भरतकेशरलाई 'भकुर्दा' टाउको दुखाउनेहरु

भरतकेशर सिंहलाई भकुर्नु ठीक हो कि हैन भन्ने विवाद आफ्नो ठाउँमा छँदैछ, तर भरतकेशरलाई भकुरेको खबरमा मैले प्रयोग गरेको ‘भकुरियो’ शब्दलाई लिएर टाउको दुखाउनेहरु निकै निस्किए। एउटा सामान्य व्यक्तिले पनि अनुमान गर्न सक्ने कुरा हो, कस्ता व्यक्तिलाई टाउको दुख्यो होला भनेर। वास्तवमा ‘भकुर्ने’ भन्ने शब्द कुन रुपमा आपत्तिजनक भयो, उनीहरुले खुलाउन सकेका छैनन्। नेराप्रप्रले निकालेको शब्दकोश हेरेर मलाई खबर गर्नुस् त, त्यसमा भकुर्ने भन्ने शब्दको अर्थ के लेखेको रहेछ ? कसैले केटाकेटीले प्रयोग गर्ने भाषा भनेर थर्काउने शैलिमा लेखे त कसैले चाहिँ तँलाई म डोनेसन दिन्न अब भनेर धम्क्याउन खोजे।

भरतकेशरलाई भकुरियो भन्ने ब्लग पढेपछि BhojpureRai नामका एक जना पाठकको सार्‍है टाउको दुखेछ। उहाँले त्यसमा यस्तो प्रतिक्रिया लेख्नुभयो-

उमेश जि, के भएको तपाईं लाइ ? यसरी अधिकारिक रुप ले ब्लग चलाऊने एउटाअ पत्रकारिता जस्तो मर्या दित पेशा गर्ने मानिस् ले पनि यस्तो सस्तो ढङ ले “भकुरियो” भन्ने शब्द प्रयोग गरेर अराजाक ता लाइ प्रोत्सहन दिने ? तेसो भए हामी र ज्ञानेन्द्र वा भरत केशर मा के फरक भयो र ? हो, भरत केशर भनेको नेपाली को नाम मा, धर्म र सन्स्कृती को नाम मा कलङ्क हो; यस्तो मानिस् लाइ कार्वाही गर्नै पर्छ तर बाटा मा लछार पछार गरेर उस्को गाडी जलाउने, कुट्पिट गर्ने, परिवार लाइ अपहरण गर्ने आदी आदी सार्व जनिक अपराध गर्ने हो भने माओबादी वा तालेबान शैली भइ हाल्यो नि! कि तपाईं निस्पक्ष पत्रकार न भ इ हुल दाङआ गर्ने वा माओ बादी को कार्यकर्ता हो ? मलाई पनि दुई चार झापाड हानेर त्यो भरत केशर लाइ मुन्ट्याउन मन लागेको छ्, अझ ज्ञानेन्द्र र पारस् लाइ त झन रत्न पार्क मा नाङे झार पार्न मन लागेको छ्, तर त्यो अराजकता हो, त्यस्तो प्रबृत्ती ले हामी आँफै लाइ क्ष्यती गर्छ्, यो अति नराम्रो सन्स्कृती हो । त्यस्ता लाइ कानून मार्फत उचित कार्वाइ गर्नु पर्छ । जे होस्, तपाईं एउटा निर्भिक र इज्जतदार पत्रकार हो भने यस्तो केटा केटी भाषा प्रयोग न गर्नु नै बेस् । ६-७ बर्ष को बच्चा लाइ मात्र यस्तो भाषा सुहाउछ
***************
अनि त्यसको जवाफमा मैले लेखेको थिएँ-

एउटै सुझावः केटाकेटी भाषा प्रयोग हुने यस्तो साइट नहेर्ने तपाईँको अधिकारलाई म सम्मान गर्छु। ब्लग आधिकारिक पत्रकारिता गर्ने ठाउँ हैन, अनौपचारिक कुराकानी र बोलिचालीका भाषा प्रयोग हुने ठाउँ हो। तपाईँ यो साइट नहेर्ने आफ्नो अधिकारको प्रयोग गर्नुस् म आफूले देखे सुनेको कुरा बोलिचालीको भाषा प्रयोग गरी लेख्न पाउने आफ्नो अधिकार प्रयोग गर्छु।

***************

भकुरियो भन्ने शब्द कसरी सस्तो भयो ? कसरी यसले अराजकतालाई प्रोत्साहन दियो। जनजिब्रोका ठेट नेपाली शब्दको प्रयोग सकेसम्म म गर्न रुचाउँछु। ब्लग भनेको अ‍ौपचारिक भाषा प्रयोग गर्ने ठाउँ पनि हैन। त्यस्तो भाषा प्रयोग गर्ने हो भने त ब्लग नै किन चलाउनु पर्‍यो र, कुनै साइट नै चलाउँथेँ नि।

मैले दिएको जवाफ र मेरो भकुरियो शब्दबाट टाउको दुखाएर फेरि एक विद्वान पाठकले यस्तो कमेन्ट लेखे-

I echo BhojPure Rai’s concern. Umesh ji
can write whatever he wants, but we the
readers are the people who will choose
what kind respect or salute to offer to you.
It certainly matters when it comes to
funding your site. I had donated money
to your site in the past, but if the
language continues, I might prefer to
abstain from sponsoring your website in
future.

