भरतकेशरले दिए ज्यान मार्ने धम्की, सुरक्षाको माग

[फोटोमा पीडित शेर्पा दम्पति। फोटो साभारः विकास कार्की/कान्तिपुर] मंगलबार लैनचौरमा भरतकेशर र उनका छोराहरुको कुटाइ खाएका आङदाबा शेर्पालाई भरतकेशर पक्षबाट ज्यान मार्ने धम्की आएको छ। उहाँलाई उहाँकै सहकर्मीहरुमार्फत् त्यस्तो धम्की दिइएको थाहा भएको छ। यस्तो धम्की आएपछि शेर्पा, उनका दुई सन्तान, श्रीमति र भाइ डर त्रासले कोठाबाट समेत बाहिर निस्कन सकेका छैनन्। हिजो प्रहरीले दुई पक्षबीच कुरा मिलाउन दबाब दिइरहेको बेलामा जिल्ला प्रहरी कार्यालय नगई सोर्‍हखुट्टे प्रहरी चौकीमा गएर उहाँले जाहेरी दिनुभएपछि प्रहरीको योजना असफल भएको थियो। त्यसपछि धम्कीको स्तर बढेको हो। धम्कीका कारण उहाँका आफन्तहरुले ज्यानको सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीलाई आज निवेदन दिँदैछन्।

आजको कान्तिपुरको एङ्करमा पीडित र पाठक पत्रमा प्रत्यक्षदर्शी अस्कल क्याम्पसका पूर्व सचिवको घटना विवरण छापिएको छ। अहिले निकै चर्चामा रहेको यो प्रकरणमा थप कुरा बुझ्न सजिलो होस् भनेर मैले यहाँ साभार गरेको छु।
पीडितको बयान
मंगलबार बेलुकी साढे ५ बजेको थियो । ठूलो बुबाको छोरा ग्याल्जेनसँग म दरबारमार्गस्थित कार्यालयबाट जोरपाटीस्थित कोठा र्फकन लागेको थिएँ । लैनचौरमा ट्राफिकजाम थियो । मेरो मोटरसाइकलको पछिल्तिर एउटा कार थियो । त्यो कारको टायरले मेरो खुट्टा कुल्चियो । त्यसपछि मैले चालकलाई ‘राम्ररी चलाउन’ भन्दा कारबाट ओर्लेका दुई व्यक्तिले ‘हामी को हौं, चिनिनस् ?’ भनी नानाथरी गाली गर्दै पिट्न थाले।

गाडीबाट ओर्लेका सेतै कपाल फुलेका बूढा व्यक्तिले पनि कुटे । कारमै रहेकी एक महिलाले ओर्लेर मलाई धक्का दिँदै अचाक्ली गाली गरिन् । मैले उनको गाली बुुझिनँ । लोग्नेमान्छेलाई उकास्ने र झगडा चर्काउने काम ती महिलाले गरेकी थिइन् । उनीहरूको कुुटाइबाट म भुुइँमा ढलें । मोटरसाइकलमा पछिल्तिर बसेको भाइ ग्याल्जेनले मलाई उठायो । उनीहरूले मेरोे मोटरसाइकल तोडफोड गरी चढ्नै नहुुने बनाए । मलाई सुुरुमा कुुट्ने दुुई व्यक्तिले घचेट्दै होटलसम्म मोटर साइकल पुुर्‍याएका थिए ।

मलाई ग्याल्जेनले ठमेलतिर डोर्‍यायो । रक्ताम्य अवस्थामा लगिरहेका बेलामा पनि ती दुुईले ठमेलचोक पुुग्दासम्म कुुटी नै रहे । सरस्वती र अमृत साइन्स क्याम्पस बीचस्थित निमा रेस्टुुरेन्टमा पुुर्‍याएर भाइले मलाई बसायो । कुुटपिटले म शिथिल थिएँ । शरीर र टाउको सुन्निएको थियो । त्यसपछि उसले उपचारका लागि सोर्‍हखुट्टेस्थित मनमोहन मेमोरियल अस्पताल पुुर्‍यायो । पछि घटनास्थलमा के भयो मलाई थाहा छैन । मलाई कुट्ने ‘ठूला व्यक्तिहरू’ भएकोे पत्रपत्रिका पढेर पो थाहा पाएँ । अहिले सिकिस्त बिरामी छुु, हिँडडुुल गर्न र बोल्न कठिन भएको छ । टाउको, घाँटी र आँखामा चोट छ । घरिघरि रिङटा चल्छ । सास फेर्दा घाँटीमाथिको भाग दुुख्छ । टाउको सुुन्निएको छ, औंलाले छुुँदासमेत असैह्य दुुःख्छ । मोटरसाईकल भाइले क्षेत्रपाटिस्थित वर्कसपमा मर्मत गर्न दिएको छ । शक्तिको प्रयोग गरेर दरबारमार्ग प्रहरी कार्यालयका निरीक्षक आभूषण तिमिल्सिनालाई कारबाही गराउन सक्नेले मजस्तो सामान्य व्यक्तिलाई के बाँकी छोड्लान् ?

