कोइरालाको भारत भ्रमणः आशा र यथार्थ

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आज जेठ 23 गतेदेखि भारतको तीन दिने भ्रमण सुरु गर्दै हुनुहुन्छ। नेपालका प्रधानमन्त्री पहिलो पटक अ‍ौपचारिक भ्रमणका लागि भारतमा नै जाने परम्परा नै बन्दै आएको छ। कोइराला जति पटक प्रधानमन्त्री बन्नुभयो, हरेक पटक भारतको भ्रमणमा जानुभएको छ। तर यसपटकको भारत भ्रमण पहिलेको भन्दा निकै भिन्न परिस्थितिमा हुन लागेको छ। कस्तो छ उहाँको भ्रमणका बारेमा गरिएको आशा र कस्तो छ यथार्थ ? शंकर तिवारीको विश्लेषण पढ्न भित्र आउनुहोला।

-शंकर तिवारी-

जनआन्दोलनको बलमा स्थापित सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमण हुन लागेको छ। जेठ २३ देखि ४ दिनसम्म हुने प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य चुनौति नेपालमा दीगो शान्ति स्थापनामा राष्ट्रसंघको सहभागिता सुनिश्चत गर्न उसको सहमति खोज्नु हुनेछ।

बुढ्यौली उमेर र बिग्रँदो स्वास्थ्यका बाबजुद कोइराला आफ्नो जीवनको सबभन्दा विधायक राजनीतिक जुवालाई सफल पार्न दृढ देखिनुहुन्छ। तर, प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणभन्दा भारत भ्रमणले प्राथमिकता पाएको देख्दा जनता आश्चर्यमा परेका छन्। देशका तमाम समस्याहरुलाई थाति राखेर गर्न लागिएको यस भ्रमणमा भारतले नेपाल सरकारलाई ठूलै आर्थिक सहयोगको प्याकेज घोषणा गर्ने हल्लाको तीब्र प्रचार भइरहेको छ।

कोइरालाको दिल्ली यात्रा राजा ज्ञानेन्द्रका पटक-पटक स्थगित भ्रमण र पूर्व प्रम शेरबहादुर देउवाको पालामा हस्ताक्षर गरिएका प्रतिबद्धता कार्यान्वयन नगरिएको पृष्ठभूमिमा हुन गइरहेको छ। विगत पल्टाउने हो नेपाली सरकार प्रमुखका भारत भ्रमणमा सधैँ विवादको घेरामा पर्दै आएको देखिन्छ। तर यो पटकको भ्रमणलाई सद्भावना भ्रमणको रुपमा लिएको छ। कोइरालालाई सात दलका नेताहरुले समेत विवादास्पद विषयमा मुद्दा नउठाउन दबाव दिइरहेका छन्। आइतबार मात्रै एमालेका भरतमोहन अधिकारले प्रतिनिधिसभामा भारत भ्रमणमा दुई पक्षीय सहयोग भन्दा अरु विवादास्पद विषयमा प्रवेश नगर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो। आन्दोलनको बलले स्थापित सरकार प्रमुखको हैसियतले कोइरालाले भू-राजनीतिक महत्वको छिमेकीसँग आर्थिक सहयोगको प्रस्ताव राख्नु हुनेछ।

कुनै बेला हतियार दिएर माओवादी शक्ति दमन गर्न उक्साउने भारत विगत केही समय यतादेखि नेपालमा दीगो शान्तिको पक्षमा उभिएको भान भइरहेछ। तर साउथ ब्लकको नेपाल नीति बाहिर देखिए जस्तो कहिल्यै हुने गरेको छैन। भारतको नेपाल नीति जे देखिन्छ त्यो हुँदैन, जे भनिँदैन त्यो वास्तविकता हो। प्रम कोइरालाले माओवादीलाई राजनीतिक मूलधारमा ल्याउनका निम्ति राष्ट्रसंघको मध्यस्थताका लागि भारतको समर्थन खोज्ने प्रयास गर्नुहुनेछ। यो आवश्यक थियो वा थिएन भन्ने कुरा बहसको विषय हो। यस सवालमा अनौपचारिक रुपमा भारतको प्रक्रिया सकारात्मक रहेको भनिए पनि त्यसका बारेमा भारत सरकारको धारणा अझसम्म पनि सार्वजनिक भएको छैन।

