"..निवासको धम्कीबाट डराउँदैनौं"

भरतकेशर प्रकरणमा विद्यार्थीहरुको विरोधको नेतृत्व गरिरहनुभएका अस्कल क्याम्पसका स्ववियु सभापति टेकराज पछाइसित म र साथी मणिले हिजो घटनाका बारेमा जानकारी खोजेका थियौं। उहाँसितको कुराकानीको अडियोसहितको जानकारी अहिले अलि बिसञ्चो जस्तो महसूस भइरहेकोले राति अबेर राख्ने प्रयास गर्नेछु। अहिलेलाई एउटा सानो भिडियो अंश हेर्नुस्। यसमा उहाँले आफूहरुलाई होस्टलको फोनमा कुनै निवासबाट फोन आएको र बचेर हिँड्नु भनी धम्की दिइएको तर त्यस्ता धम्कीले आफूहरुलाई केही पनि असर नपार्ने बताउनुभएको छ। भिडियो हेर्न भित्र आउनुस्-

भिडियो हेर्न तल क्लिक गर्नुस्। भिडियो मुनिका लिङ्क पनि हेरेर सहयोग गरिदिनु होला।

14 Comments

  1. thanx 4 ur video.after 2 yrs.,I saw my friend TekRaj!!U PEOPLE R DOING GOOD JOB, KEEP IT UP!!
    NEPAL AAMAKO MUHAR FERNA ABA TIMIHARU JASTAI YUWAHARU
    KO HAATMA DESHKO BAAGDOR AAUNU PARCHHA.
    ONCE AGAIN THANX A LOT.

  2. शाही(नेपालि) सेना र “ओली” र बारेमा

    साथिहरु,
    केहि साथिहरुलाइ शाहि (नेपालि) सेना को बारेमा अझै पनि केहि भ्रमहरु भए जस्तो लाग्यो।

    हामिले सेनालाइ दरबरिया वा शाहि(सेना) को आखाबाट हेरेमा शाही(नेपालि) सेनाको कुरा एक हद सम्म ठिकै पनि लाग्न सक्दछ। तर बास्तबिकता तेस्तो छैन। सेना जहिले पनि दरबारको शक्तिको रक्षा गर्न र दरबारियाहरुको सुरक्षा गर्न बाहेक सुगौलि सन्धि पछि केहि गर्न नसकेको त इतिहास पढ्ने औटा बालकले पनि बुझ्दछ।

    जहा सम्म बलत्कार र हत्या भन्ने कुरा हो, त्यो त सबैले बुझेकै कुरा हो, सेनाले गरेका काला करतुथरु कठ्मन्दु वा बिदेशमा बसेर होइन मध्यपश्चिमका जिल्लाहरुमा मात्र बसेर हेर्नु पर्दछ।

    नगरकोटको हत्याकान्ड, पुर्बमा भर्खरै भएको एक चेलि लाइ बलत्कार गरेर मारि सकेपचि तेस्को पर्तिकार गर्दा गोलि चलाएर गा उलेहरुलाइ मरेका कुरा त भर्खहरै जस्तो भएक हुन्। कर्णालिको औट जिल्लाम एयरपोर्ट बनाउने क्रममा ३५ जना निर्दोश लै मारेर सबैको अबस्था लुकायेको पनि भर्खरै कुरा बहिर आयेको नै छ। भैरबनथ गणको कुरा त मित्र महोदयहरुले तह पढ्नु भयेकै होला। एस्ता हजारौ उदाहरण छन् मित्र साहि सेनाका करतुतहरुका।

    हो, सेनाका तल्लो तहमा जनसाधरनका सन्तनहरु पनि छन् तर ति सबै निरिह छन्। जब सम्म सेनाको उप्पल्लो कम्मान्डबट शाह, थकुरि, थापा, राणा खलकलाइ बिदा गरिदैन तब सम्म सेना मा लोकतान्तृक् आचरण आउदैन। दरबरिय सेवकबत ता सरकरलाइ समेत नटेरेर रजनैतिक बिसयमा बक्त्यबाजी गर्ने, दरबर्लाइ बलियो बनाउने बाहेक् केहि पनि हुन सक्दैन।