घर खोटाङ हरिसेबागाचोल-९ हो । अहिले दरबारमार्गस्थित ‘हिमालयन एडभेन्चुुरा’ मा टे्रकिङ एवं क्लाइम्बिङ गाइड र ट्रेनरका रूपमा काम गर्छु । परिवारसँग जोरपाटीमा बस्छु । तीन वषीया छोरी, एक वर्षेर्े छोरा र श्रीमती छन् । प्रहरीले दुवै पक्ष मिल्न दबाब दिएका छन् । म झुुकेर सम्झौता गर्न चाहन्न । ज्यानधनको सुुरक्षा चाहेको छुु । म र मेरो परिवारलाई केही भयो भने त्यसको जिम्मेवारी आक्रमण गर्ने तीनै व्यक्तिहरूले लिनुुपर्छ ।

क्षतिपूर्ति, जीउधनको सुरक्षा, औषधि उपचार, घटनामा संलग्नले माफी माग्नुपर्ने र उनीहरूलाई कारबाही हुनुपर्ने माग गर्दै बिहीबार सोर्‍हखुट्टे प्रहरी कार्यालयमार्फत सबै निकायमा जाहेरी दिएको छुु ।

(आङदाबा शेर्पाले बिहीबार जितेन्द्र साहसँग गरेको कुराकानीमा आधारित)

अस्कल क्याम्पसका पूर्व सचिवको बयान

संयोगवश घटनास्थलमा आफू स्वयम् उपस्थित भएको नाताले म विशेषगरी देशका गृहमन्त्रीलाई असार ६ गते साँझ राजधानीको लैनचौरमा घटेको घटनाको एउटैमात्र उदाहरण दिएर यथार्थ पेश गर्छु ।

भोजमय सन्ध्यापान गर्न आफ्नो सवारीमा सुपुत्रहरूसहित निस्किएका भरतकेशर सिंह जब लैनचौर पुग्छन्, मल्ल होटल अगाडिको सडकमा एउटा मोटरसाइकलसँग ठोक्किन पुग्छन् । त्यहाँ उनी सवार कार एउटा मोटरसाइकलसँग झीनो ठक्करमात्र खाएको हुन्छ । निश्चित रूपमा सडक यातायातमा आफ्नो साधन अर्को सवारीमा ठोक्काउने उद्देश्य सामान्य स्थितिमा कसको पो हुन्छ ? हुन्छ भने कुनै षडयन्त्रमा हुन्छ, हुन्छ भने दिनदहाडैका गुण्डागर्दीमा हुन्छ । तर यहाँ दुई सवारीमध्ये एकको त्यस्तो उद्देश्य थियो भन्न पनि खोजिएको हुँदैहोइन र कसैले गुण्डागर्दी गरेको भन्ने पनि नसोचौं, तर एकआपसी विवादमा नपर्नु परिसकेपछि त्यसको समाधान के थियो ? धेरैलाई जिज्ञासा छ ।

सडकमा हिँड्ने हरेक नेपाली नागरिकलाई सडकमाथि कुन ओहोदाका, कुन हैसियतका, कुन वर्गका र कुन परिस्थितिका मानिस अगाडि बढिरहेका हुन्छन् भन्ने जान्नुपर्ने आवश्यकता रत्तिभर हुँदैन । प्रशंगवश यहाँ यस्तै पर्‍यो । मोटरसाइकल सवार सेर्पा बन्धुलाई पनि त्यो के हिसाब ? तर कारमा सवार भरतकेशर परिवारलाई त्यसको हिसाब राख्ने मन भएकै हुनुपर्छ । विवाद बढेर चर्काचर्कीमा पुग्छ र सुरु हुन्छ घम्साघम्सी, तोडफोड र मारपिट ।

