युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

सरकारसँग अब बाँकी विकल्प

-रामप्रसाद सापकोटा ‘दीपशिखा’-

सरकारसँग अब निकै अप्ठ्यारा विकल्प मात्रै बाँकी छन्। • दुई दिनभित्रै विवादित विषयलाई हल गरी संविधान जारी गर्ने, विवादित विषय थाती राखी संविधान जारी गर्ने, • सर्वोच्चको फैसलालाई व्यवस्थापिकाबाट राजनीतिक खारेजी गरी म्याद थप्ने, • जेठ १४ को अन्तिम समयमा संबिधानसभाको बैठक सुरु गरी आवश्यक दिनसम्म अन्त नगरी संविधान निर्माण गर्ने (बोलिभियामा [...]

सभासद ज्यु, ओढ्ने-ओछ्याउने ठीक पारी राख्‍नुस्

-विक्रम नेपाली-

६०१ जनाले यसपाली चाहिं ओडने ओछ्याउने जेठ १४ पछिका ३-४ दिनका लागि जुटाई राखून, विचराहरुको विजोग अस्तिको पाला बैठकमै उन्ग्दै गरेको, निदाइरहेको टिभीमा लाइव देख्दा टिठ लाग्याथ्यो।

अब पर्ख र हेरौ बाहेक कुनै अनुमान लगाउन नसकिने भैयो। तथापि ६०१ जनाले पुनर्स्थापित प्रतिनिधि सभाको नाममा पुनर्जन्म पाउने लगभग निश्चित नै छ। एमाङ्ग्रेसले अड्डी [...]

कथा यात्रा (भाग ८)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको आठौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। यसपटक बद्री अधिकारीको कथा तपाईँहरुको मत पाएर छनौट भएको छ। यो यात्राको आठौँ भाग पढ्न भित्र आउनुस्।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले [...]

बाहुन क्षत्री पनि आदिवासी, बाहुन क्षत्रीको विजय जुलुस

आफूहरुलाई ‘अन्य’ सूचिमा राखी पहिचानविहीन बनाइएको भन्दै आन्दोलनमा उत्रिएका बाहुन क्षत्रीहरुको अनिश्चितकालीन आन्दोलनको पहिलो दिन सरकारसित भएको वार्तामा उनीहरुलाई पनि आदिवासीको पहिचान दिने सहमति भएको छ। उनीहरुलाई नयाँ संविधानमा ‘अन्य जाति’ बाट हटाई ‘खस आर्य’ (क्षेत्री, ठकुरी, दशनामी तथा दलितलगायत) लाई राखी अधिकारसहित आदिवासी सूचीकृत गरिने सहमति भएको छ। योसँगै उनीहरुले अनिश्चितकालीन बन्द फिर्ता लिए। [...]

जातीय राज्य भयो भने यसो हुन्छ

• जातीय राज्य बनाउनका लागि बहुसंख्या मात्र होइन, अत्यधिक संख्यामा त्यही जातिको जनसंख्या रहने गरी राज्यहरूको निर्माण गरिएको हुन्छ। • राज्यका सबै प्रमुख पदहरू त्यही जातिका व्यक्तिहरूका लागि मात्र व्यवस्था गरिएको हुन्छ। तमुवानमा गुरुङहरु, मगरातमा मगरहरु, नेवाःमा नेवार जातिका मात्र मानिस धेरै हुन्छन्। • व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका लगायतका राज्यका सबै अंग, निकाय र संस्थाहरूमा [...]

यस्ता पनि विश्व साइकल यात्री

-खेमनाथ पौडेल-

विश्व साइकल यात्रामा निस्केका नेपालीहरू यूएई आएर फर्केपछि कहाँ जान्छन् थाहै हुँदैन। यूएईमा साइकल यात्री पुष्कर शाह, देवेन्द्र कार्की, रेसप्रसाद दाहाल, उनका सहयोगी वविन बस्नेत र भरखरै सौरभ दाहाल आए। यहाँ लामो समय कामदार भएको हुनाले उनीहरूको भ्रमणबारे धेरथोर जानकारी पाउने अवसर मलाई पनि मिल्यो। मार्च २००९ मा पुष्कर यहाँ आएको खबर पाएँ। [...]

मेरो चुल्ठे साथी

–घिमिरे युवराज-

‘युनाइटेड स्टेट’लाई म जब अमेरिका भनेर सम्बोधन गर्थेँ ऊ रिसले आगो हुन्थ्यो। यूनाइटेड स्टेटको कट्टर विरोधि ऊ भन्थ्यो–’डु यु नो हाउ मेनी कन्ट्रिज् आर् इन अमेरिका?’ त्यो बानीलाई भत्काउन धेरै महिना लाग्यो। एकदिन मज्जाले अन्ताक्षरी खेल्यौँ। उसले एसियाभित्रका देश र राजधानीको नाम भन्ने, मैले अमेरिकाभित्रका। गुगल सर्च जिन्दावाद्। दुवैको सामान्यज्ञानलाई फराकिलो पार्ने [...]

कथा यात्रा (भाग ७)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको सातौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या एक मात्रै रह्यो। गएको साता कास्कीमा बाढीले विनाश निम्त्याएको ब्लगमा सबैको ध्यान गएका कारण पनि कथा यात्रामा ध्यान नपुगेको हुनसक्छ। अथवा कथामा मोड नल्याई एउटै हिसाबले तन्किरहँदा पनि चासो कम भएको हुनसक्छ। यसपटक एक्लै दौडेर छनौट [...]

कथाः शीर्षक आफै राख्‍नुस्

सुषमा मानन्धर

प्रस्तुत कथा स्मृतिको दोस्रो भाग हो। यद्यपि स्मृति २ पनि भन्न सकिन्थ्यो तर तत्कालै यसको उपयुक्त शीर्षक मेरो दिमागमा आएन। त्यसैले आदरणीय पाठकहरुलाई थप जिम्मेवारी दिन खोज्दै यसको लागि उपयुक्त शीर्षक सुझाउन सादर अनुरोध पनि गर्दछु।

रातभरि निद्रा परेको थिएन। मनमा उठिरहेका अनेक तरङ्ग र तर्कनावीच सायद झिसमिसेतिर मात्र आँखा लाग्यो। त्यो [...]

विलम्वित प्रायश्चित

-विशाल बी बस्नेत-

“डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ”

यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न थालें कुनै त्यस्तो चिरपरिचित नाम थिएन तर लेखाइ सर्‍है परिचित झैं थियो। जति पढ्दै [...]

eXTReMe Tracker