के छ आज पास भएको ऐतिहासिक घोषणापत्रमा ?

२०६३ जेठ ४ गते बिहीबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको प्रतिनिधि सभाको घोषणा, २०६३ को पूर्ण पाठ यस प्रकार रहेको छ-

शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा नेपाली जनताले गरेको बलिदान, जीवन–सत्सर्ग र सहभागिताप्रति उच्च सम्मान गर्दै,
स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको राज्यशक्तिको स्रोत जनता रहेको र नेपाली जनताले केही समयअघि शान्तिपूर्ण संयुक्त जनआन्दोलनद्वारा सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता मात्र भएको सत्यलाई स्थापित गर्ने उत्कट अभिलाषा प्रकट गरेको तथ्यलाई ध्यानमा राख्दै,

शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा सात राजनीतिक दलको मार्गचित्र र सातदल–नेकपा(माओवादी) बीचको बाह्र–बुँदे समझदारी अनुरुप नेपाली जनताले संविधानसभामार्फत् नयाँ संविधान निर्माण गरी लोकतन्त्र, राज्यको पुनर्सरंचना सहित समावेशी राज्यव्यवस्था र दिगो शान्ति स्थापना गर्न दिएको जनादेशलाई पूरा गर्ने संकल्प गर्दै,

मुलुकको राष्ट्रिय अखण्डता, अविभाज्यता एवं राष्ट्रिय एकतालाई सुदृढ गर्न सार्वभौम नेपाली जनताको गहन जिम्मेवारीलाई आत्मसात गर्दै,

“राज्यशक्तिको स्रोत नेपाली जनता भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत् अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्व लगायत समग्र समस्याहरुको समाधान गर्न” २०६३ वैशाख ११ गतेको राजाको घोषणामा जनआन्दोलनको बलमा स्थापित प्रतिनिधिसभा सार्वभौम अधिकार सम्पन्न रहेको स्वीकार गरिएको,
२०४६ सालको जनआन्दोलनका उपलब्धीहरुलाई रक्षा गर्दै वर्तमान जनआन्दोलनका उपलब्धिहरुलाई संस्थागत गरी निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र स्थापनाको दिशामा अग्रसर हुने जिम्मेवारी ग्रहण गर्न अर्को संवैधानिक व्यवस्था नभएसम्म सम्पूर्ण अधिकारहरु प्रयोग गर्नका लागि यो प्रतिनिधिसभा सार्वभौमसत्ता सम्पन्न भएको घोषणा गर्दछ, र राज्यशक्ति यही प्रतिनिधिसभा मार्फत् प्रयोग हुने भएकोले देहायको घोषणा गर्दछ–

१. व्यवस्थापिकाको सम्बन्धमा

१.१ नेपालको व्यवस्थापिका सम्बन्धी सम्पूर्ण अधिकार प्रतिनिधिसभाद्वारा प्रयोग गरिनेछ। कानून निर्माण गर्ने प्रक्रिया प्रतिनिधिसभाले निर्धारण गरे बमोजिम हुनेछ।
१.२ संविधानको मार्गमा अघि बढ्ने प्रक्रिया प्रतिनिधिसभाले आवश्यकता अनुसार निर्धारण गर्नेछ।
१.३ प्रतिनिधिसभाको अधिवेशनको आह्वान र अन्त्य देहाय बमोजिम हुनेछ–
(क) प्रधानमन्त्रीबाट अधिवेशनको आह्वान र प्रधानमन्त्रीको सिफारिशमा सभामुखबाट अधिवेशनको समापन गरिनेछ।
(ख) प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन बाञ्छनीय छ भनी प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरुले सभामुख समक्ष समावेदन गरेमा सभामुखले त्यस्तो अधिवेशन वा बैठक पन्ध्र दिनभित्र बस्ने गरी मिति र समय तोक्नुपर्नेछ।
१.४ प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली बनाई लागू गर्नेछ।

