साइनबोर्डमा देखिएको परिवर्तन


माथिको फोटो सिंहदरबारअगाडिको महान्यायाधिवक्ता कार्यालयको हो। त्यहाँ राखिएको साइनबोर्डमा पहिले नेपाल अधिराज्यका महान्यायाधिवक्ताको कार्यालय लेखिएको हुन्थ्यो। अंग्रेजीमा पनि Office of the Attorney General of Kingdom of Nepal लेखिएको हुन्थ्यो। तर प्रतिनिधि सभाको ऐतिहासिक घोषणापछि साइनबोर्डहरुमा श्री ५ को सरकार हटाउने अभियान सुरु भयो।

त्यसैले यो बोर्डमा रेको अधिराज्य शब्द पनि हटाइयो। अधिराज्य त हट्यो,तर नेपाल अहिले कस्तो देश त ? न यहाँ गणतन्त्र छ,न राजतन्त्र सक्रिय छ। त्यसैले साइनबोर्डमा नेपाल अधिराज्य हटाइए पनि त्यसको विकल्पमा उपयुक्त शब्द नभेटिएर नै होला त्यो स्थान नै खाली राखिएको छ।

17 Comments

  1. Umesh ji,
    Nepali people want peace and prosperity in Nepal. These corrupt leaders are just deceiving people by changing mere things. But they are behaving in the same way. I do not see much difference. Naya Dungroma Purano Mohi ho Umesh ji. Shree 5 hatdaima sabaithok hunchhara, netaharu amul pariwartan hunuparchha.

  2. no discipline = dead democracy

    could be mad one as well.

    we need to change our habit and the way we think, talk, and act otherwise we never see any change in our country.

    jai nepal

  3. राष्ट्रसंघलाई पत्र पठाइसकिएको खुलसा
    नेकपा एमालेका महासचिव माधवकुमार नेपालले शान्ति प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार गरिसकिएको बताउनुभएको छ। राष्ट्रसंघलाई पत्राचार गर्न ढिलो गरेको भन्दै सरकारको आलोचना भइरहेको अवस्थामा सरकारको मुख्य घटक एमाले महासचिव नेपालको सो भनाइ प्रकाशमा आएको हो। YO MADHV NEPAL LE JHUTO BOLNU BAHEK ARU KE HI SIKEKO CHAINA JASTO LAGCHH YAR TPAI HARU PANI BICHAR GARNU LA YO PAGAL KO KURO MA .

  4. आफ्ना नेताहरुलाई अप्ठेरो पार्ने गरी माओवादी कार्यकर्ताहरुले कयुद्धविराम आचार संहिताको उलंघन गर्दै अपहरण, हत्या, चन्दा संकलन लगायतका ज्यादतीपूर्ण क्रियाकलाप गरिरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो, शाही सरकारका पालामा निर्विरोध निर्वाचित तानसेन नगरपालिका प्रमुख धातानन्द भट्टराईको अपहरण।
    ८ जेठको बिहान करिव ७ बजे माओवादी समुहले तानसेन–९ पद्मेटारीस्थित घरबाट भट्टराईलाई अपहरण गरेका छन्। उनको अवस्था अज्ञात छ। नेकपा माओवादीले यस अघिनै नगर प्रमुख धातानन्द भट्टराईलाई ५ वर्षको लागि तानसेन निकाला गरिएको घोषणा गरेका थिए। पाल्पा माओवादीले उनीमाथि ‘घोषणाको अवज्ञा गर्दै पटक–पटक घरमा आएर बसेको तथा शाही सरकारलाई सहयोग पुर्‍याएको’ अभियोग लगाएको छ। भट्टराईलाई एकहप्ताको अनुसन्धान पछि तारिखमा छाडिने माओवादी स्रोतले बताएको पाल्पाबाट पत्रकार गोविन्द लुईटेलले पठाएको समाचारमा उल्लेख छ। दुईदिन अघि माओवादीले नवलपरासीको माकर गाविसबाट चोरी र व्यश्यावृतीको अभियोगमा अपहरण गरेकोे ६ जना किशोर र ४ महिलालाई अझैँ मुक्त गरेको छैन्। अपहरित किशोरहरुलाई तिलकपुर–१ स्थित मधेशी मुक्ति मोर्चाको कार्यालयमा राखिएको थियो भने महिलाको अवस्थावारे जानकारी प्राप्त भएको छैन्। यसैसाता पर्वत जिल्ला विकास समितिमा जबरजस्ती कब्जा जमाएकोमा माओवादीले निकै आलोचना खेप्नु परेको थियो। यस्ता घट्नाको जिम्मेवारी लिँदै माओवादी नेताहरुले गल्ती नदोहर्‍याउने तर्फ सचेत रहेको बताउँदै आएका छन्।

