अब तपाईँको पालोः शान्तिका लागि तपाईँको रोडम्याप के ?

विश्वकपको लहरमा पूरै डुबेको हुनाले राजनीतिका कुराबाट मलाई अलि ब्रेक दिनुस् है। अब राजनीतिका कुरामा रुचि भएका पाठकहरुले नै यो जिम्मा सम्हाल्नुस्। मलाई केहीले राजनीतिक ब्लगहरु लेखेर सहयोग गरिरहनुभएको छ। मैले भने यहाँ एउटा छलफलको विषय राखेको छु। लोकतन्त्रिक गणतन्त्र र शान्ति जनआन्दोलनको प्रमुख माग थियो। तर शान्ति भनेको मुखले मात्र भनेर आउने कुरा हैन। सात दल र माअ‍ोवादीबीच अविश्वास देख्न थालिएको छ। यता वार्ता किन हो ढिला भइरहेको छ उता माअ‍ोवादीले रक्तपात हुने जस्तो शान्तिको आशामा रहेका नेपालीलाई तर्साउने भाषा चेतावनीको रुपमा प्रयोग गर्न थालेका छन्। वार्ता छिटो गर्नुपर्‍यो भनेर सबैले भनिरहेका छन्। तर वार्ता किन ढिला भइरहेको छ, कसैलाई थाहा छैन। उपप्रधानमन्त्री केपी अ‍ोलीले माअ‍ोवादी आमसभाहरुमा व्यस्त भइरहेकोले नै वार्तामा ढिलाइ भइरहेको भनी आज बताउनुभएको छ। एमाले महासचिव माधवकुमार नेपालले आज केटिभीको बहस कार्यक्रममा मकवानपुरमा आउन सक्ने प्रचण्ड यहाँ किन नआउने, आएर सँगै बसेर छलफल गर्नुपर्‍यो नि भन्नुभएको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारमा माअ‍ोवादीको सहभागिता गराउन आफू तयार भएको बताउनु भएको छ। तपाईँको विचारमा शान्तिका लागि के गर्नुपर्ला ? कसरी अगाडि जानुपर्ला ? कृपया आफ्ना विचारहरु लेख्नुहोला। कृपया शान्तिलाई मूल ध्येय राखेर दल, माअ‍ोवादी, राजा कसैप्रति आग्रह-पूर्वाग्रह नराखी नागरिकका रुपमा आफ्ना विचार लेख्नुहोला।

37 Comments

  1. first maobadi ko army nisastra hunu parchha.Prachande matra hoina Badal jastaa aaru pani kendra star ko neta pani aagadi aaunu parcha ra varta ma sarik hunu parcha.Desma illigal sainik rakhda sadaran janata lai thulo aasar parchha.So brotherhood ko bhavana le barta gara safal hun chha

  2. माथी legitimacy हुनु पर्नेमा अन्यथा हुन गएको मा सच्चाइ पढ्नु होला।

  3. माथी zz ले प्रस्तुत् गर्नु भएका सुझाव हरु लाइ समर्थन गर्दै मेरा तर्फ बाट यि प्रस्ताव हरु पेश गर्न चाहान्छु :
    १- सर्बप्रथम नेपाली जनता सामु माओबादी नेत्रीत्व ले माफि माग्नु पर्छ ।
    २-तथाकथीत जन अदालतहरु तू बन्द गर्नु पर्छ ।
    ३-माओबादी जनसरकार हरु तत्काल बिघटन हुनु पर्छ ।
    ४-माओबादीहरु को हतीयार ब्यबस्थापन हुनु जरूरी छ।
    ५-हत्या-हीँसा त्यागेको माओबादी को सार्बजनीक् प्रतिबद्धता आउनु पर्छ ।
    ६-माओबादी सहीत को अन्तरिम सरकार को गठन ।
    ७-अन्तरीम् सम्बिधान को मध्यम बाट सम्बिधान सभाको निर्बाचन
    ८-सरकार र बिद्रोही दुबै तर्फ बाट अनाहक ज्यान गुमाउने हरु को परीबार लाइ आर्थीक् सहयोग तथा तेस्तै प्रकार का अन्य राहत कर्यक्रम
    लागु गरी हीनताबोध र बदला को भावना बाट मुक्त हुन मद्दत गर्ने।
    ९-सम्बिधान् सभाको स्थापना नभए सम्म बर्तमान् प्रतिनीधिसभा लाइ state lagimitacy को लागि बिघटन नगर्ने ।

    इन्द्र क्षत्री “पकवान् ”
    उपाध्यक्ष: नेपाली जनसम्पर्क समिती (नेपाली कङ्रेस्),बेल्जियम् ।

  4. ZZ को कुरामा मेरो समर्थन छ । साधारण शब्दमा भन्ने हो भने जरुरी कामहरु भनेको यी हुन ।

    १) जनतालाइ शान्ति सुरक्षाको अनुभुति गराउने । लुटपाट र जथाभावि हुने कार्यहरु नियन्त्रण गर्ने ।
    २) माओबादी पनि सरकारमा जाने ।
    ३) संबिधान सभापछि के त? यो कुरो छलफलमा ल्याउने ।

  5. Umesh ji Netahharu Bhaneka sabai gaddar hun eniharule des ko ra janta ko lagi kahilai pani bhalo gardainan einiharu des ka nasak hun eniharule raja ko achi prasad samjhera khanchhan.

