तुलसी गिरीले राजाको थाप्लोमा जिम्मेवारी थोपरे

२०६३ असार १३, मंगलबार
अपडेट (२२०)अर्का शाही मन्त्री निक्षशमशेर राणा पनि बयान दिएर निस्किएका छन्। उनले पनि मेरो कुनै जिम्मेवारी छैन। म त फूल मन्त्री पनि थिइनँ, राज्यमन्त्री मात्र थिएँ। मेरो मन्त्रालय स्वास्थ्य मन्त्रालयको मात्र जिम्मा मेरो हुन्छ भनेर भनेछन्। अनि पत्रकारहरुले तपाईँ त राजा आउ देश बचाउ भन्दै हिँड्ने मान्छे तपाईँको किन जिम्मेवारी हुन्न ? भनेर सोध्दा उनले भनेछन्- हो, म राजावादी मान्छे नै हुँ। बहुदलमा आफ्नो आस्थामा विश्वास राख्ने स्वतन्त्रता हुन्छ। अझ उनले यसो भनेछन्- विकासोन्मुख देशहरुमा आयोगहरु पूर्वाग्रही हुन्छन्, यो आयोगले पनि पूर्वाग्रही भएर मलाई बोलाएको हो। उनले म पोलिटिकल मान्छे नै हैन, मलाई जबर्जस्ती बनाइयो भनेर गुनासो गरे। आयोगमा सफाइ दिने मौका पाएँ भनेर भन्दा आरोप चाहिँ के नि भनेर सोध्दा उनी चुप रहे। आन्दोलनका क्रममा २१ जना मरेकोमा दुःख लागेको छ कि छैन भनेर सोध्दा उनले १३ हजार जना मर्दा पनि दुःख लाग्या छ भनेर भनेछन्। तपाईँ मन्त्रिपरिषदमा हुनुभएकोले मारिएकोमा जिम्मेवारी त लिनुपर्‍यो नि भनेर भन्दा उनले १३ हजार जना मरेकोमा चाहिँ कसले जिम्मेवारी लिन्छन् त भनेछन्। “अहिले आन्दोलन चर्कियो भने अहिलेको सरकारले मात्र सुरक्षाकर्मी परिचालन नगरी रहन सक्छ ? ” राणाले प्रश्न गरेछन्।
अपडेट (१५५) तुलसी गिरी त ज्याद्रो पो रहेछन् त। आयोगमा बयान दिएर बाहिर निस्क्पछि जनआन्दोलनका क्रममा २१ जना त शहीद भए नि, यसको जिम्मेवारी कसले लिन्छ त भनेर सञ्चारकर्मीहरुले सोध्दा उनले भनेछन्- “जसले लिनु पर्ने हो उसैले लिन्छ”। भन्न खोजेको चाहिँ के राजाले लिनुपर्छ भन्न खोजेको हो ? अ‍ोरालो लागेको ज्ञानेन्द्रलाई गिरीले पनि खेद्छ भन्ने नयाँ उखान पो बन्ने भो कि के हो ? यिनै गिरी त हुन् राजालाई सक्रिय शासनका लागि उचाल्ने ! त्यत्रो वर्ष प्रवासमा रहेर माघ १९ को कू गर्नु दुई दिन अघि बल्ल त उनी नेपाल छिरेका हुन् नि। त्यतिबेलाका भनाईबाट पनि प्रष्ट हुन्छ उनी कुन हदसम्म शाही कदमका अन्ध समर्थक थिए। त्यहाँ रहेका साथी मणि दाहालका अनुसार मान्छे मरेकोमा म दुःखी छु भनेर तत्कालीन उपाध्यक्ष गिरीले भने। दमनमा तपाईँको हात छ त भनेर सोध्दा उनले ‘यो मैले हैन आयोगले भन्ने कुरा हो’ भनेछन्। शान्ति सुरक्षा कायम गर्ने क्रममा तलमाथि हुनसक्छ भनेर उनले भनेछन्।

अपडेट (१४५) तुलसी गिरी बयान दिएर निस्केका छन्। सौहाद्रपूर्ण वातावरणमा बयान दिएको भनेर उनले भने। जिम्मेवारी लिनुहुन्छ त भनेर सञ्चारकर्मीहरुले सोध्दा उनले केही जवाफ दिएनन्। बयान लिन बोलाउँदा आउँछु र सरकारमा हुँदा जिम्मेवारी पूरा गर्ने क्रममा त्यसो भएको भनी उनले बताए।
अपडेट (१२१५) बयान जारी छ। आयोगले दैनिक ३-४ जना गरी २०० जना जतिको बयान लिने बताइएको छ। उता, राजधानीमा केही दिनदेखि भूमिगत रही विभिन्न दलका नेताहरुसित भेटघाट गर्ने क्रममा माअ‍ोवादी अध्यक्ष प्रचण्डले आज बिहान प्रजातान्त्रिक काँग्रेसका सभापति शेरबहादुर देउवासित उहाँकै बुढानिलकण्ठस्थित निवासमा भेटवार्ता गर्नुभएको छ। भेटमा देउवाले युध्दविराम आचारसंहितामा प्रतिवध्द हुनका लागि प्रचण्डलाई आग्रह गर्नुभएको थियो भने प्रचण्डले बालुवाटारमा भएको आठ बूँदे सहमतिबाट सात दल पछि हट्न खोजेको हो कि भन्ने आशंका राख्नुभएको थियो।