I did not like the way you (Umesh ji)
threatened BhojPure Rai.

– Gyaen Pokhrel

उहाँले त सीधै डोनेसनको कुरा ल्याएर मलाई पो तर्साउनु भयो त। हो, उहाँले एक पटक ५ र एक पटक १० डलर गरी दुई पटक सहयोग गर्नुभएको छ। तर कुनै शर्तमा हैन। सहयोगका लागि कसैलाई बाध्य पनि पारिएको थिएन। कसैले त्यही सहयोगको “घुस” खुवाएर वा प्रभावमा पारेर मण्डलेलाई भकुर्‍यो भन्ने खबर लेख्न रोक्छु भनेर नसोचे हुन्छ। आन्दोलन कालमा पनि मलाई जापानबाट एक जनाले राजाका विरुध्द अलि सफ्ट भएर लेखे सहयोग गर्छु भनेर फकाउन खोजेका थिए। मलाई अझै पनि अचम्म लागिरहेको छ- यो भकुरियो भन्ने शब्दले किन यत्राविधि मान्छेको टाउको दुखेको हो ?

के यो शब्द साँच्चै नै आपत्तिजनक शब्द हो त ?

‘भकुरियो’ शब्दले हिंसालाई बढावा दियो भन्ने थप पाठक-

I am not saying that this dude is innocent. He may be 100% guilty but let the justice rule the country not the mob. It clearly depicts the true picture of an uncivilized society. On top of that, the word “Bhakuriyo” expresses your tendency towards the whole incident. Common wake up! be civilized. Will ya

-jira

56 Comments

  1. भरतकेशरको त जुँगा उखेल्नु पर्थो
    अस्कलका साथीहरुले भकुरेछन् मात्रै पो कस्ता रहेछन्। तिनीहरुको त त्यसको जुँगा उखेल्नु पर्थो।

    एउटा दरवारीयाले त पिटाइ खायो अब दरवारीयाहरुले अलीकति सवक सिक्थेकी बाहिर निस्कनु हुदैन भनेर। नत्र भने तिनी चोरहरुका ठुला कुरा। बल्ल ठिक पर्‍यो।

    अस्कलका साथीहरुले कम्ति ठिक गरेका हैन। मलाई त अझै के के भनेर गाली गर्न मन लागेको थियो। के गर्ने कमेन्ट लेख्ने मण्डलेहरु उमेशजीलाई छाडेर मतिरै खनिए भने।

    त्यसलाई एक पटक पर्यटन बोर्डको कार्यक्रममा नजिकबाट देखेको थिए। राजाको मन्त्रीहरु कस्तरी डराउँथे हो त्योसँग कुरा छाडिदिउ। कुनै पदमा नभएपनि कसैले आफ्नो मन्तब्य राख्नु भन्दा पहिला उसलाई तीन मिनेटदेखि पाँच मिनेटमा सम्बोधन। मलाई त त्यतिनै खेर नै त्यसको जुँगा उखेल्न मन लागेको थियो तर ज्यानको माया भएर केही पनि गरिएन।

    अस्कलका साथीहरुले एउटा कुरा गल्ती गरेछन्। त्यसको जुँगा उखेल्नु पर्थो टाउको मात्रै फुटाएछन्।

  2. UMESH JEE THANK YOU FOR CHOOSING SUCH A RIGHT WORD BHAKURIYo. IF SOME ONE HAVE PROBLEME ON THIS WORD LET THEM TO DIE IN THE NAME OF BHARAT KESHAR.

    COMMENT BY : KRISHNA PRASAD SHARMA

  3. Umeshji,
    You are right. Using such words should not be a problem. Why did not these guys who wrote in favor of Singh did not ver wrote a single work in vafor of innocent sherpa? Dal Ma Kehi Kalo Dekhinchha. When SIngh family beat shaerpa in the street, they did not say anything but when singh family were beaten, they say it is unjustice? Who are they to justify justice?

