देश अनिश्चितकालीन बन्दको मारमा


समाचार एजेन्सी एपीले विश्वभरका मिडियामा पठाएको यो फोटो अस्ति क्षेत्रीबाहुनले गरेको दुई दिने नेपाल बन्दको पहिलो दिनमा काठमाडौँमा खिचिएको हो। हरेक बन्दमा हुने लगभग यस्तै हो। आजदेखि उही क्षेत्री बाहुनहरुको संगठनले अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको छ र केही उग्रहरु सडकमा यसरी नै उत्रिरहेका छन्। उनीहरुमात्र हैन, अब बन्दको लामै लिस्ट बनिसकेको छ। अबका केही दिनमा पालैपालो बन्दहरु हुँदैछन्। वैद्य पक्ष र अरु साना दलहरुको मोर्चाले एक दिने बन्द गर्दैछ, कमल थापाको राप्रपा नेपालले दुई दिन बन्द गर्दैछ र आदिवासी जनजाति महास‌ंघको तीन दिने बन्द छ।

माओवादीको अनिश्चितकालीन बन्दमा बन्द सहन नसकेर सडकमा उत्रँदा लुत्रुक्क परेर बन्द फिर्ता गरे जस्तो स्थिति आउला त अहिले ? यत्रो दिन बन्द हुँदा बन्द आयोजकप्रति मान्छे भड्कन्छन् कि भडकँदैनन् ? किन सफल हुन्छन् यस्ता जबर्जस्ती लादिने बन्द ?

वास्तवमा अधिकांश बन्द तोडफोड हुने डरले सफल हुने हुन्। बन्दकर्ताको मागमा सहमति भए पनि नभए पनि बाटोमा गाडी कुदायो भने जलाइदिने, फुटाइदिने गर्छन्, पसल खोल्यो भने लुटपाट गर्छन्। त्यही भएर जोखिम मोल्न नसकी बन्द सफल हुने हो।

अर्को कारण कानुनको सफल कार्यान्वयन नहुनु हो। बन्दकर्तालाई किन हो कुन्नि प्रहरीले धेरै माया गर्ने गर्छ। कति ठाउँमा त मैले देखेको छु, प्रहरी आफैले मोटरसाइकल वा गाडी चलाउनेलाई उतातिर नजानु, बन्दकर्ता छन् भन्दै फर्काइरहेका हुन्छन्। उनीहरुको काम त कानुनविपरीत नागरिकको आवागमन गर्ने अधिकार हनन् गर्नेहरुलाई कारबाही गर्नु पो हो त। लाचार बस्छन्। नेताहरुको पुतला जलाउँदा भने सक्रिय हुन्छन् बरु। हिजो तीन दलका नेताको पुतला जलाउँदा लाठी बजारेर घाइते बनाएछन्। पुतला जलाउँदैमा नेतालाई पोल्ने हैन आखिर। सर्वसाधारणको वा सार्वजनिक सम्पति जलाउन थाले भने लाठी बजारे हुने हो। नेताको पुतला जलाउँदा लाठी हान्नेहरुले जनताको मोटरसाइकल जलाउँदा टुलुटुलु हेरिबस्छन्। अनि जोखिम किन मोल्ने ?

फेरि बन्द हड्तालमा तोडफोड हुँदाको क्षतिलाई बीमा कम्पनीले पनि पैसा तिर्न मान्दैन। यो प्रावधानलाई जतिसक्दो छिटो हटाउनु पर्छ। बन्दमा अधिकांश त हेडलाइट, शिशा फुटाउने काम हुन्छ। बीमा कम्पनीले यति बेहोरिदिए मज्जाले गाडी चल्छन् सडकमा। सरकारले कानुन बलियो बनाएर तोडफोड गर्नेबाटै क्षतिपूर्ति असुल्ने भन्ने कुरा आदर्श वाक्य हो। यो सुन्दा राम्रो भए पनि कसैले पनि कार्यान्वयन गराउन सक्ला जस्तो लाग्दैन।

बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकाल्ने काम पनि पछिल्ला दिनमा ठप्प भएको छ। यस्ता बन्दविरोधी र्‍यालीले पनि यसअघि भएका बन्दहरुलाई मत्थर पार्न सहयोग गरेको थियो।

बन्द असफल पार्न के के गर्न सकिन्छ, तपाईँको पनि सुझाव भए दिनुहोला।

फोटो साभारः निरन्जन श्रेष्ठ/एपी

95 Comments

  1. when I see these pictures. It most be uneducated people & country will never develop 200 years backward. Such situation continue in country. nepalese will suffer from daily need things difficulty. Multiplication worst & worst no solution doing better conditional of NATION.
    We need education new thought,to develop country. Be educated be civilized. That’s all from my side now you to choose.

  2. जस्ले जे-जे गरे पनि, सडक तिरको खेल कुर्सीका बहादुरहरुले हेर्ने कहिले! सर्वसाधारणहरु आ-आफै लड, कतिसम्म सक्छौ! भोक-रोग-शोक लागीन्जेल बाकी हुनेहरु पनि लड उतै सहरतिर! नेपाल लडाई गर्ने मैदान(?) पालै-पालो बन्द/मन्द गरेर दण्ड देउ आफैलाई I मेरो गाउँमा त पानी आउन बन्द, खेतीपाती हुन बन्द, उकाला-ओराला नाप्ने गोडा बन्द भा छैनन्..! निराशा भने भको-भइ छ, अलिकति मिठो/नमिठो मृगतृष्णा छन् अझै I अब त्यो चै प्रत्यक नेपालीले ”बन्द” गरे हुन्छ I अर्काको बाटो, काम, अर्काको माम, धाम, चक्काजाम जस्ता घटिया गरेर हुन्न I

  3. पहिले पहिले जाति भातिको कुरो मतलबनै थिएन | अब त यो सानो राज्जेमा यो जात र त्यो जात ले कुरो बिगारी सक्यो | सबभन्दा पहिले माओबादीले सिकाएको ज्ञानगुण निर्मुल पारौ अनि येस्ता वाहियात बन्द आफै हराउछ |

  4. चन्दा आतंकको मार हुदै डर त्रासको मार.. दैनिक उपभोग्य बस्तु अभावको मारले निम्त्याएको कृतिम महंगीको मार… यसै पनि कष्ट काफि नै थियो नि; त्यो माथि बन्दको मार !!
    माओबादीको जनता तताउने अनावश्यक राजनीतिक मुद्धाले आज देशलाई यो अवस्थामा पुर्यायो /

  5. देस बिगारी आफु र आफ्ना पुच्हरलाई देस लुट्न लाइसेन्स दिने १९९० पछी का नया राजाहरु नेता को बिल्ला लिएका सरम,धरम पचिसकेका जुगाहरु अब जातियता को नाङ्गो सड्यन्त्र मा अझै कसरि भेडा नेपाली जनताको रगत चुस्ने भनेर त सबै सहमतिमा औछन् ,तर देस र जनताको बिकासको कुरामा सधै असहमति ???? जनतालाई पैसा तिरेर पनि बिजुली,ग्यास,पेट्रोल,खानेकुरा,सबैको अभाभ ( कालो मार्केट मा सबै छ) बनाई दिने ,अनि के के मन्त्रीले चाही नमरुन्जेल सम्म बहालवाला मन्त्रि(डाका) ले जस्तै सबै सुभिधा पाउने?? मेरो बिचारमा यो कुनै पनि प्रजातान्त्रिक देसमा छैन र भएपनि देस र जनताको लागि राजनीति गर्ने इमान्दार व्यक्तिले त्यस्तो सुबिधा ( भ्रस्टाचार ) कहिले पनि लिदैनन.तर हाम्रो नेपालमा प्रजातन्त्र आएर के चाही खुल्कियो,गरिब ले दिनभर कामगरी आफ्नो परिवार लाई खान जुटाउन पहिले पनि सकेको थिएन,अहिले पनि त्यहि छ . १९९० पछी खाली राजनैतिक पार्टीका नेता भनौदा,उनका भरौटे ले लाख होइन अरबौ भ्रस्टाचार गरि कमाए . ति गरिब नेपाली को हबिगत पचास बर्स जस्तो थियो आजपनि उस्तै छ.प्रचण्ड त जंगल बाट लाजिम्पाट को महलमा सरे,तर ति सुदुर पस्छिमका गरिब नेपाली आज पनि सिटामोल किन्ने पैसा नभएकोले ज्यान गुमाई रहेका छन्.एन .जी.ओ , त धेरै छन् नेपालमा ,तर ति गरिब ले किन सहयोग पाएनन्??? सबै भन्दा पहिले हामी नेपाली ,त्यस पछी अरु मगर,,बाहुन,छेत्री,नेवार,गुरुङ,पहाडिया,मधेसी . नत्र भने आजका नेपाली राजनीति पेसा बनाउने हरुमा ९९% अपराधी वा अपराधीलाई कार्यकर्ता को lable दिने गर्छन जसले शिव पौडेल जस्ता को उत्पादन गर्छ .मेरो बुबा बाहुन,आमा नेवार,मेरो श्रीमती फिलीपिना ,म फसिकेब ,काठमाडौमा २०११ जन्मेको ,१९८४ सम्म दुनियाले नेपाल लाई ‘सांग्रिला ‘भनथिए ,आज नेपालमा के छ,भ्रस्टाचार,दादागिरी,कुशासन,अनि ‘बन्द ‘.बन्द लाई नया कानुनमा बन्द गर्नु अत्यन्तै जरुरि छ.कुखुरा मरेपनि बन्द,लोग्ने स्वास्ने झगडा गर्दापनि बन्द, तर यी बन्द ले लाखौ व्यक्तिलाई अत्यन्तै नोक्सान हुन्छ, जस्तै बाउको क्रिया गर्न गएको व्यक्ति लाई पनि रोक्नु अमनुसिक हो,र म भन्छु ,तर हाम्रा नेताहरु ( माफिया ) लाई केहि पनि मतलब छैन , जनता उठ्ने बेला भएको मलाई लाग्छ,नत्र भने यी नेता (जुगा) हरु हामी जनताको आखामा छारो हालिने गरेका छन्.

