च्यानल नेपालबाट क्षतिपूर्ति समेत भराइयो

२०६३ साउन ९, मंगलबार
त्यो दिन अझै सम्झन्छु म। कात्तिक १ गते आफ्नो काम सकाएर हाजिर कपीमा हाजिर गरेर घर फर्किएको थिएँ। तर भोलिपल्ट हाजिर गर्न जान्छु त गरेको हाजिर पनि केरेर अंग्रेजीमा ‘लेफ्ट’ भनी लेखिएको अनि १ गतेदेखि अवकाश दिइएको भन्ने व्यहोरा भएको पत्र दिइएको। पत्रमा कुनै कारण दिइएको थिएन। बिना कारण अवकाश दिने त्यो संस्थाले अहिले क्षतिपूर्तिवापत् रकमसमेत आज दिनुपरेको छ। अवकाश दिनुभन्दा पनि ठूलो मानसिक यातना हामीलाई काम गरेवापतको पारिश्रमिक रकम प्राप्त गर्ने क्रममा दिइएको थियो। अवकाश पत्रमा १५ दिनपछि बाँकी हरहिसाब दिने भनिए पनि ९ महिनापछि बल्ल सम्पूर्ण रकम (०६१ सालमा बन्द भएको स्पेसटाइम दैनिकको ३ महिनाको पारिश्रमिक भने अझै बाँकी नै छ) चुक्ता भएको थियो। बीचमा यसरी नै ‘मालिक’हरुबाट अन्यायपूर्वक निकालिएकाहरु मिलेर खोलेको श्रमजीवी पत्रकार संघर्ष समिति नबनेको भए अझै पनि यो रकम प्राप्त गर्न निकै धाउनु पर्ने थियो होला।

अहिले यो क्षतिपूर्ति दिएको स्थिति हेर्ने हो भने च्यानल नेपालका ती ‘मालिक’ले हामीहरुको पारिश्रमिकलाई नियतवश नै रोकेको प्रष्ट देखिएको छ। र, एउटा राजनीति र डलरखेतीबाट पर रहेर विशुध्द पत्रकारहरुको हकहितका लागि आवाज उठाउने संस्थाको कमी पनि ‘मालिक’ हरुको यो हेपाहा नीतिको कारक तत्व रहेछ भन्ने देखियो। अर्को कारक तत्व भनेको विभिन्न स्रोतबाट हण्डी खाँदै पारिश्रमिक नै नचाहिनेहरुको र चाकडी र चाप्लुसी गर्नेहरुको बोलवाला सञ्चार गृहहरुमा हुनु पनि हो। अनि त्यस्ताहरुबाट पीडित भएर केही गर्ने आँट नभई चुप लागेर सहेर बस्नेहरुका कारण पनि यी ‘मालिक’ हरुले हामीलाई हेप्न सकेका हुन्। अब च्यानल नेपालकै कुरा गरौं न, हामीले क्षतिपूर्तिवापतको एक महिनाको तलब बराबरको रकमसमेत लिइसकेका छौं, तर त्यहीँ काम गर्नेहरुको भने महिनौंको तलब बाँकी नै छ। एक जना साथी भन्दै थियो- मेरो त दुई लाख लिन बाँकी भइसक्यो। अर्को भन्दै थियो- कुन महिनाको कति तलब लिन बाँकी छ नै बिर्सिसकियो।

नेपाली पत्रकारिताको इतिहासमा मालिकले अन्यायपूर्ण ढंगले निकालिएवापत् क्षतिपूर्ति पाउनेमा हामी भने पहिलो हैनौं। यसअघि नेपाल वन टेलिभिजनले धादिङ संवाददाता फणिन्द्र सिलवाललाई निकालिएको दिनदेखिको पुनर्बहाली भएको दिनसम्मको तलबसहित पुनर्बहाली गरेको थियो। श्रमजीवी पत्रकार संघर्ष समितिले नेपाल वनको काठमाडौं कार्यालयमा धर्ना दिने अल्टिमेटम दिएपछि व्यवस्थापनले त्यस्तो निर्णय गरेको थियो।

फणिन्द्र सिलवालले धादिङमा भएको माअ‍ोवादीको आक्रमणको ‘लाइभ रिपोर्टिङ’ गरेका थिए। त्यसपछि सेनाको दबाबमा उनलाई नेपाल वनले बर्खास्त गरेको थियो।

समितिको ‘मालिक’को शोषणविरुध्दको आन्दोलन भने अझै टुंगिएको छैन। राजधानी दैनिकबाट माघ १९ पछि राजनीतिक आस्थाका कारण निकालिएका एक दर्जन जति पत्रकारहरुको पारिश्रमिक र क्षतिपूर्ति भराउन बाँकी छ। एचबीसी एफएमबाट पनि त्यस्तै गराउन बाँकी छ। त्यसपछि अन्यायपूर्वक बिना कारण हचुवा तालले निकालिएकाहरुलाई पुनर्बहाली गराउन र श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गराउन पनि बाँकी नै छ।

13 Comments

  1. la badhai umesh-ji
    yo speace time , channel nepal ..tei bahadur krisna pani chan tesma ..tyo murti bechera paisha kamayeko manche hamilai thaha cha ..japan pani aucha time time ma ..tara thula thalu ko sangat tapailai bhanejastai..mathillo taha bata sanchalit bamanu harun hun iniharu ..daller kheti garera paisha kamayeka haru hun ..majhaula khale taskari haru ..
    manandhar/

  2. Dear Umesh jee,

    Working journalists are being laid off and kicked out of job arbitrarily mainly because Nepali media houses are into the grip of tycoons who have little to do with ethicical media business let alone their duty to serve the people’s right to objective information. As long as big media houses are run by shaddy tycoons like Jamim Shah, Gyawali-Sirohiya and Mahendra Sherchan working journalists will continue to be exploited and those who wag their tails beside their masters will thrive.