  5. नाममा के छ

    नाममा के राख्या छ र। काम पो गर्नु पर्‍यो। श्री ५ सरकार साटोमा नेपाल सरकार भएर के भयो त। तपाईंको घरको समस्या कम भयो की के भयो। नाम परिवर्तन गर्दैमा सबैथोक परिवर्तन हुन्छ भन्ने कुरा छैन। तपाईको व्यवहारमा परिवर्तन हुनपर्‍यो नी।

    एक पटक एक तराईंबासीले आफ्नो नाम छेदीलाल पटकै मन परेन छ उसले कति परिवर्तन गर्न खोजे छ नसकि पछि धर्म परिवर्तन गरी हिन्दुबाट मुस्लि भएछ। हिन्दुबाट मुसलमान भएका कारण मौलानाले उसको नाम जुराई दिएछ सुराग अलि फेरी पनि प्वाल विरक्तिदै त्यसपछि इसाई बनेछ। उताबाट पादरीले क्रिश्चियन बनाउदा उसको नाम राखिदिएछ ब्लाकहोल स्मीथ। यो होलले पछि नछोडेको कारण उसले आत्महत्या गरेछ।

    नाममा के छ र भन्या उमेशजी, गर्नु पर्ने त काम नै पो हो। सरकारमा बसेकाहरु सांस्कृतिक रुपले परिवर्तन नगरी बोर्डमात्रै पोतेर केही हुनेवाला छैन।

    यसै सन्दर्भमा यसै महिनाको हिमाल पाक्षीकमा बसन्त थापाले पनि राम्रो लेख लेखेका छन ।

    रोयल नामले दिएको टेन्सन

    नेपालीमा ‘शाही’ र अङ्ग्रेजीमा ‘रोयल’ जोडिएको नामै सुन्दा पनि अचेल मानिस मुख बिगार्छन्। सरकारले ‘रोयल’ भन्ने जनाउनलाई अघिल्तिर ‘शाही’ जोडेर बनाएको संस्थान, सङ्गठन, निकुञ्ज वा विभागको नामबाट शाही काटेर सजिलै नयाँ र छोटो नाम त राख्न सकिएला। जस्तो, नेपाली सेनाको हकमा भयो। तर जसको थर नै ‘शाही’ छ त्यस्ताले के गर्ने होला? बरा, नाममा शाही गाँसिएकै कारण ती कहिल्यै पूर्ण लोकतान्त्रिक हुन नसक्ने भए अथवा नदेखिने भए मानिसका आँखामा।

    कहिले कहिले मानिसको राजनीतिक विचार एकातिर हुन्छ उनीहरूको नामले भने अर्कैतिर सङ्केत गरिरहेको हुन्छ। राजतन्त्र विरोधी कट्टर गणतन्त्रवादी कोही होला। उसैको नाम राजाराम वा रामराजा पनि हुन सक्छ। त्यस्तालाई निकै अप्ठेरो परेको छ आजभोलि। आफ्नो नाममा राजा शब्द परेकोमा अहिलेको बेलामा खुसी हुने त एउटै व्यक्ति शाही सरकारले गराएको नक्कली चुनावमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा चुनिने राजाराम श्रेष्ठ मात्र होलान्। अरूलाई त आफ्नो नाम कसरी बढीभन्दा बढी लोकतान्त्रिक बनाउँ भन्ने कुराको फिक्री छ। उहिले बालकृष्ण शमशेरले शेर काटेर आफूलाई सम बनाएको प्रसङ्गबाट कोही अनभिज्ञ छैनन्। अहिले पनि त्यसरी नाम फेर्नेहरू निस्केलान्।

