको सुत्रमा बाँध्ने अवशर हो यो । जब आत्माहरु मिल्छन्, एक हुन्छन् तब भौगोलिक रुपमा त्यो मुलुक छिन्न भिन्न पार्न कुनै तत्वलेपनि सक्दैन । तर जब आत्मनै छिन्न भिन्न बनाएर राखियो भने देश भौगोलिक रुपमा एक भएपनि त्यो एक हुन सक्दैन, हितकर हुँदैन । बरु त्यसले सामाजिक, आर्थिक, सांस्क्रितिक र भौगोलिक बिखण्डन निम्त्याउँछ । यसलाइ जति छिटो बुझ्यो उति सबैको हितमा छ । मेरो टड्कारो विश्वास यहि हो । कसैलाई यो बाहुन क्षेत्री बिरोधी लागोस्, जनजातिमुखि लागोस्, बिखन्डनबादी लागोस् हाँसेर स्विकार्न तयार छु । तर म फेरीपनि भन्छु, जनजातिलाइ अधिकार दिंदा बाहुन क्षेत्री डराउनु पर्दैन । साभार http://www.nepalplus.com/archives/14551

    • ददीजी, तपाइको लेखले मन छोयो, आँखामा आँसु छचल्कियो| यस्तो सोचले नेपाल बन्छ| सांचै बन्छ| तपाईलाई साधुवाद|
      लाग्यो, यस्तै हो सच्चा नेपाली भनेको| सुझबुझ र एकार्काको दुख बुझाईको खडेरीमा यंहाको लेखले वर्षासहित हरियाली ल्याउने मार्ग दर्शनको काम गर्नेछ|
      नाउ नै किटेर जातीय आधारमा प्रदेश दिए पनि केही फरक पर्ने होइन| उक्त प्रदेशहरुमा एउटा जाति बिशेषको मात्र वाहुल्यता छैन| सबैले बसोबास गर्न पाउने छन्| यो बेला छेत्री बाहुनले सकेसम्म लचकता र उदारता देखाउने हो| यसलाई जनजाती बनाम गैर जनजातीको युद्धतिर लैजाने गर्नु हुँदैन| व्यक्तिगत स्तरमा भन्नु हो भने मेरा धेरै अभिन्न मित्रहरु बाहुन छेत्रिमा छन्| आफु तामांगको छोरो भए पनि मित्रहरु संग राम्रो हेलमेल छ, घनिष्टता छ| उनीहरुले बारम्बार साँचो मनले जातीय नाउँ झल्काउने प्रदेश भए राम्रो र देश सहित उनीहरुलाई पनि त्यसले राम्रै गर्ने दृढ विश्वास व्यक्त गर्दै आएका छन्|
      तर मेरो बिचारमा जातीय नाउँ भएको प्रदेश हुने पर्छ भन्ने छैन| पहिचान सहितको प्रदेश सम्म हुनपर्ने हो कि भन्ने लाग्छ| मेरा परिवारजनहरु अहिले मांग गरेका र प्रस्तावित ताम्सालिंगमा बसोबास गर्दैनन| किरात प्रदेशमा बस्छन| त्यसैले तन मनले किरात प्रदेश प्रति समर्थन जनाउछन| किरात स्वायत्त शासित प्रदेशमा किरातीहरु मात्र बस्न पाउछन भनेर आजसम्म कसैले भनेको न सुनिएको छ न त्यस्तो हुने नै छ| यसलाई ग्यारन्टी ठाने हुन्छ|
      तपाई जस्ता दुरगामी सोच र समझदारी भएकाहरुले यो देश सबैको साझा भनाईलाई साँचो अर्थमा परिणत गर्न सक्ने मलाई पूर्णत विश्वास छ|
      नमस्कार अनि फ्याफुल्ला!!

  62. मिल्छ भने बरु सबिधान संसोधन गरेर सबैलाई एकै जात को नेपाली बनाई दिउन अनि त सबै लै मिल्ने हुन्छ , अनि देस मा सान्ति आउछ , बिकाश हुन्छ , बिकाश बह्ये पछि सभी धनि हुन्छ , अनि पो हुन्छ र ल नेता हरु एती कम गर अनि हेर त हाम्रो देस कस्तो हुन्ह्च , खाली नाचिने कुरा सिकको छ जनतालाई , छेदिंक फाइदा को लागि

    • नेपालको जमिनमा पैने फलाम, तामा, सुन, चादी, अलुमिनियम, सिमेन्ट आदि सबै धातु मिलौदा त्यसको उपयोगिता कस्तो होला सिर जी?? मुर्ख कुरा नगरम है !

  63. देशद्रोही, बिखण्डनकारी र राष्ट्रघाती भावनाले ओतप्रोत लेख हो यो.! तिनका बाउ सिंगो रास्ट्रबाट अलग्गिएर धोतीको दलाल र भतुवा बनेर बस्ने रहर होला नि अब. जतिजति आफुहरु र आफ्नो समुदाय शिक्षित् सभ्य र सक्ष्यम् भएर अगाडी बढ्न सक्नुछैन त्यति नै अरुले बाँदा बनाएर दलायो भनि दोष लगाउनु ??????? सक्ने भए मुढे बल देखाएर होइन बुद्दी र बिबेक लिएर अगाडी बढ्नु नि.

