राजनीतिक अन्यौल: स्मरण २०४६ र विकासक्रम- १

-कृष्ण पौडेल-

नेपाली राजनीतिका पछिल्ला दुईवटा जनआन्दोलनहरु सञ्चालक राजनैतिक दलहरुले र तिनका नेताहरुले अपेक्षा गरे भन्दा बढी उत्पादक निस्केका हुन्।

२०४६ सालमा जब नेपाली काँग्रेस र वाममोर्चाले संयुक्त जनआन्दोलनलाई अगाडि बढाउने र बहुदल स्थापना गर्ने उद्देश्यले कम्मर कसेर गणेशमान सिंहको चाक्सीबारी निवासमा चन्द्रशेखर लगायतका भारतीय नेताहरुको उपस्थितिमा सोको प्रक्षेपण गरे, तिनीहरुको अधिकतम आशा थियो पञ्चायती व्यवस्थालाई नै अलि फराकिलो पारेर एउटा राजनीतिक पार्टीका उम्मेदवारहरुले सबै ७५ जिल्लामा राष्ट्रिय पञ्चायतको चुनाव लड्दा साझा चुनाव चिन्हमा लड्न पाउनेसम्मको कन्सेसन राजाबाट प्राप्त गर्ने।

अर्को अर्थमा राजा महेन्द्रको अकण्टक पञ्चायती शासनलाई आन्दोलनको दवाबले बहुदलीय पञ्चायती व्यवस्थाका रुपमा सदुपयोगयोग्यसम्म पार्ने तत्कालको रणनीतिले ४६ को जनआन्दोलनको उठान भएको थियो । यसो हुनुको मुख्य कारण थियो- पार्टीहरुको आफ्नै क्षमताप्रतिको अविश्वास अथवा उनीहरुले आफ्नो राजनीतिमा त्यति दम हुनसक्ने कुराको आंकलन गर्न नसक्नु कि जनता स्वस्फूर्त रुपमा सरिक भइदिएर पञ्चायतको अवसान त्यति निकट ल्याइदिन सक्नेछन् ।

त्यतिबेलासम्म प्रतिबन्धित रहेका पार्टीहरुलाई के आशा मनमा रहिरहेको थियो भने राजा वीरेन्द्र अपेक्षाकृत उदार छन् र राजनीतिको मूलप्रवाहमा दलहरुलाई ल्याउन चाहन्छन् तर त्यस कुरामा निश्चित पञ्चहरु मात्र बाधक छन् । ती बाधक महापञ्चहरु मध्येका तुलसी गिरी अलि पाखा लागेका र ३६ सालमा पञ्चायतलाई जिताउन राष्ट्रीय सम्पदा र ढुकुठीको सकेसम्म दुरुपयोग गरेका सुर्यबहादुर थापालाई दरवार भित्रको बलियो लबीले दुधको झिँगा झैँ बाहिर फालिसकेको हुँदा , ४६ सालतिर दोस्रो पुस्ताका सिकारु पञ्चहरु कसरी पञ्चायतलाई अझ निरंकूस पार्न सकिन्छ भन्ने ध्याउन्नमा त थिए तर पुराना पञ्चहरुको तिकडम उनीहरुले आत्मसात गर्न भ्याइ नसक्दै ४६ सालको जनआन्दोलन शुरु गरियो। पार्टिहरको बुझाइ पनि त्यही थियो कि यी नया पुस्ताका जमजमाउँदा पञ्चहरु जस्मा लोकेन्द्र बहादुर ,नवराज सुवेदी ,मरिचमान, प्रकाशचन्द्र, पशुपति ,कमल थापा मुख्य थिए , यिनीहरु राजाको पूर्ण विश्वास प्राप्त गर्ने खालका बन्न नभ्याउँदै ,पञ्चायतलाई दवाब दिन सकियो भने दलहरु पनि एक किसिमको बहुदलीय संस्कार बोकेको पञ्चायती व्यवस्थामा अटाउने स्थिति पैदा हुनेछ । यस कार्यको रिहर्सल ने का र त्यति बेलाको माले कम्युनिष्टले प्रजातन्त्रवादी र जनपक्षीय विशेषण बोकेका उमेदवार राष्ट्रिय पञ्चायतमा उठाएर र केहीलाई जिताई पठाएर गरिसकेका थिए ;जस्तै पद्मरत्न,जागृत भेटवाल, र नगरपालिकामा हरिबोल भट्टराई ।

