आयोग बन्यो, कारबाही चाहिँ कहिले हुने ?

२०६३ वैशाख २२, शुक्रबार
लामो प्रतीक्षापछि आज बसेको मन्त्रिपरिषद्को बैठकले बल्ल जनआन्दोलन दबाउनेहरुका बारेमा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको संयोजकत्वमा आयोग गठन भएको हो। सदस्यहरुका बारेमा भने केही बताइएको छैन। आयोग त बन्यो, तर आयोगका लागि आयोग नहोस् यो आयोग पनि। यसको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् र मल्लिक आयोग जस्तो हैन, तत्काल कारबाही पनि गरियोस्। बाँकी

त्यसो भयो भने मात्र जनआन्दोलनको भावना अनुसार यो सरकारले काम गरेको ठहर्नेछ। अन्यथा दोषीहरुलाई अझै अपराध गर्न प्रोत्साहन हुनेछ।

जनताले ठहर्‍याएका केही दोषीहरु अहिले बिस्तारै निस्कन थालेका छन्। कमल थापाले बीबीसीमा दिएको अन्तर्वार्ता त मैले सुनिनँ तर राजधानीको पाँचतारे हयाट होटलका एक कर्मचारीका अनुसार केही दिनअघि कमल थापा, सच्चित शमशेर, श्रीश शमशेर लगायतकाहरु एक पार्टीमा समावेश भएका थिए। उनीहरु पहिले समाचारमा आएजस्तो घरमा लुकेर बसिरहेका छैनन्। अब खुल्लमखुल्ला हिँड्न खोज्दैछन्। यस्तालाई कारबाही गर्न सकिएन भने भविष्यमा यस्ता अपराध अझै दोहोरिने छन्।

यसैबीच सरकारले नेविसंघका पूर्व महामन्त्री गगन थापाविरुध्दको राजद्रोहको मुद्दा पनि फिर्ता लिएको छ। शाही सरकारले राजाविरुध्द नाराबाजी गरेको भन्दै थापाविरुध्द मुद्दा लगाएको थियो।

अनि हिजो रक्सीले टिल्ल भएका सैनिकले एम्बुलेन्समा ठक्कर दिएर उल्टा घुस माग्ने र पत्रकारहरुलाई दुर्व्यवहार गर्ने अनि बुढानिलकण्ठमा ग्रिनेड छाडेर महिलामाथि दुर्व्यवहार गर्ने प्रहरीलाई गृहमन्त्रीले कारबाही गर्ने प्रतिवध्दता संसदमा व्यक्त गर्नुभएको छ।

रक्षा मन्त्रालयले दुई सैनिकलाई बर्खास्त गरी कैद सजाय समेत गरेको जानकारी दिएको छ। गृह मन्त्रालयले कारबाही गर्न रक्षा मन्त्रालयलाई लेखी पठाएको थियो। त्यसैगरी बुढानिलकण्ठ काण्डका तीन प्रहरी पनि निलम्बित भएका छन्।

उता, शान्तिवार्ताको क्रम चलिरहेको बेला विद्रोही माओवादीले युद्धविरामको उल्लंघन गर्दै बाजुराबाट तीन प्रहरी जवानको अपहरण गरेको स्वतन्त्र समाचार सेवाले जनाएको छ।

बाजुरा जिल्ला प्रहरी कार्यालयबाट सरुवा भई डडेल्धुरा, कैलाली र कञ्चनपुरमा हाजिर हुन जाने क्रममा प्रहरी जवानहरु चन्द्रदेव भट्ट, राजेन्द्र राय र कृष्ण भट्ट ब्रम्हतोला गाविसबाट अपहरित भएका सुदूरपश्चिम पृतनालाई उदधृत गर्दै स्वससेले जनाएको हो।