  6. santee ko lagee first of all all party should agree with that there were no bhartee kandra of party ,All appointment should be postpond because this is time for only negotiation with maoist how they come in peaceful poltics.gov should pay all expenditur of maoist revels (minimis) ,then mao badi should declare their are no collection of any amount by people and ,after that their armforce should be kept undersupervision of united nation. Goverment army should go back to their barak for this period and after that we should held the election of constitution assembly , after we get new constitution then we shuld go for peopl assmbly which will form new goverment. First of all we should firm the Intirm Goverment with participation of Maoist . After that I think their is peace in Nepal

  7. नं ६ मा “नं २ को सैनिक तालिम” पो भएछ, “नं ५ को सैनिक तालिम” हो, सच्याउनु होला

    नं ७ पछि फेरि नं ६, ७, ८ भएछ, नं मिलाएर पढ्नु होला ।

  8. ओहो!!! सिर्जनशील रोडम्यापको आशामा कमेण्टहरु हेरेको त रोषम्याप (रोषै रोषहरु)मात्र पो भेटाए त ।

    भनिन्छ नि जौ छरेर गहुँ फल्दैन । यस हिसाबले माओबादीले रोपेको हिंसाको राजनीतिले शान्ति सजिलै ल्याउला भन्ने कुरोमा मलाइ पटक्कै बिश्वास छैन ।

    १) सबै सहमत हुनसक्ने खालको राजनीतिक समाधान निकाल्न गाह्रो छ, र त्यतिले मात्रै सबै कुरो होला सामान्य भएर जाला जस्तो लाग्दैन । GP जस्तै ऐनमौकामा आक्रोश प्रस्तूत गर्ने ब्यक्तिहरुलाइ शान्त पार्नु कम कठीन छैन ।

    २) हरेक हिंसाको पछाडि तथ्यगत खोजबिन गर्ने हो भने समाजमा बदमासी गरेका, सामान्य हिसाबले सँजाय दिनै पर्ने खालका ब्यक्तिहरु पटक्कै परेका छैनन । तत्कालीन सरकारले “किलो शेरा टु” होस वा अन्य, हरेक दमन योजनामा वास्तबिक दोषि भन्दा निर्दोषहरुलाइ नै बढी सताए । त्यसको जिम्मेवारी कसले कसरी लिनुपर्छ भन्ने कुरो शायद अब कहिल्यै छानबिन हुने छैन, भएपनि वास्तबिक दोषिसम्म छानबिन पुग्न सक्ने छैन ।

    ३) माओबादी प्रतिहिंसा पनि नं २ मा जस्तै निर्दोष र निमुखाहरुप्रति नै बढी लक्षित थियो । भनेजति चन्दा दिएमा जस्तै शोषक र समाजमा गन्हाएका ब्यक्ति पनि माओबादीका शुभचिन्तक बनेर अभयदान पाउने र त्यसो गर्न नसक्ने वा नमान्नेहरु “सफाया”का भागिदार बन्ने प्रक्रिया प्रति माओबादी नेतृत्त्वले “आत्मालोचना”का शब्दजाल फ्याँक्ने बाहेक अरु केहि नगर्ने स्पष्ट छ।

    — — — — — — — — — —

    शायद उमेश-कल्पित “रोडम्याप”ले यसरी बिगत कोट्याउने लक्षराखेको होओइन । जुन नगरीकनै “रोडम्याप”बारे सोच्न थाल्दा “रोषम्याप” नचाहदा नचाहदै पनि आँखा अगाडि नाच्न थाल्छ । भलै म त्यसबाट सक्दो मुक्त रहेर मेरो कल्पना लेख्दैछु । कमसेकम Nepalimacha ले भनेजस्तो e-amusement को निम्ति । किनकि उमेशले भनेजस्तो नेताहरुलाइ इमेलमा फरवार्ड मात्रै गर्दैमा तिनेरुले त्यसलाइ सिरियसलि पढे र प्रतिक्रिया दिए भने त्यो आठौ आश्चर्य हुने छ । जे होस —

    १) राजतन्त्रलाइ के गर्ने हो ठेगान लगाउने । दाह्रा नङ्ग्रा सबै झिकिसकेपछि पनि यसलाइ राख्ने कि नराख्ने भन्ने कुरोको विवाद मिलाउन अझै गाह्रो होला जस्तो छ । देशको हितको खातिर राजतन्त्र नराखे नै राम्रो, तर राजतन्त्र फ्याँक्दा हुनसक्ने संभावित क्षतिको वास्तबिक मुल्यांकन भइसकेको छैन, त्यो गर्नु जरुरि छ । कहिलेकाहि लाग्छ – राजाको सम्पत्ती र राजदरवारको भत्ता हेरेर केहि नेताहरुले -याल चुहाएका छन, र त ती कुरा अप्रसंगवश पनि निकालिरहन्छन ।

    २) संविधान सभाको चुनावपछि के त? हरेक पार्टीले देखन चाहेको संबिधान कस्तो हो त्यो बारे खुल्ला छलफल गर्ने । सबैको सर्वसहमत बुँदाहरु र संबिधान सभाद्वारा टुङ्ग्याउनु पर्ने बुँदाहरु को पहिचान गर्ने । पहिला संबिधान सभाको चुनाव होस, त्यसपछि देखा जायगा भन्ने खालको कुराहरुले समस्या चर्काउछ मात्रै ।

    ३) संसको चुनावको निमित्त हतियार ब्यबस्थापन, सुरक्षा र अनुगमनको निम्ति संरासंसित परामर्श थाल्ने र सरकारमा माओबादीलाइ सहभागि गर्ने । हालको संसदमा नै पुरानो राष्ट्रीय सभाको ६० जना पनि समायोजन गर्ने र माओबादी पार्टीको सिफारिशबाट ५० जनालाइ थप सांसद पदमा बहाल गर्ने । सबै पार्टीहरुको सहमतिमा केहि नागरीक समाजमा ब्यक्तित्त्वहरु पनि थप्न सकिन्छ । बिबाद निस्किए १० सांसदको सिफारीशमा १ नागरीकसमाजको प्रतिनिधि गरि बढिमा ३० जना थप्ने । यसो गर्दा २०५+६०+५०+३० =३४५ जनाको संयुक्त संसद बन्ने छ र यसै संसद मार्फत संबिधान सभाको स्वरुप, क्षेत्र निर्धारण, लगायतका आगामी दिनमा चाहिने कानूनहरु बनाउने र नयाँ संस आएपछि बिघठन गर्ने ।

