श्रमजीवी पत्रकारहरु आजदेखि आन्दोलनमा

२०६३ असार १४, बुधबार
नेपाली सञ्चारको इतिहासमा आज पहिलो पल्ट श्रमजीवी पत्रकारहरुले आफ्नो हकहितका लागि आन्दोलन थालेका छन्। आजको आन्दोलन मिडिया हाउसहरुमा शान्तिपूर्ण धर्ना दिनेमा मात्र सीमित रहनेछ। तर मागहरु पूरा नभएमा संघर्षका कडा कार्यक्रम ल्याइने जानकारी श्रमजीवी पत्रकार संघर्ष समितिका सचिव तथा ब्लगर साथी केपी ढुंगानाले दिएका छन्। श्रमजीवी पत्रकारहरुको माग अरु केही हैन, सुरुमा त आफूले गरेको कामको तलब पाउनु पर्‍यो भन्ने हो। त्यसपछि माघ १९ मा राजाले सत्ता हातमा लिएपछि विभिन्न बहानामा बर्खास्त गरिएका पत्रकारहरुलाई पुनर्बहाली गरियोस् र क्षतिपूर्ति दिइयोस् भन्ने हो। पुनर्बहालीको कुरा भने आत्मसम्मानका लागि मात्र गरिएको जस्तो मलाई लाग्छ। पुनर्बहाली भइहालेमा पनि ९९ प्रतिशतले भोलिपल्टै राजीनामा दिनेछन् होला। समितिले पटक-पटक सञ्चारमन्त्रीलाई भेटेको थियो। तर आश्वासन दिए अनुसारको काम भएन। त्यसपछि मिडिया हाउसहरुलाई सात दिनको अल्टिमेटम दिएको थियो। त्यसबाट पनि कुनै सुनुवाई नभएपछि आन्दोलन भएको हो।

च्यानल नेपालले भने आन्दोलनको पूर्वसन्ध्यामा एक त्रिपक्षीय लिखित सम्झौता गरेको छ। श्रमजीवी पत्रकार संघर्ष समिति, नेपाल पत्रकार महासंघ र च्यानल नेपाल व्यवस्थापनबीच भएको चार बूँदे सहमतिमा यस्तो कुरा रहेको छ-

– साउन १ गतेदेखि श्रमजीवी पत्रकार ऐन र नियम कार्यान्वयन गर्ने।
– १९ माघपछि हटाइएका संस्थासम्वध्द पत्रकारहरुलाई पुनर्बहाली गर्ने सैध्दान्तिक सहमति। कार्यदक्षता, आचरण र अनुशासनको कारबाहीमा परेकाहरुलाई छुट्टै छलफल गरी सहमतिमा आउने।
-बाँकी बक्यौताका सम्बन्धमा च्यानल नेपालतर्फको असार मसान्तसम्ममा र स्पेसटाइमतर्फ साउन महिनाको पहिलो हप्तासम्म भुक्तानी दिने।
-क्षतिपूर्तिका सम्बन्धमा माघ १९ पछि हटाइएकाहरुलाई श्रमजीवी पत्रकार ऐन-नियमबमोजिम गर्ने।

आज बुधबार च्यानल नेपालमा ४ बजेदेखि धर्ना र सभा गर्ने कार्यक्रम सार्वजनिक भएपछि भएको सम्झौतामा समितिका तर्फबाट सुरेशचन्द्र पोखरेल, विन्दुकान्त घिमिरे र किरण पोखरेलको सहभागिता थियो भने पत्रकार महासंघका तर्फबाट सभापति र महासचिव अनि च्यानल नेपाल व्यवस्थापनको तर्फबाट जमिम शाह।