अपडेट (११५०) अर्का मन्त्री बद्रीप्रसाद मण्डल पनि आइपुगे छन्। अरु पूर्वमन्त्री आयोगले बोलाएको समयभन्दा अगाडि नै आइपुगेका भए पनि उनी भने ३५ मिनेट ढिला आइपुगेछन्। अरु पूर्वमन्त्री निजी गाडी चढेर आएका थिए, तर राजाले घुँडा टेकेको दिनदेखि गायब भएका मण्डल भने ट्याक्सी चढेर आएका थिए। ट्याक्सी चालक जीतबहादुर कुलुङका अनुसार मण्डल बाटोमा छिटो जाउँ न ढिला भयो भन्दै अधैर्य भएका थिए। मण्डल पुगेपछि ट्याक्सीमा झुम्मिएर फोटो खिच्न गएका पत्रकारहरुलाई उनले “अहिले नै के खिचिहाल्नु हुन्छ, पहिले अ‍ोर्लन त दिनुस्, अनि राम्रोसँग खिचिलिनुस्” भन्नुभएको साथी कृष्ण ढुंगानाले बताए। उनका अनुसार अहिले तीन मन्त्रीलाई तीन छुट्टाछुट्टै ठाउँमा राखेर बयान लिइँदैछ।

अपडेटः (११४०) शाही सरकारका उपाध्यक्ष तुलसी गिरी आयोगले बोलाएको समय ११ बजेभन्दा ११ मिनेट अगाडि आयोगको कार्यालय हरिहरभवन पुगिसकेका थिए। निक्षशमशेर राणा भने १९ मिनेट अगाडि नै पुगेका थिए। आयोगले बयान दिन उपस्थित नभएमा गिरफ्तार गर्ने भनेकोले निक्ष शमशेर त पत्र बुझेकै दिन ‘मलाई समात्नु पर्दैन, म आउँछु’ भन्दै आयोग कार्यालय पुगेका थिए।

अपडेटः (११३०) आफ्ना ‘मालिक’ सत्तामा रहँदा पद र शक्तिको दुरुपयोग गर्ने शाही सरकारका मन्त्रीहरुलाई अहिले जनआन्दोलन दमन छानबिन उच्चस्तरीय आयोगले बयान लिँदैछ। आयोग कार्यालय परिसरमा साथीहरु कृष्ण ढुंगाना, मणि दाहाल र फोटो पत्रकार सागर श्रेष्ठ हुनुहुन्छ। उहाँहरुबाट प्राप्त जानकारीलाई म यहाँ निरन्तर अपडेट गर्ने प्रयास गर्नेछु।

37 Comments

  1. Hi Umesh sir,
    I wonder regarding the comment made be BK, UK. His ideology is apalling and his english is broken. Yes we all know- “Little knowledge is dangerous”.

  2. सान्ति को कामना गर्ने, सबैको भलो होस भन्ने, मानवअदिकारको पालना होस, कानुन व्यवस्था सुचारू होस्, हत्या हिंसा नबढोस, दोषी (जो कोही माओवादि, मंडले, काङग्रेस कम्युनिस्ट, साधारण जनता जो कोहीले पनि मानवअदिकारको नियमलाइ उल्ङघन गर्छ त्यस) माथी कारवाही होस् भन्ने सोचाँइ राख्दा मडंले पो भइद रहेछ । मित्र म कुनै पार्टि संग सम्बनधिन छैन । म एउटा साधारण नेपाली हूँ र सारा नेपालि ले सुख; शान्ति साथ बाच्न पाउन भन्ने अपेक्षा राख्दछु ।।।

    जय नेपाल

  3. Hello HALFDREAM,

    Absolutely MANDALE thinking, nodoubt. It seems that big mandale will bite Nepal and Nepali and you(small mandale) will have share on it.

