अब तपाईँको पालोः चन्दा आतंक कसरी हटाउने ?

माअ‍ोवादीको चन्दा असुली अहिले निकै चर्चाको विषय बनेको छ। यही ब्लगमा पनि कयौं चन्दा आतंकसम्बन्धी कमेन्ट आएका छन्। माअ‍ोवादीले चन्दा उठाउँदै आएका छन्। उनीहरुले त्यसलाई अस्वीकार गरेका छैनन्। चन्दा कसरी उठाउँदैछन्, स्वेच्छाले हो कि धम्कीले (हतियार वा बोलीको) त्यो प्रष्ट छैन। कसरी, कुन आधारमा कसलाई चन्दा माग्छन् त्यो पनि निश्चित छैन। एक जना साथीले तलको कुनै पोस्टको कमेन्टमा दुखेसो पोख्नुभएको थियो- हामी विदेशमा रगतपसिना एक गरेर मेहनत गरी कमाउँछौं, तर माअ‍ोवादीहरुले तेरो छोरा विदेशमा छ, एक लाख चन्दा दे भनेर माग्छ।

माअ‍ोवादीका एक नेताले अस्ति नै देशमा दुई थरी सरकार भएकोले करका रुपमा चन्दा उठाउन जारी रहने बताएका थिए। त्यसको जवाफमा एक पाठकले कमेन्टमा लेख्नुभएको थियो- दुई थरी सरकार छ भनेर दोहोरो कर तिर्न जनतालाई बाध्य पार्नु कहाँसम्मको उचित हो ? फेरि कर तिरेपछि त्यसको सदुपयोग कसरी भएको छ, त्यो जान्न पाउनु करदाताको अधिकार हो। माअ‍ोवादीहरु कति हदसम्म पारदर्शी छन् ?

शनिबार पाल्पाको तानसेनमा आयोजित समावेशी लोकतन्त्र विषयको विचार गोष्ठीमा माअ‍ोवादीका कम्पनी कमिसार नेत्र पाण्डे ‘अनन्त’ ले ‘जनसेना’लाई पाल्नका लागि पनि बाध्य भएर चन्दा उठाउनु परिरहेको दावी गरेको स्वतन्त्र समाचार सेवाले जनाएको छ। दुई सेना एकीकरण भएर राष्ट्रिय सेना नबनेसम्म चन्दा उठाउने काम जारी रहने उनले बताएछन्।

माअ‍ोवादीका सात बिग्रेड सेना भएको दावी गरिएको छ। उनीहरु अर्को ग्रहबाट आएका प्राणी पक्कै हैनन्। उनीहरुलाई पनि खानु पर्‍यो। ती सैनिकहरुलाई खर्च कसरी जुटिरहेको छ ? हामीले गर्ने अनुमान- कि बैंक लुटेको पैसा प्रयोग हुनुपर्‍यो कि त्यसरी नै उठाइएको चन्दा प्रयोग गर्नुपर्‍यो। अर्को सेना अर्थात् ‘शाही’ सेनालाई त जनताबाट उठाइएको करको रकम रक्षा बजेटका रुपमा दिइन्छ। युध्दविराम गरेको भएर उनीहरुले बैंक लुट्न अब पाउन्नन्। ‘चन्दा’, धम्क्याएर होस् कि फकाएर होस् लिनु नै उनीहरुको बाध्यता देखिन्छ। कि चाहिँ कुनै विदेशीले टन्न पैसा दिनुपर्‍यो।

अस्ति नै भएको एउटा कार्यक्रममा सात दलसँग सम्वध्द एक युवा नेताले (शंकर पोखरेलजस्तो लाग्छ, ठ्याक्कै नाम चाहिँ बिर्सेँ है मैले) माअ‍ोवादी सेनाका लागि पनि सरकारले अस्थायी शिविर खोलेर उनीहरुलाई पाल्नुपर्ने विचार व्यक्त गरेका थिए।

तपाईँलाई के लाग्छ ? माअ‍ोवादीले के गर्नुपर्ला ? सरकारले के गर्नुपर्ला ? अनि हामी जनताले के गर्नुपर्ला ? के गर्‍यो भने चाहिँ सरकार र माअ‍ोवादी अनि जनता कसैलाई मर्का नपर्ला ? माअ‍ोवादीको यो चन्दा आतंक कसरी हटाउन सकिएला ? आफ्नो विचार लेख्नुहोस्।

नेपाली भाषाको ब्लग भएकोले सकेसम्म नेपाली भाषामा नै प्रतिक्रिया लेख्न अनुरोध छ। अंग्रेजीमा मात्रै आफ्नो विचार राम्रोसँग व्यक्त गर्नसक्नु हुन्छ भने अंग्रेजीको पनि प्रयोग गर्न सक्नुहुन्छ।

नेपालीमा कमेन्ट लेख्दा yeso garnu parchha भनी रोमनमा नलेख्नुहोला। यो साइटमा गएर तपाईँले बायाँ छेउको हरियो बाकसमा रोमनमा टाइप गर्नुभयो भने दायाँ छेउको बाकसमा नेपाली अक्षर आउँछ। अनि कमेन्ट लेख्न सकिएपछि त्यसै बाकसमाथि रहेको Select All थिच्नुस्। अनि त्यसलाई कपी गरेर तलको प्रतिक्रिया बाकसमा पेस्ट गर्नुस्।

तपाईँलाई प्रीति फन्टमा टाइप गर्न आउँछ भने त्यसरी टाइप गरेको सामाग्री यो साइटमा गएर बायाँ छेउमा पेस्ट गर्नुस् र तल पट्टी रहेको PREETI TTF TO GyaNeX थिच्नुस्। त्यसपछि दायाँ छेउमा रहेको Unicode Nepali w/o BR Codes थिच्नुस्‌। त्यसपछि तपाईँको टेक्स्ट युनिकोडमा परिणत हुन्छ र त्यसलाई कपी गरी तलको प्रतिक्रिया बाकसमा पेस्ट गर्नुस्।

अथवा तपाईँले यहाँ गई भर्चुअल कीबोर्डको प्रयोग गरी पनि टाइप गर्नसक्नुहुन्छ।

44 Comments

  1. We always should remember: “Work and get paid”. This should apply to ANYONE. There is no free money to distribute. The government should create jobs for them. It is not necessary that they all have to be in military. Not all of them are qualified for military position. We need to screen for education, physical and mental fitness etc. Types of jobs the government can create are:
    (1). Forest preservation and extension
    (2). Boarder security
    (3). Wild life preservation
    (4). Sports
    (5). Community agriculture
    (6). Traffic pullution Control
    (7). Security personal for public property

    The list can be longer.

