"हिजो फूँइ देखाउनेहरु आज लुरुक्क छन्"

२०६३ असार १६, शुक्रबार
“हेर न अस्तिसम्म कत्रो फूँइफाइँ थियो, आज त कसरी लुरुक्क परेका !”
जनआन्दोलन दमनसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगमा बयान दिनका लागि पुगेका पूर्व प्रधानसेनापति तथा राजाको सक्रिय शासनकालका बेला सल्लाहकारका रुपमा बारम्बार विवादास्पद अभिव्यक्ति दिने सच्चितशमशेर राणालाई इंगित गर्दै आयोग परिसरमा रहेका एक सर्वसाधारणले गरेको टिप्पणी हो माथिको।

आयोगमा बयान दिनका लागि अहिले ११ बजे सच्चितशमशेर राणा र शाही मन्त्री निरञ्जन थापा पुगिसकेका छन्। अहिले त्यहाँ बयान लिने काम भइरहेको छ। राणा र थापाको बयानपछि निलम्बित सुरक्षा प्रमुखहरु सशस्त्रका रविराज थापा र जनपदका कृष्ण बस्नेतको बयान २ बजेपछि लिइनेछ। आयोग परिसरमा साथी मणि दाहाल पनि हुनुहुन्छ। त्यहाँबाट प्राप्त जानकारीहरुलाई म भित्र निरन्तर अपडेट गर्ने प्रयासमा छु।

अपडेट (बिहान १११०): सच्चितशमशेर सेतो पजेरो गाडीमा चढेर आएका छन्। आयोगले ११ बजे बयान दिनका लागि बोलाएका भए पनि उनी ५ मिनेट ढिला ११ बजेर ५ मिनेट जाँदा मात्र आइपुगेका छन्। निरञ्जन थापा भने ५ मिनेट अगाडि नै आइपुगेका थिए। आयोग परिसरमा सञ्चारकर्मीहरुको भीड छ, तर अस्तिको दिनमा जस्तो छैन।

अपडेट (बिहान ११२५): सच्चितशमशेरले बयान दिन जानुअघि सञ्चारकर्मीहरुसित बोलेका केही कुराहरु-
-मेरो दोष छ -छैन भनेर मैले हैन, आयोगले भन्ने कुरा हो।
-भित्र गएपछि के कुरा हो थाहा पाइन्छ।
-म राजपरिषदको सदस्य मात्र हुँ। राजपरिषदको अन्डरमा सेना, प्रहरी केही हुन्न। मेरो जनआन्दोलन दमनमा केही भूमिका छैन।
-(तपाईँले त दलहरुलाई प्रतिबन्ध लगाउनुपर्छ भन्नुभएको थियो नि भन्ने प्रश्नको जवाफमा) आतंककारीसँग साँठगाँठ गर्नेलाई आतंककारीसरह व्यवहार गर्नुपर्ने कुरा त कानुनमा नै छ नि। त्यो बाहेक मैले राजनीतिक दललाई प्रतिबन्ध लगाउनु पर्छ भनेर भनेको छैन।

त्यसैगरी अर्का शाही मन्त्री निरञ्जन थापाले धेरै बोलेनन्। ‘म पनि कानुनको विद्यार्थी हुँ र यो आयोग कानुन अनुसार नै गठन भएकोले बयान दिन आएको हुँ’ मात्रै भने उनले।

अपडेट (२१२) सच्चित शमशेर राणा १ बजेर ३५ मिनेट जाँदा बयान दिएर निस्केका छन्। उनले त्यहाँ उपस्थित पत्रकारहरुसँग कुरा गर्दै आफूले संसदवादी र राजालाई मिल्नुपर्छ भनेर मात्रै भनेको, प्रतिबन्ध लगाउनु पर्छ भनेर नभनेको बताए।

आन्दोलनका क्रममा २१ जना मरेको सम्बन्धमा प्रश्न सोध्दा उनले सुरक्षा निकायले जनताको जीउधनको सुरक्षा गर्ने क्रममा त्यस्तो गर्छन् र त्यस क्रममा केही भयो होला भनेछन्। अनि एक जनाले अनि बाटोमा हिँडेकालाई गोली हान्न पाइन्छ ? भनेर सोध्दा उनले भनेछन् बाटोमा आगो बाल्न पाइन्छ त ?