  4. BK,

    मानव अधिकारको नियम उल्ङघन गर्ने माथि कारवाही होस् भन्नु गल्ति हो, politics नबुक्षेको political party ले कसरी काम गर्छ भन्ने कुरा नबुक्षेको हो भने ल ठिक छ बुक्ष्दिन म यस्तो काख र पाखा वाल राजनिती।

    जन आन्दोलन दबाउने माथी करवाही गरीदैछ, उनि हरुले मानवअधिकारको नियम लत्याए दमनको भाडो खनाएका थिए हामी माथी र अहिले त्यस सबको हिसाब बुक्षाउन कर्यवाही मा परेका छन् आशा गर्छु दोस् अनुसारको कानुन बमोजिम सजाय पनि पाउने छन् ।

    त्यस्तै गरि माओवादि ले पनि दमन, मानवअधिकारको नियम लत्याउने काम गरेका थिए, कि थएनन् BK जि, सायद तपाइको बिचारमा उनिहरुले दुध, गंगाजल, सुन पानि ले धुइएर चोखा भाका छन क्यारे ।

    मेरो भन्नु यति मात्र हो कि, जो जो माओवादिले साधारण जनतामाथी थिचो मिचो गर्यो, मानव अधिकारको नियम पर्वा नगरी सोषण गर्यो, अपहरण गर्यो, हत्या तथा अङग भङग गर्यो तिनीहरु माथी पनि राज्यले कानुन बमोजीम कार्यवही गरोस् ।

    (माओवादी पार्टिमा सबै नराम्रा छन म भन्दिन, तर सबै राम्रा पनि छन यो पनि म भन्दिन)

    गल्ति गर्ने, नियम कानुन नमान्ने, आफ्नो मनपरी कानुन बनाउने हत्या हिंसा बढाउने माथी राज्यले कारवाही गर्नु पर्छ ।
    कि माओवादीलाइ गर्नु हुदैन । मैले यहाँ दोसी माओवादिलाइ कारवाही गरियोस भनेको छु स्मरण रोहस मित्र । माओवादिलाइ साथ नलगि देशको स्थिति सुद्रिदैन सबैलाइ थाहा छ तर माओवादिले पनि आफ्नो जिम्मेवारी निभाउनु पर्यो हत्या हिंसा अपहरण रोक्नु पर्यो । बेशाख २० यता नौ जनाको हत्या माओवादि बाट भएको छ के भन्नु हुन्छ यसलाइ (Maiost political party को काम गर्ने तरिका ?) माओवादिको यो सब क्रियकलाप बाट राष्ट्रसंध पनि चिन्तित छ ।

    अपरधिक गतिविधिमा लागेका शंकास्पद सर्वसाधारण हरुलाइ सरकारी अधिकारीसमक्ष बंक्षाइनुपर्छ, जसले उनिहरु बारे छानबिन गर्न र उपयक्तलागेको अवस्थामा उचित अन्तराष्ट्रिय प्रक्रिया र निष्पक्ष सुनुवाइका मापदण्डअनुसार मद्दा चालउन सकियो नकी सिधै आफैले कर्यवाहि गर्ने कानुन हातमा लिने ।

    BK जि फेरी पनि भन्छु, राम्रो काम गर्ने लाइ राम्रो गर्यो भन्न सिक्न पर्यो र नराम्रो गर्ने लाइ नराम्रो।
    नराम्रो काम गर्ने अनि अक्ष उसैलाइ केही नभन्ने, पुल्पुलाएर राख्ने हो भने त्यसले त पछि जसले पुलपुलाएको हो त्यसलाइ पनि बाँकि राख्दैन मित्र । { राम्रो काम गरे पुरस्कार, स्यावास पाइन्छ, नराम्रो गरे दण्ड पाइन्छ भन्ने उसको मनमा रहेकै हुँदैन् )

    केही माओवादिले मोरङका विभिन्न ठाँउमा बाटो बनाए त्यो कामलाइ सबैले सराहे, वरपरका गाँउलेले पनि उनिहरुलाइ सघाए (यो मओवादिले राम्रो काम गरेको हो ) साथै धुसखाने नगरपालिको मान्छेलाइ पनि सिडिओ सम्क्ष बुक्षाए ।।।

    तर सिन्धुपाल्चोकका स्कुले विधार्थीलाई मारेको कसले सरायो त्यो स्कुले बिधार्थी ले त्यत्रो के विगारको होला र ज्यानै लिने पर्ने । अत: त्यस्ता खाले माओवादि माथी राज्यले कार्यवाही गर्नु पर्छ भन्नु गलत हो ? राजनिति नबुक्षेको हो ? राजनिति पार्टि ले कसरी कामगर्छ भन्ने कुरा नबुक्षेको हो ? क्यावात छ । ल ठिक छ तपाइको तरिकाले मालई राजनिति बुक्ष्नु पनि छैन् ।

    आजको कान्तिपूरमा त्यो घटनको बारेमा छापीएको पनि रहेछ है । ” माओवादि दोषी: प्रतिवेदन स्थानियवासीद्वारा प्रदर्शन, सिन्धुदोलाखाका इन्चार्ज देशबन्धु र सेक्रेटेरी अस्मिता बेपत्ता (फरार)।

    म यहाँ BK जी ले सोचे जस्तो माओवादी माथी आफ्नो विष खनाउन आको होइन् । म त सिर्फ यो चाहान्छुकी सोक्षा नेपालीले न्याय पाउनु, दोषी लाइ राज्यले कानुन बमोजीम कारवाही गरोस्, कानुन व्यबस्था सुचारु होस्, मनपरी तन्त्र हटोस्, जनताले सुख; शान्तिसाथ खान, वाँच्न र सुत्न पाउन् ।

    मित्र, यहाँ दोषि भन्नाले माओवादिलाइ मात्र भनेको होइन् जो कोही पनि (शाहि नेता, सेना, प्रहरी, माओवादी …) जो कोही पनि जसले मानव अधिकारको नियम उलङघन गरेको छ ति सबै लाइ राज्यलेनै कानुनबमोजी कारवाही गरोस् ।

    जय नेपाल

  5. Now I think that this commission’s als o being prepared for garbage. You can read it one library in Nepal like Parliament’s library like Mallick report. That’s all . All other things are bakamphuse. Duniya lai bekoof banauna gareko ho.