२. कार्यकारिणीका सम्बन्धमा

२.१ नेपाल राज्यको सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहनेछ। “श्री ५ को सरकार” लाई अब उप्रान्त “नेपाल सरकार” भनिनेछ।
२.२ प्रतिनिधिसभा सदस्य नरहेका व्यक्ति पनि मन्त्रिपरिषद्मा मानोनित हुन सक्नेछन्।
२.३ मन्त्रिपरिषद् प्रतिनिधिसभाप्रति उत्तरदायी रहनेछ। मन्त्रिपरिषद् र मन्त्रीहरु सामूहिक रुपमा र आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रुप्मा समेत प्रतिनिधिसभाप्रति उत्तरदायी रहनेछन्। प्रशासन, सेना, प्रहरीलगायत सम्पूर्ण कार्यकारी अंगहरु प्रतिनिधिसभाप्रति उत्तरदायी सरकारको मातहतमा रहनेछन्।
२.४ सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावली मन्त्रिपरिषद्बाट पारित गरी प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ।

३. सेनाका सम्बन्धमा

३.१ “शाही नेपाली सेना” को नाम परिवर्तन गरी “नेपाली सेना” रहनेछ।
३.२ राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विद्यमान व्यवस्था खारेज गरिएको छ। नेपाली सेनाको नियन्त्रण, प्रयोग र परिचालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक राष्ट्रिय सुरक्षा परिषद् रहनेछ।
३.३ नेपाली सेनाको प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्ले गर्नेछ।
३.४ सेनाको परमाधिपति सम्बन्धी विद्यमान व्यवस्था खारेज गरिएको छ।
३.५ सेना परिचालन सम्बन्धी मन्त्रिपरिषद्को निर्णय ३० –तीस) दिनभित्र प्रतिनिधिसभाले तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन हुनुपर्नेछ।
३.६ नेपाली सेनाको संगठन समावेशी र राष्ट्रिय स्वरुपको हुनेछ।

४. राजपरिषदका सम्बन्धमा

राजपरिषदको विद्यमान व्यवस्था खारेज गरिनेछ। त्यसले गर्दैआएका आवश्यक काम प्रतिनिधिसभाले व्यवस्था गरेबमोजिम हुनेछ।

५. राजदरबार सम्बन्धमा

५.१ राजगद्दी उत्तराधिकार सम्बन्धी कानून बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार प्रतिनिधिसभामा रहनेछ।
५.२ श्री ५ को खर्च र सुविधा प्रतिनिधिसभाको निर्णय बमोजिम हुनेछ।
५.३ श्री ५ को निजी सम्पत्ति र आयमाथि कानून बमोजिम कर लाग्नेछ।
५.४ श्री ५ बाट भए गरेका कामहरुका बारेमा प्रतिनिधिसभा र अदालतमा प्रश्न उठाउन सकिनेछ।
५.५ विद्यमान राजप्रसाद सेवालाई निजामती सेवाको अंग बनाइनेछ।
५.६ राजदरबारको सुरक्षा प्रबन्ध मन्त्रिपरिषदले व्यवस्था गरे बमोजिम हुनेछ।