अब एउटा घर जल्न सुरु भएपछि आडैको छिमेकी बेमतलबी भएर बस्छ ? बस्दैन । सडकका यात्रु, क्याम्पसका विद्यार्थी, चौरका खेलाडीहरू सबै त्यतै तानिए । त्यसमाथि अमृत क्याम्पसजस्तो आन्दोलनको इतिहास र गरिमा बोकेको संस्था यसबाट अलग रहने कुरै थिएन । सबैको माग हुन पुग्यो- पीडितलाई तत्काल क्षतिपूर्ति । त्यो भएको देखिएन ।

भरतकेशर मल्ल होटलभित्रै हराए, जसको कारण बाहिरको परिस्थिति नियन्त्रण बाहिर गयो । पुलिस आइपुग्यो । पुलिस बीचबाट प्रहरी निरीक्षक आभूषण तिमिल्सिना दिलोज्यान दिएर स्थिति सामान्य पार्न तत्काल उत्रिएको देखियो । सबैले सुनिरहेका थिए, उनीबाट ‘ममाथि इँटा वषर्ाऊ, मलाई सिध्याऊ, म मर्न तयार छु, तर विवाद नबढाऊ ।’ सुन्नेहरूको मन पग्लिएको थियो । अरू पुलिस सहकर्मीहरू पनि सक्दो प्रयासरत थिए ।

तर त्यहाँ उपस्थित सबैले खोजेका भरतकेशर गायब रहिरहे । होटलमा धेरै क्षति भइसकेपछि, उनको गाडी जलिसकेपछि बल्लबल्ल उनी होटलबाट ढोकासम्म निस्किए । यतिखेर छोराहरूको हातमा हतकडी थियो । पीडित पक्षसहित सबैले एउटै माग राखे- क्षतिपूर्ति दिनुपर्ने । जान्ने-बुझ्नेहरू कुरा गर्दै थिए- यतिबिघ्न भइसक्दा पनि साधारणतया क्षतिपूर्तिको कुरा भरतकेशरले सबैका अगाडि गरिदिए स्थिति तत्काल सामान्य हुने थियो । त्यो सम्झाउनसमेत एक-दुईजनाको समूह अगाडि बढ्यो । त्यसले भरतकेशर अगाडि पुगेर निवेदन गर्‍यो- ‘क्षतिपूर्तिमात्र दिन्छु भन्दिनुस्, कृपया अन्यथा नलिदिनुुस् ।’

तर उनले ठाडै भने- ‘कसरी दिन्छु क्षतिपूर्ति ?’

आखिर मल्ल होटल पनि अनायास तोडफोडमा पर्‍यो । पुलिसको सक्रियतामा अरू बढी ध्वंस र आगजनी हुन भने पाएन । यसमा पुलिस वर्गको विषेशगरी प्रहरी निरीक्षक आभूषणको जति तारिफ गरे पनि कम हुन्छ । परिस्थितिलाई अवमूल्यन गर्नाले यति नोक्सानबाट अगाडि बढेर मल्ल होटल अरू ध्वंसात्मक चपेटामा पर्नबाट जोगियो, तर अन्ततोगत्वा भरतकेशरमाथि शारीरिक हमलासमेत हुन पुग्यो, जुन परिस्थितिको उपज थियो ।

उता पुलिसले सकेजति भरतकेशर परिवार र मल्ल होटललाई सुरक्षा दिने वा जोगाउने कार्य गरेकै थियो । भोलिपल्ट असार ७ गते टेलिभिजनबाट सुनियो- दरबारमार्गका प्रहरी अधिकृत आभूषण तिमिल्सिना यसैकारण अभियोगका सिकार भए, जसले अकस्मातको परिस्थिति सल्टाउने अन्तिम प्रयास गरिरहेको थियो अघिल्लो साँझ, अर्को साँझ उनीमाथि अभियोग लाग्यो । आफ्नो मन खिन्न भए पनि आभूषणप्रतिको सद्भाव भने मेटिने छैन ।