  2. Dear Umesh,
    Thanks for the 1st nepali blog. I’m not commenting on this. 1st I would highly appreciate if you could kindly let me know what the blog is & how it works and what is the way to help such things and so on……..

    Thank you in advance

  3. maobadiharupani aphno khusile hedeka hoinana, des ra janatako laginai sansark anandalai khati rakhera aphno jiulai khukuriko dharama rakhera hedeka chhan tesaile hamile uniharuko samman ani ijjat garnai parchha. yo chanda uthaune mabalama, ho kehi janatalai mar pareko chha tara dherai jaso uniharule hunekhaneharusanga matrai uthaune garchhn. je hos ahileko samayema yedi sabaile nisworthi hisamle kam garema desle dhirkalin nikas pauna sakchha jasko lagi chhito chhito bhanda sarkarbat bartako batabarn banayera sambhidhan sabhama janu parchha ra tesko result je auchha tehi anusar kam aghi badhaunu parchha na ki ahile dekhi nai sattam gayera netaharule saktiko lagi luchhachudi garnu hudaina.
    ranjana

  4. माओ बादी का कार्य कर्ता कति छन्, जासुस कति छन्, सैनिक नै भए, अनि नेता हरु, पोलित ब्युरो सदस्य हरु अनि कैयौ खर्च हरु छन्, अब तीनइहरु को आम्दानी को कुनै फुत्ती कौदी स्रोत छैन्, ति सबै कार्यकर्ता हरु, सैनिक खर्च र अन्या अन्य कैयौ खर्च कसरी धान्ने ? कसरी सबैलाइ मासिक तलब्, औषधी खर्च्, भ त्ता सुबिधा खुवावुने ? चन्दा उठाउँनु परेन ? कहाँ बाट आउछ पैसा ? तेसैले, अहिले माओ बादी हरु लाइ अत्यन्त गाहारो परेको छ्, बेथा सारो भन्न गाहारो भने को यही हो, यो कसैले बुझ्दैन । अब पैला बैंक लुटेको, पैसा पनि सकी सक्यो होला, त्यसैले निरन्तर मासिक वा वार्षिक चन्दा न उथाए त भुतु क्कै भाइहाल्छन नि ।
    यो समस्या पछी सम्मन रही रहन्छ
    अर्को कुरा अब अन्तरिम सरकार मा पनि माओ बादी का कार्यकर्ता हरु सबैले उनिहरु को त्याग (कस्ले कति मान्छे मारे भन्ने) को अधार मा भने जस्तो पद सम्मन र आर्थी क लाभ नपाए मा कुरा त्यती सजिलो सँग मिल्ला जस्तो नहुन सक्छ
    आखिर ति पनि मान्छ्याइ त हुन

  5. जस्ले माओवादीहरु लाई मान्छन तीनइहरु ले पो दिने हो नि चन्दा,,हामी त तीनइहरु लाई मान्दैनौ अनि किन तिमीहरुलाई चन्दा दिने,,,हरेक कुरा म पनि जब्र्दस्ती गरेर हुन्छ,,,माओवादी हरु पनि नर्क नै जाने हुन ।

  6. umesh jee i found all these comment are more important to resolve the maoist proble would you please print out all this comment and sent a copy to finance ministry and moists head office so that they will study and think over permannent solution.
    gr paudel;and rabi tamang

    brusssel

    thank !

  7. Dear Umeshji,
    You have mentioned that Maoist asked of NRs 1,00,000 from a guy working in a Gulf country. I ask everyone including you, do you believe the amount he will pay is tax?
    If Yes, I am very happy that I am living in a country where people pay the highest tax compare to there income.
    Just for information.
    Nepalese percapita income is less that 15,000 and you pay Nrs 1,00,000 as tax. I don’t know where people get other 85,000 to pay tax unless he is corrupted. Actually these kind of system makes one corrupted.
    I have nothing to do with politics as I am among 2.69 (0.01 are the rotten politicians) million scared nepali living everyday scared for last 10 years. If Maoist come with good attitude with development strategies as part of mainstream political party, I would love to pay the government (whoever including maoist) REASONABLE amount as tax. But paying tax to 2 the different bodies is the height of foolishness.
    HELLO!!!! WE ARE THE POOREST PEOPLE IN THE WORLD.
    I ask Maoist to win heart of all scared nepalese with love and affection not by threatenings …
    I am very much positive about the forthcoming talks. Please try to compromise (both govenment and maoist) as much as possible for the sake of scared nepalese.
    Don’t let our hope die…. 🙂

  8. we nepalese from aboard would like to draw kind attention to MAOIST it has been heard frequently that maoists are still collecting chanda what is known as CHANDA AATANKA in nepalese society specially maoist give more unwanted presser to the ordinary peple;s family who have been compell to left the nation because of theirs terror activities…now the time has change dramatically; why they are giving presser to ordinary people; if they really want to collect chand they have to go sarad chand shah; kamal thapa; srisamsher rana; pashupati samser thapa … chiranjibi wagle; govinda raj josh and more who have engulfed the whole nation….now time has come to bear the RESPONSIBILITY on maoist sides.. they should realized that why maoist could not win war while 14000 people already killed off than now democracy has restored by 21 martyers… meaningless bloody war does not make any solution itself its todays reality and nepalese people are realising the same… but maoists brother do not want to realize what reality is ….;

  9. उमेशजी
    तपाईले धेरै राम्रो काम् गर्नु भएको छ ।समाचार् सबै भन्दा पहिला तपाइले नै अपडेट् गर्नुहुन्छ ।धेरै मेहनत् गर्नु भएको छ ।धन्यबाद्

  10. चन्दा उठाएनन भने के खाएर उनीहरु पालिने हो । त्यो बुझ्न पर्यो नि।

  11. हो। जिबन रा्ेक्का जी का भनाइ एकदमै ठिक र जाएज छन। उहाँले भने जस्तै गरेमा भने समस्या समाधन हुनेमा कुनै दुबिधा हुने छैन।
    उमेश जी, यी कमेन्टहरूलाइ‌ मन्त्रि सम्म पुर् याउने कनै व्यावस्था गर्न पाए उत्तम हुने थियो ।
    कि कसाे साथी हो?

