विश्वकपमा फहरायो नेपाली झण्डा

World Cup Photo
विश्वकप फुटबलमा नेपालको सहभागिताको कल्पना अहिले नै गर्नु हतार होला। तर दर्शक र स्वयंसेवकका रुपमा भने यस पटकको विश्वकप फुटबलमा नेपालीहरुको सहभागिता पनि रहेको छ। विश्वकप भइरहेको रंगशालामा अरु देशको सँगै हाम्रो देशको झण्डा पनि देख्दा तपाईँलाई कस्तो लाग्यो ?

यो झण्डा फहराउने दर्शक हुनुहुन्छ- बर्लिन निवासी राजेन्द्र स्थापित। यो फोटो शुक्रबार युक्रेन र ट्युनिसियाबीच भएको खेलको क्रममा खिचिएको हो। भित्र पढ्नुहोस् स्थापितको अनुभव।

World Cup Photos Rajendra
राजधानी बर्लिन शहरका घर-घरमा विश्वकपको स्वागत गर्न झन्डाहरु राखिएका छन्।

नमस्ते, म राजेन्द्र स्थापित। हाल जर्मनीको बर्लिनमा बस्ने गर्छु। धेरै वर्षदेखि म यहाँ बस्दै आएको छु। म गैर आवासीय नेपाली (एनआरएन) जर्मनीका प्रोटोकल सेक्रेटरी हुँ। बर्लिनस्थित नेपाल जर्मन मैत्री एसोसिएसनका महासचिवका रुपमा पनि म कार्यरत छु।

मैले पहिलो पटक विश्वकप स्टेडियममा लाइभ हेरेको हुँ। खेल हेर्नका लागि म शुक्रबार बर्लिन अ‍ोलम्पिक रंगशालामा साथी कमल निरौलासित गएको थिएँ। खेल थियो युक्रेन र ट्युनिसियाबीच। वास्तवमा रंगशालामा बसेर खेल हेर्नु र टिभीमा हेर्नुमा निकै फरक हुने रहेछ।
World Cup Photos Rajendra
म त्यहाँ हाम्रो राष्ट्रिय झण्डा बोकेर गएको थिएँ। साथमा मैले एनआरएन सम्मेलन जर्मनी लेखिएको टिसर्ट पनि लगाएको थिएँ। हाम्रो देशको झण्डा देखेपछि मैदानमा एक जना दर्शकमा आए र मेरो फोटो खिचे। “म पनि नेपाल गएको छु, त्यसैले म यो झण्डा चिन्छु”, उनले भने। फेरि अर्को एक जनाले मलाई आएर सोधे- यो यतिको भूमिको झण्डा हो ? यो झण्डामा धेरै मान्छेका उत्सुक आँखा परेका थिए।
World Cup Photos Rajendra
रंगशालाको वातावरण एकदमै रमाइलो थियो। करिब ७२ हजार दर्शक थिए रंगशालामा। सबै दर्शक एकअर्काप्रति मैत्रिपूर्ण व्यवहार गर्थे। त्यसो त यो विश्वकपको आधिकारिक स्लोगन नै यस्तो छ- “यो साथी बनाउने समय हो”

World Cup Photos Rajendra
विश्वकपको लागि बनाइएको यो स्टेडियम माथि नयाँ बन्द गर्न मिल्ने छत रहेको छ।

World Cup Photos Rajendra
म र साथी कमल निरौला।

World Cup Photos Rajendra
ट्युनिसियाका समर्थकहरु र रंगशालामा राखिएको ठूलो स्क्रिन।

World Cup Photos Rajendra
घोडा चढेका सुरक्षाकर्मीहरु।

World Cup Photos Rajendra
कमल निरौला भीआईपी पाहुनाहरुलाई सेवा गर्न खटिएका युवतिहरुसँग खेल सकिएपछि फोटो खिचाउँदै।

World Cup Photos Rajendra
कमल अर्का दुई सुन्दरी स्वयंसेवकसँग।

42 Comments

  1. Dear All,
    Namaste!!!!! and good job Mr.Kamalji.I am so happy and appreciated to see the hard work you did but really disappointed with those who wrote such disrespectful comments about you.
    Please do not bother and keep going what makes you feel right.
    Raj

  2. Hello Kamalji

    It seems like you are not there to represent our country but there to check out some chicks.

    Just wondering !!!!!!!!!!!!