६. मुलुकमा रहेको नागरिकताको समस्यालाई सिघ्र समाधान गरिनेछ।

७. प्रचलनमा रहेको ‘राष्ट्रिय गान’ लाई बैकल्पिक व्यवस्था गरी परिवर्तन गरिनेछ।

८. नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ।

९. विविध

(क) राज्यका सबै अंग र निकायले यसै प्रतिनिधिसभाबाट अधिकार पाएको सम्झी यस प्रति निष्ठावान रही सबैले आफ्नो अधिकार प्रयोग गर्नुपर्नेछ।
(ख) तोकिएका सार्वजनिक पद धारण गर्ने पदाधिकारीहरुले प्रतिनिधिसभाबाट तोकिएको ढाँचामा तोकिएको शपथ लिने छन्। शपथ लिन इन्कार गर्ने अधिकारी पदमुक्त हुनेछन्।
(ग) यस घोषणासँग बाझिने नेपाल अधिराज्यको संविधान २०४७ र प्रचलित अन्य कानूनका व्यवस्थाहरु बाझिएको हदसम्म अमान्य हुनेछन्।
(घ) यो घोषणाको कार्यान्वयनमा आइपर्ने कुनै पनि बाधा अड्काउ प्रतिनिधिसभाले निर्णय गरी फुकाउन सक्नेछ।
(ङ) उपरोक्त खण्ड (ग) र (घ) को प्रयोजनका लागि प्रतिनिधिसभामा एक समिति रहेनछ।

34 Comments

  1. tyo hridayesh tripathi le samsad house ma gayera kina hindi ma boleko?
    tesleai nepali bolna aaudaina ki kaso?
    if, nepali bolna aaudaina bhane tyo kasari nepali bhayo?
    tyo ta indian bhayo ni..
    ani testa lai nepal ma kina election ma thau dine?
    kina minister huna dine?
    ra testa hindi ma bhasan garne lai ta singh durbar ma bhitra pani pasna dinu hunna
    testa nepali bhanuda indian chor haru lai nepal bata nai lakhetnu parchha
    ra yesko lagi tapai le kehi lekhnu paryo umesh ji

  2. साथी हो, बधाई त सबैलाई छ,जे भए नि एउटा परिवर्तन त आयो ।
    तर्, यो परिवर्तन अपुरो छ । मुल परिवर्तन त तब हुने छ जब नेपाल गणतन्त्र ब न्ने छ, अर्थाअत जब नेपाल मा राजतन्त्र हुने छैन ।
    सेना र सरकार को नाम परिवर्तन, धर्म निर्पेक्ष्य राज्य को घोषणा, आदी राम्रै हुन्, तर कताइ यिनै श्रीङ्गारिक परिवर्तन हरु मा अल्झेर, व यिनैमा सन्तुस्त भएर, बास्तविक परिवर्तन ढिलो हुने वा रोकिने त हैन? तेसैले जब सम्म नेपाल गणतन्त्र बन्दैन तब सम्म पूर्ण रुप मा खुशी हुन सक्दिन । मुल कुरा त, त्यो ज्ञाने र पारसे तेती कै उम्किनु भएन ।अब सेरोमोनिअल को नाम म फेरी तेही ज्ञाने वा पारस् लाई राजा को रुप म धेख्नु पर्ने त होईन ?
    तेसैले एक अर्कलाई बधाई त दिउन नै, तर ख्याल
    गरौ है, राजतन्त्र रहे सम्म फेरी फेरी नेपाली जनता ले आफ्नो अधिकार को लागि लदी रहनु पर्ने हुन सक्छ । अधिकार कै लागि सधैं नारा जुलुस् मात्र गरी रहनु पर्ने स्थिती किन राख्ने?देश बिकास मा पनि त लाग्नु पर्‍यो नि ।पुर्न बरिवर्तन् येसैपालि ल्यौनु पर्छ, यो मौक गुमौनु हुन्न।

  3. Even i feel our country Nepal should always remain as hindu county .The Decision of making it as a nonsecular state cannot be done just with the Views of Mobadis and the leaders.Finally ,Is there any compulsion that this government should agree all wat Modadis says?They are only responsible for the death of more then 14000 innocence people.

  4. its great now nepal is not ‘only hindu kingdom’ in the world, cause nepal was actually buddhist country, hinduism came later, there are many other religions in here which people have belief in and celebtrates acordingly. a country cannot be claimed only under one religion when there r many others. we have the most harmnoy environment for religion in the world, thats the things we chould keep on doing…..

