"भरतकेशर भकुराइ प्रकरण मण्डलेहरुलाई राम्रो सन्देश"

Tek Raj Pachhai अपडेट (असार ११): भरतकेशर प्रकरण अहिलेलाई बाहिरी रुपमा साम्य भएको छ। यो घटनामा कारबाही गरिएका इन्सपेक्टर आभुषण तिमिल्सिनालाई हिजै पुनर्वहाली गरिएको छ भने आज भरतकेशर र पीडित आङदाबा शेर्पाबीच जिप्रका हनुमानढोकामा मिलापत्र भएको छ। मिलापत्रमा उपचार खर्च व्यहोर्ने र मोटरसाइकल बनाइदिने भनी भरतकेशर पक्षले कागज गरेका छन्।

भरतकेशर सिंहलाई भकुरिएको समाचार यो हप्ताभर चर्चामा रह्यो। खासमा त्यो दिन के भएको थियो भन्ने बारेमा बुझ्न त्यो दिन पनि विद्यार्थी विरोधको नेतृत्व गर्नुभएका अस्कल क्याम्पसका स्ववियु सभापति टेकराज पछाइसित केही सोध्ने विचार गर्‍यौं। साथी मणि दाहाल र म उहाँसित कुरा गर्न बल्खुतिर लाग्यौं। साथी मणिले अचानक कुरा गर्ने समय मिलाएको थियो। म त तयारीमा पनि थिइनँ। मैले उहाँलाई यसअघि कहिले पनि भेटेको, देखेको थिइनँ। जुम्ला घर भएका पछाइ सुरुमा हेर्दा त्यति नबोल्ने व्यक्ति लागे पनि बिस्तारै कुरा हुँदै जाँदा एकदम निर्भिक विद्यार्थी नेताको छवि देखियो। भरतकेशर भकुराइ प्रकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मण्डलेहरुले शक्तिको धाकमा अब जथाभावी गर्न पाउँदैनन् भनेर सन्देश गएको उहाँको विचार थियो। “ठीकै गर्‍यौं नि हामीले, हैन ?”, उहाँको प्रश्न थियो। पछाइसित हामीले अ‍ौपचारिक रुपमा रेकर्डका लागि केही समय र अनौपचारिक अफ दि रेकर्डमा केही कुरा गरेका थियौं। उहाँसितको अ‍ौपचारिक कुराकानी सुन्न भित्र आउनुस्।
Tek Raj Pachhai

उहाँले दिनुभएको जानकारी अनुसार सुरुमा भरतकेशर र उनका छोराहरुले जाममा रहेको मोटरसाइकललाई ठक्कर दिएपछि खुबसँग मोटरसाइकल चालकलाई घाइते हुने गरी कुटेका रहेछन्। त्यसपछि मोटरसाइकल पनि चलाउनै नहुने गरी बिगारेर मल्ल होटलभित्र लगेर राखेका रहेछन्। विद्यार्थी र स्थानीय बासिन्दाले प्रतिकार नगरेका भए उल्टै मोटरसाइकल चालकलाई शक्तिको आडमा कारबाही गर्न लगाइन्थ्यो। “उनीहरुले त्यसको तयारी गरिसकेका थिए”, पछाइले बताउनुभयो।

उहाँका अनुसार जसले भरतकेशरलाई कुट्नु हुँदैन थियो भनेर भनिरहेको छ, उसले घटनाको बारेमा बुझेको छैन। “गल्ती पनि गर्ने, अनि उल्टै पीडितलाई नै कुट्ने र धम्की दिने गरेपछि प्रतिकारात्मक कारबाही नगरेको भए शक्तिको आडमा आफ्नो गल्तीबाट उनी उम्कन्थे नै, अरुलाई दोषको भागी बनाउँथे”, उहाँ भन्नुहुन्छ ” त्यसैले हामीले कारबाही गरेका हौं”

अनौपचारिक रुपमा उहाँसँग गरिएको कुराकानीमा उहाँले दिनुभएको जानकारी अनुसार “त्यहाँको स्थिति त्यतिबेला साँच्चै नै भयावह बनेको थियो। त्यहाँ थुप्रो संख्यामा प्रहरी, सशस्त्र र सेना जम्मा भइसकेका थिए। भरतकेशरलाई हत्कडी नलगाएको भए मल्ल होटल जलेर खरानी हुन्थ्यो। १५-२० जना मान्छे पनि मर्थे, भरतकेशर पनि जिउँदो रहँदैन थियो। इन्सपेक्टर आभुषण तिमल्सिनाले भीडलाई सक्दो नियन्त्रण गरेका हुन्। तर हत्कडी बाँधेर बाहिर ल्याउँदाल्याउँदै रोक्दारोक्दै केही केटाहरुले हिर्काइहाले।”

भरतकेशरको अनुहारमा इँटा बजारिएको थियो। त्यसपछि भूँइमा पछारेर लात र मुक्का पनि हानिएको थियो। भरतकेशरका छोराहरुलाई खासै धेरैले नचिनेको हुँदा भरतकेशर नै भीडको आक्रोशको शिकार बनेका थिए।

उहाँका अनुसार इन्सपेक्टर आभुषणले त्यतिबेला निकै गार्‍होसित स्थितिलाई नियन्त्रणमा लिएर उनको ज्यान जोगाएका थिए। नभए बूढो मान्छेको हातखुट्टा भाँच्चिन सक्थ्यो। प्रहरीले लाठिचार्ज गरेको थियो र केही क्षण ढुंगामुढा पनि भएको थियो। अनुहारभरी रगत देखिएका भरतकिशोरलाई इन्सपेक्टरले नै गाडीमा राखेर छाउनीस्थित सैनिक अस्पताल पुर्‍याएका थिए।

