रातभर भूत पर्खिरह्यौं

-देवेन्द्र भट्टराई

पनौति चोकबजारमा ख्याक, भूत र प्रेतात्माको जगजगी छ भन्ने सुनेको धेरै भएको थियो। पत्रकारिता पेशा धान्न कतार प्रवासमा जानुभन्दा अघिदेखि सुनेको कुरा झण्डै दुई वर्षपछि देख्न र भोग्न पाइयो। प्रेतात्माको त्रासका कारण वर्षौवर्षदेखि खाली रहेको एउटा घरमा ज्या पुन्ही पर्वको साइत पारेर जेठ २१ गतेको रात सुत्न जाने अवसर मिल्यो।

त्यो घर अर्थात ‘मटां छेँ’मा ७०/८० वर्षअगाडि एउटी नेवार युवतीको निधन भएको रहेछ, त्यो पनि गुफा बसेको बेलामा। त्यस्तो अवस्थामा निधन हुँदा जहाँ श्वास गएको हो त्यहींबाट तल खनेर गाड्नुपर्ने नियम रहेछ। त्यही प्रचलनपछि युवतीलाई गाडिएपछि घरमा ख्याः आउन थालेको हल्ला रहेछ। हल्लासँगै त्यो घरमा बस्न आउने थुप्रै बासिन्दा कोही कुटपिटमा परेका रहेछन् कोही घिसाराइमा। रित्तो भूतघर ५ वर्षअघि भक्तपुरे संस्कृतिविद् रविन्द्र पुरीले जिर्णोद्वार गरेपछि भूताहा घरमा को सुत्न जाने भन्ने अन्योल व्याप्त रहेछ। हामी साहसी निस्क्यौं नपत्याउँदो गरी। भूतसँग पौठाजोरीमा जानेको सूची सुरुमा लामो थियो जस्तो-रंगकर्मी सुनिल पोखरेल, कलाकार दिलभुषण पाठक, सम्पादक प्रशान्त अर्याल, उपन्यासकार डा ध्रुबचन्द्र गौतम आदिआदि। तर अन्त्यमा सबैजना कि काठमाडौंबाट बाहिर गएको बेला पर् यो कि त आफैंमा डरछेरुवा निस्किए।



विशेषतः उमेरमा ७० छेक लागेका डा ध्रुवचन्द्र गौतमको भनाइ थियो-‘मैंले जीवनमा गर्नु-नगर्नु सबै काम गरिसकें। साहित्यमा नाम बनाएँ। छोराछोरी हुर्काइसकें। अब खासै चिन्ता र इच्छाको कुरो रहेन। त्यसकारण भूत भेटिएमा र प्राण त्याग्नुपर्ने अवस्था आएमा पनि केही छैन। यसकारण भूताहा घरमा सबैभन्दा अघिल्लो पंक्तिमा म गएर सुत्नेछु तपाईहरु नडराए हुन्छ।’

यसकारण पनि हामी ढुक्क थियौं। तर भूत घरमा जाने दुई दिनअघि डा गौतम रुसको मस्कोतिर हिँडेकाले उहाँको अन्तिम इच्छा थाती रहे झैं भयो। तैपनि हामी केही जवान साहसी र उत्साहीहरु पनौति लाग्यौं। नभन्दै ज्या पुन्ही जात्राको पहिलो साँझमा पनौति शहरमा छाएको उल्लासलाई भूतले खाइदियो। पनौती चोकमा उभिएको ‘मटां छे’ अर्थात् उज्यालो घरले यतिका वर्षपछि नयाँ जीवन पाएको थियो मर्मत-सम्भार र जिर्णोद्वारबाट। सुरुमा निकै हाहु र हँसीमजाक रह्यो। भूतका हिन्दी सस्ता फिल्मदेखि अंग्रेजी महंगा कहानीसम्मका गफ भए। कोही आफ्नी हजुरआमालाई सम्झिरहेका थिए जसले सिंगो पहाडी खेतबारीमा भूत-खेतालाका कारण धान रोपिने गरेको किस्सा सुनाएकी थिइन्। तीनकुनेमा तीनतले घर हुने साथीहरुको फूर्ती भने थापाथली पुलमा भूतले छिर्के हानेको विवरण सुनाउनुमा थियो। भनिहालौं ती साहसी पत्रकारहरु थिए- भूत आएमा पनि घिसार्न नसक्ने भीमकाय ज्यानका गिरीश गिरी, भूतप्रेत भेटिएमा पनि अंग्रेजीमा कुराकानी गर्न रुचाउने सुवेल भण्डारी र आफ्नी हजुरआमाले पहाड खेतमा भूत-भुतिनीकै सहारामा रोपाई गराएको किस्सा सुनाइरहने अर्का पत्रकार सुवोध गौतम। साथमा मटां छेका नयाँ मालिक रविन्द्र पुरी र उनको परिवार।