यसरी सानोभन्दा सानो विवादबाट उब्जिएको विष्फोटका पछाडि कुन विषयवस्तु अन्तरनिहित छ, त्यो अर्कै विषय होला, तर माननीय गृहमन्त्रीज्यू, दोषपूर्ण घटनाका असली दोषी पन्छाउँदै निर्दोष, निरपराध र कनिष्ठ नागरिकहरूलाई मात्र सजायको भागिदार बनाउँदै जाने हो भने एकदिन लैनचौरवासीको मात्रै होइन, तपाईंले पूरै देशवासीको हस्तक्षेपको सामना सहन गर्नुपर्ला ।

हत्कडी कसकसलाई लगाउनु हुन्छ र कसकसलाई लगाउनु हुँदैन, त्यो त समयले स्पष्ट पार्ने कुरा हो । तर अपराधी जोकोही भए पनि उम्कन पाउनु हुँदैन । ध्रुवसत्य कुरा हो, समयले कोल्टे फेरिसकेको छ, अवमूल्यन नगर्नु भए वेश होला ।

– दुर्गाप्रसाद गौतम

पूर्वसचिव

नेविसंघ, अमृत साइन्स क्याम्पस, ठमेल

37 Comments

  1. bharat kishor jasto pratigami la loktantr ko shandhai birodh garachha. yo usko harako bichar ko upaj ho.
    shamana sharmik sherpa dai lai kutara usla pagal pan dhakaaya ko ho.
    turunta inspecter timelsena lai punar bahali garnu pardha chha. karbhai ta bharat kishor jasto mandala ra usko chhoro lai hunu pardachha.
    { ganatantra nepal jindabad.)

  2. दोषीलाई कारवाहि हुनुपर्छ। सरकार चलाउन बसेकाले त्यति पनि गर्नसक्दैनन् भन्ने भोलि जनताको अगाडि कसरी भोट माग्न आउनेछौ हेरौंला।

  3. Time has changed now. There used to be the days for the ones in the power and do as they wish, but today people are more powerful than the ones.

    Shah dynasty is in the brink of existinction and the incidence which happen in Linechour would grease the process speedier. The A man of Ganendra and the ‘C’ grade attitude his clan and its genes showed is truly an example what they have and what they will possibly do to Nepal and Nepali. But the fact NEPALI JANTA are not sleeping now and we are very quick to react, and there we all have one another example.

    As for me, had it been me present at the scene then, I would have definitly contributed in that mass beating. I deeply regreat for missing this oppurtunity to practise some of my hand and leg skill…… Anyway there is always a next time. Same goes for all those who all had missed the chance.

    Now to the ministers, you have also showed some of your traits that are very typical and we are fade of all that. You still acting the same, then what’s the use of having you all there. It is time for a change then. It was people who made the king kneel down, you are just representing us not the one with power, act like a man not like a remote controlled puppet.

    Victim Sherpa and his family and Police inspector Timilsina should be given fair justice. And the daka Bharat keshar Singh and his genes be penalized.

    Long live Nepal and Nepali janta.

  4. Bharat Kesar ra dhamki dine jati sabi lai ra testai aru haru pani jasle tyasto manasthiti hune haru lais kam se kam lak tantrik sarkar le sake des nikala garnu parcha na sake kam se kam jindagi var jel ma halnu parcha . Kam sa kam yauta ta udaharan hos .
    Dhanabad

  5. मलाई बिश्वास छ अस्कल क्याम्पसका साथीहरुले सम्पूर्ण नेपाली हरुको वहाँ हरु प्रतिको बिश्वास कएमै राख्नु हुने छ र दोसी, सर्प भरते को शिर कुल्चेर न्याए दिलौनुहुनेछ

  6. Umesh bhai,
    Thanks for this issue.
    This is the beginning of the end. The reactionaries have now started to raise their heads through the first pawn ( Bharat Kesar). Kamal Thapa and company are already freed to hatch and materialize their plan into action. Believe me some ministers are part of the reactionary forces. Time will prove this.

  7. Well done Mr. Inspector AAbhusan ,actually i know your spirit and positive attitude towards your duty in Biratnagar and personnally i proud of you and ur Job keep it up and pass my hellow to ur sister in Law mr.Narayan Poudel.

