मन न हो, दुख्छ !

-दीपक अर्यालबाट-

आफैलाई जन्माउने आमाबाबुले भनेको चित्त बुझ्दैन। आफ्नै दाजुभाइ, साथीभाइ र प्रेमीकासँग कुरा मिल्दैन। पाइला पाइलामा भेटेका मानिसहरूको बोली र व्यवहार देखेर मन विरक्त हुन्छ। अनि भन्नै कर लाग्छ, ‘मन न हो दुख्छ’ र ‘यो दु:ख्‍ने मन हामीसँग पनि छ’। प्रकाश पहाडीले कान्तिपुरका लागि पठाउनुभएको र कान्तिपुरले प्रकाशित नगरेपछि मेरो संसारमा प्रकाशित पत्र पढेको दिन नै केही लेखुँला भन्ने सोचेको थिए तर ढिला हुन गयो र राजनीतिक निर्णयका हिसाबले देशले धेरै कोल्टो फेरिसक्यो।

देशभक्ति- राष्ट्रभक्तिको सपथ खानेहरू, देशको सुरक्षाका लागि तैनाथ भएकाहरू र सबैभन्दा चर्कोस्वरमा राष्ट्रियता भनेर कराउनेहरूले आफ्नो छोरीको वा छोराको विवाह अन्य देशमा गरिदिन्छन्। के यो राष्ट्रिय सुरक्षाको दृष्टिकोणले खतरनाक कुरा होइन? के प्याराजङ्ग थापाको घरबाट नेपालको राष्ट्रिय सुरक्षामा आघात पर्ने सूचनाहरू बाहिर नजालान्? उसोत, राजपरिवारदेखिको चलन हो यो, त्यसैले यस विषयमा धेरै बोल्नु नै पर्दैन। तैपनि नेपाली मन न हो दुख्छ।

तराईको नेपाली नागरिकको राष्ट्रभक्ति तथा राष्ट्रियतामाथि शङ्का गर्दै आर्मी, गुप्तचर र पुलीसमा छिर्नलाई गाह्रो बनाइन्छ। एकै समुदाय, भेष-भुषा, भाषाको प्रतिनिधित्व गर्ने नेपाली नागरिक र भारतीय नागरिकबीचको विवाहलाई राष्ट्रियताका नाममा शङ्का गरिन्छ। मैथली, भोजपुरी, थारू, उर्दु फरक-फरक भाषा बोल्नेहरूको सबैभन्दा नजिकको तथा उनीहरूले सबैभन्दा सजिलो गरी बुझ्ने हिन्दीभाषाको प्रयोगमा पनि ठूला-ठूला विवाद हुन्छन्। तर, सेना प्रमुख, राजा, राणा तथा कतिपय सम्भ्रान्त परिवारले आफ्ना छोरा-छोरीको विवाह भारतीय वा विदेशीहरूसँग नै गरेको कुरा सबैलाई सामान्य लाग्छ। तराईका जनताको त्यो वाध्यता हो, रहर नहुन पनि सक्छ तर यी राष्ट्रियताका नाममा कराउनेहरू, अरूलाई गाली गर्दै हिड्नेहरूको कुन वाध्यता छ जसले नेपालका जनतासँग हात मिलाउनु हुँदैन, नेपालमै आफ्नो नातेदार कायम गर्नु हुँदैन?

तल्लो जात भनेर हेपिएका नेपालीहरूले होटलमा पैसा तिरेर चिया खाँदा पनि गिलास माझ्नुपर्छ। कुवा र इनार छुट्टा-छुट्टै बनाइन्छ। स्कूलमा पढ्दा उनीहरूका लागि पानीको छुट्टै व्यवस्था गरिन्छ। बाहुनहरूले खाने गरेको पानी छुनु हुँदैन। बाहुनहरूसँग सँगै खेल्नु हुँदैन, संगत र उठवस गर्नुहुदैन। स्कूलका सरहरू र कथित बाहुनहरूले उनीहरूलाई ‘तिमी’ वा ‘तपाई’ भनेर बोलाउनु हुँदैन। उसको असली नाम लिएर बोलाउँदा पाप लाग्ला भनेर विभिन्न उपमा दिएर बोलाइन्छ। बिहान उठेदेखि साँझ नसुत्दासम्म प्रत्येक पल-पलमा अपमान, दु:ख, पीडा दिने बाहुनहरू पढ्ने कहलिन्छन् र पीडा, अपमान तिरस्कार लिएर बाँच्नेहरू नपढ्ने, अवुझ, गरीब र अशिक्षित ठहरिन्छन्। अनि कतै समानुपातिक संरक्षण, आरक्षण वा उनीहरूका हकहितका कुरा उठे अशिक्षित भएको बहाना बनाइन्छ र हकहितको मागलाई दबाइन्छ अनि भनिन्छ ‘खुला प्रतिस्पर्धा’। मलाई चिच्याई चिच्याई भन्न मन लाग्छ, पहिले उनीहरूको अपमान नहुने पढ्ने वातावरण त बनाउ। के अन्य साथीहरू, टोलछिमेक र समाजबाट त्यही व्यवहार बाहुनहरूलाई (यहाँ बाहुन भन्नाले बाहुन जात विशेषलाई भन्दा पनि ‘बाहुनवाद’लाई बुझ्नु पर्ने मेरो आशय हो) भएको भए उनीहरूले पढ्न सक्थे वा पढ्ने मन हुने थियो? २३७ वर्ष अघि विसे नगर्चिबाट शुरू भएको इतिहास सम्झेर हेर्यो भने अपमान, पीडा, दमन, तिरस्कार बाहेक केही पाएको छैन त्यो समुदायले। धन्‍न नेपाली मन, सहिरहेका छन्, धन्‍न नेपाली मन बन्दुक बोकेर बाहुनवादका विरूद्धमा उठेका छैनन्, खुकुरी बोकेका छैनन् र जातीय विद्रोहमा उत्रेका छैनन्। ‘नेपाली मन’ न हो आफ्नै दाजुभाइले गरेको अन्याय बरू सहन तयार तर उनीहरूका विरूद्धमा हतियार उठाउन मनले मान्दैन।

आजसम्म कुनै पहाडियाले तराईको मान्छेलाई तपाईँ या हजुर भनेर बोलेको सुनेको छैन। बसमा, माइक्रो, कार्यालय वा जहाँ पनि। तिमी नै भन्नु पर्ने वा अझ अपमानीत शब्दको नै प्रयोग गर्नु पर्ने। मधेसी समुदाय किन लडेन थाहा छैन तर नेपाली समाजमा सबैभन्दा हेपिएको समुदाय यही यो। अझ तराइमै बस्ने र ठूलाबडा भनाउँदाहरूले दलित आरोप लगाउनेहरूको स्थिति कस्तो होला? कल्पना गर्न गाह्रो छ। पहाडी मूलका मानिसले भारतीय भनेर व्यवहार गर्ने र भारतीयहरूले नेपाली भनेर व्यवहार गर्ने यो समुदायको पीडा कसले बुझिदिने हो? प्रत्येक ठाउँमा प्रत्येक बोलीमा अपमान र हेपाई हुँदाहुँदै पनि निरीह, विवश छन् तैपनि नेपाली मन न हो सहिरहेका छन्।