माधव थापालाई कारबाही गर

राष्ट्रिय मानव अधिकार आयोग
मानव अधिकार आयोग ऐन, २०५३ अन्तर्गत स्थापित

प्रेस विज्ञप्ति,

बैशाख २२, २०६३

राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आज एक पत्र पठाई २०६२ चैत २४ गतेदेखि आव्हान गरिएको देशव्यापी आमहडताल तथा शान्तिपूर्ण विरोध कार्यक्रमको क्रममा मिति २०६२ चैत २९ गते सरकारद्वारा कर्फ्यु लगाइएको समयमा काठमाडौं उपत्यकाका कर्फ्यु लगाइएका तथा नलगाइएका विभिन्न स्थानहरूमा आयोगबाट अनुगमन गरिएकोमा काठमाडौंंको गोंगबु गाउ“ विकास समितिस्थित चक्रपथ क्षेत्रमा गरिएको अनुगमनबाट प्राप्त तथ्यहरूको आधारमा तपशीलमा उल्लेख भएबमोजिम तथ्यहरूसहित कारवाहीका लागि सिफारिस गरी पठाएको छ ।

प्राप्त तथ्यहरूः
क) मिति २०६२।१२।२९ गते प्रदर्शनकारीले प्रदर्शन जारी राखेको सो प्रदर्शन नियन्त्रण गर्ने क्रममा खटिएका उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय पशुपतिनाथ बाहिनी सानो गौचरण काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक माधवबहादुर थापा र निजको कमाण्डले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ -१) मा शान्ति सुरक्षा कायम गर्ने क्रममा बल प्रयोग गर्दा अपनाउनुपर्ने प्रक्रिया अनुसार भीडले बुझ्ने गरी सम्झाई बुझाई गर्ने, लाठी चार्ज गर्ने, अश्रुग्याँस, हवाई फायर आदि गर्ने र गोली नै चलाउने परिस्थिति सिर्जना भएमा भिडलाई बुझिने गरी हट्दैनौ भने गोली चलाइनेछ भन्ने कानुनी प्रावधानको वास्ता नगरी लापरवाही पूर्ण काम गरी बलको अत्याधिक प्रयोग गरेको, प्रदर्शनकारीमाथि गोली समेत चलाइएको र धेरै संख्यामा प्रदर्शनकारी गंभीररुपमा घाइते भएको ।

ख) गोंङ्गबुस्थित अतिरिक्त प्रहरी महानिरीक्षक रूपसागर मोक्तानको घरमा सुरक्षार्थ बसेका प्रहरीहरूले जथाभावीरुपमा गोली चलाई स्थितिलाई उत्तेजित बनाउँदा समेत त्यहाँ तैनाथ सुरक्षा प्रमुखहरूले उक्त कुराको आ“कलन नगरी प्रदर्शनकारीहरूमाथि अनावश्यक बल प्रयोग गरेको साथै निज मोक्तानको घरभित्रबाट चलाइएको गोलीलाई ने.क.पा.(माओवादी)ले चलाएको भनी स्थितिलाई तनाबपूर्ण तथा आतंकपूर्ण बनाएको≤ घटनास्थलमा तैनाथ सुरक्षा प्रमुखहरूले निज मोक्तानको घरबाट चलाएको गोलीलाई नियन्त्रणमा लिन पहल नगरी प्रदर्शनकारीहरूमाथि नै बल प्रयोग गर्नेतर्फध्यान केन्द्रीत गरेको ।
ग) आयोगले सो घटनाको सम्बन्धमा बुझ्नका लागि मानव अधिकार आयोग ऐन २०५३ को दफा ११ -१) क बमोजिम बयान लिन बोलाउँदा समयमा नआई अटेर गरेको ।

घ) बयानका लागि २४ घण्टाको म्याद दिई मिति २०६२/१२/३१ को चलानी नंं. १९३१ को पत्रबाट सूचित गरिएकोमा निजले अन्यत्र संवेदनशील कार्यमा संलग्न हुनुपरेको कारण देखाई तत्काल आयोगमा बयान दिन उपस्थित नभई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा रिपोर्ट गरी सो कार्यालयमार्फ प्रतिवेदन प्राप्त भएपछि निज माधवबहादुर थापालाई ४८ घण्टाभित्र यस आयोगमा सोधपुछ प्रयोजनका लागि उपस्थित गराइदिन भनी सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकलाई मिति २०६३/१/४ मा पत्र पठाइएकोमा २ हप्तापछि मात्र मिति २०६३/१/१८ मा बयान दिनका लागि स्वइच्छाले आयोगमा उपस्थित भई बयान दिएको ।

