लोकतान्त्रिक कवि गोष्ठी

कविता भनेको मलाई सानैदेखि त्यति मन नपर्ने विषय हो। भन्छन्, सबैले जीवनमा एउटा न एउटा कविता लेखेको हुन्छ। तर मैले त्यस्तो प्रयास कहिले पनि गरिनँ। पाठ्यपुस्तकमा रहेको कविता पढ्नसमेत दिक्क लाग्थ्यो मलाई। तर जब अर्जुन पराजुली लगायतका कविहरुको लोकतान्त्रिक कविताहरु सुनेँ, तब भने मलाई लाग्यो- केही कवितामा साँच्चिकै गजबको शक्ति हुने रहेछ। आज ब्लगको यो ठाउँलाई मैले ‘साइबर लोकतान्त्रिक कवि गोष्ठी’ का रुपमा प्रस्ताव गरेको छु। ईमेलमा आइपुगेका तीन वटा र फोनबाट प्राप्त एउटा गरी चार वटा लोकतान्त्रिक कविता र मुक्तक यहाँ प्रस्तुत गरेको छु। खुला साइबर कवि गोष्ठीमा तपाईँ पनि कविता, मुक्तक तलको कमेन्ट बक्समा भरी भाग लिन सक्नुहुनेछ। बाँकी भित्र

सबैभन्दा सुरुमा आउँदै हुनुहुन्छ स्नेह सायमि। उहाँ केही मुक्तकका साथ आउनु भएको छ। उहाँका मुक्तकहरु सुन्न यहाँ क्लिक गर्नुस् अथवा डाउनलोड गरी सुन्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
**************************
अब आउँदै हुनुहुन्छ पेरिसबाट अनुराधा पौडेल

योध्दाहरु हो, सलाम छ
अनुराधा पौडेल

ए योद्धाहरु हो †
तिमीहरुलाई सलाम छ
कसरी उत्प्रेरणा दिने हो मसँग
शब्दको खडेरी छ
उज्यालो खोज्ने तिमीहरुलाई सलाम छ, साधुवाद छ
देश भत्केको देखेर चर्केको देखेर
छाती फर्काउँदै गोली थाप्ने हो
तिमीहरुको उद्देश्य
मेरा शव्दहरुले व्यक्त गर्ने भावभन्दा माथि छ
देश रोगग्रस्त छ भोकग्रस्त छ अस्थिर छ र तनावमा छ
तर तिमीहरुको जाँगरलाई कसिलो दर्‍हिलो सलाम छ
योद्धाहरु हो † तिमीहरुलाई सलाम छ ।

मातृभूमि मूर्दावादले तातेका बेला
हावामा दर्‍हा मुठ्ठीहरु कसिएका बेला
सडकहरु टायरका राप र धुँवाले ढाकिएका बेला
आवाजहरुले गल्ली गल्ली गुन्जायमान भएका बेला
मेरो मन यहाँ छटपटिएको छ
मुटुको गति उथलपुथल छ
नशामा रगत उम्लिरहेछ
गोलीले छ्यालव्याल पारेका तिम्रा अंगहरु देख्दा
मेरो आत्मा जुरुकजुरुक भएको छ
योद्धाहरु हो तिमीहरुलाई सलाम छ, साधुवाद छ
तिम्रो उत्साहमा समाहित हुन नसकेकोमा पछुतो छ
कसरी धन्यवाद दिने हो तिमीहरुलाई
शव्दको खडेरी छ तर उही लाख लाख सलाम छ ।