  64. हे प्रकृतिका सम्पूर्ण सिर्जनाहरु
    फगत बाहेक मान्छे!
    तिमीहरु कति सत्य छौ
    तिमीहरु कति सुन्दर छौ
    आ आफ्नो कर्ममा तल्लिन छौ
    आ आफ्नो धर्म निभाएका छौ
    न त दिनु नै छ न त लिनु
    आ आफ्नै गुण र सुन्दरतामा रमेका छौ
    न त राज्यको झगडा न त जातिको
    न त पद न त प्राप्तिको
    तर कहलिन्छौ ‘विवेक हिन’!!

    तर त्यो कस्तो मनुवा?
    सबै उसैलाई मात्र चाहिएको छ
    तेरो हैन मेरो, तलाई हैन मलाइ
    तँ सानो म ठूलो उसलाई पदको घमण्ड छ
    तँ तल्लो म माथिल्लो उसलाई जातको घमण्ड छ
    तँ कालो म गोरो उसलाई रुपको घमण्ड छ
    तँ पहाडे म मधिसे उसलाई ठाउको घमण्ड छ
    तँ हिन्दु म मुसलमान उसलाई धर्मको घमण्ड छ
    ……..
    कस्तो बुद्धि अनि कस्तो विवेक?
    प्रकृतिका सिर्जना सामु
    ओहो! मान्छे कति गिरेको छ!!

  65. देश टुक्र्याउन त पाइन्न नि है!

    अर्को कुरा बाहुन र क्षेत्रीहरुले थारुहरुको संग्रहालय जलाउनु नहुने हो! जलाए पछि sorry त भन्नु पर्यो नि हो! केहि नभएको जस्तो गरि “कतिला: पाक:” जस्तो गरि बस्नु भएन है! यो त बहुत गलत भयो !

    अब त बाहुन र क्षेत्रीहरुले जनजातीलाई पनि स्पेस दिनै पर्छ है! मधेसीहरुलाई त दिई सक्यो नि हैन र! २१ सताब्दीमा पनि खोसेरै लिनु पर्ने, लडाई झगडा नगरे सम्म नदिने, लुक्रुक चुप लगेर बस्ने त एकदमै सुहाएन !

  66. येस्ता परिबर्तनको कुराको पछी नलागौ है साथी हरु! कसैलाई पनि केहि दिने बाताबरण होइन बरु सबैले लिन सक्ने बाताबरण हुनु पर्छ.मेरो मतलब कोहि जाप पात धर्म जस्ता कुरालाई आधार बनायर कुनै पनि कुरा भाग लगाइने छैन.हाम्लाई पनि अधिकार चाहियो भन्दा हामीलाई हामीलाई मात्र होइन सब लाई बराबर अधकार चाहियो भन्ने कुरो हुनु पर्यो.सबै समान हुन् र प्रत्यक नेपालीलाई प्रत्यक चिज मा बराबर हक हुनु पर्छ.जात पात को कुरो निस्कियो कि ठोकी हाल्ने कानुन पो बनाउनु जरुरि छ यार. कहाँ अब जातीय बर्गिकरण गर्दै भाग लगाएर बस्ने? आज सम्म दिदै आएको आरक्षण हटाउनु पो पर्छ जस्तो लग्यो.मेरो मतलब कुनै पनि व्यक्तिको हक ,अधिकार वा कुनै पनि चिज मा जातियता को कुरोले कुनै प्रभाब नपारोस्.जातियता भन्ने चिज नै निर्मुल पार्न सकिदैन? येस्ता पाजी कुरा गर्ने हरुलाई ठिक पर्नु पर्ने

    • जातियता भन्ने चिज नै निर्मुल पार्न सकिदैन?

      छनि त हिटलरको “Final Solution”

  67. देशमा रहेको विकेन्द्रीकरण को आवस्यकतालाई अनाहकमा उचालेर संघियतामा लगियो अझ जातीय राज्य मा परिणत गर्न खोजिंदै छ…..!!! परिवर्तन जी जस्ता विद्वानलाई जे लेख्ने पनि छूट छ, गर्दा गर्दा आफ्नो देशको भूगोल बढाएका जंग बहादुर लाइ सम्म सम्मान गर्न नसक्ने उल्टै चाटुकारको पगडी भिराउने…..??? साम्प्रदायिक सद्भाव फैलाउने लेख चापौं अहिले को संकट को घडीमा, कृपया…दुषित मन का दुर्भावना येसरी छताछुल्ल नपार्दा बेस होला,,,,,,,!!!
    जातीय राज्य ले काटमार निम्त्याउने पक्का छ, हुन् त् के परिवर्तन जी वा तेस्तै साथीहरुलाई बाइसे चौबिसे राज्य को मुखिया बन्न मन लाग्या होला…..!!! साथि हो अब सबैले पृथ्वी नारायण शाह लाइ गालि गरौं……, किनकि उनैले हो यो देशलाई एकताबद्ध पार्न शुरु गरेको, नत्र त् अहिले यो टुक्रे राजिती त् हुन्थेंन किनकि २२से २४से राज्य भाको भए त् के दाउराको संघियेता हुन्थ्यो होला र….!!!
    मेरो बिचार मा अहिले रहेका ५ बिकास छेत्र लाइ ५ संघ बनाउने अनि १० बर्ष पछी पुनरावलोकन गरेर संघ को पुन छिनोफानो गर्ने….!!! अहिले नै लडेर नमरौं भन्ने मेरो धारणा हो…!!!