  6. २० वटा जती मो सा मा ४० जना जती अलि मोटे मुन्द्रे जगल्टे दादा हरुलाई राखेर प्रतिकार गर्ने ! बन्दकर्ता हरुको तेस्सै भागाभाग भाईहाल्छ 😀

  7. यो बन्द ले गर्दा आज गर्ल फ्रेण्ड संग पनि भेट्न पाइएन/ गर्ल फ्रेण्ड रिसाएर अब सम्भिधान बनेपछि मात्र भेट्छु भंचे….

  8. कंग्रेशी र ए मा ले तेसै पनि छेत्री बाहुन पार्टी थियो , अब त प्रमाणित भयो छेत्री बाहुन पार्टी भयो , अब हेरौला नि चुनाबमा कति छेत्री बाहुन को भोट मात्रै ले जित्ला ?

  9. हरेक टोल टोल मा bandha restricted भनेर त्यो area ko local मान्छे हरु मिलेर बन्द गर्न आएकोहरुलाई चप्पल फुकालेर खेदनु परछ!

  10. जति सके ठुलो आदर्शवादी कुरा फलाके पनि यथार्थलाई आत्मसाथ गर्ने पो होकी ? बन्द आज नेपालमा एक शक्तिसम्पन्न आवाज हो | एक माध्यम हो, जसले अन्धा बहिरा तथा गँवार नेता हरुलाई घुंडा टेकाउन मद्दत गर्छ | यो आजको आवश्यकता हो |
    नेपालमा आजसम्म जसले पनि आफ्नो मांग पुरा गर्यो, उसले यहि उपाय अपनायो | यदि
    यो तरिका गलत हो भने यसभन्दा पहिला पुरा गराइएका सबै मांग पनि त खारेज गर्नु पर्यो नि होइन र ?
    म त भन्छु अरुपनि कसैको केहि मांग हरु बाकी छन् भने बन्द गरिहाल्नुस छिटो, चुप लागेर बस्नेले मौका गुमाउने छन् है ! नत्र भविष्यमा तपाइहुरुका सन्ततिले तपाइलाई जिम्मेवार बनाउने छन्!

    के गर्ने हाम्रो देशै यस्तो छ………!

  11. माथिको फोटोमा हरियो T-Shirt लाउने भाईलाई त केको बन्द नि थाहा छैन होला……..

  12. बन्दको ” बन्द” कसरि हुन सक्छ नेपालमा ? किन भने नेपालमा हालसम्म बन्द नगर्ने कुन चाही पार्टी छ ? माओबादी बन्द गर्ने , कांग्रेस बन्द गर्ने ,एमाले बन्द गर्ने , मदिशे मोर्चा बन्द गर्ने , राप्रपा बन्द गर्ने ! कुनै एउटा पार्टी ले पनि हामी बन्द गर्दैनौ , यो राम्रो कुरा हैन एसले जनता लाई सास्ती हुन्छ भन्छन ? हुन त पोहोर साल सबै पार्टी मिलेर नेपाल बन्द नगर्ने घोषणा गरेका थिए रे , तर उक्त कुरा कुन चाही पार्टीले कायम राख्यो ? जब सम्म पार्टी हरु जिम्मेवार हुदैनन् जनताले मात्र बन्द को “बन्द” गर्ने कुरा गरेर केहि हुनेवाला छैन ! पोहोर माओबादी पार्टीको बन्द लाई फिर्ता लिन बाध्य परेको कुरा लाई म अपबाद को रुपमा लिन्छु , तेसो हो भने अहिलेको बन्द लाई पनि फिर्ता लिन बाध्य पार्न सक्नु पर्यो हामी सबै मिलेर !

  13. बन्द आयोजना गर्ने पार्टी, सँग, संगठन वा समुहको अध्यक्ष सहित केन्द्रिय कमिटीका सबै जना बन्द आयोजना गरेको दिन देखी १० बर्ष सम्म स्वत: सरकारी वा सार्वजनिक पदमा आयोग्य हुने भन्ने कानुन बनाउनु भने बन्द भन्ने नाम सुन्नु पर्ने थिएन कि ??

  14. जनै बाजेले बेल्जियम बसेर सरनार्थी भत्ता खाएर डच सिकेर नेपालको भाषा रहन सहन सस्कृति बिर्सन तयार नहुने
    किन नेपालमा बस्ने जनजातिले आफनो भाषा रहन सहन धर्म बिर्सने ?

  15. First all bandakarta stop using children’s like this for ur purpose. They can protest infront of Singha durbar or parliament for their need why they are giving trouble to all the neplease n Nepal . It’s really difficult to live for the people who earn and daily basis .

  16. “२००७ साल मा प्रजातन्त्र आयो, नेपाली जनताले सिन्दूरे जात्रा गर्यो, २०१७ साल मा राजाले पंचायेत लाद्यो, नेपाली जनताले सिन्दूरे जात्रा गर्यो, २०३६ सालमा जनमत संग्रह घोसणा भयो, नेपाली जनताले सिन्दूरे जात्रा गर्यो, २०३८ सालमा बहुदल हार्यो, नेपाली जनताले सिन्दूरे जात्रा गर्यो, २०४६ सालमा बहुदलको पुनः घोसणा भयो, नेपाली जनताले सिन्दूरे जात्रा गर्यो, नेपाली जनता भनेको भेडा हो. कागले कान लाग्यो भन्यो भनि कागको पछाडी दगुर्छा तर कान छाम्दैना. यो त आन्दोलनको त खालि सुरुवात मात्रै हो, अब त देशलाई आर्थिकक र सामाजिक क्रान्तिको खाचो छ. तेसैले जात्र मा नलाग्नुस.”- स्वोर्गीय गणेशमान सिंह २०४६ सालको आन्दोलन पछी ललितपुरको जमात लाई सम्बोधन गर्दै)

    १३ वर्ष को नरसंहार पछी पनि तेस्तै सिन्दूरे जात्रा भयो, धन्न गणेशमानजी ले देख्न पाएनन्. अब काचो संबिधान आउछ फेरी सिन्दूरे जात्रा, अनि प्रदेश-प्रदेशको झगडा हुन थाल्छ र एक प्रदेशको अर्को प्रदेशमाथि बाहुल्य हुन्छ फेरी सिन्दूरे जात्रा, प्रदेशको झगडा ले गर्दा हामीलाई यो औनी संबिधान ठिक लाग्दैन अनि १० वर्ष पछी फेरी नया संविधानको खोजीमा सडक मा उत्रनेछम्म, अनि फेरी नया सम्भिदान्सभाको चुनाब हुन्छ, कसले जित्ला था छैन तर सिन्दूरे जात्रा चै पक्कै हुन्छ. त्यो बेलामा नेत्रितो गर्नी नेताको महल खडा भाको समाचार पनि पद्नी छौ हामि आजको २० वर्ष पछी. उदण्ड ले तेत्रो पैसा कसरि कम्म्यो भन्दै तीनछक्क पर्छाम्म. तर सुन्नी कोइ हुदैन. देश खोक्रिदै जान्छ. युवा शक्ति विदेश मा पलाएन हुन्छन. देशको ढुकुटी रित्तो हुन्छ. बिहारको सिमा भित्रि मधेश सम्म आइपुग्छ, हिमाल जति तिब्बत. बिचको पहाडी भेग चै भारतको स्वसासित छेत्र नेपाल भनेर घोसणा हुन्छ. त्यो दिन फेरी सिन्दूरे जात्रा अबस्येई हुन्छ.

    के हामि साची नै भेडा नै होकी के हो? के हो के? मलाई नै था छैन. यो हुने गरेका तुक बिहीन बन्धहरुको को बिरोध गर्न न सक्दा चै हो कि जस्तै लाग्छ. धेरै सिन्दूरे जात्राहरुमा सहभागी भाकोमा भेडानै हो कि जस्तो नि लाग्छ.

