संविधान सभाको म्याद ३ महिना थपिने

नभन्दै बिहान मैले जेको संभावना थियो भनेर तलको ब्लग लेखेको थिएँ, त्यस्तै भएको छ। तर मैले यो कुरा चाहिँ अलि ढिलो हुन्छ होला भन्ने ठानेको थिएँ। १२/१३ गते तिर बल्ल। तर दलहरुले आजै तीन महिना समय थप्नेमा सहमति गरेका छन्। प्रधानमन्त्री कार्यालयमा भएको चार मठाधीश (कङ्ग्रेस, एमाले, माओवादी र मधेसी मोर्चा)हरु म्याद थप्न सहमति जुटेको हो। मन्त्रिपरिषद्को बैठकले तीन महिना थप्ने गरी संविधान संशोधनको विधेयक स‍सदमा दर्ता गर्ने निर्णय गरेको हो। तर लाजै पचाएर एमाले अध्यक्ष झलनाथ खनाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेलले हैन हैन भनेर झुक्याउन खोजेका थिए। सर्वोच्च अदालतले जेठ १४ भित्र जसरी पनि संविधान जारी गरिसक्नुपर्ने फैसला गरिसकेकोले देश अब कानुनी विवादमा समेत फँस्ने निश्चित छ।

यो निर्णयविरुद्ध भोलि नै अन्तरिम आदेश जारी गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर हुने पक्का छ। अब हेरम्, सर्वोच्चको तागत! सक्छ उसले आफ्नो फैसलाको अपहेलना गरेको भन्दै तत्काल म्याद थप गर्ने कार्य नगर्नू, नगराउनू भन्ने आदेश दिन? त्यसै पनि संविधान संशोधन गर्ने अधिकार संसदको हो। यत्रो पटक त्यही प्रक्रिया अपनाएर म्याद थप गर्दा वैधानिक हुने अनि यो पटक चैँ नहुने किन भनेर कसरी व्याख्या हुने हो, हेरम्। अनुमान- सर्वोच्च यो मामिलामा चुप लागेर बस्नेछ। राष्ट्रपतिको कदम, प्रधान सेनापति रुक्माङ्गद कटवालको उमेर र कतिपय भ्रष्टाचारका मुद्दाहरुमा जस्तो।

अबका केही दिनमा देखिने नाटक

  • हामीले त संविधान सभाको म्याद थप गर्न हुँदैन भनेकै हौँ, बाबुरामले थपेको हो। हाम्रो म्याद थपमा विरोध छ भन्ने, अनि भोट हुँदा चाहिँ थप्नुपर्छ भन्नेमा खुल्लमखुल्ला दिने।
  • भित्रभित्र थप्ने कुरा मिलाउने, बाहिर बाहिर थप्नै हुँदैन थियो भनेर भाषण ठोक्ने

थप कुरा मैले बिहानै अनुमान गरी लेखेको थिएँ, हेर्नुस्-
जेठ १४ मा संविधान ? आउँदैन !

59 Comments

  1. यस्तै हुने हो भने जति समय बढाए पनि इ नेताहरु ले संबिधान बनाउन सक्दैनन् …………!

  2. My संसार मा सालोक्य जी ले बिभिन्न विचार भएका व्यक्तिहरुको मन्तब्य दर्साउने चौतारी बनाएको मा धेरै,धेरै धन्यवाद .मलाई राजतन्त्र मन परेको थिएन,मेरो बुबा ( बाहुन,अनि उपाध्ध्ये रे) ले राजा लाई बिष्णु भगवान मान्ने,म चाही daddy राजा पनि हामी जस्तै हो खाली रानीको कोखबाट जन्मिएर ( lucky bastard ) मात्र राजा हुने भएकोले अब प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र,आएको नेपाल किन failed state तिर जादैछ,सिंगापुर बनाउछु भन्ने राजनैतिक पार्टी ले चाही भ्रस्टाचार गरि कमाएको पैसाले सिंगापुरमा घर किनेका छन् रे अब कति नेपालीले खान पाएको छैन , किनकी कामगर्न पाएको छैन,नेता,कार्यकर्ता,ब्यापारी इत्यादी लाई यो बन्दले के नै लाछ्यारो उनीहरुलाई केहिपनि भएन,L .G ,life is good ,तर त्यो ज्यालादारी मजदुरको परिवार भोकै सुत्नु परेको छ,सुदुर पश्चिमका नेपालीले धेरैनै कस्ठकर जिबन बिताई रहेका छन्.२२ बर्स को प्रजातन्त्रले नेपालीलाई के फाइदा भयो त् ???नेपालीले बुझ्नु पर्यो ,फाइदा त् नेता बाट सुरुभएको भ्रस्टाचार आज जताततै छ.नैतिकता मनुष्यको एकदम राम्रो पहिचान हो जसले गर्दा हामी बिकसित भयोउ .तर आजका नेपाली नेताहरुमा ९९% अपराधी छन्.अब यिनीहरुलाई कसरि विश्वास गर्ने.त्यत्रो तलबभत्तालिएर बसेका ६०१ जुगाहरु अझै तिन महिना बिना काम तलब/भत्ता पाउने भएछन,हैन र? पुष्पजी ,तपाई चाही मेरो सानी फुफु जस्तै लग्यो मलाई मेरो सानीफुफु आफ्नो छोराले पाधेपनि बास्नाआउछ भन्ने जस्तो लाग्यो.अब तपाई कसरि प्रचण्डको वा माओबादीको महानताको गाथा गाउने व्यक्ति सायद तपाई लाई फाइदा भएर मात्र गरे जस्तो मलाई लाग्छ .नेपालमा अहिले को अराजकता लाई सन्तुलन मा ल्याउन राजा महेन्द्र को नीतिको खाचो छ.हाम्रा नेताहरु दिल्ली को remote control बाट चल्छन .लुट,लुट,नेपालआमालाई लाज,सरम,धर्म नभएका नेता भनौदा भ्रस्ताचारी.