  68. मेरो विचारमा यो सबै नेता हरु को खेल हुनु पर्चा संबिधान नबनौमा! लाइ तेसै ले हामी सबै जनता हरु होसियार हुनुपर्छ ! खबरदार नेता हरु हो ! यो खेल लाई बेलै मा समाप्त गर्नु पर्चा र सबै आफ्नो ठाउँ बाट सक्दो प्रयास गरौ धन्येबाद !!!!

  69. परिवर्तन लै थाहा रैनाछा कि कैलाली कन्चन पुर् का दंगौरा थारु हरु राजा महेन्द्र ले दाङ
    बाट बोलाएर तेहा राखेको हो र पहाडी हरु पनि पहिले देखि नै बसी आएका छन् तेसो भएर तेह कोइ पनि आदि बसी थिएनन् तुलनात्मक रूप ले राना थारु चै आदि बसी हून दंगौरा भन्दा तर राना थारु हरु को जनसंख्या निकै कम छ जना संख्या कै कुरा हो भने ७० % पहाडी मान्छे छन् अनि २५ % थारु र ५ % अरु
    कुनै लेख लेख्नुभन्दा पहिले मनन गर्नुहोस र तथ्य मा आधारित कुरा लेख्नुहोस

  70. अहिले को नेपाल मा कोहि पनि मान्छे लाटो छैनन् ! एदी जातियता को आधार मा राज्ज्य दियो भंये येह जातीय दङ्ग सुरु हुन्छ ! जसरि बाहुन, छेत्री, नेवार , गुरुङ ., थारु भन्दै राज्ज्य को नाम दिन खोजिएको छ त्यो बिल्कुल रोक्नु पर्छ! सयौ जति भयको नेपाल मा जति को आधार मा राज्य दिनु भनी को अर्को जति लै दबाउनु हो ! तेसैले भौगोलिक आधार मा गर्नु पर्छ र जसले एउटा जति को मात्र कुरा उठौचा तिनी हरु लै सबक सिकाउनु पर्छ कि हाम्रो जात नेपाली मात्र हो !

  71. यो लेख पढे पछी मलाई अचम्म लाग्यो हाम्रो नेपाल मा कति सम्म दरिद्र सोचाई भएका मान्छे हरु रहेछन.. सायद यो मुलुक को दुर्भाग्य हो को कोहि पनि आफ्नो जात भन्दा माथि उठेर सोच्न सक्ने कोहि पनि रहेनछ..हामी यो किन बिर्सन्छौ कि यो देश र यो भूगोल रहयो भने मात्र हामि रहन्छौ.. पहिला देश रह्यो भने मात्र हामी बाहुन क्षेत्री,नेवार र अरु के के जात जाति रहन्छौ.. देश नै रहेन भने के को जात के को आदिवासी के को को बाहुन क्षेत्री.. परिवर्तन जी लाइ एउटा सुझाब पहिला देश को बारेमा सोचौ अरु भन्ने कुरा गौण हुन्.. नेपाली हामी रहौला कहाँ नेपाल नै नरहे.. आफु सक्षम बन्न सिखौ, जो अनपढ, अशिक्षित, र असक्षम छ त्यसलाई चाहिने हो आरक्षण. सक्षम हरु लाइ कहिले पनि आरक्षण चाहिदैन, परिवर्तन जी जातीय राज्य ले कहिले कसैलाई हित गरेको छैन.. अफ्रिका मा हेर्नुस या सुडान जातियता ले गृह युध्द चर्काउने बाहेक अरु केहि गर्दैन.. तपाई जस्तो मान्छे ले जातीयता र साम्प्रदायिकता भन्दा माथि उठेर सोच्नुस पहिला नेपाली बन्न सिख्नुस अनि बल्ल बाहुन, क्षेत्री नेवार गुरुङ धिमाल, तामाङ्ग , मगर बन्नुस तेसैमा सबै को कल्याण छ, जातीय एकता मा खलल पुर्याउने र कलह को बिज रोपेर मौका को फाइदा उठाउने नेता हरु लाइ चिन्नुस, जसले फुट र लुट को राजनीति गरेर आफ्नो दुनो सोझ्याउने कोसिस गर्दैछन, बेलै मा होस् पुर्याउनुस नभए पछी पश्चाताप गर्ने ठाउँ पनि रहने छैन ..