च्यानल नेपालको तर्फबाट भएको सहभागिताको नाम सुन्ने बित्तिकै मलाई त रत्तिभर पनि विश्वास लागेन यो सहमति कार्यान्वयन हुन्छ भन्ने कुरा। एक पटक कर्मचारी र व्यवस्थापनबीच छलफल हुँदा तलब समयमा पाइएन भन्ने गुनासो हुँदा महिनाको एक पटक हैन, दुई पटक पाक्षिक रुपमा दिने अनि तलब लिनलाई लामो लाइन बस्नुपर्‍यो भन्दा एटिएम कार्डको व्यवस्था गरिदिने भनी आश्वासन जमिम शाहले नै दिँदा मेरा एक जना साथी बडो मख्ख परेर आएका थिए। भरे व्यवहारमा त केको महिनाको दुई पटक दिनु नि, दुई पञ्चे दस महिनाको तलब बाँकी रह्यो बरु। एटिएमको त कुरै छाडिदिउँ। अझ हाँसोउठ्दो कुरा त, पाक्षिक रुपमा तलब दिने कुरा हुँदा एक जना हाकिमले दुई पटक पर्दैन महिनाको एकपटक तर टाइममा दिए हुन्छ भनेर के भनेका थिए, उनले कहाँ हुन्छ त्यस्तो अमेरिकामा त हप्तामा तलब दिने चलन छ भनेर भनेका थिए। हेरौं, यसपटकको आश्वासन चाहिँ के हुने हो- मलाई त आफूले गरेको कामको तलब (जुन मेरो हक हो) बाहेक अरु केही चाहिएको छैन।

यसअघि मेट्रो एफएममा पनि माघ १९ पछि निश्कासित पत्रकारहरुलाई पुनर्बहाली गर्ने सहमति भइसकेको छ।

मैले यहाँ समितिका केही वक्तव्यहरु जस्ताको तस्तै राखेको छु-

प्रेस विज्ञप्ति

मिति-२०६३/०३/१२

१.एचवीसी एफ.एम.को ब्यवस्थापन पक्षको आग्रहमा अनौपाचारिक छलफलमा गएका १९ माघ पछि सो एफ. एम.वाट निस्कासित पत्रकारहरु भुवन भट्ट, अनारसिं बस्नेत र रामहरी पाण्डेलाई व्यवस्थापन पक्षले अपमानजनक ब्यबहार गरेकोमा संर्घष्ा समितिको गम्भिर ध्यानाकर्षा भएको छ ।

वार्ताको माध्ययमवाट शान्तिपर्ुण्ा रुपमा समस्या समाधानका लागि गएका पत्रकारमाथि सो एफ.एम.को ब्यवस्थापन पक्षले गरेको र्दुब्यबहारप्रति समिति खेद ब्यक्त गर्दछ । सो एफ.एम.को ब्यवस्थापनपक्षले पिडित पत्रकारहरुलाइ उधारो पर्ुनबहालिको आश्वासन दिएर संर्घष्ा समितिको घोषित आन्दोलन तुहाउने धृ्रष्टता गरेको समितिको ठहर छ ।

२. आन्दोलनको घोषणा गर्नु अगावै समितिद्धारा सात दिने अल्टिमेटम सहित सञ्चार गृहमा पेश गरिएको माग पत्रको विषयमा हिमालय टाइम्स र कान्तिपुर पब्लिकेशन प्रा.लि.ले १० दिनपछि भएपनि समितिलाइ पठाएको पत्रप्रति समिति गम्भिर छ । दुबै प्रकाशन प्रा.लि.वाट माघ १९ पछि निस्कासित केही पत्रकारहरुको समितिमा नामावली आएको छ । तर दुबै प्रकाशन प्रा.लिद्धारा असार १२ गते समितिलाई पठाएको पत्रमा ‘माघ १९ पछि कुनैपनि पत्रकारलाइ कामवाट नहटाइएको’ दावी गरीएकोेले सो प्रकाशन प्रा.लिवाट निकास्कासनमा परेका पिडित पत्रकार साथिहरुलाई अविलम्ब समितिमा सर्म्पर्क राख्नको लागि अनुरोध गरिन्छ ।

३. समितिले माघ १९को चेपेटामा परेका उपत्यका र उपत्यकावाहिरका श्रमजीवी पत्रकारहरुको नामावली संकलन कार्य अध्यावधी गरिरहेको जानरकारीका साथ पत्रकार मित्रहरुलाई समितिमा सर्म्पर्कको लागि अनुरोध गरिन्छ ।

४. श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि नेपाली सञ्चारको इतिहासमा पहिलोपटक थालनी गरिएको शान्तिपर्ुण्ा आन्दोलन भाड्नको लागि षड्यन्त्र भइरहेको बुझिएकोले समितिद्धारा असार १४ गते घोषित आन्दोलनमा कुनै परिर्वतन नभएको जानरकारीका साथ आन्दोलनमा सक्रिय सहभागिता र र्समथनका लागि मुलकुभरका श्रमजीवी पत्रकारहरुलाई समिति अनुरोध गर्दछ ।