  3. के हो कमल जी जर्मनीमा दिनहरु राम्रै वितिरहेको होला । मेरो साटो पनि रमार्इलो गनर्ु होला ……………अनि कमल जी …. हामी त निरौला दाजुभार्इ पो परेछौं । खुसी लाग्यो……….. यात्रा सफल हो ………..

  4. falana falana ju, chance pako vaya timiharule pani galama mwai khanthyau sundari ko …arko le photo khichheko k ko daha ta ?lau vana aja faisala garau aau …..

  5. sthapit ra niraula ji lai hamro tarfa bata dherai dherai dhaniyakopat.yeh ratamakaii…nepalko rato jhanda worldcupma faharayako dekhera hami dubai khusile harsabibhor vayau…la la jasle j vane pani pir namannus ………….tinaru le jati khutta tane pani tapai haru ka char khutta haru sagarmathako uchaima rahane chhan , dhanda namanus patakkai hami chau sathma sath dine….batti balera………

  6. Oho Rajendra ji tapai lai dherai dherai dhanyabad kin bhane tapai sang basne arko Nepali Kamal bhanne Mero pani sano dekhi ko sathi ho, uslai na dekheko dherai din bhayeko thiyo kam se kam Germany ma Sundary sang baseko ta dekhna paiyo.
    Tapaiharu ma bhayeko Rastriyata ko sachai nai ma pani kadar garchhu.

  7. यहाँ लेखिएको प्रतिक्रिया पढ्दा लाग्छ – बाँदरले आफू पनि घर बनाउँदैन अरूले बनाएको पनि विगार्छ भन्ने उखान चरितार्थ भएको छ । एउटा विदेशीएको नेपालीले आफ्नो प्यारो मातूभूमिको राष्ट्रियता झल्काउने प्रयास गर्दा यहाँ यत्रो रडाको मच्चाइन्छ । साँच्चै नै नेपालीहरूको बुद्धि यस्तै खुराफाती काममा मात्रै किन लाग्या होला हगि ? अलिकति पनि सभ्यताको पहिचान दिन पनि किन यत्रो कन्जुस्यार्ँइ हो, गोर्खाली महाशयहरू ? दुई शब्द मिठो लेखिदिएर हौसला बढाउँदा तिनको बाउको के जान्छ ? लाज शरमै नमानि जिन्दगीभर अर्काको बदख्वाँइ गरेर पेट भर्नेहरूको सदवुद्धि पलाओस् आगामी दिनमा ।

  8. Worthy 2 read.

    The fall of the house of Savoy

    If Italy still had a monarchy, Prince Vittorio Emanuele di Savoia would be king. But now he’s in prison for his part in a sleazy corruption and prostitution scandal – and it’s unlikely his family will ever recover from the disgrace. How did he end up in such a mess? John Hooper reports

    For detail, go to

    http://www.guardian.co.uk/g2/story/0,,1803969,00.html

    For images, go to

    http://images.google.co.uk/images?q=vittorio+Emanuele&hl=en&btnG=Search+Images

  9. सबै पाठक वर्गमा हार्दिक नमस्कार !
    यस विश्वकप खेल १२ वटा रंगशालामा खेलिने भएको हुंदा सबै खेलको विवरण उपलव्ध गर्न हामी असमर्थ छौं । तर हामी आफुले देखेका र भोगेका अनुभव र दृश्यहरुलाई सकेसम्म समेट्ने प्रयाश गरि रहेका छौं ।

    तर पनि केहि पाठक बृन्दहरु भने ” आफु पनि नगर्ने, अनि अरुले गरि खाएको पनि देखि नसहने” खालको व्यवहार गरि ना ना थरिका comments लेखि आफ्नो समय नास गर्दै आउनु भएको देख्दा आफ्नै सथीभाइ देखि फेरि दिक्क लागेको छ।
    यहि जर्मनीमा बस्दै आउनु भएका साथीभाइलाई for e.g. user name na** चाँहि विभिन्न ठाँउमा रहेका public viewing places, Pub, Bar etc. बसेर हेर्दाको आफ्नो अनुभव सबैलाइ सुनाउनुहुनु अनुरोध गर्दछुँ ।

    सचित श्रेष्ठ

  10. Hello!! Umesh dai,

    Are u alright? Blog is not being updated as it used to be. We r desperate 2 read ur challenging news items. If u r not well, not 2 worry. We will and wait. Wish u get well soon. In the mean time, we r also worried whether u’ve been threatened by some culprits. If so, let students know ASAP. Patriots are always with people like u. Hope, u r alright.