छिटो निराशा हुने र छिटो तर धेरै आशा गर्नाले विगतमा धेरै विगार्यौ र अझ पनि बिगार्ने सम्भावना छदैछ। तैपनि भन्‍न मन लागेको छ जित त भएकै छैन, जितको आशा भने जागेको छ। धेरैलाई चित्त बुझ्दैन तर नारायणमान बिजुक्छेको हिजोको भनाई अलि बढी व्यावहारिक लाग्यो। राजा रहनु नरहनुले मात्र देशको समस्याको समाधान गर्ने होइन। राजा रहे पनि नरहे पनि, हामीहरूको संस्कृति, हामीहरूको रीतिथिति, हामीहरूको व्यवहार, हामीहरूले अपनाउने पद्दति कस्तो हुने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुनेछ। संविधानसभा चुनावले राजा फाल्यो भने हामीहरूको नीति के हुने? के कथित दलितहरूको समस्यालाई सम्बोधन गर्नु पर्दैन? के मधेसी समुदायको समस्यालाई समाधान गर्नु पर्दैन। मधेसका ४० लाख नेपालीले नागरिकता पाएका छैनन् यसको प्रष्ट अर्थ हो उनीहरू सरकारका कुनै पदका लागि योग्य छैनन् भन्न खोजिएकोछ। उनीहरूले कतै प्रतिष्पर्धा गर्न तथा कुनै अवसर प्राप्त गर्दैनन्। पश्चिमको दार्जुला जिल्ला जान भारतीय बाटोको प्रयोग गर्नु पर्छ। पश्चिमका कतिपय जिल्लामा भोकमरीको समस्या छ। वास्तवमा यी समस्याहरूको समाधान गर्नका लागि राजा र राजपरिवार बाधक थियो र छ भन्‍नेमा शङ्का छैन तर पनि संविधान सभा हुनु मात्र सबै समस्याको समाधान होइन। संविधान सभा त यी सबै समस्याहरूको समाधान गर्नका लागि एक साधन। यो आफैमा साध्य होइन।

पहाडमा बस्ने, शहरमा बस्ने, राजधानीमा बस्ने, बाहुनबाद, सामन्ती संस्कार, चाकरीवाज, शक्तिको पुजारीहरूले उत्पादन गरेका विविध समस्याहरूको समाधान गर्नुपर्छ भनेर माओवादीहरूले हतियार उठाए। यदि हामीहरूले यी समस्या आउन नदिएको भए वा हामीहरूले अरूको अस्तित्व वुझिदिएको वा स्वीकारीदिएको भए (ठूला पार्टीले साना पार्टीको, कथित ठूला जातले साना जातको, धनीले गरीवको, शहरले गाउँको, राजधानीले मोफसलको, राज्यले जनताको) माओवादीको हतियार बनेर आफ्नो जीवन गुमाउने मन कुनै नेपालीलाई पनि थिएन। तर विडम्बना यो भइसक्यो। वास्तवमा यस्तै-यस्तै समस्याहरू विके र यसैलाई हतियारका रूपमा प्रयोग गरियो। कुरा प्रष्ट थियो, कही न कही, कोही न कोही विद्रोही बन्नै पर्ने थियो। कसै न कसैले हतियार बोक्नु नै पर्ने थियो। संसारको नियम हो, सारा संसारले कुनै न कुनै वेला हतियार बोकेको थियो कतिले अझै बोक्दैछन् (यसको अर्थ सबैले राम्रो कामका लागि बोके भन्‍ने होइन)। नेपालको सन्दर्भमा यो हतियार माओवादीले बोकीदियो र भन्यो ‘तपाईंहरूको पीडा हामीहरूलाई थाहा छ, आउनुहोस् सँगै लडौं’, कतिले पत्याए कतिले पत्याएनन् तर जे भयो नेपाली जातीय, लैङ्गिक, क्षेत्रीय तथा धार्मिक आन्दोलनका लागि केही सकारात्मक कामको शुरूवात भयो। माओवादीले नेपाली पुरूष प्रधान समाजले गरेको अन्याय-अत्याचारको विरूद्धमा हतियार उठाउनलाई महिलाहरूलाई प्रोत्साहन गर्यो र माओवादी आन्दोलनमा महिलाहरू पनि जोडिए। आदिवासी जनजाति तथा तराईवासीहरूको हकहितका लागि पनि हतियार जरूरी छ भन्यो र उनीहरूलाई आकर्षित गर्यो फलस्वरूप माओवादीको शक्ति बढ्यो। यही कुरा राज्यले पहिले नै सिक्नु पर्ने थियो तर सिकेन। बल्ल आर्मीमा महिला तथा जातीय प्रतिनिधित्व गर्ने व्यवस्था गरियो। तर भेदभाव जारी छ। तल्लो तहमा हुन लागेको यो परिवर्तनमा पनि बाहुन, क्षेत्री तथा पहाडी जनजातिको वाहुल्यछ। तराई, उत्पीडित समुदायलाई समेटेको छैन।

संविधान सभाले निर्णय गर्नु पर्ने थुप्रै र महत्वपूर्ण विषयहरू बाँकी नै छन्, राजा त एक भाग मात्र हो। राजा कमजोर हुनाले यस्ता महत्त्वपूर्ण निर्णयहरू गर्नलाई केही सजिलो गराइदेला त्यो बाहेक अन्य परिवर्तनका लागि त जनता चनाखो हुनु नै पर्छ। राजा र राजा वरिपरी हुनेहरूले गर्ने षडयन्त्रका प्रति सजग र प्रजातन्त्रकै समर्थन गर्ने नव सामन्तहरूप्रति पनि होशियार त हुनु नै पर्छ। यस्तो दिनको कल्पना गरौं जहाँ प्रत्येक नेपालीलाई उसको योग्यता भएमा नातावाद, कृपावाद, धर्म, जात, क्षेत्रीयताका आधारमा कुनै पनि पदमा जान नरोकियोस्। उसले चाहना गरेमा र उसको योग्यता भएमा उ राष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख वा कुनै पनि अन्य पदमा जान सकोस्। बोली, धर्म, जात-पात, उच-निच, शक्ति, पद, क्षेत्रका आधारमा कमजोर महशुस गर्न नपरोस्। अझ भन्‍नु पर्दा नेपाली मन ‘दु:खी’ हुन नपरोस्।