    Keep on Umeshji,

    Arjun K.C., Halifax, Canada

  4. हेलो काजी हो, रिशले चुर हुदा कसैले पनि बेद र पुराण पढ्दैन। त्यो राजाको दलाल, लगौटियाले एउटा सोझो शेर्पालाई बिचरा त्यसरि पिट्दा उसले चाही हस म न्याय माग्न जान्छु भनेर ढाड थाप्ने? कि प्रतिकार गर्ने? उसले नसकेपछि अरुले बचाउन परेन? अफुमाथी आक्रमण भयेको बेला पुराण पढेर बसिन्छ? तपाइ बिरोढ गर्नेहरु ले आफ्नी आमालाई कसैले बलात्कार गर्दापनि मुद्धा हालौला भोलीतिर भन्दै बस्नुहोला तर स्वाभिमानीहरुले मान्दैनन्। लातोक भुत बातो से नही मान्ती है!
    भरतकेशर जस्तो शामान्ति, फटाहा, भजुवा, राष्ट्रीय ढुकुटी लुट्नेलैइ सम्मानित शब? तेस्ता नामनै गन्हाउने भएकालाई त्यस्तै शब्द ले सम्बोधन गर्नुपर्छ। झन खोजीखोजी। बहादुर रहेछौ अस्कलका सथीहरु बहादुर। आदरार्थी शब्द त आदरगर्न लाएकका मान्छेलाई पो प्रयोग् गरिन्छ होइन र? छि छि छि त्यसलाई पनि आदर? शब्दकै बेइज्जत !त्यसलाई आदर गरेर लेखेको भय् उमेशजीलाई झुक्यो भन्थे यिनै मण्डलेहरु।
    म भन्छु भकुरे होइन बजाएछन भनेर राख्नु पर्ने शिषक। म त भन्छु त्यो भकुरेछन पनि सफ्ट भयो। अब त्यसैगरि भकुरिने पालो आओस पारसेको पनि। जनतालाई मार्दै हिड्नेलैइ शिक्षा दिनु पर्छ। हो, त्यसता माण्डलेहरु हो नहेर मेरो सन्सार। पहिलेनै म लोकतन्त्रप्रेमी हु भनेको छ नि मेरो सन्सारमा अनि किन हेर्नु पर्यो येहि साईट। तिमिहरु जस्ताकालागि त छ नि निश्पक्ष साप्ताहिक। भरतकेशर तिमीहरु समर्थकलाई एउटा सुझाब् छ-एउटा साइट खोलेर चलाओ , मेरो सन्सार भन्दापनि राम्रो, अनि दिनदिनै उसैको परिवारकाबारेमा लेख। सारा सन्सारले त्यो साईटमात्रै पढ्छन अनि !!!!!!!!!!!!!!!!
    जय देश्, जय केशर शम्शेरलाई भकुर्ने हरु!!!!!
    कर्ण

  5. यो भकुरेको शब्दबाट अरुलाई किन टाउको दुखेको होला, म पनि छक्क छु । यस्तो ठेत नेपाली, अर्थ सुहौन्दो शब्दमा पनि अरुलाई आपति?
    यस्को लागि एउटा कारण हुन सक्छ, त्यो यस् प्रकर छ ।
    यी ‘ठुला’ भनौदाहरु, साधारण नेपालीले खाने भात लाई भुजा भन्ने, अनि साधारण नेपाली भन्दा भिन्न र ठुलो देखौनलाई ‘आइस्योस्’ ‘लाइसियोस्’ र बसिसियोस् जुस्ता चिप्ला सुन्ने बानी लागेकाहरुलाई कहाँ भकुरेको जुस्तो ठेट नेपाली मन पर्छ त ।
    बरु उनिहरुको अनुसार भरत केसारीले नेपालीको कुताइ खाइबक्सिएए, टाउको र आन्खा फुटालिबक्स्यो भनेर लेखेको भए उमेश्जी को लेख्को खुब प्रसन्सा गर्थे ।
    भयो अब यी ठुला भनौदा हरुको सोच्, पिताइ खान्दा पन ठुलो हुनु पर्ने । बिचारओ ईन्स्पेक्टर- हजुर हत्कदी लगैबक्स्योस् भनेर भन्नुपर्ने, केही नभेनेर लगै दिएपछी कार्बाइ खानु पर्‍यो ।

  6. त्यो भरते चोर लाई भकुर्दा टाउको दुखाउने हरुलाई पनि भकुर्नु पर्ने होला नि ।
    अनि त्यो १५ डलर डोनेशन दिएर तेसले आइन्दा देखि डोनेशन् दिन्न भनेर भनेको हैन? तेस्को १५ डलर तेस्लाई नै फर्काएको राम्रो होला उमेश् ब्रो,
    जीत जी ले भने जसतै ३ जनाले डोनेशन् रोक्दैमा के पनि फरक् पर्ने वाला छैन बरु ३० गुना बड्नेछ । अनि यो ब्लग साईट हो र यहाँ जे मन लाग्यो आफ्नो बिचार स्व्तन्त्र राख्न पाउछ भन्ने थाहा नहुनेले चाँही बरु एकपटक
    ब्लग को अर्थ बुझेर हेर्नु बेश होला कि?
    त्यो भरते चोरलाई भेट्यो भने अझ भकुर्नु पर्छ।
    भरते चोर देश छोड । ज्ञाने चोर पनि देश छोड । झन त्य पारशे तेस्लाइ त………..

  7. Umesji,
    “Bhakurnu” is a thet nepali word.It gives the same meaning as Pitnu, Kutnu,Chutnu, Ram Dhulai garnu or Dhobichutai garnu etc.Perhaps you couldnot receive any comment about this word if used to the ordinary people.
    Commented by: kanchha fron East Africa.