हामीमध्ये काठमाडौं तीनकुनेमा तीनतले घर हुने बन्द भएको ‘वाई’ म्यागेजिनका भूतपुर्व पत्रकार सुवेल भने राति अबेर आफ्नो एन्फिल्डमा हुइँकिएर भूताहा घर आइपुगेका थिए। ‘भूत हेर्ने भेट्ने भए गठेमंगलमा आउनु’मटां-छे मुन्तिर सम्साँझमा भेटिएका छिमेकी मच्छेनारायण खिमबन्जारले सुनाए-‘यो घरमा भूतले निकै सताएको छ। यहाँ पसल थाप्ने इन्द्रमान राजकुमारहरु पनि भूतको लखेटाइमा परेका छन्।’

ज्या पुन्हीको भीड नियाल्न बाहिरिएका बेला रातको १२ बजेतिर मच्छेनारायण भेटिएका थिए। स्थानीय प्रचण्ड ताम्राकारको खुद्रा पसलमा उनी चुरोट किन्न आएका थिए। पेशाले उनी ड्राइभर रहेछन्। ‘हामी त रातउँदी भूत किचकन्नी कति भेट्छौं कति’मच्छेनारायण बिस्तारै सातो लिँदै थिए-‘कोही लिफ्ट माग्ने हुन्छन् कोही आँखै सामुन्नेको पुलबाट खोलामा हाम फालिरहेका हुन्छन्।’

ओहो डरमर्दो भयो। नभन्दै यो कलीजुगमा पनि भूतले गालामा चड्काएका सुतेको भुईबाट घिसारेका र आफ्नो सातो खोजिरहेका पात्रहरु भटाभट पनौतीमा भेटिन थाले। ज्या पुन्ही जात्राका रथहरु तान्ने होहल्ला र होडका माझ सुटुक्क मटां-छेमा छिरेर साथीभाइको हुलमुलमा मिसिएँ। ‘खासमा यो घरमा गुफा राखिएकी एक युवतीको निधन भएको रहेछ नेवारी रितीमा ती युवतीलाई उनी राखिएको यही कुनाबाट तल जमिन खोस्रेर गाडिएको रहेछ’ मटां-छेलाई नयाँ जीवन दिने भक्तपुरे रविन्द्र पुरी सुनाइरहेका रहेछन्-‘त्यही कारणले हल्ला र कहानीमा यो घरमा भूत आउने गरेको रहेछ।’

ती युवतीको गुफामैं मृत्यु भएको ७० वर्षभन्दा बढी भएको हुनुपर्छ। तैपनि उनको आत्मा भने अझै घुमिरहेको सबैको भनाइ थियो। ‘म ६२ वर्षको भएँ मैंले थाहा पाउँदा भने त्यस्तो भूतको केही कुरा थिएन’ अलिक पर्तिर पनौती बजारमा किराना पसल थापेर बसेका मटां-छेका पहिलेका घरमालिक भोलानाथ मटांछेले भने-‘त्यो घरमा ख्याः आउँछ भन्ने हल्ला सुनेको हुँ तर मैंले भने थाहा पाईन।’

उनै भोलानाथबाट झण्डै ३ लाख रुपैंयामा मटां-छे रविन्द्र पुरीले खरिदेका रहेछन्। मटां-छेमा सँगैको अर्को घर पनि किनेर त्यसमा ३० लाख रुपैंयाभन्दा बढी खर्चेर अहिलेको रुपमा ल्याएका रहेछन्। घर पनि कति ऐतिहासिक भने यहाँ बस्ने परिवारको थर पनि त्यही घरको नाममा जन्मिएको रहेछ- मटां छे अर्थात उज्यालो घर। मटां-छेमा पहिलो रात सुत्न गएको हुलमा त्यहाँ एउटी युवती-भूत देख्नेहरु पनि केही भेटिए। कसैले युवतीको लामो कालो केशराशी भर् याङको छेउमा चलायमान भएको देखेका थिए। कोहीले राती सुतेका बेला आसपासमा पाउजु बजेको स्पष्ट आवाज सुनेका थिए भने कसैले सुकुल भुईमा घिसारेको सुनेका थिए। ‘तर मैले वास्तुशास्त्र धार्मिक सांस्कृतिक र आध्यात्मिक विधिमा सबै पाठपुजा गरेको छु’ ख्याःछेको तर्क-वितर्कमाझ रविन्द्र स्पष्टीकरण दिइरहेका हुन्थे।


