महिला आन्दोलनः घुमिफिरी फेरि सिंहदरबारमा

२०६३ असार ११, आइतबार
प्रतिनिधि सभामा भने ताली ठोकेर सर्वसम्मत रुपमा सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता गराउने प्रस्ताव पारित गर्ने, अनि व्यवहारमा भने उही जहाँ पनि पुरुष हैकमवादी शैलि अपनाउन नछाडेको भन्दै विरोधमा उत्रिएका महिला दिदीबहिनीहरुले आज फेरि सिंहदबार अगाडि धर्ना दिएका छन्।
Sagar
धर्नाका क्रममा सवारी साधनलाई रोकिरहेका महिलाहरु। फोटोः सागर श्रेष्ठ [बाँकी फोटोहरु भित्र]

अन्तरिम विधान मस्यौदा समितिमा महिलाको प्रतिनिधित्व नभएकोमा महिलाहरुको विशेष आपत्ति रहेको बुझिएको छ।


विरोधको नयाँ शैलि। एक महिला सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा चढ्दै। फोटोः सागर श्रेष्ठ


महिला आन्दोलन जारी छः शालिकसँगै उभिएर नारा लगाउँदै। फोटोः सागर श्रेष्ठ


शालिकमा किन रातो घुम्टो छोपिएको भनेर भन्नुहोला। महिलाहरुले त्यसो गरेका हैनन्। अस्ति नै प्रतिनिधि सभा घोषणा हुन ढिलाइ हुँदा क्रुध्द भीडले शालिकको श्रीपेच र तरवारमा क्षति पुर्‍याइएपछि त्यसरी शालिकलाई राखिएको हो। फोटोः सागर श्रेष्ठ

महिलाहरुले यसअघि सिंहदरबार धेरै पटक घेरिसकेका थिए र विगतमा दिनमा पार्टीका कार्यालहरु घेर्दै आएका थिए। आज भने आन्दोलन फेरि सिंहदरबार केन्द्रित भएको हो। अब अन्तरिम विधान मस्यौदा समितिमा महिलाको पनि प्रतिनिधित्व गर्ने कुरा भइरहेको छ।

*********************
र, एउटा छुट्टै प्रसङ्गमा आजै माअ‍ोवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको पत्रकार सम्मेलन-
Sagar
आजै बिहान प्रचण्ड र बाबुराम काठमाडौंमा रहेको खबर पनि आएको थियो र आज यही पत्रकार सम्मेलनमा प्रचण्ड पनि प्रकट हुनसक्ने भन्दै त्यहाँ पत्रकारहरुको ताँती लागेको थियो। केही पत्रकार भन्दै थिए- प्रचण्डले अस्ति बालुवाटारमा अव्यवस्थित भयो भनेर गिज्याएका थिए, उनीहरुले गर्ने चाहिँ कतिको व्यवस्थित हुन्छ भनेर हेर्न आएको ! अर्का पत्रकार टिप्पणी गर्दै थिए- त्यही अव्यवस्थित होला भनेर प्रचण्ड नआएका होलान् !

10 Comments

  1. Women should be given equal right and opportunities.They should be empowered.For the development of the country women empowerment is must.There should be equal participation of women in constitutional meeting aswell.
    I urge to all the concerned authorities not to embarras women at the time they are protesting as they are fighting for their right.

  2. Females should be given equal rights and responsibilities without further delay, so that Nepal and Nepalese can be proud of their country, which becomes equitable society. However, care should be taken that males and females are not to compete each other, but to support and enrich each other and make a harmonious life and society as a whole, that could generate harmonious and sweet scoiety and development for lovely life.
    May Nepal be a very nice place to live, play and work and be at the list of developed nation soon, I mean within reasonable time.

  3. people who want to do or die all equally respected either the male or the female so if the female are absance to draft the interiam constitution its result born the new moist for the nation in the continuation of discrimination.

  4. • जे जस्तो भएता पनि सागरजीको फोटो पत्रकारितालाई चाहिँ मान्नै पर्छ। तेसै भएर होला चौथो स्थान हासिल गर्न सफल हुनु भयो, सर्वप्रथम हार्दिक बधाई तपाईँलाई ! जे होस् सिँहदरबारको अगाडिको शालिकमा पुरुषहरु चढेको त देखिएकै थियो, आज महिला पनि त्यो शालिकमा चढेर आफ्नो इच्छा पुरा गरेको देखियो। जय लोकतन्त्र !

  5. प्रतिनिधि सभामा मात्र भुकेर हुन्न व्यवाहामा पनि उतार्नु पर्यो ।

    ;// घर धान्ने महिला , हैन पुरै देश धान्ने महिला भन्नु गलत नहोला । अनि व्यवहारमा चाही पुरुष हैकमवादी लाजो मोर्दो छ। —भन्छन एक थोक गर्छन एक थोक ।।।।

    ;// हैन हो अस्ती प्रचण्डले वार्तामा आउँदा आफ्नो पत्नि लेर आका थिए मलाइ त कता कता महिलाको तर्फ बाट वार्तामा बोल्न ल्याएका होलान जस्तो लागेको थियो — उनि त काठमाडौ घुम्न मात्र आकीरहे छिन् कि केहो।

    ***
    सबैनेताहरुलाइ चेतावनि —

    बोलाइ र गराइमा फरक पार्नु हुदैन नत्र यसको ठूलो परिणमा भोग्नु पर्छ —
    { देशका सारा महिला एक भएर एकै दिनका लागी उनिहरुले गर्ने काम ठप्प गरे भने पुरुषको त तिरीमिरीक्षै हुन्छ होला, सायद पुरुष ले यो कुरा सोच्न पनि सक्दैनन् होला । मत भन्छु आफ्नो हक पाउनको लागी यो क्रान्तिकारी कदम उठाउनै पर्छ । अनि बल्ल महत्वो बुक्ष्छन पूरुष भनौदाहरुले । }

  6. Rana prime minister had made these kind of palace and now nepal gov.is using these building . BUT Shah king did not continue .i suggest the gov. please make a those kind of building and leave for nation and future generation .it will a example , which rana prime gave us .

  7. Hi all,
    THIS IS A REAL NEED OF NATION TO GET WOMEN PARTICIPATED IN ALL AREAS.

    “”Nyaya napaye gorkha ganu”” now has been modified to “Nyaya napaye Prithibi Narayan Ko Shalik Chadnu”..

    New Nepal & new way of fighting for rights!!

  8. चन्द्र शम्शेरले जनता लुटेर, अत्याचार गरेर बनायको यो सिंह दरवारले कहिले पो जनताको दु:ख सुन्ने हो? फेरि प्रतिनिधि सभा पनि राष्ट्रीय पंचायतको भवनमानै छ। त्यहां महेन्द्रको भुत अझै बांकी होला – पहिला त्यस्लाई पन्छाउनु पाय बल्ल जनताले न्यायको श्वास फेर्न पाईयलाकि।

  9. Finally we’re smelling some good news. Women participation is crucial and shouldn’t be taken this as their victory. This will further strengthen the capability of the commission to achieve the goal.

Comments are closed.