  6. halfdream,

    u really short minded not only half minded.
    u dont know the politics at all. try to collect books and read them ,browse internet site and have a look them and come back to write comment. dont try to manipulate information about maoist, ur comment useless in the present context. dont vomit poison against maoist. they are the bigest force in political, bycotting them country can not go ahead.

    u need to know first how political party works. maoist is political party. they would not reach this height if they have done mutual mistakes in the future. they are very sencetive towards people, if they feel they loose support from people they wont do that. innocent people were killed by those who couldnt defeat maoist coz they never got support from people. the strongest weapon of maoist is people’s support.

    ur shouting doesnot work. moist is most popular political organitation for this time. it is not mean one party will be popular forever. in democracy system, more dynamic the voters more sencetive leaders towards people.

    i voted NC in past election, i voted UML affiliated student union in college but this time my vote doesnt go to them. i let them chance to ammend by not voting them. if the voters are blind supporters parties are autocratics. i vote for their policy and ability of doing work not for the party.

  7. महीला आन्दोलन मा प्रहरी हस्तक्षेप गराउने सरकारलाइ शाही मन्त्रीहरुलाइ कारवाही गराउन कुनै लाज शरम छ? बोरु जनताले नै भरतकेशर लाइ जस्तै बांकी लाइ पनी भकुरेर कारवाही गरे हुने।

  8. जन आन्दोलन दबाउने माथी मात्र कार्यवाही गर्ने हो कि त्यो भन्दा अगाडी जनतामाथी उठेका हातमाथी पनि कर्यवाही गर्ने हो हँ ?

    १३००० भन्दा बढि जनमानस हरु मरे कोही सुराकी हो भनेर, कोही निस्पक्ष ढङ्गले पत्रकारीत गर्यो र भण्डाफोर गर्यो भनेर र कोही निजी रिसीवीको कारणमा । के राज्यले ति माथी पनि कार्यवाहि गर्नु पर्छ भन्ने सोचेको छ कि छैन हँ ?

    माओवादीले पनि आफ्नो बिरोधमा उठेका आवाजलाइ निर्मम तरिकाले दबाएको थियो त्यसको पनि छानविन हुनु पर्छ जस्तो कसैलाइ लाग्दैनकि के हो हँ ? ।। जस जसले मानव अधिकारको चरम सिमा बाटै उल्लङघन गरेको छ ति सब माथी कार्यवाही गरिनु पर्छ ।

    माओवादिहोस वा साही नेता होस वा त्यस वेलाको साही सेना ।

    जस जसले मानवअधिकारको उल्ङघन गरेको छ ति सबलाइ कार्यवाही गरिन पर्छ नत्र ति निर्दोष मरेका नेपाली जनता को आत्माले कहिलै शान्ति पाउने छैन ।

    आर्को चित्त नबुक्षेको कुरा — केही माओवादीले पनि धेरै निर्धोष नेपाली लाइ मारेको छन साधारण भन्दा पनि साधारण मानव अधिकारको नियमा लाइ लत्याएको छन ति माथी पनि कार्यवाहि गरीनु पर्छ जस्तो लाग्दैन राज्यलाइ हँ ? कसैलाय काखा कसैलाइ पाखा गरिनु हुदैन नत्र लोकतनत्रको उपहास हुन्छ ।।। आज सम्म कुने दोषी माओवादिलाइ सरकारले कार्यवाही गरेको सुन्नमा आको छैन । उल्टै उनिहरुलाइ छाडिएको छ । हो निर्दोष लाइ छाड्नु पर्छ तर दोषी लाइ कार्यवाही पनि त गरिनु पर्छ । ज्यान मुद्दामा परेको एउटा ले सजाय पाउने र संगैमा “माओवादी भनाउदालाइ” जसले पनि ज्यान लिएको छ त्यसले माफी पाउने यो कस्तो नियमा हो ? यो कस्तो कानुन हो? ।। कि नेपालमा माओवादी लाइ आर्कै र एउटा साधारण नेपाली लाइ आर्कै कानुन लाग्छ हँ ।

    ——
    राज्यले ति सब माथि कार्यवाही गर्छ जस्तो लाग्दैन अत: राष्ट्रिय तथा अन्तराष्ट्रि मानवअधिकार ले ति माथी दरो कार्यवाही गरोस् । यो चाहान मेरो मात्र होइन सारा नेपालीको जन चाहाना हो ।।