छलाङ मार्ने प्रक्रियामा रहेको मुलुकको अवस्था हेर्दा प्रधानमन्त्रीले आफ्नै देशका समस्याप्रति सम्वेदनशील हुनुपर्ने हो। वार्ता जति बढी लम्बिन्छ त्यति नै प्रतिक्रियावादी र प्रतिगामीहरुले चलखेलको अवसर पाउनेछन्। शिखर वार्तामा प्रचण्ड स्वयं उपस्थित भएर टेबलमा बस्ने निर्णय भइसकेको अवस्थामा वार्तालाई चाँडो निर्णयक मोडमा पुर्‍याउनु सरकारको चुनौति हो। प्रमको भारत भ्रमणले वार्ता प्रक्रियामा ढिलाई भएमा त्यो सरकारी गैरजिम्मेवारीपन ठहर्नेछ। यदि त्यसो भएमा सत्तामा पुगेपछि जहिले पनि अलोकप्रिय हुने कोइराला जनआन्दोलनबाट कमाएको पूँजीलाई व्यवस्थापन गर्न फेरि पनि असक्षम हुनुहुनेछ। त्यसैले कोइरालासँग समयले पुनः एउटा अग्नि परीक्षा लिइरहेछ। त्यसमा खरो उत्रनु उनको सफलता मात्र होइन जनआन्दोलनको म्यान्डेड समेत हो।

[तिवारीले यो विश्लेषण हाम्रो अनलाइन समाचार साइट परेवाका लागि लेख्नुभएको हो]

18 Comments

  1. We are just wondering if this visit is for good of Nepal or for India. Due to the lack of political and technical homework from Nepal’s side, Nepal has ended up with the treaties that are harmful for Nepal in long run.

    Its very obvious that whatever suggestion Nepal will get from India will be in its own interest than for the good of Nepal. Mr. Prime minister should listen to India about its view on the current situation of Nepal, but his decisions has to be in favor of Nepal and Nepalease in longrun. We are hopeful that Mr Girija Prasad has realized his mistakes in the past and will not repeat that.

    Just a concern…..-” Anybody has any idea if there has been any treaty between Nepal & India about river water use associated with the India’s largest project of interbasin water transfer (river-linking) which we heard is now being implemented and is sure to make a long term effect on the rivers of Nepal??????”

  2. umesh-ji
    paaThak-harule lekhdai aayeka bicharharu sambandhit byakti-haruko kaan-maa pugchha ki pugdaina natra kothaa-maa basera garji rahanu maatrai hune ho ki ?

  3. I DOUBT UMESH G GIRIJA WILL SALE ALL THE RESOURCES TO INDIA WITH THEIR FAVOUR NOT OURS.
    THIS IS THE NATURE OF GIRIJA WHENEVER HE COMES ON POWER HE FORGETS ALL THE RESPONSIBILITIES AND DUTIES TOWARDS COUNTRY AND COUNTRYMAN.
    LOOK AT THE BACK PERIOD THIESE ALL CRITICAL SITUATION COMES BECAUSE OF GIRIJA.
    WE WISH WE COULD HAVE LEADER LIKE HONOURABLE SUPREME COMMANDER OF 2046 PEOPLE’S MOVEMENT MR GANESH MAN SHING AND PEOPLES FAVOURATE DEARES LEADER MR MADAN BHANDARI.
    NEITHER MADHAV KUMAR NEPAL NOR THESE GIRIJA OR SHERAY CAN PROVE THEM BEST. WE LOOKING FORWARD TO THE BEST OF MAOIST SUPREMO MR PUSHPA KAMAL DAHAL AND INTELLIGENT DR BABURAM BHATTRAIE IN FUTURE. IF HTEY ALSO COME AS THESE RUBBISH LEADER THEN BELIEVE ME KING WILL TAKE THE POWER THEN NO ONE WILL COME ON FRON TO KILLED THEMSELVES FOR THESE IDIOT LEADERS FAVOUR AND WE WILL NEVER HAVE THE FREEDOM AND DEMOCRACY IN OUR COUNTRY.
    HEY PASHUPATI NATH DESH BACHAU…..NETA HARU KO BUDDI MA ALIKATI SUN PANI CHARKI DEU.
    THANKS ABINAV

