कतै दलहरु फेरि गोटी त बन्दै छैनन् ?

-निलम घिमिरे-

जनआन्दोलनपछिको संक्रमण कालको स्थिति भिन्न छ। बारम्बार खोसिएको थियो हामी जनताको सार्वभौमसत्ता। अहिले बल्ल-बल्ल फेरि हात लागेको संकेत देखिएको स्थिति छ। हजारौँ पटक गल्ति गर्दै आएका नेताबाट एउटा ठूलो आशा राखेको स्थिति हो यो। तर नेताहरु भने बाटो फराकिलो पार्दै अगाडि नबढेर सानोतिनो कुरामा अल्झिरहेको महसुस हुन थालेको छ। ठूलो-ठूलो कुरा गर्ने भनी हल्ला गर्ने तर काम भने ज्यूँका त्यूँ। हैन, यी नेताहरुको बकम्फुसे गफ दिने बानी अझै हराएको छैन कि कसो ? अस्ति सेनाको नाम परिवर्तन भने, विभिन्न सरकारी निकायको नाम परिवर्तन भने, ठीकै हो त्यो सबै। तर अचल वस्तुको भनौँ भवन र निकायको नाम त फेरेर पुग्ला तर कुनै शक्तिको नाम फेर्दैमा सबै सुध्रिने त हुँदैन नि, कि कसो ? हुने भए किन सेना शाही सेनाबाट नेपाल सेना भएपनि शाही तानाशाहीको संरक्षण गर्दे हिँडेका त !


जुनै पनि काम सैद्धान्तिक रुपमा गर्न जति सजिलो छ, वस्तुगत र व्यवहारिक हुन त्यति नै गार्‍हो छ। त्यसैले त कुनै पनि ठूलो ओहदामा रहेका व्यक्ति तथा जिम्मेवार निकाय संवेदनशील नभए देशको स्थिति यथावत रहन्छ।

त्यसो त दलहरुले पनि गर्न नचाहेको त हैन, तर पनि उनीहरुभित्र मेल हुन नसक्दा यस्तो समस्या भएको हो। उनीहरुको पुरानो बानी कुर्सी र पदमा खिचातानी कहिल्यै सकिएन। त्यसैले त समस्यामा झटारो हानी समाधान भन्दा पनि झिनामसिना कुरामा अल्झिएका छन्।

हिजो कै घोषणाको कुरा गरौँ न- नेपाल छुवाछुतमुक्त राष्ट्र रे। यसो भन्दैमा नेपालमा अब छुवाछुत मेटिन्छ ? बन्द भएर जान्छ सबै समस्या ? कि सबै समान जात भनेर व्यवहार भइहाल्छ ? यो त व्यवहारमा लागू हुनुपर्‍यो नि। त्यसका लागि फेरि एक नेताले विवाह गरेर वा कथित दलितसँग सँगै खाएर देखाउने होला संचारमाध्यममा- त्यो त समाधान हैन नि। यसका लागि चेतना फैलाए त बिस्तारै हराएर गइहाल्छ नि। पुरानो पुस्ता र युवापुस्तामै हेर्न सकिन्छ नि तुलनात्मक रुपमा केही परिवर्तनहरु। बाँकी कुरा जब कथित दलितहरु आफै सचेत हुन्छन्, शिक्षित हुन्छन्, सरसफाइमा ध्यान दिन्छन्, तब सबै बिस्तारै हराएर जान्छ, कोही बोल्नै जरुरी हुँदैन। तर अवसरको भने खाँचो टड्कारो हो चेतनाका लागि लगानीको खाँचो भने हो।

फेरि यो समय पनि यस्तो किसिमको घोषणाको थिएन। भावी योजनाका लागि बरु वार्ता कसरी सफल पार्न सकिएला, आन्दोलनका दोषीलाई कसरी कारबाही गर्ने, निरंकुश तानाशाहीलाइ कसरी साँघुरो घेरामा बाँध्ने र छिटो समस्या नै निर्मूल गर्ने भन्ने कुरामा ध्यान दिने। बरु द्वन्द्वका कारण भएका भौतिक क्षतिको अनुगमन गरी पुननिर्माणको योजना बनाउनु पर्‍यो। घरी धर्म निरपेक्ष नेपाल, घरी छुवाछुतमुक्त रे। यसपछि अब मानिस र जनावर समान भनेर भन्ने होला नि।