37 Comments

  1. के छ साथी हरु म पनि आएहै तपाईं हरुको माझ् म दोहोरी गाउँन। पहिल त यो ब्लगको मलिक लाई मेरो राम राम छ है।। धन्यवाद पनि ।
    खोइ के लेखुम के लेखुम पो भयो त मलाई। होइन त्यो भन्दा पनि मलाई , पत्रकार ले सोदेको जस्ताइ गरी प्रश्न सोदुम सोदुम जस्तो लगेको छ।
    पर्मनन्द झा लाई (तेइ उुपो राष्ट्रपती क्या)एलो उपोरस्त्रपती जि बाटो भुल्नु वो कि क्य हो त्यो दिन? दिल्ली गएर सपथ खानु पर्नीए मान्छे कहाँ सितल निवास गाको? अनी त्यो के लुगा लगाको? होइन चरेश ब्यापारी लाई घूस लिएर छाडेको जस्तो सजिलो सोचिस तेइले?सला ईन्डिया को दलाल। त जस्तो ईन्डियाको गु खाने भुसिया कुकुर नेपाल लाई चाइदैन,तुरुन्त रजिनामा दे क्या , अझै त मा अलिकती लाज सरम छ भने,
    आत्महत्या गर, नेपाल आमा लाई कत्ती रुवाउचेस पापी ? ओये तो यही देश मा जन्मेको होकी होइन ? सोच्त ईन्डियाको कुकुर सोच्त , तेरो भाग्य पो होत नेपाल म जन्मिनु ।।थुक्क भाईरुस त जस्तो फोहोरी किरा गद्दार ईन्डिया को दलाल हामीलाई चाइदैन। जा सरम बकिछ भनी रजिनमा दे जा बाबु ।।। तेस्पची स परिवार ईन्डिया गएर त्याको नेता को जुठो थाल चट्नु।

  2. bastav mai bhanne ho bhane dharma nirpechha ko asar ahile hoina 3 dekhi 5 baras bhitra pardachha
    pahilo : maszida banaune nama ma middeleast paisako lagani ani dharma ko nama ma atanka bad ko bijaropan r achhi jehad ko nam ma dharma uddaha r maile ahile samm sansar ko kunai pani musalman dekheko chhaina uniharu ramro kura ta k sonchhan pani sakdainan hindu dharmi haru ko lagi male ke hi deska musalman sanga sangat pani gare r yehi kura ko sichha paye.jastai indiam mahatma ghandile ramro kura gare hami daju bhai bhaner tar ahile yes ko asar ke chha 85 percent hindu bhako desma ke hi muthhi bhar ka musalman haru atanka matari gardachhan tesaile yesko asser darlagdo chha.yesta dherai asar parne chha,,,,,,,,,makalu
    Europe

  3. लम्साल जी,

    नेपालीमचा ले खोकेको बेला निस्केको छिटा मुखैमा पर्यो कि क्या हो? किन रीस गर्नुभा’को बिनासित्तैमा ? “मचा” भनेको बच्चा नै हो (नेवारी भाषा मा), तपाइले बच्चालाइ नि “तपाइ” भनेर सम्मानबाचक शब्द प्रयोग गर्नुभएको राम्रो लाग्यो ।

    मलाइ नेपालीमचा-आइडिया राम्रो लाग्यो, होला नहोला त्यो भविष्य हो, तर उसले आइडिया त ल्यायो नि । “मानिस”ले भने झै हामी सबै धर्मलाइ समेटेर बिश्वशान्तिको मिशाल पो बन्ने कि?

    २०औं शताब्दी राजनीतिक कलहको शताब्दी भयो, २१औं शताब्दी धार्मिक कलहको शताब्दी हुनेछ – भन्ने थ्योरीसित धेरैजना सहमत छन । यदि हाम्रो उदार धार्मिक भावना र सांस्कृतिक तथा धार्मिक असहमतिको बीचबाट सहमति खोज्ने परम्परालाइ बिश्वसामु पस्कन सक्ने हो भने नेपाल साँच्चै नै २१औं शताब्दीमा शान्तिको उदगम स्थल नै हुनेछ । होइन त?

  4. Dear friends,
    regarding the marriage of pyara jung thapa’s dauhter’s marriage, i would like to say few wowrds on it, she has freedom to marry with anyone in the world, it is not necessary to marry only with nepali groom, but she work for Nepali Army, for Nepal goverment, so due to security and country’s privacy reason. she should resign from her post immediately. even in CHINA, those people who work in government office can’t marry to foreigner. So, if she do not resign herself, then government should sack her due to country’s security reasons as soon as possible.

  5. yes , i completely agree with the comments mentioned above.
    Bhahunbad matra bhanera katai tapai haru kebal brahman community lai matra dosh didai hunuhuncah bhane there are lots of points of disaggrements.
    not only by the brahamins there has been discrimination.
    this culture is found in every community and with in the same community.
    being the student of sociology different papers reflects that with in the same community there is big discremenation found every where in nepal.
    Within the same caste , tribe , ethnic groups these kind of bhed- bhav still kayam nai cha. teslai pani antya garnu parcha.
    ajha sudur paschim tira yesto problem dherai nai cha , may be due to illetracy .

    yes pani charcha garera steps haru lida bes huncha jasto mero personal bichar cha.

    sudhar garnu parne anyao thuprai kura haru cha.kebal jarurat cha ta kam garne determination ko matra.

    sailesh

  6. DO YOU KNOW RAKESH JI WE HAVE ONE SAYING? “IT IS EASY TO DESTROY BUT DIFFICULT TO BUILD”. I THINK THAT IS WHAT WE HAVE BEEN DOING.
    THANKS!

  7. nepali macha ji
    yadi tapailai kehi pani thaha chaina bhane.najaneko kurama khokne nagarda ramro huncha.malai lagcha tapai sano baccha ho

  8. Those guys in BJP are simply fundamentalists…why didn’t they put it in their constitution and declare India as hindu state when they were in power….I am a proud hindu but still I am strongly in favor of state secularism……I don’t see any reason in statement that we should imitate fundamentalist Islamic countries.

  9. मनै त हो दुख्दो रहेछ सिर्शक् सङ राख्न उपयुक्त जस्तो लागेर् राख्दै छु!

    Indian oppn party ‘mourns’ death of a Hindu state

    India’s main opposition party, the Bharatiya Janata Party (BPJ), has ‘regretted’ the transformation of Nepal into a secular state from the world’s only Hindu nation after a declaration of the Nepalese parliament.

    BJP leader Jaswant Singh told the Rajya Sabha, the lower chamber of the Indian parliament, on Friday that he “feels diminished” to see the death of the Hindu Kingdom and called the transformation “unfortunate”, official news agency PTI said.

    PTI quoted another BJP leader VK Malhotra as saying, “While it is for the people of Nepal to decide on the kind of government they want. What was the need to scrap the word Hindu from its name?”

    “Nepal’s Hindu identity has nothing to do with the monarchy. The Nepalese Parliament should not have omitted that word. There are over 50 countries in the world who proudly call themselves as Islamic Republic,” Malhotra insisted while addressing a press briefing.

    On a question if he questions the secular status of India, Malhotra said there is “no difference between Hinduism and secularism” and that “nobody can deny that India is a Hindu-majority state”, PTI said.

    The Indian opposition party’s reaction comes at a time when the parliamentary proclamation declaring Nepal as a security state is welcomed by all sides including the international community.

    The BJP, which is supported by various semi-political fundamentalist Hindu religious groups, is the only prominent Indian political party to officially criticize the Nepalese parliament’s decision on Thursday to turn Nepal into a secular state. nepalnews.com mk May 21 06

    “JUST FOR YOUR EYES ONLY”

  10. nepalimacha ji,
    namaskaar, Thati is fantastic!!!!
    I fully support your idea!!!!!

