पैसा कमाउने अनौठो उपाय

[सबैभन्दा पहिला त के सूचना दिइहालौं भने यो जानकारी वर्तमान राजनीतिसँग कुनै पनि हालतमा सम्बन्धित छैन। त्यसैले राजनीतिक समाचार र विचारका लागि मात्रै यहाँ आउनु भएको भए हो भने कृपया यो पोस्टबाहेक अरु पोस्ट पढिदिनु होला। अलिकति रमाइलोको लागि मात्र यहाँ यो राखिएको हो]

पैसा र नाम कमाउनका लागि मान्छेहरु अनेक गर्छन्। अलि फरक केही कुरा गर्न सक्यो भने पश्चिमी जगतमा त्यसले चर्चा पाउन थालिहाल्छ। अनि उसले पैसा पनि कमाउन थालिहाल्छ। धेरै भएको थिएन, एक युवकले आफ्नो साइटका पिक्सेलहरु एक पिक्सेलको एक डलरले बेचेर एक मिलियन डलर पनि नाम पनि कमाएको। अहिले उसको साइट हेर्दा विज्ञापनै विज्ञापनले भरिएको देखिन्छ। आज इन्टरनेटको संसार डुल्दै गर्दा एउटा अर्को फरक आइडिया बोकेर पैसा कमाउन लागिपरेको साइट भेटेँ।

Marion von Kuczkowksi नामका एक व्यक्तिले पैसा कमाउन अपनाएको अनौठो उपाय हो यो। यसका लागि उनले एउटा इन्टरनेट साइटमा एक च्वाँककी मोडललाई राखेका छन्। अनि उसको जीउ भर क्रिस्टल टाँसेका छन्। अब यो क्रिस्टल स्टोनलाई एउटाको १ युरोमा बेच्ने रे। क्रिस्टल २ एमएम आकारको रहेछ। बेच्नलाई विश्वभरका ईबे साइटहरुको प्रयोग गरिएको छ। यी हरफ लेख्दासम्म जम्मा ९ लाख ८७ हजार ७१ वटा क्रिस्टल बिक्न बाँकी रहेछन्।

रमाइलो कुरा त के भने, यस्ता क्रिस्टल जति बिक्दै जान्छन्, त्यति त्यो मोडलको जीउबाट हटाइँदै जाने रहेछ। अहिले मैले साइट हेर्दा त आधा अनुहारका क्रिस्टल मात्रै हटेका छन्। तपाईँहरुले हेर्नु हुँदा आपत्तिजनक अवस्थामा पनि पुग्न सक्छ है। त्यसैले पहिले नै दायाँबायाँ कोही छन् कि छैनन् हेरेर मात्र तलको लिङ्कमा क्लिक गर्नुस्। नभए मुख रातो पार्नु पर्ला- मैले पहिले नै भन्दिएको छु !

मोडलको नाम चान्टल रे। उनी २० वर्षकी भइन् रे। क्रिस्टलहरु किन्दै जाँदा माथितिरबाट धमाधम क्रमशः तलतिर क्रिस्टल हटाइँदै जाने रहेछ। यस्तो आइडिया लगाउने बर्लिनका von Kuczkowksi फोटोका कारण ग्राहकहरु क्रिस्टल किन्न आकर्षित हुनेमा विश्वस्त छन्।

यी मोडललाई यसरी जीउभरी लपक्कै क्रिस्टल टाँस्नका लागि सात दिन लागेको थियो रे। क्रिस्टल बिक्दै जाँदा अन्तिम क्रिस्टल किन्नेलाई विश्वको जुनसुकै ठाउँमा भए पनि मोडल चान्टल आफैले घरमै आएर डेलिभरी गर्नेछिन्।

साइटको नाम मिलियन क्रिस्टल बडी राखिएको छ। त्यसलाई यहाँ क्लिक गरेर हेर्नसकिन्छ। १८ मेदेखि यो क्याम्पेन सुरु भएको रहेछ।

15 Comments

  1. हिन्दू सबै भन्दा राम्रो धर्म हो , मैले क्रिश्तिअन धर्म बारेमा पढको छु , मुस्लिम धर्म बारामा पढेको छु , अन्तिम मा हिन्दू धर्म नै सबै भन्दा राम्रो लाग्यो , यो धर्म सबै ले मान्नु राम्रो हुन्छ – प्रभा , सिङ्गापुर बाट

  2. malai school ko course dhekhi nai maan pardainatyo ki nepal lai hindu rastra bhaneko. kasari euta desh ek dharma ma adarit huna sakcha. yo bramin bichar abata ta manish le sochnu chodnu paryoni.yo hindu sabyata nepal ma bikash bhako pani hoina, tyo ta barat bata aaeko ho. ra hami sabailai thaha cha ki nepal ko maha dusmaan bharat ho bhnera.