ङ) बयानका क्रममा सशस्त्र प्रहरीका तर्फबाट उक्त दिन अत्याधिक बल प्रयोग भएको तथा भीड नियन्त्रण गर्ने प्रयोजनका निम्ति अपनाउनुपर्ने न्यूनतम मापदण्ड जस्तै बल प्रयोग गरिने चेतावनी पनि नदिएको व्यहोरा निजले आयोगसमक्ष स्वीकार गरेको देखिन्छ ।

तर्सथ निज समयमै आयोगमा बयान दिन.नआएतापनि उक्त घटना आयोगमा अनुसन्धानकै क्रममा रहेको अवस्थामा निजले आयोगमा दिएको बयानमा अत्याधिक बल प्रयोग भएको तथा भीड नियन्त्रण गर्ने प्रयोजनका लागि अपनाउनुपर्ने न्यूनतम मापदण्ड जस्तै बल प्रयोग गरिने चेतावनी पनि नदिएको व्यहोरा आयोगसमक्ष स्वीकार गरेको तथा आफ्नो कानून बमोजिमको कर्तव्य पालना गर्दा जथाभावी तथा लापरवाही ढङ्गले अत्याधिक बल प्रयोग गरेको पाइएकोले निज उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय, पशुपतिनाथ बाहिनी, सानो गौचरण काठमाडौंमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक माधवबहादुर थापालाई सशस्त्र प्रहरी ऐन २०५८ बमोजिम कडा कारवाही गर्न तथा रूपसागर मोक्तानको घरबाट जथाभावी गोली चलाउने सुरक्षाकर्मीको पहिचान गरी कानून बमोजिम कारवाही गर्नका लागि मानव अधिकार आयोगको मिति २०६३/१/१९ को निर्णय अनुसार अनुरोध गरिन्छ ।

राधाकृष्ण उप्रेती
निमित्त सचिव

22 Comments

  1. malai ta khagendra sangraula ko kantipur ma published kangihouse ko idea eeakdum maanparyo.Sabai damankariharoou lai sarbajanik place ma rakha hunchaa that all people can know them.naya baneko aayoglaa chaani chaani sabi lai sajaya bhayapachi matra andolen 2 ko bijaya prapta bhayako biswas purna roopma garna sakinchaa.

  2. bartaman mantrimandal turuntai kharej garnu parchha.kina vane yini haru janaandolanka matiyar jasta dekhinchhan . natra vane yiniharule aja samma kin ek jana lai pani khorama halenan. hamro dhyryata ko bhand tuteko chha. ma nepali kangres kai samarthak vaer pani yo kura garna ma bibas chhu ki sarkarma griha mantri bamdev lainai dinu pardathyo. miler sarkar banaune namama emalelai sarkarma nammatrako mantralaya dier congress le thulo vul gareko chha .

  3. umeshji, Bharat keshar singha and many others also .we hope this Aayog do well.not like Mallik Aayog. what about BHRASTACHARI AND RASTRKO DHIKUTI RITYAUNE?.

  4. mero comment kina rakhindaina??????????
    Ma nikai rust bandaichhu hai umes ji

    **********************
    p, g वा tt जस्ता अर्थबिहीन उपनाममा लेखिने कमेन्टहरु स्वीकार्य हुने छैनन्। त्यसैगरी कसैकसैले नेपाली, फलानाको शत्रु आदि इत्यादि उपनाम लेख्ने गरिएको पाइएको छ। आइन्दा त्यस्तो नाममा आएका कमेन्ट पनि स्वीकारिने छैन। आफ्नो वास्तविक नाम राख्न मन नभए कुनै निश्चित उपनाम रोज्न सक्नुहुनेछ। साथै कमेन्टमा सकेसम्म नेपाली अक्षरको प्रयोग गर्न अनुरोध छ। रोमनमा लेखिने कमेन्टहरु पढ्न अप्ठ्यारो हुने गर्छ। नेपालीमा कमेन्ट लेख्न तपाईँहरुलाई सहयोग होस् भनी बायाँ छेउमा नेपालीमा कमेन्ट लेख्नका लागि केही उपयोगी साइटहरुको लिङ्क दिइएको छ। धन्यवाद !