उता बाघ खोरबाट निस्केर आफ्नो पन्जा फैलाउने तर्खर गर्न खोज्दैछ- वार्ता नै भाँडिएला जस्तो स्थिति आइसकेको छ। यता गिरिजाबाबु पनि फेरि किन हो कुन्नी एक्लैएक्लै भारत भ्रमणको निर्णय गर्ने। उनलाई पनि मर्ने बेलामा हरियो काँक्रो भयो जस्तो छ सत्ता हात लाग्नु। काम गरेर देखाउने भन्दा पनि अन्यत्र नै ध्यान छ किन हो कुन्नि। देश एउटा समस्याबाट गुज्रिरहेको छ, उपचार अर्कोमा हुन्छ। नजान्ने डाक्टरले टाउकाको बिरामीलाई पेटको उपचार गरे जस्तो गर्दैछन् सत्ताधारी दलहरु।

मूल समस्या माओवादी बनाई ज्ञानेन्द्रले खायो देश ५ वर्षसम्म। कुनै पनि कसुर बाँकी राखेन उसले, सबैलाई खेलौना बनायो। हरेक दल, हरेक नेता उसका गोटी बने, चाल्दै गयो, यी विचरा बुद्धिको अभावमा पिल्सिएका नेता एकपछि अर्को सबै सस्ता भएपछि एकले अर्कोलाई खराब भन्न नमिल्ने अवस्थामा बल्ल हामी सच्चियौँ भन्दै माओवादीसँग १२ बुँदे सम्झौता गरे, जसपश्चात् केही समयपछि आज यो स्थितिमा पुगेका छन्। तर किन खै यति धेरै लचिलो भएर आएका माओवादीलाई स्थान दिएर अगाडि बढ्न सकेका छैनन्। वार्ता पनि विगतका दिनका वार्ता जस्तै कुनै निर्क्यौल बिना नै नतुहियोस्- सबै नेपालीको चाहना यही हो।

यसपालि पनि यसरी नै दलहरुले ढिलाइ गरे भने अविश्वासको दूरी बढ्दै जाने निश्चित छ। यसको परिणाम वार्ता तुहिने, फेरि निरंकुशताले जरागाड्ने स्थिति आउँछ। यसपटक पनि कतै दलहरु ज्ञानेन्द्र कै गोटी बन्न पुगेका त छैनन् भन्ने अड्कल काट्नेहरुको पनि कमी छैन। त्यसैले धेरै नै होसियारीका साथ नेताहरुले काम गर्नु अनि त्यसका लागि हामी सबैले आ-आफ्नो तर्फबाट खबरदारी गर्नु आजको आवस्यकता हो।

[निलम मेरो साइबर साथी हुन्। अर्थात् एमएसएनको मेसेञ्जरमा बाहेक उनलाई मैले प्रत्यक्ष भेटेको छैन अहिलेसम्म। जनआन्दोलनको बलले राजालाई घुँडा टेकाएको दिन भने हामीले पहिलो पटक मोबाइलमा कुरा गरी बधाई साटासाट गरेका थियौं। मजस्तै उनी पनि लोकतान्त्रिक गणतन्त्रका कट्टर पक्षधर हुन्। अनि राजा र मण्डलेका कट्टर विरोधी। म अझै पनि सम्झन्छु- निरंकुश शाही सत्ताले कर्फ्यु लगाएका बेला उनी भन्ने गर्थिन्- लौ न दाइ, केही गर्नुपर्‍यो। निस्कौं न सबै बाहिर। दीपक अर्यालपछि मेरो संसारमा नयाँ ब्लगरका रुपमा निलमलाई स्वागत छ। उनले ब्लग लेखनलाई नियमितता दिने वचन दिएकी छिन्]

35 Comments

  1. thanks nilam ji tapaile lekhama uthhunubhayako kuraharu jayaj chan sarkarle senako naam matr pariwartan garer kehi hunewala chaina senako karyasailima change liyaune sahas nepal sarkarle dekhaunu pardacha.from south korea