    तेसैले साथिहरु हो, यो पुरानो हाङओभर् अब आफु बाट पनि हटाएर, सत्य-तथ्य त्यो पनि जनताको नजरबट हेरौ। अनि तपाइले देख्नु हुनेछ बस्तबिकता तपाइले पहिले बुझे भन्दा अत्यन्त फरक् हुनेछ।

    यो “ओली” को बारेमा त के कुरा गर्नु, कुरा गर्यो कुरा कै दुख्ख।

    नेपाली र नेपालीको सधै जय होस्।

    लेखनाथ

  3. मोर्यो भनेर जन्ताले छोदेका सिनाहरु फेरि किन सदक् मा आफ्नो राग् देखाउदैछन् किन की जन् आन्दोलन् पछी बनेको सर्कार्मा पनि दर्बार् का प्रतिनिधि छन् भन्ने सबै लाइ थाहा छ के पी ओली को हो? हेर्दै जानुस् उस्ले घुमाउरो पाराले बोलेर उस्ले आफ्नो असली आनुहार् देखौदै छ । के उ साचै यमाले को प्रतिनिधि हो? त्यसो हो भने यमाले कुन् बातो हिददै छ?

    होसियार् के पी ओलीहरु देखी !!!!

  4. Mitraharu,

    Kasari Nepalma nyaya huna sakchha? Bicharko birodh garne sammalai suraakiko jutha aarop lagaundai jana hatya agrna aadesh dine (decree issue garne) prachanda ra bhartiya dalal girija, madhav etc. harulai aaja shasanko bagdor dieeyeko chha. Bhrastachari harulai feri mauka dieeyeko chha. Malaita sabai kura beimani lagyo. Dudhko dudh paniko pani kahile huneho? testo dekhiye matra aasa garna sakiyela. Nyayako kura garne ho bhane, prachanda jana hatyaraho, girija ra aaru bhartiya dalal ra Bhrastachari hun.

  5. You Tube को कनेक्सन अमेरिका मा मात्रै राम्रो हो कि अरु ठाउँमा पनि? मैले त कहिल्यै राम्रोसँग हेर्न सकिन । कच्च्याक कुच्चुक हेर्दा विद्यार्थी नेताजी सरकारलाई पहिलेकै ढंगले चलिरहेको आरोप लगाउनु भएको सुने । होला, सरकार आफ्नै ढंगले चलिरहेकोछ – अनि विद्यार्थी नि? के पहिलेकै पारामा चलिराखेको छैन त? म किन उनिहरुमा केही परिवर्तन देख्दिन त? अरुलाई परिवर्तनको demand गर्नु अघी आफुमा परिवर्तन ल्याउनु कसो होला?

    अनि सबैभन्दा मुख्य कुरा – विद्यार्थी युनियन किन राजनैतीक दलहरुको छत्रछायाँमा बस्नु पर्‍यो? जबसम्म उनिहरु राजनैतीक दलहरुको छायाँमा बस्छन्, तब सम्म उनिहरुले कुनै ठुलो परिवर्तन ल्याउन सक्दैनन् जस्तो लाग्छ । आफ्नो identity आँफै बनाउनुस्, विद्यार्थीको हैसियतले विद्यार्थी युनियन चलाऊनुस्, कुनै पार्टीको हात नसमातिकन । अनिमात्र तपाईंहरु साच्चीकै नेता बन्नुहुनेछ ।

  6. if the government works for people, bharat kesheri sing should be put in jail immidiately and again we need to see him handcuff coz the mandales disagreed about handcuff of bharat kesheri. we need to teach him to respect people if he want to live in nepal. he needs to take some lessons from those MUKKAs.

  7. उमेश जी ,एत्रो २१औ शताब्दी को प्रबिधी मा पनि कस्ले कहाँ बाट फोन गरेको हो भन्ने कुरा नेपालि टेलिकम ले हेर्न सक्दैन? तेस्तो केस् मा त राम्रो सङ अद्ध्यन गरेर कार्बाही गर्नु पर्ने हैन र? नत्र त जस्ले जस्लाइ पनि फोन बाट धम्काउन सक्ने भैहाल्यो नि,हैन?