  12. Dear friends,

    Maoist movement was ‘political’ in the beginning and it was gradually turned towards ‘terrist’ aactivities by killing, kidnapping very grassroot people such as teachers, farmers ( no aristroacts or high level people were killed) and then afterwars the movement has terned as a ‘Industry’. so as a industralist it is common to make profit by forcefully taking money in the name of donation from the people.
    pls evaluate these three phases of development of the movement and you will get the clear picture of their activities and motives.

    Secondly, it is reasonable that if they are really serious to the peace talk , than their army should be feed by the government so that they should completly stop taking donation.

    But again, maoist will never do what they said and never said what they will do. As you know, they are still killing people ( see kantipur daily of May 14), kidnapping.

    Is it the political nature ?

    Unless and untill, they do not come without arms, there will be no free and fareless election in the country. otherwise, another maoist will again come………..

    we have to think about it very seriously.

    Sagarmatha

  13. It is their compulsion to ask for levies. How can they feed for their cadre, JAN SENA otherwise? We should not forget that the current achievment is the result of partly active support of Maoists . Either the state should allocate some sort of fund, otherwise there is no immediate waiver for fund collection from the Maoist’s sides.

    Sailendra, Norwegian university of Science and Technology, Norway

  14. के यस्तो दावा गरेर संभव छ ?

    १।भारतको विहारमा ७ थरिका प्राइभेट सेना छन जसमध्ये भूमीपतिहरुको रणवीर सेना, माओवादीको लालसेना आदि बढी नै चर्चित छन । के यसरी जात अनुसार वा आफ्नो राजनीतिक पार्टी अनुसारका सेना पाल्न दिएर तिनका लागि अलग अलग कर जनताबाट उठाएर पालन पोषणको जिम्मेवारी खेप्न वाध्य पार्नु संसारमा कतै न्यासंगत मानिन्छ ?
    २॥ भोलि माओवादी विद्रोहीले खोजेको राजनीतिक व्यवस्था हाम्रो देशमा कायम होला अरे , अनि चित्त नबुझ्ने र विद्रोह गर्न चाहने राजनीतिक समूहलाई अनि ऊनीहरुले पाल्न सक्ने सेनालाई माओवादीले रसद पानी र गोली गट्ठाको व्यवस्था गरिदेलान वा त्यस खालको अनुमति देलान ?
    यी कुनै पनि कुरा कुनै पनि राज्य व्यवस्थाले स्विकार्ने कुरा आउँदैन , आफ्नो सेना पाल्न सक्नेले आफ्नो खालको logistics प्रबन्ध आँफै गर्ने हो । युद्दविराम गर्दै छौँ त्यति बेला हा्म्रो कार्यक्रम कसरी चल्छ भन्ने कुराको योजना माओवादी ले पहिलै गर्नुपर्थ्यो। हैन भने शान्तिकालमा आफ्ना मिलिसियालाई छुट्टिमा घर पठाएर भएपनि ,जनतामाथि बलजप्ति बन्दुकको भरमा कर थोपर्ने काम माओवादीले गर्नु नैतिकताका सबै सीमाहरुको अतिक्रमण गर्नु हो । यथार्थमा भन्ने हो भने , माओवादीलाई जनताले तिर्नवाध्य पारिएको करको रकम सरकारलाई तिरिने रकम भन्दा कैञौ गुणा बढी छ । उनीहरुमा करको आधार भनेको मौखिक आदेस र बन्दुकको त्रास मात्र भएकाले यो डाँकुशैलिको बढि देखापर्छ,हुनत उनीहरु राजनीतिक शक्ति नै हुन।

    यसर्थ युद्द विरामको समयमा पनि, हामी विद्रोही हौँ र राज्य पक्षले हामीलाई रिझाउने नै छ र हामीले जे गर्दा पनि हुन्छ भनेर कुनै वातावरण बन्ने वाला छैन ।

  15. खुकुरी को मार अचनो लाई मात्र थाहा हुन्च,त्यसइ ले दुबै पक्ष ले जनता को मार भुझ्नु भए बेस् हुने थियो
    हङकङ

  16. अन्तर्राष्ट्रीय क्षेत्रमा युद्ध सञ्चालन गर्ने समूहको अध्ययन गर्दा युद्ध सञ्चालन गर्न चाहिने रकम निम्न तरिकाले उठाइको देखिन्छ ।
    १- पार्टिका सदस्यबाट लेविको रुपमा मासिक उठ्ने रकम
    २- युद्द प्राय धनाढ्य व्यक्तिबाट सञ्चालित हुन्छ, ऊनिहरुबाट बेहोरिने रकम
    ३- गोप्य रुपमा सञ्चालन गरिएका उध्योग धन्दाबाट आएको मुनाफा
    ४- आफ्नो पकड क्षेत्रमा गरिएका विकासनिर्माणका कामबाट उठाइने ट्याक्सा कर राजश्व
    ५- जनताबाट राजी खुशीमा प्राप्त चन्दा
    ६- आफ्नो बिचार् वा सिध्धान्त बिपरित कार्य गर्नेलाई लगाइएको जरिवाना
    ७- यसका अलावा सरकारी कार्यालय, बैंक तथा सरकारी व्यवशाय तथा उध्योग आदिमा लूट मच्चाएर लिएको रकम सामान्यतया यी नै श्रोतबाट प्राप्त रकमले आफ्ना सेना पाल्नु पर्दछ । तर नेपाली माओबादिमा भने लूट्नु र जब्बर्जस्ती चन्दा उठाउनु जस्ता कृयाकलापबाट मात्र सारा खर्च धनिन्छ जस्तो छ जुन माओवादीको गल्ती हो । यदि अर्को श्रोतबाट पनि रकम प्रयोग गरिएको छ भने माओवादीले त्यो सार्वजनिक गर्नु पर्छ ।