“यो घटनापछि शक्तिको धाक देखाउनेहरु एक पटक सोच्न बाध्य हुनेछन्”, उहाँको ठहर थियो।

उहाँसितको अ‍ौपचारिक छोटो कुराकानी जसमा घटना कसरी भयो भन्ने कुरा समेटिएको छ, सुन्न यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

अनि आन्दोलनका बेला तपाईँ गिरफ्तार हुनुभयो ? मैले अनौपचारिक कुराका क्रममा सोधेको थिएँ, “अहँ कहाँ हुनु ? हामी नै गर्ने मान्छे, हामी ने गिरफ्तार भयो भने कसरी हुन्छ ? हामी त पूरा तयारी अवस्थामा थियौं। हामीलाई कसैले पक्रनै नसक्ने स्थिति थियो। गोंगबुमा म नै खटिएको थिएँ कति दिन। एक पटक मैले नै गोंगबुको मासलाई रत्नपार्क छिराएको थिएँ कर्फ्युको बेला”

रमाइलो कुरा त उहाँले पनि मेरो संसार हेर्नुहुने रहेछ। मेरो संसारको कमेन्टहरुलाई उहाँले रुचिपूर्वक हेर्नुहुने रहेछ।

इन्सपेक्टर तिमिल्सिनालाई पुनर्बहाली नगरिएसम्म आन्दोलन जारी राख्ने उहाँको भनाई थियो। तर तिमिल्सिनालाई विद्यार्थीहरुको निरन्तर दबाबका कारण शनिबार पुनः बहाली गरिएको छ। शनिबार नै उहाँले त्यहाँ पदबहाली गर्नुभएको छ। प्रहरीले गठन गरेको छानबिन समितिले सफाइ दिएपछि उहाँलाई त्यहाँ बहाली गरिएको हो।

यसअघि दरबारको निर्देशनमा प्रहरीले तिमिल्सिनालाई जिप्रका बोलाई कारबाही गरिएको थियो।

42 Comments

  1. I would like to sharing of my happinese and joys to the peoples who’ve done a trimondiuos jobs which had not been done even before such activities in Nepal under the rulling of Gyane.” B R A V O NEPALI PEOPLES”

  2. congratulation! you Ascol guys are keeping the real revolutionary sprit ! I am proud of it !
    Nab raj Roshyara

  3. क्याबात् गोर्खाली गुरुङजी , म तपाइँको विचारको प्रशंसक बनेँ!

    यस्तो देखिन्छ ती मान्छेहरु जो केवल भत्काउनु पर्छ ,मार्नु पर्छ भन्ने संसारमा दिक्षित छन तिनले , उनीहरुको श्वरमा हाँ नमिलाउनेलाई मण्डले मात्र देख्छन । एक जनाले त मेरो र तपाईँको ( सायद तपाइँ हो वा अरु ) नाम त माथि मण्डले को सूचिमा दर्ता गरिसके नि ।

    हो, २१ सौँ सदिमा सोमालिया र रुवाण्डा अनि कङ्गोको राजनैतिक ढाँचा आयात गरेर देसलाई कता रुपान्तरण गरिँदैछ बुझ्न गाह्रो छैन ।
    मलाई मञ्जूर छ कि मार्नु पर्छ , गोद्नु पर्छ भन्ने भाषामा सहमत नभएर फरक विचार दिँदा जे नाम पाए पनि त्यो सम्मान नै ठान्नु पर्छ । भगवान बुद्दले पनि एउटा दम्भीको आरोप खेप्नु परेथ्यो संसार नै बिगारेको भनी , हामी त सामन्य मनुष्य ।

  4. नेपाल काम्बोडिया वा सुडान हुनेछ

    बडा गजब लाग्छ किन अहिले हाम्रा सबै दाजु भाइहरुलाइ के को भूत सवार भएको। माथि कृष्ण पौडेलज्युको कुरा एक छिन सबै पूर्वग्रह त्यागेर पढि मात्रै दिउ न, अनि राम्रो सँग मनन गरौ, कत्ती सत्य छ भनेर ।
    म गोर्खालि गुरुङ को छोरा हु, नेपाल को बिपन्न बर्ग मा कठोर संघर्श गरेर हुर्किएको मान्छे हु, राजा भाइ मारा मुर्ती चोर भएको नेपाल का १००% प्रतिशत जनता लाइ थाहा छ र हामी सबै को साझा दुश्मन भनेको शाही सत्ता र ब्यक्तिगत रुपले ज्ञानेन्द्र हो; राजा लाइ उस्को सम्पूर्ण सम्पत्तीच्युत (रास्ट्रीयकरण) गरी लुगा को नाम मा गोर्खापत्र मात्र बेराएर नारायणहिटीबाट निक्लेको हेर्ने मेरो पनि अति ठुलो अभिलाषा छ, तर तातो रिस् गरेर मात्र पुग्दैन, यो काम हामी सब नेपाली मिलेर नियमपूर्वक राम्रो सँग गर्न सक्छौ; मन्डले हरु लाइ भकुरेकोमा मेरो समर्थन छ तर यसरी दुई चार जना लाइ भकुर्दैमा हाम्रो बृहद योजना पुरा हुँदैन; अहिले हाम्रो आवश्यकता मुल रुप मा तीन वटा छन;
    1. हत्याराहरु (ज्ञानेन्द्र, मन्डलेहरु र अपराधमा सङ्लग्न माओ बादी हरु) लाइ उपयुक्त सजाय दिने
    2. देश को प्रजातान्त्रिक राजनैतीक खाका तयार पार्ने
    3. देश को डुबी सकेको आर्थीक स्थिती लाइ उतारेर देश भित्रै बलियो रोज्गारी अवसर पैदा गरी बिदेशिएका दुख पाएका दाजु भाइ दिदी बहिनी लाइ नेपाल फर्काउने
    अब यस्मा यो कस्तो गोर्खालि हो, मन्डले र ज्ञानेन्द्र को पनि बिरोध गर्छ अनि माओ बादी लाइ पनि समर्थन गर्दैन भन्नु होला, (माथि मलाई मन्डले आदी आदी भनेर सुझ न बुझ मेरो बिचारै नपढि कन केही साथी हरुले गाली पनि गरी सक्नु भएको छ्) त्यो गलत फहामी हो