    You have raised a burning issue Umesh jee. PLease try to give follow-ups on their issue.

    regards,
    Sushmita

  3. Umesh ji,
    Tapain haru le ta chyatipurti paunu bhayo ramrai bhayo tara ahile pani talab bina kaam gariraheka patrakar haru ko kura sunda chain dikdar lagera aayo. Haina aba aafa kura sunne neta haru power ma bhako bela ma eso patrakar haru le force launu paryo esari talab nadiyera basne company ki ta banda hunu paryo haina bhane sabai karmachari lai talab dina paryo…malai thaha bhae anusar channel nepal ma kasaile chain tunna talab paunchan re ani kasaile chain kehi paudainan..patrakar sathi haru le pani ali himmat nikalnu paryo..tyo 2-2 lakh rakam banki hune garera pani kaam garchha koi? Sab le ekkai din kaam chodera channel sannel bandha garaunu paryo….yo ta achakli nai bho…rajnaitik parivartan ko lagi chain tetro awaj uthaune patrakar haru..afnai hak hit ko lagi chain kehi garna nasakne?? Patrakar mahasangh kina rajniti gardai hindchha khai ta patrakar haru ko welfare ko kura uthako…ahile ko sanchar mantri ra sachib lai dharna dina kina nasakeko…nachaine kura ma chain aawaj uthaune…aafnai hak ko lagi chain..lute musa bhaera basne..malai ta chitta bhujena hai esto kura.

  4. हैन सबै मिदियाहरु यस्तै हुन्छ कि क्या हो । कुरो के भने मेरो दाइले बिगत ६ महिना देखि कान्तिपुर टेलिभिजन मा फोटोग्राफर्को काम गर्नु हुन्छ । तर वहाँले अहिलेसम्म सालरी पाउनु भएको छैन । आफ्नो रोजिरोटीको लागि नै हामीले काम गरेर खाने हो, अनि आफनो परिश्रमको फल नै पायेन् भने कसरि गुजारा चलाउने। तपाइ त पत्रकार हुनुभयेकोले येति गर्न सक्नु भयो। तर हामि त ।।।।। त्यसैले उमेशजि प्लिज् हाम्रो लागि पनि केहि पहल गरिदिनुस । धन्यबाद!

  5. हेल्लो उमेश जि नमस्कार !
    तपाईं ले फणीन्द्र सिलवालको बारेमा केही लेख्नु भयको
    रहेछ । उ कहिले देखि फेरी नेपाल वन च्यानल मा काम गर्न थालेको हो बताईदिनु हुन्छ कि? अझ उस्को संपर्क ठेगाना बताई दिनु भएमा आभारी हुने थीएँ ।
    रमेश
    बेल्जियम

  6. बधाइ के दिनु र? बधाइ दिन लायक बिषय भए पो! तै पनि सुखको सास फेर्न बहाना चै पाउने भो ।

  7. काम गरेको पारि पारिश्रमिक नपाउनु त्यहाँ भन्दा दुखको कुरा अरु के पो हुन सक्छ र। कति अनौठो कसरि रोक्न सकेका आज सम्म। होइन काम गरे बापद पाउने ज्याला नपाएपछि खाने के? तो बिचर नेपाल १ को पत्रकार ज्यानको बाजिलागाएर माओबादि आक्रमणको गतिबिदि लिन पुग्दा जागिर बाट चट्बनाउन दबाब दिने र फेरि मेहनति पत्रकारलाइ कुइट बनाउने नेपाल १ कस्तो समाचार सेवा। अनि त्यो त यिनै सेरबहादुरको पालामा भएको होइन र?

  8. उमेशजीलाई बधाई । बाह्रबर्षा खोलो र्फकन्छ भन्ने नेपाली उखान जस्तै उमेशजी लगायतका अन्य पिडित श्रमजीवि पत्रकारसाथीहरूले ढिलै भएपनि बक्यौता पारिश्रमिक पाएको खबरले हामी सम्पर्ूण्ा मेरो संसार डट कमका पाठकलाई खुशी एवं हर्षलाग्नु स्वभाभिक नै हो । आफ्नो परिश्रम अनि पसिनाको फल सदैव मीठो हुन्छ । श्रमजीवि पत्रकारहरू आफ्नो पेशागत हक तथा हितकालागि यसै गरी संगठित हुँदै अगाडि बढदै गएमा भविष्यमा कुनै पनि प्रकाशन वा प्रशारण संस्थाको शोषणको शिकार बन्नु नपर्ने कुरामा कसैको दर्ुइमत नहोला ।

Comments are closed.