भूतको कथा सुनाउँदै मिन्दिरा र रक्षा पुरी।

उनले नवदुर्गा राखेर भोजन गराएको गुफा राखिएकी युवतीको मृत्युपछि गाडिएको ठाउँलाई पनि वास्तुशास्त्रअनुसार शुदयाएको सहितका बयान दिएका थिए। गिरिशसँग टाँसिएर कुरा सुनिरहेका तन्नेरी पत्रकार सुवेल भने राती सुतेका बेला कुनै युवती-भूत भेट भएमा आफ्नो लिजर-पेजका लागि रोमान्टिक अन्तर्वार्ता लिइछाड्ने उमंगमा थिए। ‘कि अन्तर्वार्ता गरिन्छ कि मरिन्छ’, उनको साहसी स्वर थियो। तर त्यो सुरुवातको उमंग बिस्तारै सेलाएर पानी भैसकेको थियो यसको बयान बिस्तारै यहाँ आउनेछ।

‘२०४६ सालको जेठ महिना हुनुपर्छ’, यही मटां-छेमा सानोतिनो पसल थापेर बस्ने र भूत-खेदाइमा परेका इन्द्रमान र स्वमाया महाजुको जोडा बिहान त्यही घरमा भेटियो जो भन्दै थिए-‘राती सुतेका बेला १२ बजेतिर मेरो परिवारमा भूतले गर्नु नगर्नु गरेको छ।’ त्यो गर्नु-नगर्नुको भोगाइ श्रीमती स्वमायाले बेहोरेकी रहिछन्। यो घरमा भूत आउने त्रास र हल्लाले उनीहरुले आफ्ना दुइ छोराछोरी भने अरु आफन्तको घरमा सुताउने गरेका रहेछन्। तर दम्पत्ति भने अक्सर यहीं सुत्ने रहेछन्।

‘मध्यरातमा एउटा चिसो र नरम हातले मेरो दायाँ खुट्टाका तीन औंलामा समातेको थाहा छ। त्यहाँबाट घिसाद्रै लगेर लिस्नाको छेउमा पुर् याएपछि मैंले लात्ती हान्ने हुँदा भूतले मलाई छाडेको थियो’डराएको स्वरमा २० बर्षअघिको कुरो स्वमाया सुनाउँदै थिइन्-‘ बूढोलाई भनौं भने पनि नपत्याउने † अनि त रातभर मैनबत्ती बालेर समय कटाएँ। अनि त्यसको केही दिनमैं हामीले यो घर छाड्यौं।’ यही घरमा बस्ने माटाको काम गर्ने एउटा कुमालेको छोरालाई भूतले छोपेको र त्यही कारण रोगाएर केही महिनामा उसको मृत्यु भएको खबर पनि यिनै महाजु दम्पत्तिले सुनाएका थिए।


भूत यस्तो होलाः गिरिश गिरी

स्थिति निकै त्रासदीपूर्ण बनेको थियो। मटां-छेका जिर्णोद्वारकर्ता रविन्द्र पनि ‘भूत हुन्छ कि हुँदैन’को अन्योलमा पुगेका देखिन्थे। युवती-भूत भेटेमा रोमान्टिक अन्तर्वार्ता लिने अंग्रेजी पत्रकार सुवेल पनि आफ्नो धर्मअनुसार जिसस क्राइष्टको कथा सम्झिरहेको थियो जस्तो हिन्दूले अन्तिम बेलामा ‘रामनाम’ सम्झन्छन्।

‘म पनि भूतपीडित हुँ हजुर’ ज्या पुन्ही जात्राको दोस्रो दिन बिहान स्थानीय ६७ वर्षे माधवनारायण पिया भेटिए जो यही घरमा माथिका महाजु दम्पत्ति अगाडी होटल थाप्न बसेका रहेछन्। ‘यहाँ भूत छ भन्ने सुनिएको हो तर भेटेको थिईनु२०३५ सालमा बैशाखको एउटा रात सम्झिरहेका थिए पिया-‘म त्यो रात भने यही घरमा सुतेको थिएँ ऊ त्यो बाहिर निस्कने दैलाको आडैमा।’