  8. The developing phenomenon indicates that the democratic government is not able to properly functioning (in a Loktantrik way) and Royal Power still has the influence in the administrative mechanism and the senior bureaucrats are close to that power. We have to careful about it. Inspector Mr. Timilsina you have done good job and DO NOT compromise with anyone.

  9. ye rattai! Bharat kesari hami ek matra hindu rajyako adhakshya. Uhan ta thulo many ganya manche hunuhuncha..ajhai honorable sahi something something. testo manche lai bato nachodera…huncha. Aja sarbasadharan manchele gherera kutpit garna huncha. Yo ta ekdum najyaj kaam bhayo ni…nepal adhirajyako 200 barsako itihashma nabahako kura ko thalani ahile ayera garna huncha. Waaaihyaat

  10. Sherpa Dai and family we all love U ….what ever
    U’v been thru may God Bless U and U’r family.

    Inspector Mr Timilsina we SALUTE U for U’r Bravery.
    Timilsina Dai U’r ONE IN THE MILLION N U’R SUPER STAR…. we hope that they should learn (POLICE & POLICE DEPARTMENT) FROM U and follow u’r path then one day I BET, Nepal would be CRIME FREE n PEACEFULL country once again.
    WE NEED A HERO LIKE U for Poor n lawless people of Nepal.
    Plz keep on doing what ever u doing always be good to
    SOJA SAJHA Janta ..they will bless u from their heart.

    i have never seen any police officer who is in Janta’s side. Man I don’t know what to say .
    >>>>>>>>>

    Once again we love u all,
    Newa

  11. Ramro garne Police Inspector lai kina karbahi ? karbahi ta Bharat Keshar family lai po garnu parchha. ajha jyan marne dhamki dine ??? huna ta Pandit Narayan Pokhrel ko hatyarako ke bhar? tara situation nikai change bhaisakeko chha aba Bharat keshar haru lai jantle umkana dine chhainan. haina ahile ko loktantrik bhanaudo sarkarle ke herera baseko chha. Khabardar!!! Inspector Timilsinalai karbahi nagara.

  12. I dont think just blaming each other solve the problem. Change the mentality and do something for the peace and stability for the nation

  13. It is called cycle of events. You take law in your hand, and does not let law enforcement officers to work, then the other side will also enjoy the trick
    you used. It will escalate.

    Just move the ASCOL out of the city. ASCOL is a problem maker in congested Kathmandu. Convert that ASCOL into Parking Lot, it could have avoided the death threat of Sherpa. We don’t ASCOL now, because we have so many 10+2 colleges they offer quality education. ASCOL is now irrelavant in quality education in Nepal.

    Nepalian

  14. This is an example of praiseworthy bravery of the Nepali people. This proves that Nepali people can protect Nepali society and provide true justice to the victims like Mr. Sherpa family. Congratulation to everyone. My heart and support goes to Sherpa family and those who defended him. You have successfully defyed one monster. One by one, all these tyranies should be brought down soon.

    Long live true Nepali spiriti of justice, caring and compassion to the victims.

  15. Really Abhushna is a one of the loyal and obedient Police Officer. I know him since we are studnets of TU. Is Home Minster do not care about his case than what will happen in our country within a Loktantra. Who is running the police force ? Home Minster or Palace ?

  16. Congratulation to those who did wonderful job punishing the bullshites of the previous government. It is really hard to understand why the residue of the previous government try to pollute the democratic society.Their master has gone knee down before the people already. This is really wodnerfull example that people of nepal are more consious about the right or wrong. we cannot compare it with vidtrantra where mostly innocent people suffers.It looks for me that this prime warning to those APRADHI that they cannot rise thire head to make any conspiracy to people.
    Thanks for giving your fresh news and views.
    ckathmandu

  17. This is the request for mero sansar. I would like to have the email address of Inspector Abhusan. IF possible please forward that to me, or please forward my email address to him, so he can contact me if he wants to.

    IF you don’t want to post this message in the website, its fine with me. Just wanted to ask for his email address. Thanks.

  18. सिडिओ लाई थाहा होला कसले इन्स्पेक्टर लाई कारबाही गर्नु भन्यो भनेर ।
    किन र कसरी इन्स्पेक्टर लाई टार्गेट गरियो ? के कारण हुन सक्छ ?
    यो द्वन्द ले धेरै ठुलो रुप लिन सक्छ, धेरै क्षति हुन सक्छ ।

    Let`s wish to settle this issue with negotiation. Let`s wish elegant people will never suppress the general public or poor nepalese.