    हो, यो कुरा सत्य हो; हामी कुनै पनि कुरामा अन्धोभक्त हुनु हुँदैन; ठीक लाइ ठीक र गलत लाइ गलत भन्न सक्ने बिबेक राख्नु पर्छ
    माओ बादी ले कुनै अपराध नै गरेका छैनन? मेरो आँखा सामुन्ने मैले माओबादीले निरिह जनताको करूण क्रन्दन का साथ बिभत्स हत्या, यातना, र कठोर अपराधहरु गरेको देखेको छु,
    लोग्ने लाइ उस्को श्वासनी र बच्चा कै अघाडी कुटी कुटी यतना सहित मारेको देखेको छु,
    यस्ले नेपाल को शान्त प्रिय सन्स्कृती लाइ संसार मै नभएको क्रुरता र आमानवियता मा परिणत गर्दै लगेको छ
    आफु मात्र शत प्रतिशत ठीक अरु सब लाइ मार्नु पर्छ भनेर कट्टरपन्थी मुसल्मान जस्तो एक पछीय बिचार राख्ने, फरक बिचार राख्ने बित्ती कै भाइ मारा मुर्ती चोर ज्ञानेन्द्र ले जस्तै आफ्नो वीरओधिको सफाया गर्ने र सर्वसाधारण लाइ आतङ्कित पार्ने यो नेपाल मा उठेको कम्युनिस्ट उघ्रबादीहरुले नेपाललाइ कस्तो शान्ति देलान र कसरी न्याय देलान ?
    प्रचन्ड ले अस्ती बोल्नु पर्ने धेरै बुदा हरु थिए, नेपालमा शतप्रतिशत जनता लाइ पाच बर्से कमान्डो ट्रेनिङ दिएर भरत र चाइना सँग लड्ने जनसक्ती तयार पार्ने योजना भएको मान्छेले कस्तो समाज बनाउला? त्यो अढै अढाइ करोड कमान्डो ट्रेनिङ को समय मा कति मान्छे डाक्टर, ईन्जिनियर, प्रोफेसर बन्न सक्छन्, अब त्यो बहुमुल्य समयमा नेपालका शत प्रतिशत जनता लाइ बन्दुक बोकाएर संसार मै नवएको आतङ्क बादी हरु पैदा गर्ने, बिकास र उद्धोग, शिक्ष्या र प्रगती का योजना चाँही कस्ले गर्ने नि ?
    यस्तो अपाङबुद्धी भएको ब्यक्ती लाइ किन कसै ले पनि खुला बिरोध गर्दैन? किन कि सबै लाइ अहिले ज्यान प्यारो छ। कसैले खुला बिरोध वा कुनै पत्रकार ले पनि प्रश्न सम्म उठायो भने त्यस्लाइ त्यही रात अपहरण गरेर जङल को रुख मा झुड्याएर माओ बादी का कमान्न्डो ले पहिला छाला काड छन त्यस्पछी घाटी रेटेर मार्चहन्, यो आज का मिती सम्म भएको घटना हो, अब कस्को हिम्मत?

    यसरी नेपालमा एउटा भयङ्करको डरलाग्दो आतङ्क फैलिएको छ; बोल्दा त माओ बादीहरु नम्र नै बोल्छन्, तर अलि कति उनिहरुको बिचार सँग नमिल्ने प्रसङ आयो भने प्राण रक्षा हुँदैन, किनकि संसार मा प्रचन्ड पथ बाहेक अर्को कुनै पथ छैन, त्यो नै यो ब्रह्मन्ड को एउटै मात्र सत्य हो, जस्तो कट्टर पन्थी मुसल्मान बाहेक वा अल्ल्ला बाहेक संसार मा अर्को भगवान छैन, जस्ले छ भन्छ, त्यस्ले जिहादको नतिजा भोग्नु पर्छ- जुन आज काल ईन्टरनेट मा देखिन्छ (अपहरण गरेर घाटी काटेको भिडिओ); कुन दिन देखि यि माओ बादी हरुले पनि यस्तै मान्छे को घाटि काटेको भिडियो बनाउने हुन

    निश्कर्श:
    नेपाल को नकशा न माओ बादीले कोर्ने हो न ज्ञानेन्द्र ले नै; यो कुनै बन्दुकधारि ले नभई हामी निहत्था जनता ले कोर्ने हो
    अपराध को लागि माओ बादी हरु ले जिम्मेवारी लिनु पर्छ्, ज्ञानेन्द्र र उस्का चाकडहरु लाई झुन्ड्याउनु पर्छ र नेपाल मा हतियार बादी पार्टी हरु लाइ बन्देज लगाइनु पर्छ र शान्तिप्रिय प्राणाली स्थापित गरिनु पर्छ; नत्र नेपाल काम्बोडिया वा सुडान हुनेछ

  5. ‘Jadau’ Everyone.

    ‘Gorkahali’ is not a mandale but mandaleko ‘racchhyan’ chaatna prayas garne UML ko ‘kasinggar’ ho.

    This guy is scared because every one knew ‘oli’s real mukundo.

    This person came from the same place as oli came from & his back ground is also similar to ‘oli’.
    so, no wonder why he is thinking so great by himself.

    i’m ashamed myself how low this guy can go, to show -off others that he has made great achievement by betryaing his own motherland.