  17. अन्यजातिको आन्दोलन सफल भयो भने काग्रेस र एमालेका भोटर र कार्यकर्ताहरुले भोट दिदा आफ्नो जातिका उमेदबारलाई दिनेछन भने माओबादि संग जनजातिहरु र तराईका जनता जिउकातिउ रहनेछन जसका कारणले आगामि चुनाबमा माओबादिले आबस्यक मत पाउने छ भने काग्रेस एमालेले कूनै जातिको पनि कुनै जातिको पनि समर्थन वा भोट पाउने छैन ।

  18. सुझाव माग्नु भएकोले यिनै हुन् आफुलाई लागेका सुझाव
    (अस्ति कैलेको कमेन्टमा माईसंसारमा यो कमेन्टकारली प्रदेशको नामकरणमा विवाद देखेर अहिले नम्बर लाए हुन्छ भनेर सुझाव राखेको थिए त्यस्तै भएछ, कसैले पढे जस्तो
    छ | त्यसैले उत्साहित भएर यी सुझाव कोरेको छु, फुर्सदै फुर्सद भएका अनि अनुत्पाद्कीय नेताहरुले पनि पढ़लान भन्ने अपेक्षा गर्दछु|)

    १. खुला गरन्या (वा वन्द निषेध गरन्या) कानुन बनाईन पर्छ|
    २. राजधानीका कतिपय क्षेत्रहरुमा बन्द हड्ताल स्थायी रुपमा निषेध गरिनपर्छ| (स्वास्थ्य केन्द्र, पठन पाठन केन्द्र,आवश्यकीय बिजुली पानी सुचना आपूर्ति केन्द्र र यातायात, सार्बजनिक स्थलहरु आदि)
    ३. राजधानी र देशका अन्य कतिपय क्षेत्रमा बन्द निषेध सम्बधी हेर्ने बिशेष अदालत स्थापना गरिनपर्छ|
    ४ . जसले कानुन उलंघन गर्छ उसलाई कडा सजाय हुनपर्छ| सम्पति तोड फोड गर्ने कार्यलाई सख्त सजायको व्यवस्था गरिनपर्छ|
    निषेधित क्षेत्रमा क्यामेरा राखिन पर्छ, भिडिओ खिचिनपर्छ साथै भिज्युएल र संचार माध्यम र छापामा आएका फोटोहरुलाई अदालतमा मान्यता दीईनपर्छ|
    पुलिसले डण्डाले प्रदर्शनकारीहरुलाई पिटेर लखेट्ने होइन| आग्रह अनुरोध गरेर सो ठाउँ निषेधित भएको जनाउनपर्छ| कुन कुन ठाउँ निषेधित हो त्यो नोटिसमा जनाएको हुनपर्छ|
    अनुरोध अनुनय गर्दा पनि अटेर गर्नेको फोटो उठाएर अदालतमा पेश गर्नपर्छ|

    ५ . सार्बजनिक स्थलमा टायर बाल्ने, प्रदुषण दुषित पार्ने र सार्बजनिक सम्पति हाने नोक्सानी गर्ने र गर्ने उदेश्यले गरिएको ठहरिएमा सजायमा निश्चित समयको लागि
    क )पासपोर्ट निलम्बित र
    ख) कुनै पनि सरकारी श्रोत बाट तलब भत्ता लिने पद बाट बन्चित गराईने
    साथै
    ग) जरिमाना पनि हुने गरिनपर्छ र जेल सजाय गरिनपर्छ| यसरी जेल चलान गरिंदा तोकिएको खान बस्नको खर्च समेत जेल प्रशासनलाई बुझाउन पर्नेछ|

    अन्तमा,
    गणतन्त्रमा आफुलाई चित्त नबुझेको कुरोको बिरोध गर्ने र प्रदर्शन जनताको हक हो| यो हकलाई कुण्ठित पार्ने अधिकार कुनै सरकारलाई छैन| तर गणतान्त्रिक हकको मर्यादा राख्दै देशमा शान्ति सुव्यवस्था र अमन चैन कायम राख्ने दायित्व सरकारको हो|
    यसैले,
    ६) राजधानी वा शहरी क्षेत्रमा कंहा बिरोध जनाउने वा प्रदर्शन गर्ने भन्ने ठाउँ निश्चित गरिइनपर्छ| शहरको मुटु टुँडिखेलमा गरेर हुँदैन, आवत जावतमा जनतालाई असुविधा हुन्छ, अस्पताललाई डिस्टर्ब हुन्छ| अन्य देशमा प्रेस क्लब अघि शान्तपुर्बक आफ्नो बिरोध जनाउने र मांग राख्ने गरिन्छ| हाम्रो देशमा पनि त्यसै गरे कसो होला? तर प्रेस क्लब कि गोदावारी नत्र थानकोटमा राखिनपर्छ| संचार माध्यमले सबै दिई हाल्ने हो, जनता समक्ष पुगिहाल्छ|
    शान्तिपुर्बक प्रदर्शन र बिरोधको अर्को उपयुक्त स्थल मन्त्रि निवास अघि पनि हुनेछ|

    जब सम्म तोडफोडकारी, टायरजलनकारी र जसले जैले हड्ताल डाक्यो डर त्रास उत्पन्न गराएर जबर्जस्ति बन्द गर्ने गराउनेहरुलाई कानुन बनाएर सख्त कारवाही गराईदैन तब सम्म बन्दको मर्का नेपाली जनताले भोगीरहनु पर्नेछ|
    टायर बालेर फायदा उठाउने राजनैतिक पार्टीहरुमा हिम्मत छैन एउटा सख्त कानुन बनाउने तर जनताले यसमा चाप दिए यो नहुने कुरै छैन|

  19. धारो मा पानी छैन तर नेपाल बन्द हुन्न,बिजुली छैन,रोजगार छैन,जमिन छैन,बिहान ,बेलुका को खाना छैन तर नेपाल बन्द हुन्न / नेता को स्वार्थ का लागि महिनौ बन्द /वा नेपाली दाई, दिदि वा कस्तो परम्परा को विकास गरेउ नेपाल मा सकिन्छ भने, बिदेसी हरु लाई पनि उपहार देउ अलि कति धर्म हुन्छ /

  20. बन्द कर्ता लाई shoot at sight गर्ने बाहेक प्रभाब करी उपाय देख्दिन /

  21. नेपाल मा जब सम्म विकास हुदैनन्, रोजगारका अबसरहरु जनता सम्म पुग्दैनन, काम गर्ने संस्कार को विकास हुदैन र येस्तई बन्द हड्ताल हरु सफल भै रहनेछन. बिकसित मुलुक मा कसैलाई राजनीतिक गफ गर्नु छैन. सरकारले दिनु पर्ने सुबिधा हरु उपलब्ध छन्. काम गरेरनै फुर्सद छैन हप्तामा हुने २ दिन बिदा रमाइलो गर्यो सकियो.अनि कसलाई मतलब राजनीति बन्द हड्ताल तोडफोड अनि दुनिया खोक्रा आदर्श र देशभक्तिका कुरा सुन्न र गर्न का लागि. हाम्रो संस्कार अब बढी आदर्शवान बन्दैछन. खोक्रा आदर्श ! हाम्रा युबाहरु आफ्नो देशमा सानो तिनो भए पनि इलम गर्ने जागर र जोश छैन. तेती ठुलो संख्या मा इंडियाबाट आउने मान्छेले गर्ने काम नै गर्न सके पनि एउटा सानो प्रतिशत भए पनि देशमा रोजगारीको समस्या हल हुन्थ्यो.तर के गर्ने हामीलाई लाज लाग्छ, चिया पसलको गफ गरेर महँगो रासन पचौना पयेसी अरु के चाहीयो र?
    अस्ति भर्खर नेपाल गएको थिए, सबै मेरा चिने जानेका भाईहरु जता भेटे पनि राजनीतिकै गफ सुरु दिक्क लाग्दो गरि के नै खुल्काए जस्तै. झ्याउ लाग्दो! उफ्फ़ !!! नेपाली जनतामा हुर्केको यो संस्कारले एक दिन नेपाल सुडान जस्तो बनेमा मलाई अस्चार्य लाग्ने छैन. कामना गर्छु तेस्तो दिन देख्न नपरोस.
    बीर नेपालीको गीत धेरै गाइयो अब
    कर्मसिल पनि बन्ने कि ?

  22. ‘बन्द’ को अन्त्यको लागि त बन्द गर्नेहरुलाई मज्जाले ठोक्ने अनि सार्बजनिक अपराधमा मुद्दा चलाउने…………..यसको लागि सरकार निर्दयी र कठोर हुन सक्नु पर्छ………..