    व्यक्तिको नाम त फेर्न सकिएला। तर बेचिने वस्तुहरूको ब्रान्डलाई चाहिँ के गर्ने भन्ने प्रश्न उठ्न सक्छ। ‘रोयल’ ब्रान्डका धेरै वस्तुहरू छन्, खासगरी रक्सीका। रोयल च्यालेन्ज, रोयल सेलुट र हिजोआज छ्याप्छ्याप्ती पाइने रोयल स्ट्याग केही उदाहरण हुन्। रक्सी र ‘रोयल’ को विशेष सम्बन्ध रहेकैले यसो भएको होला।

    लोकतन्त्र आए पनि रक्सीका यी ब्रान्डहरूले आफ्नो नाम फेर्ने वा नामबाट रोयल शब्द काट्ने कुनै सम्भावना देखिँदैन। यसले गर्दा कति जना धर्मसङ्कटमा परेका छन्। एकथरी पियक्कडहरू छन् त्यस्ता नामको रक्सी खानै हुन्न भन्ने। उनीहरू आफ्नो गणतन्त्रवादी छविलाई अक्षुण्ण राख्न चाहन्छन् र बरु ठर्रा खान्छन्। अर्काथरी पियक्कडहरू छन्, जो गणतन्त्रवादी भएकै कारण रोयल नामका रक्सी खानुपर्छ भन्छन्। उनीहरूको तर्क छ, रोयल नामका हरेक कुरालाई सिध्याउनुपर्छ र रोयल नामको ह्विस्की त एक थोपा नराखी बोतलै सिध्याउनुपर्छ।

    कामले त गर्‍यो गर्‍यो, नामले समेत मानिसलाई टेन्सन दिने ‘शाही’ र ‘रोयल’ भन्ने कुरा कस्तो होला?

  6. नेपाल मा जे आए पनि प्रशासन सुध्रीने वाला छैन । त्यो इन्स्पेक्टर आभुषण मेरो मिल्ने साथी हो, बिचराले नेपालमा गएर पुलिस अफिसर भएर स्वच्छ तरिकाले काम गरेर दोषीहरु लाई पक्रीन्छु भन्ने कुरा गर्थ्यो । बिचरा लाई दरबार को सोर्सफोर्स ले बर्बाद पार्ने भो ।
    यस्तै छ नेपाल ।

  7. हे उमेसजी अब तपाईं कति उस्तै—उस्तै खाले खबरको बारेमा मात्र चर्चा परिचर्चा गराउन खोज्नु हुन्छ । कुनै नौलो बिषय ल्याउनु पर्यो ।
    विस्तारै विस्तारै सबै वोर्डमा परिवर्तन भइनै हाल्छ हौ ।

    ।।।।हे कति बोर्ड मात्र ताक्ने ।।।।।
    काठमान्डौ भन्दा बाहिर पनि नेपाल छ हौ त्यता पनि नजर लानेहो कि त ?

    *********
    हाफड्रिम जी,
    मेरो काम चर्चा परिचर्चा गराउने हैन, आफूले देखे, सुनेको कुरा राख्ने हो। काठमाडौं बाहिर नेपाल मात्र हैन, नेपाल बाहिर विश्व पनि छ। तपाईँहरुले त्यताका खबर, रमाइला कुरा लेखेर पठाउनु भयो भने जसरी अहिले जर्मनीबाट फोटो र जानकारीहरु प्राप्त भइरहेका छन्, त्यसरी नै अरु ठाउँका पनि राख्न हुन्थ्यो पाहुना कोलममा। त्यो मलाई बाहेक अरु पाठकलाई पनि रुचिकर हुन्थ्यो। यो अरु मिडिया जस्तो जे पस्क्यो, त्यो हेर्नै पर्ने ठाउँ हैन, तपाईँहरु पनि ल्याउनुस् रमाइला विषय र फोटोहरु, हामी सबै मिलेर हेरौंला, हुन्न र ?