  6. ‘Jadau’ Everyone.

    ‘Gorkahali’ is not a mandale but mandaleko ‘racchhyan’ chaatna prayas garne UML ko ‘kasinggar’ ho.

    This guy is scared because every one knew ‘oli’s real mukundo.

    This person came from the same place as oli came from & his back ground is also similar to ‘oli’.
    so, no wonder why he is thinking so great by himself.

  7. ज्ञाने को सबै परिवार, अनि ज्ञानेको सहयोगी हरु, जमिनतार अनि दलाल नोक्करशाहि पुँजिपति हो अब नेपाल माओवादीलाई चलाऊन दिनु पर्छ
    यदि माओवादीले पनि चलाऊन सकेन र सत्तामा बसेर फेरि त्यहि भ्रष्टचार नाताबाद कृपाबाद् स्वर्थिपुर्तिमा लुप्त हुन गयो भने होसियार् सबै जन फेरि अर्को भिषण युद्ध हुनेछ अनि त्यो युद्ध पछि नेपाल नेपलका भुमिपुत्रहरु आदिवासीले चलाउनेछ , चलाउनु पर्छ , यो देश आदिवासी तथा भुमिपुत्रहरुले सत्त नचलाए सम्मा केहि होल जस्तो छैन । त्यसले सबै जनजाति तथा नेपलको आदिवासी हरुले सजेत नकरिकको हैसियादले आफ्नु जिम्वारि सम्झेर अघि बढ्नु पर्छ।

  8. Hi all,

    Some of commentors on this blog are writing against LOKTANTRA & against aspirations, needs & rights of nepalese people.

    It is time now to get such commentors “BHAKURISIED” in same way that BHARATE was bhakurised by people.

    Let’s create the lists of such commentors (followerS of BHARATE) and bhakurise them accordingly!

    1. KRISHNE;
    2. Gorkhali
    ..

  9. hi everyone!
    Bharatkehar should be punished that way and other persons to whom the law cant reach Since now the law is always for people not king and his followers. So if the law cant punish them, they should be punished this way. But make sure they arent killed. Guys dont fight about nepalese army and so called people army, we know what nepalese army doing and what people’s army doing ( its good to ask who suffered from both armies). The gun in nepal is always targetted to common people either of maoist or royalist. the people should give pressure to both sides that they cant use weapons against ordinary people and suffer them.
    bye
    L N G
    USA

  10. By the way, the beating on people Bharatkeshar should extend to kamale gundo, Daa. (daaku) giri, niranjan thapa, badri mandal and all royalists who nothing but coward killers. The present congress g0overnment is not going to take any action on any of them any way. The present government is finding ways to let them run away like (Charas (sharad) Chandra Shah.

    Also it is surprising why prachanda looks so fat and well-dressed when he comes from the poorest of the poor who do not even have clothes to wear and food to eat. It looks like he has had luxuries of maasu-bhaat and dahi chyuraa cooked and served everyday by his poor, half-clad empty-stomached villagers.
    (Last year I was a witness of a young 17 year old poor boy’s fate in the hands of Maoists when he was severely beaten with water and sticks and then an iron rod was forced from his mouth all the way into his stomach until he died by vomitting blood just because he refused to go in the Maoists rally for fear of violence. He was the only child in his family when his parents were now old. Such is the justice of the Maoists. Yes, I HATE GYANENDRA, I want to see Gyanendra and his family come out of the palace wrapped in Gorkhapatra, after his peoperty is nationalized. I want him to be hung to death. But I have seen the Maoists justice which they glorify.

    Long live ganatantra
    Down with “poor-people-killer” prachanda
    Down with brother killer gyanendra

  11. नेपाल अब नाश हुँदै छ्!

    जनता मारा हत्यारा प्रचन्डे, र त्यस्का हत्यारा लुटेरा हरु को जमात अहिले नेपाल का पानीमरूवा नेताहरुले अभिनन्दन गरिरहेका छन्
    नेपाल मा कानून को राज्य हुन धेरै समय लाग्ला जस्तो छ । अब नेपाल दया-धर्म-सन्स्कार हिन अपङो हुने बाटो मा तिब्र गती ले बढी रहेछ (मेरो असन्तुस्टी ज्ञानेन्द्र लाइ थुनेको मा होईन माओ बादी लाइ पुरस्कार दिएको मा हो)
    लेख को भाषा र प्रस्तुती राम्रो लाग्यो । कु रा सत्य हो । अहिले माओ बादी लाइ पुरस्कार दिनु को धेरै अर्थ मा नेपाल मा दुर गामि असार पार्छ भन्ने कुरा निश्चित छ । तत्काल नै हटियार्, कुट्पिट्, वालाअत्कार, गरीब माथि जघन्य यातना र हत्या हरु, जुन आज भोली पनि पनि आराम ले भाई रहेको छ्, यस्तो सन्स्कृती को सबल रुप ले प्रत्याभुती भइ रहेछ्; सात पार्टी नेता हरु ले सम्पूर्ण आमानविय यातना हरु लाइ बैधनीक मान्याता दिएर अरु लाइ पनि यसै गर्न प्रोत्साहन दिएको प्रत्यक्ष्य छ । माओवादी नेपाल को सन्स्कृतीका कलन्क हुन्, उनिहरु को अत्याचार र ज्ञानेन्द्र को अत्याचार एकै हो । तर सुरक्ष्या अधिकारि हरु ले मानवअधिकार उलङ्हन गरेको सम्बन्ध मा चार तिर आवाज उठि रहेको छ (जुन कि जायज हो) र तर माओ बादी हरु को आज, अहिले सम्म चलिरहेको अत्याचार को किन आवाज उठेको छैन, तीनहरु लाइ किन अदालत मा ल्याइदैन ? त्यस्को उत्तर हो; कस्को हिम्मत? एक शब्द उनिहरु को वीरऊद्ध कसैले बोलेमा त्यो ब्यक्ती को घर परिवार र स्वयम को प्राणरक्ष्या हुँदैन। तत्काल संघतिक हमला गर्छन भनेर कोही एक शब्द बोल्न सक्दैन। भने पछी सारा नेपाल अहिले माओवादी को कब्जा मा छैन त?
    अब सात दलहरुले आत्म समर्पण गरेर सरकार माओवादी को हातमा दिदै छन्; प्रचन्ड ले भनि सकेका छन्, अब नेपाल आर्मी को काम छैन, सन्ख्या घटाएर १० हजार मात्र राख्ने र अढाइ करोद युवा हरु लाइ छापामार तालिम दिने; अब त्यो तालिम दिएका अढाइ करोद मिलिशिया ले के काम गर्ने छन त ? उनि हरु ले नेपाल मा दिन दहाडे लुट्, हत्या जे पनि गर्न सक्छन्, फेरी चुनाव मा तीनइहरु को माओ बादी लाइ कति काम होला ? कतिपय ठाउ मा त माओ बादी को बिपक्ष मा उम्मेद्बार उम्मेद्बारी मा नाम सम्म कसै ले हाल्न सक्दैन होला।
    नेपाल अब नाश हुँदै छ!