  19. Umesh ji,aawota kura ko tapaye lai jimma dina cahanchhu hami bidesh ma basnay Nepali haru marfat, ka bhane tapai lay SHERPA paribar ani ins. TIMILSINA ko bara ma pachhi samma lakhanu parchha ,ki na ki lok tantra ayako NEPAL ma kay hudo rhachha ? mandale ko habi chha ki janata ko ? sathhi griha mantri la kun pachha linu hudo rahachha ? katai thulabada mandale rahachha bhanara SHERPA ra INS.TIMILSINA laye nai ta dos dinai ho ki ? lakhana na bhulanu ho la |

  20. Bharat Keshari Singh has put his family at social- risk by threatening victim Sherpa family. We all are with Sherpa family.

  21. Umesh ji,

    Bharat Kesher is damn Mandale, he and his family in danger now, Bharat Kesher should know that if he play with fire the fire will burn him to death, this is what exactly will happen to him if he something happens to Inapestor as well as to Sherpa’s family.

    Lets see further what will happen???

  22. actually what i believe that sherpa family seems to be innocent so if something bad happens in their part,who will be responsible? – ministers? pm? government? who????????????????

  23. And supporting to Inspector Mr. Timilsina, thanks for your helping to people. Don’t worry about case. We are supporting you (Mr. Timilsina).

  24. Lots of thanks for Lainchaur people, all my dear friend students of Ascal & Saraswati.

    I’m 500% supporting to all of you.

  25. hello umesh jee,,tapailai dharai dharai dhanaya bad… tapai la yo ekparkar ko JANAKAR BAHE ko bara ma denu bhaya ko samachar ko lage ..ane neta haru la pane buja huncha tene haru ko himat chain bhana janta aaphai uthna cha ane tayo TUPHAN ma ko ko parna ho hame kamana garau hamra neta chai na parun tasaila chito bhanda chito ye SOSAK haru lai karbahe garnu paryo natra janata tayar cha fare pane ene haru lai BHAKURNA

  26. Dear Ascolian and people of Lainchaur area,

    Congratulations for doing great job in favour of poor people who cannot get justice because of so called “Darbariya Force”.

    Sherpa ji, tapai mathi bhayeko anyaya ko badala ma Bharat keshar jasta jackal haru le police inspector Aabhushan Timilsina lai ta saruwa garna koshis gare.

    Tesaile Sherpa ji, tapai mathi feri anyaya bhayo bhane aba bharat keshar haru jasta bachne chhainana.

    Ani bharat keshar jasta swanam dhari dharmik sangathan ko president jasle deshma ganatantra ko khilap ma shadyantra gardain chhan testa lai nepal sarkar le karbahi garna sakdainana bhane nepali janta le kukur ko maut marera karbahi garnu parchha.
    feri marne kura garda dherailai ris uthna pani sakchha.tar janata ko loktantrik adhikar ko biruddha ma lager samantabadi rajtantra ko pakshya ma lagne harulai janatale karbahi garnu parchha. They should be crushed.

    Nepali janata aba 16th century ko jastai chhan bhanne nasoche huncha Mr. Gyarja(Gyane Raja)ani Gunda Paras.

    “This is 21st century. Kuro bujheko ho Mr. Gyane and Gunda Paras.” Sabai lai Chetana Bhaya.

    Gopal Koirala

  27. # लथालिङ भैसको देश यता माओवादी हरु मन परि गर्छन उता मनडंलेहरु मनपरिगर्छन् । देशमा कानुन व्यवस्था छ कि छैनहो ? कि जसले जेगरे पनि हुने हो ?
    # यिनिहरुले डुबाउँछन देश ।। देशमा सान्ती ल्याउने तिरलाग्नु कताहोकता उल्टै तहसनहस गर्नतिर लाग्छन्
    # यसोगरो उसोगरो रिस जनतैमाथी पोखो है । हामी जनता घन्टा हो र कहिले एउटा ले ट्वाङ पार्ने कहिले आर्कोले ट्वाङ पार्ने ।।।
    # धेरै जनताको धैर्यमाथी खेलवाडनगर है नराम्रो सित पछुताउछौँ ।।