  5. आज परित भएको घोषणापत्र मा सार्भभौम सत्ता जनतaमa निहित देखिए पनि आज सरकारले सार्वजनिक ठाउँमा गरिने शान्ति पूर्ण वीरओधसभा बन्द गरे बाट थाहा हुन्छ, नेपाल मa कति सम्म प्रजातन्त्र आएछ भनेर! dbsanet

  6. Prachanda ji ko chinta sarhaniya cha ra table ma nai waha ko kura awasya chadai nai nepal sarkar le sunne cha,janta le sadhai sunirahekai chan ..janata le tyahi chahera jana aandolan gareka hun./ 12 bude samjhhdari kai karan yo andolan yaha samma pugeko ho ra tyai samajhdari ko ball ma aitihasik kadam aaza sadan le liyeko ho vanne kasaile bhuleko chaina..nepal sarkar ka pratinidhi haru tyai 12 bude samajhdari garne haru nai hun..

    sanka le lanka dadhau cha..janata ko dainik kriyakalap ko lagi santipurna batawaran srijana garnu ra barta ko prakriya thalnu sarkar ko kartabya ho ra barta hunu aniwarya cha vane janata ko purna varosa jitna barta bata nai nikas khojnu maowadi ko pramukh kartabya ho…sahid ko ragat le lyayeko aaza ko pariwartan lai sabai prajatantrik pakchya bata swikarya vayepachi yesma sansadwadi ra maowadi vanera pakchya bipakchya vayera anawasyak sanka garnu vanda yesma pratibaddha vayera nai barta garnu uchit huncha .ra tyo barta bata nai samasya ko nikas hune cha.hami sabai aasawadi chau 🙂

    aalok

  7. राम्रो न्युज हो उमेश जि यु आर मान्छे!

  8. Hi everyone!
    I read the two things up in the website. The proclamation and the Reaction of Maoists. Anyway they are trying to minimize the power of peaceful movement and trying to prove their violent activities for last 11 years. Now, Chhabilal Ji everyone knows that you are powerful force in nepal, thats why everyone has accepted you all as political forces. The people want maoists to come in political mainstream, that dont mean they support violence. Now you all should think some positive not negative all the time. Everything cant be clear in one proclamation. It takes time and there you will also be working. By the constitional assembly people can demolish monarchy. whatever we’ve got today thats much for now. just we have to be aware of everything and work together to make nepal a prosperous country.
    bye

  9. this is a great day in our history. i am really happy today. only today have i felt that we have acheived something from janandolanII. we all are celebrating here at dharan. people hve lit lamps(diyo) at homes and there are banners reading nepal sarkar jindabad at many places.
    ranjan

  10. What Maoist could’t do in 10 years, people did in a few months, What do Maiost want is a big question now? Although Baburam Bhattarai already pointed out money,
    Now SPA has to reach poor people and work to provide them with employment. This is the only way, we can solve the maiost problem.
    Thnaks Umesh-jee once again for your hard work

  11. राम्रो कुरालाइ राम्रो भन्न पनि नसक्ने?

    यो त अति भो ,

    यो माओबादिलाइ सारा राज्य दिये पनि असन्तुस्ट नै हुनेछ । यति उपलब्धि लाइ कसरि सुरछित गर्ने भन्ने त कता हो कता, आफ्नो असन्तुस्ठि जाहेर गर्न पुगेको छ । यसरि नै बेतालको सुर अलापिरहने हो भने पतनको दिन आउन पनि बेर लाग्दैन, बिचार राम्ररि गर्नु होला ।