  12. BK UK
    First of all We don’t need to know the meaning of united kingdom (UK). Almost looks like the unity of all king from the world. May be you know more then about it.
    You are saying law does not work in nepal- u’r wrong
    Law needs to have impartial eyes- that needs to find out all the origion of killing not only royal ministers, there are more.
    Killing and beating has been the terrible culture in Nepal.
    You can start protesting the exising law practitioner in Nepal not the law itself.
    Law does not support the MUKKE attitude.
    It will wipe out everybody before you establish the law. Even the thief must be given a chance to prove his innocence.
    Therefore, BK you need to go after the wrong decision and irrisponsible handling of the situation without dedicating yourself in the might of MUKKA. You give MUKKA they will give you MUKKA.
    Be little bit smart then the rest if you would like to see the change in nepal.
    KUKUR LE GU KAHYO BHANDAI MA MANIS LE GU KHANU HUDAINA
    THANK YOU

  13. Inspecterle gareko ramlo ho yesile unlai karvai garna hune thiyena, aba uni pani chhutnu bhayechha,
    campuska studentle gareko dharai ramro kura ho.

  14. mero bhanai yehi ho , je bhayo thikai bhayo aaba feri testo garne na parosh,dharai bhayo bhane good pani tito hunchha.

    Bishnu Prasad New Delhi

  15. साथिहरु,

    नेपाली (शाही) सेनाले सुगौली सन्धि पछी जनता मार्ने, दुख्ख दिने, चेलि बेटि बलात्कार गर्ने, दरबारलाइ बलियो बनाउने र शान्ति सेनामा गएर दुख्खका साथ कमाएको पैसाको कमिसनमा उपल्ला तहका अफिसरहरुले मोज गर्नु बाहेक केहि पनि गर्न सकेको छैन।
    तर कृण्णजीले के देखेर “ओलि” को बोलिमा बोलि मिलाउनु भएको हो बुझ्न गार्हो भयो। सुगौलि सन्धि पछि शाहि सेनाले कुन चाहि औटा मात्रै राम्रो काम् गर्यो ताकि उस्लाइ राम्रो भन्न सकियोस। पन्चायत बिरोधिलाइ सताउने देखि लिएर बिरेन्द्रको हत्या हुदा सम्मको कुराहरु येसो सन्झिने हो भने पनि येत्तिकै बुझ्न सकिन्छ, शाहि सेनाले कत्तिको देशको गौरव र सुरक्षा गर्यो भन्ने।
    अहिले शान्ति नचाहनेहरु कहिले हिन्दु धर्मको नाउमा त कहिले शाहि सेनाको नाममा हल्ला गरिरहेका छन्, सबैलाइ चेतना भया।

    नेपाल र नेपालिको सधै जय होस्।
    लेखनाथ

  16. krishana paudel jee le lekheko kura ramro chha hami le sundi aayako kura ke ho bhane communist bigreyou bhane raja badi/darbariya hunchha….tara sabai le bigrane mauka paudainan ani krishna jee; khadka oli jasto suspicious banera rahanchhan: well we know ; Even before joing in panchayat Dr. KESAR JUNG RAYAMAJI was known to have had strong link with palace….

  17. HI UMESH & MANI DAHAL JI ,
    THANKU FOR GIVES US NEWS,IT IS A GREAT THINGS U GUYS DOING FOR US.
    ACTUALY I M FROM USA NOW ,I WANA HELP U GUYS,I HOPE MANI WAS MYCLASS MET IN COMMERCE CAMPUS.COULD U PLEASE MAIL ME ON MY EMAIL ID.IM HERE FOR 3 YRS

  18. Hey mAndale’s

    You have found new way to get your opinion here. I understand that you are good at making your point. Because you went to good school spending all that money you have sucked from state and the people. I simply don’t understand when you people will leave the shrish shumsher logic and be logical in true sense.

  19. हुँदा हुँदा, मन्डले हरु को दबियको बोली पनि कृष्ण पौडेल जी को कमेन्ट पछी प्रस्फुटुन हुन थाले एस् ब्लग मा । हुँदा हुँदा भरत केशर सिङ का समर्थक पनि देखिन थाले उदाहरण को रुपा म लुनुस् सि नेपाल ।

  20. kalu kimi,,
    since state cant punish those culprits people need to be aware to punish them, its scientific method. ur ideal talking cant work in this situation.

    yes we are still in ram shah’s time. nepal hasnot established yet as state of law. law doesnot work in nepal. all royal ministers released due to court order even they were liable to kill 21 people and thousands of people injured. does law work?

    we need to establish law by ourselves coz we are compelled to do so by the state.