जब जनआन्दोलन २०४६ शुरु भयो र विस्तारै यसले गति लियो , कट्टर , अनुभवमा काँचा र बुढा भए पनि अनुभवले दोस्रो पुस्ताका पञ्चहरुले आफ्नो रणनीतिलाई सफल बनाउने भन्दा उग्ररुपमा दलहरुलाई गाली गर्न र तिनीहरले केही लछार्न सक्दैनन् भन्न मात्र आफ्नो सामर्थ्य खर्च गरे। जतासुकै राजाको जयजयकार गर्ने र मान्छेको फर्जि भीड जुटाएर एकआपसमा ढाडस बाँड्न लागेका पञ्चहरुलाई हायलकायल पार्ने काम त त्यतिबेला भारतसंगको व्यापार तथा पारवहन सन्धिको म्याद सकिएर सिर्जना गरिएको भारतको एकतर्फी नाकाबन्दीले गर्‍यो । चैतको गर्मीमा आन्दोलनको राप, ताप र चाप जब बढ्न थाल्यो, पार्टीका नेताहरुले महशूस गर्न थाले अब केही परिवर्तन हुन सक्छ। जब ४६ साल चैतको २० काट्यो पञ्चायत र दरवार कमजोड देखियो र सम्झौताका तानावाना बुन्न थाल्यो। पक्कै पनि यो आन्दोलन त्यतिबेला दरवार र पञ्चायतका नेताहरुसंग धेरै कम कुराको प्राप्तिमा नै सम्झौता गरेर टुङ्गिसकेको हुन्थ्यो यदि चैत २४ गतेका घटनाहरु काठमाण्डौमा नघटेका भए । तर २४ गते दरवारतिर उनमूख जुलुस, जसको नेतृत्व स्वतस्फूर्त थियो, भयावह शैलिमा अगाडि बढ्यो, धेरै कम कुराको प्राप्तिलाई नै उपलब्धि मान्न र सम्झौता गर्न बसेका आन्दोलनकारी नेताहरुलाई पुरानो सत्तासंग केही बढी माग्न वा बार्गेन गर्न बाध्य बनायो । तर अर्कोतिर यसले क्रान्तिकारी र अप्रत्यासित परिवर्तन नचाहने वा त्यो खालको परिवर्तनको अपेक्षा नै नगरेका आन्दोलनकारीहरुलाई , यो आन्दोलन अर्कै शक्तिले हाइज्याक गर्ने हो कि भन्ने डरले तुरुन्त सम्झौतामा पुग्न अनि परिस्थितिलाई सामान्य र शान्त बनाउन लाग्नतिर सोच्न घचेट्यो ।

सम्झौता भयो ,धेरै आन्दोलनकारी घटकहरुले हर्ष मनाए तर त्यतिबेलाको माले (पछि मार्क्सवादीको विलयले एमाले भएको) ले केही कुरामा असन्तोष मानेर अकमकाए झैँ गरी दोधारे कुरा गर्दै सत्तामा दावेदारी दियो र रह्यो पनि । तत्कालीन झापा आन्दोलनको तातोपन बोकेको यही पार्टी नै त्यतिबेलाको सबैभन्दा क्रान्तिकारी थियो त्यसैले अरु झिनामसिना तर एकदमै क्रान्तिकारिताका कुरा गर्ने कम्युनिष्ट पार्टीहरु यदाकदा त्यो सम्झौता धोका हो भन्दै जुलुस र आमसभामा देखा परे पनि त्यो असन्तोषको स्वर त्यति ठूलो रुपमा सुनिएन ।