  12. i agree with Nepal being a secular state, yes Nepal WAS the only hindu nation in the world but that does not mean Nepal as a state has to follow a religion? What about other religion? why not make Nepal a mormonic state? Well, I am a Jew, lets make it a Jewish Counrty, just because Hindi religion is the oldest and most flexible religion and its has its advantage and you have had cultural ties with it does not mean Nepal should be a religious state, infact we should admire our openness and ready neess to improve. It is time for Nepal is show that development is can happen in an exponential rate, and we dont need to be Hindu for that. Brought up in a Hindu family, I too have certian biasness toward it, but I still beleive we should eradicate the King and wihtout linking it make welcome Nepals being declared as a Secular state, infact this descision shows the readyness and open ness of hindu relions and hindus, probably more than half of the people who declared Nepal be secular are hindu, its the greatness in our minds an hears that make hindud great, not mere declaration or imposition that the while country is hindu, if you are hindu be hindu, we have no right to impose Hinduism to the remaining 20% of the country, yes, we let them practise theri religion, but this step further dgnifies hindus and and nepal, the tolorance and liberallness seen in Hindus cannot be seen else where,

    jai nepal

    P.S. there is an artilce about how, the whole world was once hindu, with piture proofs, find it here,
    http://www.cjnepal.com/content/view/79/index.php

  13. Today is a very historical day for Nepal. This day should be remembered as a ………day to celebrate every year in coming days(I don’t have proper word right now) . But I did not like two things in this proclaimation:
    1, There was no need to make Nepal a secular kingdom as there are more than 60% hindu.And above that every religion has freedom to practice there own customes. Nepal lost its pride to be only HINDU kingdom in the world.So bad……….
    2, There is nothing mentioned about King. What will be his position in Nepal and its politics?

    Anyway, inspite of these shortcomings,this is a great leap towards a republic nation.

    I want to congratulate all Nepalis on this ocassion and special thanks to Umesh Shrestha.

    Thank you Umesh ji. And by the way I read one news in Kantipur that you have been honored from American Nepali Society with some money too. But you did not mention about that in your blog. Is it not true?
    ………..
    San_Stha
    USA

  14. डाक्टर बाबुराम् लाइ प्रधान् मन्त्री र गिरिजा कोइराला लै रास्त्रपति बनाउनु पर्यो।

  15. अब
    माओवादी
    लाई
    सरकार मा समेल् गराएर अघि लाग्नु पर्छ हैन र??

  16. umesh ji
    This is very great House Proclamation 2063.
    I hope so is going sucess implemention.
    I like and every body like.
    and I proud maoist also favor of this House Proclamation.

    narendra baral, SC, USA

  17. जे होस् ढिलै भयपनि आसाको मिर्मिरे उज्यालो देखियको छ नेपाली आकासको छितिज मा । अब यसलाई दृढता का साथ लागु गर्न सक्नु पर्छ । यसमा नै नेपाल र नेपालीको उज्वल भबिस्यको गोरेटो कोरियको छ । अब यो गोरेटोमा हरेक पाइ ला होसिया रि का साथ चाल्दै अगाडि बढेमा अन्तिम् लक्ष्य मा पुग्न सकिने छ । यसको बाटो अब केही सजिलो बनायो आजको यो राजनैतीक घोषणा पत्र ले ।

  18. Maoist…. you are next……..either cooperate with the people or peoples will root you out as well…. No more “Nara” and “speech” please. You are only responsible for killing 14000 people not for what we just achieved by peaceful movement.

  19. यत्रो दुख गरेर ल्याएको सरकार र यो सरकारले घोषणा गरेको जनअधिकारसित म असाध्यै खुशी छु । मलाइ आजपनि काठमाडौको सडक र गल्लीमा मशाल बोकेर म आफै कुदेको याद आइरहेको छ । एकपल्ट झण्डै कुटाइ खाएको नि आम्मै । यो आन्दोलनमा सक्रिय सहभागी हुनको लागि म अमेरीकाबाट केहि हप्ताको निम्ति नेपाल गएको थिए । शायद ZZ को सबै कमेण्टहरु संकलित भए त्यहा यसको बिबरण बाकी हुनु पर्छ । जे होस सबै आन्दोलनकारीलाइ बधाइ ।