  21. Ma Krishna Poudel ji sangha 100% sahamat chhu maile rakchu bhanera socheko kura rakdhinu bhaeko ma dhanyabad.

    Myogen ji le kina Bharat Keshar lai matra army hospital ma treatment gareko bhanera prasna garnu bhaeko raichha. Bharat Keshar Raja Birendra ka manartha angarakchak hun, ra tyo title le garda uni army ko pani anga bhae…army hospital ma army ma jagire ra uniharu ko pariwar ko jindagi bhari lai upachar garinchha. Tes karan le ho bharat keshar le army hospital ma upachar garune subhida paeka. Aba rahyo hamra sherpa bandhu ko jo bharat kesar ra unka chora haru ko kutai bata ghaite bhae..uniharu ko army sangha kunai relation nabhaeko le upachar garna namileko ho..tara malai aasa chha bharat keshar lai sherpa bhandu ko upachar ko lagi kharcha bhaeko chyatipurti dina lagainchha.

  22. उमेश जि ज्यादै राम्रो प्रस्तुति, धन्यबाद।

    -टेक राज जि – कोटि कोटि धन्यबाद-
    तर तपाईहरु कति सडकममात्रै लड्ने??
    मुहानमा बस्नेले सधै बिगार्ने(मतलब तपाइकै नेताहरु),
    -तपाईहरुचाहि सधै बलिको बोको मात्रै बनेकोमा अलि सुहाएन क्या:
    -तपाईकै पर्टि को नेता चाहि बिदेश् मा कानुनि राज्य को वकालत गरि हिड्ने, तपाई हरु चाहि सडकमा मान्छे गोद्दै हिड्नु हुन्छ नि(कानुनि भाषामा भन्दा मात्र),
    -जसलाई तपाई हरु सडकमा प्राकृतिक कानुनि सजाय दिदै हिन्ड्नु हुन्छ- त्यसै को मातृ सङ्गठनलाई चाहि तपाईहरुबाटै उप प्रम,महासचिबाब् नेता चोखो पानि(बाहुन ले छर्किने पानी क्या) हालेर चोक्यायेको देख्नु पर्छ।
    होईन भने ‘रत्न कु बान्तवा’ ‘नेत्र प्र दाहाल’ का हत्यारा(?)हरुसंग्गै
    तपाईकै नेता महोदय बाट संरछण दिने, सल्लाह लिने र दिने काम
    भैइरहेकोमा
    सर्बसाधाण जनतालाई त, बुझ्न अति नै गार्‍हो भयो-
    तलका मध्हे के भनेर बुझ्ने?
    अ)तपाईको आवाजलाई नेता बाट सुनबाइ नभएको हो कि(जहांसम्म यो त जनबादि पर्टि हो जस्तो लाग्छ)
    आ) कतै तपाईहरुले पनि जागिरको बचाउ गर्नु भएको हो कि?
    इ)कुनै हिन्दि फिलम् को भिलेन्ले जस्तो सानो-तिनो राम्रो काम गरेको जस्तो गरेर कतै ठुलै मछा हात पारि रहनु भएको छ कि?
    ई) पर्टि फुटाउन प्रमुख भुमिका खेल्ने ब्यक्तिलाइ तपाईहरु उप प्रम मा पठाएर बर्तालाइ असफल बनाई बामदेव जस्ता नेता को भुमिकालाई न्युन बनाएर कसको भलो गर्न खोजिएको हो?
    कतै यो नौ टंकि हो कि हैन भनेर जनताले कसरि बुझ्ने?
    तपाईहरु पनि जनता र देश को लागि काम् गरि रहनु भएको छ भन्नेर बुझन पाए सन्त्वना पाइन्थ्यो।
    कतै यो नौ टंकि हो कि हैन भनेर जनताले कसरि बुझ्ने?
    तपाईहरु पनि जनता र देश को लागि काम् गरि रहनु भएको छ भन्नेर बुझन पाए सन्त्वना पाइन्थ्यो।

    ‘ओखति तितो हुन्छ वा
    सत्यम् सुभम् सुन्दरम्!

    अस्तु!

  23. Kudos to the students. Physical actions should be taken one by one to these mandales. I still remember my father being captured by some mandales,when I was small.Panchayat era had just ended at that time. So mandales should be totally eradicated from Nepal.

    जसरी सर्पलाई पाल्यो भने सर्पले कुनै बेला पनि तोक्न सक्छ,तेसै गरी सर्प रुपी मन्डलेहरु कुनै बेला पनि जनता बिरुध उठन सक्छन । २०४६ सालमा मन्डले बिरुध कारबाही नभएर ठुलो गल्ती भएको छ । कुनै बेला पनि मन्डलेहरुले टाउको उठाउँने प्रयास गर्ने सक्छन । उनिहरुले टाउको उठाउँन नपाउदै मन्डलेलाई निर्मुल पर्नु पर्छ । अब मन्डलेको भबिश्य जनताले निर्णय गर्ने छ ।

  24. Its great to hear bharatkeshar was kicked. There is yet more people abusing their power. And about tek, he is a great youth leader. But its better to bring bharatkeshar to court rather than kicking him in the spot