यो स्मरणको तात्पर्य इतिहास कसरी एउटा वृत्त पूरा गर्छ भन्नका लागि मात्र हो । २०४६ सालको जनआन्दोलन सुरुमा एउटा परीक्षण थियो र विविध परिस्थितहरु कारक बन्दै जाँदा त्यसले ठूलो परिवर्तन ल्याउन सक्ने आकार ग्रहण गर्‍यो । कसैले त्यो परिवर्तनलाई कल्पनै नगरिएको अप्रत्यासित उपलब्धिको ठाने त कसैले अझ धेरै लिन सकिन्थ्यो तर लोभी र पापीहरुले बिगारे भन्ठाने । असन्तोष आफ्ना ठाउँमा ठीक होला तर , जब हामी आशा नै नगरेको कुरा प्राप्त गर्छौँ त्यसपछि हर्षले कामकुरामा ध्यान पुर्याउने मौका नै हामीसंग हुँदैन । आन्दोलनकारी शक्तिसंग परिवर्तित सन्दर्भमा कसरी जनआकांक्षालाई संबोधन गर्दै देसलाई नया दिशा दिन सकिन्छ भन्ने कुनै सोच र योजना नै थिएन । बहुदल आयो , सामजिक न्याय र पञ्चायतले थाति राखेका , जनताले खोजेका अनि मुलुकले चाहेका कुराको कतै फेहरिस्त थिएन । त्यतिबेला केवल आन्दोलन थियो र आन्दोलन सफल भइहाल्ला र भन्ने धूमील अपेक्षा थियो र परिवर्तनले ल्याउने नयापनको कुनै खाका थिएन । केवल सोचाइ थियो पञ्चायतले धेरै धन कुम्लाएको छ र यो भ्रष्टाचारलाई रोकेपछि देश विकास भइहाल्छ । तर आन्दोलने परिवर्तनपछिका उत्तराधिकारीहरु पञ्चायतको शैलिलाई सिको मात्र हैन माथ गर्दै कता जाने हुने त्यसकालागि मार्गचित्र दिएन। त्यसैले यो तदर्थवाद र अकर्मण्यताले एउटा माओवादी नामको हिंस्रक विद्रोह र अर्को जनआन्दोलनलाई मात्र जन्मायो ।

लाग्छ भर्खरै समाप्त आन्दोलपनि त्यही आन्दोलन भाग १ को वर्णशंकर नै हो । पृथक पृथक राजनीतिक अभीष्ट प्राप्तिको बाटोमा हिँडेका शक्तिहरुको समागमबाट आन्दोलन भाग २ त सम्पन्न भयो , तर निकासको कुनबाटो यसले पहिल्याउने हो अथवा राजनैतिक र देशीय जटिलताको गाँठो फुकाउनै नसकिने गरी हरु जेलिन पुग्ने हो भन्न गार्हो छ ।

अनि वर्तमान :

जेठ १९ को ह्रदयविदारक र अकल्पनीय दरवार हत्याकाण्डले राजा विरेन्द्रको वँश विनासलाई जब नेपाली राजनीतिको पनि जबर्जस्त र अपरिहार्य हिस्साको रुपमा थपिदियो अनि दरवार भित्रको अनुदारवादी समूह र ४६ को आन्दोलनले पाखा लगाएका, आफ्ना पूर्ववत सुविधा र विशेषाधिकार खोसिएका कारण रिसले मुर्मुरिहेका राणाहरु एवँ शाह भारदारहरुका लागि भरोसा लाग्दो मीयो बनेर राजाको रुपमा सत्तासीन हुनपुगे वर्तमान राजा ज्ञानेन्द्र। ४६ सालको संविधान घोषणा हुने बेला राजा विरेन्द्रलाई सो संविधान जारि गर्नबाट रोक्न खोजेका र त्यसो नभएपछि सो कुराको विरोध गर्न धम्क्याउँदै विदेशिएका व्यापारी भाइ जो कुन्नि कसको योजनाले राजा बन्न आइपुगेका थिए , धेरै पुरानो शासन शैलितर्फ प्रतिगमन चाहने हरुकालागि भरोसालाग्दा उद्दारक थिए । यो संयोग हो कि के हो कुन्नि राजा विरेन्द्र जिउँदै भएकै बेला महेन्द्र प्रकृति संरक्षण कोषको संरक्षकका नाताले त्यतिबेलाका अधिराज ज्ञानेन्द्रले नेपाल टेलिभिजमार्फत एउटा अन्तर्वार्ता पस्केका थिए र त्यो घट्नाको चर्चा एक वर्ष पुग्न नपाउँदै ज्ञानेन्द्र “देख्न र सुन्न चाहने” विशेष भूमिका खोज्ने राजाको रुपमा देशमा स्थापित भएर आइसकेका थिए।