  3. देश को संबिधान नबने सम्म शरीर को कुनै पनि रौ खौराउदीन भन्या थिए, कुकुर हरु ले मलाई चिडियाखाना नै पठाउला जस्तो छ

  4. नेपालमा ४ वर्ष देखि भब्य प्रदर्शन हुदैछ सुपर हिट ब्लग बस्टर
    “लूट – २ ” ( कुहिएको दिमाग छ है तेही पनि लाइन्छ )

    निर्देशक र खलपात्रहरुको बिसेष पहलमा थप ३ महिना फ्री सो

    इस्थान – अन्तरास्ट्रिय सम्मेलन केन्द्र , नया बानेश्वोर
    निर्देशक / निर्माता / कथा / पटकथा – अति मित्र राष्ट्र भारतको अनुदान सहयोगमा
    संगीतकार – नबप्रतिभा महामहिम जयन्त प्रसाद बिसेष सहयोगी राकेश सुदको साथमा
    Background संगीतकार – युरोप / अमेरिका / NGO / INGO लगायत अन्य प्रभुहरु
    मुख्य खलनायक : प्रचण्ड एंड कम्पनी
    खलनायक – ६०१ लुटेराहरु
    दर्शक – पौने ३ करोड जनता
    लगानी : ३०-४० अरब भन्दा ज्यादा र अझै जारि, निर्माता मालामाल

    केहि हिट संवादहरु :
    एकदम गहन छलफल भयो / साथीहरुले अफाफ्नो धारण राख्नुभो / भत्ता पचायियो
    थप अन्तरिक छलफल पछि पुनः बैठक बस्ने निर्णय भो
    २ पक्छ्य , ३ पक्छ्य र बहु पक्छ्य छलफल ( only छल No फल )
    सहमतिको एकदम नजिक नजिक छौ /
    भोलिको बैठकमा सहमति हुन्छ
    रिसोर्ट जानै पर्छ , व्हिस्की रोस्ट खाने पर्छ, तलब भत्ता पचौनै पर्छ /

    नया थपिएका संवादहरु :
    सम्माननीय अदालतको निर्णयलाई सम्मान गर्दै म्याद कुनै हालतमा पनि थपिन्न
    म्याद थप्ने कुरा कदापी हुन सक्दैन यो त मेरा स्वकीय सचिबले जाड्को सुरमा फिट्टू भएर बोले होलान भन्ने हाम्लाई लाईराछ

    ६०१ को सर्बसम्मत निर्णय :कोहि नछुतौ सबै मिलेर लुटौ (रुपिया मात्र होइन पाशा डलर पनि पचा )

  5. एउटा गतिलो संविधान नबनी यो ऐतिहासिक संविधान सभाको विघटन भएको दुस्वप्न कसैले नदेख्दा हुन्छ । अदालतले आफ्नो कर्तव्य निर्वाह गर्दै गर्छ, संविधान सभाले आफ्नो काम । तीन महिना होइन अझै वर्ष लगाएर भएपनि यो देशको नयाँ खाका कोरिने संविधान बनाउनुपर्छ । उही बाहुनवाद लाद्ने संविधान हामीलाई चाहिया छैन ।

    • पुष्पजी, तपाई जस्तो बौद्धिक व्यक्तिपनि हचुवाको भरमा बाहुनबाद लाद्ने संबिधान भनेर शंख फुक्ने ??! अहिले सम्म कुन संविधानले जातीयताको आधारमा पक्षपात गर्यो ? कुन संबिधानको कुन हरफमा वर्ण लिङ्ग जाति धर्मको बारेमा भेदभावपूर्ण अंश छ र !
      तपाई हामि सबैले बुझ्नु पर्ने कुरा के हो भने “नेपालको समस्या जातीयता हुदै होइन, समस्या त धनि र गरिब बिचको फराकिलो दुरी र सामन्तबादी प्रबित्ति हो” /
      तपाई नै भन्नुस नेपालमा सबै जातिले समान अस्तित्वका साथ् बाचेका छ कि छैन ??
      जातीयताको आधारमा गरिनुलागेको प्रदेशको विभाजन त साम्प्रदायिक दंगामा देशलाई होम्ने गलत बाटो मात्र हो… नेपालमा ६ % तामांग, ५% नेवार, १.५% लिम्बु भन्दा बढी कुनै पनि हालतमा छदै छैन; कि छ ?? के यस्ता जातिलाई १.५ % को आधारमा पनि प्रदेश बाड्ने सोच कसले कहाँबाट ल्यायो ?? केवल राजनीतिक तुरूपको प्रयोग मात्र हो /
      (अन्यथा नलिनुस साथीहरू मा पनि नेवार(डंगोल) नै हुँ र मेरो आमा मगर हुनुहुन्छ, यस अर्थमा म नितान्त कथित आदिबाशी नै हुँ; तर देशको स्वार्थको लागि बोल्नु पर्दा अहिले जे भैरहेको छ अति नै गलत हुन गैरहेको छ)