  72. कहिले काही धेरै जान्यो भने दुख पाइन्छ भन्थे ,तेस्तै हो |परिबर्तन जी ले धेरै जान्नु भएको रहेछ |
    खै मैले बुझेको त् नेपालि एक ,आपस मा द्वन्द को मनस्थिति मा भए इन्डिया लाइ छिर्न सजिलो हुन्छ |सजिले पानि मा चिनी घुलिए जस्तो घुलिन्छ|पछी रुप ,रंग स्वाद एकै हुने हो |
    हृतिक काण्ड ,माधुरी काण्ड ,१२ नेपालि को काण्ड मा हाम्रो परिचय पैसकेकोले नेपाल मा द्वन्द सिर्जना गर्न राम्रै अध्यान गरेको रहेछ |”र ले नेपाल मा ”

    इन्डिया मा एस्तो नौटंकी कहिले भएँन ,भुटान ले तेसै ८-९ प्रतिसत आर्थिक बृद्दी दर मा लम्कदो छ | हाम्रो चै गत २०-२५ बर्स को क्रियाकलाप हेरौ
    ये पंचायत ले गरेंन –बहुदल ल्यायो
    ये बहुदल ले भएन,गरेंन –गणन्त्र ल्यायो
    ये गणतन्त्र ले गरेंन –सबैलाई देश भाग लगाउने र बिकास गर्ने न भए सबैले हतियार लिएर निस्कने

    हेर्दै जाउ कहा पुग्ने हो यो सिलसिला | काम भन्दा बढी हल्ला ?

  73. अत्यन्त समय संदर्विक लेख छ यो , धन्यवाद लेखक, परिबर्तन, लै . यहाँ mysansar ले प्रमुख मेडिया हरुले नउठाएको तथा उठाउन नचाएको कुरा उठाइएको छ,|
    देश बिकाश गर्ने हो भने सम्पूर्ण नेपाली को विकास हुनु पर्छ, सुदुर पस्छिम मा त्यस्ता नेता हरु कै कारण नेपालको सब भन्दा अविकसित छेत्र को रुपमा छ र नेता हरु पुन त्यसतै बनाउन चाहन्छ|

    संघिय नेपालको पुनर्सम्रचाना को लागि, हिजो पंचायत ले कोरेको नक्शा लाई किन निरन्तरता दिन चाहन्छ?

    • संधर्बिक कसरि? भौगोलिकमा के छ खोट? जातिकै नाम हुनु पर्ने?

  74. लुना जी को कमेन्ट वाइयात छ . म पहाडे छेत्री हु तर यो लेख ले बास्तबिकता बोलेको छ.

    • भने पछि यो साथी ले पो रहेछ सबै छेत्री र बाहुन को नाम बदनाम गरेको…तिमीले थारुको लुटेको थियोउ कि कसो? खै हामी ले त लुटेको छैनौ?

  75. परिवर्तनजी,

    तपाईले गरेका कुराहरु चित्त बुज्दो छन्…एदी पहाडियाहरूले “आफ्नो फाइदाका लागि लडिरहेका भए” तर आफसोश, तेस्तो लडाई कोहि पनि लडिरहेको छैन. कहिले देखि देशलाई टुक्रा नपारौ, जातिजाति भएर नलड़ौ भनेको कसैलाई गुलाम पारेको भयो? म कतै लामो निद्राबाट उठिराको त छैन? हो मधेशका नागरिकहरुको समस्या छ. तपाईले घेरेको मधेशको पर्दा उगारेर हेर्नु भयो भने देश भरीनै.. खासमा संसार भरीनै समस्याहरु छन्. आफ्नो समस्यालै ठुलो पारेर अरु कुनै जाति अथवा समाजलाई aggressor बनाउनु अनि आफुले आफैलाई victimize भएको देखाउनु एउटा नराम्रो भुमरीको मुख हो. Rwanda मा भएको genocide को बारेमा त सुन्नुनै भएको छ होला. एउटा नभएको issue लाई जगाएर खाली तेसैको lense बाट मात्रै संसारलाई हेर्नु मुर्खता हो. बिग पिक्चरलाई हेर्नुस परिवर्तनजी अनि समस्याको समाधान सबै मिलेर गरौ. कोहि पनि absolute right or absolute wrong हुदैन. मधेशी पार्टीहरुले यो समस्यालाई आफ्नो फाइदाको लागि प्रयोग गरिरहेको छन्, मिठा कुरा सुनेर तिनीहरुको जालमा नपर्नुहोस्. हामीलाई जति तपाई चाहिन्छ, तपाइलाई पनि हामी उतिनै चाहिन्छ.

    जय नेपाल, जय मधेश.