    जय नेपाल

  9. Yaha samma maile bujhna nasakeko kura pani yehi ho ki, asti ko jana andolan jati manche mariye, tesko jimmawari lina lai ta raja ka mantri harulai bayan lidaicha ayog le. Ani Prachanda lai chahin kina sabai bato khulla gari raja lai jhai samman diyidai cha. Sarkar wa sakti ma raheko bela sakti pradarshan nai bhayena ra yo ta. Ki underground bhayera manche mareko le kehi pani galti chaina prachanda ko. Police, sena, ani sadharan janata kati mariye, yesko chanbin garna kunai ayog banaucha ko banaudaina yo lok tantrik sarkar le. Ki prachanda, ani sat dal ka neta haru naya sarkar banayera hat milaudai party garne ho 5 star hotel ma ? Yesko jawaf ko sanga cha ta ?

  10. khoi yo ta formality pura gareko jasto matra bhayo “Raimjhi” aayog!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  11. Umeshbhai,
    Only interrogation is not enough! Will they be punished? KP oli has sided with the king( his remarks about the army proves that)and there may some more ministers and leaders in the SPA who will make strategies to protect them. I think these criminals should be taken to Hague ( Geneva) in the International Tribunal.I doubt if any other Nepali can punish them until a few SPA leaders grab the high posts.
    If the criminals of peoples’ revolution are spared, they will unite to react vigirously, TAKE MY WORDS!

  12. हेल्लो बिद्रोही जि,,कमेन्ट लेख्ने भए कि त नेपाली मा लेख्नुस् कि त English मा । त्यो तपाईं ले लेखेको कमेन्ट त कसैले पनि पढ्न सक्दैन,तपाईं को ब्यर्थ मा समय मात्र गयो । सबै लाई चेतना भया ।

  13. पौडेल जी र नेपाली मन जी ले उठाउनु भएका कुरा हरु सारैनै मन छुने खाले छन् ।

  14. Euta mahatyo kura..

    Prasna-Ke yesta ayog sanchi kai rajniik purha bina chalcha?
    Uttar- Chaldaina
    Sattama ayeka le rajnitik prubahagra liye ra rjanitik badla liniu kati thik?
    Bholi feri maobadi sattama ayo bhane uniharuku das barsa lamo “tathakathit jan youdha” dabauna bhani arko ayog banyera feri sabai prajatantrabadi lai bayanline, thunne kam gare bhane ni?

    yesta kurako kasai le bichar gareka chan?..prasna sabai lai..

    tara yeuta kura ke sahi ho bhane aja 13000 ko las mati tandab garne harmo samaj ma khulla rajneta banera hindi ra cha..yo kasto nyayey ho? ke ho manab adhikar bhaneko..? jit ne ko matra ho? feri sabailai rajniti bata mathi uthera nittanta samjik prani bhayera, chati ma hat rakhera sochaun..hamile kath gharama lyaunu parne lai katai badhi chut di rakhya ta chainu? sabailai belaima chetana bhaya

  15. I read in khojtalashonline about the internal conflict among maoists. would be interesting to know how far this news is correct. This could have broader implications in Nepal’s peace process.

  16. prachandale pani karbahi ta garnuparchha nai tara PLA harule ta kati nai maryo ra.. PLA harule ta pratikriyabadi ka kukur haru ta mareni.. aru ta yaso taso accidently ra jasusi haru ta mareni jasusi haruta hatiyar vanda pani khatarnako hunchha tyastalai ta thauko thau maridinuparchha..aba baako rayo pratikriyabadu ka naike haru (RNA) haru ….
    aba sabai gari hisaab garum PLA harule pugna pug 3000 mare holan sabaigari(RNA,jasusi ra accidently)
    aba herum RNA ko kartut baaki 10000 ma sayad 3000 PLA haru mare holan aba baaki 7000 ta sarbasadharan janta nai thie jo maobadi vaenko kun chara ko naam ho vanera samet thaha thiena… aba bichar garnuhos rajyaa pakshya le badi hatya gareko chha ki maobadi le.. nischaya nai rajya pakshya le………..
    aba yadi prachandale karbahi garne ho vane lagvag 3000 janale karbahi garla …. tara baaki 10000 jantale ta pratikriyabadika naikeharu(Gyane chor,shere,girija,madhav,ani aru ranjnitik party haru)lai karbahi garchhan vane aba bichar garnuhos ke tiniharulai (prachanda ra rajnitic daal haru) karbahi garnu ucchit chha ta???????????
    tyasartha jaha bata vaepani aakhir dherai samasya ta rajya lai nai hunechha kinaki nepali janta haru rajya baata dherai mareko chha tara maobaadi bata lesson sikeko chha……… tyasartha nepal kranti jhanginuko kaaran yahi ho……..
    yadi prachandale karbahi garne ho vane nepalko sabai SPA haru pani karbahi garnuparchha ….
    antya ma hami karbahi ko kura agaarum kinaki nepal ahile antim ghadi ma judhiraheko chha voli je pani huna sakchha tyasarth ahile santi ko kura garum tara hingsa vadkine kura nagarum ra sab nepali dajuvai harule aagraha gardachhu ki aba ko nepal santiko nepal hos apitu prachanda haru feri jungle nachhirun…………. baru sabailai hausala diera santiko kaamana garum…