    ए तेसो भए पशुपति लगायत सबै मन्दिर हरु मा १० अवतार अनि एघार मा क्राइस्ट र १२ मा मोहम्मद को मुर्ती राखेर उद्घाटन गरौ न । हामी मोहम्मद लाइ र क्राइस्ट लाइ अघाद प्रेम गर्छौ । हामी नेपाली हरु कति बिशाल हृदय भएका छौ भनेर देखाइ दिउन!बुद्ध मात्रै किन्, मोह्म्मद र क्राइस्ट पनि हाम्रा देवता हुन सक्छन्, जब भगवान सम्पूर्ण चरा चर जगत मा हुनुहुन्छ, “जले बिष्णु थले बिष्णु” पृथ्वी, जल्, थल्, नव, गाइ, माछा सबै मा भगवान हुनु हुन्छ भने दिदी बहिनी आमा छोरी मा समेत भगवान हुनुहुन्छ भने क्राइस्ट र मोहम्मद त महापुरुष हरु हुनु हुन्थ्यो
    यस्ले अहिले को २१ सौ शतब्दी को सबै भन्दा ठुलो युद्ध्, र समस्या नै हल हुन्छ्, अमेरिका ले जित्न नसकेको युद्ध हामी शान्ति मार्ग बाट जितेर देखाइ दिन सक्छम्, युद्धा गर्न हामी नेपाली जती सहसी छौ, शान्ति को लागि त्यो भन्दा सहसी छौ भनेर संसार को समस्या नै समाधान गरेर देखाइ दिउ न,कसो ?

    Let us establish the Jesus and Mohammad in our temples
    good idea!!!!!!!

  11. Discrimination should be (and will be) eliminated by education not by words of hatred or polarization. I am a HINDU, a BAUN by birth and am proud to share, and have shared meal and room with any caste. One of my close friends is a MUSALMAN by birth. I have worked for the upliftment of lower castes because it hurts to see discrimination. Is it my or my friends’ (who range from kumal to sarki) fault to be born in one or another caste????? Dont spread words of hatred. No HINDU manuscript differentiates between caste. If you have explored history, caste was based on profession and a son of baun could be a kumal and a son of kumal reverse back to baun. Educate yourself. If you are a madhesi or a dalit or a baun and support anything written in favor of you undermining another caste, you are continuing the trend of discrimanition which you say you are against. Do not be Hypocrite.

    ~LETS ALL DO OUR BEST TO BUILD A JUST AND EQUITABLE SOCIETY

  12. मैले सुनेको – तराइको मधिसे र नेपालको नेवारलाइ सेनामा भर्ति गर्दैन रे, हो? दिपकले तराइको मधिसेको बारेमात्र कुरा उठायो । तर त्यसरी “ब्यबस्थीत पक्षपात” का शिकार भएकाहरु अरु नि थुप्रै छन । त्यो पनि समेटेको भए अझ राम्रो हुने । कति नेवारहरु जात र थर लुकाएर सेनामा सुटुक्क छिर्ने गर्छन रे, बिचरा मधिसेको छाला कालो भएको र नेपाली बोल्दा नि तराइको लवज आउने हुँदा त्यसो गर्न नसक्ने रैछन् । “ट” र “त” छुट्याउन नसक्ने नेवारहरु नि ढाँटेर सेनामा जान सक्दैनन ।
    ०००००००००००००००००००००००००००००००००००००००००००००००

    जातीय छुवाछुट र आडम्बरी रितिरिवाज नहुदो हो त अन्य धर्मले नेपालमा प्रसारीत हुने मौका नै पाउन्नथ्यो नि । नेपाल हिन्दुहरुको पेवा होइन, धर्म निरपेक्ष घोषणामा मेरो पुर्ण समर्थन छ ।
    ००००००००००००००००००००००००००००००००००००००००००००००००
    धर्मको बारे खसखस लागेको कुरो :
    ———————–
    हिन्दु हुनुको अर्थ मुसलमान र क्रिश्चियन धर्ममा असहमति राख्नु होइन । एउटा कुरो मैले कहिले नि बुझिन – बुध्द धर्मले कहिले पनि आफुलाइ सनातन हिन्दु धर्मको अङ्ग मान्दैन, तर हिन्दु धर्मले सँधै त्यसो भनेर बुध्द धर्मसित हात मिलाउन खोज्छ, अनि फेरि मुसलमान र कृश्चियन धर्मलाइ बैरी जस्तै ठान्छ, के राजनीति लुकेको छ यस भित्र? भगवान बिष्णुले नै १०औ र ११औ अवतार लिएर जिसस र मोहम्मद को रुपमा संसार उद्दार गरेको र १२औ अवतार चाहि कल्कि अवतार हुनेछ भनेर कुरो मिलाएको भए बेश हुने नि । अनि त सारा संसार हिन्दुमय भइहाल्यो नि, हिन्दु धर्मवाला नि खुश, अरु नि खुश । आखिर दाँजेरै हेर्ने हो भने, बाइबल, कुरान मा उल्लेखित ९५% जति कुरोहरु हिन्दु शास्त्रमा नि छ । बाइबल, कुरान भन्दा हिन्दु शास्त्र जेठो नै हो क्यार । बेकारमा हिन्दुहरुले अवतारलाइ १० मा सिमित गरेकोले यो सब गोलमाल भएको । दशावतार नभइ बाह्रावतार गरे सबै टण्टा खत्तम । फेरी शास्त्रीय रुपले पनि १० भन्दा १२ नै उत्तम संख्या हो – कोहि बिद्वान हिन्दुबादी मित्रले मलाइ यो बारेमा केहि बुझाइदिनु हुन्छ कि?

  13. को बिचार पढ्धा मलाई एउटा वालाक्कालको कथा याद अयो । मैले भुकम्पगयको बेला सोधेको थिय एक गाउकै दाजुलाई, दाजु यो जमिन किन हल्लिन्छ? दाजुले सहज उत्तर दिनुभयो, यो पृथ्वीमा मनिषा र जनवरको शख्या वाध्यकोले यसले थाम्न नसकेर कतिखेर कतिखेर खुट्टा काम्दा यो हलिन्छ । त्यो समयमा त मैले होला भने , यथार्थ थाहा पाउन मलाई ४-५ बर्ष लगेको थियो भने इना श्रेस्ठजिको बिचारले पनि यथर्थ कुर थाहा नपायका र पाउन उत्सुक जमातलाइ पहिले मलाइजस्तै समय पक्कै लाग्ने कुर कसरि बुझ्न सकिन्छ भने उहाले लेख्नुभयको छ, मओबादिको नेतृत्व कमजोर छ। १०-१० बर्श सम्म जनताको सेन स्तपना गरेर राज्यको ढुकुतिबत हैन, नत कुनै बिदेशि सक्तिकेन्दर्को पूजा गरेर नै, राज्यबाट पलित सेनालाइ पराजित गर्नसक्ने स्थितिमा कसरी र कसले भन्न सक्छ कि माओवादी नेत्र्‍उटिभीअ कमेजर छ भनेर ?