    सबै भन्दा अचम्म मलाइ के लागेको छ भने, अब दलहरु राम्रो राम्रो निर्णय गर्न प्रतिस्पर्धा गर्न थाले, तर माओबादी भने, लिडेढिपि गर्नतिर पो लाग्न थाले। “बिनाशकाले बिपरीत बुध्दी” भनेको यही होला । यो बेला झन राम्रो राम्रो निर्णय लिएर जनताको मन जितेर भावी संबिधान सभाको चुनाबसम्ममा आ‍-आफ्नो जीत निश्चित गर्नु पर्ने होइन र भन्या? जनतालाइ माओबादीले दिएको दुखकष्टमा मलमपट्टी गर्नुपर्ने होइन र भन्या? कि माओबादीले जे जति अत्याचार गर्यो सबै जायज छ भन्ने सोच्या छ? खोइ यस्तै ताल हो भने, माओबादीले आगामी चुनाबमा एउटा सीट नि जित्दैन । खाली हतियारको धम्की दिएर सर्वसाधारणसित चन्दा उठाउनै मात्र जान्या छ, भरे चुनावमा धुलो चाटौला, होश गरे है ।

    आफ्नो काम त सुझाव दिने हो, त्यो नि फ्री मा — जसको जे मर्जी ॥

  20. Many many thnaks to HoR and members of parliament. But we have to declare as republic country as soon as possible.

  21. Good work.
    Nepal ko jay hos.
    Nepali ko jay hos.
    Aba chandai maobadi lai mul dhar ma lyeara desh ko bikash ma lagnu parcha..
    Sounds easy…But there is a lot of burden ahead…
    ajhai dheri garnu cha.
    garnu cha..
    gardai janu cha…

  22. maobadi haru le pani understanding garnu parchha mero goru ko barai takka bhanera lagyo bhane jasari raja ko din sakiyo teshai gari maobadi pani naharaula bhanna sakinna,yo nabirsau ki nepali janata atibad lai dherai man paraudainan,ati sarbatra barjayete

    nepali bhakta

  23. उमेस् जि मैले पैले नै भनेको होईन गिरिजा लाई के हि दोश नदिनु र त्यती कै त्यस्तो महान ब्यक्तिलाई गाली नगर्नु भ्नेर होईन त । अब नेपाल को राष्ट्र इय हिरो गिरिजा नै हुन ।
    गिरिजा जिन्दाबाद गिरिजा जिन्दाबाद
    गिरिजा जिन्दाबाद
    नयाँ घोसडा जिन्दबाद
    सात पार्टी जिन्दबाद मऊबदी होसियार आब पनि भाउ नखोज
    जनता को आवज सुन कम्पोम्रएज गर ।
    आब राष्ट्रिय मुल धर मा आइज
    जय नेपाल
    लाल सलाम
    जय जनता
    जय नेपाली मता
    उत्तम पौडेल
    क्यलिफोर्निआ

  24. अर्थमन्त्री ले अन्त्रराष्ट्रिय सहयोग मग्नु भन्दा पनि
    राजाको सम्पत्ती कति छ? भनेर किन नखोजेको?त्यो २५० बर्स पुरानो त्यो अकुत सम्पत्ती को लेखा जोखा त हुनै पर्छ जस्तो लाग्छ मलाई त |
    साथै त्यो पम्फा देवी भन्ने को हो र त्यो खराबौ सम्पत्ती पाइयो भने त देश धनी भैइ हाल्छ नि हैन र?
    यो इस्सु म कुरा उठाउँ न?

