move_admin

move_admin

आफू दर्शक बनेर हेर्दा

भिडियो ब्लग धेरै गरियो। आजभोलि आन्दोलन सेलाएको छ। पुराना केही भिडियोहरु त बनाएर राख्न बाँकी नै छ, तर त्यसलाई यत्तिकै राखेर आज यसो अरुको भिडियो ब्लगहरु पनि हेर्ने रहर जाग्यो। एकछिन डुल्दा दुईवटा रमाइला भिडियो भेटिए। एउटा आन्दोलनसम्बन्धी नै थियो।…

मोरियार्टीले भने जस्तै गरे देशमा शान्ति आउला ?

विदेशीहरुले नेपालको आन्तरिक मामलामा बोल्यो भनेर बेला-बेलामा सरकारका मन्त्रीहरु अनि राजावादीहरु कुर्लिने गर्छन्। राजाविरोधीहरु विदेशीले राजाको विरोधमा बोलिदिँदा मख्ख पर्ने गर्छन्। मूलधारका सञ्चारमाध्यमहरु पनि त्यस्तै छन्। उनीहरु आफ्नो आस्थाको पक्षका कुरालाई बढी हाइलाइट गर्ने गर्छन्। उदाहरण आज अमेरिकी राजदूत जेम्स…

तपाईँले उहाँलाई चिन्नुभयो ?

कान्तिपुर र काठमाडौं पोस्टका सम्पादकहरुले भेटे, फोटो खिचेर ल्याए, छिमेकी देशका पत्रकारले भेटे, उनले पनि फोटो खिचेर ल्याए, हुँदाहुँदा बीबीसीका गोरा पत्रकारले त भेटेर प्रत्यक्ष अन्तर्वार्ता लिएर आएर टेलिभिजनमा प्रसारण नै गरिदिए। १० वर्षसम्म भूमिगत रहेका प्रचण्डको यो हप्ता…

"छोडौं दुस्मनले मारिदिन्छ, नछोडौं साह्रै दुःख छ"

माओवादीमा लागेका बालबालिकाको पीडा (With Exclusive Footage from Rolpa) कलेटी परेका कलिला ओठ, ओइलाएको शरीर। भोक लागेको छ-भनेको बेला खान पाइँदैन्, जाडो छ-राइफल बोकेर ड्यूटीमा उभिनु परेको छ, निन्द्रा लागेको छ-आधा रातमा पहरा दिनु परेको छ। यो अरु कसैको…

भिडियो ब्लगः रत्नपार्कमा बम विस्फोट

२०६२ फागुन १, सोमबार आज रत्नपार्कमा भएको बम विस्फोटको भिडियो ब्लग भित्र प्रस्तुत छ। आज अपराह्न कमलपोखरीतिर जानका लागि म भोटाहिटी हुँदै जमलको पुलमा के चढेको थिएँ, ड्वाङऽऽऽऽ ठूलो आवाज सुनियो। रत्नपार्कतिरबाट आवाज आएको थियो। त्यहाँ धुँवा, धुलो उडेको…

राजाका विरुध्द प्रचण्डको अहिलेसम्म कै कडा अभिव्यक्ति

माअ‍ोवादी अध्यक्ष प्रचण्डले बीबीसी टेलिभिजनलाई जीवन कै पहिलो पटक अन्तर्वार्ता दिँदै राजाविरुध्द एकदमै कडा अभिव्यक्ति दिएका छन्। यस्तो किसिमको कडा अभिव्यक्ति माअ‍ोवादीबाट आजसम्म आएको थिएन। बीबीसीका चार्ल्स हाभिल्यान्डले राजाको भविष्य कस्तो देख्नुहुन्छ भनेर सोधेको प्रश्नको जवाफमा प्रचण्डले “कि निर्वासन कि…

"निरंकुशता ढालेरै छाड्नेछौं…"

[सावधानः लोकतन्त्रप्रेमी बाहेक अरुले यो भिडियो ब्लगमा रहेको गीत हेर्दा र सुन्दा बेचैनी, छटपटी, डाहा हुने लक्षण देख्न सकिने भएकोले नजिकको चिकित्सकको सल्लाह लिएर मात्र यसलाई हेर्न सल्लाह दिइन्छ] केही अगाडि नयाँ बानेश्वरमा भएको लोकतान्त्रिक सिर्जना यात्राका प्रमुख अंशको भिडियो…

जर्मन पत्रिकामा "मेरो सं‍सार"

नेपाली युनिकोडमा लेखिएको विश्वकै पहिलो ब्लग भएकोले नेपाली भाषा जान्नेहरुका लागि मात्र मेरो संसार लक्षित पाठक भए पनि एउटा जर्मन पत्रिकाले यो साता मेरो संसारको चर्चा गरेको छ। इन्टरनेटका रबिनहुड शीर्षकको यो लेख जर्मन भाषामा रहेको छ।