    ४) नयाँ निर्वाचन नहुन्जेलको निमित्त पुरानो स्थानिय निकायलाइ नै पुनर्स्थापना गर्ने, तर पहिलाको ५ जना वडा सदस्यलाइ ७ जना बनाइ २ जना माओबादीको तर्फबाट नियुक्त गर्ने र सबै मिलेर गाउँस्तरसम्म बिकासको कार्य अघि बढाउने । यसो गर्दा ४००० गाविसका ३६००० वडामा करीब ७२००० माओबादी कार्यकर्ता बिकास कार्यमा प्रत्यक्ष सहभागी भै योगदान दिने अबसर सिर्जना हुनेछ र भत्काउन भन्दा बनाउन कति गाह्रो रैछ भन्ने थाहा हुनेछ ।

    ५) नेपालीसेनाको अधिकृत (मेजर) स्तर सम्मको सबै पदमा हाल बहाल रहेकाहरुलाइ एउटा छुट्टै Pool बनाइ सरुवा गर्ने, ती मध्य छिटो रिटायर हुनेबाहेकका अरुलाइ बिशेष तालीममा पठाउने । तालीममा नजानेहरुलाइ सैनिकसेवालाइ चुस्तकसरी बनाउने भन्ने अनुसन्धानमा संलग्न गराउने । केहिलाइ कामु पदभार पनि दिने ।

    ६) माओबादी सेनाको अधिकृत स्तर सम्मका पदमा रहेकालाइ पनि नं २ को सैनिक तालीममा सहभागि गराउने । र निश्चीत अवधिको तालीम पछि एक वा दुइतहमाथिको पदमा प्रतिस्पर्धा गराइ पुनर्बहालि गर्ने । प्रतिस्पर्धामा पछाडि परेकालाइ पुन तालिममै राख्ने ।

    ७) माओबादी सेनाबाट नेपाली सेनामा जानचाहने जवानहरुलाइ अन्यपार्टिको राजनीतिक बिचारहरुको पनि अध्ययन गर्न लगाउने, र जान नचाहनेलाइ निशस्त्र पारी माओबादीको राजनीति वा सामान्य जीवनयापनतिर जान दिने । सामान्य जीवनयापनतिर जानचाहनेलाइ CTEVT मार्फत प्राविधिक तालीम प्रदान गर्ने । नेपाली सेनाका जवानहरुलाइ पनि राजनीतिक रुपमा चेतनशील बनाउने ।

    ६) सबै राजनीतिक पार्टीलाइ कुनै पनि किसिमको चन्दा, लेबिहरु उठाउन पूर्ण प्रतिबन्ध लगाउने । हरेक राजनीतिक पार्टीलाइ चाहिने खर्च सरकारले दिने र हरेक बर्ष ती खर्चहरुको बिस्तृतबिबरण एउटा स्वतन्त्रआयोगलाइ बुझाउने । उक्त आयोग निर्वाचन आयोग जस्तै autonomous, powerful र सर्वस्वीकार्य हुनु जरूरी छ । उक्त आयोगका सद्स्यहरु सबै लेखापरीक्षणमा कम्तिमा स्नातक हुनु जरुरी । हरेक पार्टीले एकजना प्रतिनिधि उक्त आयोगमा पठाउने र मुख्य जिम्मेवारी संसदले नियुक्त गरेको आयुक्तको तजबीजमा हुने । यस्तो आयोगले पार्टीको गत बर्षको खर्चको मुल्यांकन गरी आगामी बर्षको निमित्त बजेटको सिफारिस गर्ने छ । तत्कालको लागि हरेक पार्टीको आ-आफ्नो बजेटलाइ आधार बनाएर किस्ताबन्दीमा महिना महिना को लागि चाहिने रकम उपलब्ध गराउने । तर यसमा माओबादीको सैनिक खर्च समाबेश हुने छैन ।

    ७) माओबादीको सैन्यखर्च सबै सरकारले ब्यहोर्ने । यसको लागि माओबादीले पारदर्शीपुर्वक सहयोग गर्नु पर्ने ।

    ८) सरकारलाइ आर्थिकरुपमा सक्षम र स्वावलम्वि बनाउन करप्रणाली चुस्त बनाउने । करको दायरा र रेट दुइवटै बढाउने । करमा हिनामिना गर्ने र करदातालाइ दुख दिने कर्मचारीलाइ गम्भीर सँजाय दिने ।

    ९) नेपाली सेना र माओबादी सेनालाइ प्रयोग गरेर भारततिरको खुल्ला सिमानालाइ अनुगमन गर्ने । निकट भबिष्यमा यो सिमानालाइ बन्द नै गर्ने । नेपाल भित्रिने र बाहिरिने ब्यक्तिहरुलाइ परिचयपत्र हुनै पर्ने ब्यबस्था लगाउने ।

    माथि अशोक कार्कीले नि केहि राम्रा कुराहरु लेखे जस्तो लाग्याछ। तर English comment र Roman Nepali comment नपढ्ने बानी लागेकोले खास कुरो के हो थाहा छैन । कसैले जाँगरलगाएर पढेको छ र राम्रो रैछ भने कपि पेष्ट गर्दा हुन्छ । र कता हो Nepalimacha ले फाँसि कसरी कसलाइ दिने भन्ने कमेण्ट लेखेको रैछ । मलाइ त्यो पनि मन पर्यो । माथि ८ नं को सँजाय पनि त्यस्तै फाँसिको हदसम्मै राख्दा नि हुन्छ । नेपाल बिग्रेको नै नेपालीको माफ गर्ने बानिले गर्दा हो । त्यसैले आइन्दा देश र समाज बिगार्नेहरुलाइ हदै दर्जाको सँजाय दिने कुरो प्रति मेरो पूर्ण समर्थन छ । २१औं शताब्दीमा दया माया गर्न नहुनी रैछ क्या !!!