-केपी ढुंगाना)
सचिव

प्रेस विज्ञप्ति

मिति-२०६३/०३/१०

निजी संचार गृहमा धर्ना दिइने

१९ माघको शाही कदमसँगै लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाएका र र्समर्थन जनाएकै भरमा निजी संचार गृहबाट निष्कासित श्रमजीवी पत्रकारहरुको दिन बाँकी पारिश्रमिक उपलब्ध गराउन, क्षतिपर्ूर्ति र पर्ुनर्वहाली गर्न आग्रह गर्दै हाम्रो समितिले सम्बन्धित संचार गृहमा पत्र पठाएको आठ दिन बितेको छ । सात दिनभित्र हाम्रा माग पूरा गर्न आग्रह गरिएकै हो । तर, श्रमजीवी पत्रकारहरुको मागप्रति विगतमा निरंकुशताको पक्ष लिएका र सधै श्रमजीवी पत्रकारहरुको शोषण गरिरहेका संचार गृहहरुले रत्तिभर ध्यान दिएनन । यसबाट संचार गृहको व्यवस्थापन श्रमजीवी पत्रकारहरुलाई आन्दोलनमा ल्याउन चाहन्छ भन्ने पुष्टि भएको छ । व्यवस्थापनले हाम्रा मागप्रति पटक्कै ध्यान नदिएकोमा खेद र दुःख प्रकट गर्न चाहन्छौ र, हामी आफ्ना माग पूरा गराउन आन्दोलनमा होमिन वाध्य पारिएको ठहर गर्दछौ ।

आज बसेको श्रमजीवी पत्रकार संर्घष्ा समितिको बैठकले श्रमजीवी पत्रकारका मागप्रति संचार गृहको व्यवस्थापनले वेवास्था गरेको, नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको समस्या समाधानका लागि भरपर्दो पहल नगरेको, नेपालमा प्रेस स्वतन्त्रताका पक्षमा लागेका अन्तराष्ट्रिय पत्रकार महासंघलगायतका समुदायबाट पनि यो गम्भीर विषयमा पटक्कै चासो नदिइएको र नेपाल सरकारले श्रमजीवी पत्रकारको पक्षमा कुनै कदम नउठाइ उल्टै निरंकुश सत्ताका बेला ‘विज्ञापन हण्डी’ खाने र अहिले आफ्नो संचार गृहको व्यापारिक कारोबारमा सरकारको सहयोग बटुल्न दौडधुप गरिरहेका संचार गृहका मालिकहरुसँग भित्रि साँठगाँठ गरी १९ माघपछि हामीलाई विस्थापित गर्न सहयोग गर्ने शाही सरकार-पथ पछ्याउने पक्षमा देखिएकोमा दुःख प्रकट गर्दै १४ असारदेखि आन्दोलनमा जाने निधो गरेको छ ।

यो आन्दोलनमा र्समर्थन, सहयोग र सक्रिय सहभागिता जनाइदिन सम्पर्ूण्ा संचारजगत्, सम्बन्धित संचार गृहमा कार्यरत सबै पत्रकार, टे्रड यूनियन संगठनहरु र सम्पर्ूण्ा स्वतन्त्रताप्रेमीहरुलाई आहृवान गरिन्छ । र, यो आन्दोलन सानो प्रारम्भमात्र हो, हामी भविश्यमा सम्पर्ूण्ा टे्रेड यूनियन सम्बद्ध संस्थाहरु, विद्यार्थी संगठनहरु र पत्रकारको हकहित चाहने सबै पक्षसँग समन्वय गरी निक्कै कडा आन्दोलन ल्याउने छौ, त्यसबाट आउने जुनसुकै परिणामको जिम्मेवारी श्रमजीवी पत्रकारको पक्षमा सिन्को नभाँच्ने र संचार गृहका व्यवस्थापनसँग डराएर या अन्य कारणले श्रमजीवी पत्रकारको समस्या समाधानमा पहल नगर्ने नेपाल सरकार र सम्बन्धित पक्षले लिनुपर्ने छ । हामीले पहिलो चरणमा गर्ने आन्दोलनको -धर्ना) तिथि, समय र स्थान यस प्रकार छ ।