  23. खुला नेपाल पो राम्रो होइनर?
    बन्धले झन् समाज अनि देशमा आर्थिक, सामाजिक, बौद्धिक अनि संस्कित्रिक बिकाशमा बाधा पुर्याउने होइनर? हामी जनताले नेताहरुलाई पो खबरदारी गरेर रोडमा भन्दा सदनमा हाम्रो देशमा शान्ति, चौतर्फी बिकाश अनि आरु आवस्यकताका कुराहरुलाई औंल्याउनु पर्ने हो जस्तो लाग्छा मलाई त! अम्बुलेंसलाइ रोकिएको छ, बिरामीहरु आस्पताल पुर्याउन नसकेर मरेका छन्, दैनिक ज्याला गरेर खानेहरु अनि तिनमा भर्पर्नेहरु भोकभोकै मर्ने स्थिति छ, ब्यबसायहरु धराशायी बनेका छन्, बनाउने त परै जाओस बिगार्नेको लाइन छन्, किन यस्तो भैरहेको छ देशमा यस्तो एक दिन होइन, दुइ दिन होइन, संधैको यो बन्धले देश बर्षौं पछी धकेलिरहेको छ! जिम्मेवारी लिएर बस्नेहरुले बिघ्नका पहाडहरु फोरी ठीक निर्णय गरि अगाडी बढ्न ढिला भैसकेको छ! सबैलाई चेतना भया! नेपाल र नेपालीहरुको जय होस्!

  24. बन्दकर्ता हरुले जनताको नाम मा जनतालाई दुख दिने काम मात्र गरेका छन् त्यो पनि कतै बाट जनता लाई दुख दिन को लागि रकम हातमा समातेर होइन भने किन उनीहरु ६०१ लाई एकै ठाउँ मा जम्मा गरेर त्यो ठाउँ मात्र बन्द गर्दैनन् ? यो देशमा जे गर्न पनि विदेश को सहयोग चाहिने बन्द गरेर जनता लाई दुख दिन पनि ! पैसा गोजीमा हाल्ने घरमा मोज गरेर बस्छन अनि भरे भुरे हरु सडकमा रमिता गर्छन ! अलि अलि पैसा चाही छार्च्हन है !

  25. बन्द गर्ने हरु को घर मा धमिरा परोस
    नेता हरु को घर मा झगडै झगडा होस्
    ज्यान सुकेर मुरली बनोस
    तेही मुरली बन्द को दिन मा हामी ले बजाउनु पावोस
    तिनी हरु को खल्ती मा १ पैसा पनि नहोस
    मन मा सधै अशान्ति छाओस
    घर मा काम गर्ने कान्छा कान्छी ले नेता हरु लाई लसुन पिसाई पिसोस
    खान मा झिंगइ झिंगा परोस
    रात दिन निन्द्रा नलागोस
    आँखा फुटोस कान बहिरो होस्
    लोग्ने स्वास्नी हाना हान परोस
    Girlfriend पोइल जावोस
    सधै तिनी हरु को घर मा कलह छावोस
    अन्त्य मा किरै किरा परेर मरेको सुन्न परोस

  26. खोर्शानी को धुलो काउछो आदि बोकेर हिड्ने जसले रोक्न खोज्छ आँखा मा हालिदिने अरु उपाय छैन है !!!!!!1

  27. हाम्रो नेपालमा ३ वटा कुराहरुले बिकासको बाटोमा अगाडी बढ्नु समस्या परेको छ. १. बन्द २. गन्ध ३. द्धन्द
    तेस्मा पनि यो बन्दले त कति मार र घाटा परेको छ देश र जनतालाई . यसको लागि सबै जनता एकजुट भएर उठ्नु परो, कि कसो?

  28. जसले बन्द गर्दा पनि सबै मिलेर प्रतिकार गर्नु नै बन्द को समाधान हो जस्तो लाग्छ मलाई त

    • देश को अवस्था यो भन्दा कति बिजोग हुन सक्छ कि ८०% भन्दा पनि माथिल्लो प्रतिसत का जनता हरु यस्ता बन्द का मारले जलेको चुलो बुझाउन बाध्य हुन्छन l देश को एस्तो दुराब्स्था मा पनि अन्धा नेता हरु घुम्ने कुर्सि मा बसेर मस्ती लूतिरहेका छन् l महाभारत को कौरव पाण्डव युद्द भन्दा मेरो देश अझ खस्किदै गैरहेको मा हामी जनता हरु टाउको मा हात राख्नु को विकल्प देख्दैनौ l हामी संग गर्ने विकल्प धेरै हुदा हुदै पनि हामी निरिह बनेर ईनिहरुको घिन लाग्दो कर्तुत हरु हेर्न बाध्य भैरहेका छौ l हामी मा चेतना छ तर जगैदिने कसले ??? आखिर हाम्रै भनौदा हरु ले हाम्रो नेपाल आमा लै बलात्कार गदै छन् !!!!!!!!!!!

  29. संसारमा यो नेपाललाई अब सगरमाथाको देश वा बुद्ध जन्मेको देश भनेर चिनाउनु भन्दा बन्दै बन्दको देश ‘नेपाल बन्द ‘ को देश भनेर चिनाउने भए नेताहरुले ! हैन… यी नेताहरुले के सोंचेका छन हँ जनतालाई ? संधै गुमराहमा राख्न सक्लान त यिनीहरुले ? हुन त, नेपाली जनता भनेको भेंडा नै हुन् भन्थे गणेशमानजीले ! ठिकै भनेछन कि क्या हो ! जत्ति गरेपनि सहन्छन बा ! भोलि चुनाब होस् त ५ फूटमाथि त्यै नेताको पछी लागेर उफ्रन्छन नेपाली जनता… के के न पाउला भनेर… ! ऐले ठिक्क पर्यो यिनीहरुलाई…! अब त जनताले राम्ररी चिने होलान नि आफ्ना प्रिये नेताहरुलाई ! जे भए पनि यो देश बिगार्ने यिनै नेता नै हुन् .. सबैलाई चेतना भया ! भोलि भारतको दास भएर जिउनुपर्दा बल्ल बुद्दि आउला नि हामी सबैको कि कसो…?

  30. कती बन्दहरू त बाध्यात्मक पनि हुन सक्छन, तर केहीको बन्दहरु आफ्नो पार्टी बचाउको लागि सुनियोजित पनि देखिन्छन ! मेरो विचार गलत हुन सक्छ, तर जति जातीयरुपले जनताहरु आन्दोलित हुन्छन त्यति राजनैतिक पार्टीहरु, बिशेस गरेर एमाले र नेपाली कांग्रेसलाई घाटा हुन्छ- यसको मतलब म माओबादी अथवा अरु कानै पार्टीको समर्थक होइन ! अहिलेसम्मको नेपाली राजनीतिमा बाहुनहरुले दरबारलाई आफ्नो घेरामा राखेर आफ्नो स्वार्थको मात्र राजनीति गरे ! अशिक्षित, तल्लो जात भनिएका र पछाडीएका बर्गहरुलाई कहिल्यै मुलधार समुहको रुपले हेरिएनन ! जनताहरु अहिले बुझ्ने भए, आज जातीय आवाज निस्कनुको कारण यहि हो ! अब हुने चुनाबहरुमा नेपाली जनताहरुले राजनीतिक पार्टीलाई होइन, आफ्नो जातलाई भोट दिन्छन ! यसमा नेपाली कांग्रेस र एमालेले धेरै क्षति बेहोर्नु पर्ने हुन्छ, हेरी राख्नु होला ! अरु देशको जनताहरु भन्दा नेपाली जनताहरु केहि समयअधिसम्म यति स्वाभिमान कि उनीहरुलाई आफ्नो जात, धर्म, बहसको कुनै पारबह थिएन ! त्यसैले तामांग बस्तीबाट पशुपति शम्सेर माननीय भए ! भोजपुरबाट मुकुन्द माननीय बने ! थारु बस्तिबता अर्कै बाहुन चुनिए ! नेपाली जनताहरु यति साम्प्रदायिक भए कि अब उनीहरु अरु जातलाइ विश्वास गर्ने पक्षमा छदै छैनन् ! नेपालको अबको रोग भनेको यहि जातीय बिषय हो !

  31. पहिला पहिला बन्दको बेला चलाउने मोटरसाइकलमा ‘मलामी’, ‘प्रेस’, आदि लेखेर चलाइन्थ्यो ता कि बन्दकर्ताले सहानुभूति देखाएर छोडीदिन्थे | तर आजभोलीका बन्दकर्तामा कहा त्यो सहानुभूति पाउनु | अब चै तर्साउने उपाय निकाल्नु पर्ला जस्तो छ |
    “यो मोटर साइकलमा बम फिट गरेको छ, आट छ भने फोड्न आओ” लेखेर चलायो भने चाहि केहि होला जस्तो छ | अर्काको ज्यानलाइ हुने सास्ती पो महसुस नगर्ने हो आफ्नो ज्यानको त माया सबैलाइ लागिहाल्छ नि … 🙂 🙂

  32. यो बन्द पनि बर्गीय हुन्छ कि क्या हो , एशो उदाहरण हेरौन , जस्तै
    बन्दमा :

    “साइकल चलाउन हुने / मोटर साइकल चलाउन नहुने ,
    रिक्शा चलाउन हुने / अटो रिक्सा (टेम्पो) चलाउन नहुने ,
    गाऊ खुल्ला हुने / सहर बन्द हुने,
    मोबाइल होटेल (ठेलाहरु) चल्न हुने / होटल रेस्तुरान्त बन्द हुने ,
    सडकमा (प्रचण्ड-रेखा) दोहोरि नाच हुने / डान्स डिस्को बन्द हुने ,
    भट्टी खुल्ला हुने / बार बन्द हुने ”

    माथिका ४-५ हरफलाई गाऊ खाने कथा नै बनाउनु पर्ला जस्तो छ (अहिलेको सन्धर्भमा देश मास्ने कथा )

    • सारै घत लग्यो तपाइको कुरो मैले फेसबुक स्टाटसमा राखे कृपया कपि रईटको मुद्धा नगर्नु होला.

