यस्ता पनि कानुन थिए (२)

पुराना कानुनले त्यतिबेलाको समाज, त्यतिबेलाको व्यवहार र त्यतिबेलाको सोच देखाउँछ। त्यतिबेलाको समाजको अध्ययन हो यो एक किसिमले। मेरो हातमा मुलुकी ऐन परेपछि र त्यसलाई सर्सर्ती हेरेपछि त्यसमा रहेका अनौठा कुराहरु तपाईँलाई बाँड्नबाट रोक्न सकिनँ। विक्रम संवत् १९१० मा लागू भएको नेपालको पहिलो लिखित कानुन थियो यो। हेरौँ अहिलेको अवस्थामा अचम्म लाग्ने थप केही प्रावधानहरु-

यो प्रावधानले देखाउँछ त्यतिबेला मानिसहरु कसरी झगडा गर्थे, कसरी गाली गर्थे?

अहो, भनेपछि त्यतिबेला झगडा गर्दा तेरो ओठमाथिको जुंगा हो भने फलानो कुरा गर, जुँगा हैन जाँठा हो भने….भनेर गाली गर्दा रैछन्। १५९ वर्षअघि यस्तो गाली गर्दा २ रुपियाँ जरिवाना तिर्नुपर्ने रहेछ। अहिले भने जाँठा, मु* भन्नु सामान्य भइसक्यो र हिट फिल्म र किताबहरुमा समेत यसको प्रयोग हुन थालेको छ।

त्यसैगरी त्यतिबेला झगडा गर्दा धोती फुकालेर देखाउने चलन थियो। कालान्तरमा धोतीको ठाउँ प्यान्टले लिएर हो कि किन हो आजभोलि त्यस्तो झगडा गर्ने चलन हटिसक्यो।

अनि यो अर्को प्रावधान हेर्नुस्, यसबाट प्रष्ट हुन्छ कि त्यतिबेला झगडामा केटाहरुले धोती फुकालेर देखाए जस्तै महिलाले पनि के गर्ने रहेछन् ? अनि अहिले ट्राफिकबाट मापसे परीक्षणको ‘आतंक’ ठान्नेहरुले त्यतिबेलाको कडा प्रावधान पनि हेरे हुन्छ। त्यतिबेला गाडी त हुन्थेन। मान्छे ढल्मलिँदै हिँड्थे। त्यसरी मापसे गरी ढल्मली हिँड्यो भने ५ रुपियाँ जरिवाना हुँदो रहेछ। उतिबेलाको ५ रुपियाँ भनेको कति होला तपाईँ आफै गेस गर्नुस् अब। अझ रकम तिरेन भने एक महिना कैद पनि भनेको छ। अहिले त एक रात मात्रै बसे पुग्छ।

लोग्नेस्वास्नी सम्बन्धी केही कानुन

कुटपिट गर्दाका केही कानुन

16 Comments

  1. उमेशजी येस्तो महत्तोपूर्ण जानकारी लाई मिडिया मार्फत सार्बजनिक गरिदिनु भएकोमा तपाइलाई मुरी मुरी धन्नेबाद छ | आगामी दिन हरु मा पनि येस्तै रोचक प्रशंग हरु को बारेमा थाहा पाउने मौका दिनुहोला |

  2. कानून अहिलेको परिप्रेक्षमा पढ्दा रमाइलो भए पनि त्यसबेलाको परिप्रेक्षमा भने कडा नै मान्नु पर्छ |
    तर त्यसबेला प्रयोग गरिने पूर्णविराम भने थोप्लो (.) रहेछ | अहिलेको जस्तो ठाडो धर्को (|) होइन रहेछ | भनेपछि नेपाली लेखनमा यो ठाडो धर्को पूर्णविरामको रुपमा कहिले देखि चलन थालेको रहेछ ? खसखस पो लाग्यो |
    पत्ता लगाउनुस त उमेशजी | म पनि प्रयास गर्छु |

    • त्यो बेला को कानुन बस्ताब मा अहिले को भन्दा केहि कडा नै लाग्यो मलाई त l जहाँ सम्म लागु को कुरा छ त्यो त तेती बेला थियो वा थिएन थाहा भएन l तर समय सापेक्छ देश मा त्यो कानुन लाई हेर्ने हो भने अहिले ति नाना भाति का कानुन भन्दा पनि देश र जनता लाई बेच्ने दलाल नेता हरु लाई पालै तातो तेल मा डुबाएर मार्ने कानुन चाई पारित गर्नु हतार भै सकेको छ l अहिले को इस्थिती मा देश का एउटा पनि नेता र एउटा पनि दल का दलाल हरु लाई छोड्न हुन्न देश मा सबै नेता हरु जनता को फ्री को भात बजाएका छन् l मेरो कुरा मन नपरे मलाई मन मनै ठुक्नुस l