उता तिमीहरुको दिन र रातको शान्ति
निरंकुश र सत्ताका दादागिरीको बन्दुकले छिनेको छ
तिमीहरुको शरीर मूर्दाबादले थकित पारेको छ
तरपनि अदम्य साहस, उमंग र आंटहरुले
तिमीहरुलाई तानेको छ
आफ्नै दाजुभाइले बोकेका संगीनहरुले
तिमीहरुको छाती प्वाल पारेको छ
तैपनि छाती फूटेर रगत बगिरहका
तिम्रा साथीहरु उठाउने तागत तिमीहरुमा छ
एउटा लड्दा अर्काले ठाउँ लिने
दृढता तिमीहरुमा छ
योद्धाहरु हो तिमीहरुलाई सलाम छ
यसपाला त हामीलाई पनि
अलिकति आशा पलाएको छ
दासताका जंजीरहरु छिनालेर
मुक्ति खोज्ने तिमीहरुको उद्देश्यले
क्षितीजमा उज्यालोको संकेत मिलेको छ
योद्धाहरु हो तिमीहरुलाई सलाम छ, साधुवाद छ
अब त मेरी विधवा भाउजु र बलात्कृत दिदी
झोपडीका कामी दाइ र खोलाका माझी दाइले पनि
न्याय पाउँछन् भन्ने लागेको छ
योद्धाहरु हो †
कसरी धन्यवाद दिउँ
तिमीहरुलाई लाख-लाख सलाम छ ।

अनुराधा पौडेल , २०६३।०१।०३ पेरिस

************************************

अब देवदास आउँदै छन्

ए माघमा आँखा फुटेको गोरु ………
देवदास

असफल भए तिम्रा
काँडाका बारहरु
ग्याँसका सिलिण्डरहरु
बन्दुकका गोलीहरु
र ,
घँघारुका लठ्ठीहरु
तिम्रा अथक प्रयासहरुलाई
असफल बनाउँदै
तिम्रा हरेक बाधाहरुलाई
निस्क्रीय तुल्याउँदै
सयौँ जँघार, र भंगालो तर्दै
म तिम्रो शहरमा आएको छु
देख्न सक्छौ कि सक्दैनौ –
चिन्न सक्छौ कि सक्दैनौ –
ए माघमा आँखा फुटेको गोरु
लौ हेर,
म तिम्रो शहरमा आएको छु ।
म तिम्रो अगाडि उभिएको छु ।

पहिला जे जे गर्यौ ,सहेरै बसें
तिम्रा ताण्डव नृत्यहरु हेरेरै बसें
तर यसपाली ,
आँधी भएर आएको छु
तुफान भएर आएको छु
सुनामी भएर आएको छु
ज्वालामुखी भएर आएको छु
सक्दैनन् रोक्नलाई
तिम्रा ढालहरुले,
सक्दैनन् छेक्नलाई
तिम्रा पर्खालहरुले
आकाशमा ताक या जमिनमा
छातीमा ताक या टाउकोमा
तिम्रा बन्दुकका नालाहरु
त्यती दह्रा छैनन् ,
जति मेरो विश्वास दरिलो छ ।
तिम्रा फलामका साङला त्यती दह्रा छैनन
जति मेरो रक्त नलिहरु छन ।
यसपालि म चट्टान भएर आएको छु
तिम्रा बन्दुकका गोलीहरुले
चिर्न सक्नेछैन मलाई
कति सम्म सक्छौ लडेर हेर,
देख्न सक्छौ कि सक्दैनौ मलाई ,-
ए माघमा आँखा फुटेको गोरु
म तिम्रो शहरमा आएको छु
म तिम्रो अगाडी उभीएको छु ।

देख्नेहरुले मलाई जहाँतही देख्छन,
जताततै देख्छन ।
कलङ्कीमा हेर या गोंगबुमा
चाबहीलमा हेर या किर्तीपुरमा
ठेचोमा हेर या कोटेश्वरमा
कहिले म रत्नपार्कमा हुन्छु
कहिले चुच्चेपाटीमा ,
कहिले कपनमा हुन्छु
त कहिले जोरपाटीमा
तिम्रा खिया लागेका आँखाहरुले
देख्न सकेनौ भने
खिया सफा गरेर हेर
पावर भएको चस्मा लगाएर हेर
ए माघमा आँखा फुटेको गोरु
म तिम्रो शहरमा आएको छु
म तिम्रो अगाडस उभिएको छु ।