  17. दुबै सेना हरु अहिले सम्म नेपाली जनताका सेना हुन सकेका छैनन तै पनि जनताले राजाको सेनलाई आफुले कर तिरेर पालेका छ्न । दुर्भाग्य त्यही सेना जनतालाई मा र्छ अनेक दुख दिन्छ अनि भन्छ हामीले नुनको सोझो गरेको हो । जनताले तिरेको कर बाट तलब भ त्ता खाइन्छ भने त्यही जनताको नुन खायको होईन? अनि जसको नुन खाने त्यही जनतालाई मारेर अनि नुनको सोझो भयो? यही हो नुनको सोझो भनेको? यसलाई नुनको सोझो होईन नुनको गद्दारी गरेको भनिन्छ । यदि जनताले तिरेको कर बाट खाइन्छ भने जनताको नुन खायर कुनै समान्त को मात्र सेवा गरेर बस्नु कति उचित हो? अनि रह्यो माओवादी सेनाको कुरा हुनत यसलाई जन सेना भनियको छ तर जन सेना ले पनि उहि शाही सेना ले जस्तै ठीक उल्टोकाम हरु गर्नु भयन । भन्दा जन सेना भन्ने काम चाँही प्रतिकृया बादिको जस्तो गर्ने यो उपयुक्त भयन । त्यसै त गरीब र निमुखा जनता झन दुबै सरकार लाई कर र चन्दा दिनु पर्ने अवस्था कसरी स हेको होला जनताले? बिचार गर्नुस् त तपाईं कर र चन्दा लिने हरुले पनि । तपाईं हरुमा पनि धेरै थोरै त मन होला द या , माया र पाप् , धर्म भन्ने शब्द त छ कि छैन कुन्नी तर ढुङ्गा को जस्तो भयपनी आत्मा त छ नि होईन? कि स हि र गलत नै छुट्ट्याउन सक्नु हुन्न तपाईंहरु? बिबेक भन्ने शब्द नै हुँदैन तपाईंहरुमा?यदि हुन्छ भने अब ति निमुखा जनता को कर र चन्दा खायर तीनकै बिरुद्ध नलाग्नुहोस् । अब जनता लाई दुख दिन छोड्नुस् अनि शामन्त हरुको सेवा गर्न छोड्नुस् एउटा मानिस् बनेर देस् जनता र समाजको लागि बाँच्न सिक्नोस् । अनि राज्य ले पनि राजाको सेना लाई पाल्न सक्छ भने बिद्रोही सेना लाई पनि पाल्न सक्नु परो शान्ति पूर्ण रुपमा समस्या को समाधान नानीस्के सम्म । जनताको नाम मा जनता लाई सताउने काम कही क तै बाट नहोस् अब फेरी पनि ।

    धन्यवाद

  18. मेरो बिचारमा, माओबादीहरुलाइ पाल्ने ठेक्का केहि समयको लागि , सरकारले नै लिनु पर्छ् , र, चान्डोँ भन्दा चान्डोँ वार्ता टोली गठन् गरी वार्ता गरिहाल्नु पर्छ्,तेसपश्चात्, वार्ताबाट आउने ,सल्लाह,सूझाव एवम् परिणाम् अनूसार् गरिनुपर्द्छ।
    यो अन्तरिम् सरकारले माओबादीहरुलाइ पाल्ने खर्च को जोहो, राजकोष एवम् राजपरिवारको अनावश्यक भत्ताबाट बन्दोबस्त गर्नु पर्छ् ,किनकि,त्यो पनि जनताकै रगत पसिना (कर) हो !

    हिजो आज माओवादी हरु को हिन्सात्मत्क् गतिबिधि सार्है बढेर गएको छ, मानौ तिनीहरुको मान्छे मार्ने र आतन्क् मच्चाउने मनोबल नै बढेर गएको छ्, यो कसैका लागि राम्रो कुरो होइन, माओबादीहरु को लागि त झन् पटक्कै होएन।हामि जनताले कसरी बिश्वास garne ????
    K. Thapa,Nepalgunj.

  19. सेना लाई खुवाउने मात्रको टेन्सन न होला। राजनीतिक पार्टी भएर आएपछि पैसो चाहियो नि। नत्र एमाले ले राम्रै टक्कर दिन्छ। अहिले देखीने कार्यकर्ता लाई ब्यापक परिचालन गर्नुपर्ने देखिन्छ। वक्ताहरु को नाम सार्वजनीक गरेको त्यसैले हो। माओबादीले मान्छन् भने सरकारले पाल्नुपर्छ। तर प्रकिया पारर्दशक हुनु पर्छ। यो खासै ठुलोकुरा पनि होईन। सेना लाई सुपरभीजन मा राख्दा यो कुरा आफै टुँगो लाग्छ। बरु सँबिधान सभा भन्दा पहिले नै सेनालाई सुपरभीजनमा राख्नुपर्ने हो। चन्दा उठाउन त बन्द गर्नुपर्छ।

  20. In my view Sahi Sena and Moist Sena should be together, before they used to fight with hiding at night, let them fight face to face who will powerful that will be “Nepali Sena Rastriya Sena whatever” I do not need sahi sena I do not need moist SEENA I need Nepali seena who may protect our Nepal and Nepali, Because both sena are killing Nepalese SONS and DAUGHTERS. So make them Nepali SEENA as per as possible soon.

