म भारतको दास ?

२०६२ जेठ७ शनिबार
एक महिना ब्लग गरेपछि मैले एउटा उपहार पाएको छु एक पाठकबाट- भारतीय दासको उपाधि । कविता शर्माजीले मलाई त्यो उपाधि दिनुभएको हो । उहाँको प्रतिक्रिया र मेरो जवाफ —

“….. जे होस्, हामी राजनेताहरूबाट ठगियौं । यसो हुनुमा दास केन्द्रीय नेताहरू र दास कार्यकर्ताको मुख्य भूमिका रहेको छ । अतः भनिहालौं- ए दासहरू हो, तिमीहरूले जे चाह्यौ, त्यो भएको छ । तिमीहरूको दासत्वबाट प्राप्त हुनुपर्ने पार्टी पद, चुनावी टिकट र राजनीतिक नियुक्तिहरू गुमेकोमा त मलाई दुःख लागेको छ । तर पनि तिमी दासहरूको देश डुबाउने चाहना पूरा भएकोमा हार्दिक बधाई छ । ” The above quote is from the article published today in Kantipur online. Which seems 100 percent correct. I have seen and read lots of “दास” journalists in Nepal how are in the compitation to respect of “DHOTIs”, “CHAAR PAASE NETAAharu like Girija” in the name of Democracy. Since you are also showing respectfulness to the DHOTI Indian’s by saying (in your blogging today) like “भारतीय दूतावासले आजै वक्तव्य जारी गर्दै यो कुरा गलत भएको ‘स्पष्टोक्ति’ दिएको छ ।” What is your intension to write as “स्पष्टोक्ति” for their simple ‘ सार्वजनिक आवाज ‘ ? Why not just a “वक्तव्य जारी” because it is done by the ‘DHOTI Indians’ ? How did you find that was a “स्पष्टोक्ति” instead a “Misinformation” ? I have been reading your blogging since long time but found you have a deep negative mania in work ‘whatever are’ of Nepal Government, Nepali Army and the King. Do you think there is no possibility to track the voice of Prachanda by Nepali Army? What is your intention to exploit a Nepalese agency by adding the events with the Osama bin Laden’s search by US? Do you think there are no such thing in exist that cannot perform by a Nepalese than a American ? Please do not introduce your self as a “DAS” of “DHOTIs” who has been supporting to the bloody Maoist for a reason to alter our present democratic constitution into a favorable constritution to grab our water resource easily. Please do not support to all the “CHAAR PAASE NETAHARu lik GIRIJA” who has brought our country like hell. Please do not try to be a “दास” of the “DHOTI indians” at least, and think twoice, it is better to be a “दास” of Nepal and the blood of Nepal (who every it is), if you have necessity to be a “दास” of somebody for your own bonanza. Respect to a straight forward and clear journalism. Thanks. [Comment by Kabita Sharma — May 21, 2005 @ 1:21 pm]

————————————————————————–
धन्यवाद तपाईँको प्रतिक्रियाको लागि र ब्लग पढिदिनुभएकोमा । तपाईँको विचारसित म पनि सहमत छु । हो, नेपालमा तपाईँले भने जस्तै दास पत्रकारहरु धेरै छन् । यिनीहरुले समग्र पत्रकारिता कै बदनाम गरेका छन् । यिनीहरु भारतीय दूतावासको हण्डी खाएर बाँच्छन् । अरु दूतावासका दास पत्रकारहरु पनि छन् । तर मैले भारतीय दूतावासको हण्डी खाएर बाँच्ने पत्रकारहरु धेरै देखेको छु । कति त नाम चलेका पत्रकारहरु पनि छन् । उनीहरुको पर्दाफास घटना विवरणसहित समय आउँदा गर्ने नै छु । तर तपाईँले मेरो ब्लगको एउटा सामान्य शब्दलाई लिएर ममाथि नै दासको आरोप लगाउनु भएको रहेछ । पत्रकारितामा सबै पक्षका कुरा राख्न जरुरी हुन्छ । त्यसो त ब्लगमा त्यसो नगरे पनि हुने हो तर पनि मैले सन्तुलनका लागि दुवै पक्षको विचार राखेको हुँ । भारतीय दूतावासले त्यो आवाजको आधिकारिकता थाहा हुन नसकेको भनी “स्पष्टोक्ति” नै दिएको हो । “स्पष्टोक्ति” शब्दको प्रयोग नै दास हुनुको प्रमाण हो भने ठीक छ “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ”
तपाईँले मेरा पहिलेका ब्लग पढ्नुभएको भए भारतविरोधी विचारहरु पनि पढ्नुभएकै हुनुपर्ने हो ।
तपाईँको आँखामा मेरो विचार सबै नेपाल सरकार, शाही सेना र राजाको विरोधमा रहेछ । त्यसैले अमेरिकाले बिन लादेनको आवाज ल्याउन नसकेको र शाही सेनाले माअ‍ोवादी अध्यक्ष प्रचण्डको आवाज सार्वजनिक गर्न सकेको भनी सेनाको गुप्तचरीको प्रशंसा गरेकोलाई पनि आलोचना ठान्नुभएछ ।
नेताहरुको विरोधमा तपाइँको आवाज पनि जायज छ । भ्रष्टाचारी नेताहरुप्रति तपाईँलाई भन्दा कम घृणा ममा छैन । तर दुई चार जना तपाईँकै भाषामा चार पैसे नेताहरुका खातिर प्रजातन्त्र नै चाहिँदैन भन्दै निरंकुशताको वकालत गर्नु ठीक हैन । प्रजातन्त्रमा भ्रष्टाचार गर्ने नेताहरुलाई कारबाही गर्न सकिन्छ । उनीहरुलाई निर्वाचनमा जमानत हुने गरी पराजित गर्न सकिन्छ, कालो मोसो दल्न सकिन्छ । तर निरंकुशतामा यस्तो संभव छ ? त्यसै पनि विदेशमा बस्ने नेपालीहरुले निरंकुशताको वकालत गरेको मलाई पटक्कै मन पर्दैन । जो आफ्नो देशमा बस्दैनन्, उनीहरुलाई हामीले भोग्नु परेका पीडा, हामीले भविष्यमा भोग्नुपर्ने पीडा के थाहा ? आउनुस् नेपालमा, भोग्नुस् हामीले भोगेका कुरा । अनि समर्थन र विरोध त तपाईँको अधिकारको कुरा हो । देशबाट पलायन हुने (चाहे त्यो कुनै पनि बहानामा किन नहोस् )अनि हामीलाई पाठसिकाउने ?