  2. नीलम जी का भाब हरु अती सान्धर्विक छन् । नेपाल र नेपालीको मुख्य समस्या भनेको माओवादी नै हो । यो समस्या लाई निर्मुल नपारे सम्म आरु कुरा गर्नु निरर्थक् छ। समस्याको समाधान् गर्छ् भनेर कोशिस् गर्ने पनि थिये। एक्लै कसैले पनि यो समस्य समाधान् गर्न सक्दैन। येस्को लागि सबै रजनितिवाला हरु घम्भिर भयेर जानु पर्छ। नेपाल यो बात स्वोतन्त्र भयो, नेपाल त्योबात स्वोतन्त्र बहयो भन्नु सबैलाइ नै धोका दिनु हो। अहिले हामी मख्ख पर्नु बेकार् छ।

  3. Neelam Jee,
    First of all congratulation to you became a good writer.As you mentioned if leaders did such type of betrayer again they have no future.अरको कुरा खोर भि को बाघ ले केहि गरदैन चिडिया खानामा राखे को जसतै हो के! तेसतै तपाहि ले भने अनुसार नै छुवाछुत पनि बदलिदो समय अनुसार आफै हराएर जानछ. ल त यसरि नै तपाहि का रचना हरु पढन पाईयोस।

    जगदिस सापकोटा, लुभेन बेलजियम

  4. Dear Umeshjee
    Why u always publish those foolish comments about Nepal and SPA leaders. I want to give one connotation if your son happens to be bad guy, what do u do? Do u throw him out of your home. The answer would be probably no. So if our leaders happens to be bad instead of throwing them out let us try to change them. Afterall they are not bad by birth. They are bad due to the situation at that time. Lets hope good from them.

  5. धेरेइ राम्रो लेख लेख्देइ जानुस् निलम जि ।गूड लक
    ॐ लाल

  6. Umesh ji,

    Aahile ko sarkar, jo India ma gayeka chhan uni haru lai upper Karnali bechna paudaina bhane ra khabar dari garnu parla jasto chha. Haina bhane Nepali haru sadhai ni ajha pani nikai rini hune chhau.

    Thanks for your news updates.
    Rupendra

  7. नीलमजी,
    नमस्कार! लेख र समिक्षा राम्रो लाग्यो। तर कतिपय कुरा जस्तै धर्म-निरपेक्षता र छुवाछुत हटाउने निर्णयहरु मलाई ठिक हो जस्तो लाग्छ, हो व्यवहारमा लागु हुन भने पक्‍कै समय लाग्छ, अनि यस्ता कुराहरु राजनितिक भन्दा पनि सामाजिक समस्या हुन जस्तो लाग्छ अर्थात नेताहरुले निर्णय गर्यो भन्दैमा परिवर्तन हुने भन्ने होइन, समयको बहाव संगै हामी शिक्षित, सचेत हुदै जांदा बिस्तारै हट्दै जाने हुन्।
    अनि राजनितिक समस्याहरु जस्तै माओवादीहरु मुल राजनितिक अभ्यासमा आउने, संविधान सभामा जाने,आदि कुराहरु छिट्टै अगाडि बढाउन पर्छ।अहिले को संक्रमणकालको स्तिथीमा प्रगतिगामी तत्वहरु सक्रियशील हुने कुरामा नेताहरु लगायत हामी सबै सचेत हुन जरुरि हुन्छ।हामीहरुले चाहिं नेताहरुलाई दबाब सिर्जना गर्नु आव्श्यक छ।आशा छ छिट्टै शान्त, सुन्दर र प्रगति-उन्मुख नेपाल उदाउने छ।

  8. नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएछ । के नेपाल पहिले चाँही छुवछुत युक्त राष्ट्र थियो? यो नेता हरुको नौटँकी देखि पनि सकिएन बा । । ।
    नेताहरुको अर्को नौटँकी – अहिले सँसदमा राजाको उत्तराधिकारी सम्बन्धि बहस् पनि चलाइ राखेका छन् । एकातिर गनतन्त्र को कुरा गर्ने अनि फेरि राजाको उत्तराधिकारि? गनतन्त्र आएपछि राजा नै हुदैन अनि राजा नभए पछि किन चाहियो राजाको उत्ताराधिकारी?