  11. many many thanks to rajendra n kamal bro.
    if every one does like this then it will be chance to inform others about our country and it will be benificiar to our country to acquire tiurists also.
    ya i know it is more costely to go and watch every match but plz try to go there again with nepali flag,buddha’s photo and sagarmatha ok.

  12. आगन्तुक पुस्तिका पनि रहेछ तपाई हरु पनि केही भन्न चाहानु हुन्छ की मैले त दरो लेखेर पठाँए।।।।। यस वेभसाइट को प्रयोजन जनताको के छ विचार भन्ने थाहापाउन होला हा हा।।। अब भेटो त्यसले

    http://www.nepalmonarchy.gov.np/guestbook/guestbook_nepali.php

  13. Kamal Niraula Ji
    Tapaile bishwocop football herer tyasako photo sahit tyahako ramailo anubhab pani aru thap pathaun na bhulnuhola la.

  14. अवस्य पनि यो काम राम्रो त हो तर मलाई यसले अर्थ राख्ला भन्ने चाहिँ लाग्दैन किनभने जब सम्म नेपाल आफैँ विश्वकप फुटबल खेलमा सहभगि हुदैन । यसले दर्शकको रुपमा नेपाली पनि थिए त भन्न सकिन्छ तर गर्व चाहीँ पक्कै गर्न सकिन्न । अरु नै देशको खेलमा आफ्नो देशको झण्डा देखाउदैमा देशको शिर उचो हुन्छ भन्ने हो भने केवल भ्रम मात्र होला ।

  15. खेलकुदको संसारका उपलब्धिका कुरामा देश विश्व मानचित्रमा कतै नदेखिएपनि , विस्वकप को खाँडो जागिरहेको समयमा खेल हुँदै गर्दा नै स्टेडियममा झण्डा फहराएर जाति नै गर्नु भएछ । खै अरु के भन्ने शब्द नै आएनन।

    बरु उमेशजी , माओवादी नेताहरु फेरि काठमाण्डुमा नेताहरुसंग मन्त्रणामा व्यस्त भएको समाचार पढियो अरु माध्यमबाट तर तपाईँले यो कुराको उल्लेख गर्न ढिलो गर्नु भो नि , हुन त एक्लो मान्छे कता कता भ्याउनु तपाईँले पनि । तर घटनाक्रमको प्रगति दुर्गति कतातिर जाँदैछ यसो सुनाउनुहोस है, भ्याउनु भयो भने। किनभने यो फुटबल त अहिले जता हेर्यो त्यतै छ्यालब्याल छ , सारा सूचना माध्यम भरि फुट्वल नै छाएको छ।

  16. Nepal ma basera kailai keti nadekheka haru ko lagi naulo kura huncha …post gardai garnush..haresh nakhanush .. nepal ma chiya khayera ..choka ma basera ekchin cyber ma gayera tyo pani udharo khane cyber ma gayera yesto tallo darja ko comment lekhdaina ..kei hune wala chaina ..afno kam ma agadi baddai janosh sab thik huncha.. afu jana basna nasakeko le iniharu daha le chatpatayeko ho..sakchau bhane iniharule pani afno blog banayera ..send gara afulai manlageko ..bandar harule nepal ko ijjat jogaudaina ..ijjat falcha ..nepal ko jhanda bokera desh lai chinau na khojnu bhayeko ma dhanne bad..
    take care
    manandhar

  17. Nice ani Flag chai kina euta matrai ta…………….2 jana gayako thau ma ta 2 jana lye nai lanu parcha ni flag…….ok see u with more flags on that stadium.

  18. विदेसिएका नेपालीहरुमा स्वदेश प्रतीको मोह कतिहुन्छ भन्नेकुराको नमुना हो यो ।

  19. well done mr, sthapit & niraulaji. Yasarinai hamilai world cup ko news didai garnu hola. Kam se kam hami teha na bhayani tapaiharuta hunu huncha. keep watching games .