  3. dai k ho yesto, ta garna bhayena ni, yo ta aati bho yar, ki ta pornographic site garaunu paryo, haina bhane desh bikash garna paryo.
    Nabin from NY,USA.

  4. मलाइ गर्व छ की म हिन्दु छु । नेपाल मा विदेशी विधर्मिहरु को षड्यंत्रबाट हामी सबै हिन्दु , बौध र अन्य स्वदेशि आस्था का मतावल्मबीहरु सवधान रहनु पर्दछ ।

  5. haina yo dharma nirapechya rajya ghosana garyo bhanera kina tauko dukhaunu bhayeko.tapailai ta adhikaar ta chhadai chha ni hindu dharma manne.tara aru dharma manne nepali kasto lageko thiyo hola jaba churchma athawa gumbama gayera kunai netale bhasan garda ki bishwa o ek matra hindu rastra nepal bhanda
    pheri arko kura deshma loktantra aaisakeko belama sabailai adhikaar chha ki hami th hindu rashtra nepal ko haina ki gautam buddha ko desh nepal ka janata hau bhanera

  6. ma manish ra priyanka ko kura lai strongly support garachu tapai haru le dheri kura bujnu bhayeko rahechha aaru sabai maobadi chapamar jasta matra hun aartha bihin tarikale manchhe lai bali dine

    I am happy to find manish lai nepali and priyanka lai girl u r good guys

  7. अरु क्यै होईन हाम्रो गिद्द प्रसाद कोईराला ले कम्युनिस्ट र माओ बादी हरु को डर ले छेरेर आफ्नो धर्म लाइ आँफै नाश गर्ने यो धर्म निरपेक्ष्य निर्णय लिएको हो ।
    ज्ञाने लाइ बिष्णु को अवतार भनेर एक जना नेपाली ले पनि कहिले माने को थिएन्, यो सब राजनिती हो, हिन्दू धर्म लाइ नेपाल बाट पतन गराउने जस्ले गर्दा जना जाती, बुद्ध धर्म र सम्पूर्ण सन्स्कृती “सम्पूर्ण तया नाश भएर जान्छ
    नेपाल मा बुद्ध धर्म र जनाजाती किन त्यती राम्रो सँग मौलाएको छ ? किन अरु देस् मा (युरोप्, अमेरिका, अफृका का कैयौ देस् हरु र सम्पूर्ण मध्य पूव का सयौ देश हरु) मा जना जाती को नामो निशान समेत छैन ?
    किनकि हिन्दू धर्म ले अरु धर्म लाइ दखल गर्दैन
    सबै सन्स्कृती लाइ जस्ता को तस्तै रहन दिन्छ्, तेसैले नेपाल मा यती का बिधी सन्स्कृती हरु हज्जरौ बर्षा देखि जस्ता को तस्तै छ
    अहिले पनि यो धर्म निरपेक्ष्यता को निर्णय बहुसन्ख्यक सान्सद जो आँफै हिन्दू छन हरु ले गरेका हुन । यस्तो आत्मा घाटइ निर्णय किन गरे ? कारण बिभिन्न छन , तर एउटा कारण चाँही हिन्दू धर्म को लचिलो पना ले कसैले वीरओध गर्दैन भनेर पनि हो
    “अब धर्म निरक्पेक्ष्य भएपछी सब भन्दा पहिला जना जाती हरु र बुद्धिस्ट हरु हराउदै जाने छन्, हिन्दू मन्दिर हरु बिक्री हुँदै जाने छन
    नेपाल को सन्स्कृती नाश हुँदै जानेछ्, त्यस् को लागि धेरै बर्षा कुर्नु पर्दैन

  8. नेपालको हिन्दुलाइ के हिन्दु भन्ने? आफुले आफैलाइ जबरजस्ति हिन्दु भनेर हुन्छ? हिन्दुहरु शाकाहारी हुन्छन, कुखुराको अण्डा नि खादैनन । मैले भेटेका भारतीय हिन्दुहरु सबै त्यस्तै छन । १ – २ जना मात्र हो र? मैले बिहार, युपि, केरला, आन्ध्रप्रदेश, तामिलनाडु, हरियाणा, गोआ, गुजरात, कर्णाटक, उडिसा, महाराष्ट्र, राजस्थान, मध्यप्रदेश, पश्चिम बङ्गाल लगायतका संपूर्ण भारत घुमेको छु, त्यहाँका हिन्दु मठमन्दिर चहारेको छु । अहँ कतै पनि मांशसेवी धर्मको कुनै छनक पनि पाउन सकिन । के त्यो अहिन्दु धर्म हो? त्यहा त त्यसैलाइ हिन्दु धर्म मान्छन । के ब्राम्हण के अब्राम्हण, हिन्दु भनेसि शाकाहारी नै हुन्छन।