  8. अरू rhyming हुने हेडलाईनहरू:-

    ‘सत्चित शम्सेर सुईँकिए’
    ‘कमल थापा काटिए’
    ‘तुलसी गिरी तेलमा तारिए’
    ‘टंक ढकाल ट्याङ्कमा टाँसिए’
    ईत्यादि।

    जहाँसम्म डोनेशनको कुरा छ, ‘भकुरियो’ शव्दको कारणले तीनजनाले डोनेशन रोक्न चाहे के भो र? यही शव्दको आकर्षणले डोनेशन दिन चाहनेहरू तीसौं गुनाले बढ्दैछन्।

  9. उमेश जी, मलाई त भकुरयो मात्र होईन रानी को मल भन्ने शब्द पनि साह्रै मन पर्‍यो ।

  10. उमेशजी,
    ‘भकुरियो’ भन्ने शब्दले जसलाई टाउको दुखाएको भएपनि यो शव्द चयनको लागि तपाईको प्रतिभालाई प्रशंसा गर्नै पर्छ। मलाई लाग्छ पत्रकारितामा ‘हेडलाईनको rhyming’को महत्त्व छ। तपाईले भरतकेशर भएको ले भकुरियो शव्द प्रयोग गर्नुभएको होला, दुबै ‘भ’ बाट शुरू हुने भएकोले। यो एकदम आकर्षक छ। जस्तो ज्ञानेन्द्र या पारस भएको भए तपाईले ‘ज्ञानेन्द्रलाई गोदियो’ वा ‘पारसलाई पिटियो’ प्रयोग गर्नुहुन्थ्यो होला। 🙂
    *****
    हो, कुरा त्यही हो, तर के गर्नु विद्वानहरुले शब्दको अर्थ नै नबुझी आफ्नै ढंगले व्याख्या गर्न थाले। कसैले हिंसालाई बढावा दिने शब्द माने भने कसैले त्यसको अर्थ नराम्रो व्यक्तिलाई कुट्नु हो भन्ने समेत लगाए। नेराप्रप्रको शब्दकोशमा भकुर्नुको अर्थ “बेसरी पिट्नु र गोदनु” लेखिएको छ। पिटाइ, गोदाइ त जोसुकैलाई पनि हुनसक्छ नि, शब्द नै हिंसालाई बढावा दिने कसरी भयो ? अचम्म छ बा।

  11. Umesh Bhai,
    Keep up with your great work and bring us the news in pure Nepali Dialect. Your blog is one of a kind, and keep it that way. Use your right of speech. I admire your courage to maintain composure despite such bad elements. They do not worth a penny.

  12. The question is not about the language of the news but the content of the news which i too disagree.we can not justify anyone being beaten up.
    I often visit your blog to get up to date nepalese news but sometimes it is filled with prejudices and bais.My objection is not on wording but the justification you are trying to give on action taken by the people.

  13. तेस्लाई त तेस्तै गरनु पर्थो ठिक भो। र कुरा आयो भकुरेको यो शब्द ठेट नेपाली शब्द हो यसमा कसेले टाउको दुखाउनु पर्दैन । तस्को माया लागेको भए आफ्नै टाउको फुटाए हुन्छ ।
    र तपाई हरुलाई यो मन नपरेको भए यो साइटमा नआए हुन्छ। एउटा फुल झरेर धर्ति शून्य नभए झै एक जनाले यो साइट नहेरेर यसको लोकप्रियता हराउदैन क्यारे । मलाइ भोजपुरि दाइलाइ अस्ति नै भन्न मन लगेको थियो तर समय नभएर नभनेको तपाई लाइ किन तेस्तो राइ राइ गरायो भन्या भकु्‌रो भन्ने शब्द संग ????????????

  14. I think if we people do start punishing who did play a role against to democracy. It will invite a day when we are out of control even we might not realise whow we are punishing for what? so if we let the law work in its pace and find the way how he or she should be punished. Democracy mostly rely on discipline but we have been loosing disciple day to day. Hope to see positive development towards real democracy. We all are Nepalese we have right to live and raise the voice in the matter which we see not good or against the laws or sth.

    It is always good to get the right path to solve the problem. we Nepalese to see the change should have to change our blood otherwise the way we been doing and thinking anything will drive us towards disaster in near future.

    God is silent in the name of his word to keep on.

    What I believe and think would be productive we should condeem who takes the law on his or her hand. Law should speak and recommend for the punishment but its unfortunate that our justice system is also corrupted. we rarely get the pure justice.

    God knows what will happen next.

    Kill the corruption, encourage ur children to speak truth we will have better nepal in future to come.

    Jai nepal and corruption should be kicked out from our country.

  15. one of the friend have listed out the names to be punished. its good to punish who has done worng. but why only those name have been listed out, why not the names of Girija and other leaders of SPA who have sold nepal during their regime. As we know some sold tanakpur, some made nepalese only national flag carrier airlines to loss instead of profit. some made melamchi water project still pending. this is all due to their corrupted habit. so we should also list them out. because they are also the one who are responsible for countries present conflict situation.

  16. उमेशजी– त्यो भरतकेशर भन्ने मान्छे भकुरिएको खबर् सुन्दा मलाई सर्बप्रथम् उस्को नाम् थाहा भयो, दोश्रो उस्को तारीफ् थाहा भयो। त्यसपछि मेरोसन्सारमा बिभिन्न टिप्पणी पढदा मैले आभास् पाएं कि त्यो मान्छे कति नीच्, आफ्ना नेपाली दाजुभाइलाई घृणागर्ने, मान्छे नगन्ने एउटा जानवर्, महा-जनशत्रु रहेछ। यदि त्यो मान्छे अहिले तेस्तो छ भने जनआन्दोलन् अघि कस्तो थियो होला? अनि लाग्यो कि ढिलो-चांडो जस्तालाई तस्तै भएछ। भन्छन् जैसी करनी वैसी भरनी।

    “भकुरियो” भन्ने शब्द धितमार्ने खाल्को हो; आश्चर्यको कुरो भएन कि भरतकेशरकै जस्तो ठुलो टाउको भएकाहरुका लागि “भकुरियो” भन्ने शब्दले टाउको दुखायो। जे होस्, भकुरिएकोलाई भकुरिएको भन्नु अत्यन्त उपयुक्त छ। मलाई त तपाईंको श्ब्द चयन् बिल्कुल् ठिक् लाग्छ। भकुरिए, चुटाइ खाए, गोदाइ खए, पिटाइ खए आदि सबै समान् छन्, हैन र?