  17. anee raja ko buddilay bhagauda laee liyera sarkar chalauna diyapachi tyastaee ta ho ni raja ko budipo kasto bhagyera desh bahira gayko des janta parti maya nabhayeko laee sarkar chalauna bolayepachi taystaee huncha ta

  18. साउदी अरबबाट अबिरलयात्रीले उठाएका कुराहरु ले मन छुन्छन ।

    बन्दुक बोकेर राज्यसंग लड्न हिँडेका विद्रोहीहरु र विद्रोहीलाई परास्त पार्न हिँडेका सरकार द्वारा परिचालित सैनिकहरु मर्न र मार्न नै अगाडि बढेका हुन । मानवीय संवेदना हराएको मेरो देशमा धेरै वर्ष भइसक्यो मान्छेहरु मर्न छाडेको , त्यहाँ त केवल माओवादी , आतंककारी, पुलिस , सैनिक ,सुराकी, दुस्मन , मण्डले, काङ्ग्रेसी ,कमिनिष्टे, भिजिलान्ते आदि मात्र मरिरहेका छन ।
    जीवनवादी श्वरहरू जब मृत्यूलाई अलग अलग कित्तामा राखेर , आस्थाका आधारमा मृत्युको तौल र मूल्य तोक्छन र कसैको मृत्यूमा मातम र कसैको मृत्युमा उत्सव मनाउँछन , संवेदना शून्य हुन्छ र मर्नुको कुरा स्वयंमा एउटा जोक बन्न पुग्छ।
    त्यसैले समवेदना ती सबैमा जसलाई निर्दोष हुँदा पनि आतंककारी भएको आरोपमा मारियो , बलत्कार गरियो वा यातनाको चरम डाम दिइयो ।
    तर मेरो विचारमा यो कुराले त्यति बेला सम्म न्याय प्राप्त गर्ने छैन जबसम्म हामी देश भित्रै मान्छे मारेर युद्द जित्ने लडाईँ लडिरहेका हुन्छौँ। बिगत दश बाह्र वर्षे युद्दको रावणकहानी यही हो कि , दुवै पक्षले सजिलो मानेर निर्दोषकै शिकार बढी गरेका छन।
    श्रदाञ्जली नुवाकोटे पोखरेल परिवारमा जो कुनै आरोपमा जीवनबाट हरन गराइए ।श्रद्दाञ्जली ती सम्पुर्ण लगभग १५००० नेपाली नरनारीहरुमा जो यता र उताको घनचक्करमा पिल्स्याइए!!!

  19. प्रचन्ड लाइ पनि त कारबाही गर्नु पर्‍यो नि । उस्ले त झन १३००० मानिस् हरुको ज्यान लियको छ । प्रजातन्त्र मा त सबै लाइ कारबाही हुनु पर्‍यो नि । अनि बल्ल ति नेपाली जनता को अनुहार खुशी हुन्छ । जस्तै माडिबासीहरु,पाल्पाबासीहरु

  20. कारवाहि कस्तो हुन्छ त खै ? मलाइ त उम्कने पो हुन् कि जस्तो लाग्छ। सबै दोष राजाकै हो, सबैले त्यसै भने होलान्। अनि के राजालाई कारबाहि गर्लान् त? विडम्वना गिरीजाबाबुको सेरेमोनियल किँङ्गलाई कस्ले कारबाही गर्ने?
    हेर्दै जाँउ। भरतकेशर कुट्ने जनता छँदै छन् नि। ………..

  21. Left about them yar!

    Its only time wast to talk about halfmind person. What they are and what was there attitude we all know yar. Bring some other more news…………

    bye

  22. सले निक्छे ले भन यो रे आन्दोलन को बेलाम २१ जना जो मरे ति सबै जना तेस् बेला राज्य सन्छलन को प्रकिय हो रे सले लए भरते लए भकुरेको जेस् तै भकुरे ल यो पनि हाम्रो अन्न्दोलन सन्चलन को प्रकिय हो भन नु पेर ल जेस्तो छ । यो बिस्वम कुन्छ हि सले(ज्ञाने)र तेस् क आसेपसे को भनए म देस् छ जेस् ले राज्य सन्चलन को लागि अफ्फ्नै जनता लए बन्दूक ले गोली थोकने ।म लए त रती भर बिश्वास छएन यो आयोग्ले हामीहरु ल ए न्नयाँ गेर्छ भनेर ।भोली सले हरु आशाइ चुते भने नेपाल सरकारले कारबाही गाह्रोस् नगरोस् तर हामीहरुले चाँही केही गेर्नै पेर्छ ।यसै त यिनी हरु लए छोडने कुरै आउँदै न ।नवए भोली ति शाहीद हरु को आत्मले हामी लए धिक्कर ने छन ।सवधन मन्दले हरु हामी अहिले सुस्तए क चए नौ सम्झनु भोली दिन्हरु तिमीहरु लए यो भन्दा कस्तपूर्ण हुनेछ ।बादलाअ त हामी आवस्स्लिने नै छौ ।
    लोक्तन्तृक गणतन्त्र जिन्दबद
    वीर शाहीद अ्अर रहुन । । । । ।