    राजन गुल्मेली

  14. Dear all,

    your concern for Nepal being declared a secular state is really understandable. It was never an aganda of 95% of Hindus and Bhuddists of the nation but of a few people encouraged and taught by Christian missionaries .in fact,the missionery work in Nepal is actively involved in causing disturbances among different communities.
    There was never a religious debate among the Hindus and Buddhists of Nepal and the state has never been discriminatory as regards the religious practices of people . But of late certain sociology teachers in TU and so called opinion makers have been induced, ofetn with monetary privileges and study opportunities overseas, with Christain missionaries to propagate views in favour of seculariam so that Christain conversions can take place at the highest speed across the nation.

    Look for example in Dhading district .It is a predominantly Tamang majority district and Tamangs of Nepal are generally considered Buddhist followers . But you will find it strange in many of the northern villages of Dhading as you see many of the Buddhist manasteries have been converted into Christian churches . These poor and illiterate village folks have been massively converted over the years and often newspapers have come up with reports of religious feuds within communities in these areas.
    Another district of massive conversion rate is Palpa of Lumbini zone .Here the Magars, who claim themselves as Janajatis, have been the target community for conversion by the missioneries.
    While the hiily part of Nepal has been under the seize of Christian conversion the Terai region ,especially the Dalits , have been massively converted into Muslim.
    This practice was there and now with Nepal being a secular state will be open , direct and coerce. As a Hindu nation , no people was at least included or converted into Hinduism .
    With this declaration both Hinduism and Buddhism will be overwhelmed by the surge of Christain conversion ,that comes with white dollars from rich and White countries of the west. Maybe we will get reacher by selling our religion and original identity.

  15. yo maan ta mero nepali ho. nepal dhukha ko bela nepali runu comman ho. aaba hami dherai runu pardaina tara runa ko lagi aasu pani huna paro. tara ja bhaya pani yo maan ta mero nepali ho.

  16. Dear Deepakji
    Your thinking are true but have you ever think that by exploiting those weakness ever gonna resolve the problem.
    Thats what maoist did they just exploit them and give a weapons to thier hand that is a suicidial approach.Its easy to point those weakness and exploit them the contry has failed to address during past decade and centuries. Its dosent mean it should be exploited and addressed most distructive way. Those issue can be resolved by most instructive way not by the suicidal approach.
    As we know the population refrom of the terai region without being bais if you could address thier issue it could bring good to the country. As far as maoist concern they are mere terroist who are conducted by india just to keep unstable of country.If you ever have read rabindra thesis to University of London on 2003-2004 this paper has clearly prove those links. So without being doubt they are just terroist who had deprive those party’s leader to reached to their home ground for more than decade who have slaughter party’s activates for their belive and just keeping differnt views with them. One most redicilious decision why 90 percent hindus failed to keep thier state as a hindu state. Its just a shame and blow in hindus nose.
    RAM

  17. Deepak jee,

    (1) I support your spirit of being inclusive for madhesi and dalit.

    (2) I agree with your judgment about Bujukchhe.

    (3) I won’t agree with you regarding the issue of marriage to foreign country. Marriage should not be restricted in the name of patriotism or else.

    (4) It is false thing that Bise nagarchi was humiliated or so on.

    Thanks,
    Nirmal

  18. Really Nice Article Umesh Ji… You really make sense… Kudos to your effort to bring all this news right before our eyeys who are 6000 miles away…. great job

  19. Dipak ji
    yesta bhate pyar jung jasti ki chori nabasekai bes ani rayo dalit haru ko kuro. pyar jung jasta samanti ani teska chori harulai pakha lagaya pachhi bank hami le manage garna sakihalchhau ni.
    tara pyar jung, bharat kesari, sachit samser jasta ra yini haruka santan le dada katekai bes.

  20. This is kind of things only known by experience people, may be i can’t express such things rightly coz only can be explained by experience people, i am not the right one to explain. But i think as whole the people who live in earth are human beings, as they live in US, Germany, China, India or Nepal. There are lots of definition each person do, but i think as human beings are all one, they are not immortal neither they are god nor evil. The whole things from country to language all they are made by human beings only, so why such differences.. everybody has same red blood and lots of things.. may be it’s not the right way i am taking.. but it’s true.

  21. Present transformation of the country is only the first step towards nation building. Every nepali must have to start thinking like DEEPAK AARYAL. We need to transform ouselves to build a new Neapl based on equality and justice. I do not understand why these issues are sidecornered now. Specially very few political leaders are speaking on these issues. Unlesss all Nepali feel that this Nepal is their own, how will they contribute in nation bulding with their very rare personal talents. What could be the meassures to address the issue of racial and caste descrimination? In one sentence_- Make a strict rule to punish anybody who do descrimination. Make a commission to investigate any kind of descrimination.
    Descrimination is the main problem of the country and it will challenge once again the transformation of Nepal towards a developed nation. After all, how long Nepal will be tagged a poor country with citizens living in abject poverty. Democracy without economic freedom is worthless. If any Nepali has courage to lead the country and has enough confidence to change it into a developed country in 10-20 years should come forwards. Is Nepal so big that it can not be transformed into a developed country in 10-20 years? Just 900 KM long and and about 250 Km wide country has everything to transform it into a country with respectable position on the map of the world. I do not understand why this small country could not gain momemntum during royal regime. They had all the power and could have changed the country. There could be only two reason. Either they had fear that these raiti will become eqaul to them or simply they did not want it to happen.
    The same fear may prevail in thosen who are now ruling and those who are in que to rule. They may again be surrounded by their aafnos. This is the point from where again descrimination will start again. Nobody can guarantee eradication of such descriminations if there does not exist a strong rule against it. Somebody may argue that there are rule against chhuwachhut but it still prevail in some parts. The answer is – there is no one to look after it. That is why I am proposing
    1. A strong rule against it
    2. A powerful commission to investigate the case and penalize the culprit.
    A new Nepal devoid of all types of descrimination will be the first prerequisite for its transformation towards motre prosperous democracy and economic development.