सायद राजा ज्ञानेन्द्रको आकांक्षा पञ्चायतका ती सुनौला दिनहरु तर्फ साह्रै आकर्षित थियो होला जति बेला राजाहरुलाई ठूला व्यापारीहरु मौका हेरी असर्फी र नजराना टक्र्याउँथे , देशका सम्पूर्ण विकास आयोजनाहरुको निर्णय र कमिसनको तय पनि भित्रबाटै निर्देसन वक्स भएर आउँदथ्यो । पेसाले नै व्यापारी रहेका , प्राकृतिक र ऐतिहासिक सम्पदामा विशेष दखल (!) र रुचि (!) राख्ने एवँ बजार हल्ला अनुसार अलि सम्पत्तिका मामलामा लोभी र महत्वाकांक्षी भनी गलत चर्चा कमाएका राजा ज्ञानेन्द्र सत्तासीन हुनु , आफ्नो कार्यशैलिले गर्दा जनताले दुत्कार्दै रहेका र असक्षम बन्न पुगिसकेका राजनैतिक पार्टिहरुका लागि खतराको संकेत बन्न पुग्यो भने , त्यही कुरा अनुदारवादी दरवारीया हरुलाई फलिफाप बन्ने अवसर। यतिबेला सम्म नेपालमा माओवादी हिंसाको रुप ठूलो रुपमा विकास भैसकेको थियो र संसारमै सबैभन्दा ळाभ र कमिसनको ( हतियार व्यापारको अन्तर्राष्ट्रिय सञ्जालमा ५० देखि ६०% सम्म कमिसन प्राप्त हुने विश्वास गरिन्छ) खेलो हुने हतियार व्यापारको बजार नेपाल भित्रै निकै फस्टाइसकेको थियो । दरवारवादी कै हालिमुहाली र वर्चस्वमा बाँचेको शाही नेपाली सेना अनि राणा र शाह जर्नेल कर्णेल र ब्रिगेडियरहरुको सम्पर्कमा रहेको हतियार व्यापारीको नेटवर्क, धन जम्मा गर्न सकिने यो सुनौलो परिवेशको लोभलाग्दो संसार सबै कुराले राजा ज्ञानेन्द्रलाई , अलि हतारमा नै निरंकुश र अकंटक राजा बन्ने रुपमा हौसायो।

तर यी सब कुरामा हतारिएर राजा ज्ञानेन्द्रले स्वयंमा आफू, आफ्ना उत्तराधिकारी र राजत्न्त्रलाई नै नेपालको इतिहासमा सबैभन्दा अलोकप्रिय मोडमा ल्याई असामयिक अवसानको विन्दुमा धकेले।

12 Comments

  1. umesh jee,
    please please please ,can u post the article which is relevalnt to the present situation. sorry to say but not worthwhile to read this kind of article.

  2. The article is good and organised but it seems a little bit biased and represent the analysis of the scenario from the people with feudalistic mindset remainings. I agree that the analysis represent the views of most of the Nepali because our society is feudalistic one. If we observe and analyze the history of political leaders in particular village or area, whichever party they are representing, we see most of them are from the family of former “Mukhiya”, “Jimmal”, landlords or influential family who are rulling for long time. In a democratic society, the views and visions of leaders should be ahead of general public and they should lead them. After the “revolution?” of 2007 B S, most of the higher and a few middle class people grdaually started to get access to education and the teachers in villages became the source of political awareness and knowledge and by the begining of seventh – eighth decade of ninteenth century these newly educated and politically aware people started to raise awareness in society. Few historians claim that when the graduate students of various colleges were sent to villages to work as a “Ra Bi Se” (That was a policy at that time and these students should have to work, mostly by teaching in schools, in villages for certain periods). With the establishment of new schools in villages, the teachers also became the major source of political awareness and became able to creat a group of people who became threats to old leaders. This was the cause for the revolutionary activities of 2036. In a democratic society the views and visions of leaders should be ahead of general public and they should lead them. But in case of Nepal, it seems that general public are far ahead of leaders in vision and understanding. It is unfortunate to Nepal that our leaders are from the last bench because the toppers prefer to become doctors, engineers or professionals and average students seek for administartive or similar jobs in general. (That may not be always true and some unsuccessful professionals may opt for politics). In 2046, the leaders were unable to understand the core demand of the revolution and were unable to safeguard the sovereignity of people and there become a need of second revolution in 10 years. There is extreme lack of professional leaders in our society and this situation is likely to persist for some years more till our literacy rate becomes sufficiently high to attract visionary profesionals to lead the nation. This time also, most of the leaders have underestimated the civil society`s desire for the republican setup. Few leaders with feudalistic remainings are still against the republican setup because, it seems, they are aware of the end of their political career in republican setup. Lets eliminate our parasitic mentality and be united to rule ourselves for our wellbeings and prosperity. Lets be optimistic, we can do it and build a society with equality and freedom. There will be no one above or under us and we all will be the sovereign citizen of the Commonwealth of Nepal.