  4. दीपक अर्याल जी ले लेखेको केहि हद सम्म त साचो छ, तल को त्यो महाभारत भन्ने अङ्श चाहि सार्है घत लाग्दो छ है।
    जे भए पनि गिरिजा ले यो बुढेशकालको भ्रमणमा नेपाललाइ खाल्डोमा नहालिकन आइदिए हुन्थ्यो। भगवान गिरिजाको टाउकोम एकै छिनको लागि भएपनि धेरेइ बुद्धि र मुटुमा देशको माया राखिदेउ।

    Whatever you guys say, I don`t trust in him (Girija) at all.

  5. Todays wastage water of Nepal could be big assets for tomorrow and could be big bargaining point fo Nepal.

  6. The visit of PM to India is not bad for itself becoz it is a neccessary formality also between two close countries and to make the knot of good relationship tight. But the main thing where we shuold be most careful is that we nepali people are always soverign so that there mustn’t be any negotiation which goes against our soveirgnity. And i m surprised by nepali media: becoz they are publishing news like such way that they all believe in India and they know all about Indian Policy and this is there victory that our Nepali PM is going to beg in front of their great loving and god father donner country India. Cooperation and help between two neighbouring countries is very good but in the name of good relationship and help there mustn’t be any kind of domination and underestimation of other country. And while publishing news every media of both countries also care about the sentiment of people of both countries.

  7. visit huna lageko ta ramro nai ho tara nepalko lagi hani hune kunai kamma signature garnu hudaina jasle nepalko lagi naramro hola nepallai santi banayune kam garnu parchha bideshiko bhanda aaphno gharko khyal apphi garnu parchha

  8. Yes, but what was the need to publicise the humilating begging tendency. Could they have kept low profile of assiatance begging, and atleast in terms of words, some respectable choice would have served better purpose. But no as we are too proud to thrive on begged assistance than rational and respectable proposals of mutual benefit and respect.

  9. गिरिजाले इन्डियालाइ जति दिनु थियो त्यो त पहिलै दिएर सकिइसक्यो, अब दिने के नै छ होला र! बुढेशकालमा लगाउने गरेको आफ्नै त्यहि सेतो धोती फुकालेर दिएर आउने होला ।
    यो सबै गिरिजा को भूतकाल हेरेर भविस्यवाणी गरेको मात्र हो।