    • रबिन्स जी तपाइलाई भ्रम भए जस्तो छ . थारु हरु को कार्यक्रम मा बाहुन/छेत्री/ पहाडे हरु ले हातपात गर्नु जातीय युद्ध को सुरुवात हो. एसको श्रीगणेश भैसकेको छ . र त्यो बाहुन/छेत्री/पहाडे हरु ले नै सुरु गरे. थारु हरु ले त सहेरै बसेका छन् त अहिले सम्म. अब अधिकार दिएन भने चै दोहोरो हुन बेर छैन . बेलैमा सबै लाई बुद्धि आओस .
      जय नेपाल

  76. यो लेख पढी सके पछी सोच्दै छु यी परिबर्तन जस्ता मनुबाहरु कति उम्रिरहेका
    होलान ऐलेको परिस्थितिमा ?
    परिबर्तन जी तपाईलाई ‘ बिष वृक्ष ‘ नाम दिन मन लाग्यो .
    अत्याचार _ अन्याय छँदै छैन भन्ने होईन , छ नै अझै पनि तर बिगतका तुलनामा एकदम नै कम छ र भोलिका दिनमा यदि सबल सरकार र सबल कानून
    बन्न सके बाकि त्यस्ता अन्याय अत्याचार आदि पनि क्रमश : निमिट्यान्न हुने
    नै छ .
    तर तपाई हरु जस्ता बिष वृक्ष हरुले भने अब नेपाल भाँड्न नै खोज्नु भएको
    छ बिगतका कुरालाई बुटी बनाएर __
    हेक्का होस् परिबर्तन जी जस्ता बिष वृक्षहरुलाई ! नेपाल आमाका देश भक्त सन्तानहरु हातमा दही जमाएर बस्ने छैनन् ! यो २१ औ शताब्दि हो परिबर्तन
    जी __ __ __ तपाईहरुको ( कु ) नियतले फेल खाने छ _ __ __

    • आफ्नो मौलिक अधिकार नपाएपछि (जस्तै गास बास कपास) देसै छोडेर जान्छन मान्छे. थारु जी लाई आफ्नो देश को सारै माया लाग्दो रैछ, अधिकार नपाए आफ्नो देशै लिएर जान्छु भन्छ. मलाई त कुरा ठिकै लग्यो है.

      • बिचरा थारु मित्र कस्ता सोझा रहेछन आफ्नो जाती माथि के भैरेहेको छ त्यसको ज्ञान पनि नहुने

    • ए, यिनी विषवृक्ष अनि थारुको संग्रहालयमा आगो लगाएर साम्प्रदायिक भिडन्त निम्त्याउने चाहिँ अमृत वृक्ष ??
      यिनी विषवृक्ष अनि थारुले आमसभा गर्न लाग्दा आमसभास्थल कब्जा गरेर मुठभेड निम्त्याउने चाहिँ अमृतवृक्ष
      चिनियो लुना जी चिनियो तपाईँलाई

  77. अचेल माईसंसार ले जातीयता लाई प्रश्रय दिने खालका सामग्री राखिरहेको छ | देशमा अहिले जातीय आगो दन्किरहेको बेला यस्ता लेख हरुले अझ पेट्रोल थप्ने हो कि ? पत्रकार/लेखकको पनि आफ्ना धारणा होलान, तर संचारमाध्यममा आउने बेलामा यस्ता साम्प्रदायिक कुरा हरु नाराखेकै राम्रो |

  78. मेरो एक जना चौधरी थारु साथी थियो उसले प्रधान नेवार कि छोरी भगाउदा म छेत्री को मा २१ दिन बस्यो अनी हिन्दू परम्परा अनुसार उस्को बिहे हामी साथीहरुले मिलेर नै गरायौ । त्यहा जात को कुरो थिएन बर्ग को कुरो थिएन त्यहा क्षेत्र को कुरो थिएन मित्रता र सहयोग को कुरो थियो । आज हजुरको यो लेख पढिसके पछी मैले त्यो मेरो साथीलाई सम्झे।

    • तपाई क्षेत्रीले चौधरी साथीलाई नेवार केटी भगाउन वा मधेसी साथीलाई नेवार केटी भगाउन वा बाहुन साथीलाई नेवार केटी भगाउन मदत गरेर देसको सम्प्रधायिक सद्भावनामा योगदान दिनु भएको रहेछ धेरै साधुवाद छ !!!!! तर अहिलेको बहसमा यसको के संधर्बिकता रह्यो त्यो अलि बुझेन !!

      • वास्तबिक साधु बन्न सके त हुन्थ्यो नि ……. साधु बन्न म जस्तो साम्प्रदायिक ले सक्ने कुरो होइन .