पत्रकारहरुले झ्यालमा बसेकाहरु समेत गोलीबाट मरेका छन् नि (तुलसी क्षेत्री, भरतपुर) को कुरा भने उठाएन छन्। उनले त बाटोमा आगो बालेका थिएनन् नि। उनलाई चाहिँ किन मारेका रे नि ?

राजालाई सक्रिय गराउनमा तपाईँको भूमिका छ हैन त ? भनेर सोध्दा चाहिँ उनले हो भनेर स्वीकारेछन्।

अपडेट (२१८) बयान दिनका लागि सशस्त्रका एआईजी रविराज थापा आइपुगेछन्। उनले पनि दमनमा आफ्नो कुनै भूमिका नरहेको बताएछन्।

के हो के साथीहरु, सबै आफ्नो भूमिका छैन भन्छन् त। आखिर कसको भूमिका थियो होला त त्यसो भए ?

थापाले आफू मानव संसाधन विभागमा भएको तर्क राखेका थिए। त्यसो भए तपाईँलाई किन सस्पेन्स गरेको त भनेर सोध्दा उनले म पनि यही प्रश्न सोध्छु भनेर भनेछन्। दमन गराउन कसको भूमिका छ त भनेर सोध्दा उनले त्यो म तपाईँहरुलाई भन्दिन आयोगलाई भन्छु भनेर भनेछन्।

बयान दिनका लागि २ बजे बोलाइएका अर्का निलम्बित सुरक्षा प्रमुख जनपदका एआईजी कृष्ण बस्नेत पनि भित्र पसिसकेका छन्।

अपडेट (२२२) शाही मन्त्रिपरिषदका कानुन मन्त्री निरञ्जन थापाले भने झन् ठूलो कुरा गरेछन्। २१ जना मारिएको कुराको जिम्मेवारी तपाईँ लिनुहुन्न त भनेर सोध्दा उनले भनेछन्- माघ १९ अगाडि मारिएकाहरुको जिम्मेवारी चाहिँ कसले लिने नि ? अहिले पनि माअ‍ोवादीहरुले नौ जना मारेका छन्, त्यसको जिम्मेवारी चाहिँ कसले लिने त ?

21 Comments

  1. ho yo kura sanchö ho…jaba surchha foujle manche marcha tesko birodh hunchha ,,ani kar bahi garinchha …tara hajaru manche mari sakeka maubadi harulai kasle prasna garne ta,,,janta le kahile maobadi ko galat kam ko comment garne ….

  2. २१ जना मात्र हैन जनन्दोलन यता मरिएका हजरौ हरुको हत्यरा लाई पहिला कारबाही गर्नु पर्छ ।हामीले मान्छे मरेमा २० बर्षको जेल सजए हुन्छ तर हजरौ जना मान्छे मर्न प्रचन्डलाई किन कारबाही हुन्न ?

  3. where is Gynedra ? he should be in a prision not in narayanhitti. thus nepal governement arrest him otherwise people government would arrest him .

  4. सचीत् सम्सेर गलत मान्छे (मन्डले) भए पनी उन्ले भनेको एउटा कुरा चाहिं असाध्य मन पर्यो…। १३,००० को न सही, त्यो युद्द बीराम अघाडीको कुरा पर्यो – इश्वर नै जानुन, तर युद्द बीराम पछी को ९ जनाको हत्त्या र बांकी हुने हत्त्याको माओबादीले जिम्मा लीनै पर्छ । की त प्रचण्ड ले तिनिहरुलाइ कारबाही को लागी अघी सार्नु पर्यो या प्रचण्ड लाइनै हत्त्या को आरोप मा कारबाही गर्नु पर्यो।
    साथी हरुलाइ कस्तो लाग्यो मेरो कुरा?