  5. Dear Friends
    Toast & post is not important in present situation.Now we need to give right direction to the country which is fevor for democretic people in nepal.All our leader should understand that if there is not mao in power in nepal than they all have clear way to buy buy from this earth.Be honest with people
    Prabhu

  6. यीनीहरुले कारवाही नगरे जनाताले कारवाही गर्नु पर्यो नी । यनीहरुलाइ छोड्नु हुदैन । टुडिखेलमा फाँसी दिनु पर्छ ।

  7. *
    yasto aayog ta pahile pani baneko thiyo.tar yasle kohi kasailai karwahi garchha vanne biswas malai laagdain………
    yadi yo aayogle aandolan dabaune dusprayas garne madhya kasailai karwahi gare, tyo world ko EIGHT aascharya hunechha.

  8. It takes time to fix things which is well known to everybody. So anything that is done in short time won’t reflect the good results. so waiting and keeping patient is the best way of looking forward a beautiful nepal if leaders don’t eat shit.

    what about chiranji wagle and govinda raj joshi etc?

    No pusinshment for them!

    corruption free nepal ko jay hos!

  9. good news about “ayog”
    lets see what will happen

    thanks
    bikram bhattarai
    uk

  10. GORKHAPATRA AND RISING NEPAL SHOULD NOT HAVE ANY

    MORE “MAHABANI OF GYANE”

    GANATRANTRA JINDABAD

  11. the message in Nepali using Nepali Font is the perfect mode, since it sends the true sentiments of the writer through the use of daily spoken Nepali Dialects. However message in Nepali using roman font does not read that good. I understand not everybody has access to Nepali fonts and many may not have the proficiency in Nepali short-hand. I feel it is better to just use the imperialist language i.e., English instead of “Nepali in Roman font”. If possible “Nepali in Nepali Font” is the best.

  12. Dear Umesh Jee

    I would like to suggest following names from your site as I know…

    1) Satchit Samser

    2) Tulsi Giri

    3) Kamal Thapa

    4) Sris Samser

    5)Tanka Dhakal

    6)Sambhijeet Baskota

    7) Tapanath Sukla

    8) Lok Man Sing Karki

    9)Madhab Thapa

    10) Durja Kumar Rai

    11) Shyam Bhakta Thapa

    12) Badri Ma

  13. Heraun yo aayog le kas kas lai doshi thanchha ani tini harulai sarkar le ke kasto danda dinchha. Ahileko sarkar bhaneko, Naya sishima purano Rakshi rakhe jastai ho, matlab bela naya bhaye pani manis uhi puranai bhayekole, yiniharule ke garna saklan khai. Pahila yiniharule afna afna party bhitrai bata karbahi suru garnu parchha ani matra janatale bishwas garchhan. So, yo netaharuko parikshako ghadi pani ho.

  14. “Caste System, king and Hinduism”

    According to Bhagwat Gita, every sing individual is an incarnation og God. The god is inside us, all we have to do is to awaken the God with good deeds

    When kings turn into Killers, such as Ravan, Kangsha, Bali, Shishupaal, Vishnu comes down to clean them from the earth. So, Gyane is an “evil” king, and his son Paras too. They are already on the row of being punished and sent to hell. Most of our Shah kings were cruel and repressers.