      • रेग्मी जी माथि हाम्रो नेपाल आमा को बिसय मा चिन्तन हुदै छ कुनै चुटकिला भैरहेको छैन यो बिसय परिपक्को बिसय हो यदी सहि विचार दिन जान्न हुन्न भने प्रस्तुत गरिएको विचार लाई राम्रो संग पढेर like वा dislike गर्ने सम्म कस्ट गर्नुस l मन नपरे dislike ठोक्नुस तपाई को बेक्तिगत सम्पति जादैन l कि कसो ????????????

        • सरला ज्यु ,
          यहाँ चुटकिला को कुरै भएको छैन, रेग्मी ज्युले फेसबुकमा राख्ने कुरा गर्दैछन , वहाले सारै मन परेर नै त्यस्तो भनेका हुन् कृपया अलि बुझेर कमेन्ट गर्नु होला

  33. बिरोध को लागि जुलुस आम सभा गर्न पाइने बन्द गर्न नपाइने र बन्द खुलाउन प्रहरीले गोलि चलाउन पाउने कुरा नया संबिधान मा स्पस्ट लेखिनु पर्छ

    • के कुरा गर्नु भए को होला, यी नेता ले आफै लाई गोलि हान्ने कानुन पनि बनाऊ छन् र भन्या . आफु सरकार मा हुदा बन्द को बिरोध गर्ने आफु बाहिर हुदा सरकारी गाडी मा ढुंगा ले हान्ने . यी नेता हरु को आफु ले खाने प्रपंचा हो नि त .

  34. सालोक्य जी,
    अब देश भित्र भित्र जात जात को दल दल मा फसेको जस्तो लाग्यो किनकी हेर्नुस काठमान्डू का जनता मा पनि तेस्तै भएको जस्तो लाग्यो/ काठमान्डू मा नेवारले नेवार , बाहुन छेत्री ले बाहुन छेत्री, गुरुङ ले गुरुङ, मधेशी ले मधेसी को समर्थन को भावना प्रबल रुपमा बढेको छ / पहिला जस्तो माओबादी ले अनिश्चित काल बन्द गर्दा हरिबश /मदनकृष्ण र नागरिक समाज र सब काठमान्डू बासि एकभएर बिरोध गर्दा माओबादी झुकेर बन्द फिर्ता लियो तेतिखेर तर अहिले तेस्को ठिक उल्टो मलाइ कता कता डर के लागिरहाचा भने हरिबश ले अब बाहुन लाइ समर्थन र मदन कृष्ण ले अब नेवार को वकालात त गर्दैनन् /??

    तेसैले जसले जे भने पनि सामाजिक सदभाब हजारौ बर्स पहिले देखिको सुस्त सुस्त खल्बलिदै गएको छ तो चाहे पढेलेखेको डाक्टर होस् वा डोटी मा बस्ने खस होस् वा राजविराज मा बस्ने मधेशी होस् , वा इलाम को राइ होस् / प्रचण्ड ले जात को राजनीति अझै भुक्न छोडेका छैनन् तेसैले छेत्री बाहुन, नेवार, मधेसी, राइ सबले आफ्नो आफ्नो लाइ समर्थन जानी नजानी गर्न लाग्या छन् यो नै सबै भन्दा डर को बिसय छ कतै साम्प्रदायिक दंगा त् भत्कदैन/ अब नेपाल र नेपाली राजनीति आस्था मा फरक विचार राख्ने को फूट होइन अब जात जात को फुट मा फुट मा प्रचण्ड मार्का लाग्या जस्तो लाग्यो / प्रचण्ड ज्यो अब नेपाल घर मा जातीय आगो लगाउनु भयो भने तपाइँ लाइ अन्तरास्ट्रिय क्रिमिनल कोर्ट हेग मा तपाइँ पनि छिटै पुग्नु हुनेछ / तेसैले सब जात जाति एकभएर राजनीति आस्था/भौगोलिक को आधार मा पार्टी र प्रदेश बनाउ नत्र भने जातियता को आगो दंकेला अनि तेस्पची सबैलाई पोल्ला अनि नेपाल आमा धुरु धुर रुदै बस्लिन /

    • बन्द गर्ने हरु को घर मा धमिरा परोस
      नेता हरु को घर मा झगडै झगडा होस्
      ज्यान सुकेर मुरली बनोस
      तेही मुरली बन्द को दिन मा हामी ले बजाउनु पावोस
      तिनी हरु को खल्ती मा १ पैसा पनि नहोस
      मन मा सधै अशान्ति छाओस
      घर मा काम गर्ने कान्छा कान्छी ले नेता हरु लाई लसुन पिसाई पिसोस
      खान मा झिंगइ झिंगा परोस
      रात दिन निन्द्रा नलागोस
      आँखा फुटोस कान बहिरो होस्
      लोग्ने स्वास्नी हाना हान परोस
      Girlfriend पोइल जावोस
      सधै तिनी हरु को घर मा कलह छावोस
      अन्त्य मा किरै किरा परेर मरेको सुन्न परोस

  35. अस्ति लण्डन RIOT मा जाबो एक bottle पानी चोरेको लाई त CCTV बाट हेरेर ६ महिना जेल हाली दियो | तोडफोड गर्ने लाई त CCTV प्रमाण हेरेर २ वर्ष जेल भयो | हाम्रो देश मा एस्तो कानुन कहिले आउला | येस्ता तोडफोड गर्ने लाई camera ले खिचेर प्रमाण सहित जेल हाल्नु पर्छ |

  36. अब त बन्द गर्नेलाई डोजर ले पेल्नुपर्छ अनि सडकमा मर्यादा कायम हुन्छा

  37. बन्द गर्न तम्सीनेहरु सबै काम नभएका रहेछ । जो काम गरी खान्छु भन्नेलाई पनि गर्न दिएका छैनन् । त्यस्तो बाटोमा बसी उफ्रनु भन्दा कुनै काम गरे त सबै कुरा मिल्दै आउथ्यो नि । बादरहरु आफु पनि काम गर्दैन र अरुलाई पनि गर्न दिदैनन् । कि भन्न सक्नु पर्यो । बन्दकर्ताको माग पुरा भएपछि जो कोहीले पनि कामै नगरी खान पाईन्छ । हैन भने रिस देखाउनु पर्ने कस्लाई हो त्यतै तिर बन्द गर । काम गरेर खान्छु भन्नेलाई गरी खान देउ ।

  38. नानी देखि लागेको बानी “बन्द” नगरी त् हामी बाच्नै सक्दैनौ नि,
    त्येसैले बन्दको तल-तल मेट्नु केहि न केहि त् चाहियो नै बन्द गर्नको लागी, त्येसैले अब उप्रान्त तराइ,पहाड,उपत्यका, नेपाल बन्द छोडेर तपसीलको २ खालको मात्र बन्द गरे कसो होला :
    (क) नेताको मुख:,,,,,,,,,,,,,,,, ता कि केहि पनि हसुर्न नपाएर पेट सुकेर मरोस
    (ख) नेताको मलद्वार : ,,,,,,,,,,,ता कि हसुरेको फाल्न नपाएर पेट फुटेर मरोस

    जदौ

  39. योजना अनुसार हाम्रा नेताहरूले गर्ने र गराइने बन्द हो यो ! जसरि पनि जेष्ठ १४ न आओस , येही चाहना स्वरूप नेताहरूको काँधमा काँध मिलाई रहेका छन ! १४ , १५ गते सम्म हो त्यसपछि संबिधान लेखन को म्याद जति महिना सम्म थपिन्छ नी त्यस्त्को ठिक एक महिना अगाडी येस्तै बन्द हुनेछ !!!!!!!!!!!!!!!!!!!!!!!!!

  40. गाई काटेर बन्दैन नयाँ नेपाल!
    भाई फाटेर बन्दैन नयाँ नेपाल!
    पुरा गरेर देखाउ तिम्रा ती बाचा,
    सधै ढाँटेर बन्द बन्द मा बन्दैन नयाँ नेपाल !….

    • डलर र भारुसंग इमान साटेर बन्दैन नेपाल ..