    अन्यत्र अंग्रेजी शब्द thrashed प्रयोग् भएको छ, त्यसले ती भरतकेशरीहरुलाई टाउको दुखायो कि दुखाएन थाहा भएन। thrashed को ठेट् शब्दार्थ त “भकुरियो” नै हो। तर उमेशजि तपाईंले “भकुरियो” भन्ने शब्द प्रयोग् गरेकोमा आपत्ति जनाउने, रिसाउने र धम्किदिने ब्यबहार् भने निश्चयनै हास्यास्पद् र मनोरन्जक् छ।

  17. भकुर्नु भन्ने शब्द आफ‍ैमा त्यति नराम्रो शब्द त हैन तर यसको प्रयोगले कसै कसैलाइ हिमुलीयशन फिल गराउने चाहि रहेछ । जजस्ले जस्प्रकारबाट उमेशजीको भकुर्नु शब्दको सादर्भिक प्रयोगलाइ लिएर यहा प्रतिवाद गरेपनि नेपालमा उमेशजीलाइनै भकुर्ने काम चाहि नहोस है । उमेशजी तपाइ पनि ब्यक्तिगत ब्लग भन्दैमा कसैलाइ रिश उठाउने तथा हिमुलयशन हुनपुग्ने हिसावले किन लेख्नुहुन्छ ? काल ठीक छैन है ! कतै मौका पाएर तपाइलाइनै कसैले भकुरेको खवर सुन्न नपरोस् किनकि भरतकेशर सिंह जस्ता राज्यसंयन्त्रमा विषेश पहुंच भएका वक्तिहरु त यहा भकुरिन्छन भने तपाइलाइ भकुर्नै परेको खण्डमा तपाइको पक्षमा वकालत गरेर यहां ठुला ठुला प्रतिक्रिया लेख्नेहरु कोहीपनि छेक्न आउने छैनन् भन्ने मेरो ठोकुवा छ । कि कसो हो साथीहो ? त्यसैले लेख्नत लेख्नुहोस् तर यस्ता विषयमा अलि होस् पु-याएर लेख्नुहुनेछ भन्ने एउटा आग्रह मात्र हो ।

  18. Umesh jee,

    donot worry. I request the people who complaint Umeshjee’s word BHAKURIO, i think that guy is not from nepal though he is nepali he must be from Gyane ko santan because samanti harulai yasto typical nepali word taha hudaina.

  19. Umesh Ji,
    There can be no other suitable word(Bhakuryo) , infact it is the only word to describe the scenario.Keep on with your good work.We r always with you and millions of others nepalese souls .

    Bharat Keshari ko chinta line haru lai lina dinus and pls stop answering their querries , its just a wastage of your valuable time.

    You may me suprised to know that how popular and loving your BLOG has been in such a short term.Donation ko chakkar ma , if anyone is trying to bribe you and drive u away form your lane of truth just give no attention to them.

    Majority of the neplese people who stay abroad r puzzled with their own opinion and most of them belong to rich family. Most of them even dont know whatis nepal and who r the real trouble maker of nepal.

    Jasko ragat mai afno desh pani banaunu parcha bhanne bhavana ko khaderi cha tini haru kura ma why waste time.Afno dharatal ma tikna na sakera palayan hune haru nai tyo jamat ma majority cha. Yesh lai tarka le katna sakiyela tara truth always remains till the last.

    At last the word “BHAKURYO” is the original nepali jana jibro ko sabda ho. no need do debate on this.

    Keep on your good work.(Take care you may even be threatend)

    Sailesh

  20. we should have to punish
    1.gyanendra,
    tulashi girl
    paresh,
    bharat samser,
    kamal thapa
    sachit samser
    tanka dhakal
    ramesh nath pandey
    sirsa samser
    golche sarki
    prakash k
    radha kri
    sambhu jit
    nir shah
    dherai patrakar haru
    and a lot more
    they should have to be done like bharat samser is done
    we nepali people should have to reject them from society and have to take them to street and have to odowhat they had done with we like poor nepali people who r suffering due to poverty and politics of nepal.
    **************why not we all friends make a HIT LIST to whoM we have to punish so that we people would easily know whom to reject*********

  21. भकुर्नेले भकुरीसके । अब कस्ले के लेख्यो भनेर किन टाउको दुखाउने? भकुरेको देखेकै हो। भकुरोस्,पिटोस्,ठटाओस्,कुटोस्—सबै एउटै हो। जस्लाई जसरी मन लाग्छ उसरी लेख्छ।

  22. Humility is the begining of a learning process that never ends. Undirected and uncontrolled violence is never a solution as we are realizing now.