  9. Nilam/Umesh ji,

    It takes time for social transformation, it doesn’t happen in one day. We have to have patience. Everyone of use should agree that we have gotten a great achievement. Now it’s our duty to nurture that achievement for our full freedom and development. Without economic development, full democracy cannot be achieved.

    Now we should foucs our attention towards economic development along with democracy.

  10. Dear All !

    I don’t think the government should focus on one issue only. Because there are so many issues to sort out within a limited time that government has to accomodate several things side by side. We know, Nepali people have high expectations fron this people’s government. That’s the reason government need from all of us including council of ministers to give suggestions and help at the same time.

    I really don’t understand from the views of the commentators, are we supporting the present government ? What are we saying ? There are lot of controversies we can see on the comment from the same commentator. He/she appears to be supporter or against the government, he/she appears to be Mandale and democratic at the same time. Are we all clear? what are we talking about/ If we are firm about our (democrates)win let’s be firm for that and struggle. Let’s not negatively critisize our leaders. If we are critisizing what are the other options ? Please suggest in dignified manner. Please learn how to respect others. There are ways of putting things in nice.

    Thanks.

  11. निलमजी, तपाईंले उठाउँनु भएको प्रश्नहरु सबै जायज छन , तर नचाँहीने ठाउँमा बढी focussed छ कि तपाईंको बिचार? भन्ने हो भने तपाईंको मात्र होईन, नेपालको बारेमा सोच्दा मेरा बिचारहरु पनि यहाँबाट उहाँ, उहाँबाट यहाँ गरिरहन्छ, घरी एउटा कुराको बारेमा सोचिन्छ, एकै छिन पछी अर्कै बिषयमा ध्यान पुग्छ । कहिलेकाहीँ सोच्छु, के नेपालको बारेमा सोच्ने कुराको साच्चिकै कमी छ कि के हो, जहिल्यै कुरा politics मै अल्झिन्छ र नेताहरुको बारेमा भएभरको बिषयमा कुरा हुन्छ ।

    नेपालमा शायद debate गर्न लायकको बिषयहरुको कमी छ, अथवा प्रेस र अन्य media ले ति बिषयहरुमा ध्यान दिएका छैनन् । जस्तै भनुँ, तपाईंले उठाउँनु भएको धर्म निरपेक्ष र छुवाछुत मुक्ती को प्रश्न । जहाँसम्म मलाई लाग्छ, यि बिषयहरुमा निर्णय र घोषणाको जरुरी थियो र यि बिषयहरुमा निर्णय गर्न चाहिने debate हरु सबै धेरै अगाडिनै भैसकेको थियो, घोषणा मात्र पर्खेर बसेका थिए । यि बिषयहरुमा नेताहरु अल्झिए भन्न चाँही मिल्दैन जस्तो लाग्छ । तर हो, नेताहरु शायद अशक्षम भएतापनी आफ्नो weakness स्वीकार नगरी यताउताका कुराहरुमा बढी ब्यस्त देखिन्छन । मेरो विचारमा सरकारले गरेको प्रत्येक decision को बारेमा प्रश्न उठाउँनु भन्दा हामी जनताले चाहे बमोजिम देशको शान्ति र बिकास तर्फ के कति कामहरु भएका/नभएका छन्, ति प्रश्नहरुमा बढी focussed भए फाईदा हुने थियो कि?

    गिरिजा अहिले भारतमा छन्, र किन देशको प्रमुख प्रश्न लाई एकातिर फालेर आर्थिक सहयोगको लागि त्यहाँ गए भन्ने प्रश्न भन्दा अझै भारतको आशिर्वाद लिनुपर्छ भन्ने भावना किन यि नेताहरुमा मरेको छैन? ठीक छ, मानुँ भारत नेपालको big brother नै हो, तर कुनै न कुनै दिन त दाईको छायाँबाट अलग्गीएर आँफै बाँच्न सिक्नु पर्छ नि! भन्ने हो भने यो problem हाम्रो सामाजिक problem हो, नेताहरुको मात्रै होईन । बाउबाजेको सम्पत्तिको आडमा बाच्ने बानी तोडेर आफ्नै मेहेनतको कमाइमा जीउने बानी हामीले पनि बसालेमा देशको अर्थिक बिकासको गती आपसेआप बढ्नेछ ।