  25. उमेशजी– टेकराज पछाइ तथा सहयोगी बिद्यार्थीहरु निश्चयनै बधाइका पात्र छन् — निर्भिकताका साथ अन्यायको बिरोध गरेकोमा र निस्सहायको सहयोग गरेकोमा। अन्याय सहेर बस्ने र अन्यायीहरु नै सही हुन् भन्ने हाम्रो समाजमा यस्तो निर्भिकतापुर्ण कार्बाहीको कदर् गर्नुपर्छ। भरतकेशरी र उसका छोराहरु र बुहारीले आफ्ना दानवीयता र धार्मीकता देखाएर बिचरा मोटर्साइकलमा सवार् दुइ निर्दोष ब्यक्तिलाई गालीगलौज गरेर नपुगेर अनि उनिहरुको मोटरसाइकल लुटेर लगेर नपुगेर जथाभाबी कुटपिट गरेर घाइते बनायेको देखेर बिद्यार्थी तथा अरु दर्शकहरुले हस्तक्षेप् गर्नै पर्यो। अन्यायको बिरोध नगर्नु अन्यायमा सहभागी हुनु समान हो। निश्चयनै हामीसबै त्यो मोटरसाइकलमा सवार दुइजनालाई शिघ्र पुर्ण स्वास्थलाभ होस् भन्ने कामना गर्दछौं। “भरतकेशरीको भकुराइ” लाई त समाजसुधरको शुरुआत एउटा सानो अङ्ग मान्नु पर्छ।

  26. भनिन्छ, सर्पलाई मारेपछि त्यसको पुच्छरलाई पनि कुल्चेर फ्याँक्नु पर्छ, नत्र टाउको र पुच्छर फेरि मिल्यो भने सर्प जिउँदो हुन्छ। भरतकेशर एउटा पुच्छर हो।

  27. No college want to be praised for the vandalism and holiganism. Ram shah justic is to old in 21th century.
    This is not OSCOL duty to beat every mondale.
    I rather transfer this job to law school. Oscal give up such a activities and transfer your emotion to the students of LAW.
    IF not we will give you the list who need to be beaten to the death.
    Is this the real solution of Nepal?
    Yes king has beaten us
    Prachanda has beaten us
    UML has beaten us
    Congress has beaten us
    RPP has beaten us
    Other have beaten us.
    Just by beating, you can satisfy your anger and feeling of injustice but you can not change the nation like this.
    If not then let’s do civil war of killing each other.
    This student leader need to be little more intelectual to prove their wrong doing. Just becasue MR Singh was the hindu president and allied to king doesn’t mean that he alone should be beaten in the street. There are many? would you like to take a job?
    As far as the accident involves, we should have taken the victim in mass to organize the movement against such royal mandale dispotisim.That is real student.
    Because of your stupidity, no normal events encourage the real movements because everybody wants to punish everybody by MUKKA.
    To tell you the truth, KUKUR LE GU KHAYO BHANDAI MA AFU PANI GU KHAIDINE.
    All you students, do not trust your wild emotion to bring the justice, think properly to be little more different then the normal barbaric people.

    ONEWAY: Real people says, he must be brought into the justice in a way that all party will be satified.

    ANOTHERWAY: Normal people saying, he should be beaten to death in response to opposing the monarchy.

    You can not remove the monarchy by beating the slave and you have to beat the master-you did wrong.
    You can not justify the victim by beating them- rather you could have empowered the victim to public protest backed by you in such way that would take the national movement. Yes hindu and monarchy origination was to chase the RABAN or Rachhesh and kill him. But the originaiton of OSCOL student can not be the MUKKA.

    I can not deny that he should get punishment.
    He already got punishment from you. His action and your action are similer to the impartial eyes.
    Please think properly before you act becasue the students are not that short MUKKA but it is very importanta long MUKKA and for the long MUKKA you need to be calm to find a real legal sollution.

  28. mero sansarka sanchalan karta Umeshji,

    tapainko blog ramro lagyo. tara katipaye samayema galat soochana/samachar pani pareka chhan ra tesle nagrik mathi thoolo annyaya bhayeko chha. samachar sankalan garda hune tapainko limitation bujhana sakinchha ra pani byakti bishesh ko kura aunda yek patak verify garne kaam bhaye ramro hola. shuvakamana

  29. yedi preshit samacharharu saahi hun bhane bharat keshar bareko biddhyarthi aandolan saahi dekhiyo. tara bharat keshar ko thaun ma madhav kumar nepal bhayeko bhaye ke aakhil le testai karbahi garthyo? Yo prasna kina bhane, aakhil le hijoka dinma pakshapati kam pani gareko chha.

  30. Thanks a lot for doing good job.You all sudents are real grate . Hope, such type of punishment will give to other mandale. I appriciate this inccindent by heart.

  31. धन्यवाद छ । विद्यार्थी युनिओन्लाई जस्को प्रयासबाट भरतकेशर जस्तो मन्डलेलाइ लाइनमा ल्याउन सकियो। अब उप्रान्त तेस्ता ब्यक्तिहरुले निर्दोश् नेपाली माथि हात् हाल्नु भनेको आर्यघाटको ढोका ढक्ढ्क्याउनु हो भनि प्रष्ट बुझे होलान्। ओहो नेपाली जनता त अरिङालको गोला जस्तो पो रहेछ , बेकारमा हात् हालेछु, अब मेरो जमाना गयेछ बा , ठिक् भयेपछि चुप लगेर दुलोमा बस्नु नै असल् हुन्छ, भन्दै सोचिरहेकोहोला बिचरा भरतेले।
    हैन उमेशजी मैले टाइप गरेको कमेन्ट अर्को कम्प्युटरमा हेर्दा आउदैन नी किन हो?

  32. One thing I do not understand why Bharat Mandale is in army hospital? Who is? How he can get that treatment? why not the victim? We must kick him out from that hospital. Army hostimal is not his gather’s birta. who has answer about this, why these kinds of people getting in army hospital treatment? why ..?