    नेपालमा त पशुपति र जानकि मन्दिरबाहेक अन्त सबैठाउमा बलिपुजा चल्छ । देउताको मात्र के कुरो? पण्डित र ब्राम्हणमा पनि ममचा सेवन चल्छ । जनैधारी प्राणिको हिन्दुत्त्व रोज ममचा र खोयाबिर्के झोलले बिटुल्याउदा नि केहि न केहि । यस्ता त हिन्दु रे , जँड्याहा राजा झनै बिष्णुकै अवतार रे ,,, हाँसो नै उठ्ने ।

    नेपालबाहिरका नेपाली हिन्दुहरुको त झन कुरा गरी के साध्य? भारतीयहरु त यी नेपालीलाइ हिन्दु भन्न नि लाज मान्छन । नेपालीको दशै तिहार ग्यादरिङ हेर्नु पर्छ, सबका सब मात्तेर झल्लु भएका हुन्छन, नेपालीले नेपालीसित नेपालीमा बोल्दा लाज हुनी, भाषण पनि अमेरिका र बेलायतमा अंग्रेजी, जर्मनमा जर्मनी, जापानमा जापानी भाषामा आ-आफ्नो दख्खल कति छ भनेर प्रतिस्पर्धा गरे झै गर्छन । बरु भारतका नेपालीले “गोरखा” भाषा बोल्छन । अरेबियन मुलुक र मलेसियाको नेपाली ग्यादरिङ हेर्ने मौका मिलेको छैन, त्यतातिर कसतो छ कुन्नी?

    नेपाललाइ हिन्दु देश बनाउन नेपालको हिन्दुभन्दा बढी भाजपालाइ परया छ । उसको राजनीतिक स्वार्थ छ नि यसमा । एउटा गोबधलाइ प्रतिबन्ध लगाएर देश हिन्दु हुन्छ? गाइको मासु त नेपालीले सित्तैमा दिए नि खाँदैनन । ठवाँस्सै गन्हाउछ । बिदेशमा देखेको हगि – नेपाली बाहुनले त खानै नसक्नी रै छ त्यो । तर क्षत्री, नेवार, मगर, तामाङहरुले अलि अलि खाँदा रैछन । राइ लिम्बु थकालीहरुले चै टन्नै खानसक्नी रैछ ।

    खोइ त यस्तो छ नेपालीको चालामाला । अनि के आधारमा “धर्म निरपेक्ष” को बिरोध गरेको? के नेपालमा साँच्चै हिन्दु धर्म छ र भन्या?

  9. पृयन्क जि लाइ त मैले पो किहि भन्न मन् लग्यो तर नरिसौनु होला है धर्मनिरपेछ्ये भनेको नेपलि हरुको धर्म हरौने नस्त हुने होइन पृयन्क जि बरु सबै धर्म लै एकुअल् ओउसर् पायेक हुन् अब नस्त हुने हुइन आफ्नो धर्म बिकस् पो हुन्छ,येदि धर्म निरपिक्छ्ये न हुने हो भने के नेपल् क सबै जति हिन्दु हुन् जस्तो लग्छ तपाइ लाइ तेसो हो भने मेरो येस्म बिमति छ किनकि म पनि नेपलि हु तर हिन्दु होइन।(यो देस् चर् जत् छतिस् बर्न )को इतिहासले भन्द भन्दै गल्ति गरे पनि इतिहास् सचियेकोछ।तेसैले पृयान्का जि धन्दा नमान्नुहोस् तपैको धर्म तपाइ सगै हुनेछ।म आदर् गर्छु हिन्दु धर्म तर म कीराती हु किरात् धर्म मन्छु। धन्न्ये बाध् यह लाइ

  10. hi daju
    hamelai tapai ko web site le dherai sahoyog meleko chha kina ki bhadyta le bedesinu parya pani desko maya ta rahirahanchha tesaile desko khaber ramro ra spasta bhasama padna pauda hamelai dherai khusi lageko chha. Daju man ma aau ta kura khtkiyako le sabai nepali sanga ani tapai sanga pani avimat ko lai mail gar dai chhu.
    Dai ma nepal huda samma hamele jati ko raja aru kasaile mandai na jasto lagtyo tara thailad aayara herda ta ahele raja maneka nai rahena chhau jasto lagchha. K aja ko sthi ti samma deslai puryaunuma neta haru ko badhi hat chhaina tara pani hamile teniharu ko sath deyara katai bul ta garerakhya ko chhaina?
    daju yaso prtikriya ary sanga pani soduna la