  23. Umeshji,

    As you said, the blogsite is the one in which the site owner expresses his feelings on his own way. Everybody has the right to visit or not visit your site. I have found your site very interesting and informative. I really appreciate your contribution. Though I have not been able to help you in monetary terms due to my own constraints, I will do the same in coming days. People like Gyane Pokhrel are Mandales. So they will be unhappy when you write something against their masters. Keep up the good work. My moral support is always with you.

    Prashant

  24. Umesh Ji,

    You can use anything you like and if someone doesn’t like it then let it be. There are 100s of other blog they can read as no one has asked them to come and visit mysansar. Ohy yeah and if they are Mandale then they can always read RAM PRASAD KHANAL’s निस्पक्छ्य साप्ताहिक्. Where is Ram Prasad anyways ??

    I think if they do not like you using भुकुरियो then ask them if they like रामधुलाइ ?

    KK

  25. Umesh ji,
    Tapae ko emandirata, swatchha partrakarita falos fulos. Hardi Shubha Kamana!!

    Bastabikata lae chharlanga ‘dud ko dud paniko pani’ garnu bhayeko chha. Dherai Ramro! Yesatai swatchha patrakarita maulaudai jawos sabaitira harmor deshama. Desh dekhi derai tada rahera pani bastabikata padna pauda dehrai khushi lageko chha. Hami prabashiharu sabai tapakai pakchhe ma chhou. Very good job! Please keep it up!
    Thank you.
    USA

  26. Umesh Ji
    kindly return gyaen pokhrel money as soon as possible. what does he think of himself ???
    i will help u with some money to run this blog.
    please do mail to my email account for the procedure.
    thanks.

  27. Hi umesh jee
    You chosed good word “Bhakuryo”. At first I also laughed at the word. But I realized the meaning..usually expressed for uncontrolled beating by usually a group.. So it’s nice word to express. Ajha tapaeele “Ram-dhulaee” “Dhobi-pitaee” pani lekheko bhaye apatti garne thaun thiyena. Those who don’t like should not read this site….I appreciate your feeling.
    Keep it up.

  28. thapaiko side ho thapai je leknna pani saknu huncha..
    aba k padnne k napdnne to chai reader ko kura ho..

  29. Hi Everybody
    Nice to see you all here with strong commitment to do something to Nation.But it`s not enough only crying this do, that do,if it must be extra extra.It is time to do something our self for Nation.Come on do yourself.Today i read a news from.
    9 Nepali children are facing difficulties to survive in Kathmandu .I want to help them .Can you join with me.Can you give your hand to save this orphan child.Otherwise they may be criminal in future.Mind it there are no any benefit ,not any highlighting.This is only volunteer service for our Nepali child.If yes please write me my email address is- [email protected]

  30. हुन त भकुरियो शब्द यहा जत्तीको ठिक उदाहरण मैले सन्सारमा कहि पनि देखेको छैन तर भकुरियो भन्ने शब्दले कसैलाइ कुट्दा आफु खुसीनै रहने पक्षले प्रयोग गर्ने शब्द हो। तपाइको टपिकमा भकुरियो देख्ने बित्तीकै सबै जना उत्साहित हुनको कारण पनि तेहि हो। र एउटा कुरा के भने नि अंग्रेजी डिक्सनरीमा शब्दको भाबअर्थ पनि राखीन्छ तर नेपाली डिक्सनरी मा यसलाइ महत्व दिएको पाइदैन। जस्तै उदाहरणको लागी समय बिषलेसण गर्दा हामी भन्न सक्छौ : “मेरो बुबालाइ केटा हरुले कुटे।” तर “मेरो बुबालाइ केटा हरुले भकुरे।” भन्न हामीलाइ राम्रो लाग्दैन। मैले बुबा किन भनेको भन्दा बुबा एक उच्चसम्मानीति शब्द हो। भकुरे भन्नाले बोल्ड भन्ने अर्थ पनि लाग्छ। मतलब कुटाइको सामन्य रुपमा सामान्य कुटाइको पनि अर्थलाग्न सक्छ तर भकुरे भने पछि मज्जा संग कुटेको अर्थ लाग्छ।

  31. Umeshji:

    You are absolutely right that this is your blog and the language in blog do not necessarily need to be ‘polite’. However, for a person like you, who are involved in print media as well, the good language would be your asset.
    Think about writing a book in future……what type of language you would use! So, as an intellectual I hope you will try to let people know how to express their voices in decent way.

    USA

  32. Umesh jee, however u may take me, but i dont think that u as a responsible blogger should encourage such acts whoever it is. He should be punished by law…. but u should condemn the way we nepalese are geading..

    The Hritik kanda, Iraq kanda, and events like this indicate the the psychology of nepali is slowly becoming violent… maoist-effect may be…

  33. Kar-bahi ulto parechha !

    Bharat Keshar lai aago lagayara gaadi ko headlight fornu parne ma gaadi lai aago lagayara Bharat Kesahr ko aankha foreko hunale Saahi matiyar harulai chitta nabujheko jasto lagyo.