यदी अझै मलाई देखेको छैनै भने
त्यो तर्साउने खण्डहरबाट निस्किएर हेर
बलिरहेका टायरहरुमा,
फुटिरहेका इँटा र ढुंगाहरुमा,
उडिरहेका अस्रुग्याँसहरुमा ,
बगिरहेको रगतमा ,
बर्सिरहेका लठ्ठीहरुमा,
सडकमा ढलिरहेका निर्दोष मानिसहरुमा ,
चिच्याइरहेका आइमाइ र केटाकेटीहरुमा,
सत्तरी वर्षको वृद्धको वेदनामा,
सात वर्षको बालकको बगिरहेको रगतमा ,
नामर्दहरुले चलाइरहेको गोलीहरुमा,
जलीरहेका सहीदका लासहरुमा ,
म ,
सडक,गल्ली, चोक, अनि आँगनमा छु ,
हेर एकपटक बाहिर निस्किएर
ए माघमा आँखा फुटेको गोरु
म तिम्रो शहरमा आएको छु ,
म तिम्रो अगाडि उभिएको छु ।

पहिला पनि मैले खोजेको थिएँ
तिम्रो यो बुढो रुख ढाल्नलाई ,
तर त्यतिखेर,
हाँगा मात्र भाँचेको थिए,
पात मात्र उडाएको थिएँ
जरा मात्र हल्लाएको थिएँ
तर यसपटक,
यो रुख ढाल्ने गरी आएको छु ,
जरा उखल्ने गरी आएको छु ,
सक्छौ भने रोकी हेर
सक्छौ भने छेकी हेर
यसपाली नयाँवर्षो सुरुवात सँगै
तिम्रो अन्त्य भएर आएको छु
नेपालीहरुको सुरुवात भएर आएको छु ।
बाहिर निस्किएर हेर ,
अनि चिन मलाई
ए माघमा आँखा फुटेको गोरु
म तिम्रो शहरमा आएको छु
म तिम्रो अगाडि उभिएको छु

रत्नपार्क , काठमाण्डौ ।

*****************************

अब गोरखाबाट चन्द्र सिं गुरुङ

तिम्रो दरबार र हाम्रा घरहरु
चन्द्र सिं गुरुङ
मान्बु-६ गोर्खा

तिमीले
सैन्यबलको बलियो आधार राखेर
बख्तरबन्द टैंकहरुको पर्खालभित्र
बन्दूकमाथि बन्दूक थप्दै
एउटा दरबार खडा गरेको रहेछौ ।
जहाँ
खुल्ला आँगनहरुमा
हतियारधारी सैनिक जवानहरुले मार्चपास्ट गर्छन्
बाग-बगैंचाहरुमा
केवल बम-बारुद फल्छन् र फुल्छन्
विशाल ढोकाहरुमुनि
आठपहरिया भारदारहरु तैनात छन् र
बुट्टेदार झयालहरु हुँदै
दमन र कर्फ्यूको आदेशले ओहोर-दोहोर गर्छ ।
त्यहाँ
भित्ताहरुमाथि ठूला-ठूला प|mेमहरुमा
हाम्रा खोस्सिएका मौलिक अधिकारहरु कैद छन्
भुइँभरि चारैतिर
हामीबाट लुटेको ढुकुटीलाई ओछ्याएको छौ र
बैठककोठाका ठूला-ठूला शोकेसहरुमा
हाम्रो स्वतन्त्रतालाई थुनेको छौ ।
ए राजन, पक्कै पनि
तिमीले आफ्नो दरबारको खामाहरुलाई
समयको प्रचण्ड मारदेखि
बर्बाद हुनबाट जोगाउन सक्ने छैनौं,
तिम्रा दुर्गन्धित सपनाहरु चुहिंदै गरेका
ती थोत्रा छानाहरु टाल्न सक्ने छैनौं र
तिम्रो विश्वासका भित्ताहरुमा
दरार पर्नबाट पनि रोक्न सक्ने छैनौं ।
तर यहाँ
हाम्रा घरका खामाहरुमा
हाम्रा गतिशील खुट्टाहरु काँपेका छैनन्
हाम्रा मुटुका कोठाहरुमा
अझै, जोश र चेतनाको डेरा छ र
जनआन्दोलन को यो घरलाई
हामीले ढल्नबाट जोगाउन सकेका छा

11 Comments

  1. loktantra prapta garna ko lagi ahile kadh ma kadh milaune bela aayeko chha din din nai sahidko aalo ragat bagi raheko chha yes ko mulya chukayera matra yo aandolan samapta garnu parchha mera sampurna nepali haruma yestai shahas ra shakti badhdai jaous ahile bhaneko yo antim ra nirnayek andolan ho