मिति स्थान समय
०६३ असार १४ गते एचविसी एफएम, आरुबारी ११.००-१२.०० बजे
०६३ असार १४ गते राजधानी दैनिक, चाबहिल १.००-२.०० बजे
०६३ असार १४ गते हिमालय टाइम्स, मध्यबानेश्वर २.३०-३.३० बजे
०६३ असार १४ गते च्यानल नेपाल, शान्तिनगर ४.००-५.०० बजे
र, अन्त्यमा च्यानल नेपालमा सभा र थप आन्दोलनको घोषणा ।
-केपी ढुंगाना)
सचिव

मिडिया हाउसलाई दिइएको माग पत्र

श्रीमान् प्रकाशक/प्रसारक ज्यू,
ं……………………….
काठमाडौं ।

मितिः २०६३।०३।०२
विषयः माग-पत्र ।

महोदय,
१९ माघको शाही ‘कू’पछि नेपाली पत्रकारिताले व्यहोर्नु परेको कठिनाईप्रति तपाई/हामी सबै जानकार छौं । त्यसपछि नेपाली पत्रकारहरुले रोजगारी गुमाएर खाइनखाई लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानबारे तपाई अनभिज्ञ हुनुहुन्न भन्ने विश्वास राखेका छौ ।

निरंकुश सत्ताका बेला तपाई, तपाईको प्रकाशन र प्रसारण गृहले कस्तो भूमिका निभायो भनेर यहाँ उल्लेख गरिरहनु नपर्ला, नेपाली जनताले तपाईको भूमिकाको पर्याप्त मूल्यांकन गरिसकेका छन । यो इतिहासको एउटा पाटो हो । हामीले प्रजातन्त्र ‘कू’ सँगै श्रमजीवी पत्रकारहरुलाई गरिएको ‘कू’ भने भुल्न सकिरहेका छैनौ ।

लाखौं लाख नेपाली जनता एकैसाथ सडकमा ओर्लेर विश्वकै नमूना आन्दोलनबाट लोकतन्त्र पुनस्थापना भएपछि पनि वास्तविक श्रमजीवी पत्रकारहरुको स्थिति जहाँको तही छ । विभिन्न छलफल, बहस र अन्तक्रिर्याहरुमा लोकतन्त्र श्रमजीवी पत्रकारका लागि नभई संचार गृहका मालिकहरुका लागि मात्र आएकोमा चिन्ता जाहेर भइरहेको तथ्यसँग यहाँ पक्कै नजिक हुनुहुन्छ ।
यही पर्रि्रेक्ष्यमा हामी १९ माघपछि तपाईको संचार गृहबाट विभिन्न बहानामा निस्कासनमा परेका श्रमजीवी पत्रकारहरु आफ्नो हकहितका लागि आफ्नै बलबुतामा संगठित भएका छौ-श्रमजीवी पत्रकार संर्घष्ा समितिका नाममा । यो समितिको मुख्य उदेश्य १९ माघ पीडित पत्रकारहरुको उत्थानका लागि संगठित रुपमा आवाज उठाउने, आग्रह गर्ने र त्यतिले नपुगे उच्चस्तरको आन्दोलन गर्ने रहेको छ ।

समितिको अग्रसरतामा १ असारमा राजधानीमा भएको श्रमजीवी पत्रकारहरुको विशाल भेलाले यो लक्ष्य प्राप्तिका लागि तपाईको संचार गृहलाई शिष्टतापर्ूवक समस्या समाधानका लागि आग्रह गर्ने निधो गरेको छ । जसमा १९ माघपछि राजनीतिक आस्थाको आधारमा होस् वा आर्थिक संकट देखाएर तपाईको संचारगृहले निस्कासन गरेका सबै संचारकर्मीहरुको सम्मानपर्ूवक यथास्थानमा
पर्ुनर्वहाली, त्यो अवधिको क्षतिपर्ूर्ति र बाँकी भए पारिश्रमिक उपलब्ध गराउनु पर्ने माग रहेको छ । साथै श्रमजीवी पत्रकार ऐनको सही अर्थमा कार्यान्वयन थाल्न पनि हामी आग्रह गर्दछौ ।