  34. जहां सम्म “भकुरियो” भन्ने शब्दको प्रयोग भएको छ यो एकदम उचित प्रयोग हो । ब्यग्तिगत ब्लगमा मजाले प्रयोग गर्न पाईन्छ । जहाँ सम्म अराजाकताको कुराछ त्यो कुरा, सम्बन्धित् र चाख लिनेहरुले सुरक्षा निकायसंग गुहार माग्नु बेस होला । म श्याम जी लाइ नेपाली भाषाको ठेट् शब्दहरु प्रचलनमा ल्याउने प्रयाश गरेकोमा धेरै धन्यबाद् दिन चहन्छु।
    -SN Toronto

  35. Umesh jee,
    Of course the readers have every right to digest or not to. But your concern should always be to hit the target truly. Understanding depends on knowledge. I guess some readers have to learn some Nepali vocabularies. Eventully you are not wrong.
    D sharma, Japan

  36. Umesh ji

    जसरि राङो लाई चप्क्यौनु, खसी लाई भुत्ल्याउनु सुहएको छ त्यसरि नै भकुर्नु शब्द एक दम ठीक्क , so keep it up dont discourage with this nonsense chalaenge.।

  37. Umesh ji,

    A man gives his introduction under a certain situation. Therefore they showed their inner characters in this condition. Thus, you need to keep strongly continuity in your profession.

    Jemanta

  38. Umesh Ji,
    You have done good job and as a reward readers have appreciated your BLOG. Go ahead and carry on your business. Among your readers, a couple brothers would have negative attitude. Forget about those. As you know our five fingers are not equal.
    Do not worry about the support.

  39. If a man holds too much villian role Like that of ADC Bharat Keshar, General Satchit Sumsher and CP Paras then they get the ‘word’ -‘Bhakuriyo’ other wise just we can use simple word-kutiyo, pitiyo or chutiyo. The word 100% fits with him.

  40. dont worry about those few people, u cant change them coz they have their own ideology. perhaps they didnt want bharat keshari to be “bhukured”(just for fun hai)

    u are doing good job. i do find many people in my place who use ur site regualarly, keep it up. they talk about ur popularity. be independent in writting in the future.

    the true nepali words that i like the most. if someone wants to be hollow civilised let them be.

  41. Umesh Ji

    Many thanks for the BHAKURIYO and that best describes the treatment delivered to MANDALEE. I do not know much about this BHARAT KISHOR but yes he is not a man who can do anything. He should be brought in to justice. Beating him on the road is not justified but the once done is done and the word you used is best used. The law is superior and therefore MANDALEES are to be taken in to custody. They should not be left unattened.

  42. Umesh ji,
    I think “Bhakurio” is not a childish language. It may be somewhat unusaul for some Nepalese. I could not understand whether the motocycle was parked or it was running. I found different versions in different newspapers. What is the reality?

  43. उमेश जी
    सहयोग रकम रोक्ने भनेर धम्की दिने पोख्रेल जी ले दिएको १५ (नेरु,भारु,डलर वा पौन्ड के हो थाहा पाउन सकिएन्) फिर्ता दिनु बेश होला । बरु त्एस्को सोध भर्ना म गर्नेछु ,ताकी सहयोग को नाम मा मन्डले का हम्दर्धा यहाँसान जताउने उ को यहाँसन तपाईं ले बोक्न नपरोस् ।बरु पैसा कसरी पठाउने तरिका बताउनु होला ।
    जहाँंसम्मा भकुरियोभन्ने शब्दको सबाल छ,त्यो एकदम ठेट नेपाली शब्द हो र गाउंले जन जिब्रो को लागि सुहाउदो पनि छ ।त्एस् माथि जनता क हत्यरा हरु को आरती उतर्ने जिम्मा उनिहरु कै तलुवा चत्ने हरु को हो ,जनता हरु को काम त भेते सम्मा भकुर्ने नै हो । ठेट र झर्‍आ नेपाली शब्द हरु रखेर सुन्दर लेख लेख्न वा कुनै बिदेसी रचना को नेपाली म अनुवाद गर्न सिपलु खगेन्द्र सङ्रौला जी का पाठक त्एत्टिकाइ बढेक होईनन ।उहां ले अनुवाद गरेको (यङ मो ले लेखेको चिनियं उपन्यास्) युवाहरु को गीत एक चोटि सुरु गरे पछी नसक्याइ छोड्नै नसकेएने खाल को छ । ४०० भन्दा बढी पना को उक्त उपन्यास् मैले लगातार २४ घण्टा पढेर मात्र बिस्रम लिएको थिए ।
    त्यसइ ले उमेश जी तपाईं पनि बढी भन्दा बढी पाठक हरु ले मन परौने भाषा प्रयोग गर्न स्बाटन्त्र हुनुहुन्छ । हिन्दी मा एउटा उखान छ हाथी चल्ता रहेगा, कुत्ता भौंक्ता रहेगा ।आफ्नो काम लाई अगाडी बढाउदै जानुहोस् । हाम्रो साथ पाइ नै रहनु हुने छ ।
    वास्तव मा म पहिलो पल्ट रोमन बाट युनिकोड मा टाइप गरी रहेको छु । त्यसइले धेरै गल्ती छ माफ गर्नु होला ह

  44. Umeshji,
    This ‘Bhakuriyo’ word is fantastic. But, do you have any idea if there is any program for ‘Prachanda and Baburam lai Bhakurne’ in near future. People were shocked when they saw those two in Baluwatar who are responsible for death of more than 13,000 people. I bet there will a mass of 30,000 people to ‘Bhakurna’ instead of 3,000 if Prachanda and Baburam walk in the street. You dont think so? I hope you will not blame as a MANDALE.