  2. लाग्छ इतिहासको बिहान आएको छ
    निरंकुश कालो रातको चिहान आएको छ

    सुतेको मात्रै थियो, मरेको थिएन
    जागेको जनता महान आएको छ

    एक्लै उठेको हैन आज आकाश
    क्रान्तिको सिंगै जहान आएको छ

    कति थुनिने सधैँ गोलघरमा?
    अब नरोकिने मुहान आएको छ

    उठ्ने भए नेपालीझैं उठ्नु
    लोकमा नया आहान आएको छ।

    [email protected]
    (Now in Japan)

  3. “इतिहासको यो कालो पाना”

    एउटा ब्याधा-
    मासु नखाने घोषणा गर्छ संसार सामु
    र घरभित्र पसेर
    त्यसै उपलक्षमा परेवा काट्छ,
    एउटा जँड्याहा हाकिम-
    कहिल्यै नपिउने प्रण गर्छ अड्डामा
    र घर फर्किँदा
    त्यसै उपलक्षमा भट्टी पस्छ,
    एउटा लम्पट लोग्ने-
    धोका नदिने कसम खान्छ दशौँ पटकको
    र सोझी स्वास्नी मन्दिर गएको बेला
    लुसुक्क बेश्यागमन गर्छ;

    इतिहासको यो कालो पानामा-
    ब्याधाको राज छाएको छ
    जँड्याहाले काज पाएको छ
    र लम्पटले पाठ पढाएको छ;

    इतिहासको यो कालो पानामा-
    ‘कटवाल’ को मुख थुनेर
    यन्त्रमानवहरु भजन ओकल्छन्
    समाचारको नाममा,
    बन्दूक बोकेका कातरहरु
    बन्द शहरका सडकलाई बलात्कार गर्छन्
    बहादुरीका नाममा,
    र निधारबाटै देश मेटिसकेकाहरु
    ढाका टोपी लगाऊँछन्
    देशभक्तिको नाममा;

    इतिहासको यो कालो पानामा-
    एकै दिन एकै प्रहर
    एक हातले सञ्चार सम्मेलनको रिबन
    र अर्को हातले टेलिफोनको तार काटिन्छ,
    एकै ठाऊँ एकै ठहर
    मुखले रामराज्य घोषणा गरीरहदाँ
    हातले स्वतन्त्रताकी सीताको हरण गरिन्छ;

    र म पनि सोधिरहेछु
    इतिहासको यो कालो पानासंग-
    ब्याधाको राज अब कति छ?
    जँड्याहा संग इतिहास हाँक्ने के हुती छ?
    र लम्पटसंग कुन नैतिक सम्पत्ति छ?
    चुनौती हो यो मेरो
    इतिहासको यो कालो पानालाई-
    अब तँसंग
    पाप लेखिन बाँकी
    हरफनै कति पो छ?!

    ****************************************

    [email protected]
    (Now in Japan)

  4. अन्तिम श्रद्धान्जली
    ० लेखनाथ भण्डारी
    मेरो देशको इतिहास,

    उस्ले अलिकति बल गर्‍यो
    मैले अलिकति शिर झुकाएं
    दयामा उसले मेरो गर्धन माथि
    तरवार चलाएन ।
    टाट्नामा बांधेर मलाई
    ढुंगा जस्तो देवता

    देवता जस्तो मान्छेले
    नाम र नम्वर फेरेर
    बन्द पर्खालभित्र
    मेरै रगत पसिनामा रमाईरहेछ
    शकुनी पासा थापेर
    कूम्भकर्ण्र्ाानदाई रहेछ ।