  9. हे भगवान, यो खड्गे र माकुने जस्ता २-४ जना नेता अझै नेपाल मा हुने हो भने नेपाल को अस्तित्व उहिलेइ मेटिइ सकिन्थीयो कसरी हुन्छ यो बार्ता सफल बनाउनु छैन, माओवादी लाई बिच्क्यौने खाल को भाषाण पो गर्दै रहेछन ।
    माओवादी ले बार्ता टोली गठन गरी सक्दा पनि , मलाई यो मन्त्रालय र त्यो मन्त्रालय भनेर २-३ हप्ता बिताउने नकच्ररा हरु पनि लाज् नमानि बोल्दा रहिछन्।हैन ए डाँका हो, तिमी हरुलाई सत्ता मा पुर्‍याउन, कुर्सि को लुछा चुडि गर्न, जनताले छाति मा गोली थापेका हुन कि क्या हो? स् हिद हरुलाई दिने भनेको रकम कहाँ हाल्यो ?
    अब आउने दसैंमा माकुने फेरी ज्ञानेलाई पैसा रखी ढोग्न जाला नि ?
    ज्ञानेको खेताला जसरि काम नगर्, जनताले सुपरिम पावर दिएको छ, जती सक्दो चाडओ संबिधान सभाको तिथी तोकियोस् हैन, भने तिमी हरु सबै लाई जनताले शाहीद बनाउने छन । होशियार

  10. Hi Maoist do not collect tax, and do not panic people. This is a dangeriou sign, it may cause you in a difficult situation, and you may easily losss your all credibility of the contribution on Jana Andolan-II. Stop immediately collecting tax.

    Thanks,

  11. sorry phenobarbitol,

    u looks like ‘sakuni’ ko chela ‘Duryodhan’- full of ‘rish’.
    can’t u think as a ‘Karna’ though u think u r unfortunate urself.
    U v greater responsibility than others cause u r the son of politicians & living overseas so called educative & intellignt. But this attitudes tells us that u rn’t diffirent than ‘vigilante’ = ‘paras’.

    Anyway, who will gonna shoot on sight for ur benefit & well-beings that u can enjoy luxurious life without doing anythig.
    do u really v real soulutions, can u put forward the list of solutions on this forum.
    U know empty pot has a louder noise than full pot.

    Don’t make more foolish urself that i din’t write anythig against the tax collection.
    left for ur own judgement that how u can tackle the issues in real life.

  12. • स्थाई शान्तिको लागि मेरो बिचारमा यस प्रकारको रोडम्याप छ।त्यो सान्दर्भिक छ वा छैन त्यो आफ्नो ठाउँमा छ।
    सर्व प्रथम ७ दलहरु;
    तपाइँहरु कुर्सि मोह त्यागनुस। अन्य agenda हरुलाइ थाँति राखेर भए पनि वार्ताको वाताबरणलाइ पहिलो प्राथमिकता दिनुहोस। माओवादिहरुलाई वार्ताको लागि तत्काल बोलाउनुस, हालको संसद बिघटन तत्काल गरिहाल्नुस। त्यस पछि उनिहरुलाई अन्तरिम सारकारमा सामेल गराई मिलेर अघाडि बढ्नुस।
    तर होशियार ! वार्ता बिथोलिन सक्छ।
    कि, तपाईँहरु अझै संबैधानिक राजतन्त्र प्रजातन्त्रको दाउमा हुनुहुन्छ? यदि यसो हो भने नेपाल र नेपालीको आर्को दुर्भाग्य।

    अनि माओबादिहरु;
    तपाईँहरु पनि मान खोजेर नबस्नुस। बार्ताको वाताबरणको लागि तैयार हुनुहोस। गाउँ गाउँमा फोस्रो भाषण छाँटेर मात्र नहिड्नुस। किनकि ०४६ साल देखि नै नेपाली जनताहरुले भाषण मात्रै धेरै सुन्दै आएको हो।

    त्यस पछि अन्य कु-तत्वहरु;
    तपाइँहरु पनि आफ्नो mind wash गर्नुस्। सधैं सामन्ती सोच र संस्कारलाइ मात्र अँगालेर नबस्नुस। अरुहरु कहाँबाट कहाँ पुगिसके हामीचाहिँ कुवाको भ्यागुतो जस्तो जहाँको तहिँ रहिरहने? आफु आफैँ शक्तिको होडमा बदला लिने, तँछाड मछाड गरि रहने? अब नेपाल र नेपालीको हित होस भनेर सोच्नुस्। व्यक्तिगत स्वार्थमा निहित नहुनुस्। यसले कसैको भलो गर्दैन, जो हामी नेपालीहरुले भोगेकै कुरो हो। बदलाको भावना त्यागौँ मिलेर अगाडि बढौं। सबैलाई चेतना होस