      • योगेश आदि जी तपाईँ जस्तो संसारको सम्पन्न देशको न्युयोर्क जस्तो सम्पन्न देशमा बस्ने भएर हचुवाको भरमा संविधानले भेदभाव गरेको छैन भन्ने ? एक पटक पछाडि फर्केर हेर्नुस् त- २०४७ सालको संविधान रहेको बेला काठमाडौँ महानगरपालिकाले नेपालभाषा राजविराज नगरपालिका र धनुषा जिल्ला विकास समितिले मैथिलीलाई पनि सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेका थिए। त्यसविरुद्ध यज्ञनिधि दाहाल लगायतकाले रिट हालेपछि २०५६ जेठ १८ मा सर्वोच्च अदालतले कार्यालयमा नेपाल भाषा र मैथिली भाषातर्फ प्रयोग गर्ने निर्णयलाई गैरसंवैधानिक ठहर गरी प्रयोग नगर्नू नगराउनू भन्ने उत्प्रेषण जारी गरेको थियो।
        यस निर्णयविरुद्ध हरेक वर्ष जेठ १८ गते कालो दिवस मनाउँदै आएका छन्। के यो भेदभावपूर्ण हैन ? के बिग्रन्थ्यो स्थानीय स्तरमा नेपाली भाषासहित स्थानीय भाषा पनि प्रयोग गर्दा ? स्थानीय भाषालाई दबाइएको प्रमाण हैन त यो ? कसरी समान अस्तित्व र समान अधिकार पाएर बाँचेका छन् त अरु ?

      • १.५ प्रतिशत थोरै होला तर ७५ प्रतिशतलाई २५ प्रतिशतले थिचेर राख्नु कहाँसम्‍मको जायज कुरा हो । कागजी ठेलीमा पक्षपात छैन भनेर लेख्दैमा वा नलेख्दैमा केही हुने होइन । मूल कुरो व्यवहारको हो र व्यवहारमा नेपाल बाहुनवादले कतिसम्म चुर्लुम्म डुब्यो भन्ने कुरा कसैबाट छिपेको छैन । त्यसैले अब कागजी ठेलीमा ती व्यवहारिक पक्षपातविरोधी व्यवस्था हुनैपर्छ ।

    • “ऐतिहासिक संविधान सभा”……यो अब इतिहास नै हो….तेस्मा २ मत छैन !

      • ऐतिहासिक यस अर्थमा कि अब यस्तो सभा शायदै कहिल्यै जनताले फेरि पाउन गाह्रैपर्छ । तर अचम्म ! इतिहास नै भइसकेको दरबारिया राजकाजको सपना देख्नेहरूले पनि यस्तो कुरा गर्ने ?

  6. Mr. Prachanda and Dr. Baburam turned out to be the greatest liers, at least, his political adivsor Mr. Paudel was speaking the truth.

  7. सानो हुदा मलाई डर देखाई देखाई निदाउन मेरो दिदी ले सुनाउने ”अकबर र बीरबल” कै कथा भयो गाठे !! नेपाल को संबिधान!!!!, संबिधानसभा….

    फेरी अर्को पल्ट हात्ती आयो हात्ती आयो फुस्स……

  8. तीन महिनालाई ढुक्क रे ! संगिनी सुई हो र
    संविधानसभा ?

  9. ६०१ को तलब अब रोक्नु पर्यो . देशलाई लुट्नु लुटे यी डाका हरुले

  10. धुर्त बाहुनहरुले यौता न यौता चलाकी गरेर नेपाल खाइसके र अझ चुर्लुम्म डुबाउने नै भयो . येस्मा केहि शंका नगरे हुन्छ . कति बाठा जान्थाहरु . गरिब नेपालीहरुको रगत चुसेको फल तेरा साखासंतान्ले पाउने छन् होश गर्नु . लाटो खान्छ एक बल्द्यांग बाठा खान्छ सय बल्द्यांग . हेर्दै जानु तँ नेताहरुको कस्तो बिजोग हुन्छ भोलि . परलोकको नरक होइन यहीं नरक भोग गर्न बाध्य हुन्छौ , पशुपति नाथ साँची रहेछ छ भने . अब तिमीहरुले नेपालीको रगतको पोखरीमा डुबुल्की मार्ने एउतै एछ्या छ होइन त ? आफूआफू जुधेर रगत बगाउ (सर्बोच्चका बाहुन हरु र तिमीहरु जुधेर भए पनि ) र त्यसैमा तिमीहरुले डुबुल्की मार्नुपरोस . यहि नै शुभकामना छ तँ नेता भनौदा चुतिया हरुलाई .

    • हैन ति सभामुख र रास्ट्रपति लै पनि बाहुन भन्न किन बिर्सेको नि……अनि बिजय कुमार …ति…झा ….नेता हरु…..सबै बाहुन हुन् त ???? अनि आर्मी चिएफ पनि बाहुन होला है ???