  3. ओहो कानुन त खतरा पो रहेछा…उ बेलाको कानुन त गजबै आयो पढ्दा खेरि हा हा हा
    – पाद्न्याको;
    – थुक्न्याको;
    – खुर्शानीको;
    – स्वास्नी बेचन्याको;
    – घुर खापी सुतान्याको;
    – गाइ, भैसी, भेडा, बाख्रा, कुकुर्नी, सुंगुरनी, गधाई, उट आदि संग पशु करणी गर्न्याको

  4. तेस बेलाको कानुनमा लात्तले हाने १५ रुपिया जरिवाना, अहिले मान्छे मारे गृह मन्त्रि ..

  5. त्यसो त यी पनि कम रोचक छैनन् नी त्यो कानूनको :
    – साटो कैद बस्छु भन्याको;
    – पाद्न्याको;
    – थुक्न्याको;
    – खुर्शानीको;
    – स्वास्नी बेचन्याको;
    – घुर खापी सुतान्याको;
    – गाइ, भैसी, भेडा, बाख्रा, कुकुर्नी, सुंगुरनी, गधाई, उट आदि संग पशु करणी गर्न्याको लगाएत विभिन्न किसिमले करणी गर्न्याको आदि …

  6. यी कानुन हरु पढ्दा त्येतिबेला देखि अहिलेसम्म हाम्रो समाज मा अपराध कत्ति बढेछ भन्ने प्रस्टै हुन्छ | अहिले त यी कुनै अपराध नै होइनन …जसले बढी अपराध गर्न सक्छ, जसले जति मान्छे मार्न सक्छ, ऊ त सम्माननीय जननेता ….उसलाई सजाय कसले दिने? बढीमा उसले पाउने सजाय (??) हो – “माफी”|

  7. उबेलाको लोग्ने मानिसको आन्तरिक र पुस्तैनी पोशाक धोती रहेछ| उनीहरु नै अहिले आएर अरुलाई धोती भनेर गाली गर्नेलाई के सजाय दिने?
    राणाकालमा बगम्फुसे कानुन बनाएरै विभेदको बीजारोपण गरेका रहेछन| यो अहिले निकै मौलाएको हामी सबैले देखेका छौ|

  8. कानुन कडा छ! ज्यान को बदला ज्यान ,जारलाई मार आदि ईत्यादी , सायद यो जंगेको कानुन जस्तो छ!

  9. जानकारीको लागि शालोक्य ज्यु लाई धेरै २ धन्यवाद !
    नेपालमा अब यस्तै कानुनको अति आवस्यक छ / तर सजाय चाही त्यो जमानाको रु. १ = रु.१०,००० गर्नु पर्छकी ?, सबै साथीहरुले विचार गर्नुहोस है / अब हामी पनि नेपालमा यस्तै कानुन ल्याउनु पर्छ भनेर आन्दोलन पो गर्ने हो कि ? हाल मौसम पनि आन्दोलन कै छ /

  10. होइन हौ कस्तो गजबको कानून व्यवस्था थियछ/ भाषा, बर्ण र लिपि हेर्दा पनि अनुमान लगाउन सकिन्छ कि त्यस बेलाका मानिस हरुको बोलि पनि भिन्नै
    किसिमको हुनु पर्दछ /

    अनि ऐनमा लेखिय भन्दा अरुनै शब्द प्रयोग गरि झगडा भयमा चाही कुन कानून र ऐन प्रयोग हुन्थ्यो होला ?

    जेहोस् एक छिन भयनी पढ्नमा मजा आयो /
    ब्लग को लागि साधुबाद !!

  11. नेपालमा ठुला बडा भानौदलाई पनि कडा सजाय दिनु / कैद मा छुट हुन्या छैन /
    नराम्रो काम न्यादिसले गरया पनि दण्ड गर्नु / न्यादिश भन्या भगवान नमान्नु /

  12. उ बेला राणा हरु को बोलि नै कानुन हुन्थ्यो | यो त् सर्बसाधारण ले निसाफ गर्दा फलो गर्नुपर्ने नियम मात्र भए |
    दांत झारेको सम्बन्ध मा झन् हास उठ्दो कानुन थ्यो भन्ने सुनेको थिए ,खै उल्लेख भएको देखिएन |

Comments are closed.