  8. लौ हेर्नुस् भरत केशरले source force लायो कि लायन त । कान्तिपुर बाट जस्ताको तस्तै उतारेको समाचार पढ्नुस् । अब भने सुधृन लागेको नेपालको न्याय हेर्नु पर्छ।

    प्रहरी निरीक्ष्ाक कारबाहीमा

    जितेन्द्र साह

    काठमाडौं, असार ७ – मानार्थ शाही पाश्र्ववर्ती तथा विश्वहिन्दु महासंघका अध्यक्ष भरतकेशर सिंहमाथि कुटपिट प्रकरण छानबिन गर्न दरबारमार्गका निरीक्षक आभुषण तिमिल्सिनालाई बुधबारदेखि जिल्ला प्रहरी कार्यालय हनुमानढोका झिकाइएको छ ।
    ‘समयमा घटनास्थल नपुगेको, स्थिति नियन्त्रणमा लिन नसकेको, सिंहलाई हतकडी लगाएको र प्रहरी उपस्थितिमै कुटपिटबारे’ उपत्यकाका डीआईजी दीपक थाङदेन र काठमाडौंका एसपी ढकबहादुर कार्कीले बुधबार तिमिल्सिनासँग सोधपुछ गरेका थिए । नियन्त्रणमा लिइसकेपछि भएको कुटपिटबारे बुझ्न निरीक्षक तिमिल्सिनालाई ‘केही समयका लागि जिल्लामा झिकाइएको’ प्रहरीले बताएको छ ।

    ‘शक्तिकेन्द्र’ बाट राति फोन आएपछि निरीक्षक तिमिल्सिनालाई कारबाही गर्न प्रहरी संगठन बाध्य भएको स्रोतले जनाएको छ । एसपी कार्कीले भने तिमिल्सिनालाई कारबाही नगरिएको र कतैबाट दबाब नआएको दाबी गरेका छन् । तिमिल्सिनाको स्थानमा कमलपोखरीका प्रहरी निरीक्षक सोमेन्द्रसिंह राठौर र कमलपोखरीमा जिल्ला प्रहरीका निरीक्षक श्रीहजुर सिलवाललाई पठाइएको छ ।

    निरीक्षक तिमिल्सिनाले सूचना पाउनेबित्तिकै आफू घटनास्थल पुगेको उल्लेख गर्दै सिंह र उनका छोराले कानुन हातमा लिएर सार्वजनिक शान्ति खलबलाउने गतिविधि गरेकाले हतकडी लगाउन बाध्य भएको बताए । ‘दुई पटक प्रधान मन्त्री भइसकेका व्यक्तिलाई हतकडी लगाउन हुने, भरतकेशरलाई लगाउन नहुने ?,’ निरीक्षक तिमिल्सिनाले आक्रोश व्यक्त गरे- ‘भीड तितरबितर पार्न लाठीचार्ज र गोली फायर गर्ने स्थिति थिएन, त्यसो गरेको भए १५-२० जनाको ज्यान जान्थ्यो, होटल मल्ल जलेर खरानी हुन्थ्यो ।’ हनुमानढोकामा झिकाइएपछि उनले केही दिनका लागि बिदा लिएका छन् ।

    लैनचौरस्थित अमृत साइन्स क्याम्पसअघिल्तिर मंगलबार बेलुका सिंहले चलाएको कारले बाटोमा रोकिराखेको मोटरसाइकललाई ठक्कर दिँदा तनाव भएको थियो । अनुसन्धान अधिकृतका अनुसार त्यस क्रममा सिंह, उनका छोराहरू पूर्वमेजर छोरा अनन्त र अजय तथा अनन्तकी पत्नीले मोटरसाइकलधनी आङदाबा शेर्पालाई गालीगलौज गरेका थिए । बाबुछोराले शेर्पालाई कुटपिट गरेपछि अमृत साइन्स र सरस्वती क्याम्पसका विद्यार्थीसहित सयौं स्थानीयवासी प्रतिकारमा उत्रेका थिए । उनीहरूले चारै जनालाई कुटपिट गर्नुका साथै कार जलाइदिएका थिए । मल्ल होटलसमेत तोडफोड गरेका थिए ।

    ‘हामीले तीन लोग्ने मान्छे र एक महिलाले एक व्यक्तिलाई कुटपिट गरेको देख्यौं, त्यसपछि होहल्ला भयो र विद्यार्थी नानीहरू जम्मा भए,’ स्थानीय मःमः पसल व्यवसायीले भने । सिंह समूहले पद र पहुँच देखाउनालेे स्थिति बिग्रेको एक प्रहरीले टिप्पणी गरे ।

    भरतकेशरका छोराहरूसँग सोधपुछपछि प्रहरीले राति सैनिक अस्पताल पठाएको थियो । चारै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । शेर्पाको सोर्‍हखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार गरियो ।