  11. संबिधानसभा को म्याद थपुन त्यो ठुलो कुरा भएन यिनीहरुले अझै पनि थप्नु पर्छा त्यो पनि अनौठो हुने छैन तर आफुले सक्छौ भनेर दुइ वर्षा मा बनाउन गएको चिज नबनाए पछी कि त छोडेर हिड्नु पर्यो कि त्यो भन्दा बढी जति समय लाग्छा त्यो समय मा बिना पैसा काम गर्नु पर्यो, कि कसो हौ साथी हो ! हामी ले समय मा कर नतिर्दा, समय मा पुस्तकालय मा पुस्तक नाबुझौदा थप रकम तिर्नु पर्ने हुन्छा यिनी हरुले चै त्यत्रो दुइ वर्षा को समय मा हल्लेरा खाएको पैसा फिर्ता गर्नु पर्दैन काम गर्न नसकेपछि ! नैतिकता भन्ने केहि नभएका हरु बाट के आशा गर्नु यस्तो कुरा तर कमसेकम जातीयता को माग गर्न सक्ने हामी जस्ता कर्मठ नेपाली हरुले कमसेकम यस्तो कुरा पनि माग गर्ने हो कि एकपटक !

  12. यी चोर हरु को मुख को बोलि को रत्ति भर असर ( विश्वास ) छैन …४ -४ बर्ष सम्म देश लाई लुटी सके अब अर्को ३ महिना लुट्दै छन् ..अदालत ले दिएको फैसला को यिनी हरु लाई
    ” बाल” मतलव छैन …आदेश मान्ने ,कानून मान्ने त हामी जस्ता ले मात्रै हो… चोर हरु ले देश लाई जाति बाद को आगो मा होमे …अब अर्को ३ महिना मा नउठेको .न जागेको जाती-बिषय लाइ उठाउन लाई कसरत गर्ने छन् ..के को संबिधान बनाउनु ……

  13. अब बिकल्प – अमेरिका, अस्ट्रेलिया, जापान कुनै एक बिकशित देशको सम्भिधनलाइ copy paste गरि हुबहु नकल गर्नु // आखिर के नै खराबी होला र तिन का सम्भिधनमा / संघियताको नाम पनि कोरियावान, जापानवान, सिन्गपुरलिंग, अमेरिकावान, क्यानाडात आदि इत्यादी नामकरण गरे पनि भैगो नि //

  14. हामीले माने पनि नमाने पनि नेताभई टोपलेकाहरु कति निर्लज्ज रहेछन आखिर /संबिधान सभाको म्याद थपिदैं भन्दै खुब भाषण छाटे आखिर म्याद थप्न सहमत भै हाले/केको जनमत,के को अदालतको निर्णय/बरु अब जिबन भर र आफु मरे छोरा नातिको पाला सम्म नामसारी हुने गरेर म्याद थपे अझै राम्रो होला/हामी नेपाली जनता हामीनै हौ क्यारे ,जे गरे पनि मुखमा बुजो छ/ वा नया नेपाल वा ../

  15. इमान ,इजेत र प्रेस्टिज न भएका झुसे हरु बाट यो भन्दा के पो बढी अपेक्ष्या गर्न सकिन्थ्यो र |