  79. आज मलाई एकदम अचम्म लागिरहेछ. जातीय पहिचान सहित को संघियेता ले कसरि देश तुक्रिन्छा? हिजो सम्म यो देश नेपाली(खस) भाषी, हिन्दु , खस/बाहुन हरु को मात्रै देश थियो . आज सबै ले समान अधिकार र आत्मा सम्मान पुन लाग्दा यो परम्परागत बिध्वान हरु लै किन येत्रो दह भएको . आज सम्म सबै जनजाती मधेशी र दलित ले नेपाली भाषा त पहिचान लै राष्ट्रिय पहिचान मानेरै आएको थियो. अब त्यो ठाउँ मा उनीहरु को अधिकार दिन किन हिच्किच . क सबै को मात्री भाषा ले राष्ट्रिय भाषा को अधिकार नपाउने?? के सबै जनजाती ले पहिलो दर्जा को नेपाली नागरिक को अनुभूति गर्न नपाउने?? के आफ्नो मात्री भाषा लाई आफ्नै पुर्ख्यौली थलो मा सरकारी कामकाजको भाषा बनाएर भाषा को बिकाश गर्न नपाउने?? के आफ्नो मत्रिभासा लाई सानै देखि स्कूल मा पढ्न नपाउने??
    नेपाली भाषा नजानेकै कारण मधेशी ले धेरै हेपाई खानु परेको छ, जनजाती को पनि तेही कारण पछी पर्यो . अरु को त कुरै छोडौ नेपाल को मुटु काठमाडौँ को आदिबाशी नेवार हरु ले आफ्नै ठाउँ मा हेपाई खाएर दोश्रो दर्जा को नागरिक भएर बस्नु पर्यो सदियोउ सम्म . नेपाली भाषा नजानेकै कारण आदिबाशी/ जनजाती हरु देश को मूलधार बाट बाहिर बस्नु पर्यो . जसरि बाहुन/छेत्री ले एउटा अंग्रेज संग बहस गर्दा हावा खान्छा . तेसरी नै नेवारी/मैथिली/गुरुङ/मगर/तामांग हरु ले तेही नियति भोग्नु पर्यो . तेसैले अब जनजाती/ मधेसी लाई केहि समय सम्म आफ्नो थलो मा बिसेष अधिकार नदिएसम्म उनीहरु ले समान अधिकार पुन सक्दैन. तेसकारण यो जातिय पहिचान र अग्राधिकार सहित को संघियेता अपरिहार्य छ.
    नेपाल ले अन्तरास्ट्रिय आदिबासी अधिकार सन्धि २००७ मा अनुमोदन गरिसकेको छ . तेश अनुसार आदिबाशी/जनजाति ले आत्मनिर्णयको अधिकार , स्वतन्त्रता, संघियेता पाउनु पर्छा र यो न्याय संगत पनि छ. तेसैले यो जातिय राज्य हुनु हुन्न भन्ने वाहियात तर्क गरिराख्नु जरुरि छैन. खस भासी भित्रै बाहुन, छेत्री, दलित आदिको नाम मा संघियेता भएको भए त्यो जातिय हुन्थ्यो. अहिलेको जनजाती को मौलिक , ऐतिहासिक पहिचान को संघियेता को माग हो. एस बाट जबर्जस्ति फेरी पनि बन्चित गरियो भने चै जातिय द्वन्द हुन सक्छा.
    मलाई पनि सुरु सुरु मा माओबादी ले जतिएको संघियेता प्रस्ताब गर्दा मन परेको थिएन. तर तेतिखेर माओबादी लाई भोट दिने हरु नै अहिले बिरोध गरेको देख्दा अचम्म लगिरछा. हिजो सम्म सबै लाई तेही माओबादी को जातिय पहिचान सहित को संघियेता चिएको थियो, आज फेरी कसैलेई नाचिए जस्तो देखिन्छा. होइन यो माओबादी र मधेशी लाई भोट दिने चै को थिए त? अब जातिय संघियेता रोक्न खोज्नु भनेको द्वन्द निम्त्याउनु हो. तेसैले एस्लाई बिरोध गर्नु भन्दा कसरि बेवास्थित गर्ने भन्ने तिर चिन्तन गर्दा, बहस गर्दा राम्रो हुन्छा. सबै लाई समान अधिकार दिएर द्वन्द हुदैन, बरु नदिएर चाही हुन सक्छा. र त्यो अधिकार भनेको परम्परा, धर्म, संस्कृति मान्ने अधिकार, आत्मा निर्णय को अधिकार, स्वतन्त्रता , भाषिक अधिकार, आदि. आफ्नो पुर्ख्यौली थलो मा बसेर आफ्नै भाषा लाई सरकारी प्रयोग गर्न नपाइने, परम्परा संस्कृति मा हस्ताक्ष्याप हुने, दमन हुने भयो भने कस्तो असन्तुस्टी हुन्छा भन्ने कुरा खस/गोर्खे भाषा बोल्ने हरु ले भोग्नु परेको छैन. भारत मा हिन्दि/ उर्दु बोल्ने हरु ले अंग्रेज को शासन काल मा राम्रै संग बुझेको हुनु पर्छा. अब जातिय राज्य निर्माण भयो भने द्वन्द हुन्छा भन्ने हरु आफैले सुरु गरे मात्रै हुन सक्छा. नत्र सोझा साझा जनजाति / मधेशी /दलित हरु त सदियौं देखि पिल्सिएर, दबियेरै बसेका छन् . कहिलेइ जातिय द्वन्द भएको थिएन . अब भयो भने एसको श्रेय पक्कै खस/बाहुन हरुलाई नै जान्छ भन्ने बुझ्नु जरुरि छ .