  22. दीपकजीका कुराले नेपाली समाजको चित्र बोल्छ तर धेरैकुराहरू भावनात्मक बहावमा प्रस्तुत पनि छन। जातिवादी ,वर्गवादी चिन्तन विस्वभर कुनै न कुनै रुपमा रहेको छ र मानवीय तथा भौतिक विकासको क्रमसंगै यो लोप भएर जाँदै पनि छ । नेपालको कुरा गर्दा समग्ररुपमा देशलाई अगाडि बढाउने ठोस कार्यक्रमहरुले समाज विकास र आर्थिक विकासको हलचलले देशलाई पूर्णरुपमा रुपान्तर नगरुञ्जेल यी समस्याहरुको निराकरण सम्भव छैन । यसको जड तपाईँ हाम्रो उपदेशवादी संस्कार पनि हो ।किनभने हामी ठूला कुरा र परिवर्तनाका कुरा त गर्छौँ तर व्यक्तिले समाजलाई पार्ने सकारातमक प्रभाव, समाजले राष्ट्रलाई गराउन सक्ने दिशावोधको भुमिकालाई अपनाउन चाहँदैनौँ । अर्को शब्दमा भनद्दा ” म एउटाले गरेर के हुन्छ र ? ” भन्ने प्रवृत्ति एकातिर छ भने भाषण वा भनाइ र व्यवहारवीच तालमेल नराख्ने आडम्बरी शैलि हाम्रो जीवन पद्दतिको परिचय नै हो । सही र परिवर्तनकारी आन्दोलन राज्यले अगाडि बढाउन नसकेको बेला समाजसुधारक व्यक्ति वा समूहहरू अगाडि बढेर पनि समाज र संसारमा परिवर्तनको आन्दोलनलाई उद्भव गराएका छैनन् र ? खै हाम्रोमा मानवअधिकारवादी र समाजसेवी भनाउँदा व्यक्तित्वदेखि लेखक सम्म सबैको काम भाषण र लेख मार्फत उपदेशमात्र दिने मानौँ काम गर्ने जिम्मा अरुकै हो ! असल कामको शुरुवात कहीँबाट हुनुपर्छ नि माथिबाट भएन भने घचघचाउने नभए आँफै अगाडि सरेर नमूना बन्दा हुन्छ नि ।
    मेरो विचारमा नेपालका तथाकथित दलित भनिएका समुदायहरु सबैभन्दा शिप सम्पन्न जातिका मान्छेहरु हुन र उनीहरुको त्यो सामर्थ्यलाई कसरी उत्पादनमूलक ढंगले आर्थिक अवसरका रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा हो। कानूनले त जात छुवाछुतलाई उहिल्यै प्रतिबन्ध गरेकै हो खै हाम्रो व्यवहारबाट त्यो कुरा हराएको ? त्यसैले उपर्युक्त आर्थिक अवसरको निस्चितता नभए सम्म यो भेदभाव हट्दैन बरू हर्को रुपमा परिवर्तन हुन्छ ।
    मधिसे भनेर हेप्ने खालको जुन कुरा गर्नु भो त्यो कुरा को हर्को पाटोमा के छ भने , नेपालीमा यो कुराको राम्रो ख्याल छैन कि नेपाली जनताको एउटा ठूलो संख्या तराईवासीको पनि छ । तिनीहरुलाई गलत रुपमा भरतीयको रुपमा बुझ्ने अनि नेपाल भित्र भारत विरोधी राजनीति र भरतलाई घृणा गर्ने राजनीतिको पहाडिया सोचको जुन हौवा लामो समयदेखि छ त्यो सोच जिम्मेवार छ । यसो त खुला सीमाका देश भएकाले नेपालीहरूलाई भारतमा पनि पहाडीलोग, कान्छा, बहादुर ,गोर्खेलोग जसता हेपाहा व्यवहारका उपाधीहरु सुरक्षित नै छन ।
    मान्छे मान्छे वीचको यो दुत्कारिलो व्यवहार कायम छ र यो अनुचित हुँदाहँदै यसको जिम्मा कसैमाथि थोपर्नु जायज छैन। मेरो विचारमा हाम्रो समाजमा राजनीति धेरै छ र जातिगत आन्दोलन पनि केवल राजनीति कै गोटी भएका छन न कि समाज सुधारका आन्दोलन ।
    यसै सिलसिलामा प्रवेस गरेका नया मुद्दाहरु हुन “धर्म निरपेक्षता ” र “संविधान साभाको मुद्दा” । यिनीहरु पनि केवल देशलाई राजनीतिको झमेलामा अल्झाएर लाडाईराख्ने मुद्दाहरु हुन किनभने जब हाम्रो व्यवहार र कार्यशैलिले केवल अरुले मात्र नराम्रो गरेको देख्छ , परिवर्तनका मार्गहरु कोरिदिनुपर्ने अपेक्षा राख्छ र आँफू हेरेर बस्दै अरुका गलतिहरु पत्ता लगाउन तल्लीन रहन्छ ,त्यहाँ कामको थालनी हुँदैन ।

  23. Very Balanced writing!!!
    Wonderful!!!
    I love it.
    We should never forget that for the present crisis each of the party should have to take equal responsibility rather than blaming each other.
    Time is offering us the golden opportunity include all the party and lets move for the longlasting peace in the country leading it to the peace and prosperous country.
    Love Nepal

  24. Dear Umesh jee
    MR Deepak Aryal Jee Thak you very much .
    Little not clear about Para jung dakako story why ?
    You have to add next time about daka Thapa’s story.
    What he did ? How he maked much much money ?
    Where comes money ? Who was he ? Who is he ?
    Why his daughter like Dhoti man ? in Nepal no others men ?
    How much he spend for his daughter’s marry ?

    Maybe Daka Thapa’s daughter like INDIAN- HAHAHAHAHAH
    INDIA VEI DAKU HEI Dont you know ?

    Thanks once again.
    MR KP FROM OVERSEAS

  25. Dear Umeshji,
    I appreciate all your hardwork being a constant reader of your blog atleast since last couple of months. Your blog is really informative however I also kindly request you to present the matter in more authentic and matured way rather than just for mass attraction. Its my view if you want to go long way you should have firm standing ground otherwise it may be “aye ram gaya ram” and remember you got good start ie, your blog and we equally view your blog as other reputed and big named media’s site.In Vacouver,Canada we really appreciate your work but we feel you got lack of maturity and you are not much concerned about the others feelings (assumed selfish though not equal to Girija as shown in his past but still it exist in your presentation) perticularly in case of Deupa and others which is not fair( Pls note I don’t have any direct or indirect relation with him but I didn’t find any thing on his speech as you have claimed in your blog) and I also feel neither King, SPA & Moist are standing for people despite their long claim. Perticularly, Moist they have big mouth as they are god and always have the mentality of being right despite their given pain in nepali society. In imagination you are free to dream anything you wanted but in reality it is different, Maoist are also no different from it.

    I am thankful for time if you have gone through my email and whole story is basicly for be a professional, fair and strong & stand for your words, and always be good & do good.

    Pls, keep it confidential:
    I am a professional engineer right now working in Canada and well recognized in consulting business areana of Nepal and really worked hard to prove it but boundary is no limit for any professional if you just want a space to perform though their heart and mind is for some where. I also being a Bramin and so called Kaji family but whose even grand father Matric Pass with Chandra Samser didn’t bother to sit and share everythingh with them but if you put all Brahimin in same frying pan then it really hearts. I feel if we increase the level of education that will solve most of the problem because I got an opportunity to study in Kerala where it has 100% LITERACY which change the way of thinking of the people and their broadnnes to accept others were remarkable and it still force me to write it here because it was not maoist gun but just persuation.