  28. प्रहरी निरिक्षक आभूषण तिमिल्सीना नेपाल प्रहरीकै आभुषण हो। यस्ता कर्तब्यनिष्ठ, न्याय प्रेमी प्रहरीलाई बर्तमान लोकतान्त्रिक सरकारले बयान लिएर र सरुवा गरेर लोकतन््त्रलाई नै धरापमा पारेको छ।् लोकतन्त्र आयो भन्ने, लोकतन्त्रकै गुनगान गाउने तर भरत केशर जस्ता मनडलेहरुलाई जे पायो, त्यो गर्न छुट दिने गृहमन्त्रिले अब बोल्नु पर्यो। भरत केशरको गुन्डागर्दि र ज्यान मा्रने धम्कीबाट पिडित शेर्पा परिवारलाई सरकारले तुरुन्त सुरक्षा प्रदान गर्नु पर्छ। निरिक्षक आभुषण तिमिल्सिनालाई तुरुन्त सोही ठाँउमा बहाल गर्नु पर्छ।

  29. ****
    तपाईँले प्रत्यक्षदर्शीको रुपमा एउटा नयाँ जानकारी दिनुभएको छ तर तपाईँले इमेल ठेगाना गलत लेख्नुभएकोले तपाईँसँग सम्पर्क गरेर थप जानकारी लिन सकिएन। कृपया मलाई इमेलमा सम्पर्क गर्नुहोला- मेरो संसार

  30. सर्वप्रथम त यस प्रकरणमा संलग्न विद्यार्थी साथिभाई तथा लैनछौर वासिन्दालाई मुरी मुरी धन्यवाद । जब सम्म यस्ता मै हुं भन्ने व्यक्ती हरुको रवैया लाई सचेत नागरिकहरुले यसरि प्रतिकार गर्दैन तब सम्म नेपालमा जुनसुकै सरकार, जुनसुकै निति, जुनसुकै कानून र जुनसुकै नेता आय पनि पद, पैसा र पहुंच भयकाहरु आफ्नो अभिमानले अचेत भै नै राखेको हुन्छ। त्यसैले यस्तो कार्यको भरमग्दुर प्रतिकार स्वाभिमानि जनताले गर्नै पर्दछ। यहां नेर प्रहरी निरिक्षक आभुषण तिमिल्सिनाको साहासिक पाईलाकोपनि हामी सम्पूर्ण नेपालीले प्रसंसा गर्नै पर्छ। अन्यथा नेपाली समाजमा भरत केशर जस्ता पिशाचहरु रहिनै रहनेछन र नेपाली समाजले न्यायको अनुभुति कहिल्यै गर्न पाउने छैनन। स्मरणिय रहोस केहि वर्ष अगाडि बेलायतकी माहारानीकी कुकुरले एक सर्वसाधारणलाई टोकेपछि माहारानीले अदालतले तोके बमोजिमको क्षतिपुर्ति ५००० पौण्ड मात्र तिरिनन जबकि व्यक्तिगत रुपमा उनले पिडित सङग क्षमा पनि मागिन। तसर्थ हामी सवैले पिडित शेर्पा वन्धुलाइ क्षतिपुर्ति दिलाउन, भरत केशर र मतियारहरुलाई कानूनि तवरले सजाय दिलाउन र प्रहरी निरिक्षकलाई प्रसंसा गर्न कुनै कसर बांकि राख्नु हुंदैन। जय देश!! जय जनता!!

  31. Well, Finally Nepalese people are blessed with Justice.Unity is Stregnth, There are many more such big foolish heads, who shows up palace power. Nothing last foever… Every Mandale should remember this…Every Nepalese has equal rights to live in Nepal… Plz drive your car carefull… Gyalgin Sherpa New Delhi

  32. If we do not speak in favor of Inspector Aabhusan Timilsina then we should in favor of COAS general Pyarjung Thapa and Ex COAS Satchit Sumsher JBR. Its the right time to think by ordinary people to think seriously. Mr Timilsina represents rule of law in Loktantra Law but the COAS and other genral represents Rule of Shah dynsaty.

  33. Durga ji ko statement sufficent chha. Really inspector done well. we expect from all our Nepali police like inspector Timsina. Thnks umeshji for news.

Comments are closed.