राती १२ बजेतिर निन्द्रामा झकाइरहेका बेला उनले भूतको स्वाद पाएका रहेछन् दाहिने गालामा। ‘भूतले मलाई दह्ो गरी चड्कन हिर्कायो फेरि हिर्कायो र तेस्रोपटक पनि हिर्कायो’ पिया दाहिने गाला छाम्दै सम्झिरहेका थिए-‘म धर्मराउँदै ओछ्यानबाट उठें आँखासामुन्ने तोरीका फूल देखें।’


इन्द्रमान र स्वमाया

थप्पड हान्ने पनि युवती भूत नै थिइन् उनका अनुसार। कालो सारी र सेतो ओढ्ने उनले देखेका रहेछन् तर त्योभन्दा पर्तिर केही देखेनछन्। किनभने भूतको चड्कनबाट आँखामा चहकिलो बत्ती बलेको भोगाइ उनी बेहोरिरहेका थिए। शायद भूत िहंडने मुलढोकाकै आडमा सुतेर पो थप्पड हानेको हो कि त्यो पनि उनले सोच्नसम्म पनि भ्याएनछन्। अनि के गर्नुभयो त प्रश्न झर्न नपाउँदै पियाले थपे-‘मैंले के गर्नु थियो र जे गर्नु भूतले गरिसकेको थियो।’ त्यसपछि उनी पनि मैनबत्ती बालेर बिहानीछेकसम्म बसेछन्। अनि केही दिनमैं होटल छाडेछन्।

ओहो ख्यालख्यालमैं झ्याल भनेजस्तो भयो। अघिल्लो साँझमा साहसका नमूना झैं रहेका पत्रकारहरुको चेहरामा भूत उत्रिसकेको थाहा लाग्थ्यो। यसरी २० बर्षपछि त्यही मटां-छेमा पहिलो रात बित्यो। डर त्रास भय आशंकाका माझमा भूत प्रतिकार गर्न गएका साथीभाइले कि गफमा मस्तराम बनेर रात कटाए कि मद्यपानका भरमा बेहोसी बनेरै भूतलाई चुनौती दिए। तर वातावरण र जनसंख्याका बिज्ञ पत्रकार सुवोधको अन्दाजमा भने बढ्दो कोलाहल भीड र वातावरणीय प्रदुषणका कारण अब भूतको अस्तित्व नै छैन। अलिक मादक स्वरमा उनी हामीलाई सम्झाइरहेका थिए-‘बागमतीमा पानी त छ तर के त्यहाँ माछा बाँच्न सक्छ ‘ कुरो ठीकै लाग्यो।

पेशाले पत्रकार भएपनि सौखले फिल्मी डाइरेक्टर समेत रहेका गिरीश गिरी भने यी सबै इतिवृतान्तहरु क्यामेरामा कैद गरिरहेका थिए। कुनै दिन उनले ‘भुतों कि आएगी बारातु टाइपको फिल्म बजारमा ल्याए भने अनौठो नहोला †


गालामा चड्कन

बिहानीछेक कोही एकजना पत्रकारलाई लघुशंकाले च्यापेको रहेछ। तर मटां छेँको चौथो तला बाहिर रहेको ट्वाइलेटसम्म जान नसक्ने भएका रहेछन् भूत भयले। ‘लौ न बाहिर जौं न मलाई गाह्रो भयो क्या’ उनले फुसफुसाएको सुनियो। ती जवान पत्रकारलाई पछि लगाएर अंग्रेजीवाज पत्रकार सुवेल ट्वाइलेटसम्म गएको देखियो जो ढोकामा बसेर अंग्रेजी गीत गाइरहेका थिए बडो पीडादायी स्वरमा।

तैपनि भूत-धङधङे यथावत थियो। बिहान ओछ्यानबाट उठ्नै नपाइ काठमाडौंका अंग्रेजीवाज सुबेल र हजुरआमाको भूत-किस्सा सुनाउने अर्का पत्रकार सुवोध फरार भैसकेका थिए। तल इन्द्रायणीको फेदीमा उनीहरुको काठमाडौं ताकिरहेको विशालकाय एन्फिल्ड भटभटेको आवाज सुनिँदै थियो-भटङ्टङ टङ्…! [email protected]

भट्टराई कान्तिपुर दैनिकमा कार्यरत सञ्चारकर्मी हुन्।


78 Comments

  1. भूतको कथा धेरै व्यक्ति हरुको मुखबाट सुनेको छु तर सबै वाइयात मात्रै त्यसैले मलाई यो भूतको कथा पढ्नै मन लागेन l

  2. sadai hawa neta ko article le wakka lageko thiyo ….balla difference taste lina payo ,kasai le bakwas vane , kasai le pheri na leknu vane tara tini haru top to bottam nai padna vyayechhan hai hahahaha ………..