  21. It is not fair by force to collect money? We have seen several bank were looted where have been gone these money? Again you guys need tax? If you do continually to collect tax you moist guys will be under the sin, because Nepalese public never rub or corrupt, we are labor hard workers do not ask tax. If you are eager to get tex collect from corrupted people, if u guys do not know their name ok take it Gobinda raj Joshi,Chirinjibi Waglee, khum bahadur “bhate” khadka, Bijay kumar gachchhedar one (eye)kamal thhapa, all formar minister.
    please note that we are with you guys but do not force and kill to public. to collect tax also one of the killing.

  22. मेरो संसारका ब्लगर सम्मानित

    अमेरिका नेपाल सोसाइटी वासिंङटन डीसीले नेपालबाट सञ्चालित मेरो संसार डटकम नेपाली ब्लगका सञ्चालक उमेश श्रेष्ठलाई कदरपत्र सहित नेपाली ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
    सोसाइटीका अध्यक्ष प्रेम संग्रौलाको अध्यक्षतामा मे १३ का दिन बसेको सोसाइटीको कार्य समितिको बैठकले उक्त निर्ण्र्ाागरेको हो ।
    नितान्त एक्लो प्रयासमा विभिन्न जोखिम उठाउँदै नेपाल बाहिर रहेका विश्वभरका नेपालीहरुका लागि समसामयिक समाचारहरु सम्प्रेषण गरेवापत प्रोत्साहन स्वरुप श्रेष्ठलाई सम्मान सहित उक्त सहयोग प्रदान गर्नर्े निर्ण्र्ाागरिएको कुरा अमेरिका नेपाल सोसाइटीबाट थाहा भएको छ ।
    बैठकले सोसाइटीले प्रत्येक वर्षगर्दै आएको बनभोज कार्यक्रम यसपटक जुन २५ तारिख आइतबारका दिन गर्ने भएको छ ।
    बनभोज व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि खेलकूद उपसमिति, आर्थिक संकलन उपसमिति, भोज व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ । उक्त समितिमा टिका पुन, मोहन थापा, नेत्र घिसिड०, खेम भट्टचन, कविन्द्र सिटौला, बसन्त श्रेष्ठ, सुवास जोशी, गोविन्द गिरी, खिलेन्द्र न्यौपाने, हृयाम्स स्वयर र विष्णु थापा लगायतका सदस्यहरु रहेका छन् ।

  23. उमेश जि लाई अगृम बधाई
    उमेश जि , तपाईंलाई अ्एरिका नेपाली सोसाइटी ले तपाईं को काम को कदर गर्दै नेपाल को सम सामयिक समाचार बिश्व मा रहेक नेपाली लाई सु सुचित तथा सम्प्रेशण गरे बापत कदर गर्ने भएछ ।

    त्यसैले यो फीडब्याक को पान्ना बाट म तपाईं लाई अगृम बधाई दिदैछु।

    For more information: http://www.nepalpost.com

    जय नेपाल्, जय गणतन्त्र

  24. I still say that What Roshanjee proposes is good but who can verify the no. of “jansena”….I still say that international mediation should not be delayed…only because Indian government doesn’t like it…..I think probably they(Indian government) want the situation to further deteriorate …which will justify their immediate military intervention…so better we lobby for international mediation under UN.

  25. Please read अधिनायकवादपछि अल्भिmएका मुद्दा written by Ajaya Bhadra Khanal in today’s kantipur.

  26. माओवादीद्वारा पूर्वकार्यकर्ताको हत्या

    प्रभाकर घिमिरे

    चितवन, वैशाख ३० – माओवादीले शुक्रबार यहाँ आफ्ना पूर्वकार्यकर्ताको बीभत्स ढंगले हत्या गरेका छन् ।
    विगतमा माओवादी गतिविधिमा संलग्न रहे पनि हाल निष्त्रिmय जगतपुर-६ नयाँबस्तीका पे्रमबहादुर ठोकरको निर्घात कुटपिट गरी हत्या गरेका हुन् । घरमा बसिरहेका ४० वषर्ीय ठोकरलाई शुक्रबार अपराह्न दुई व्यक्तिले ‘केही कुरा गर्नुछ’ भनी लगेको पत्नी मनकुमारीले बताइन् । ‘घरमा पानी पिएर एकछिन बसेपछि उनीहरूले उहाँलाई लगेका थिए,’ उनले भनिन्- ‘लास भेटियो भन्दै दुई घन्टापछि गाउँलेले हल्लाखल्ला गरेपछि मात्र हत्याबारे थाहा पाएँ ।’ साँझ पाँच बजे शव बाटैमा छाडी माओवादी भागेको प्रत्यक्षदर्शीले बताए ।

    शवको प्रकृति हेर्दा ठोकरलाई टाउको र खुट्टामा कुटेपछि बाटामा थेचारेको हुनसक्ने गाउँलेको अनुमान छ । गाउँलेका अनुसार ठोकर विगतमा माओवादीमा संलग्न भए पनि पछिल्ला दिनमा निष्त्रिmय थिए । पार्टीको बदनाम गरेको आरोप माओवादीले उनीमाथि लगाएको थियो ।

    हत्याको केही समयअघि जगतपुर-४ कृष्णचोकमा आयोजित खुला सभामा माओवादी स्थानीय नेताले ‘पार्टीको बदनाम गर्ने केहीलाई कारबाही भइरहेकोे’ बताएका थिए । ठोकरसहित चार जनालाई पनि कारबाहीको चेतावनी दिइएको थियो । जिल्लास्थित माओवादी स्रोतले भने ठोकरलाई सामान्य भौतिक कारबाही मात्र गर्ने योजना रहेको दाबी गरेको छ ।

    उता मृतकका आफन्तले जाहेरीमा अज्ञात समूहले हत्या गरेको उल्लेख गरेको जिल्ला प्रहरीले जनाएको छ । ठोकरका श्रीमतीसहित ९ वषर्ीय छोरा, १२ र १५ वषर्ीया दुई छोरी छन् ।