  13. सरकारकै कारण वार्तामा विलम्ब भएको माओवादी दावी
    एफएन न्युज सम्वाददाता
    काठमाडौ १० जुन २००६ । सरकारले आफ्नो तर्फबाट वार्तामा ढिलाइ नभएको बताइरहेकै बेला नेकपा माओवादीका वार्ता टोलीका सदस्य दीनानाथ शर्माले सरकारकै कारण वार्तामा ढिलाइ भएको बताएका छन् ।
    आज एक टेलिभिजन च्यानलसँग कुरा गर्दै माओवादी वार्ता टोली सदस्य शर्माले भने, हाम्रो तर्फबाट हामी जतिबेला पनि तयार छौ, हामी वार्ताको होलटाइमर हो पूर्णकालीन कामको जिम्मा लिएर वार्तामा हामी आएका छौ । सरकारी पक्षबाट ढिलाइ भएको बताउँदै शर्माले सरकारी पक्षबाट जुन प्रकारको ढिलाइ भएको छ, त्यसलाई हामीले अहिलेसम्म बुझ्न सकेका छैनौ । हामीलाई लाग्छ सरकारले आफ्नो संसदको काम, मन्त्रालयको काम र आफ्ना पार्टीको काममा समेत वार्ता टोलीका मित्रहरु सक्रिय हुनुपर्ने भएको कारणले पनि यो ढिलाइ भएको हो भन्ने पनि लाग्छ ।
    आजै मात्र उपप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी पक्षका कारण वार्तामा ढिलाइ नभएको बताएको सन्दर्भमा शर्माले सरकारले समय नदिएपछि हामी फुर्सदको समयमा आफ्नो कार्यक्रमहरुमा पनि गएका छौ त्यो हाम्रो सहायक काम हो प्रधान काम हामी वार्ताका लागि भनेर राजधानी आएर बसेका छौ । हामी चौबीसै घण्टा वार्तामा कसेर एउटा निष्कर्ष निकाल्नुपर्छ र राजनीतिक एजेण्डामा प्रवेश गरेर राजनीतिक मुद्दाहरुलाई समाधान गरेर छिटोभन्दा छिटो संविधानसभाको तिथि मिति घोषणा हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौ । हामी त्यसका लागि जुनसुकै बेला जुनसुकै स्थानमा उपस्थित छौ भने ।
    त्यस्तै सरकारले माओवादीले आफ्नो माग बढाइरहेको भन्ने आरोप लगाएको सन्दर्भमा संसद भंगको माग हाम्रो नयाँ र थपिएको माग होइन, थपिएको माग हो कसैले भन्छ भने त्यो उहाँहरुको मुर्खता हो र १२ बुँदे समझदारी गर्ने बेलामा नै हामीले संसद सवालमा स्वीकार गरेका थिएनौ र त्यहाँ समझदारी भएको थियो त्यसअनुसार संविधानसभाको घोषणा गर्नका लागि मात्रै हुन्छ र सात दिनभित्रै यो संसद विघठन हुन्छ भन्ने सहमतिका आधारमा संसद भंगको माग राखेका छौ । हामीले थपेका छैनौ भन्ने दावी गरेका छन् ।
    त्यस्तै आगामी वार्ताका लागि गृहकार्य भइराखेको उल्लेख गर्दै शर्माले यहाँ अहिले औपचारिक रुपमा नबसेपनि सरकारी वार्ता टोलीसँग फुर्सद र अनुकुलताको आधारमा प्रयत्न गरिरहेको छौ । गृहकार्य भइरहेको छ। राजनीतिक मुद्दाहरुमा प्रवेश गरेर हामी एउटा निष्कर्षमा पुग्नु पर्छ भनेका छौ । चाँडै वार्ता हुन्छ भने ।

  14. My roadmap:

    Sincere negotiation between Maoist and SPA as early as possible.

    I hope it will happen as I have just now read a news that parliament is postponed on the emphasis for the discussion with Maoist. This is a good news. As Madhav Nepal has said this negotiation (discussion) should be completed within a week or two. Let SPA and Maoist concentrate on it. ALL THE BEST.

  15. Dear phenobarbitol

    It seems you are a uncontrolled epileptic patient with psychotic complications. If you are so your comment can’t be reliable. Before you comment, get you medical problems be controlled. If you really want to contol your epilepsy, you should add one more anti-epileptic: Phenyoitoin (200 mg) which you should take before you go to bed. Please take my advice otherwise you could also behave like DOG

  16. Nepal will get destroyed..coz maoist are dogs with curved tail in a cylinder which never gets straight…Just check the news in kantipuronline.com…They have intension to collect 50 millions…Why should those people pay 50 % of their salary…Dont those people have to fed thier wife n children? Its better to be a maoist coz u dont have to work…u dont have to pay double tax which is about 60% of owns salary…..Mero desh ma santi aaudaina…I am 100% sure….The only road map must be shoot at sight to maoists….

  17. Overall, Maobadis are terrorists
    who have highjacked “MAOISM”.

    If you don’t believe you can watch
    what is happening in Nepal. They ask
    govt to take action against Gyanendra
    for the death of 21 people, but they
    think that 12345 people killed by them
    is all justified. The “BANGE” should
    be hanged in KHULA MANCH.

    Thanks to ZZ, for identifying a correct
    name to call that F guy who is leader
    of the Maobadi terrorist organization,
    and does stand infront of camera straight
    , but always is BANGE. Because he is
    always scared of his image. After all
    he is CROOKED in picture, in real life,
    and in moeral and ethical issues: kills
    12345 by himself and calls others to be
    hanged.

    The BANGE or CROOKE should be hanged.
    GP

  18. What is the use of the CA?

    Maoists are collecting 50% salary of
    govt. employee in chitwan. New fatwa of
    Maoists.

    Don’t think that you will be relieved.
    Very soon they will ask you to pay it.

    Are Maoists political force? They are
    just highjacker of Maoist philosophy,
    as pointed by Chinese Embassy sometime
    ago. They are collection of chor-fataha
    dhurta-daka-killers nothing less.

    Maobadis in Nepal are not political
    force. They should be killed using army.
    Open fight is the only solution.

    GP

  19. उमेश जी,
    के सबै जनता मुर्ख – त्यो धुर्त ‘बाहुन’ – “खड्ग ओलि” मात्रै जान्ने बुझ्ने?

    के त्यसो भए “ओलि र ग्याङ्” हरु के मा ब्यस्त भएर होला?

    -‘टनकपुर -महाकाली’ सन्धि गरेको?

    -‘मदन भन्डारीको’ – हत्यारा पत्ता लगाएको नि?

    -‘३ तले घर’ त्यसै बन्यो होला हैन?
    -सायद आहिले ‘बिरेन्द्र’ को हत्यारा पत्ता लगाएको – जनतालाई प्रगति बिबरण जानकरि गराउदै ब्यस्त होला हैन?