  26. साथि दीपकको धेरै कुरामा सहमत छु, तर पनि समस्याको पहिचान मात्र काफि छैन । वास्तवमा हामी नेपालीमा भएको पहिलो कमजोरि भनेको नै अरुले गरेको कामलाई दोषारोपण गर्नु, माथि जानेको खुट्टा तान्नु अनि अर्काको कुरा काट्नु मात्र हो । भनाइ र गराइमा धेरै अन्तर छ । समस्यालाई सम्बोधन गर्नु भन्दा पनि यसको समाधानको उपाय सुझाएको भए अरुको तुलनमा अलिक पृथक बन्न सक्थ्यो होला । यहाँ कसैको मुल्यांकन गर्नु मेरो उध्येश्य होइन । मैले पनि आफ्नो सानो बिचार मात्र पोखेको हुँ । नेपालि इतिहासमा कहिल्यै पनि समस्याको पहिचान गरिएन, सबै सतहिमा नै यात्रा गरे । सत्ता मोह, जातिबाद, परिवारबाद, चाकडि र पैसाको मोहम नै फसे, फसिरहे अधिकतम् मानिस-नेताहरु । अहिले नेपाली जनता को यि नेतृत्व ले समर्थन पाउनुमा पनि सबको आ-आफ्नो स्वार्थ छन्, तत्काललाई यो नदेखिए पनि भविष्यमा यो चरण पनि आउनेछ । अझै सत्तामा पुग्ने हरु कुर्चि र पद को हानथाप गर्दैमा ठिक्क छ ।माओबादि समस्याको प्रदुर्भावमा यि नेताहरुको कति हात छ भनेर यहाँ भनि रहनु नपर्ला, धेरै जनताहरु यि पर्टिहरुबाट वाक्क भएर नै मओबादिहरु प्रति सद्भाव रखेक हुन् कुनै ठुलै परिवर्तनको आशामा। हामि जस्तो धेरै अशिक्षित जनमानसमा माओबादिलाई सजिलै पत्यायौं, भविष्यलाई सोचेनौं । माओबादिहरु पनि नेपालको आजको परिबर्तन यति सजिलै र छिटो हुन्छ भनेर सोचेका थिएनन्, भइदिंदा आफुलाई दोधारमा पाए अबको कदम के त ? उनिहरुलाई नै निर्क्योल गर्न कठिन छ । माओबादि सबै नेताहरुको मुखबाट फरक फरक कुरा सुन्नमा आएको छ, यस्तो किन त? पहिलो कुरो माओबादिमा नेतृत्वकमजोर छ अर्थात् व्यबस्थित छैन । नेता एउटा कुरो भन्छ, कार्यकर्ताहरु अरु थोक् नै गर्छन् । यत्रो संक्रमणकालमा पनि चुप लागेर बस्न सकेको छैन, हतियार छाड्ने कुरो त परै जाओस् ब्यबस्थित गर्ने कुरो समेत मान्न तयार छैन । परिबर्तन को यो संघारमा सम्पुर्ण पार्टिहरु संविधानसभा गर्न तयार हुँदा पनि यिनिहरु अझै सिधा कुर गरेक छैनन् । अझै उनिहरुको माग थपिंदो छ । सरकार अझै आलटालको अबस्थामा छ । यस्तो तालले हामी नेपालीले सोचे जस्तो परिबर्तन कैले सम्म आउने हो खोइ कुन्नि ? सम्बिधान सभा पनि परिबर्तनको एउटा खुड्किलो मात्र हो। जबसम्म नियम कानुन को सहि र कडा कार्यान्वयन हुँदैन, हामि जतिवटा सम्बिधान फेरौं, जतिसुकै कडा नियम कानून बनाऔं त्यसको अर्थ हुँदैन । सच्चा परिबर्तन त्यसले नै ल्याउँछ, जब त्यसको व्यवहारमा पालना पनि हुन्छ । म यो आन्दोलन को विरोधि त होइन तर मलाई लागेको त के मात्र हो भने २०४७ सालको सम्बिधान मात्र आफैंमा नराम्रो थिएन । यसको सहि मानेमा परिपालन नहुंदा नै हामी यो अवस्थामा आइपुगेक हौं । मेरो भन्नुको तात्पर्य राजतन्त्रको समर्थन पनि होइन, तर यसको अन्त मात्र पनि सबै समस्याको समाधान चैं पक्कै होइन, जुन कुरा साथि दीपकबाट भैसकेको छ । अन्तमा जे हुन्छ राम्रोको लागि नै हुन्छ यहि कामना गरौं ।

    :-)>

  27. धर्म निरेपेक्षताको बारेमा केहि कुरा

    हिजोसम्म नेपाललाई हिन्दु धर्मको देश भनेर अरु धर्महरुलाई अवमुल्यन गरिएको थियो अबको यो घोषणले त्यो हटेको छ त्यसले समस्या निम्ताउने होइन समाधान गरेको छ । हिजोको अवस्थामा हिन्दु अधिराज्य भनेर लेखिनाले अल्पसंख्यक धर्ममान्नेहरुमा एक किसिमको हिनता बोध थियो । उनीहरुमा हामी नेपाली नै होइनौ कि भन्ने भावना व्याप्त थियो । अहिलेको यो घोषणा उनीहरुमा उत्साह थपिदिएको हुनुपर्छ । आखिर के नेपाल हामी हिन्दुहरुको मात्रै हो त । पहिले असमानता थियो अहिले समान भएको छ । हो नेपालमा ९० प्रतिशत हिन्दु छन् त्यसको आधारमा नेपाललाई हिन्दु मुलुक भनिने हो भने नेपालमा थुप्रै जातीहरु छन् त्यसमध्ये कुनै जाती मानांै बाहुन क्षेत्री बढि होलान् मसँग तथ्याकं छैन यसको आधारमा नेपाल एक वाहुनक्षेत्रीको मुलुक हो भनिदिने त त्यस भएमा अरु जातीहरुलाई कस्तो होला अनि कुनै चुनाबमा काँगे्रसले जित्ला रे त्यसपछि नेपाल एक कुग्रेसीहरुको मुलुक भनिदिने त अनि अर्को मा अर्कोले बहुमत ल्याउला रे अनि मुलुक उसैका भनिदिने प्रजातन्त्र भनेको नै अल्पसंख्यकको पनि आवाज सुनिने राजनैतिक प्रणाली हो । अहिलेको यो घोषणले त्यसलाई सहि सावीत गरेको छ । हामी नेपाली भाग्यमानी हौ कि यसअर्थमा कि त्यसरी नेपालको संविधानमा त्यस्ता असमान शब्दहरु लेखिदा पनि हाम्रा अन्य धर्म मान्ने दाजुभाई दिदिवहिनीहरु दंगाफसाद गर्न निस्किएनन् । यस अर्थमा पनि म नेपालको धार्मीक सहिष्णुताको कदर गर्छु जुन संसारको अन्य मुलुकमा बिरलै पाइन्छ । भारतमा हेरौं त हिन्दुहरु वा मुस्लिमहरुको धार्मीक आस्था सम्वन्धि एउटा मात्र फिल्म बनाउदाँ कस्त्रो हगांमा हुन्छ । हालै मात्र पनि विवादास्पद चलचित्र द भिन्चिकोड को भारत सरकारले सेन्सर गरेर देखाउने कुरा प्रकाशमा आएको छ । तर त्यस्तो अतिवादीपन हामी नेपालीमा छैन । नेपालीपन भनेको यहि नै त हो साथी । हामी नेपाली हिन्दुहरु कि्रचि्रयनहरुको नयाँ वर्ष मनाउछौ नेपाली कि्रश्चियनहरु दशै मनाउछन् हामी वुद्ध जयन्ती मनाउछौ उनीबहरु पनि हिन्दुहरुको चाड मनाउछन् । यो भन्दा धार्मीक सहिष्णुताको अनुपम उदाहरण के हुनसक्छ त्यसैले गर्दा नै नेपाल धार्मीक अतिवादबाट टाढा छ । धर्म रोज्न पाउनु वा मान्नु नमान्नु कसैको पनि नैसगिक अधिकार हो । यो कतै बाट पनि लादिनु हुदैन । रोज्न र छाडने क्रम नेपालमा मात्रै होइन संसारभरि नै छ । नेपालमा हिन्दु कि्रश्चियन बनेका छन् भने संसारको अर्को कुनामा एउटा कि्रचियन पनि त हिन्दु बनेको छ नी छैन र नेपालमा वाईवल पढनेहरुको संख्या बढदो छ भने अर्को कुनामा जस्तै जर्मनी अमेरिका आदी जस्ता देशमा पनि त गिता वा वेद पढाइदैछ र पढनेहरुको संख्या बढदो छ । जहाँसम्म नेपालमा अब हिन्दु धर्म लोपहुने कुरा छ त्यो म विश्वास गर्दिन किनकि संसारको सबैभन्दा प्रचिन धर्म भएर पनि हालसम्म हिन्दु धर्म बाचेको नै यसको लचिलोपन र सरलता ले हो । जुनचिज लचिलो छ त्यो दिर्घायु हुन्छ । चाइनिज उखान छ नी जीव्रो लचिलो हुन्छ र मान्छे मर्दासम्म पनि रहिरहन्छ तर दाँत कडा हुन्छ त्यो चाडै नै झर्दछ । त्यसकारण हिन्दु धर्ममाथि प्रचिनसमयसम्म यसको जन्मस्थान हिन्दुस्थानमा समेत आक्रमण भयो । मुगलसम्राटहरुले हिन्दुहरुको अस्तित्व नामेट पार्न के गरेनन् उनीहरुले हिन्दुहरुको कत्लेआम गरे । हिन्दुआइमाईको पेटको वच्चासमेत मारेर फाले । यस्तो अमानविय दमन हुदाँ पनि मानिसहरुले यो धर्मलाई विसे्रनन किन होला यसको सरलता र कोमलता नै यसको कारण हो जस्तो लाग्छ । होला नेपालमा धर्म परिवर्तनको लागि पैसा दिएर या अन्यलोभ दिएको कारणले कतिपय वनेका छन् तर हामीले कसैलाई केहि नदिइकन किन मानिसहरु यस धर्म प्रति आकर्षित भएका छन् संसारभरि प्रचारको यो जमानामा पनि हिन्दु धर्म केहि प्रचार नगरी