  3. Sanka le manche lai lanka purauncha bhaneko yehi ho hoina ta saathi haru????????????Sajan Frm Sydney

  4. हेल्लो देवेन्द्र जि Namaskar, हैन कहिले चिप्लिनु भो नेपाल तिर थाहा पत्तै नदिकन स्टुक्क भुत भेट्घाट कार्यक्रम तिरपो! एनी वे , धेरै राम्रो लाग्यो तपाईंलाई ब्याक टु मेरोसन्सारमा पाउदा|
    तर भुत न आएर चै बर्बाद अनी चौपट्टै भएछ नि है ……..एक्लै जानु पर्थ्यो के अनी आउथ्यो भुत मित्र ……

  5. Devendra Ji,

    Sayad tapai le “Bhut” vaneko auta mangadhante kura ho vanne proof garna khojnu bha hola ra yo huna pani sakchha ki kaso ?

    Tara tapai ta bhut samatna bhanera pura camera liyera shooting group yani ki heroin suddha liyeara janu bha rahechha, tesaile le tyo rat bhutle tapai harulai “let them enjoy” bhanera chhode ko hola.

    Yedi tapai sanga testo aat (courage)chha bhane tyo gharma gayera eklai 1 raat bitaunus ani anubhav bataunu hola.

    Sayed, maile tapai ko yo lekh ko comment garnu parchha bhanera thaha payeko bhaye tyo lekh ko cutting, date, title ani tapai haru jastai writer ko nam dina sakthe tara maile auta samachar mani padhe snasar ma anek hudo rahechha bhanera samjhe ra falidiye lekh athawa samachar k thiyo bhane “Pretatmale auta aimai sanga sex gareko samachar thiyo” kripaya tapai ko email ID paye tapai lai cutting scan gari dine thiye.

    Tesai le ma tapai haru lai k bhanna chahanccu bhane “Tapai haru jo hami hau bhanera hindnu hunchha ni pahila afai lai chinne koshis gare ramro hola”

    Tyo samachar dine stupid ki tapai ? Because you are both journalist

  6. भूत एक मनोगत भावना मात्र हो । अाजसम्म कसैले पनि प्रतक्ष्य रुपमा भूत भेटेको पाइएको छैन । यसले परापूर्वकाल देखि मानिसको दिमागमा डेरा जमाएर बसेको छ । साथीहरु यसका बारेमा अनुसन्धान हुनु वरुरी छ ।

  7. ya………….ma pani bhanchu ki sayed bhoot aaucha kina ki my mom has face this situation before……..so i use to belive that………so reena ji ani binaye ji,I support u both……………

  8. हुन त यो ब्लोग हो समाचार होइन, तर हाम्रो नेपाली पत्रकार हरु लाई दन्त्यकथा र मोटर साइकिल मा फोटो खीचने रहर रहेछ र दुर्भाग्य को कुरा ख्या : चा पनि आई दिनु भयन ख्या : चा पनि अहिले को नेता र वाई- श्याल संग दराएर लुकेर बसेको होला १, २ हप्ता अरु बसेमा देखनु हुन्छ की कुन्नी ?

  9. भूत-प्रेतको वारेमा नयां पुराना कुराहरु जे जे भए पनि एउटा सत्य के चाहि हो भने मनले भूत देख्ने वेला भनेको नै एकान्त, अध्यारो, एक्लो, हात हतियार विहिन र द्धिविधाको अवस्थामा हो । मेरो विचारमा भूतले यहि अवस्थामा वढी आक्रमण गर्छ । पत्रकार साथीहरु त्यत्रो हुल वाधेर, त्यस्तो योजनावद्ध भएर जानु भनेको त साच्चिकै भूत भएको भएपनि भूत नै डराउने अवस्था हो । त्यस्तो वेलामा पनि भूत आएन… केहि भएन… भन्ने खालको कुरा भनेको त भूतको अस्तित्वलाई चाहि स्वीकार गरेको तर त्यस दिन मात्र संयोगले त्यसको भामलोमा नपरेको भन्ने स्पष्ट हुन्छ ।