  20. Although I have been being far from the political games and the revolutionary movement of Nepal and even from the voting rights because of personal reasons, I do understand the root of the problem and know my country very well. Illiteracy or absence of proper education is the major root problem of our country and has provided the fruitful ground for the King and politicians. The Shah dynasty has taken the benefit of it for last 237 years making themselves richer. Other political parties are claiming that they are the people’s representatives just by getting votes during so called elections. We are aware how votes are collected. Almost 80 percent of the people has no idea about their rights and responsibilities and similar proportions of leaders have no any visions or understanding of the root problem and also have no idea about the percepective and goal of the nation. This figure may be low at present situation due the feudalistic type of democracy practiced for last 15 years and because of maoist activities for last 11 years. We should give them credit for the political awareness and education raised over past few years. Now, Maoist are claming that they are controling the 70 – 80 percent area of the country – yeah rightly they might have control, but not support of people. Hardly they will be able to get 10 percent of total votes if fair and unbiased election will be conducted after the country will go in republican setup. For the civil society and Nepali people it is the right time to eliminate the King, Maoist and feudalistic leaders (In some parties, I will not wonder if the leadership will be inherited)of some parties by choosing the republican setup and conducting fair all-inclusive democartic election. So, the following steps will be appropriate for the solution of our political crisis.
    1. The prime concern should be the peace talk between the Maoist and SPA. They should resolve their disagreement based on the priciples of people’s sovereignity and independency. The present representative body should should declare an interim constitution and interim all-inclusive government. Then there is no need of present representative body and it should be dissolved or it should remain inactivated unless emergency or similar crisis occurs from any site.
    2. This government should decide regarding the reformation and reorganization of Nepali army under UN or similar organization control and decide regarding the local representative bodies.
    3. This government should divide the country in 5 autonomous regions and inside the regions, electoral area should be based on all-inclusive principle with equal representation from all ethnicity and minority based on population.
    4. After taking the decision regarding the modality of constitutional assembly election and its representativeness, fair election of CA should be conducted under the supervision of international organizations.
    5. Then this CA should decide regarding the modality of our constitution and amend it. After the amendement of new constitution, same body may act as the new representative body.

  21. Dear Umesh ji,
    This is not related with your subject sorry!
    I read all the news regarding PM’s visit to India. Every newspaper wrote we have got this much benefits from India or we’ll receive this much grant from India. No one wrote what and how much we lost for that visit (means may be we gave to India another Koshi, may be another Gandak, may be we sold electricity in very few cost). India teti lato ta chhaina hola usle kehi napaikana hamilai tetro sahayog garos. Will you please try to clear us about our lost.

  22. Plese recite the montras at the buttom. Thats all we need to know before we talk about constituion.Let me present the reality first and then the truths. I heard prachanda was serious with GP But I am serious with all the gangsters of 7.
    1-Senas are not importants in Nepal.
    2-We need to put them in the KHOR with limited area.
    3-Nepalis must be free from all Senas.
    4-Maoist Leader give up sena parichalan
    5-Maoist leader start dialouge,disscussion and intaraction as a free people
    6-7 party be clear about ceremonial democracy or presidential democracy.
    7-Start peacefull constitutional discussion, submit the for example constituion to people, we will read,recommend or protest.
    8-Once we know the face of new constitution,lets call for constitutional convention to be participated by all the intelectual, spiritual, political and religious society withoust any discrimination.
    9-No single authority, individual or party or line of political ideaology will try to take advantage of
    10-Once we discuss all the problem that our existing political power could not solve untill now, need to be presented in the new constituion.
    11-We need to dispatch that draft constitution to all the legal pannal of 14zone and 75 district to study to find out whether the constitution supports the decentralization to protect the right of minor or not
    12-Once the 75 district draft their own or approve the already drafted, need to present for final election or need to present to the parliament with the maoist involvment in the temporary government.
    13- All these are possible not from the party or it’s SENAS but from the formation of special constitutional legal unit to question every demand raised by the party and people.
    At last not the least, The nation comes first not the party or it’s principle.
    You want to make party stronger then join the maoist or other,But if you like to make the nation stronger first, then we need new constitution that will favor nobody or no institution but to the nation itself.
    Again our society is not built by Senas, It is build by the social contract of our traditional necessities.
    Talla Ghare, Mathla Ghare, Falano or Ulano etc where we all know each other.
    Society can not learn from SENA control, they need to be out right now for the free thought without any fear. Instead of Sena we need to form the intelectual sena from all party to create the new system without any political side.
    In this grand process of discussing our alternative and new constitution, we need to get out of our party greed and personal accusation but to work for the truths.
    *******************************************
    What are truths:
    *******************************************
    1-Participatory democracy
    (let normal people speak what they need from all the empty kholas and pakhas)
    2-Freedom of speech
    (let normal people raise their voice without any fear)
    3-Rule of law
    (nature of man is to revolt the man because man always wants to be superior then other but nobody is higher then the law or constitution-(king was before)
    4-Equality
    (you are just a baby-a living organ but dependent on mother and the nature. The nature and the mother goes together.Then the name enters and the second entry is the cast descrimination, now you become ether karki or sarki. The sense of equality goes not to the second entry but to the first entry that we all are born equal for the equal rights.
    ***************************************
    Now if we do not discuss these thing in our constitutional convention then we will have either the maoist or non maoist constitution.
    ********************************************
    Now our third phase will be the free thinker’s war.
    We saw the monarch.
    We saw the Royalist.
    We saw the multiparty.
    We saw the traitor.
    We saw the Maoist.
    We saw the dictator.
    We sae the people.
    The new constitution is not the total sum of above MO+RO+MU+TR+MA+DI+PE but the sum of the truths of 4
    PD+FS+RL+EQ.
    The stupid history proves that these group of 7 violated the every true nature of law because they were not guided by the universal truth of 4.
    ******************************************
    Lets make the constitution based on the truth of 4 to guide the group of 7 and finally to guide the nation-a very proud nation.
    ***************************************************
    Lets make the slogan
    We want truth of 4 PD+FS+RL+EQ
    We want truth of 4 PD+FS+RL+EQ
    We want truth of 4 PD+FS+RL+EQ
    We want truth of 4 PD+FS+RL+EQ
    When you recite this montra, will free you from the tyrany of the group of 7 from your heart and you will be one of the enlighted person like Sidhartha
    Dear Umesh ji, Please give this formula to all the party or people and be honest we like your works.