    यसैबीच राजधानीमा सैनिक जनसम्पर्क निर्देशनालयले जनाएअनुसार बिहीबार माओवादीले डडेल्धुरा सदरमुकामस्थित स्याउले इलाकामा एमाले कार्यकर्ता खड्ग शाहीलाई कुटपिट गरी घाइते बनाएका छन् । घाइतेलाई डडेल्धुरास्थित टिम अस्पतालमा राखिएको छ ।

  27. मेरो बिचार मा के लाग्छ भने अहिले देश को प्रमुख समस्या भने को माओवादी समस्या हो ।माओवादी सँग बार्ता मा नगय सम्म समस्या जे का ते रहने छ ।
    मुख्य कुरा के भने समस्या समाधान को लागि दुबै पक्ष हृदय देखि लाग्नु पर्‍यो । मेरा गोरु का बार्है टक्का गरेर समस्या समाधान हुँदैन । सम्झौतको अर्थ
    मिड पोइन्ट हुनु पर्छ तेस्मा दुबै पक्ष बाट धेरै सम्यम हुनु पर्छ ।
    बिगत क गल्ती हरु दोहोरिनु हुँदैन । बार्तामा बिगत मा जस्तो गल्ती दोहोरिनु हुँदैन ।सरकारी बार्ता टोली मा अराज्क तत्तो लाई घुसाइनु हुँदैन ।
    ३ करोड नेपाली जनता को भाबना को मुलयान्कन दुबै पक्ष बाट हुनु जरुरी देखिन्छ ।
    जनता देस् बिकास हेर्न चाहन्छन २१औ सताब्दी को संसार सँग आफु लाई अगाडि बडाउन चाहन्छन ।
    अशिक्षा गरीबि बेरोजगार बाट आफुलाई मुक्त गर्न चाहन्छन ।
    गरीबि को रेखाबाट माथि उठेर सुन्दर शान्त नेपालको लागि आवहाँन गर्दछन ।यो सबै भाबना को कदर गर्दै दुबै पक्ष बाट साना मसिना समस्या म अल्झेर अझै नेपाली जनतालाई खाडल मा नपुराइयोस् भन्ने हाम्रो चाहना छ ।
    यती बेला नेपाली जनताले बल्ल सन्तोष को साश फेर्न पायका छन यो स्थिती सदै रहिरहोस् । जहाँ इक्षा त्यहाँ उपाय यदि दुबै पक्ष ले नेपाली जनताको भाबना बुज्ने हो भने ब बार्ता सफल परिनु पर्छ ।
    अर्को कुरा चन्दा को रहेको छ निस्चित रुपमा माओवादी ले चन्दा आतंक गर्दै आयका छन भूमिगत पार्टी को आय सोर्त भनेको चन्दा हो तर चन्दा माग्ने डर त्रास् धम्की देखायर जब्र्जस्ती होईन सोइछिक हुनु पर्छ ।जनता को आय स्तर हेरेर मात्र हुनु पर्छ ।जहाँ सम्म बिगत मा माओवादी हरु ले जब्र्जस्ती चन्दा असुल्ने काम गरे तेयो गल्ती छ ।हाल बिदेश जाने हरु सँग ठुलो रकम चन्दा माग्ने कार्य भय्को गुनाशअ हरु आइ रहन्छन यो गलत हो बिदेसी भुमिमा आयर काम गर्नु पैसा कमाउनु साह्रै गाह्रो छ जुन कुरा पर्देसियका लाई मात्र थाहा हुन्छ डे नाइट १८ ३६ घण्टा काम गरेर आफ्न्त घर परिवार बाट टाढा भयर जीवन लाई खुकुरी को धार मा राखेर कमायाको पैसा लाई तेही रुपले बुझिदिनु पर्ने हो तर तेसो भयको छैन ।शर्म पसिना को कदर भयको छैन यो दुख लाग्दो कुरा हो ।जहाँ सम्मा यो कुरा अब दोहोरिनु हुँदैन जनता को सियो र धागो पनि सितैमा नलिनु भन्ने माओ को अगुबाइ भन्ने हरु ले जनता लाई दुख दिनु राम्रो होईन ।बर्तमान बादलइदो बद्लिदो नेपाल को परिबेस् मा बिगता क सबै गल्ती कम्जोरी दोहोराइनु हुँदैन र जब्र्जस्ती चन्दा आतंक बन्द हुनु पर्छ ।

  28. Hi
    How do you reduce this donation thing? They get free money by using force. Unless you make them forceless you can’t stop them.
    It’s waste of time convincing them not to take donation, isn’t it?

  29. All friends comments are exciting!!
    I am agree with a friend colorado!! In fact all (National and International community) accepted directly or indirectly the existance of Maoist and there are two Government in Nepal. One is Capital and some city centered and another covered the rest part of the country.

    It means Maoist is big government and need fund for huge management. So If the city centered government doesnot want to take donations by Maoist, please declear the budget 70% to maoist and 30% to Gyanendra’s government.

    This is my idea
    From Pradeshi

  30. ALL NEPALESE PEOPLES

    PLEASE BE HIGH ALERT . MAOIST WAS VERY-VERY BAD IN PAST ,THEY ARE VERY CRUEL TODAY AND THEY WILL BE “TALIBAN ” IN FUTURE .IN THE END,THEY WILL BE FINISH .

  31. hey i made few spelling errors up here. Can you please have a preview button like in samudaya.org. It will be really nice. I bet it will reduce many typos.

  32. Hmm
    1) Placing PLA inside one of the existing barrack will not only help maosit to control the PL,. it will also give better support for them to live properly. It will help the society to be demilitarised. For instance, we can pull all RNA members from various district and ask these new PLA to feel those barracks. This make the job of separating the PLA from other cadres of Maoist easier at the same time.

    2) We need to deploy the police effectively at the same time to contol the crime. Even though police have pulled out of village, crimes were being checked by Maoist. We should not let these criminals rise in remote areas just because there is no one. We should immediately replace the vaccum with normal police people.
    It should made clear that no policemen will fight insurgancy in the future because they are not trained to do so. It was the gross violation of human rights of policemen by previous government to engage policemen in fighting rebellion. This will not only help make villages safer and crime free but also will win the vote of Maoist who really don’t want villages full of crimes.