  16. लौ सुन म भन्छु, नयाँ संबिधानको राम कहानी |
    १. नयाँ संबिधानको मस्यौदा सभामा पेश गरेपछी एकमुष्ट तर छोटो छरितो संविधान पारित हुने र लागू हुने भनिएको जस्तो लाग्छ, त्यसो भएको भए के हुन्थ्यो? ११ वा १० प्रदेशको नेपाल निर्माणको बाटो खोलिने थियो, देश संघीय गणराज्य हुनेथियो, जसको मतलब तराइ मधेस एक प्रदेश नभएर बहु प्रदेश हुनेथियो, जुन कुरा ठुल्दाई भारतलाइ पचेन | हतारमा संविधान बनेर लागू भएको भए मधेसी मोर्चाको त्यो विवादास्पद माँग तुहिने थियो | तेसैले रातारात त्यो मेहता भन्ने काउन्सिलरले बीरगंजमा बिना कारण रात्रिभोजको आयोजना गरे जस्तो गरेर मधेसी नेताहरुलाई एकै ठाममा जम्मा गरेर तिमीहरु उग्र आन्दोलन गर, भारत पछाडीबाट छंदैछ, भनेकै हो | तर हरे नेपाली, ऋतिक रोशनजस्तो महत्वहीन मान्छेले केहि भन्दा त्यत्रो आन्दोलन र बितण्डा मच्च्याउने नालायक देशभक्तहरु भारतको एजेन्ट मेहताले त्यत्रो राज्यविरोधी कुरा नेपाली भूमिमै टेबल ठट्याएर कुर्लंदा चुईं बोल्न सक्या होइन | भारतले नेपालको नाडी छामी सक्यो |
    २. अचानक भारतीय राजदूत दिल्ली हूइंकिनु, दिल्लीबाट आएर प्रचण्डलाई ‘अहिलेनै संबिधानको हतार नगरुम’ भन्नु, प्रचण्डले पनि ‘हवोस प्रभु’ भनेर फेरी म्याद थपेर लाने कुरा ल्याउनु त्यो गम्भीर कुरो छ | म्याद नथपी जेठ १४ भित्र जसरि पनि नयाँ संविधान आएको भए मेहताको ग्रयाण्ड डिजाइन समाप्त हुने थियो, जयन्त प्रसाद को पनि जय अन्त हुने थियो, तर भारत सफल हुन लाग्यो, नेपाल खत्तम, किनभने भारतले चाहे जस्तो संविधान बनाउन टाइम पायो, अर्थात थपेको म्यादमा हेर्नुस, मेहताले भने जस्तो उग्र आन्दोलन हुनेछ र मधेसी नेताहरु १० प्रदेश मान्ने छैनन्, उनीहरु मेहता, जयन्त प्रसाद र दिल्लीको प्लानमा कदम चाल्ने छन् | प्रचण्ड जस्तो भकुन्डे बुद्धिहीन नालायक नेतालाई त रिझाई हाल्यो, प्रचण्डले ओके भने पछि संविधान सभामा प्रस्ताव लागिएको हो
    अनि अब के हुन्छ त?
    ३. अब, नेपालमा जातीय बिद्रोह हुन्छ, सिभिल वार भने जस्तो | त्यो वार बढ्दै जान्छ, देशमा आगो लाग्छ, मेहताले र भारतीय राजदूतावासले ऋषी धमलाजस्तो अझै मान्छे खोजेर आगोमा घिउ थप्दै जाने छन | अनि मधेसी आन्दोलनकारीको संख्या धेरै देखाउन अनेक तिकडम गरिनेछ र यू एनमा स्वतन्त्र मधेश राज्यको माँग गरिने छ,जस्तो कि काश्मिरीहरुले, प्यालेस्तिनिहरुले गरिरहेका छन् |
    ४. अन्तमा, नेपाल सिक्किम बन्ने छ, किनभने सिक्किममा तेही भएको थियो | गद्दार सिक्किमे नेपालीहरुलाइ इन्दिरा गान्धीले बेवकूफ बनाएर जबर्जस्ति सम्झौता गर्नु लाएर, सिक्किमका ओरिजिनल सिक्किमे भुटियाहरु र लाप्चेहरुलाई अल्पसंख्यक बनाएर भारत ले गद्दार नेपालीहरुको सहयोगमा सिक्किम झ्वाम परेको हो कि होइन? लौ नर बहादुर भण्डारीलाई सोध्नुस त | भण्डारी भारतमा सिक्किम विलयको कट्टर बिरोधी थिए, र अझै पनि छन्, त्यो दुनियालाई थाहा छ |
    ५. तेसैले पनि बाबुरामले नेपाल यस्तो मज्बूरीमा परेको छ कि अब भारतमा मर्ज हुन सक्छ भनेका थिए | र त्यो मजबुरीको अहोरात निर्माण कार्य तीव्र गतिमा भै रहेको छ |
    म्याद थपेर हालकै एग्रिमेन्ट अनुसार ११ प्रदेशको नेपाल बनाउने हो भने साम्प्रदायिक सद्भावना भएको नया नेपाल बन्ने छ, तेस्मा शंका नगरे हुन्छ, तर भारतले ११ प्रदेशको प्लान लाइ बिफल बनाउन माइन ओछ्याउन शुरु गरिसकेको छ, जसको ज्वलन्त उदाहरण जयन्त प्रसादको असाधारण चहलकदमी र तराइमा मेहताको कुटिल चाल |

    बरु १४ गते आउन अझै केहि दिन बाँकी नै छन्, रात दिन गरेर मस्यौदासम्म मात्र पनि संबिधानसभा बाट पारित गर्न सके पछिलाई राम्रो हुनेछ | यू एन सम्म कुरा पुगेमा त्यहि जनताको संविधानले देश बचाउने छ |

    धैर्यले पढीदिनु भएकोमा धन्यवाद |

    • राम्ज्यु
      मलाई त् सहि लाग्यो तर मधेश वादको निमित मात्रै मावोबादी बनेका कांग्रेसी बनेकालाई यो कुरा मन पर्दैन/

    • रमेश ज्यु
      नेपाल टुक्र्याउने बा सिक्किम जस्तै लिने भन्दा हिजो नेपाल छिरेको बिहारी हरुलाई तराईको नाउमा नेपाल को पुरै सत्ता सुम्पने सम्म इन्डियाको स्वार्थ हो |माने भुटान जस्तो बनाएर पनि न पुग्ने ,राजनीति ,आर्थिक र सामाजिक रुप मै कब्जा मा लिने |तर नामो निसान चै न मेट्ने |
      यहा ग्रिह युद्द गराए उसको देश मा पनि असर पुग्न सक्ने हुनाले ग्रिह युद्द नै चै गराई हाल्दैन कि | हाल को स्थिति बाजे हरुको मनपरी तन्त्र ले उब्जाएको स्थिति पनि हो |

  17. तिन महिना मात्रै किन, अर्को ३ बर्षै थपे पनि यो ६०१ को नैतिकता बिहिन झुण्डले देशलाई गतिलो निकास (संबिधान) दिन सकदैन…!
    आफ्नो आयु आफै थप्ने जस्तो मनपरी गर्ने सभासद नामका अपराधीहरुसंग तिनीहरुले लिएको सम्पूर्ण तलब भत्ता असुल गरेर अर्को चुनाबमा गए जनता प्रति न्याय हुनेथियो !

    • हर्के रुएको सुहाएन है !

      • सारा देश नै रोएको छ…..हर्के मात्र होइन !

  18. त्येसका बाऊहरु ले यी पातकिहरुलाई दुइ बर्सको जनादेश दियका हुन् ! तर यी लाज सरम नभयका अधर्मी खाते पिचासहरुले नेपाल आमा माथि लगातार बलात्कार गरिरहेछन र हामी टुलु टुलु हेरिरहेका छौ र एक आपसमा लडी रहेका छौ ! लाल गद्धार र दलाल हरुको बिगबिगी अब कतिन्जेल सहने !?

  19. अर्को ३ महिनामा पनी संबिधान बनेछ भने कान काटेर पातमा राखिदिन्छु |

    • पातमै किन ? थालमा राखे हुन्न ?