  5. अत्याचार अति भो,

    माओबादिका जन अदालतका नाममा अत्याचार बढ्न थालेको छ, यस्तै परिस्थिति रहने हो भने स्थिति सोचे भन्दा अलग हुन सक्दछ । जसलाइ जसका बिरुध्द पनि उजुरि दिन पाइने, बन्दुक र जङलि कानुनको अगाडि कसैले पनि निर्धक्क आफ्नो प्रमाण राख्नै सक्दैन । एक त जनता माओबादि भनेपछि तेतिकै पनि डरायेकै छन । लौन साथिहरु यस बारेमा पनि केहि बोलौ ।

    कि आफुलाइ परेपछि मात्रै बोल्ने? गोर्खालिको त बानि नै यस्तै हुन्छ प्राय । तर नभुलौ अरुलाइ खाने बाघले तपाइ हामिलाइ पनि खान्छ । हिजो काङ्रेस कार्यकर्ता मार्दा खुच्चिङ् गर्ने एमाले ले आफ्नो कार्यकर्ता मार्दा मात्रै चेतेको थियो, कतै तपाइ हामिलाइ पनि तेस्तै हुने हैन?

  6. ईनीहरुले जे वयान दिए पनि छाडन चाँहि हुदैन।
    नविर्सौ ४५ सालमा पनि त्‍यही सच्‍चिते सेनामा र निरन्‍जन थापा
    गृहमा थिए जनान्‍दोलन दवाउन। फेरि त्‍यही दोहोरिए अर्को रुपमा।

    काम न दामको दरवारको सिफारिसमा गोरखापत्रमा झुण्‍डेको वाहेक अरु केहि अनुभव नभएको आफ्‍नो भतिज श्रीस समशेरलाई सच्‍चितेले नै मँत्री खान दिएका थिए जसले पत्रिका र पत्रकारहरुलाई हन्‍डी वितरण गरेर सरकारको पैसा झ्‍वाम पारेका छन। अव श्रीसेले आन्‍दोलन दबाउन र भाँडन सधै साधारण जनता विरोधी पावर हगँरी दुर्गा पोखरेललाई मत्रीमा डोर्‍याएको सवैलाई थाहा छदैँछ।

    ईनीहरु फेरि केहि करतुत गर्न २४-घण्‍टा योजना गरिरहेको हुनपर्छ। ऐले कोहि कुखुरा चोर्न खोजदा पकडा परेको स्‍याल जस्‍तो अनुहार वनाएका छन भने कोहि दुधको साक्षी विरालो हुनखोजेका छन। कोहि चाँहि भाले हुन खोजेका छन। लगाऊ कानुनको लाठी त्‍यो कानुनको विद्‍यार्थी हु भन्‍नेलाई। कुन कालो कानुनको विद्‍यार्थी
    रहेछ तो निरन्‍जन? मल्‍लिक आयोगको रिपोर्ट अनुसार यसलाइ कार्वाही गरेका भए नेपाली जनताले यो दुख देखन पाउने थिएन होला।

    यस्‍ताहरुका विषभरी फणा र नगँरा फेरि कहिले नपलाउने गरेर निमोटन्‍नै
    पारेर निकालिदिनुपर्छ।

  7. kya….!

    we nepali are like silver.we are heated fast and we become cold fast.when these rats of kings are barking then we think that they are again going to be the dog?

    our main duty is to develop Nepal and then show this way Nepal would have been developped but you were doing something else so you should be punished.
    now they speak and we start abusing them and the present government.

    Lets prove something else daju bhai ho..

    lets make our country really a beutiful country in every respect.