    3) Maoist have different kind of people in their PLA. Most of them can be given unpaid vaccation until the end of ceasefire. This will reduce their cost of managing the army. if we place them inside the barracks at the given location, they can continue their project of building roads as they used to do during the insurgency. It should highly appreciable of them if them continue to build roads and other developemental things.

    I wish newly proposed “GHOSANA PATRA OF PRATINIDHI SABHA” will be discussed soon and passed.

  33. Two Option can be explored to make stop Maoist to collect money to feed their army.

    1. Ask budgetary help from UN to feed their army until thier army are assimilated into national army.
    2. As financial support from the government at least to a amount that needs to feed them for day to day sustinance, and in return to these budgetary needs, the Maoist army can be deployed to compansate these expenses to the physical rehabilitation works that they had destryed during the last decade in course of fighting with the royal army.

    Thanks

  34. i know verry well about maoist.they are also man,they need to eat.they are same like us.in this condation goverment have to see them.or nepali people have to give them food and to stay in this condation.where ever maoist army are living on which part???,about this if goverment dont be serious they have to ask money about people.this is thru.they have to ask money to people.there nepali people for royal army who give the food and money???gyanendra or paras???they are also from us liveng.there is no different.good luck maoist.

  35. जबसम्म माओबादिहरु राजनितिक मुलधारमा आवतरन हुदैनन् तबसम्म नेपालमा बर्तमान् स्थिति रहिरहन्छ।तसर्थ अबको बाटो भनेको नै जन आन्दोलन्बाट प्राप्त भएको मार्गदर्सन् अनुरुप सातदल र माओबादि बिच भएको ऐतिहासिक बाह्रबुदे सम्झौतालाइ पारदर्सिरुपमा कार्यन्वयन् गरि सङ्युक्तरास्ट्रसङ्घको अनुगमनमा माओबादि जनसेना र शाहिसेनालाइ सङ्युक्त बनाइ रासटृयसेना बनाउनु पर्छ।अनिमात्र नेपालमा सान्ति स्थापना हुनसक्छ।नतर भने नेपालि जनताहरु देसमा भएको दुइवटा सर्कारहरुको सेनाहरुलाइ पाल्नुको लागि चन्दा आतङ्कमा यसरिनाइ पिल्सिरहनु पर्छ।तसर्थ सबै गणतन्त्रबादि नेपालिहरुले कामना गरोउ कि अब हुने सातदल् र माओबादिबिचको बार्ता सफल होस्।सम्पुर्ण नेपालिहरुको जय।

  36. सम्सयाको दिगो समाधानको लागी छिटो भन्दा छिटो वार्ता प्रकिया थालनी गरी सेना व्यसथापन गर्नु नै हो । यदी वास्तवमै दुवै पक्ष इमान्दार रुपमा सम्विधान सभा र दिगो शान्तीको लागी प्रतिवद्ध हो भने यो काम तुरन्तै गर्नमा कुनै अवरोध भए जस्तो लाग्दैन । त्यस अवस्था सम्म को लागी निम्न प्रकिया संचालन गर्नु ठिक हुन्छ जस्तो लाग्दछ ।
    १ दुवै तर्फका सेनालाइ विकास कार्य मा खटाउने । जस्तो हिमाली तथा पहाडि जिल्लाहरु जहाँ वाटो तथा अन्य पुर्वधार निर्माण गर्नु पर्ने छ त्यहाँ निश्चित क्षेत्र निश्चित समुहलाई जिम्मा दिइ विशेषत माओवादी सेनालाइ त्यो कार्यमा लगाउने त्यसको लागी विकास वजेट तथा दातृ राष्ट्र वा संस्था सगँ सहयोगको लागी पहल गर्न सकिन्छ । यसो गर्दा तिनवटा फाइदा हुन जान्छ । पहिलो युद्धरत पक्ष विकास निर्माण कार्यमा संलग्न हुनेहुनाले युद्ध भन्दा पनि विकास तर्फ ध्यान केन्द्रित हुन गइ दीगो शान्तीको पक्षमा योगदान हुन पुग्छ र पछि सैन्य व्यवस्थापन गर्नमा पनि त्यस्तो समस्याहरु आउदैंनन । दोश्रो युद्ध विरामको समयमा सेनाहरुका तर्फवाट हुन सक्ने अराजक कार्यविधी हुन पाउदैन । तेश्रो जुनसुकै सेनाको लागी गरिएको खर्च भए पनि देश पुनर्निमाणको लागी हुनाले देशलाइ आर्थिक भार पनि त्यति पर्दैन ।

  37. MAOISTS SHOULD NOT GO ON EXTORTING MONEY FROM THE POOR PEOPLE NEITHER SHOULD THEY INDULGE IN ANY KIND OF VIOLENCE FROM NOW ON. HOWEVER, SINCE THEY CLAIM THAT THEY ARE THE people’s army THEY HAVE TO BE FED BY THE GOVERNMENT AND BOTH THE PEOPLE’S ARMY AND RNA SHOULD BE MERGED.

    STRANAGE THING IS THAT THEY WANT THE RNA TO MERGE WITH THEM NOT THE OTHER WAY ROUND! LET US SEE HOW PRACHANDA IS GOING TO NEGOTIATE WITH GIRIJA AND SATISFY HIS POWER HUNGRY CADRES. sabita, kathmandu.