    भूतले आफ्नो ठाउँमा नै धेरै आतंक गर्छ, टाढा र थाहा नभएको ठाँउमा भूतको खास प्रभाव हुदैन भन्ने मेरो मान्यता छ । किनभने भूत लाग्ने त्यसको उपस्थितिले भन्दा पनि भूत सम्वन्धि आफ्नो वनि सकेको धारणाले गर्दा नै वढी हो । हामी आफ्नो गाउँघरका ठाउ विषेशमा भूतको वासलाई मानि रहेको हुन्छौ । हामीलाई थाहा भइसकेको हुन्छ कि “त्यो रुखको फेदमा, त्यो थोत्रे घरमा, त्यो पाटीमा, त्यो ओढारमा, त्यो खोल्सामा, त्यो गहिरामा भूत छ, त्यहा रात-सांझ एक्लै हिड्नु हुदैन, फलानालाई पोहोर यस्तो भएको रे …।” आफ्नो गाउको भूतसंग अलि बढी डर हुन्छ । किनभने हामी सुनिरहेका कथावाटै तर्सिसकेका हुन्छौं । हामी गाउघरको चिहानघारीको वाटो रात सांझ हिड्दैनौ, तर टाढा वाट आएको मान्छेलाई खास डर हुदैन र हामी पनि अपरिचित ठाउतिर रातसांझ हिड्नु पर्दा भूतसंग भन्दा पनि अरु नै असजिलासंग अलि र्सतर्क हुन्छौंं । किनभने नयाँ ठाउँमा भूतको घर कहानिर हो त्यति थाहा हुदैन । कोहि दुइजनासम्म भई सक्दा त भूतको केहि चल्दैन भने देवेन्द्रजीहरुको त विचारले त्यति दृढ र त्यत्रो जनाको समूह रहेछ, त्यस्तो ठाउँमा हात हाल्न हतियारवद्ध छापामारहरुले त एकछिन सोच्नु पर्ने हुन्छ भने भूत नाथुको के दया चल्थ्यो र उत्पात मच्चाओस त !

  10. हैन भुत खोइ त। पढ्दा पढ्दा भूतै भागे जस्तो छ।

  11. There are so many bhoots in Kathhmandu. They move Shinha Durbar to Narayan Hiti Durbar and Baluwatar. They are so scary and dangerous,too. They do not accept the God’s existence. They do not care the people, too. They are visible during day light. They disapear in dark. They go bhansar and disco during night time. So, we all need to be very careful with them.

    jay desh

  12. sathi ho mata bhutpret prati biswash lagdaina. yedi tyao gharma bhut chha bhane malai 5 lakh wa 5 hajar bechnu ta bhut bhaye pani je bhaye pani ma linchhu ani ma pramanit garne chhu ke chha bhanne kura la. yo yeuta katha ho pls yesari samaya khera nafalnu hole. dhanya bad.

  13. deshma live bhut harule tetro aandolan ra k vanera tetro pida dida ta nepali darayaka chhainan mareko bhut sanga k darako ho bro haru .real bhut ta desh bigarne banda hadtal garne haru hun.

  14. May be bhoot was practicing a public relation stunt. By letting a group of patrakar to live there without any incident, the bhoot was seeking positive news in mysansar. This is publicity!

  15. भूत कहिल्यै पनि आउंदैन, किन कि यो त गै सक्यो! भविष्य आउने छ!! वर्तमान तिमीसंगै छ!!! भूतलाई छाडी देउ, बरु वर्तमानको सामना गर्न तयार होऊ!!!!

  16. बिचरा भूत लाई खोयाविर्के गनायो होला नि अनि नजिक आएन

    हाम्रा पत्रकार वन्धुहरु ले टनं खोयाविर्के चडाउनु भएछ त

  17. दुई जना मात्र सुतेको भए गालामा चड्कन भेतिन्थ्यो होला तर जुलुस लगाएर पिउदै बसेपछि भुत नै भागे होला नि हा हा हा हा हा हा हा

  18. त्यस्ता कथाहरु नेपालमा धेरै छन् । अझ कुनै हजुरवुवा उमेरकालाइ भुतको कथा सुन्न माग्यो भने भट्टराइको यो विवेचनालाइ माथ् ख्वाउने खालका कथाहरु सुन्न पाइन्छ । यो पनि नेपालको विशेषता नै हो । आखिर जे भएपनि यसलेखबाट उक्त घरको, उक्त घरमा वस्नेहरुको र सम्वधितहरुको वेबसाइटको समेत प्रचारगर्न लेखक सफल भएकोमा वधाइ छ !