  23. we have full right to put forward personal view in any respect but we should follow laws and should not take law on hand. I have read comments from people in this blog some of them seem like they don’t know how democracy works. Saying rude words and dirty ones to others does not help to grow democracy. So would be great if we behave or follow the discipline so that we not violating others rights.

    jai nepal and corruption is more dangerous virus (like AIDS) we need to be vigilant in this matter.

  24. अलिक फरक कुरो गरौ है शाही मन्त्रीहरुलाइ त वयान लिदै छ तर मेरो एउटा मात्र प्रश्न यो लोकतान्त्रीक सरकार सामु,
    जवाफ दे यी निर्दोष हरु कँहा छन् ?
    34 .POKHAREL, Arjun 26 November 2003
    35 .POKHAREL, Kaushalya (f) 29 November 2003
    यो सुचि कुनै डि. भि. चिठ्ठाको सुचि हैन अनि कुनै राष्ट्रिय अन्तराष्ट्रिय पदक विजेताको पनि हैन न त कुनै परिक्षाको परिक्षफलनै प्रकासीत गरीएको हो बरु यी नाम ति अभागी दाजु वहिनीको नाम हो जो अन्याय अत्याचार दमन शोषण्का विरुद्ध आवाज उठाउदा उठाउदै फाशिष्ट सेनाबाट चिलले चल्ला छोपे झै छोपीए । अनी त्याहा लेखीएको मिति चाही उनीहरुलाइ वेपत्ता पारीएको मिति हो । यो United Nations Office of the High Commissioner for Human Rights, Nepal ले मे २००६ प्रकासीत सन् २००३-२००४ मा माहाराजगंज व्यारेकमा थुनामा राखेर वेपत्ता पारीएकाहरुको सुचिमा समावेश नाम पनि हो ।
    मेरो स्मृतिमा त्यत्ति ताजा त छैन किन भने आज भन्दा करीव १०/११ वर्ष पहिला तिरको कुरा हो जव म नुवाकोट जिल्लाको थानपति गा.वि.स मा स्थापीत जनज्ञान माध्यामीक विधालयमा पढ्थे। म संगै अध्ययनरत वासुदेव पोख्रेल उसकी दिदी कौशिल्या पोख्रेल अनि म भन्दा दुइ ब्याज जुनीएर बैकुण्ठ पोखरेल यनीहरुलाइ म राम्ररी चिन्छु तर अर्जुन पोखरेल भने म भन्दा केही सिनीएर भएकोले त्यत्ति राम्रो भेउ छैन मलाइ। यी मध्यम वर्गीय परिवारका सदस्य हुन् । अरु स्कुले केटाकेटी जस्तै यीनीहरु पनि सामान्य नै थिय । जव समयले मानीसलाइ केही सिकाउदै गयो अनि यी स्कुले केटाकेटीहरुले पनि जीवनका उतार चढावहरु,समाजका अन्याय अत्याचार र शोषणका नमिठा चोटहरु र आलो घाउहरु आँखै समुन्ने देखे त्यसैले यीनको भावना ति घाउहरुमा मलम लगाउने तर्फ केन्द्रित भयो, यीनले यो राज्य सामु गरेका अपराध यही थियो । म कल्पना गर्न सक्दीन के वितिरहेको होला त्यो परिवारमा कान्छो छोरो वैकुण्ठ पोखरेल केही साल अघिनै अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष एवं नुवाकोट जिल्लाका भु.पु जिवीस सभापती भरत ढुगाना संगै धादीङको गुम्दीमा मारीएका थिए । छोरी कौशील्या मैले एकसाल पहिल्यै कान्तीपुर पत्रिकाको एउटा लेखमा शिवपुरीमा वलात्कार पछि हत्या गरीएको समाचार पढेको थिए । सुनिन्छ कोशील्या भने कुनै समयका काठमाण्डौ उपत्यकाका इन्चार्ज साधुराम देवकोटा (प्रसान्त)की जीवन संगीनी थिइन् (पछि प्रसान्तलाइ पनि ब्यारेकमा जुत्ताको तनामा झुण्डीएर मेरेका भन्दै सेनाले हत्या गरेको थियो), अर्जुन पोखेल त्यो घरको जेठो छोरो उ पनि समातीएको तिन साल पुगीसक्दा पनि उ कँहा र कस्तो अवस्था मा छ अत्तो पत्तो छैन, बाँकी रहेको एउटा छोरो वासुदेव उ पनि कँहा छ परिवारलाइ जानकारी छैन । हो यो परिवार त एउटा उदाहरण मात्र हो यस्ता अभागी परिवार हजारौको संख्यामा छन् नेपालमा । आज माओवादी वार्ताम आएको छ किन खोज्दैन यी कौशिल्याहरुलाइ ? किन खोज्दैन अर्जुनहरुलाइ,के कृण्ण के.सी. को मात्र खोजी गरीनु पर्ने हो ? अनि यो लाछी र नपुसंक सरकार किन जवाफ दिदैन यी निर्दोषहरु कहा र कस्तो अवस्थामा छन् ?