    कुनै पनि पक्षले जाहेरी नदिएकाले अनुसन्धान बढाउन नसकिएको प्रहरीले जनाएको छ । होटल र भरतकेशर पक्षले घटनास्थलमा प्रहरी ढिलो पुगेकाले व्यापक क्षति भएको आरोप लगाएको छ ।

    अखिलका अध्यक्ष खिमलाल भट्टराईले छात्रद्वारा गरिएको उक्त कार्य जायज भन्दै ‘निर्मल निवासबाट कार्यर्कर्ताहरूलाई फोनमार्फत धम्क्याउने गरिएको’ जानकारी दिए । ‘यस्तो कार्य तत्काल नरोके अखिलका कार्यकर्ताले पानीमुनि रहेका प्रतिगामीलाई पनि बाँकी राख्ने छैनन्,’ उनले भने ।

    महासंघद्वारा छानबिनको माग विश्व हिन्दु महासंघले न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ । दोषीमाथि कारबाही नभए न्यायिक जाँचका लागि आवाज उठाउन बाध्य हुने उसले जनाएको छ । महासंघले गृहमन्त्रीलाई सम्बोधन गर्दै लेखेको ज्ञापनमा प्रहरीको उपस्थितिमा सुनियोजित ढंगले घेरा हाली भरतकेशर परिवारमाथि आक्रमण गरिएको आरोप लगाएको छ ।

    गलत दिशाबाट ओभरटेक गरेर मोटरसाइकल चालकले कारमा ठक्कर दिएको र सम्झाउन खोज्दा चालकले उल्टै कारको सिसामा मुड्कीले हानेपछि विवाद सुरु भएको विज्ञप्तिमा उल्लेख छ । सहमति भइसकेपछि समेत एक्कासि मोटरसाइकल चालकले हेलमेटले हिर्काई मोटरपछाडिको ऐना फुटाएर भागेको महासंघले दाबी गरेको छ ।

  9. यो चाँही वर्तमान सरकारको नेताहरुको detertmination को कम्जोरी हो । यहाँ नेपालीमा नेपाल सरकार र अंग्रेजीमा Government Of Nepal भनेर चाँही लेख्नै पर्दछ। अन्यथा यो वैधानिक अङग जस्तो देखिंदैन। यस्तो हो भने त मैले आफ्नो घरमा राष्ट्रपति भवन भनेर साईन बोर्ड झुण्डयाय पनि त भयो नि। मौका यहि हो भनेर झुण्डयाउनु पर्ला जस्तो छ।त्यस्पछि नेपालमा ३वटा सरकार हुनेछ नेपाल सरकार, जन सरकार र मन सरकार। अनि मन सेना पाल्ने निहुंमा कर र चन्दा पनि असुल गर्न भाडाका टट्टू हरु पाल्न पर्ला।

  10. बिरालो बाँधेर सराध्दे गर्ने चलन जस्तै हो यो परिवर्तन पनि । कुनै करान्तिकारी भाबको परिवर्तन नै हैन यो

  11. khi nepal kahile sama yasto rahaneho ??
    neta haru pani khi kina yati dhila gardaichan kam pani kina kina yasari pachadi pareka hun

    sapphire

  12. why???

    Nepal is a sovereign country and they are nt geting the “adjective”?
    Or attorney genereal is shame to be Nepali???

    whats this?
    he must correct himself,otherwise we are preparing for a next nepal quake for long/

  13. नेपाल हाल नवमण्डलेतन्त्रात्मक देश भएको छ किनकि माओवादी परस्त नवमण्डलेहरुको वोलवाला हावी हुनेक्रम देशमा जारी छ । यो क्रम कहिलेसम्म जारिरहन्छ त्यो चाहिं थाहाभएन । जसो जसो माओवादी उसै सातदल स्वाहा, हैन त उमेशजी ।

  14. हो मैले पनि एउटा साइटमा त्यो कुरा भेटेर सच्यान अनुरोध गरेको थिए । जसमा नेपालको क्षेत्रफल पनि घटि थियो हाल त्यो सच्चिएर ठीक भै सकेको छ। अब आयो कस्तो अधिराज्यको कुरा। मैले उसलाइ हाललाइ “नेपाल” मात्र राख्दा ठीक होला भने। अब संविधानसभाको नतिजा जे आउछ त्यहिनै भन्ने हो की ?

Comments are closed.