  12. उमेश जी यि नेताको बुद्दी कहिले पनि न आउने वो यि सबै नेता लाई इन्डिया तिर लखेत नु पर्ने वो इन्डिया को जुठो खाएर होला यिन् को बुद्दि फिर् ने वयेन।

  13. हो अन्य कुरहरुतिर नलागि अब स्मबिधान सभाको चुनाव ति र ध्यान दिनु पर्नेमा यि नेताहरुले के के गर्दैछन कुन्नी ? मलाई पनि सन्क लाग्दै छ ।

  14. निलम जी,आज पहिलो पल्ट यस ब्लग म आफु जस्तै एक महिला को तेसमाथि पनि एस्तो सटिक अनि समयनाकुल लेख पदेर साह्रै खुशी लाग्यो ।
    हुन त उमेश जी को प्रयासलाई कम आक्न मिल्दैन , तर पनि आज म यो भन्न हिच्किदाउदिन कि आजसम्म यस ब्लग मा आएका अन्ये सबै लेख मा सबै भन्दा सटिक र उप्लब्धिमुलक लेख तपाईंकै लाग्यो जस्को प्रसन्सा म अन्तरहृदय देखिनै गर्न चाहन्छु र सधै नै निर्भिक र निस्पक्ष्य भयेर समाज लाई चेताना मुलुक लेखहरु दिनु हुने छ भन्ने कामना गर्दछु।

  15. Thanks alot for both of u nelam and umesh g.
    I would like to write a poem towards these condition which i wrote this after when king announced restoration of Parliament.I doubt either this gonna be true in future or what:

    CHALCHAM KO PRAJATANTRA RAJA LAY D YA KA CHAN
    JANTA HARU LOKATANTRA KO NARA BIRSIYARA B-JAYA JULUS TIRA MASTA CHAN
    ABA PHERI GIRIJA BUDHO PM HUNAY VAYA
    CONGRESS A-MALAY MILI PHERI DESH LAIE LUTI KHANAY VAYA

    2046 ANI 2063 KO ANDOLAN GIRIJA KO PEWA HUNAY VO
    SAT DAL BATA JANATA LAIE PHERI AAK PATAK DHOKA VO

    THANKS
    ABINAV

  16. Thanks Umeshji giving a apportunity to such article.

    Nice aricle.Keep up your writing step Nilmji.

    I appreciated the comments of Mr. krishna
    Thanks a lot all of you.

    Deven
    UAE

  17. Democratic republic is in danger from Monarchial terrorist and communist republic terrorist. Just be clear which one are you with?

  18. Dear Nilam/Umesh jee

    I agree with you in most of the facts that you have mentioned in your comment. However, we can not ignore and underestimate the achievement of the andolan. Yes, the leaders are not doing what they are supposed to. They are again in the same old game of power and money (perhaps). At this point of time, looks like we need one more revolution for a new beginning. Unfortunately, the leaders are acting in the same way they used to fight for power and corruption.

    However, the declaration of secular state and untouchability are positive steps and we must accept these changes. I understand that the implemention is a challenge. But it does not mean that they are bad. You cannot compare a human being with animals (Probably, you did not mean to compare with animals, however, it would be a good idea to watch your words while you write-see your words at the end of the 5th paragraph).

    We must take these as positive steps and we must pressurize them for implementation.

    Thanks
    Basti

  19. I wonder if Nepali will ever see a full phase socio-political transformation. New transformatory laws unquestionable are on the right move, but will Nepal ever implement those laws. In 2002 women’s bill was passed, recently they passed new citizenship law allowing mothers to transfer citizenship to their children, yesterday I read Nepal is declared untouchability free country. However the big question is “how these laws can actually be implemented specifically in the context of deep rooted patriarchy and cast system on the social front and bureaucracy and favoritism on the political front. I seriously doubt what is written in the paper will come into practice. So my point is Nepal need complete transformation not only in terms of political but also in terms of socio-cultural. It should come from within each individual, which I think is very hard in Nepal. Our society deeply rooted in patriarchy and laws of Manu still can not accept a woman who seeks divorce from her husband and remarries, a woman who gives birth outside of marriage, a damai to serve water to a brahaman. Maybe we should do a test to what extent our leaders refrain themselves from manusmriti. wonder if Girija babu would drink water or eat food served by so called “untouchables”. Wonder if Sitaula would do that, or maybe check with Madhav Nepal. I am really sick and tired of this patriarchal norms and manu’s stupid laws. Wonder when we as a collective consciousness could come out of this.