    Sandesh

  45. umesh jee
    kag karaudai garcha pina sukdai garcha,don’t worry they r mandale and i think they r not in nepal now so they r doing this kinds atitute(raction). u r 100%right and we all nepali r with u.
    JUST LET’S CONTINUE TO UR JOB.BEST OF LUCK FOR UR BRIGHT FUTURE.
    aasish
    swiss

  46. स्यावास अस्कललियन

    अस्कल पढदाताका भरत किशोर िसंहको गाडि त्यहि बाटो भएर निकै गुड्थ्यो । लैनचौर मार्गको त्यो साँगुरो बाटोमा उसको गाडिले लिएको दु्रत स्पीड हामीहरु बिच चिया पसलमा गफको विषय हुन्थ्यो । उसको स्पीडहेर्दा लाग्थ्यो गरीब जनताहरुको रगतपसिनाले बनाईएको त्यो सडक उसको बाउको बपौती हो । त्यतिबेला पनि त्यस गाडिले धेरै मानिसहरुलाई ठक्कर दिएको थियो तर बिडम्वना उ त्यति वेला जनताले छुन नसक्ने शक्तिमा विराजमान थियो । यतिखेर समय बदलिसकेकोछ हिजो बाटोमा हिडेका मानिसहरु जसलाई भरतकिशोरीहरुले जमिनको धुलो बराबर पनि गन्दैन थिए अब उनीहरु म्ालिकहुने क्रममा छन् इतिहासको यस कालखण्डमा । त्यसको लागि अस्कलको आँगनमा धेरै रगतका झलहरु वगॆ होस्टलका भित्ताहरु रगतले पोतिए कयौं टाउकाहरु फोरीए भरतकिशोर िसंहहरुलाई चेतना हुनुपर्छ । हिजो शक्तिकेन्द्रको आडमा बसेर मनमौजी गर्नेहरु जनताहरुलाई बाटोको धुलो बरावर पनि नगन्नेहरुलाई अब तिम्रादिनहरु सकिय भन्ने जनाउ दिएको छ यो स्वतस्फूर्त जनकारवाहीले । हिजो जस्तै दरबारको आड र आर्शीवादमा उदण्ड गर्दै हिड्नेहरु खबरदार लोकतन्त्रमा त्यस्तो दण्डहिनताको स्थीती हुदैन यदि त्यसो भयो भने जनता आफै कारवाहि गर्न अघि बढछन् भन्ने सन्देश बोकेको छ यस घटनाले । अस्कलको क्रान्तिकारी छबी पन्चायत कालदेखि आज पनि उतिकै उज्ज्वल छ अस्कलका बहादुर भाई बहिनीहरुलाई स्यावास् ।

  47. You know what guyz. If we were ment to be civilized we aint never got no democracy yet. And I don’t think no “Bhukuryo” word is some damn illigal word. For god sake we’ve got freedom of speech atm in our country guyz. We can talk anythin anytime about the corrupted politicians and thats our damn right. And you what jira if you think we aint no civilized in mysansar why do you just damn visit it. Yo think that yoz only got mouth to talk. I havent give a s**t about that if it was in ma site but umesh did I damn respect him and Support him. and i saw in comment of anne that it aint no respected word well say me which one of the politicians in our country did somethin that we gotta respect them.
    And something else guyz. Why did you donated if you want somethin from it…. Well you shouldn’t have what were your expectitians dude. To corrupt a true Nepal’s face site. Hands down dude. There aint nobody that can do that cuz we all know the pride of umesh and if he can run whole damn site in andolan he aint gonna accept your corruption.
    Thats all
    Jai Nepal

  48. umesh jee u are doing really really good job but there are still some people in our society who support suck king gyanedra, bharat paras, donot worry at all, there are nearly billion nepali behind u and not worrry for couple of people who doesnot like ur idea

  49. The word “Bhakurio” is a word in common practice only when the person being beaten is an evil one, or the user thinks, is an evil to the society. I also think, as Bharat Kesher Singh has played different roles in destroying our society and democracy in the past, is one of the worst person. “mero pauch kati samma chha, thata chha? Ma ko ho, chinechhas?” etc. bhanne manchhe lai “Bhakurio” shabda appropriate ho bhanne lagchha malai.

    But, Umesh should also learn to respect the readers’ feelings instead of reminding them what they could do otherwise.

  50. Umesh ji;
    In my opinion you have every right to choose the word to describe an incident, and at the same time reader has every right to accept or reject it. However the threatening some one to influence the way one thinks and expresses is what we suffered in the past and we all came out to fight against it. Those autocrats are still lingering around amongst us and whenever they get a chance try to get hold of us. So here they go again but please please dont DETER in your mission. MARCH FORWARD.. That is the only direction in whatever we do… NO turning back… All the best in your mission…

  51. Bhakuriyo is the appropriate layman’s tongue in nepal. One does not have right to blame other without proper knowledge. In fact, the word is used to communicate, i think Umeshji has used the word very effectively.

  52. You should return this Gyane Pokhrel’s donation. He used to be against andolan for a long time in Sajha. Perhaps he changed for a few days, but he is not a good man.

Comments are closed.