  20. नेता नराम्रा भए, समयमा संबिधान बनाएनन भनेर सबैले सर्वोच्च अदालत को निर्णय मा प्रस्न उठाएनन, तर बस्ताबमा भन्ने हो भने सर्वोच्च ले आफ्नो अधिकार क्षेत्र नाघेको हो त्यो निर्णय (६ महिना भन्दा बढी थप गर्न मिल्दैन) गर्दा ! देशको सर्वोच्च निकाय भनेको संसद हो, संसदले गरेका निर्णयहरु माथि कुनै पनि निकायले प्रश्न गर्न सक्दैन (किन भने यो हामी जनता ले चुनेको सर्वोच्च निकाए हो ) भलई हाम्रा नेता बदमास भए, नराम्रा भए तर तेसो भन्दैमा गलत परिपाटी लाइ छुट दिन हुन्नथियो ! संसद ले कानुन बनाउछ र तेस्को भाख्या गर्ने काम सर्वोच्च को हो, न कि एसो र उसो गर भनेर संसद लाइ निर्देशन दिने र राजनीतिक निर्णय गर्ने ! यो त ज्ञानेन्द्र को ठाउँ सर्वोच्च अदालत ले लिएको जस्तो भयो ! सरकारले गरेको निर्णयमा सर्वोच्चमा रिट पहिले पनि हालेका थिए अहिले पनि हाल्छन तर संसदको शतप्रतिशत सदस्यहरुले गरेको निर्णय कानुन सरह हो ( ४ सिटे राप्रपा नेपालले बिपक्ष मा मत हाल्ला, तेस्ले केहि फरक पार्दैन) ! हतार मा निर्णय गरेर फुर्सद मा पछुताउनु भन्दा ३ महिना थपेको नै ठिक, फेरी चुनाब मा गयो भने अर्को ६ महिना तेस्सै, देश लाई खर्च को भारि, अनि जसले जति नै कुर्ले पनि चुनिएर आउने यिनै नेता हुन् ! धेरै कुरा मिल्दै गका छन् तेसैले अन्तिम पटक ३ महिना थपेर पूर्ण र राम्रो संबिधान आवोस !!!

    • चार चार बर्षलाइ चाही हतार भन्नु भएन है मित्र //

      • तपाई बनाउनुस न त संबिधान, तपैले चुनेका नेता त हुन् यिनीहरु.. तपाईले त म नै नेता जस्तो कुरा गर्नु भयो !!!!

    • बिनोद जी ३ महिना थपियो भने यिनीहरु संबिधान होइन सरकार बनाउन र बिगार्न तिर लाग्छन क को संबिधान बनाउनु .

    • “देशको सर्वोच्च निकाय भनेको संसद हो, संसदले गरेका निर्णयहरु माथि कुनै पनि निकायले प्रश्न गर्न सक्दैन (किन भने यो हामी जनता ले चुनेको सर्वोच्च निकाए हो ) ” – जनताले पनि ???

      कति छिटो बिर्सेको मित्र, हामी जनताले त केवल २ बर्सको लागि मात्र त्यो अधिकार दिएको हो मित्र , अलि गार्हो हुदा बढीमा ६ महिना सम्म थप्न सक्ने सर्तमा .. आफु असछ्यम भए पछी त बाटो छाड्नु पर्यो नि … कि सधै बुढो साडेले बाछी च्यापे जस्तो गरि लाज शर्म पचाएर बस्ने ?? नत्र तेस्तै हो भनेता ५ बसको लागि चुनिएको संसदले आजीवन चलाए भैगो निता , तिनीहरु पनि जनता बताई चुनिनी हुन्, किन समय समयमा जनताको myandate लि रहनु पर्यो … कस्तो नकचरो तर्क हो ..

  21. अबको समाधान भनेको २०४७ साल को संबिधान को पुनर्स्थापना. त्यसपछि समानुपातिक तर्फ का लाइ घर जान दिएर, प्रताक्छ्या तर्फा का बिधाएक लाइ राखेर त्यसै लाइ संसद (२४० जना को) बनाउने. अनि राजा ज्ञानेन्द्र बाट माओ बादी अद्धक्छ्य प्रचण्ड लाइ उनको प्रधान मंत्रित्व मा राष्ट्रिय सरकार को लागि आह्वान गर्ने. जब सरकार गठन हुन्छ, अनि सबै जात जाति, भासा भासी लाइ समेट्ने गरि संबिधान संसोधन गर्ने. संघियता को सट्टा व्यापक विकेन्द्रीकरण को मध्यम द्वारा जिल्ला र स्थानीय निकाय लाइ सक्दो स्वायेत्ता बनाउने. एउटा समाधान को उपाय के पनि हुन सक्छ भने अहिले को जिल्ला लाइ कायम नै राख्ने, तर जिल्ला को कार्यकारी अधिकारि को चुनाब गराउने सम्पूर्ण अधिकार उसैलाई दिने….साथि हो, के यो मन को लड्डु मात्रै रहला त.