  8. कसैले मलाई बुझाउन सक्नुहुन्छ किन रायमाझी आयोग र पत्रकारहरुले आन्दोलन ताका भएका घटनाहरुलाई मात्र मुख्य बिषय बनाएका छन? मलाई त यहाँ गर्नुपर्ने खोजी ज्ञानेन्द्रले कसरी यो “कु” गर्‍यो मा पो केन्दृत हुनुपर्ने जस्तो लाग्छ । र “कु” लगत्तै स्वतन्त्रता माथि भएका दमन, आर्थिक गोलमाल जस्ता कुराहरुको समाधान नगरे अन्तमा भएका केही कुरा को समाधान कसरी हुन्छ? के, ज्ञानेन्द्र र उनका भारदारहरुले आन्दोलन ताका मात्रै जनताको स्वतन्त्रतालाई हणन गरेका हुन त? के नेपालमा “कु” सम्बन्धित केही नियम कानुन नै छैन र?

  9. थिक्क् छ जेल् मा हाल्न पर्छ सबै लाइ अनि जन्ता हरु लै सुख हुन्छ

  10. Krishna JI,
    I think every body like me have already read not only himalkhabar.com but also JANAaSTHA and can draw a conclusion. So having such copy and paste is meaningless in this age of IT.

  11. Hi Umesh ji!
    Like a thief never tends to accept that he has stolen,a gulty seldom says that he has made mistakes or commits crime. So in the case of Sachhit Samsser,kamal Thapa and other who were involved to supress the people’s movement,they will try their best to prove themselves innocent.But they should bear in their mind that 2.5 million Nepalese people have witnessed their extreme power that time.
    In the time of people’s movement when i have listened the BBC interview with Kamal Thapa and sacchit Samser,they were sating that it was allright what they have done to the Nepalese people. Their statements made me so angry that time that i wished them to be executed at once.
    But im wondering about what the investigation commission is going to do with Pyarjung Thapa who was the main profile in supressing movement. Lets see what Rayamajhi commission will do to him.

  12. यि सबै भ्रष्ट र हत्याराहरुलाई त थुनामा राखेर बयान लिनु पर्ने हैन र ?

  13. अब “सच्चित समशेर भकुरिए” भन्ने शिर्षकमा अर्को समाचार पढ्न पाए निकै रमाईलो हुनेथियो ।

  14. ल ल राम्रो छ यार । अपडेट गर्दै जानुस् हामी हेर्दै जाने छौँ। अरू के लेख्ने र कारवाहि सुरू भए पछि लेखौँला।

  15. if rana and thapa were really involved in such type of activities, they must be punished in a genuine lawful way, anyway it should be done with full official way. no revenge feeling on them ok?

  16. sala sab ka sab lai tel ma dubaunu siway aru kehi chhaina tato tel ma dubaunda matra sahi bolchhan

    mero pakhura ta chak ma ajhai kutai khako dag (1 barsha bhayo maile pulish bata mahendra pulish club ma kutai khako ) kalo bhayera raheko chha yini haru deshka testai dag haru hun yini haru ko astiswa ta metaunu nai parne ho uniharuko jasto byabahar garne bhaye ta tara ke garne hami kanuni raj ma biswas garchhnu ta po…………….bayan lin bolayo sabai lai uhi byahawar garyo

  17. This can be an interesting reading:

    गतवर्ष हिउँदमा रूकुमको चुनवाङमा सम्पन्न पार्टी वैठकमा अध्यक्ष प्रचण्ड र नेताद्वय डा.बाबुराम भट्टराई र रामबहादुर थापा बादलले ‘एकअर्कामा विलीन भएको’ घोषणा गरेर चर्किदो गएको आन्तरिक विवाद विसर्जन भएको सन्देश दिएका थिए। त्यसयता सार्वजनिक वा भूमिगत भेटघाटमा प्रचण्ड र डा.बावुराम भट्टराई सधैसँगै देखिन्छन्। तर, ‘विलिन भयौ’ भन्दै चुनवाङ बैठकमा अध्यक्ष प्रचण्डलाई अङ्गालो हालेर रोएका नेता बादल काठमाडौमा व्यस्त प्रचण्ड–बाबुरामभन्दा निकै टाढा भेटिए, सप्तरीको कल्याणपुरमा। करिव २ घण्टा लामो अन्तर्वार्ताको क्रममा उनले चाहँदा नचाहँदै विवादको तुष अझ् बाँकी रहेको प्रशसस्त छनक दिएका छन्।