  3. HI,
    BELA na KUBELA KO History. “KAM PAINA BUHARI PADA KO NAITO KANYA” BHANNE NEPAL UKHAN. Current crisis and its solutions are imminent issues in Nepali politics.
    I thinks its no more than misuse of this site.

  4. Can you introduce Krishna Poudel? Is it possible to let us know who is he and what he does to live. His analysis about out come of 2046 Jana Andolan is absolutely incorrect. Prties were never in thought of compromise wihin the panchayat system though his article is analytical on rest of the issues.

  5. I think people already forget that in 2046 aandolan in which more people die ,Birendra doesnot give the multyparty democracy,he is also want his autocracy but he has no alternative at that time where he will compromise with India or with people movement so he compromise with people,Now Gyanndra want to compromise with India but Indian goverment change BJP is not there so he was invite by India so he give up his power because he has no other alternative.we donot forgive these king because all of they are same.Birendr Mahendra,Trivuwan or this Gyanandra

  6. हैन हो उमेश जी मेरोसंसार कतै खेल संसार त बन्ने हैन भन्ने कत्रो डर तर हैन रेछ क्या जय होस्
    अविरलयात्री
    के.यस.ए.

  7. One king comes out of many but how?
    Not by awerness of democracy
    Not by compassion towards people
    Not by general ambition to rule the country but
    they pop up who can defends it’s legacy better by murder,violance and corruption. It’s legacy was the small looting and attacking the neighbour king to the mass looting to be strong killer and prosperious king from looted property.
    BAISE AND CHAUBISE were surrendered to the SAHA by the same technique was fearfull and stronger then the surrendered.
    Our murderous king followed the same technique casue the maoist and the 7 partis are like BAISE AND CHAUBISE TO HIM.
    Gyanendra was the new era but his start followed the same tradition. People did notlike it and that also means people don’t like the 1990 constitution as well.
    *********************
    2046 movement was not for the democracy but to restore the BP government. it brought multiparty
    2063 movement was not for the democracy either but to restore the hijacked government. it brought little awerness that they should have done in 2046 but again this government is trying to protect the king.
    **********************
    No leader has the right vision.
    All the party are linked to the 19th century ideaology of leftist and rightist. Our country has become the trash pot that contains all type of garbage
    monarcy,ranaism,raniism,brahanism, communism, marxism, lenninism,stalinism, hitlerism, thapaism,pandeism indiaism,chinaism,maioism and now naxalitism.
    The garbage, disgusting enough, people still want to smell it.
    Do not ever support this ism agian?
    Try to be free thinker.King and maoist leader need to be arrested righ now.
    Only we will invite the international community to moniter our constitutional process.
    Democratic republic is the need of time that is possible only from the new constitution based on the 4 truths i have mentioned in previous blog.http://www.mysansar.com/?p=502#comments
    Thank you for your time.

  8. राम्रो, अती राम्रो
    हो, उखानै छ – भाइ फुटे गबार् लुटे।
    -अन्तरिम् सरकार् बन्ने, राम्रो बिकल्प पछि मात्रै संसद बिघटन गर्ने अनि माओबादी मीलाएर अन्तरिम् सरकार ब्न्ने (बाडि चुडि खान को लागि कि? )
    सबै नेपलि जनतालाई सम्लङन् गराएर देश् बनाउन को लागि।

    हो, यो कुरा रात दिन बुद्दिजिबि बर्ग र सामन्य जनता बाट अनुरोध् गरिरहदा सुन्ने कान् नलगाउने मन्त्रीहरु र नेता महमानब् हरु कसरि बिस्वास गर्ने कि तपाईहरु पुरानै बाह्र बर्से गल्ति बोध बाट अझै पनिटाढा हुन सकिरहनुभएको छैन भनेर।
    किन ‘गिरिजा बाबु’ भारत् बाट फर्किए पछि मात्रै राता रात हतार् हतार् मा समस्या समाधान् गर्नु पर्छ भनेर कुर आइ रहेको छ – हरेक मन्त्री र माधव नेपाल जस्ता बाट – जनतालाई पङ्गु बनाउन को लागि होइन भनेर कसरि बिश्वस् गर्ने??
    जब कि, हत्यारा हरु प्रति यांहा हरु को आसिम् माया ममता देख्दा त लाग्छ- यहा हरुकै -अगि पछि हिडिरहने कुटुम्ब हरुजस्तो।

  9. have you read this?