    दया पर्ूवक टाट्नामा झुण्डाइएको
    म यो देशको नेता हुं
    बुढो गोरुले वाछीलाईर्
    गर्भधान गराउन नसक्ने ।
    वन्द पर्खाल भित्रको
    हरियो घांसको लोभले
    टाट्नामा झुण्डिएर
    म सधैं
    सपनाको लड्डु खाई रहेछु ।
    मेरो भगवानलाई
    आरती उतारिरहेछु
    स्यालले झैं
    झर्ला र खाउंला भनेर
    र्‍याल चुहाईरहेछु
    विन्तिपत्र हालिरहेछु
    भाका फेरी फेरि गीत गाईरहेछु
    घम्कीको भाषामा चाकडी बजाईरहेछु ।
    मेरो भगवानको
    अरु कसैलाई किन विरोध गर्न दिन्थें र
    म आफैंले
    चर्को नारा लगाई रहेछु ।
    दासता र दमन सहेर
    स्वभिमानी सन्तानहरुलाई
    निसन्तान वनाउने
    म बुढो गोरु हृुं
    वाछीको गर्भधान रोकिरहेछु
    नयां सृष्टिलाई
    नयां सन्ततीलाई
    धोका दिईरहेछु ।

    आमा तिमीलाई धिक्कार छर्
    गर्भ मै तुहिनुपर्ने
    दासहरुलाई तिमीले
    व्यथर्ेर्ेर्ैैन्म दियौे ।
    तिमीले जन्माएका
    ती सबै दासहरुलाई
    नया सृष्टिलाई रोक्ने बुढा गोरुहरुलाई
    मेरो देशका जीवित नेताहरुलाई
    अन्तिम श्रद्धान्जली ।
    २५ अगस्त २००५
    भर्जिनिया, अमेरिका