  23. its rodiculous to show finger to party. Maoist are fighter. They are just saving energy for next fight in Nepal. We are going to seelot of blood shed in NEpal. Parties are always so liberal that maoist want to have more and more demand. They are just misusing the SPA with their demand.

    MAosit doenot have though brain. They already spoithemenself in fight. They need credit goverment and their fighetr milisia in government. How much goverment can bear? Its too ridiculuous. aIts really hard fpor goverment to keep such gurillas. God save NEpal

  24. there are various things to be done but the main target is initiate the TALK with maoist WITHOUT FURTHER DELAY. more delay more confusion and more the possibilities of play.
    we all know the basic thing lacking behind both team is COMMITMENT.
    I THINK ONCE TALK BEGINS ,OTHERS MINOR ISSUES COULD BE SOLVED FROM THE TABLE WITH THE PROCESS.
    In a sense it sounds very crazy to stick with parliament.didn’t it was formed on ground of the old constitution?here we don’t want to accept the constitution we want new constitution right?so waht the big deal dissolving the parliament and form interim government including maoist???

  25. People have given man-date to govern now to Nagarik Samaj, Maoist and 7 party. Not just for the 7 party. It is unethical to have government of 7 party only, have say in all decision of their own only. It is another Fataiyn of 7 party. Please hurry up to dismantle the house, form interium government with interim sambidhan.

    Thanks,

  26. All political party,

    Don’t forget your commitment. All political parties are not great, great are people. People’s decision should be fulfilled first. Why SPA group discards to Maoist and Citizen society? It shows symbol of guided by king. According to movement we must established people’s republican Nepal.

    Jemanta

  27. Dear ALL:

    Here are the unbaised solutions for CA.

    1. Draft the Interime Sambidhan involving 7 party, Maoist and Nagarik Samaj
    2. Organize Golemale Sambelon of 7 party, Maoist, and Nagarik Samaj, and form interime government
    3. Disolve the parliament, as there are numbers of parliamentarian faces in the house who were active supporters of the king’s rule. They are not the faces people would like to see on the parliament. But discrementarory entry to the past elected parliamentarian in the parliament is not possible within this constitution. Also, the people were not happy with almost all of these parliamentarians, hence the house should be disolved. Indeed, the inner heart of the agitators were not infavour of looking these faces in the house as they also accumulated a lot of problem in the past. The progressive activities being shown in these days in the parliament ignoring the concent of the Maoist is not justfied as most of the action passed in the parliament were of the Maoist demand. These parliamentarian were scilent or ven speak up in against these demand when they were ruling the country. Hence, even if the activities in the parliament are progressive but still looks unnatural, and unethical to go without involving Maoist.
    4. Do not activate local level member, and also ask Maoist to disolve there grameen level Janasarkar for a fair and impartial CA.

    5. The CA should be the deciding factor whether people wants the ruling of the country without king or with the existance of kingship of any forms (i.e., active, ceremonial, or constitutional etc).

    Thanks,

  28. पत्रकारको नाम सवभन्‍दा वढि पैसा लिने ऋषि धमला -रिपोटँष क्‍लवको अध्‍यक्ष- कमल थापा देखी घेरै
    ब्‍यापारी-तसक्‍र संग हुन्‍डी खाने पठाई ८ कक्षा पास

  29. WOW..So intresting,It says in Nepali” MUKH MA RAM RAM BAGALI MA CHHURA”.I’m so surprize to see two name in the list.Mr.Shambhu Shrestha of DRISTI SAPTAHIK & Tirth Koirala of KTV.Thukk kukkurharu ho goo nai chatechhau.Mr.Shambhu,in the name of Comunism you run the popular newspeper called DRISTI but got bribe(Top list 50 grand)from King’s government & you Mr.koirala your KUDRISTI is always in money which given by King’s government.In front of Nepali janta both of you act like you the only one very against the Autocracy.This is real face of PIT PATRAKARITA in our beloved country..JAY DESH JAY MATRIBHOOMI..

  30. Seven party le ramro kam gareko chaina pahila santi ko lagi kam garnu paryo ani matra thik huchha . bharastachari neta lai rakhera 7 dal le k garn khojeko ho?

  31. the commitment is the most important.
    BUT

    what the maoist is doing ??

    हतियार प्रदर्शनः माओवादी निकट मधेसी मुक्ति मोर्चाका सेना शनिबार सिरहा जिल्लाको फुल्काहा कट्टी गाविसको एक कार्यक्रममा सहभागी हुँदै। सरकार-माओवादीद्वारा पारित २५ बुँदै आचारसंहितामा हतियारको खुला प्रदर्शन नगर्ने भनिए पनि दुवै पक्षले सो बुँदाको पालना गरेका छैनन्। तस्वीरः शुभक महतो/परेवा
    see Parewa.com of today for picture

    what is about the code of conduct ? does it not apply to Maoist ??

  32. Unrelated to above topic, just for your information

    प्रजातन्त्र ‘कू’ भएको दिन पत्रकारिताको पनि अवसान हुन्छ भन्ने मान्यता छ । तर नेपालमा प्रजातन्त्र कू भएपनि निरंकुश सत्ताको भजन गाएर पत्रकारिता गर्नेहरु पनि थिए । कसैले देखिने गरी निरंकुश सत्ताको भजन गाए भने कसैले भूमिगत रुपमा । नेपाल इन्फोलाइ सूचना तथा संचार मन्त्रालयबाट प्राप्त भएको एउटा विवरण यस्तो छ, जसमा कल्पनै गर्न नसकिने व्यक्तिले पनि शाही सत्ताबाट रकम बुझेका छन र भूमिगत रुपमा शाही सत्तालाइ सघाएका छन ।