  19. यस्तो भुत त हाम्रो देशको मन्त्रि क्वाटरतिर आउनुपर्ने हो..

  20. पढ्दा पढ्दा झ्याउ लागेर आयो, अडियोमा भयको भय सजिलो हुन्थ्यो कि ?

  21. Khai Bhoot ko kura ta derai padya ho. patau kasari dekheko chhaina afule aile samma! Ma pani yeso bhoot herchhu banera raati chihan ma yeklai pani baseko chhu. taaara khai bhoot shoot ke ayena. mazza ta lagchha naya chij khojna. aa yeuta yeuta kura asti hamro fupajyu ko ma yeura jagga bechne dalal ako thiyo. Jagga mazza ko chha re sasto ma. tara yesma yeuta baada chha re. achhamma ko baada chha. sunyo bane tapai pani tyaha jana maan parchha hola. ma pani janthey tyaha. Mazza kura yo chha ki tyo jagga ma 4 5 baje tira janu parchha re hasauchha le ho.dalal le kasam khadai bandai thiyo. mazza ta yo chha ki bhoot le mazza le pitchha re tyaha pani. tara maile chai dekheko chhaina mauka payo bane ma pani janchhu. shakhu jane bato ma indrayani banne tham chha re. jam sathi ho tyo dalal sanga. heru ke hudo raichha. akhir ma anusandan garne ta ho !!

  22. भुत भन्ने नभयेपनि भुत को कुरा गर्न चाही सार्है रमाइलो हुन्छ साथिहरु

  23. Hi! devendra g,
    nice article. devendra g,i like more to read n hear abt the BHOOT KATHA so hoping u wil give us many more articles in future.when u wil comback again Qatar.
    can u guess me Devendra g who i m?

  24. Rabindra ji ko karya sarahaniya chha. Bhaktapur ko “Namuna ghar” Panauti ko “Matan chhen”.
    Thanks for Devendra Bhattarai and Keep it up Rabindra ji.

  25. भूत……………..आबूइ………………डर लाग्यो …………………भूत भने पछि त आफ्नो त सातो जान्छ ! मैले पनी भूतले घाटीमा न्याकेको ! त्यसैले …………………….आबूइ………………भूत !

  26. बिहानीछेक कोही एकजना पत्रकारलाई लघुशंकाले च्यापेको रहेछ। तर मटां छेँको चौथो तला बाहिर रहेको ट्वाइलेटसम्म जान नसक्ने भएका रहेछन् भूत भयले। ‘लौ न बाहिर जौं न मलाई गाह्रो भयो क्या’ उनले फुसफुसाएको सुनियो। ती जवान पत्रकारलाई पछि लगाएर अंग्रेजीवाज पत्रकार सुवेल ट्वाइलेटसम्म गएको देखियो जो ढोकामा बसेर अंग्रेजी गीत गाइरहेका थिए बडो पीडादायी स्वरमा।
    Yesley malai marnu maryo hasayera…

    Josley J bhaney ni..its a very good article…
    Bahira basey ra “shit.tato na charo ko article” bhaneyy haru lai dekhey ra uniharu ko susta manasthiti prati haso ani achamma lagcha..
    Jai Pashupathunath

  27. Aba tyetro jana gayera bhoot herna gayepachi kahain bata aaucha bhoot, sakcha vane eklai jau na ani rakha arko article mysansar.com ma!

  28. bhanchan ni sathi haru kam painas buhari pada ko …… k po kanyaune re…. yo bhut haru jati sabai neta haruko gharma copy paste garna milne bhaye kasto hunthyo hagi…. hana ye netaharule ta nepali janataharulai pangu nai banayera chodne bhaye ni… aba aru kasaiko ta kurai nasunne bhaye kyare kamse kam bhut ko ta kura sunthe ke ta… ke kaso hai sathi haru…. hana tyo bhut chhai kina aayenachha ta … ke teslai pani lukaija lagyo……. hunata patrakar dekhi sabai darauchhan bhanthe! yo bhut pani patrakar dekhi darayo kyare….aba yeso garu patrakar sathi tyo bhut le nathapaune gare camara feet garu ani bhut aauchha tyo sabai record garera pachi television ma khoj khabar, kantipur aja, khabar bhitra ko khabar, news ma dinu parchha aba yestai samachar ko ta khancho chha ni… hana tyo nani lai chhai kina gadechhan han tya kamsekam aaba jhikera bhayepani ta aanitai lanu paryo ni natra ta tyo bhut le ta sabai lai tarsaune bhanda pani hasaune po bhayo ganthe…..! aba yeslai musium banaunu parchha hai makune…. tesko namm chhai makune bhut musim rakhnu parchha sochu hai belama….
    po box: 9630
    kathmandu nepal.
    [email protected]

  29. भूत means past … कसरी आओस त बितिसकेको कुरा !