  41. बन्द ले पार्ने नकारत्मक असरहरुको बारेमा नेपालको शैक्षिक पाठयपुस्तकमा नै समाबेश गरे बिस्तारै पछिल्ला पुस्ता सचेत हुन्छ तर अहिले लाइ यस्तै होला।

    • बन्द को नकारात्मक असरलाइ शैक्षिक पाठयपुस्तकमा राखेर के गर्नु , स्कुल जाने फुचे हरु माथि फोटो मा motorcycle ठटाउदै छ | पुस्तक कसले हेर्ने |

  42. येस्तै छ यहाँ को चलन / जित्ने को हासो हासो , हार्ने को नेपाल बन्द बन्द / मेरो छैन कसैलाई गुनासो / किन कि गुनासो गरेर कसैले बुझ्ने हैन किनकि नेता हरु जति सबै कुकुर हुन्, तिनीहरु ले मान्छे को भाषा बुझ्दैन /

  43. नराम्रो कुरा को सबैले बिरोद गर्नु पर्छ. हरेक बहाना मा बन्द गर्नु राम्रो होइन.
    अब त अति यस्तो बन्दहरु, अब सबै मिलेर रोक्नु पर्छ

    सतिले सरापेको हाम्रो देशमा कहिले शान्ति न आउने भयो ,,,,देश सम्झेर पनि वाक्क लाग्नु थाल्यो ,,,,धन्यवाद तिमि हरु लाई ,,,धेरै राम्रो गरिस नेपाल बन्दै बन्द गरेर ,,,गरिब जनताको लागि धेरै राम्रो गरिस,,,,,,

  44. माथी दिपक जी को कमेन्ट तितो यथार्त हो .

    ( आ- आफ्ना जायज माग राखेर प्रदर्शन गरुन तर अन्य सर्बसाधारण र मुलुकलाई
    हानी नहुने गरि . जस्तो कि कुनै क पार्टीले कुनै जायज माग गर्नु छ भने उसले
    सर्बसाधारण , मुलुक र बाताबरणलाई हानि नहुने गरि गर्नु पर्यो . अब कसरी गर्ने
    भन्दा बिभिन्न उपाय निकाल्न सकिन्छ , जस्तो कि त्यो क पार्टीले आफ्नो माग
    राख्न लाई उसको पार्टी या ग्रुप संग सम्बन्धितहरुलाई पुरै कालो या सेतो कपडा
    लगाएर सडक छेउबाट मौन जुलुश गर्न सक्ला या सम्बन्धित प्रशासन ( काठमाण्डौ
    मा भए शिह दर्बार आदि ) मा गएर धर्ना दिन सक्लान् आफ्नो मागको लागी
    तर त्यो तिनका मागको लागी मुलुक बन्द गरेर , सडक बाटो बन्द गरेर तोडफोड
    गरेर सर्बसाधारणको दैनिक जिबनलाई असर पारेर गर्नु भएन )

    यसको लागी राज्यले सबल कानून बनाउनु पर्यो अनि त्यसलाई ब्यबहारमा कडाईका साथ् लागु गर्न सक्नु पर्यो .
    अनि बल्ल मान्छेलाई कानूनको डर ( सम्मान ) हुन्छ राज्य ( सरकार ) को भर
    हुन्छ )
    बारम्बार भईरहने बन्दले सर्बसाधारणलाई शास्ती त हुन्छ नै मुलुकले पनि दैनिक
    करोडौ आर्थिक घाटा व्यहोर्नु पर्छ — —
    बन्द गराउने काम/ ब्यबहार लाई सार्बजनिक अपराधको रुपमा कानूनले लिन सके
    र सो अनुसार बन्द गराउने ग्रुप / पार्टी र बन्दमा सामेलहरुलाई सरकारले कानून मार्फत दण्ड जरिबाना लगाउन सके बन्द गर्न उक्साउनेहरू निरुत्साहित हुने थिए .

    कटु यथार्त यै हो हामीमा न त कानूनको डर छ न त राज्य ( सरकार ) कै भर
    छ ———————- जुन अत्यन्तै चिन्ताजनक कुरा भई’रा छ ऐलेको नेपालमा .

  45. गर गर अजै धेरै बन्द गर !
    सबै जना लडेर मर्

    आखिर केनै छ र गर्नु अब
    हुन्छन सबै स्वार्थी र निकम्मा जब

    न ज्ञान न बुद्धि
    सभ्यता भन्ने कहिले आएन
    जंगलमा नबसेनी …कस्ता जंगली
    देश कहिले सफलताको बाटोमा लागेन

    धिक्कारछ तहरू जान्ने बुज्ने भन्ने जमातलाई
    बेस्मारी फुटेर मर्
    पिटा पिट गर्
    एक अर्कालाई अनि देशलाई लुटेर मर्

    गर गर अजै धेरै बन्द गर्

  46. बन्दलाई निरुत्साहित पर्ने हो भने यति ३ वटा काम गरे पुग्छ –
    १) बन्दमा हुने तोडफोड को हर्जाना जुनपार्टीले बन्द गर्छ उसले तिर्ने / या सरकारले तिर्ने – त्यो पनि निबेदन परेको ३ दिन भित्र मा , त्यो तिर्न जति ढिला गर्यो , हरेक हप्ता १०% को दरले थप ब्याज रकम
    २) बन्दको निहुमा अनाबस्यक जबर्जस्ति गर्ने , त्रास फैलाउनेलाइ एक हप्ता कैद र हर्जाना तिराउने
    ३) बन्दको प्रचार गर्दै हिड्नेलाई प्रहरी हिरसातमा लिएर , उस्सले बन्द भनेको मितिपछि मात्र छोड्ने

    ल यती कुरो होस् त , अनि हेरुम कसले भनेर बन्द हुदो रैछ /

    • कुरो एकदम ठिक ठिकै हो तर यी कुरा त रास्त्रमा सरकार का तर्फा बात गर्ने गराउने कुरा हुन् ! यो भन्दा पनि बरु,
      यो बन्दहरुमा जतिपनि बालक नाबालक र बयास्कको लागि मेर नपुगेका हरु लागि पर्छन वा उनीहरुलाई उपयोग गरिन्छ तिनीहरुको फोटो भिडियो खिचेर प्रमाण सहित बाला दुरुपयोग (चाइल्ड याब्युजमेंट) को अन्तरास्ट्रिय अदालतमा ति बन्द आह्वानकर्ता र पार्टी वा तेस्को तेत्रित्वो कर्ताको बिरुद्द मुद्दा ठोक्ने र सजाय गराउने गर्दा ठिक हुन्छ होला!
      यो देश भित्रै पनि बाल श्रम र दुरुपयोग को बिरुद्दमा यस्ता कार्यक्रमको आयोजक र नेत्रित्वो गर्ने को बिरुद्द मुद्दा हालेर यसकिसिमको काम कुरो लाइ दुरुत्साहित गर्न सकिन्छ!
      हेरौ यहि माथिको दुइवोटा फोटोमा नाबालक हरुको हर्कत! यिनीहरुलाई कसले उत्साहित गरेको छ तिनीहरु बिरुद्द मुद्दा हाल्ने र कदासे कडा कारबाही गर्ने गर्दा यो अबस्य कमि आउने छ!

    • मान्छे अपहरण गरेर जेल परेका, मान्छे मारेर जेल परेका फौजदारी अभियोग लगाउनेले कानुन कस्तो बनाउने भनेर निर्णय गर्ने अधिकार दिनु भन्ने अदालतको निर्णय हुने देशमा के को कानुन को पालना / जसले जति मुर्ख काम गर्न सक्यो उही को गुण गान गाउने, उसैलाई ठुलो बनाउने देशमा हामी रमाइरहेका छौ साथी हो /

    • एस्तो नियम बनायो अनि आर्को चोटी हाम्रो कार्यकर्ता लाई थुन्यो भनेर फेरी बन्द गर्छन. Infinite loop हुने रहेछ.

  47. लथालिंगे देशको भताभुङ्ग चाला| यो देश बिगार्नेमा नेताहरु मात्रै होइनन जनताहरु पनि तेत्तिकै जिम्मेवार छन् | अशिछित, बेरोजगारी, चेतनाको कमी, स-साना कुरामा छिटो उत्तेजित हुने बानी नेपालीहरुको कमजोरी हुन्| माथिको फोटोमा यी स-साना बच्चाहरुले लातले हान्दै गरेका देखिन्छन| बन्द गरेर हामीले यिनीहरुलाई के ज्ञान दिइरहेका छौ??????????

  48. नेपाल मा पहिला सव्येता को पाठ सिकाउनु पर्ने देखिन्छ,नेता बादर जनता बादर सबई बादर रै बादर,बन्द गरेर देश बिकाश हुने vhaye आज्ज सम्म नेपाल बिकसित नेपाल हुनु पर्ने हो.बिदेशी सक्ति देखि देश क हरामी नेता हरु अह्फ्नो स्वर्थ को लागि जनात्त हरु को दिमाग भुटी रहेका छन् यो कुरा सबै नेपाली जनता हरु ले बुज्न जरुरि छ.पत्रकार महोदय हरु ले पनि आज्ज एस ko बन्द छ है ,वनेर किन प्रचार गर्ने ,सरकार पनि थाई बलियो हुनु पर्यो .
    मुक्ये कुरा त ,जनता ले बुज्नु जरुरि छ ,बन्द गरेर केहि फयेदा छैन ,हामी नेपाली हाम्रो नेपाल चार जात छतीस बर्न को साझा फुलबारी ,नेपाल लै माया गरे नेपाली vhaench जति बिसेस वा ahuta पार्टी लै माया मानेर देस लै लात हने नेपाली हैन आतंकारी vahiench .