    बाहिर लोकतन्त्रवादी देखिन चाहने ती पत्रकारहरुले ५० हजार रुपैयां देखि २ हजार रुपैयांसम्म शाही सत्ताबाट दसै खर्चका नाममा रकम बुझेका छन । लोकतन्त्रवादी पत्रकार निरंकुश सत्ता विरुद्ध भोकभोकै सडकमा संघर्ष गरिरहंदा रकम बुझने पत्रकारहरुको नाम तल उल्लेख छ । जसमा कान्तिपुर टेलिभिजनका सम्पादक तीर्थ कोइराला, दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ, घटना र विचारकी सम्पादक बविता बस्नेत, अन्नपूर्ण पोष्ट दैनिकका विश्वराज खनाल, बालकुमार नेपाललगायतको नाम परेको छ । यिनै व्यक्तिहरु अहिले निक्कै लोकतन्त्रवादी हुन खोजिरहेका छन । हेरौ दसैं खर्चका नाममा शाही सत्ताबाट रकम बुझने पत्रकारहरुको नाम । २०५९ सालको दसैमा कार्यकर्तालाइ रकम बाडिएको आरोपमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालगायत ६ मन्त्रीले शाही आयोगका उभिएर वयान दिनु परेको थियो, पत्रकारलाइ रकम बांडने टंक ढकाललगायतका शाही मतियारहरुलाइ कसले के कारवाही गर्ला त्यो चाहिं प्रतिक्षाकै विषय बनेको छ ।

    संचार परिचालन शिर्षकमा दसैमा रकम लिने ८२ जनाको नाम र रकम यस प्रकार छ ।

  33. तुरुन्त वार्ता गरी सर्व पक्षिय सातदल नागरिक समाज तथा माओवादि सहितको अन्तरिम सरकार गरि सम्बिधान सभातर्फ लाग्नु पर्दछ । यस विचमा सयुक्तं राष्ट्र सघं को निगरानिमा दुवै तर्फका सेना र हतियार को सुपरिवेक्षण गर्नु पर्दछ तथा माओवादि सेना र हतियार व्यवस्थापनमा लाग्नु पर्दछ ।

  34. यो छलफल अगाडि बढाउनु अघि उमेशजीले २-३टा कुरा गर्नु जरुरी छ ।
    १) यसै ब्लगमा शान्तिको रोडम्याप प्रस्तूत गरी लेखिएका पुराना कमेण्टहरुबाट बुँदाहरु टिपोट गरेर बहसको निम्ति प्रस्तूत गर्ने ।
    २) यहाँ ब्यक्त बिचारलाइ प्रचण्ड, गिरिजा, माधब नेपाल लगायतका बरिष्ठ नेताहरु र नागरीक समाजका ब्यक्तिहरुसामु प्रस्तूत गरी तिनिहरुको प्रतिक्रिया यसै कमेण्टमा प्रस्तूत गर्ने । नत्र यो काम बिदेशी पैसा खाएर मात्तिएका औलाहरुले की-बोर्डमाथि गरेका नग्न-नृत्य भन्दा बढी हुनेछैन । भनौ एककिसिमको Unproductive e-amusement.
    ३) यो ब्लग २-४ दिनमा तल तल पर्दै असान्दर्भिक हुने समस्याबाट छुटकारा पाउने उपाय निकाल्ने ।
    ****************
    धेरै धन्यवाद गहकिलो सुझावका लागि,
    तपाईँको सुझाव अनुसार कमेन्टमा आएका गहकिला विचारहरुलाई समेटर पुनः ब्लग लेख्ने प्रयास हुनेछ। जहाँसम्म प्रचण्ड र प्रधानमन्त्रीलाई यहाँ व्यक्त विचार पठाउने कुरा छ, त्यो संभव देखिन्न। माअ‍ोवादीले प्रेस वक्तव्य पठाउने गरेको इमेल र प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको कार्यालयको इमेलमा जानकारीसम्म पठाउन सकिन्छ। अरु पार्टी र नेताहरु अनि नागरिक समाजका अगुवाहरुलाई पनि इमेलमा जानकारी पठाउन सकिन्छ। गहकिला विचार आउने क्रम जारी रहेमा तल पर्दै गए पनि यो पोस्टलाई फेरि माथि तान्न पनि कुनै गार्‍हो छैन, त्यो पनि गरौंला। मुख्यतः हल्का विचार आउनु भएन, गहन विश्लेषणसहितका विचार आउनु पर्‍यो- मेरो संसार

  35. आन्दोलनअगाडि माअ‍ोवादीको रोडम्याप थियो-

    गोलमेच सम्मेलन
    अन्तरिम सरकार
    अन्तरिम विधान
    संविधान सभा

    अनि सात दलको थियो-
    संसद पुनर्स्थापना
    माअ‍ोवादीसित वार्ता
    अन्तरिम सरकार
    संविधान सभा

    संसद त पुनर्स्थापना भयो अब उनीहरुको नयाँ रोडम्याप के भन्ने प्रष्ट भएको छैन। जबसम्म उनीहरु आफैमा प्रष्ट हुन्नन्। देशको समस्या समाधान हुन्न। सबैभन्दा पहिला वार्ता हुनुपर्‍यो। प्रचण्डसहित सातै दलका शीर्ष नेताहरुबीच वार्ता हुनुपर्‍यो। अनि राजाबाहेकका सबै पक्षसम्मिलित सम्मेलन हुनुपर्‍यो। अनि त्यसैले निर्०य गरेर शान्तितर्फ अगाडि बढ्नु पर्‍यो।

  36. hello,
    Thankis for your concentration in this serious issue. ab kehi na kehi kehi garer problem solve hudain, Nepal lai “zero based” formula lagayer laanu pachh that measn new stateko janm huda garnu parne suruwat garyo bhane desh sudhriyo na bahye yo khicha taani ma kehi hudain, maoist ko bhasa dhamki pani uniharu raktpaat garn ramayeko thiyo jasto chha yata raajnitik dal ko bhasa pani dwand ra khichatani ma ramaye jasto chha, tesali desh ko harek chij turunt zero bat start garer peace hunchah na bhaye hudain. hamro desh am chalaun lai pani economics ko zero based theory nai use garnu parchha. thanks

Comments are closed.