    God resides in water, air, plants, animals, humans (didi, bahini, aamaa, baabu, children and all good humans)

    Caste system is not a part of Hinduism. All great Hindu thinkers and sages have been criticising caste system, but no one seems to listen to it. The first Shankarachary fell on the feet of a shudra and said, “shudra is pure, God lives in him.” Gita says, “a person becomes a Brahman not by birth but by action; one who is free from anger, greed and one who has knowledge is a Brahman” In that sense, Gyaane is a naraadham pichaas, he is untouchable, the lowest caste because of his action.
    Caste system is a social problem and not a religious value of Hinduism.
    If caste system were to exist, why would all these Brahmans travel abroad and eat and live with Muslims and Christians, whereas the same Brahmans would not enter a Kaami’s house in their village? Such so-called Brahmans are all Dhongi, Paakhandi people.

    We should prove it by bringing our socially constructed low caste people to the front, arrange them to worship in temples with the so called high class and take prasaad from the low caste. WE MUST ABOLISH CASTE SYSTEM FOM THE SOCIAL PRACTICE.

  15. I think the list should also include corrupt leaders like Khum Bahard Khadka, Wagle, Govindra Raj Joshi, Vijaya Gachhedar. These corrupt are equally responsible for making democracy fail.

  16. The suggested list of the peoples enimies could like like this:

    1. Pyar Jang Thapa including several other Royal Army Generals.

    2. Syam Bhakta Thapa, Sahabir Thapa and DSP Bikram Thapa (the killer of martyr Krishna Sen) including other police high level oficers,

    3. Kamal Thapa, Tulsi Giri, Kriti Nidhi Bistha, Radha Krishna Mainali, Sarad chandra Shah, Sachit Shamsher Rana, Tank Dhakal including other ministers who were active to suppress peoples movement in the past.

    THE ROYAL GOVERNMENT, ARMY AND POLICE HAVE DEFINITELY MISUSED THE NATIONAL ECOMONY BLANTANTLY TO SUPRESS THE PEOPLES MOVEMENT IN THE PAST.

    FORM ANOTHER NATIONAL COMMISSION FOR AUDITING THE FINANCIAL MISUSE THEY HAVE DONE. NEPALI PEOPLE WOULD LIKE TO SEE THE FINANCIAL STATEMENT.

    PALACE HAS USED A LOT MONEY FOR PERSONALLY, FOR EXAMPLE IN THE NAME OF PASNI, BIHE AND SO CALLED MEDICAL TREATMENT. OPEN ALL THESE MISUSES OF NATIONAL DUKUTI. THEY MUST PAY BACK THE NATION.

    DO NOT MAKE ANY DELAY !
    THE IRON IS NOW HOT !!
    SHAPE IT BEFORE IT COOLS!!!

    Shikhar

  17. When are the “rakta pipaasu apraadhiharu” going to be punished? How long we have to wait to see the action taken to those “kaatils!”Janataako kathagharaamaa kahile ubhyaune ho tiniharulaai,jaaandolanko belaa kathor daman dine sabai apraadhiharulaai sakhta kaarbaahi garepachhi maatra haamro, sahidkaa pariwarrko, ra sahidkaa aatmaale shaanti paauchha!

    Umeshji I would like thank you for creating your website, and congratulation for getting the Korean Prize!

    Pramod

  18. Umeshji,

    I am very eager to see when the “Aparaadhi rakta pipaasuharu” going to be be jailed!

    Kamal Thapa, Shreesha shamsher,and Sachhid Shamser are to be punished as soon as possible.The king is also a kaatil, he should be ousted through Sambhidhan Sabhako chunaab.Iniharulaai kaarbaahi gareko dekhepachhi maatra man shanta hunchha, ra sahidko aatmaale shaanti paauchha, many many thanks for you for opening your web site, you have done a great job!
    Keep on doing this great job!

    Pramod,05/05/06

  19. Pheri ke bhako hola mobadi haru kina aparahan garna parako ni,santi barta garne bhanne ani pheri police lai aparahan garne. hettari !!!

  20. Hope it won’e end up like Mallik Ayog……There are many people to be punished…..let’s hope they will be penalised as per the law.

  21. Suruwat ramro chha…..tara tinai feri neta haruko agadi pachhadi lager chokhine hola,,,,2046 ma jastai,,,,,
    Bartman neta haruko mukha herda karwahi garchhan jasto lagdaina…

Comments are closed.