    भारतको नयाँदिल्लीवाट मकवानपुर हुँदै पुर्वाञ्चल पुगेको बेला प्रचण्ड र बादल विच लामो कुराकानी भएको थियो। मतभेद छताछुल्ल नहोस भनेर गरिएको भनिएको उक्त वार्ताले समेत वादललाई सन्तुष्ट पार्न सकेको देखिएन। माओवादी पार्टीमा ससस्त्र संर्घषका योजनाकार र संगठनमा राम्रो पकड भएको मानिने बादलले अध्यक्ष प्रचण्ड र हेडक्वाटरमा महत्वपूर्ण जिम्मा दिइएका डा.भट्टराई विरुद्ध समेत सांकेतिक रुपमा थुप्रै असन्तुष्टी व्यक्त गरेका छन्।
    कतिपयले आशंका गरे झ बादललाई माओवादीकै सुरक्षा घेरा भित्र राखिएको भने खुल्न सकेन्। तर, अर्न्तवार्ताको क्रममा पार्टी भित्रको विवादबारे उन्मुक्त भई वोल्दा कोठा वाहिर वसेका माओवादीकै नेताहरुले पटक–पटक ‘समय अभाव’ भन्दै अवरोध पुर्‍याएको देख्दा उनी ‘कतै स्वतन्त्र छैनन की!’ भन्ने आभास मिल्थ्यो।

    अरु नेताहरु धमाधम सार्वजनिक हुुँदा पनि तपाई चाहिँ किन भूमिगत नै?
    हामी वास्तवमै शान्तिकोे पक्षमा छौँ भन्ने सन्देश दिन तीन सदस्यीय वार्ता टोली गठन गर्‍यौँ। तर त्यसमा जातीय, लिङ्गीय, क्षेत्रीय प्रतिनिधित्व हुन सकेको छैन। त्यसका लागी वार्ता टोली पुनः विस्तार गर्न सकिने भनिएको छ। वार्तामा त्यसरी आउन नसकिएकोले शंका–उपशंका भएको हुनसक्छ। फेरि हामीले केन्द्रीय हेडक्वार्टर पार्टीको आन्तरीक काममा लाग्ने निर्णय गरेका र वरिष्ठ टिम पछि सार्वजनिक हुने भनेका छौँ।

    तर तपाई असंतुष्ट भएको कारण वार्ता प्रकृयामा सहभागी नभएको भन्ने चर्चा छ नि?
    मैले यस्ता कुरालाई षड्यन्त्र भनिराखेको छु। यसले जनता र आन्दोलनकारीवीच फुट पैदा गराउँछ। हाम्रो प्रस्तुतीमा पनि अस्पष्टता रह्यो, जसले गर्दा जनतामा अन्योल देखियो। त्यो अस्पष्टतालाई ‘क्लियर’ गर्नुपर्छ। कुनै विद्रोह गर्न वा असहमत भएर नभई कार्य विभाजनले गर्दा म बाहिर नआएको हो। वार्ता टोलीमा सबै बस्ने कुरा भएन।

    प्रचण्डसंगको टकरावले गर्दा बादललाई सुनियोजित रुपमा बाहिर आउन नदिइएको भन्ने पनि छ!
    सत्यलाई स्विकार्नु पर्छ। विवाद भएको हो, हुन्छ। यो अन्तिम पनि होइन शुरु पनि होईन। एउटा जिउँदो पार्टीमा विवाद हुन्छ, अन्तरसंघर्ष चल्छ। तर ती समाधान हँुदै जान्छन्। हरेक क्रान्तिकारी पाटीमा मतभेद, विवाद र छलफल हुन्छ र त्यसले सही विचार जन्माउँछ। हामी कुनै व्यक्तिका दास होइनौ। त्यसैले क्रान्तिकारी निति निर्माणमा संघर्ष गर्छौँ र त्यसलाई जनता माझ लैजान्छौँ। त्यसलाई व्यक्तित्वको टकराव मान्दैनौ।