  20. ya it is indeed nice to see guys with nepali flags in worldcup match. well done guys. u deed it u were at world cup. ohhhhhhhhh i thought u were playing but …. poor me mis understood…..haha

  21. please म संग फोटो खिचन भनेर बोलाएको जस्त छ हेर्दा त ।।।

  22. कुरा गर्न पायो भन्दै जथाभाबि कमेण्ट चाहिं नगर्नुस। यो धागोमा मात्र होइन अरुहरुमा पनि त्यस्तै देख्दछुं। त्यस्तो हुलमुलमा क्यामेरा बोकी टिभिमा हेर्न नपाउने आफ्नो आंखाले देखेका कुराहरु झ्यापझुप पारि खिचेका तस्बिरहरु यहां पोस्ट गर्दछुं। हाम्रा नेपालि साथीहरुले भने बडि गौरवका साथ ना ना थरिका कमेण्टहरु लेखेको देख्दा आफुले वाइयात काम गरेको अनुभव गर्दछुं। यी फिक्का कमेण्टहरुले गर्दा आफुलाइ पनि पुन: यस्ता पोस्टिङ गर्न चाहिं पक्कै पनि हौसला नमिलेको महशुष गरेको छुं।

  23. I don’t know what sort of achievement it is to unfurl the Nepalese national flag there in the stadium. Mr. Sthapitji working and living there in Germany and his holding the double-triangular flag must be his personal achievement of being able to see the world cup live.

    But sporting achievements are measured in terms of success and we as a Nation are a sorry figure in this matter. We are just onlookers clapping for one Argentina, Brazil or England or what else as we don’t have anything to be excited about ourselves.

    So sorry friends if I could not be as exicited by seeing a Nepali friend holding Nepalese flag and watching two footballing nations clash on the fild for glory for their respective Nations.

  24. Kamal Niraula ji,
    It seems that you look like Krishna, how come you are Kamal? Good luck !! Take it easy, just for fun….

    B. Rai
    Boston, USA.

  25. What a comment Amaatya ji!!!!!! And I would like to ask questions to Rajendra and kamal sir tapaiharule ticket chahi kata bata milaunu bhayo? Achamma!!!Germany Dherai baseko ani NRN ko protocal secretary bhayeko adhaarma ta ticket napaunu parne ho, ki tyaha pani thulabadalai badhi chance milcha ho? yethartha bataidinu hunchha ki?

  26. well done राजेन्द्र जी well done साच्चै तपाईं जस्तो जहाँ जादा पनि नेपाल आफ्नो छाती मा लिएर हिडने नेपालीको कारण नै बिस्वमा नेपालको नाम रहेको छ ,नत्र रक्सी खाएर बारमा डिस्कोमा हल्ला गर्दै हिड्दा,बिदेश मा भाडा माझेर कमाएको पैसा को तुजुकमा नेपाली लाई चिन्दै नचिन्ने, नेपाली भनिन लाज मान्नेहरुको यहाँ कमि चैन्,अन्जना जी र बिजय जी ले मात्र तपाईंको काम को सराहना गरेको देखे मैले अरुले त तपाईंसङ भएका महिला साथी मात्र देखनु भयो, तर तपाईंसँग भएको नेपाली झन्डा देख्नु भएन छ?म अन्तरआत्मादेखि यो राष्ट्रिय झन्डा अनि तपाईंलाइ सलोट गर्छु र सधैं बिस्वमा यसरीनै नेपालि राष्ट्रिय झन्डा फहराउने र आफ्नो देशलाइ बिस्व सामु चिनाउने आत्मबल सबलाई मिलोस भन्ने कामना गर्दछु ।

  27. राजेन्द्र दाईले यस्को संग संगै शिरमा टोपि, कम्मरमा replica खुकुरी भिरेर दुईटा पाउमा चहिं ज्ञानेन्द्र र गिरिजाको मुकुण्डो भयको जुत्ता लाउनु भयको भय सुनमा सुगन्ध हुन्थ्यो।

  28. hello thapa ji,
    kt sanga photo khichaunu kun thulo kura ho ra ! nepal ma pani ahile sayau sundari haru chhan janu ni tapai pani . kin aru ko daha garnu hun chha ho.

    ………..

  29. hello sthapit ji ,
    i am very to see our national flag in forgen country .thanks to you. i saw our national flag in CNN NEWS Center (usa)

    Aanjaan usa

  30. bro haru kamal & rajendra tapaiharulai muri muri thanks.next gameharu pani herna janu vo vane yo vanda pani badhi jankari garaunu hola hai…………

  31. kt sanga basna pauda ta ko po hastai nara haina kamal gi sarai ramro chance pauno bayo tapaele

Comments are closed.