    काठमाडौंबाट फोन आएको छ
    लेखनाथ भण्डारी

    परदेशीको लागि
    स्वदेशीको चिन्ता
    दर्ुइ पैसा सस्तो
    तलाई न्यानो कपडा
    छोरीका लागि एकजोर जुत्ता
    दर्ुइ प्याकेट पुस्टकारी
    भाउजलाई पनि
    चुरा पोते
    सारी चोलो के के चाहिन्छ –
    काठमाडौंबाट भाइको फोन आएको छ ।
    भ्ान तेरो लागि के पर्ठाई दिनु पर्छ –
    भाइ
    सस्ता सामानको डम्पिङ बनेर
    रोइरहेको मेरो देशको राजधानी
    काठमाडौंबाट
    मलाई यतिवेला
    कुनै सस्ता सामान नपर्ठाई दिए हुन्छ
    आतंक र अविश्वासमा रुमलिएका
    मेरा साथीहरुको मुस्कान
    आफन्तहरुको चिन्ता मुक्त अनुहार
    हुम्ला जुम्ला र कालीकोट
    रुकुम रोल्पा र सल्यान
    कहिं कतै पनि
    दोहोरो भिडन्त र मुठभेड नभएका
    समाचार पर्ठाई दिए पुग्छ
    नाकावन्दी र हडतालमा
    प्रसव पीडामा आमाहरुले
    ज्यान गुमाउन छाडेको
    काममा गएका तन्नेरी छोरा छोरी
    सांझमा सकुशल घर नर्फकलान भनेर
    पीडामा बसेर झोक्राईरहेका
    बद्ध आमा बाहरुको आर्शिवाद
    पठाइदिए पुग्छ ।
    स्कुल जान हिंडेका नानीहरु
    म्ाध्य।रातको निन्द्रामा निदाईरहेका
    निर्दौश खातुनहरु
    एम्वुसमा पर्न छाडेको
    स्वयम्भूका मौन बुद्ध उठेर
    यदुवंशी युद्धमा फसेका
    मेरा दाजु भाईलाई काखमा राखेर
    अकंमाल गरेको खवर
    पर्ठाई दिए पुग्छ ।
    मुखियाहरुको गद्दारी लेखिएको इतिहास
    निर्दोषहरुको रगत पोतिएको कालो आतंक
    इतिहासका तिनै ठेली पल्टाएर
    भावी सन्ततीलेले लेख्न नपरोस
    दासता र यातनाका कहालीलाग्दा कथा
    नाम र नम्बर फेरेर
    मेरो देशको इतिहासमा
    गद्दारी गर्ने
    मान्छे जस्ता देवता
    देवता जस्ता मान्छेको
    मेटिनर्ुपर्छ अब
    बन्द पर्खालभित्रको
    षयन्त्र
    उखेलिनर्ुपर्छ तिनका जरा
    भाचिनर्ुपर्छ अब तिनका
    विशालु दारा नंग्रा
    र लेखिनर्ुपर्छ
    मान्छेको
    नया इतिहास ।
    बन्द खाममा
    मेरो देशको माटोको सुगन्ध
    मठ, मन्दिर, गुम्वा र मस्जिद र्
    चर्च र गिर्जाघरका कर्ण्र्ाा्रय पर््रार्थना
    बेली चमेली
    सयपत्री र गोदावरीको
    एउटै डेारीमा उनिएको माला
    मेची काली र कर्ण्ाालीको पुकारा
    कालीकोट र हुम्लाको पीडा
    न्याय शान्ति र समानाताको उद्घोष
    त्यही सन्देश मात्र भईदिए पुग्छ ।
    धमिला पानीमा माछा मार्नैै षडयन्त्र
    एउटै कोखका सन्तानको रक्तपात
    कतिदिन चल्ने हो यदुवंशी युद्ध
    युद्ध अन्तको खवर आईदिए पुग्छ
    अबोध वालसखाहरुको
    निर्धकक लुकामारी
    डन्डीबियो र कपर्दीको कुरा
    दौंतरीहरु उमेरमा
    मेलापात र हटियामा जुटेको खवर
    अकालमा ज्यान गुमाएका
    मेरा आफन्तहरुको
    उमेरका हिसाव किताव
    अनाथ वालवालिकाहरुको उज्वल भविष्य
    निदौष खातुनहरु
    जीउंदै नजलाईने वाचा
    शेरवहादुर र वीरमानहरु
    कुलप्रसाद र रत्नमायाहरु
    प्ााता फर्काएर घांटी नरेटीने कसम
    मान्छेले मान्छेलाई
    माया गरेको समाचार
    कति निरिह
    कति निर्दौष छ परदेशीको याचना
    कठै तेही नै लाख लाख हुनेछ ।
    जीउन पाउने अधिकारको
    भिख मागेर
    तातिन्दो र निसासिन्दो भट्टी बनेका
    मेरो देशको राजधानी काठमाडौं
    दोहोरो चपेटामा परेर
    जुलुश र अनसनमा तड्पिएका
    स्वदेशी शरणौथीै
    गाउं फर्केर
    खेतवारी र मेलापातमा
    गोठालो र घांस दाउरामा
    दोहोरी र देउडा गाएको
    खवर पर्ठाई दिए पुग्छ ।
    उजाडिएका वस्तिमा
    नानीहरु खेल्न थालुन
    बाँझो छाडिएको पाखोबारी
    लटरम्म झुलुन्
    फेवामा च्याईरहेको माछापुर्च्र्छर्ेेसप्तकोसीमा रर्साई रहेको सगरमाथा
    रोइरह्ेका यी हिमशिखर
    नाच्न र हास्न थालेको
    सुन्न पाउँ अब
    परदेशीको पीडा खुकुरीको चोट
    अचानोले कहाँ पो बुझ्छ र –
    कोख रितिएको
    सिन्दुर पुछिएको
    अनाथ टुहुरा बढेको
    जिउंदै जलाइएको
    पाता फर्काएर घाँटी सेरिएको
    मुठभेड र दोहोरो भिडन्त
    शाहदत र वीरगति
    वेपत्ता र यातनाको खबर
    अब अखवारमा
    पढ्न नपरे हुन्छ ।
    भ्ााइ
    यतिखेर मलाई
    मेरो देशको राजधानी
    काठमाडौंबाट
    शान्तिको बिगुल बजेका
    सुनाई दिए पुग्छ ।
    २८ अक्टोवर २००४
    हाल भजिैनिया,अमेरिका

  5. I think those Poems are very interesting. I hope he/ she will continue to write such a satarical poems. I found the poem by Anuradha Paudel is very very contemporary. If you do not mind please tell me your email address, i am in Germany near the French Boarder.

    Ganga Datta Nepal
    Karlsruhe, Germany
    [email protected]

  6. Thank You Mero Sansar Team.
    Really this is very strong and complicated work on this complicated time. To inform and publish real incidents and news from web fastly is really a very good and challenging work. So Keep it up wich really help on establishment of Democracy once again and go further(make a way) for Republican.
    Keep it up and go on.