  25. प्रतिनिधिसभाको आजको बैठकले र्सवसम्मतिबाट पारित गरेको घोषणापत्र ऐतिहासिक छ । सबै नेपाली जनतालाई सलाम । अभिभावन । बधाई । बल्ल शहीदहरुको सपना साकार हुँदैछ ।

  26. उमेश जी साह्रै राम्रो खबर ल्याउनुभयो ।
    नेपाली जनता अब रैती हैन कि शक्तिसाली, सार्बभौम सत्ता सम्पन्न मुलुक् को नै मालिक भएकाछन् । आन्दोलन्कारि सम्पूर्न नेपाली जनतालाई हामी सबैको तर्फबात हार्दिक अभिबन्दन गर्न चाहन्छु । देशमा शान्ति छित्तै वहाली होस् । नेपाल र नेपाली को सधैं जय होस् ।
    -लेखनाथ काफ्ले

  27. “NEPAL SHOULD BE A HINDU REPUBLIC”

    Nepal should remain a hindu nation, it has nothing to do with people’s liberation. Before changing it should be discussed, debated and finalized.
    It will a lot better if it is decided during the election for CA. It cannot be decided like this.
    Hinduism cannot be blamed for nepal’s failure, gyanendra’s mistakes and leaders lack of vision nor by making a secular state all those problems be solved.
    We are the only Hindu nation in the whole world. This is a way of life more than a religion which has acted as an umbrella under which all groups and sectors are protected with freedom of choice. It is the most ancient and yet most refined well documented, scientific and liberal religion in the world. It offers multiple ways towards enlightenment, a person can practice anything within Hinduism, you can openly criticise it as well. Which religion allows you to do that?
    I guess we are missing a point here. King Gyanendra and nepal being a hindu nation are completely different things and never should be seen under the same microscope. Its true that king tried to take advantage through religion playing with the people’s sentiments and religious bonds but people are well aware of this, nobody wants a king like Gyanendra anymore but for Gyanendras crimes why are we punishing Hinduism in nepal, why are we hurting our own identity and rich unique heritage in the whole world.
    Before making this decision of a secular state, at least it should have been debated, the jana andolan was to remove the king, was to restore peoples rights in the country, was to bring peace by making a pact with Maoists, the andolan was not for abolishing Hinduism as our identity, it was never debated at all. So, I am not going to accpet the decision that Nepal is a secular state, if it has to be decided, let it be decided through election or a national referendum, not just the way it has been decided.
    Dear friends and Umeshji, please express your opinions in this regard. Please just write whether you accept or not the decision of making Nepal a secular state in state of Hindu nation. This is an important issue. Please write comments about this everybody. Thanks.
    Nepali Hindu Nagarik.

  28. घोषणापत्रका बारेमा माअ‍ोवादीको आधिकारिक प्रतिक्रिया यस्तो रहेको छ-

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
    केन्द्रीय समिति

    प्रेस वक्तव्य

    आज सात दलको सरकारद्धारा प्रस्तावित तथा पर्ूनर्स्थापित संसदद्धारा पारित घोषणापत्रलाई हाम्रो पार्टी १२-बूंदे समझदारी र नेपाली जनताको ऐतिहासिक आन्दोलनको एक विजयकारुपमा स्वागत र र्समर्थन गर्दछ । यो घोषणापत्रले निरंकुश सामन्ती राजतन्त्रका विरुद्ध महत्वपूर्ण राजनैतिक कदमहरुलाई अभिव्यक्त गरेको छ । यस अर्थमा हाम्रो पार्टी यस घोषणामार्फ आंसिक र राजनैतिकरुपमा मात्र भए पनि जनयुद्धको ऐतिहासिक पहलपूवदेखि हामीले उठांउदै आएका धर्म निरपेक्ष राज्यलगायतका कतिपय मांग पुरा भएकोमा गर्वको अनुभूति पनि गर्दछ ।

    तर, हामी यहां यो कुरा पनि स्पष्ट गर्न चाहान्छौं कि घोषणापत्रले नेपाल र नेपाली जनताको आवश्यकता र आकंक्षालाई समग्रतामा व्यक्त गर्न सकेको छैन । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने जनआन्दोलनको मर्म र भावनालाई राजनैतिकरुपमा सेरोमोनिएल राजतन्त्रद्धारा संवोधन गर्न खोजिएको छ जुन स्वयं आफैमा समेत अपुग त छंदैछ, त्यसमाथि घोषणापत्रले जनताको राष्ट्रियता र जनजिविकासंग सम्बन्धित आधारभूत समस्याहरुलाई छुंदै नछोएर आफूले आफैलाई पूरै लंगडो साबित गरेको छ ।