  28. Umesh Jee,

    Thank you…..for this article.The article is very sympathetic & it touched me more because I belong to
    terai.Although I am also terai bahun but from my heart
    I disregard castism & discrimination to anybody of being lower cast.Yes I support the core message of an article that country can develop only when partiality at any level is abolished.
    Yes, what a descrimination, Paras(son of the present king who is very soon going to be dethorned let us hope)can make indian top leaders for easy entrance by marrying to indian Himani.Present king & Ranas can handover all security related matters to top indian leaders, this is of no matter, but terain related to indian (eventhogh away from core security concerns of Nepal are kept away from army,police sevice….this makes me redicule.
    Thanks alot for this article again…

  29. हो लम्जुङे किसान दाइ, माओवादीलाइ सराप्ने हरु पक्कै पनि मन्डले र तस्कर का भरिया र साम्राज्यबादी र बिस्तारबादीका करिया हुनुपर्छ।

  30. अब त माओबद लाई आतंकबद र माओवादी लाई हत्यारा भन्नेहरुले माथिको लेख पढेपछी त्यस्तो निक्ऋष्ट आरोप नलगाउलान कि ।यदि माओवादी हरु ले हटियार नौठायभय अन्य सँसदिय दलहरु ले रज लै सुमेरु पर्बत् मानेर् प्रदक्षिणा गरिरहन्थे।माथि को लेखमा भने झै हामिले नजाने अरु कति बर्ष मन् दुखायर् बस्नु पर्नेथियो होला? यो आन्दोलन मा पनि माओबादि ले शहर् लाइ घेरेर्, राजमार्ग् कब्जा गरेर् अनि गाउ गाउ बाट् जनता हरु लाइ शहर् जान् उत्प्रेरित् नगरेको भय यि सँसदिय पर्ति हरु ले आन्दोलन् सफल् पार्न् सक्दैनथे भन्ने तथ्य स्प्षट छ। किनकि यिनिहरु को आन्दोलन् को हबिगत् हामिहरु ले बिगत् चार् बर्ष् देखि देख्दै आइरहेका थियौ।यस्तो दिन को घाम झै छार्लङ कुरो नबुझेर माओवादी उपर् खानिने हरु या त प्रतिगमनकारी हुनुपर्छ, या यथास्थिती बादी, जो समाज को बिकास क्रम लाइ रोक्न चाहन्छन ।

  31. Thanks…Deepakjee and Umeshjee…This time as a madheshi….you have really raised some of my own humiliating experiece in my own country…you have truly pointed that we have an identity crisis…we Nepali in India and Indians in my own country where my forefathers have lived for 9 known generations….Nowadays even Madhise is quickly losing its meaning as a seperate ethnic group …as GP Koirala and Madhav Nepal and some very learned person of hill origin say that they are Madhise because they have lived in Terai…I think its a shameless example of bigotory…..Ambar Gurung, Tulshi Ghimire and Lain singh bangdel were easily assimilated in nepal but Gajendra Narayan Singh was always considered a “Bhartiya Dalal”……By this , I don’t want to defame or demean those great artists or have all praise for G N Singh but this is a systematic pattern observed in Nepal……I hope this young generation will silence the hawks on both sides and create in contribution of a new inclusive Republic of Nepal. Thanks once again for raising our concern.

  32. man has to be great by his sprit not by his cast.coz subash nembang is himself in lowercast but why he is selected as speaker of parliamen ?
    ther r so many bahun in cpm uml.so this type of article only creates a polarization among the varies cast in nepal.so i kindly requist to umesh not to emphasis about it.ortherwise yr visiters may innore yr site.

  33. This is what I have been advocating for long.The problem is, Nepal has become too much complicated.There are so many JAAT and Sanskaar and languages in a comparatively small country.There are Bahuns of different catagoies, there are Chhetries of different catagories.There are other castes and castes inside castes. Many types of Newars and many types of Rai and Limbu.So many things. but the leaders and the King never took it seriously.They have created one minstry called Science and technology. In Nepal, neither there is much science nor technology but we need to promote them.

    The question of Janajaati and bringing them to national mainstream was never a priority. the was one committe they established under the Ministry of Local development I think.I suggested a long time back to one of the former PMs who time and again becomes PM, to establish a separate Minstry of National Unity under which all works relating to the development national integration of Janajaati can be handled. He also said that it was long time due.But nobody gave any attention to it.

  34. यो सबैमानेमा ठीक छ तर राजाले सबै सामन्तहरुको प्रतिनिधित्यो गर्न हुनाले त्यसलाई पाईला खतम गर्नु पर्छ।

    narendra baral

Comments are closed.