  11. suchana ko lagi dhanyabad.
    Paisa kamauna ko nimti hos ki, kunai aru nai bisaya ma, safal idea aathawa business plan banaunu nai thulo kura ho. Internet facts aanusar, porn sites visitors haru lay internet users ko population lai dominate gareko samaj ma, yesto idea safal hunay chances ta dherai nai dekhincha. Herdai jaun kahilay ta kati ota stone haru bikri hunda rahechan.. ani mali biswas chha..ti stone haru ko bhau pani samaya sangai badnay chan…
    feri pani… ramaeelo sandharba pesh gareko ma dhanyabad.

  12. Hoina yo bhayana, Sandhai arka ko matrai comment garne ho bhane yo Des kahile banne,Always complains >>>>> kahile raja ko , kahile Prachanda ko, Kahile Mandale ko, yo des ko kunai pani Nagarik le ahile yasto socheko chha ?????????????????????????????
    Yo Hamro pyaro des ma bikas kahile hune bhanera?????
    Dada kanda le dhake ko muluk ma euta rail(Train) sewa chhaina, Gaun ko manchhe birami paryo bhane doko ma bokera Hospital aaunda naaundai marisakeko hunchha
    HAMILE AABA YO SABAI CHHODERA BIKAS KO BATO KHOJNE KAHILE TA???? RA KASLE????????
    i DONT GIVE A DAMN TO ANY ONE, I AM JUST LOOKING FORWARD TO HAVE PEACE IN NEPAL AND WELL DEVELOPED NEPAL LIKE A SWITZERLAND
    JAYA HOS
    GOD BLESS NEPAL

  13. Dear उमेश जि,

    तपाईं को यो वेब साइटको हामी प्रवासी हरु त एक दम फ्यान नै भएका छौ । तपाईं लाइ कसरी धन्यवाद दिने ।

    बोरु एउटा कुरो अनुरोध गर्नु पर्žयो ।
    कृपया “धर्म निरपेक्ष्य” घोशणा सम्बन्धी एउटा “ब्लग” वा “सर्वे” गरी दिउ न!

    हाम्री प्रवास् मा बस्ने नेपाली हरु लाइ आफ्नो धर्म्, सन्स्कृती र नेपाली भाषाहरु को अति माया हुन्छ्; अस्ती को सन्सद को घोशणा मन पर्žयो, अझै “भाइ मारा जनता मारा” ज्ञानेन्द्र लगायत हरु लाइ काठघरा मा ल्याउने काम त बाकी नै छ

    तर हाम्रो ॠषि मुनी हरु को तपो भुमी, भगवान बुद्ध जन्मेको ठाउँ, संसार को एउटै शान्ति को ठाउँ, हिन्दू राष्ट्र भनेर गर्व गर्थ्यौ, यो अचानक किन “धर्म निरपेक्ष्य” घोशणा गरेको ? त्यो त आन्दोलनको कहिल्यै पनि माग थिएन । अब हाम्रो सन्स्कृती र धर्म्, जात जाती हरु सबै नाश हुने त होईनन ? आदी आदी कुरा मा छल फल गरौ न्!

    आखिर हामी ले भाषा वीर्स्य्यौ, राष्ट्रिय पोशाक छोड्यौ, एउटा धर्म बाकी थियो, त्यो पनि अब बिदेशी धर्म को हातमा गयो जस्तो छ ।

    हामी यहाँ बिदेश मा बस्छौ, यहाँ धर्म भनेपछी मानिस् हरु कति सचेत र गम्भिर छन्, अचम्म लाग्छ । हामी नेपाली हरु त महा-नास्तिक जस्तो लाग्छ्, हामी भगवान को नाममा हासो गर्छौ, दिल्लागि गर्छौ, यहाँ यिनिहरु को कतै स्यानो छिरिक्क भयो भने संसार भोरी एक्कै चोटि आगो लाग्छ

    ******कृपया यो सम्बन्धमा एउटा “ब्लग” वा “सर्वे” गरी दिउ न! सबै को राय बुझौ, किन यो निर्णय लिइएको हो र यस्को भोली नतिजा के हुन सक्छ्, नेपाल कहाँ जान सक्छ है ? ******

    प्रियन्का, पेन्सिल्भनिया, अमेरिका

  14. What’s up!
    You are sick and wake up all night to update this site. It is not good for your health.

    Get some rest.

Comments are closed.