  10. नेपालको राजनीति संगीन मोडमा उभिरहेको बेला र नेपाली राजनीतिमा माओवादी पार्टिलाई मूलधारमा ल्याउन भूमिका खेलेको भनी कम्युनिष्ट नेता सिताराम येंचुरीको सारा भारत भरि चर्चा भइरहेको बेला कोइराला र उनका डेपुटि खड्ग ओलीको भारत भ्रमण धेरै किसिमले अर्थपूर्ण हुनसक्छ। स्मरणिय रहोस भारतभरि नेपालको वर्तमान राजनीतिक घटनाक्रमलाई नेपाली जनताको आन्दोलनले ल्याएको सफलता भन्दा बढी भारतीय कूटनीतिको खेलको रुपमा चित्रण गरिएको छ।
    अब दिल्लीमा कस्तो खिचडी पाक्ने छ र त्यसको स्वाद कुन पक्षले कसरी लिने हुन त्यसको पटाक्षेप समय क्रममा हुने नै छ। तर एउटा कुरा के निश्चित छ भने माओवादीको हाउगुजी देखाएर भारतले तुलनात्मक रुपमा मध्यमार्गी मानिएका ने का र एमाले लाई संवैधानिक राजा र माओवादीको वीचमा उभिएर राजनीति गर्न यिनिहरुलाई भन्ने छ । किनभने आफ्ना कारणले राजालाई फकाउन सफल भएको ठान्ने भारतले राजकालागि केही भूमिका राखिदिएर त्यताको श्रेय पनि लिने प्रयत्नलाई कुनै मानेमा लुकाउने छैन ।
    अर्को कुरा संविधानसभाको चुनावलाई कसरी अगाडि बढाउने र कसरी माओवादी पक्षका हतियारको सुपरीवेक्षणमा सो संभव गराउने कुरामा दिल्ली दरवारका मान्छेहरु र काङ्मालेका हस्ति वीच सल्लाह हुनेछ। सबै राजनीतिक पक्षलाई थाहा भएकै कुरा हो अहिले कै परिस्थतिमा शंविधान सभाको चुनाव हुने हो भने गाऊँमा गएर ठछिने शक्ति माओवादीलर चाहेनन् भने कसैले पाउने छैनन् । फेरि माओवादीका हतियार र सेनाको यकिन संख्या केही थाहापत्तो नभएको वर्तमान परिस्थितिमा के खालको अनुगमन संभव होला र ?
    फेरि अर्को कुरा, नेपाली सरकारि सेना र माओवादी सेनालाई अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा राखी सं रा संघ को जिम्मामा छोड्ने जुन कुरा गरिँदैछ , त्यो पनि कुरा नबुझेर हो कि बहुसंख्यकहुरले थाहै नपाएको झैँ गर्दैछन । यसो गर्दा पनि नेपाल भित्रिने आधाभन्दा बढी त भरतीय सेना नै हुनेछन किनभने छिमेकी देशको सन्दर्भमा सं रा सं को यही नीति त छ । अस्तिको टाइम्स अफ इणि्डयामा त त्यही लेखेको छ कसरी भारत र चीन मिलेर नेपाललाई सुपरीवेक्षणमा राख्न सक्छन भनेर ।
    जे होस सदा झैँ भारतले जलस्रोत र प्रकृति दोहनका धेरै प्रस्ताव राख्ला र उदारमन राखेर गिरिजा बाबुले र ओली अंकलले टाउको सहमतिमा हल्लाउनु भयो भने पनि केही अचम्म मान्नु पर्ने छैन। केही समय पछि भर्खरै परमाधिपति खोसिएका महाराज अनि त्यसपछि माओवादी शिर्षस्थ कामरेडहरु पनि दिक्षित हुन त्यतै पाल्नु भयो भने कसैले अचम्म नमान्दा हुन्छ ।

    अथ श्री महा “भारत” कथा :

    यो भारत भन्ने देश पनि अचम्मको महत्व राख्छ,
    राजाका आफन्तहरु त्यतै ,पशुपतिशमसेरको ससुराली उतै
    सिताराम येंचुरी अनि बुद्ददेवको राजनीतिले पनि ठूलै आशा जाग्छ’
    कांग्रेसी गुरुहरु र एमालेको राजनीतिको पाठशाला पनि उतै
    अनि राष्ट्रवादी माओवादीहरको शरणस्थल पनि त्यतै,
    हाम्रा देवी देवता त्यतै,तीर्थस्थल पनि उतै,
    हाम्रा बुद्द भगवानको ज्ञानप्राप्ति र निर्वाण पनि त्यतै
    हिरो हिरोनी र फिलिमर गीत गजल त्यतै
    टिलिभिजन सिरियल र पढ्ने लेख्ने त्यतै
    नासाको झोँकमा बटारिने जिब्रोको हिन्दी त्यतै,

    आखिर हामी दूई ढुंगा वीचका तरुल हौँ र एउटा ढुंगाले चाहिँ हामीलाई अलि कुँजिने गरी अंकमाल गरेको छ।