    स्मृती कंडेल,
    बेल्जियम

  8. Umesh ji

    Many thanks for the update. I believe Bharat Keshar looking a serious incident, which would be the last one. How come he is alive yet?? seems the students couldn’t give him a real stroke that he deserves.

    If Bharat Keshar does not stop his damn threats then he wouldn’t last for long……..This is a real time of judgement of Mandales accorss the country wherever they are whatever they are doing. Actually Bharat Keashar was one of them who have come forward himself to be judged. Guys lets teach him a good lesson of people’s judgement.

  9. यो मुलुकमा सरकारको नाम फेरिए पनि दरबारको दादागिरीको अन्त्य भएको छैन भन्ने कुराको ज्वलन्त उदाहरण हो भरतकेशरसिंह प्रकरण। यो प्रकरणका दोषी सिंह र उनका दुई पुत्रहरुलाई कारवाही नहुनुले नेपालको राज्यव्यवस्था नयाँ बोतलको पुरानो रक्सी सावित भएको छ। परिवर्तन भएको डिङ हाँक्ने केपी ओली र कृष्ण सिटौला शासन सञ्चालनको उच्च तहमा छन्। तर खै तिनले भरतकेशरलाई गिरफ्तार गरेर कानूनी राज्यको आभाष दिन खोजेको ? राजालाई माघ १९ को कदमका लागि उक्साउने व्यक्तिबाट कानूनलाई मुठीमा लिने कार्य हुँदा ओली र सिटौला किन कारवाहीका लागि तयार छैनन् ? जनचाहना अनुसार कार्य सम्पादन गर्ने वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक आभुषण तिम्सिनालाई वयानका लागि जिल्ला प्रहरी कार्यलय झिकाउनुको अर्थ सरकार साधुलाई सुली र चोरलाई चौतारो उपलब्ध गराउन तयार रहेको सन्देश हो। भलै शनिबार तिम्सिनालाई फेरि पुरानै स्थान दरबारमार्गकै दरबन्दीमा फर्काइएको छ। तर त्यो विद्यार्थीहरुको कडा संघर्षको उपलब्धि हो।

    मुलुकमा हिन्दू कट्टरताको नाउँमा विखण्डन मच्चाउन खोज्ने भरतकेशर सिंहका अगाडि खै त नेपाली जनताको सार्वभौम अधिकार? पिटाइ खाएका आङ्दावाहरुलाई खुला रुपमा ‘मलाई चिनेको छस् ?’ भनेर धावा बोल्दै हिँड्ने शक्तिको भित्री स्रोत के हो ? लोकतन्त्र आएपछि त दरबारसँग सम्बन्धभएकाहरुको बोली यस्तो छ भने यसअघि उनीहरुको दादागिरी कस्तो थियो होला आफैँ अनुमान गर्न सकिन्छ। नेपाली सेना लोकतान्त्रिक सरकारको नियन्त्रमा चल्न तयार छ भनेर वक्तव्य दिएर मात्रै पुग्दैन । उसका क्रियाकलाप भरतकेशर सिंहलाई बचाउने छउञ्जेलसम्म नेपाली सेना नेपाली जनताको होइन भन्ने कुरा वक्तव्य ननिकाले पनि पुष्टि हुने कुरा हो। त्यसैले भरत केशर सिंहमाथि हुने कारवाही भनेको कानूनी राज्यको सुरुवात हुनुसक्थ्यो। तर सरकार त्यो विन्दूमा पुगेर फेरि पनि चुकेको छ। हिजो जनताको जुलुशमा गोली ठोक्न निर्देशन दिनेहरु को को थिए भनेर खोज्ने हो भने भरतकेशरको नाम टफ टेनमा पर्दछ। पर्दापछाडिबाट राज्यको शासन सत्ता मुठीमा लिएर जनतामाथि दमन गर्नेहरुले लोकतन्त्रमा गल्ती गर्दा त कारवाही हुँदैन भने यो त साँच्चिकै लोकतन्त्रको खिल्ली भयो। लोकतान्त्रिक सरकार अझै पनि दरबारिया शक्तिलाई बाघको रुपमा देख्छ भन्ने कुरा यो प्रकरणले पुष्टि गरेको छ।

    कृष्ण ढुंगाना

  10. उमेश जी
    अब डराउने त कुरै भयन हैन र ? यो संसार कसैको पेवा त हैन नी सवैको जीवन वीसाउने साझा थलो हो । अब ति मण्डले हरुले सोचे होलान यो संसार मेरो लागी मात्र हो यदी त्यासो हो भने त्यसले त ठुलै भुल गर्दै छ नि ! मेरो विचारमा ति मण्डलेहरुलाइ यो संसारको कुल जासंख्याको हिसाव किताबमा हामी गरीखाने वर्गको अंक सवै भन्दा माथी छ भन्ने कुरो चाही पत्तो छैन जस्तो छ ।

    अविरलयात्री
    के.एस.ए.