    -HK

  33. भरतकेशर सिंहको नियतिमा यो पिटाइ लेखिएको थियो होला जस्तो लाग्छ किनभने दरवार र दरवारिया प्रति उनीहरुका हिजोसम्मका कर्तूतलाई लिएर जनतामा यत्रो आक्रोश रहेका बेला सडकमा गएर गल्ति पनि आफै गरी आफैले निहूँ खोजेर “स्वभकुर्याइ” उनले आँफै माग गरेका हुन।
    तर, हिजो आज नेपाली सेनका बारेमा विवाद खडा गरिएको छ र माओवादी सुप्रिमो कामरेड प्रचण्डले नेपाली सेनालाई “जनतामारा र चेलिबेटि बलत्कार गर्ने सेना ” भनी जुन आरोप लगाएका छन यो कुरा कुनै पनि राष्ट्रप्रेमी नेपालीलाई पच्ने कुरा हुन सक्दैन । कमसेकम सर्वहाराको निरंकूशतालाई नै आफ्नो लक्ष्य ठान्ने र भोलि पनि आफ्ना सेनाको भरमा शासन सञ्चालन गर्ने राजनीतिक विचार बोकका कम्युनिष्टहरुका मुखबाट यो आरोप आउनु त्यति अचम्मको विषय भने हैन । किनभने विश्वमा कम्युनिष्ट मुलुकहरुमा मात्र सेना त्यहाँको सरकारको अधीनमा नरही कम्युनिष्ट पार्टिको अधीनमा रहेर सञ्चालित हुने गर्छ । यदि कसैलाई यो विषयमा आशंका भए खोजी गर्दा हुन्छ ।
    तत्कालको (शाही)नेपाली सेनामा ९८ % भन्दा बढी बिभिन्न पदमा सैनिक जवानहरु र अधिकृतहरु पनि सर्वसाधारण जनताबाट नै छन । हो त्यहाँ उपल्लो दर्जाका राणा र दरवारियाहरुको हालिमुहाली छ , र ती उपल्लो तहका सीमित हाकिमहरुको वर्गिय वफादारी दरवारपरस्त छ भनेर सारा सेनाको अपमान गर्नु राष्ट्रको तौहिन गर्नु हो । देश शान्तिको मार्गमा अगाढी बढेको बेला एउटा जवाफदेही भूमिकाको अपेक्षा गरिएका ठूला नेताको त्यो अभिव्यक्ति सर्वथा निन्दनीय दर्जाको छ । असल र खराबको टिप्पणी, समर्थन वा विरोध त्यही सन्दर्भमा गरिनु पर्छ र कामरेड प्रचण्डको यो नसुहाउँदो अभिव्यक्तिको आलोचना पनि हुनै पर्छ । हुन सक्छ कतिपय कट्टर माओवादी समर्थक कामरेडहरुको रिसको पारो यसले धेरै माथि उराल्ने छ ।
    तथाकथित जनसेना भनेको पनि केवल माओवादी विचार नै संसारको एकमात्र सही विचार हो भन्ने अतिवादी मुश्लिम शैलिकै अतिवादी समूह हो । जसरी अतिवादी मुशलना लाडाकूहरु आफ्नो धर्मावलम्वी बाहेक संसारका अरु धर्मावलम्वीहरु काफिर र जालिम हुन भन्दै तिनिहरुका विरुद्ध जेहाद गर्नु पर्ने उद्घोस गर्छन त्यसै गरी माओवादिको सेना पनि विचारमा आँफूसंग असहमत हुनेहरुको सफाया र पत्तासाफमा विश्वास गर्छन । यसले सबै विचार बोक्ने जनताको सेना बन्ने लायकको कुनै सिंगो काम गरको कतै देखापरेको उदाहरण हाम्रा सामू छैन । फेरि नेपाली सेनलाई व्यारेकबाट बहिर बोलाएर जनतासंगको मुठभेडमा सरिक गराउने काम पनि माओवादी स्वयंले गरेका हुन, यो आँफू खुशी बाहिर निस्किएको पनि हैन।
    त्यसैले मलाइ त लाग्छ , सुधारका थुप्रै ठाऊँहरु बाँकि रहेता पनि नेपाली सेना मेरो देशको हितमा माओवादी सेनाको तुलनामा सयौँ गूणा माथि छ ।

  34. good job , all student .

    galti gare pachhi sajayan paunu pani parcha ni hoina ra ? taki tyaso galti feri reapte nahosh .

    Aanjaan usa

  35. टेक दाईको टेकलाई त मान्नै पर्छ। यो टेक को रिटेक गर्न परेन भने चाहिं नेपालमा न्यायको छबि देख्न पाईन्छ होला। टेक दाईलाई न्याय प्रेमी हरेकको धुरी बाट मुरिका मुरि धन्यबाद।

  36. TEK RAJ(and students) did very good job,Keep it for the coming days, still u have to do the similar kind of action in coming days, don’t keep the eyes close for the wrong doing of your own parent party(UML),
    —Former lecture of ASCOL,
    M AND R, MARYLAND,BALTIMORE

  37. Umesh Ji,
    The punishmnet to Bharat Keshar Singh is according to the days need and peoples wish. All mandales should be punished similar way if they still show their power. The young, energetic and republic people can give right judgement. Thanks for the students from Askal and saraswati campuses. I support their right and timely judgement to the motorcyclist Lama and punishment to Singh and his sons.

    Kasturi

  38. I am also former stuedent of Amrit science college 17-18 years ago. Thanks for this message and well done with bharat Kishore. you guy did very splendid job. I appreciate by heart.
    I request you guys to keep concentration on yours study too as ASCOL student can do many things but their academc performance was always better that time hope same this moment too. keep it up. all the sucess and well done. You need totecah other mandale too
    Dr.saroj khanal
    Manitoba

Comments are closed.