  22. यसै गरि जे गरे पनि हुने, कसैले प्रश्न गर्न नसकोस भनेर त परिबन्दमा पारेर राजा फालेका रहेछन् यीनीहरुले…आफैले भाडभैलो मच्चाउने, आफैले भाडभैलो मच्चियो के गर्ने भनेर भन्दै हिड्ने। साह्रै नराम्रो काम र स्थिति हुदै गयो देशमा। दुःख लागेको छ।

  23. उफ्फ ,,फेरी ३ महिना को लागि म्याद थप् ,,नोकरी को आयू लम्बिएकोमा ६०१ को घरमा आज मासु पाक्नेभो ,, कसै कसैले बिरोध गरे जस्तो नाटक देखाये पनि अन्न्तत गोत्वा ‘तेल पानी एकातिर पिना बहिरै ,, पापी पेट का सवाल हे भाई !! सर्बोचअदालत् को आदेश् समेत् नमान्नी भये चोर् का खन्ती हरु ले !! हे.. पशुपती नाथ यो देश को रक्षा अब तपाईंकै हात् मा !!

  24. देशको सर्वोच्च निकाय भनेको संसद हो| अहिले संसदको ठाउँ संबिधान सभाले लिएको छ| संबिधान सभाले गरेका निर्णयहरु माथि कुनै पनि निकायले प्रश्न गर्नु भनेको पुच्छरले जिउ हल्लाउनु हो| सरकारले गरेको निर्णयमा सर्वोच्चमा रिट पहिले पनि हालेका थिए, अझै हाल्दा हुन्छ| तर संसदको शतप्रतिशत सदस्यहरुले गरेको निर्णय कानुन सरह हो| ४ सिटे राप्रपालाई चित्त नबुझ्ला, नबुझे नबुझी रहोस|

    • २ बर्सको मादेड़ ४ वर्ष गिसारेर अझ गिसार्न खोज्नु उबेलाका पाटनका चार प्रदानले चलेको निरङ्कुश सासनको आधुनिक रुप हो / कांग्रेस , एमाले , माओबादी र मदेसबादीको एक दर्जन नेताहरुको पौवा भो नेपाल / कसको पछाडी कति मान्छे छ त आगामी चुनाउले देखाउला /

      • अखण्डवादीहरुले शंख धेरै फुकेर संबिधान नबनेको हो| बेला न कुबेला शंख फुकेर अपशकुन लाग्यो!

        • २ बर्ष अगाडी त अखण्ड बादी थिएनन नी…..!
          प्रचण्डबादी लाइ तह लगाउने अखण्ड बादीलेनै हो…..! चेतना भया !

    • सर्बोच्च निकायले नियम र कानुन अनुसार चल्नु नपर्ने?
      हिजोको राजदरबार र आजको म्याद गुज्रिसकेको संसदमा के फरक भो त ?

      • त्यहि सबैको राय सल्लाह अनुसार चल्ने भएरै यत्रो समय लाग्यो| बहुमतीय प्रणालीमा गएको भए संबिधान बनिसक्थ्यो||

    • लामाजी २ बर्षे कार्यकाल पछी अर्को २ वर्ष ३ महिना थप्दा चाही जिउ भन्दा पुच्छार ठुलो भएन र ?

  25. नैतिकता र इमान नभएका बेइमान नेता हरु बाट यो भन्दा ठुलो आशा केहि थिएन.. जसरि हुन्छा जनता लडाउ अनि आफ्नो भत्ता पचाउ.. रह्यो कुरा न्यायपालिका को संरचना कोर्ने अधिकार बिधायिका लाइ छ भन्ने कुरा तर सालोक्य सर अधिकार संग संगै दायित्व पनि हुन्छा होइन र ? कि बिना दायित्व को अधिकार को कुरा मात्र गर्ने हो भने त तानाशाही भैहाल्यो नि.. किन न्यायपालिका को मात्र बिधायिका लाइ त देश को कानून नै बनाउने अधिकार छ नि त्यसैले अब यिनी नव महाराजाधिराज हरु लाइ नै अनुकुल हुने कानून बनाए भैहाल्यो नि किन चाहियो हात्ती को देखाउने दात जनता लाइ झुक्यौना को लागि ? अनि तपाई हामी किन जानु पर्यो न्यायपालिका बिहान बिहानै यिनै ४ जना टाउके को ढोका मा स्वस्ती गएर निसाफ माग्न गए भैहाल्यो नि होइन र ? एउटा माइलो दाइ गएर के भयो र देश ले ६०१ माइलो दाइ हरु भेटे पछी ? अधिकार को कुरा गर्छन साथीहरु अनि अप्रत्यक्ष रुप मा यिनै नेता हरु को चाकडी गर्छन..

  26. मेरो भान्जोको पो बिजोक भयो त! जेठ १४ गते संबिधान जारि भएपछि बिहे गर्छु भनेर सुरिएर बसेको थियो, बिचरा लुत्रुक्क पर्यो| बिहे पछिको उसको लामो कार्यक्रम सबै रद्द भयो| नेताहरुलाई उसको श्राप चाहिं जरुर लाग्छ|

    • शशांकजी, तपाईको भान्जाको भन्दा पनि मेरो पो बिजोग भो त… उतिबेला फुर्ति लगाएर संबिधान नबने सम्म शरीरको कुनै पनि रौँ खौरन्न भनेर भनिहाले; अहिले Input देखि output सम्म समस्या पर्न थालिसक्यो भन्या !!