  20. उमेशजी लाइ एउटा सुझाब: ब्लगर हरुको सानो फोटो पनि लेख सँग टांसे कसो होला ? अरू पत्रीका मा गरे झैँ ?

  21. ***************

    नाम अपूरो र इमेल ठेगाना फर्जी राखिएका कमेन्ट राखिने छैन।

  22. उमेश जी नमस्कार।

    सर्वप्रथम त म हजुरलाई ह्र्दयदेखि नै धन्वाद दिन चाहन्छु।
    तपाईले यो web side राखेर धेरै नेपालीलाई सहयोग पुराउनु
    भयकोमा।
    comment by krishna B.P. Qatar

  23. yesto lagchha nepal ma kunai rastabadi neta janmekai chhai. saat dal SPA (HISTORICAL CORRUPTED GANGS) euta kuheko pharse ho herda ramro chha… IT IS VERY NECESSARY. JANAANDOLAN-III against saat dal (SPA) SPA is already fail to address the minimum people voice …

    Gr Paudel
    and more from brussels
    06 june 2006

  24. तपांइ हरुलाइ के लाग्छ बार्ता सफल हुन्छ? मेरो बिचरमा १००% हुदैन यिनलाइ बाहाना चाहियको छ । हेर्दै जनुस

  25. नीलमजी एवँ उमेसजी,

    नेपालमा एउटा सम्पूर्ण क्रान्ति भएकै छैन- हेर्नूस ७ साल यताका सबै घटनाक्रमहरु । अझ ज्ञानेन्द्र र उनका मतियारहरु त देशलाई पूरा यु टर्न गराउने कोसिसमा पो थिए। राजतन्त्रको बुनियाद त पपुलारिटी हो र नेपालमा त यो मरि नै सक्यो तर हाम्रा मुलुकका यी वानर प्रवृत्तिका राजनैतिक नेताहरुले कसरी धान्लान यो लोकतन्त्र नामको तातो आलु हँ? ।
    कमसेकम रगत बगाएर हुने ठूलो परिवर्तनका विस्मयकारी परिवर्तनहरु अभूतपूर्व सामाजिक जागरण सहित आउँछन र पत्तो नपाई त्यही दर्जाका प्रभावहरु छोड्छन समाज र देशभरि । यसखाले परिवर्तनहरु हाम्रो संसारले दोस्रो विश्वयुद्धको हुण्डरी बेहोरेपछि एकपटक भोगेको थियो र अहिले संसार फेरि stagnant छ ।
    मलाई त के लाग्छ भने नेपाल त एउटा भयंकर प्रतिस्पर्धाको तीब्र दौडमा कता हो कता पछाडि लुढ्किरहेको छ , पूरा धोती ,लगौँटि र चप्पल हातमा ततेर्न हम्मे परेको पसिनाले लुथ्रुक्क परेको चस्मा नाकको डाँडिमा झुण्डिएको हिन्दी फिल्मको हास्य पटमुर्ख मुनिमजी पात्र जस्तो ।
    नेपालको राजतन्त्रको अवसानमा राजा ज्ञानेन्द्र अनि ऊनका एकमात्र पुत्रको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्छ । राजतन्त्रलाई यति विघ्न आलोचनाको तारो बनाउन उनको मण्डलीले के कसर बाँकि राख्यो ? हेर्नुस त सैनिक वर्दिमा टँटिएर कालो गगल्समा हलिवुडको भिलेनलाई माथ गर्ने गरी हजारौँ सैनिक घेरामा जबर्जस्ति मान्छेहरु जुटाएर ‘मेरा बाख्रा मरे बाउ’ भन्ने डोटिको त्यो बुढोलाई ‘अँ बुझेँ’ भन्ने आश्वासन बाँड्दै कसको मेख मार्न निस्केको ? “विनाशकाले विपरीत बुद्धि:”।
    अँह म त पार्टि र माओवादीहरुलाई हैन राजतन्त्रको अवसानको जस त जेठ १९ , असोज १८ र माघ १९ रच्ने कलाकारहरुलाई नै दिन्छु ।