    अविरलयात्री
    के.एस.ए.

  25. भरतकेशर प्रकरणबाट पनि रायमाझि आयोगलाई खुटृा दह्रो वनाउन मद्दत पुगेकै होला । विद्यार्थीहरु तथा जनताको शक्ति कस्तो हुन्छ भन्ने कुरा त यस घटनाबाट पनि पुष्टि भएकोछ । जनआन्दोलन दमन गर्ने र राज्यको ढुकुटि ब्रम्हलुट गर्ने देशद्रोही प्रति आवश्यक कार्यवाही होला भन्ने आशामा जनता हाल चुप लागेर वसेका छन् । यस आयोगवाट अपेक्षकृत कार्यवाही हुन नसक्नु भनेको लोकतान्त्रीक गणतन्त्र प्राप्त गर्न वा भै सकेपछि पनि संरक्षणमा सधै झस्कि रहनुपर्ने एउटा डर पालि राख्नु पर्ने स्थिति रहि रहन्छ । राजा ज्ञानेन्द्र शक्ति हीन भैसकेपछि पनि भरतकेशरको लगौंटीमा िहंगको गन्ध रहिरहनु यसको उदाहरण हो । त्यसैले जव सम्म जनता वलिया हुदैनन् तव सम्म जनताको विरुद्ध जाईलाग्ने अफैले बाटोमा हग्ने अनि जनतालाई कुटपिट यातना तथा कार्बाही गर्ने मनस्थिति पालिरहेका यथास्थितिवादी हरुलाई खोजी खोजी कार्बाही गर्नु पर्दछ यदि अधिकार प्राप्त आयोगको खुवी पुग्दैन भने सिफारिस गरिएका व्यक्तिहरुलाई मौका पारि पारि भरतकेशरकै जस्तो नियती भोग्नु पर्ने हुन्छ है सबैलाई चेतना भया जनता तथा विद्यार्थीहरु चनाखो रहिरहेका छन् मन अझै आन्दोलित नै छ ।

  26. अब यी मन्दली हरु लएए राम्रो सँग कारबाही गर्न पर्‍यो बोली यील्हरु लएए देखरेअ फेरी कसएएको पनि जनतामाथि धोका दिनएए हिमत नहावास्
    यीनीहरु लएए राम्रो सबक सिक्नीए गर्‍अ गरय्क जनताको अगाडिइ पर्द फसे हुनुपर्छ

  27. Badri Mandale le pahile pani yesari nai afna malik Gyan Bahadur lai pani Taxi Chalak Lai jastai Chhito Chhito Loktantra ko ghoshana gari halibaksyos maharaj baneko baye ta aja yesari driver lai karayera over speed ma sabari chalauda hune jokhimko ta parbaha nagarnu parne ta thiyena ni hoina ta Umesh ji!

    Tyasaile samaya ra Jantako maglai nabujda Badri mandal, Tulshi giri, Bharate matra hoina sabai netaharuko hal yestai hunchha. Bartaman ra vabisyaka netaharule pani yesailai lesson banayera agidi badhun bhanne mero kamana chha.

    Dhanyabad !
    Prakash

  28. Hi all,

    I think the editor of Weekly newspaper called ‘NISPAKSHYA” Mr Ram Prasad KHANAL should be brought to justice for advocating “palace” and its power as well as buttering Army and Police Officers. It appears that he also receieved huge amount from National treasury. The Commission should arrest him to face the music. If not,

    Hey student leaders, why aren’t you looking for him ?

    Every time I read Nispakshya made me to loose my temper. We should give him a lesson.

  29. shahi Neta haru ko chala dekhda auta Ukhan Yad AAyo,

    ” Agulto le haneko kukur bijuli chamkada daraucha.”

  30. It’s Okey Umesh JEE!!! Sale Mandale Haru lai ta Public charge garnu parni ho…. Yo haru lai tesai chhadyo bhane aayog lai nai karbai garnu parchha aaba ko janta haru le….

  31. यसरी समयलाइ पहिले नै चिनेको भय अहिले कैदिले जस्तो किन दुख पाउनु पर्थ्यो? तर जेहोस् जनताले लाइनमा ल्यायेको देखिन्छ । स्याबास् किप् इट् अप्।

Comments are closed.