    फेरी एकचोटी भन्छु

    सबै लाई समान अधिकार दिएर द्वन्द हुदैन, बरु नदिएर चाही हुन सक्छ .

    धन्यबाद

    • मेरो कमेन्ट लै रातो लाउने हरु ले मैले अन्तिम मा भनेको बाक्य याद राख्नु होला
      माओबादी युद्ध हुनु को कारण पनि बुझ्ने कोसिस गर्नु होला
      मधेश आन्दोलन भएको कारण पनि याद गर्नु होला
      अब फेरी अर्को युद्ध नाओस भन्न को लागि जनजाती को आवाज अहिले नै सुन्ने प्रयास गर्दा यो देश को भलो हुन्छ जस्तो मलाई लाग्छ. mysansar का पाठक हरु धेरै बिध्वान हुनुहुन्छ .

    • विजय जी , यी बाहुन , खस, ….जे जे भन्छु नि तिनीहरुलाई अरु लै अरु ले अधिकार पाउदा को डर होइन नकी कसैले आफ्नो आधिकार खोसला बह्न्ने डर नै छ. हाम्रो भनाइ के हो भने एती सानो देसमा एती धेरै जात जाति बर्सौ देखि मिलेर बसिराखेको स्थितिमा सानो सानो बहुमत को आधार मा कुनै जात जाति को लाइ बढी महत्वो दिदा अरु प्रति अन्याय हुन्छ जुन कुरा प्रत्युद्पदक हुन्छ भन्ने हो. आहिलेसम्मा जनजाति, मधेसी,… को नाम मा एक खालको धम्कि आउछ “येसो नगरे रगत को खोलो बग्छ वा हामि येसो गर्छु ” यो कुरा जति अपरिपक्व छ तेती नै यो भन्ने हरु को मानासिक्स्थिति र विचार. द्वन्द ले कसैलाई फैदा गर्दैना र एसको असर पहाडे हरु लाइ मात्रै गर्दैन, बाहुन, खस.. हरु मात्रै मर्ने पनि होइन र अन्तमा पौने पनि केहि होइन सबैले गुमाउने नै हो. तेसैले एउटा नेता ले भनेको कुरा लै अन्धभक्त भएर बस्नु भन्दा बिचार को स्नान गर्नुहोस अनि सोच्नुहोस प्रदेस्बनौदैमा वा नाम परिवर्तन गर्दैमा त्याहा सुनको बर्सा कसरि हुन्छ र तपाइको जात जे सुकै भए पनि अरु भन्दा माथि कसरि जान्छ?

      • हिजो सम्म मिलेर बस्नु को कारण एक थरि ले दबिएर, सहेर, पिल्सिएर बसेका थिए . अब त्यो सम्भव छैन. सबैले समान अधिकार पाएर किन मिल्न नसक्ने?

        • कथित कम्निस्ट को बिचारबता ग्रस्त हूनाभायेना संसार मा २ जना मान्छे भए सम्म एक ले अर्को लाइ सकेसम्म आफुअनुसर चलाउने खोज्छ र चलाएकै हुनेछ. त्यो जातिय राज्य भित्र पनि एक थारु ले अर्को थारु लै एक मगर ले अर्को मगर लै हेपेकै हुन्छ. “तिम्रा थारु नेता बिजय गच्छदार ले जति थारु लै अर्को कुनै पहाडे ले पेलेको छैन होला. येस्तई हो लड्न परे “बाहुन छेत्री ले लडेरै बनको देस हो” तिनीहरु पनि लड़लन एक दिन …..

  80. परिवर्तन जी,
    जातियेता को विवाद कस्तो हुन्छ भन्ने तपैले थाहा पाउनु भएको छैन अब हेर्दै जानुस / प्रचण्ड लाइ अंतरास्त्रित्य क्रिमिनल कोर्ट मा जनता ले पुर्याउने छन् किन भने प्रचण्ड ले नै जातिय दंगा भद्काउन खोज्दै छ / अब भन्नुस ३०% बाहुन र छेत्री भएको देश मा कसरि २% गुरुङ, १% थारु, ४-५% मधेशी ले राज्य संचालन गर्छन / जात जाति बीच जब दंगा सुरु हुन्छ तेस्पची कोहि बाकि रहदैनन न त मधेसी, नत नेवार, नत शेर्पा, नत थारु , नत तामांग तेसैले देश लाइ भौगोलिक को आधार मा बाड्नु पर्दछ र अधिकार भन्ने त प्रजातान्त्रिक हिसाब ले दिन मिल्छ / अब भन्नुस नेपाल मा मधेशी अल्पमत भय भनेर मधेसी लाइ छुट्टै राज्य दियो भने अब तो राज्य भित्र बाहुन, छेत्री, शेर्पा वा पहाडिया अल्पमत मा पर्दचन अनि तिन ले पनि आफ्नो पहिचान माग्चन अनि सुरु हुन्छ दंगा फसाद. /
    परिवर्तन जी को लेख पुरै सम्प्रदाईक छ तेसैले येस्ता कुरा नालेक्द्दा राम्रो होला /