  49. सबै जात जाति भाषा र संस्कृति को बिबिधता ले भरिएको देश मा कोसै ले कल्पना नै नगरेको यो जातिय राज्य को परिकल्पना कोसले गर्यो ?-उत्तर प्रचण्ड ले , प्रतिकार गर्नुस भनेर कोसले सिकायो? उत्तर -प्रचण्ड ले अनि येत्रो नोक्सान र आक्रोश को ज्वाला कोसले निम्त्याओ ? उत्तर -प्रचण्ड ले
    ———हो प्रचण्ड लाइ सबै को सामू राखेर सिस्नु पानी लगाउनु पर्छ र माफी मगाउनु पर्छ अनि ठिक हुन्छ

    • छट्टु बाहुन प्रचण्ड ले रास्ट्रपति को शक्ति लाइ असिमित पारेर आफु लाठि, पैसा, हत्या हिंशा अनेक गर्दै चुनाव जितेर आफु रास्ट्रपति भै नमरुन्ज्याल दश बिस बर्ष नेपाल मा निरङ्कुश शाशन चलाउने सपना देखेका छन् ; उनको बिचार मा उनि मात्र मान्छे हामि सब बेवकुफ भेडा भन्ने छ; तिनको यो योजना हामि सबै मिलेर विफल पार्नु पर्छ र यिनलाई चुनाव मा हलुवा को सट्टा बालुवा ख्वाउनु पर्छ; यसो गर्दा पाप गर्ने को फलिफाप हुन पाउदैन र हामि पनि निरङ्कुश शाशन बाट जोगिन्छौ

  50. नेपाली हामी रहला कहाँ नेपाली नरहे नेपाली नरहे !!
    राष्ट्रिय एकता तथा जातीय सदभाब कायम राखुम !!
    यसका लागि आज देखि सुरु भएको आम हड्ताल मा सहभागी बनुम!!
    देस टुक्रिन बाट जोगाम !!!

  51. नेपाल बन्द सफल पारौ साथी हो !! हामी छेत्री बाहुन चै के हेरेर बस्ने सबै ले राज्य र जागिर पौने हामी चै तेही हेरेर मात्रै बस्ने हो ? हैन भने आज देखि को बन्द मा सहभागी हौ !! सबैले आ आफ्नै क्षेत्र बाट सहयोग गरम !

    • म बाहुन भएर पनि यो बन्दको समर्थन गर्न सक्दिन | बन्द भनेको अराजक तत्वले मात्रै गर्छ, यसमा सबै बाहुनको समर्थन छैन |

  52. It is guaranty, that if 20 young guys gather and make bike rally, these types of bandha will automatically discontinue…. So if anybody don’t like bandhas, they can collect friends from your area, and go against it……. SAY NO TO BANDHAS….

  53. आज को बन्द सही हो.
    जातीय राज्य हुनै सक्दैन.
    कुन कुन जति मा मात्र राज्य दिने???

  54. बन्द अब अतिनै भयो अब यो बन्द लाई सधैको लागि बन्द गरे के होला।के बन्द गरेर मात्र सबै को माग पुरा हुन्छ र।तेसो हो भने सबै मिलेर ३६५ दिन नै बन्द गरिदिउन त ।सबै को माग पुरा होला नि ।

  55. अब बन्द नहुने दिन कुन हो भनेर सोच्न पर्ने भएको छ. धिक्कार नेपाल र नेपाली को भाग्य. पंचायत फर्काउन ढिला भैसक्यो..

  56. म संग बन्दुक भाको भए सिधै ठोक्थे बन्द गर्नेहरुलाई. देश एस्तो खत्तम बनाउनमा इनिहरुको पनि हात छ.

  57. हिजो जनजाति जनजाति भनेर हेप्नुसम्म हेपे । आज त्यही जनजातिले उठाएका जायज मागलाई पनि मधेशका नाउँमा राजनीति गर्नेहरूको मागसरह ठानी विरोधमा उत्रिएका छन् । हुँदाहुँदा उनीहरूलाई पनि जनजातिमा दराल्नुपर्यो रे ! सक्छौ भने जाउँ मधेशमा, गर प्रतिकार ती मधेशीका मसीहा बनेकाहरूको । होइन भने यस्तो नकचरो काम नगर !

    • पुष्प जी
      हावा को कुरा न गर्नुस त् | तपाइँ जन्मेको कतो भो ?हिजो को कुरा के था तपाईलाई ?
      आज बरु जन जातिले नै अरुलाई हेप्दैछ |पानि मा पाधेको जस्तो कम्मेन्ट |तपाईमा भिजन छैन ,हावा मा पान्ग्दुरे नेताको सैलिमा लिख्नु हुन्छ तपाइँ |तपाइँ सधै उस्तै हो |
      राइ ,लिम्बु ,सेर्पा ,लामा ,नेवा लाइ हेप्ने कुन बाहुन छेत्री मा हिम्मत हुन्छ ?

      • उमाजी,
        पुष्पजीको भनाई सही हो| हेर्नोस न तथ्यांक र स्थिति, थाहा भैहाल्छ|
        तपैले हेप्ने हिम्मत छैन भनेको पनि सही हो तर सोझै आउने होइन, दाउ पेच
        घुमाउरो पारेर लडाईहाल्छ| त्यसै जगदीश घिमिरेले अन्तर्मनले ८०% फटाह
        छन् किन भन्थे?

        • निर्मल जी
          ति जो घुमाउरो राजनीति खेल्छन ,देश दुबौछ ति कुलंगार हुन् ,तिनको कुनै जात हुदैन ,धर्म हुदैन |भ्रास्ताचार तिनको धर्म हो ,बेइमानी जात हो |
          येस्ता सबै जात जाति बात निस्कन्छान| बाहुन प्रसासन मा धेरै भएर बाहुन को निस्केको हो |अब झाले ,बामे ,प्रचंडे पनि बाहुन ,झालेलाई थप्पड हान्ने पनि बाहुन |
          तेसैले कुनै पनि जातिको अपमान न गरौ | तस्बिर आफै बोल्छ नि , तिनै मुख्य नेता बाहुन ,गिरिजा पनि बाहुन ,भट्टराई पनि बाहुन तेसैले देश बिगार्ने बाहुन जातिका बात नै भन्दा फरक पर्दैन |
          तर बाहुन ले बिगार्यो भन्दा झालेलाई थप्पड हान्ने पनि परे नि ,यो के जायज हो त् ?

  58. हे पापी हो गरि खाने लाई त बाच्न देउ ……. महंगी यत्रो बढेको छ ….. नीम्न अनि मध्यम वर्ग पिल्सेको पिल्सेई छ … यिनको आवाज कसले सुन्छा ….. यिनको चुलो बलेको छ कि छैन भनेर कोहि माएकेलाल लाइ चिन्ता छ ………

  59. यो देश त भारतको बिहार भन्दा खत्तम हुदैँ छ | होइन यो नेपाली समाज कता तीर कस्तो रुपमा बिकशित हुदै छ ? के नेपाल आर्थिकरुपमा मात्रै गरिबतम मुलुक होइनकि सामाजिक र नैतिक रूपमापनि गरिब हुदैत छैन ??
    नेपाललाइ एस्तो नैतिकरुपमै खोक्लो बनाउने यो कुनै ठुलै सड्यन्त्र त हुदैँ छैन ???

    • सुनिल जी,

      हाम्रो नेपाली समाज खोक्रो रुपमा एकीकृत थियो, एउटा समुहले अर्को समुहलाई दबाएर राखेको थियो, अब मुलुकमा चेतना यति बढिसक्यो कि यो अब यहि स्थितिमा अगाडी बढ्ने वाला छैन !

      नेपाली समाजको बास्तविक अनुहारहरु बल्ल झल्किने क्रममा छ ! अब हुने संघर्ष न्याय र अन्याय बिचको हुनेछ चाहे नाम मधेशी आन्दोलन होस् वा जनजाति आन्दोलन होस् वा क्षेत्री बाहुन आन्दोलन होस् ! यी आन्दोलनमा एक पक्ष न्यायको लागि छन् भने अर्को पक्ष अन्यायको लागि लडेको हुन्छा ! यसमा घिउ थपेर रमिता हेर्ने पक्ष भनेको सिर्फ पुर्व राजा र उनका आसेपासे अतिवादी हिन्दु मण्डलेहरु मात्रै हुन् !!!

      सत्ता र शासन को बागडोर सम्हालेका पार्टी र नेताहरुले यो वास्तविकताको हेक्का नराखी अगाडी बढेमा देशमा ठुलै दुर्घटना हुने अबिस्यम्भावी छ !