  26. जबसम्म हामी आफै मानशिक् रुपमा बिकसित् हुन सक्दैनौ ,तबसम्म नियम् र कानुन् मा जे सुकै पारित् गरे पनि केहि हुनेवाला छैन। अनि अर्को कुरा जब सम्म कथित् सचेत् बर्गहरुले सामन्तबादि सम्स्कारलाइ आमूल् परिबर्तन् गर्ने धृश्तता गर्दैनन् तब सम्म बिभेद् को अन्त्य हुन सक्दैन। अब, कुरा रह्यो हाम्रा नेता हरुको, उनिहरुनै अझैपनि सामन्तबादि सम्स्कार बात बाहिर जान सकेका छैनन् भने कसरी ब्यबहारमा समता लागू हुन सक्छ।

  27. तपाईंहरुको बिचारहरुलाई साच्चिकै सम्मान गर्नुपर्छ । हामी प्रबासी नेपालीहरुले तर के गर्ने हाम्रो नेताहरुको बुद्धिमा वीरको लागेपछी । आसा गरौ छिट्टै ठीक हुन्छ होला । नीलम जि को बिचार र उमेश जी को मिहेनेत कहिल्यै खेर जाने छैन । धन्यवाद तपाईं दुईजाना लाई ।

  28. nilam ji sanga ma sahamat chhu

    uhako bichar thik chha. ani
    ahile neta haru le ali kati pani buddi purayenan bhane bholi ka din ma neta haru lai kunai thau dinu abasyek chhaina tesaile pheri pani asa garau ra khabardari garau neta haru lai ki ramro kam garna plus sthai santi kayem garna plus maobadi sanga harpal sahakarya gari agadi badhna ka lagi naki sadhai jhagadagarna .
    Nikas germany

  29. Ofcourse , She is write . The motion of new eraof new nepal has not going as people expect. peole have been more disappointed by the release of notorious 3 ministers of Gyanendra regime.
    Definitely Kamal Thapa and Tanka Dhakal will also be released soon.
    So the wonds of injuries in Janaandolan have not been propely cured yet but the symptoms of New situation is not so good for the satisfaction of people axcept some radical changes in paper.
    There fore Where is the Civic Societies Kanak Dixit , Devendra R pandey , Krishna pahadi and so on . They must come ahead , the Mandales are once again try to be active , so dismiss to Mr. pyarjung first. and declear the procees n date of Sambidhan sava election
    ,
    Chetana vaya

  30. नीलम जी , तपाईं को लेख अति नै राम्रो लाग्यो , नेता हरुको घैटो मा घाम् लागोस् , लेख को लागि धन्यवाद, आगामि दिन हरु मा पनि तपाईंका लेख पढ्न पाइयोस् । यही नै शुभ कामना ।

  31. नेपालमा अझैं पनि केही हुनेवाला छैन। खाली मेडियामा सरकारले हामीले यस्तो गर्‍यौं, उस्तो गर्‍यौं भनेर प्रचार मात्रै गर्न लगाईरहेको छ। एउटा डाइनामिक भिजन भएको लीडर जब सम्म आउदैन, तबसम्म केही हुन्न।

  32. ramro sochahi cha tapaiko neelam ji,testa ghosana haru netaharu aaphu highlight ma aauna garchan kya.Teti samma ta thikai ho tara janatako aankhama charo chahi nahaleko hos.aba makune le nepal chuwachut mukta rastra bhanera chuwachut hatla ta ,awasya pani hatdaina, tes ko lagi sabko dimak ma lageko grahan hatnu parcha.nischya pani ahile ko awasta ma sarkar chalauna aati nai garo cha,hami pani sanotino kurama naaljiyera sarkarko hausala badaunu parcha tara yesko aarta kadapi yo hoina ki sarkar le j gare pani chup lagera basne .shanti ko laagi pressure re neelam ji ko jasto sujhab haru diyiranu parcha.

Comments are closed.