  30. yo bhut vanne kura manako trash ho. mana lai darho gareko khndama bhut nai aeko vaepani sabai dekhine hola.

  31. भट्र्राई ज्यू हजुरको कुरामा म सहमत छैन । बिभिन्न अनुसन्धान कर्ता बैज्ञानिक, जर्नोलोजिष्ठ
    हरुकासाथ तपाईको त्यहाँ उपस्थिति भएको भए पनि केही हदमा ब्रहृमाण्डमा केहीन केही तत्वछ भनेर चिन्तन गर्ने बाटो हुन्थयो । खास तपाईहरु सबै डरछेरुवा लाई छिपकलि , मलसाप्रो , मुसा, बिरालेा र अन्यकुनैले तर्सर्ााो हुन सक्छ । कुनै दिन मैले एउटा घटना देखें
    त्यो मेरै साथीको थियो । भएछ केभने -बषर्ातको रातमा अकस्मात उसलाई दर्ुइ चार जनासाथी सङ्ग हिड्न प-यो कहीं बाटोमा सानातिनो कुनै चीजले नथाह हुने गरी चीसीक्क
    पा-यो । तर पनि उसले सके जति साहस देखाउँदै अगाडी बढ्दै गयो अरु साथीलाई यस्तो भयो
    भन्नेकुरा सम्म भनेन । अन्त्यमा उसले कुनैखतरनाख सापले टोकेको सिद्ध गर्दै गयो । एउटाको घर गएर खर्ुसानी खानु पर्ने भयो । साथीहेा अब म सायद बाच्दैन सापले टोकेको छ मलाई ।
    यसरी नर्बस हुदै गएपछी हामी एउटाको घर गयौ र आफ्नो बीबसता भन्यौ । उसले आश्रय पनि दियो । खर्ुसानी पनि दियो । नीकै पीरो खर्ुसानी रहेछ तरपनि दसौटा खाँदा पनि उसलाइ पीरो नभए पछि एघारौं पटकमा पिरो भयो र उ ढुक्क सङ्गबाँचीयो भनेर खुसीभयो पनि । तर अर्को दिन पिरो त मुखको उल्टो भागमा भएछ । दीसानै गर्न नसकीने हिसावले । बस यही कुरा चरीतार्थ हुन्छ तपाईको भुतमा ।

  32. पाँचवटा ढर्राः
    १) भूतको हल्ला गर्नेहरूको ढर्रा ।
    २) भूत सामना गर्ने पत्रकारहरूको ढर्रा ।
    ३) भूतको कथा लेख्ने लेखक (देवेन्द्र भट्टराइ)को ढर्रा ।
    ४) ढर्रे कथा प्रकाशन गर्ने उमेशको ढर्रा ।
    ५) ढर्रे कथा पढ्ने हाम्रो पनि ढर्रा ।

  33. The article made me to crazy laugh since beginning to end. IK enjoyed lots. THank u Devendra Ji your nice word selection for each participants,

  34. देश मा वाई सी एल को नाम को भूत हुंदा हुँदै के को मरेको भूत देखेर डराउने

  35. अन्ध विश्वाश का कुराहरु माइ संसारमा राख्नु पर्ने उचित लागदैन मलाई त। मान्छे चन्द्रमामा पुगे हामी अझै टुप्पी सातेर चन्द्र र सुर्यलाई दोग्दै छौ । यो बिज्ञानको युग हो न कि त्रेता युग ।

  36. Ghost is the imaginary feelings . psycholical and sociological concept, so let’s it be and do it and make the medium of time pass.

  37. भुत नआउदा त सबको सात्तो गएछ,आएको भए ज्यान धरापमा पर्ने रहेछ,
    बनको बागले खाओस नखाओस मनको बागले चै खाइसकेछ

  38. Devendra JI,
    Nice article, congrachulation ?
    Qatar Aauna chodera kata ho ta ni sir Bhut ko khoji ma ?

Comments are closed.