  7. debdas audaichan sachi dhari ramro kabita chha yesle nepaliko sahas lai charlanga dekhayako chha ani rajtantra ko krur ta ko din dhari china vane prasta pareko chha badhi chha kabi jeelai badhi chha tara dukha ko kura hamro neta haru na kohi hospital ma gayako suna painchha na ta jhadap ma nai pareko yesle neta ajhi na khariyako sanket dincha hai nepali dajuvai ani aba hamile naya neta janmauna parne maile dekheko chhu.

  8. फरक नयाँवर्ष

    उत्तम बाबु श्रेष्ठ

    नगरकोटका होटलहरुले
    ककनीका पार्कहरुले
    धुलिखेलका गह्राहरुले
    यसपटक
    अचेत मान्छेहरुको रमिता देखेनन्
    विदेशी संगितहरु सुनेनन्
    र नशामा मात्तिएर नाच्नेहरु भेटेनन््
    बरु
    कलंकीका चौबाटोहरुले
    गोंगावुका गल्लिहरुले
    र पाटनका ज्यासलहरुले
    सचेत मान्छेका आक्रोशहरु देखे
    लोकतन्त्रका संगितहरु सुने
    जनसागरमा आस्थाका सगरमाथाहरु भेटे
    नयाँबर्षको साँझमा रिगंनॆ सडकहरु
    यसपटक शहिदका रगतले रंगिए
    यसपटकको नयाँवर्षमा
    भाईहरुको हातमा पार्टीको निम्तो थिएन
    आन्दोलनका पर्चाहरु थिए ।
    वहिनीको साथमा नयाँवर्षको उपहार थिएन
    आन्दोलनका भण्डा र व्यानरहरु थिए।
    उनीहरुले उपहार र कार्ड किन्ने पैसा त
    घाइते कोषमा जम्मा गरेका थिए।
    नयाँवर्ष सँगै भाईवहिनीमा आएको
    यो परिवर्तन मेरो लागि विल्कुलै नयाँ थियो
    त्यसैले,
    यो नयाँवर्ष मेरो लागि फरक थियो ।
    यसपटक नयाँवर्षमा आमाहरुले
    मन्दिरमा एकअर्कालाई भेटेर शुभकामना भन्नु भएन
    बदलामा लोकतन्त्रको भजन पो गाउनु भएछ ।
    बुबाहरुको जमघटमा त झन
    तानाशाहीको अन्त्यको कुरा पो भएछ ।
    विष्णुको अवतार मानेर पुज्ने
    मेरा आमाबुबामा आएको यो परिवर्तन
    मेरो लागि अनौठो र अकल्पनिय थियो
    त्यसैले
    यसपटकको नयाँवर्ष मेरालाई फरक थियो ।
    यसपटक
    इमेलमा नयाँवर्षका शुभकामनाहरु आएनन््
    बरु देशविदेशबाट प्रर्दशनका खबरहरु आइरहे
    नयाँ कार्यक्रमका सुचनाहरु आइरहे
    किर्तिमानका समाचारहरु आइरहे
    फरक सुचनाहरुसगै आएको यो नयाँवर्ष
    र त्योसगै उदाएको लोकतन्त्रको सुर्योदय
    मेरोलागि निकै रोमान्चक थियो ।
    पाखाहरुमा फुलेका लालीगुरासँहरु
    यसपटक अर्कौ चमक थियो
    त्यसैले
    यसपालीको नयाँवर्ष फरक थियो ।
    परिवर्तनको यो नयाँवर्ष
    उत्साहको यो नयाँवर्ष
    रोमान्चकताको यो नयाँवर्षमा
    फरक नै शुभकामना ।

    बोष्टन अमेरिका
    अपि्रल १८ २००६

  9. अब देवदाश अँउदैछन कतार बाट भन्ने किवता पक्का पिन अर्जुन पराजुली दाइले लेखेको हुनुपर्छ । Please give poets name, too. Thanks for the nice Krantikari Kabitas.

Comments are closed.