  11. घाइतेहरूको घरखेत सकियो

    जेठ २२ – एक वर्षअघि माओवादीले माडीको बाँदरमुढेमा थापेको धरापमा परी घाइते भएकी दुर्गामाया मगर हि्वल चियरमा बसेर दुखेसो पोख्दै -बायाँ तस्बिर) र अर्का घाइते कृष्ण अधिकारी बैसाखीको सहारामा हिँड्दै ।
    माओवादीले गराएको उक्त विस्फोटमा ३९ जनाको मृत्यु भएको थियो । ७२ जना घाइते भएका थिए । विस्फोटमा परेका घाइतेहरू अझै उपचार अभावमा अस्पताल र घरमा बिचल्लीमा छन् ।

    माडीमा माओवादीले जेठ २३ गते यात्रु बसलाई विद्युतीय धरापमा पारेका थिए । तत्कालीन सरकारले घाइतेहरूको उपचार निःशुल्क गराउने वचन दिए पनि प्राथमिक उपचारबाहेक आफूहरूले केही नपाएको उनीहरूले बताएका छन् । ‘प्राथमिक उपचारबाहेक सरकारले केही दिएको छैन । प्रमुख जिल्ला अधिकारीसमक्ष उपचारको बिल पेस गरेका थियौं, त्यसको कुनै सुनुवाइ भएन,’ विस्फोटमा परी दुई खुट्टा र ढाड भाँचिएका अयोध्यापुरी-२ देवेन्द्रपुरका ३४ वषर्ीय अधिकारीले भने- ‘अहिलेसम्म एक लाखभन्दा बढी खर्च भइसक्यो, पैसा नपुगेर घरबारी नै बेच्नुपर्ने भएको छ ।’ किसानी गरेर चारजनाको परिवार पाल्ने अधिकारी अहिले आफ्नै औषधिका लागि ऋण काढेर मासिक ३ हजार ८ सय खर्च गरिरहेको सुनाउँछन् । from:- http://www.ekantipur.com

  12. kati matra magne banera hidne ho ,timiharulai laaj bhanne kura lagdaina? kasaile kasailai sittimai kehi dincha hola re? kun chaal kheliracha bichar purayou hai neta ho.bharat le kehi dinu ko aartha katai na katai bata ta usle uthaucha nai,tara timiharu sanga k nai cha ra dine? tehi euta sano des ho ,teslai chahi nabecha hai, mero binti cha.

  13. This is correct. We can not believe Girija,he always does good good but at last, makes mistake which is very heavy for Nepal as we have seen his last performances.

    So, it is the last chance for Gi..ri..ja………..
    babu to be Nepalese otherwise we know who are you?

    Kiran K Upadhyay
    USA

  14. PM’s India visit at this critical time certainly widens the eyebrows of the general public. We could just take note that nothing such controversial would be dealt. But at the meantime we cannot ignore the role and impression that India have in Nepal, its political apmosphere. And being the world’s largest democracy and the historical friend of Nepal, we can expect some good to strengthen the democracy and the ecomimic cooperation.
    At the same time, Mr. PM should also not forget the role he has to play to make a smooth way out for the constituent assemble election in the home.

  15. Umeshji,
    Like all the other issues, this one is also well written and alluring for the viewers like me.
    Obviously, Koirala is not an visiting India as individual GP or Sanubabu or any other name. He carries the hopes and prospects of all the Nepalese
    ( leave the reactionaries alone). Therefore, in every word he speaks and in every action he delivers, he must bear the sentiments and prestige of the countrymen. He must be cautious of the hot ( fake) cakes which India may offer him. The dire need of the country now is not money but peace, peace and only peace. His foremost priority should be restoring peace through reconciliation with the maoists with India’s help. He must not present himself as the beggar primeminister but a leader of a free country where every one is aspiring for peace and progress.
    Best wishes Mr. koirala,
    At least do good now as you are having the altimate opportunity to prove your patriotism and leadership!

  16. Dear friends
    We are peaceloving people & respect for all our indians but past history shows india never respect nepalese as a good friend.what is their current views?
    If they have love,respect,& true words than okay otherwise visit will not be worthy.
    thank you.

Comments are closed.