  38. when maoists want to come in the mainstream, if that is really true ,and the government is also ready to solve the problem, here are 3 point of posible solutions.
    1.first of all they have to make priliminary phase of peace talks,. this both parties can do with in one to 2 month.within that period maoist must follow thd 12 point understanding with the parties,train and convence their fighters about the possible modification and assure the political parties and jeneral public to be out of fear about them which is still exists in the society.
    2.after that within the framework of peace talk with the ratification of the parliament, United Nation’s help should be acepted for the interim period to solve the budgetary problem of the rebail fighters. and maoists and civil s0ciety representation should be must in peace sceretriate before then that.before then that all detainees of the both sides must be freed.and the name of the missing persons must be publise from both sides.
    3. within the same period Government must make some amendments to bring nepal army under the government.scrap the rajparisad,and make the parliament soverien and powerful.army must be under primeminister or minister for defence.
    4.after that both parties have to do the unofficial talk in several rounds and then start the formal talks.
    a nepali from usa

  39. Dear All:

    As now government has formally accepted the existance of two government in the country by declaring ciesefire, the moist army force also requires some budget to look after their army personel. Hence, they can collect some donation without giving trouble to people.

    Thanks,

  40. माओवादी हरुको यो कुरा निकै इरेस्पोशिवल भयो । एउटा पोलिटिकल पार्टि भयेको कुर गर्ने हो भने त तेस्तो जन्तालै अफ्तेरो पर्ने कुर गरुनु भयेनि नि। अब एमाले ले पनि मओबदि को आर्मि लाइ पनि सरकार ले फीड् गर्न सक्छ भन्ने कुर आगधि आइसके पछि पनि तेस्तो कुर गर्ने हो भने त माओबदि लै कसरि जन्ताले बिस्वास् गर्ने भन्नुस् त?

    मेरो बिचारमा त अब माओबादि हरुले अलिकति रेस्पोन्सिबिलिटि जनतालाइ देखाउने बेला आयेको छ। जन्ता ले दुख नपाउन् येहि मेरो बिचार हो।

  41. Following Points, I think should be taken into consideration.

    1)Maoist should be asked by the Government to come up with the feeding requirement of their troops (only troops not their party members).
    2)Maoist must be sincere in their reply to the government when disclosing requirements (as Maoist do not wish to disclose number of their troops,they should be given guarentee that none of their troops related information is feeded to the media or any other party).
    3) Government then should form 3 member co-ordination committee comprising one from the government, one from civic socirty (Human right personality) & one from the Maoist party, then they will work out the plan for feeding arrengement for Maoist toops.
    4) Government then should relese fund for 1 month worth of required fund to the committee & it will be responsibility of the committe to moniter the cash activity & other issues related to Feeding requirement.
    5)Once arrangement has been agreed, Maoist should go for press release confirming as of that date no donation will be asked or taken from general public,business community & more for 1 months. (statement should come from credible Maoist Central committee member)
    6) Once agreement is struck, any abuse by Maoist cadre should be reported to the Feeding committee. (Committee should have confidental free help line set up, so without fear general public can make a complaint)
    7) Feeding Committee will investigate the complaint & should be able to take action on violaters.
    8) After one months, if everything goes well, this procedure should be continued & further alreation can be made to make the arrangement even better should the community sees needs for it.
    9)Once constituent assembly is over this arrangement will be absorved by other new arrangement.

    Rosan
    *************************

    धन्यवाद रोशन जी, तपाईँको गहकिलो सुझावका लागि।

    म तपाईँको सुझावलाई संक्षेपमा भावार्थ यहाँ प्रस्तुत गरिदिन्छु है ताकि अंग्रेजीमा त्यति पोख्त नभएकाहरुले पनि तपाईँको विचार पढेर त्यसमाथि प्रतिक्रिया दिन सकुन्।

    उहाँको सुझाव के रहेको छ भने संविधान सभा नभएसम्मका लागि माअ‍ोवादी सेना (पार्टी सदस्य हैन, सेनाका लागि मात्र) को खानपानको व्यवस्थाका लागि सरकारले माअ‍ोवादीलाई आह्वान गर्नुपर्छ। माअ‍ोवादीले कति रकम चाहिने हो, त्यो भन्नुपर्छ। सरकारले अनि तीन सदस्यीय कमिटी बनाउनु पर्छ। त्यसमा एक जना सरकारबाट, एक जना माअ‍ोवादीबाट र अर्को एक जना नागरिक समाजबाट राख्नुपर्छ। यो कमिटीलाई सरकारले एक महिनाका लागि चाहिने रकम प्रदान गर्नुपर्छ। यो रकम वितरण गर्नदेखि लिएर अरु कुराको जिम्मा यसै कमिटीको हुन्छ। यस्तो व्यवस्था गर्ने सहमति भएपछि माअ‍ोवादीका जिम्मेवार केन्द्रीय नेताले चन्दा असूली बन्द भएको घोषणा गर्नुपर्छ। यस्तो सहमति भइसकेपछि कुनै माअ‍ोवादी कार्यकर्ताले त्यसको उल्लंघन गरेमा सर्वसाधारणले बिना कुनै डर यही कमिटीलाई उजुरी गर्नसक्ने वातावरण मिलाइनु पर्छ। कमिटीले उजुरीको छानबिन गरी उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्छ। एक महिनापछि यस क्रममा भएका अनुभवका आधारमा यो प्रक्रियालाई संशोधित रुपमा अगाडि बढाउनु पर्छ। संविधान सभा भइसकेपछि चाहिँ त्यसको आधारमा बेग्लै कार्य अपनाउन सकिन्छ।

  42. I think its better idea to keep Maoist army in a government camp but I doubt Maoists will aggree to it…the only way is to start the dialogue immediately…I think since the matter of both the armies is very serious an international mediation, preferably by UN as soon as possible …we should not get trapped in meaningless patriotic slogans….international mediation is a necessary evil that we have to accept….

  43. Every body knows who want the war. If Maoist dont raise donation( actulaay its a kind of loot), how the armed factory of india can survive? Both RNA and Maoist are actually feeding the Armed manufacturer of INDIA. This is called good friendship. All the forces of nepal are dedicating themselves to feed the people of their neighbour. What do u think.

    This is called true friendship………..

  44. त्यसो भनेर कहाँ हुन्छ र? कि त उनिहरुले पनि चन्दाकोरुपमा उठाएको करोडौ रकमको हिसाब दिन सक्नु पर्‍यो नत्र भने नेपाली जनतले किन चन्दा दिने ?

Comments are closed.