    देशको राजनीतिमा बढ्दै गएको वैदेशिक हस्तक्षेपको बारेमा केही नबोल्नु, राज्यसत्ताको व्यापक पर्ूनर्संरचना जसमा मुख्यतः नेपाली विशिष्टतामा जातिय आत्मनिर्ण्र्ााो अधिकार, जातिय क्षेत्रीय स्वशासन र संघात्मक राज्य प्रणालीको आवश्यकताबारे केही नहुनु, जमिन जोत्नेको आधारमा क्रान्तिकारी भूमिसुधारको आवश्यकता र स्वतन्त्र राष्ट्रिय अर्थनीतिबारे केही उल्लेख नहुनु, शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको आधारभूत मौलिक अधिकारकारुपमा स्वीकार्नेबारे कुनै उल्लेख नहुनु तथा दलित र महिलाहरुको विशेषाधिकारबारे केही पनि नबोलिनुले यो घोषणापत्रद्धारा नेपाल र नेपाली जनताले भोगिरहेका आधारभूत दैनिक समस्याहरुको कुनै समाधान नहुने कुरा पनि स्पष्ट देखिन्छ ।

    दशवर्षेखि जारी गृहयुद्धको गंभीर समस्या समाधान तथा आशन्न वार्ता र त्यसको दिशाबारे गरिएको आर्श्चर्यजनक मौनताले घोषणापत्र प्रति गंभीर आशंकालाई जन्म दिन पुगेको छ । कहिं यो घोषणापत्रले जनतालाई भ्रम दिई वार्ता, संविधानसभा र समग्र अग्रगामी निकासलाई ओझेलमा पार्ने गंभीर चाल त बोकेको छैन, आम नेपाली जनताले गंभीररुपले सोच्नु पर्ने भएको छ । १२-बूंदे ऐतिहासिक समझदारीलाई उल्लेखसम्म नगरेर आन्दोलनको सम्पर्ूण्ा उपलब्धिलाई रकमी तरिकाद्धारा संसदवादी पार्टर्ीीको एकलौटी झोलीमा पार्ने कूनीयतको गन्ध पनि घोषणापत्रमा ह्वासै आएको छ । सात दलले १२-बूंदे समझदारीको मर्म र भावनालाई आफू खूसी पुरै तोड्न खोजेको त होइन, प्रश्न नीकै गंभीर छ ।

    उपरोक्त गंभीर प्रश्नहरुलाई वार्ताको टेबल र जनताका बीचमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै हामी यी आधारभूत प्रश्नहरुमा गंभीर वहशका निमित्त सबै राजनैतिक दल, नागरिक समाज, सामाजिक संघ, संस्था, बौद्धिक व्यक्तित्व एवं आम जनसमुदायसंग हार्दिक अपिल गर्दछैंा ।

    मिति ः- ०४ जेष्ठ २०६३
    प्रचण्ड
    अध्यक्ष
    ने.क.पा.-माओवादी)

  29. सर्सर्ती हेर्दा घेषणपत्र अग्रगामी निकासको लागी सफल देखिन्छ आशा गरौ यसले नयाँ नेपालको मुहार दिनेछ ।
    अविरलयात्री
    साउदी अरब

  30. Thank you Umes Sir, for this Great Job
    This is Very Good and i wish to Government keep doing like this ……….
    Tara Petroliam Padhartha ko Bhau Ghataunu Paryo, if Past Government’s activities are Disable and not in Power anymore….

  31. umesh ji
    thanx a lot for ur hard work
    this is just a starting.we will see the end
    of “RAJA” pretty soon.I respect the courage
    of nepalese citizen.

Comments are closed.