  27. सामुहिक राजीनामा दिने एमाले उपाध्यक्षको चेतावनी.
    कांग्रेसका जनजाति सभासदले भने- ‘कारवाही भोग्न तयार छौं, माग छाड्दैनौं’
    यो सबै उचाल्ने प्रचण्ड को कारणले गर्दा अरु पार्टी हरु पनि पार्टीमा बिद्रोह रोक्नलाई पनि म्याद नथपी नहुने परिस्थितिमा पुगे

  28. यो देशलाई यिनै नालायक नेताहरुले खोक्रो बनाईसकेको माथि देश नै डुबाउने भयो/ होइन देशको माया नलागेपनि लाज त लग्नु पर्ने हो अब/ कति थप्ने संविधान सभाको म्याद/?के यो संविधान सभाको म्याद भनेको भात हो कि क्या हो थपी-थपी खाने?

  29. हैन यी नेताहरुलाई के गर्ने हो हँ ? अरु कुरामा जहिले पनि बिमति जनाउछन
    तर संबिधान सभाको म्याद थप्ने कुरामा ६०१ जनाको एकै मत हुन्छ |म्याद
    कुनै पनि हालतमा थप्न दिनु हुदैन |बरु सभा बिघटन गरेर चुनाव तिर लग्नु पर्छ |
    जति थप्यो नेता मोटाउने मात्र हुन् अरु हुने वाला केहि छैन | नया संबिधान
    अझ ४ बर्ष थपे पनि बन्दैन | संबिधान जारी गरे पनि पुरानै संबिधान लाई काट छाट
    गरेर जारी गर्ने हुन् किन म्याद थप्नु पर्यो?

  30. ल बधाई छ है सबै लै. ३ महिना मज्जा ले आब आन्दोलन हुने भयो…. सबै ले घर मा खाने कुरो को राम्रै जोद्जम गरे हुने भयो. नेपाल को इतिहास मा सबै भन्दा राम्रो सर्कस ३ महिना लामो…… सारै भाग्यमानी रहेछन नेपाली हरु….

  31. जति नाटक गरे पनि कुरोको चुरो यहि हो ….

  32. आजै देखि सभामुख सुवास नेवांगले तुरुन्त सहमति गर्ने समय एक हप्ता दिएर विवादीत बिशेषमा भटाभट मतदान गरेर विवादीत बिशेषमा टुंगो लगाउनु पर्छ / नत्रभने सभामुख नेवांगले राजिनामा दिएर गए हुन्छ / देशलाई गृह युद्ध बाट जोगाएकोमा सबैलाई धन्यवाद /
    जातीय राज्यको पक्षमा माओवादीको कडा अडानले गर्दा सारा नेपाली जनजाती आदिवासीहरु माओवादी पछय भै सकेका छन् / सारा नेपाली जनजाती आदिवासीहरु माओवादीको समर्थनमा उत्रे पछी किन कांग्रेश एमालेले झिंगे दाउ थापी राखेको होला? दुइ तिहाई भन्दा वढी जनता माओवादी पछय भए पछी उसको एजेन्डामा अरु दलले सहमति नगरी सुक्खै छैन / आजै देखि कांग्रेश एमाले (छेत्री बाहुन) ले २५० बर्ष भन्दा वढी पिल्सिएर बसेका जनजाती आदिवासीहरुको घाउमा मलम पट्टि लगाएर समान ब्यबहार गर्ने कोशिश गर नत्र भने राप्रपाको हालत हुने पक्का भै सक्यो /

  33. सामान्य माग पुरा नहुँदा जनयुद्द सुरु भएको थियो , तेती बेला पद मा भएका नेता हरु लाइ अहिले पछुतो लाग्छ होला , भएका र प्राप्त गरेका उपलब्धि हरु गुमाएर अरु रनभुल्ल मा पर्नु र साम्प्रदायिक दंगा मा फसिनु भन्दा बरु ३ महिना ढिलै भएको जाति हो, अब थपिने ३ महिना सभासद हरु ले कुनै सुबिधा ,भत्ता नलिकन काम गरे भने जन बिश्वास बढ्ने छ भन्ने मेरो बिश्वास छ

  34. यिनी हरुले हुकुमी शासन चलायो, राणा शासन भन्दा चर्को
    बरुण

  35. अब देश मा जसले जे गरे पनि हुन्छा! सर्बोच अदालत को निर्णय सरकार, ठुला पार्टी भनौदा हरुले ने नै नमाने पछी अरुले किन मान्नु पर्यो? यो निर्णय ले दुइ चार वटा नया कुरा श्रीजना गरेको छ:
    १) नेपाल मा जसले जे गरे पनि हुन्छ!
    २) पहिला पहिला राजा संबिधान भन्दा माथि हुन्थ्यो रे! अहिले त यी ४ पार्टी संबिधान अनि न्यायालय भन्दा पनि माथि हुने भय रे! उनीहरुले बोले पछी र गरे पछी कसले रोक्ने?
    ३) ब्रह्माण्ड को विस्तार अनन्त छ भन्थे, अब नेपाल को संबिधान सभा को पनि तेस्तै हुने भयो! जति तन्काया पनि हुने! ३ महिना होइन अझ कति तन्किन्छा कति हेर्दै जाऊ……
    किन भने हरेक चोटी थप्दा अन्तिम पल्ट भन्छन, अनि फेरी, अनि फेरी ……….

  36. संगिनी ३ महिने सुई= अती प्रभावकारी

    • संगिनी सुई ‘पोथी’ को लागि भनिन्छ तर के यो सधै माथि पर्न चाहने ‘भाले’ हरु को लागि प्रभाबकारी होला? यिनीहरु लाई त ‘सुमर्ने’ विकल्प पो खोज्ने हो कि?

Comments are closed.