    Maoists to ‘tax’ Chitwan Rs 50m (by july 15, 2006) published in kantipuronline.
    माओवादीले चितवनमा ५ करोड चन्दा उठाउने

    I dont know where this country is heading. MAOIST have started showing their color. We thought after such huge demonstration, they have come to negotiation point and will stop any further mischiefs BUT NOW this is SLAP on our face.

    As soon as GP returns from India with economic pacakge, MAOIST GREED begins. I dont see any sign of FUTURE peace talks now. Now these morons will intensify their actions (Dacoits, robbery, murder, blast will soon follow in coming days). They will abruptly void the talks and start their barbasim. AND INTRESTINGLY will claim it was DONE BY INTERNATIONAL FORCES (As this MF Prachanda always says).

    Have you even realised why the HELL will any BIG COUNTRY like USA/India have SO MUCH INTREST ON SPOLING world’s 20th FAILED POOR STATE.

    # Do we have Oil Sources ?
    # Coal mines ?
    # Big Nulclear Reaserch Center ?
    # Gold, Daimond mines ?
    # Biggest consumer market (= high income/month) ?

    Its compelte NO. Then why would these DEVELOPED countries (Yes, India have also been declared as DEVELOPED country by now) waste time on playing conspiracies in Nepal. Dont they ahve feed their people, plan for their country, work for their own welfare. HAVE we hired them to think about our country?

    Dont just run after these PRACHANDA Bullshits big talks. There is saying in nepali which exactly fits nepali people.

    ‘Kaag le kaan logyo bhandai ma kaag ko paachadi daudanee’

    Instead we are 60 – 70% dependent upon India from daily supplies to big financial crisis like now.
    So why would India do the harm. If we go in wreck then they would have to come up first to help, just to save their DEVELOPED COUNTRY FRIENSHIP RELATION in front whole world.

    No, I am not even BIG Dhoti fan, but try to think radically once before taking potshots upon your neighbour who is FEEDING you. DONT just vomit words because of the jealousy/racism.

    And look, how pitiful situation we are in once we lost monarchy. NO i (was and stil am) not big Mr. KG fan. But realise yourself. As soon as POWER gets transffered what happens !

    # Politcians does drama, instead of concentrating on major problems, starts PASSING inurgent policies.

    # Maoists starts demanding 50% Tax in Chitwan. Now look here. WHO WILL STOP THAT?
    There is no more (R)NA left. No army will be moved against such problem. Police are today better known as theives themselves. So you dont have protection from the ARMY & POLICE. So what do you ?

    Do you think, there will be any kind of PROTEST AGAINST MAOIST SUCH DECISION as we did to remove Monarchy?

    – BIG NO !!!… dude its Nepal. If Chitwan is taxed why the hell will KTM people care, just be busy and have fun watching World Cup. Who cares !

    – Second reason, previous fight was against Monarchy, So people got down. Know the problem have come to SMALL GROUP of people and AGAINST ‘jugali jantooo’.
    Before, people were sure if RNA used arms, it could be controleld from somewhere, know YOU ARE SURE its not controlled. Moaist would easily WASTE bullets to get their TAX.

    – Maoist TAXES 50% of our salary, then government tax 10%. So we will be getting just 40%. REst 60% of our hard-work earnings will go to FEED the looters.

    Now how do you think, this country will survive from FAMINE ?

  10. poudel jee dherai ramro kura paskanu va ko chaa. yo auta esto bastabikata ho jasbata kasaile pani mukh modna mildaina. 2046 sal pachhi jasari ghatna kram haru chale ahile pani tesaiko purwa abhas vai rahecha teslai rokna ko lagi uwa sakti jagne bela vai sakeko chh.

  11. Very good analysis. But I would like to emhasize here that molitical leaders did not have any experience to run the country in 1990 and even Ganeshman said at that time that politicians had a “lottery”.

    The author has failed to analyse about “the failures of leaders to safeguard and consolidate the achievements of 1990 for the benefit of the people”. They were invovled in massive corruption and party fighting both internally and externally for grabbing the post of PM and power.They lost suuport and respect of the people that’s why that opportune moment was used by both the extreme forces i.e. King and Maoists.

Comments are closed.