आजको मितिले एक साताभित्र समस्या समाधानको भरपर्दो प्रक्रिया शुरु नगरी यो विनम्र आग्रहलाई अट्टेर गरी नेपालका वास्तविक श्रमजीवी पत्रकारहरुको आवाजलाई लत्याउने काम भएमा हामी वाध्य भएर तपाईको संचार गृहको ढोकामा कडा भन्दा कडा संर्घष्ाका कार्यक्रम लिएर आउन वाध्य हुने तथ्य अवगत गराउँदछौ ।

के पनि स्मरण गराउन चाहन्छौ भने हामीले गर्ने यो आन्दोलन नेपालको पत्रकारिताको इतिहासमै पहिलो हो-श्रमजीवी पत्रकारका हकमा । तपाईले यो आन्दोलनलाई कम आँक्नु भयो भने हामी नेपालका सबै ट्रेड यूनियन संगठनहरु, विद्यार्थी संगठनहरु, नागरिक समाज, स्वतन्त्रताप्रेमीहरु र राजनीतिकर्मीहरुसँग समेत एकीकृत रुपमा आन्दोलन गर्न वाध्य हुने छौ । त्यति बेला आउने कुनै पनि समस्याहरुको जिम्मेवार तपाई स्वयम र श्रमजीवी पत्रकारहरुको अपमान गर्नेहरु हुने वास्तविकता पनि खुलाउन चाहन्छौ ।

हामी प्रजातन्त्र ‘कू’ गरिएको दिन १९ माघपछि निजी तथा सरकारी संचारमाध्यमबाट लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताका लागि निडर भई कलम चलाएका र त्यस्ता गतिविधिमा संलग्न रहेकै कारण संचार गृहबाट निष्काशनमा परेका र निरंकुशताको पक्ष लिन नसकी वाध्य भई छापा, एफएमलगायत विद्युतीय संचारमाध्यमबाट बाहिर रहेका सबै संचारकर्मीहरुको प्रतिनिधित्व गर्दै तपाई समक्ष आइपुगेका छौ । अन्तमा, तपाइवाट हामीले पर्ुण्ा सहयोग पाउने आशा लिएका छौं ।

बोधार्थ
१. माननीय सुचना तथा सञ्चार
राज्यमन्त्री दिलेन्द्रप्रसाद वडु
२ . नेपाल पत्रकार महासंघ
…………………..

-विन्दुकान्त घिमिरे)
संयोजक

7 Comments

  1. परेवामा प्राविधक समस्या आयो त्यसैले नखुलेको हो। त्यसलाई बनाउने हामी प्रयास गरिरहेका छौं।
    परेवा परिवार

  2. Well Patrakar lai suvakamana..tara patrakar le janatako pani support chaincha bhane rajniti ko pachadi hoina janta ka chaso ko bisayema dhayn badhi dinu paryo naki neta le kanayo bhane ni tyo news dine..Jumla ma phateko choli layera hidni amai ko pani samachar hunu paryo..khoi surketh to dailek rajmarg ke bhai ra cha? melamchi kaile auncha? udhyog dhanda ko stithi ke cha? arthi bikas ko bare ma ke bichar cha?..adi adi kura ko barema pani patrakar ko awaj aunu paryo ni..ysko lagi patrakar le dherai mehenat ra adhyan garnu parla jasto lagcha..yehan ta 8class wala pani patrakar bhaka chan, padnama zero haruko bhaulyata patrakar ma bha ko dhekera dikka lagcha..khali sramjivi bhanera matra bhayena..contribution pani dina saknu paryo..sabai patrakar ra patrakar bhanunda lai chetana bhaya

  3. Umesh ji,

    Some of the journalists are “Hundi Khane” of royal government. Thus, this demand concerned if other than “Hundi Khane” is right.

    Jemanta

    ***********
    हण्डी खानेहरुको यति नैतिक साहस कहाँ हुनु र ? विश्वास गर्नुस् यी पत्रकारहरु गरेको कामवापत् पैसा नपाएर भोकभोकै रिपोर्टिङमा हिँड्नेहरु हुन्। र, यिनीहरुको माग आफूले गरेको कामवापतको पारिश्रमिक लिनु नै हो। बाँकी माग उनीहरुले आफ्नो आत्मसम्मानका लागि उठाएका मात्र हुन्…

  4. जो अरूको हककोलागि बोल्छ उ नै आफ्नै हक अधिकार गुमाउछन् भने कसरी यो सहनीय भयो। तपाईहरूको कदम निकै उचित छ। माग जायज छ।

Comments are closed.