    • सहि हो! यहाँ प्रचण्ड, बाबुराम, ओली आदि कम्युनिस्ट पुरेतहरु नै पुर्व युगोस्लाभियाका सर्व जातिका कुख्यात स्लोभोदान मिलोशिविचको अबतार हुने वाला छ जसले बोस्नियन, क्रोयेसियन आदि अल्पसंख्याकहरुको जातीय सफाया गर्ने कोसिस गरेको थियो ! धन्य त्यति बेला यूरोप र अमेरिका मिलेर हस्तक्षेप नगेरेको भए हिटलरले जस्तै बोस्नियन, क्रोयेतियनहरुको final solution दिई सक्थ्यो होला|

      “…अब हेर्दै जानुस…..” भनेर तपैले यस्तै गर्न लागेको संकेत त दिई राख्नु भएको त होइन ??? मेरो सल्लाह के भने यस्ता काय्मुनिस्ट पुरेतको पछि नलाग्नुस !! यी कम्युनिस्ट पुरेतहरुले हाम्रो नेपाललाई योगोस्लाविया बनाउन कोसिस गर्दै छ!

      लास्टमा बाहुन क्षेत्री एउतै जाति हैन नि| बाहुनहरुको बौदिक क्षमता क्षेत्रीहरुमा पटकै हुन्न ! बंशानुगत (genetically) पनि धेरै फरक छ| दश जना बाहुन र दश जना क्षेत्री मिसाएर कसैलाई अनुहार, बौदिक आधारमा परिक्षन गर्न लगाउने हो भने जो कोहि ले दुवै समूह दुध को दुध पानी को पानी हुने गरि छुट्याउन सकी हाल्छ! बाहुन इरान, पाकिस्तान, उत्तरी भारत आदि बिशाल भूभागमा फैलिएको एईतिहासिक समुदाय हो! क्षेत्रीहरु “गोरा हून” जाति हो जो मध्ये एशियाबाट आएका लडाक जाति हो! संख्या बढौंन मात्रै भनेको होला!

      • यो पटमुर्ख त साच्चिकै अनुहार अनुसार फरक फरक देश बनाउनु भन्ने जंगली सोच ले भरिएको रहेछ / सबै मिलेर बस्न नजानेको रहेछ / हजार बर्ष अघि नेपाल भन्ने देश कहाँ थियो / भारत कहाँ थियो / विश्वको नक्शा कति फरक भै सक्यो / कहाँ को मान्छे कहाँ पुग्यो / फेरी छाला र नाक हेरेर राज्य दिने भन्ने कस्तो मान्छे रहेछ ?

        • सुबोध ज्यु
          हजार मात्रै होईन दसौं हजार बर्ष अघि देखि नेपाल नेपालनै थियो तर आज भन्दा ५५ बर्ष अघि सम्म भारत भन्ने कुनै देस नै थियन/ आज भारत भनियको भू भागमा अंग्रेज आउनु अघि सयौं देशरुमा विभाजित थियो/

          भारतीय उपमहाद्वीपमा सयौ देसहरुको बिचमा भयको युद्धलाई “महाभारत” भनिन्छ/ त्यो महाभारत युद्ध हुँदा पनि नेपाल भारतीय उपमहाद्वीप सिट असम्भंदित स्वतन्त्र देस थियो/ तेतिबेला नेपालको राजा यलम्बर थियो/ नेपाल भारतीय उपमहाद्वीप सिट असम्बन्धित देस भयकै कारण यलम्बरलाई महाभारतको युद्धमा आमन्त्रण नगरेको थियो/ यलम्बरको नेपालको सिमाना खोज्ने हो भने हामीले आज आधा बिहार दावी गर्नु पर्ने हुन्छ/

      • जबर्जस्ति गोरा हुन नखोज साथि तेही भएर कुमार लाई {cumer } लेखेको ?

  81. हाम्रा नेता हरु ले नेपाल लाई यस्तो गति मा
    चर्केको अन्डालाई सुपर-ग्लु ले जोड्न खोजेको जस्तो नेपाल !
    चँगा कटेपछि तानेको धागो जुल्चिएको जस्तो नेपाल !!
    टुथ पेस्ट धेरै निस्के पछि फेरी ट्युबमा टुथ पेस्ट ट्युबमा फिर्ता पठाउन गाह्रो भए जस्तो नेपाल !!!
    काशी कास्मिर अजब नेपाल !!!!

    सुरज श्रेष्ठ

Comments are closed.