  11. Thanks for the news.

    I dont wonder and surprise, coz i know this is nepal..
    , my proud nepal, peace nepal…
    .Thats all

  12. Thanks for Real Journalis Umesh Ji,
    “Mr Khadga Oli ji “- Can you please come up with nother press conference’ – demonising victims & defending yours previous ‘loyal Collegues(police)’ that you can justify your ‘superior boss’ you are performing real ‘classical drama’ – in Nepalese Life.

    प्रहरीले रकम असुलेको आरोप
    http://www.ekantipur.com/

    कास

    विराटनगर, असार ९ – सर्वसाधारणलाई आफूले भनेको नमाने ‘माओवादी भनेर जस्तोसुकै कारबाही गर्ने’ धम्की दिंँदै अधिकृतस्तरका एक प्रहरीले निकै रकम असुल्ने गरेको खुलासा भएको छ ।
    प्रहरी व्यवहारबाट पीडित मोरङको बेलवारी र आसपासका सर्वसाधारणले आइतवार प्रहरी नायब महानिरीक्षकसमक्ष उजुर दिएका छन् । जर्बजस्ती चन्दा माग्ने अनि आनाकानी गर्नेलाई ‘माओवादी भनेर मारिदिन्छु’ भन्ने गरेको उल्लेख गर्दै पीडितले नायब महानिरिक्षक केशव वरालसमक्ष उजुरी दिएका हुन् ।

    आठ जना पिडितले बेलवारी इलाका प्रहरी कार्यालयका तत्कालीन निरीक्षक रमेश कार्कीसहितको टोलीले नौजनाबाट जर्वजस्ती दुई लाखभन्दा बढी असुलेको उल्लेख गरेका छन् ।

    कार्कीले ध्रुव कटुवालवाट ३०, बेलबारी-३ का हरिप्रसाद भण्डारीबाट ५०, मनोज श्रेष्ठवाट २२, कैलाश राईबाट १२, अजर्ुन गौतमबाट १२, गोविन्द खुलालवाट १०, हरैचा गाविस-४ का तारा निरौलावाट २०, इन्द्रपुर-१ का वालकृष्ण गिरीबाट ३०, हरैचा-५ का ताराबहादुर निरौलावाट २७ हजार रुपैयाँ र ६० मन धान पेस्तोल देखाएर जर्बजस्ती लिएको उजुरीमा खुलाइएको छ ।

    पिडितमध्ये हरैचाका तारा निरौलाले पसलमा धानको नापतौल गरिरहेको समयमा आएका प्रहरीले काम छ भनी आफुलाई वेलवारी थाना लगेर माओवादीको धान किन किनेको भन्दाै आप’mुसंग २७ हजार रुपैया र ६० मन धान मागेको वताए । आप’mुले माओवादीको धान खरिद नगरेको र त्यती ठुलो रकम र धान दिन नसक्ने वताएपछि प्रहरीले आफनो मुखमा पेस्तोल खाूदेर मार्ने प्रयास गरेको उनको गुनासो छ ।

    पैसा र धान नदिएसम्म प्रहरीले दिनको चारपटक सम्म थानामा हाजीर हुने वोलाएर एक साता सम्म दुख दिएपछि सयकडा तिन रुपैयाको दरले ऋण काडेेर पैसा र धान दिएपछि प्रहरीले आफुलाई छाडेको तर यो विषय वाहिर कसैलाई नभन्न र भने माओवादी हो भन्दै मारीदिने धम्की दिएको निरौलाले बताए ।

    d on: 2006-06-23 23:22:39

    Email this page Have your say (0) Comments Print this pa

Comments are closed.