नेपालीको क्यामेराबाट विश्वकप

जर्मनीमा भइरहेको १८ अ‍ौं विश्वकप फुटबलमा स्वयंसेवकका रुपमा मैदानमा कार्यरत दुई नेपाली दिनेश मानन्धर र सचित श्रेष्ठले त्यहाँका खबरहरु मेरो संसारमार्फत् सुनाउने र देखाउने वाचा गर्नुभएको थियो। दिनेश जी अचानक हराउनु भयो, शायद व्यस्तताका कारण। तर सचित जीले भने लगातार फोटो पठाइरहनुभएको छ। यी फोटोहरु उहाँले इंगल्यान्ड र स्वीडेनबीच भएको खेलका क्रममा खिच्नुभएको हो। थप फोटोहरु भित्र।
England Sweden
मिडिया सेन्टरमा बसेर सञ्चारकर्मीहरु विश्वकपको समाचार सम्प्रेषण गर्दै।

England Sweden
इंगल्यान्डका समर्थकहरु हुलदंगाका लागि बदनाम छन्, तर यहाँ दुवै देशका समर्थकहरु अंगालो हाली सौहाद्रता प्रदर्शन गरिरहेका छन्।

England Sweden
खेल सुरु हुन लाग्यो है अब। सबै तयार हुनुस्।

England Sweden
स्वीडेनका फ्यानहरु। इंगल्यान्डका प्रशिक्षक स्भेन गोरान इरिक्सनसमेत स्वीडेनका नागरिक हुन्।

England Sweden
फुच्चे फ्यानः दुधे बालकलाई फुटबल हेराउन लगिरहेका अभिभावक।

England Sweden
गोल….आखिर स्वीडेनले खेललाई बराबरीमा रोकेरै छाड्यो।

England Sweden
इंगल्यान्डका स्टार खेलाडी रोनी। यस पटक उनले कुनै जादू देखाउन सकेका छैनन्। तपाईँहरुलाई भनिदिइ हालौं- म पनि इंगल्यान्डको ग्रेट फ्यान हुँ। इंगल्यान्डले एक पटक कुनै एउटा कप जितेको हेर्ने मेरो इच्छा यसपालि पनि पूरा होला जस्तो देखिनँ मैले। तर हेरौं, आशा छ।


अर्का स्टार खेलाडी डेभिड बेकहमलाई क्यामेराको भएभरको शक्ति लगाएर जुम लगाएर तान्दा।

England Sweden
स्कोर कति भयो त सचित जी ?

England Sweden
मैदानबाहिर कडा सुरक्षा व्यवस्था थियो।

England Sweden
जित्न लागिसकेको खेल बराबरीमा रोकिएका कारण निराश इंगल्यान्ड फ्यान।

बाँकी फोटोहरु अर्को पोस्टमा। सबै फोटोः सचित श्रेष्ठ

9 Comments

  1. सचितजी,

    धेरै धेरै धन्यबाद छ तपाईलाई। फोटोहरु राम्रा छन।
    अरु पनी थप्दै जानु होला।

Comments are closed.