  60. बन्दको अवज्ञा गर्नु नै बन्द असफल गराउने प्रमुख उपाय हो । अझै सांगठित भएर गरिए झनै प्रभावकारी । म पनि आज विहान ९ र १० को बिचमा बन्द छल्दै बाइकमा भक्तपुर देखि महाराजगन्ज सम्म पुगेँ । भोली पनि पुग्नेछु । सबैजना एकजुट भएर गाडी, बाइक निकाले भने देखि केही सयको संख्यामा रहेका बन्दकर्ताको केही लाग्दैन । यसमा प्रहरी प्रशासनको पनि सहयोग हुनु पर्छ । चोकचोकमा झन्डा बोकेर बसेका बन्दकर्ताहरूलाइ हटाउन कुनै तत्परता देखाउँदैनन् प्रहरीहरू..बाटो खुला राखिदिने हो भने गाडी त्यसै गुड्छन् ।

    http://sabinsiingh.blogspot.com/2012/05/no.html

  61. I have good experience about strike how it happens.I was a student of Sarswati multiple college in Lainchour.I was in B.B.S 1st year when we didn’t have first period in the winter season some of my friends always came to the street and start to fire tyre on the road.On that timr there was so called democratic party in the goberment.After few weeks King started to rule tje coumtry.About 7 of my friends came to the road and started to burn tyre.On that time police came and started to beat all of them.After that they never burn tyre on the road.My mean is there are few worse people arround us and do this unethical work.If police control them I am 100% sure it will stop.

  62. बन्दकर्ताह​रुको हरेक तस्विरमा बच्चाहरु मात्रै देख्छु, के गर्दैछन् तिनीहरु त्यहाँ? के सिक्लान तीनले? भोलि कस्तो मनोबैज्ञानि​क असर पर्ला तीनमा?

  63. म बन्द असफल पार्न नेपाल का हामी भेडा जनता हरु लाई सुझाब दिन सक्दिन /
    किन कि नेपाल मा सबै काम काजी भएको भए यो बन्द हुने थिएन/रोजगारी छैन ,सबै जनता फुर्सदिला भएर अनि चेतना को कमि भएर नै बन्द जस्तो अपराद गरेका हुन् /नेता ले यो जनता उचालेर धमिलो पानी मा माछा मरेको कहिले कसै ले नियाल्न पनि सकेन/नेपाल नै बिश्व मान चित्र बाट हरायो भने मात्र नेपाल मा बन्ध हुन्न होला /जय मेरो देस नेपाल

  64. जस्तो फल रोपे त्यस्तै पैरखेको छौ. पहिले ज्ञानेन्द्र को राज फाल्न को लागि यहि दल हरुले यस्तै bandha र आतंकको सहारा लिएको थियो अब त्यहि फल ठुलो भएर आफैलाई खान आइराखेको छ. अब यिनीहरु को केहि नैतिकता पनि छैन र जनाधार विस्वास सबै गुमिसकेको छ यो ४ बर्षमा. त्यसकारण हामि सबै नेपालीहरुले जब सम्म यस्ता नेताहरुलाई फल्दैनौ र नया जनमत सबै मुद्दा मा गर्दैनौ तब सम्म यस्तै हालमा बाँच्नु पर्ने अवस्था हुन्छ.

  65. हाम्रो देश अब देश रहेन | बर्बाद नै भयो |

  66. बन्द गर्न लगाउने लाई कम्तिमा १० वर्ष जेल मा हाल्न सकिने कानुन वा ७ लाख कम्तिमा पनि तिर्नु पर्ने गरि नया निएम बनोस अनि मात्र यस्ता बन्द गर्न मानिस हरु तर्सन्चन होइन भनि बन्दकै कारण देश सोमालिया भन्दा तल खस्ने लगभग निश्चित छ !!!

  67. म सबैभन्दा पहिला नेपाली हु | म बिदेसमा छु | एहा मलाई कसैले को होस् भनेर सोध्यो भने मेरो मुख बाट म नेपाली हु भन्ने निस्कन्छ | म मात्र हैन सायेद सबै बिदेसिएका नेपालीको मुखबाट म नेपाली हु भन्ने नै निस्कन्छ होला | तर अहिलेको समय हेर्दा नेपाल मै भएका नेपाली लाई सोध्यो भने म बाहुन , म नेवार , म मगर आदि भन्छन | जब हामी नेपाल बाहिर छौ हामीले आफ्नो पहिचान नेपाली भनेर दिन्छौ भने जब हामी नेपाल भित्रै हुन्छौ किन हामी नेपाली हौ भनेर चिनाउन पछि पर्छौ | जति कै कुरा गर्ने हो भने म बाहुन हु | अहिले थुप्रै स्वार्थी मान्छेहरु स्वार्थको लागि नारा जुलुस गर्दै छन् | तर म भन्छु मलाई बाहुन राज्य चाहिदैन | एदी बाहुन हरुनै अहिले सम्म देसको विकास मा बाधक हुन् भने बाहुन लाई हटाएर अरु जातिले राज्य संचालन गर तर देस बिकाश म कुनै जाति बिशेस लाई बाधक साबित नगर | देस बिकाशमा न त कुनै जाति बाधक थियो न कुनै जाति हुनेनै छ | यो त सब हामीलाई केहि स्वार्थी नेता हरुले आफ्नो स्वार्थको लागि बिचलित गराएको मार्ग मात्र हो |म बहुन, मेरो श्रीमती नेवार, मेरो साथी थारु जो सुकै लाई काटेपनि रातो रगत बग्छ | जो सुकैलाई बिदेसमा अरुले को होस् भनेर सोधे नेपाली हु भन्ने नै निस्कन्छ |

  68. ‘निहु नपाएको आखा घोचेको’ भने जस्तो अनेक बहानामा बन्द गर्ने ठाउमा …नेताहरुले कालो अनुहार छोप्न संबिधान जारी गर्ने नाममा खोक्रो सम्झौता गरे पछी यस्तै हो…..प्रदेशको नाम र प्रदेश राजधानी,सिमा अहिले नै तोक्नु पर्थ्यो …अब यसैको नाममा कति बन्द,हड्ताल,मुक्का मुक्की हुदै जान्छ

  69. पहिलो कुरा यो देश कसैको बाउको बिर्ता हैन जे मन लागे तेही गर्न पाउने | त्यो motorcycle वाला को यो देश जति हो त्यो आन्दोलन गर्ने को पनि तेती नै हो | १०० जना मिलेर ३ करोड लाइ यसरी हेप्न पाइन्न |

  70. अब त अति भो बन्द कर्ता को प्रतिकार उत्रिनु पर्यों सबै मिलेर ……..

  71. सबैभन्दा पहिले बन्द गर्नेहरुको अनुहार हेर्नुस त् : बच्चाहरु र खातेहरु !!!
    नेपाली जनसंख्याको आधा भन्दा बढी जनताहरु : बेरोजगार !!
    काम नभई यसै बसेको बेलामा सित्तिमा कसैलाई पिट्न वा कसैको सम्पति नस्ट गर्न पाइने, त्यसैले हेर्नुस त् कति रमाउदै त्यो मोटरसाइकल चलाउनेलाई दुख दिदै छन् !
    यहाँ बन्द गराउनेहरु मध्ये ९५% मान्छेहरुलाई थाहा नै छैन, यो बन्द किन गरिएको हो भनेर !! यिनीहरुलाई त् बन्द भनेको चाड जस्तै हो !! बाटोमा हल्ला गर्ने अनि रमाउदै कसैलाई दुख दिने !!
    बादरले आफ्नो घर पनि बनाउदैन र आर्काको घर पनि भत्काईदिन्छ !!
    दिपक अधिकारी
    जर्मनी

  72. नागरिकको स्वतन्त्रता पूर्बक हिड डुल गर्ने प्रजातान्त्रिक अधिकारको संरक्षण गर्न नसक्ने निकम्मा सरकारलाई बाहेक अरुलाई दोष दिनु मुखको चीलाई मार्नु मात्र हो |

    • हैन विश्वास जी, सरकार भनेको संसदबाट बन्ने हो, संसद तपाई हामी बाट बन्ने हो

      हाम्रा नेताहरु, सरकार र मन्त्रीहरु हामीभन्दा फरक कसरि होऊँन , हाम्रै प्रतिनिधि न हुन्

      किन सरकार लाई दोष दिने? म त ………………..

  73. आजको बन्द पनि यो फोटोमा देखिएको भन्दा कम छैन है ।
    अब जेठ १५ गतेसम्मको अवस्था कस्तो हुने हो । लौन जनता नै अघि सर्नुपर्ला जस्तो छ ।

    • जनता कहाँ छन् नेपाल मा ? सबै अन्य पार्टी क कार्यकर्ता मात्रै त हुन् नि हौ !! जनता जति जम्मै विदेश मै छन् नेपाल का त कार्यकर्ता मात्रै हुन् !!

Comments are closed.