    तपाईलाई षडयन्त्रपुर्वक ‘सेबोटेज’ गर्नेसम्मको तयारी भएको पनि सुनियो, सत्य हो?
    यो हाम्रो पार्टीको मात्र समस्या होइन, नेपालका अरु पार्टीको पनि र अर्न्तराष्ट्रिय समस्या नै हो। अहिलेको पिढीको मात्र हैन, अघिल्ला पिढीको पनि समस्या हो। यो हाम्रो आत्मसमिक्षाको विषय भएको छ। जसले क्रान्ति चाहन्छ, समग्र मुक्ति चाहन्छ, तिनीहरुको कमजोरीको कुरा भो। तर, अहिले हामीले त्यसको समाधान पाएका छौँ।

    तपाई प्रचण्डको रापले यति पग्लिनु भो कि आत्मसमर्पण गर्नु भयो रे हो?
    यसमा राम्रो भएको जस्तो लाग्नेहरु पनि छन्, किनकी पार्टी फुटेन। अर्कोतर्फ घँुडा टेक्यो भन्ने पनि छन्। तर न मैले आत्मसमर्पण गरेको हो, न अध्यक्षले। हामीले एउटा ‘रियलाइजेसन’ गरेको हो।

    तपाई जस्तो नेताले पूर्ण जिम्मेवारी नपाएको हो?
    जनताको भावना अनुसार कसरी जानुपर्छ भन्ने कुरामा हाम्रो योजना अपुरो पनि हुनसक्छ। विगतमा हामीले त्यस्ता गल्तिहरु गरेका छौँ। कुनै नेतालाई ‘माईनस’ गर्न, उसको प्रभावलाई साइजमा राख्न षडयन्त्र हुनसक्छ भन्ने पनि छ। कसलाई नेता बनाउने भन्ने त जनताले निर्णय गर्ने हो। आफैले भनेर नेता बनिदैँन। जनताले मलाई नेता माने त पुग्यो नि। कैयन छन्, जो मपाईबाटै नेेता बनेका छन्। नेता भनेर उफ्रया छ, उफ्रया छ। जति उफि्रयो उ त्यत्ति नांगिन्छ। धेरै कुरा गर्छ केही हुदैन।

    वादलको प्रत्यक्ष संलग्नता बिना शान्तिवार्ताको औचित्य छैन र वादलले विद्रोह गर्नसक्छ भनिदैछ नि?
    त्यो पनि ठिकै हो। विद्रोह गर्नु जनताको जन्मसिद्ध अधिकार हो। त्यस्तो अधिकारलाई कही पनि बन्देज लगाउन पाईदैन। जुन कुरा हामी आफू भित्रै लागु गर्न सक्दैनौ भने त्यो समाजमा कसरी लागू हुन्छ? निश्चित रुपमा भोलि पार्टीमा कुनै पनि नेताले जनता वा क्याडरमाथी अन्याय गर्यो भने विद्रोह हुन्छ। नेताले गद्दारी गर्यो भने विद्रोह हुन्छ। म गर्छु विद्रोह। राष्ट्र र जनता प्रति कसैले विश्वासघात गर्छ भने हरेक नागरीकले विद्रोह गर्नुपर्छ। तर, अहिलेसम्म कसले घात गर्यो भन्ने देखिएको छैन।
    माओवादी नेता बादलको बिस्तृत अन्तर्वार्ता १६ असारको हिमाल खबर पत्रिकामा हेर्नुहोला।

    Courtey: himalkhabaronline

  18. निरन्जन थापा कानूनको विधार्थि भएर होला २१ जना मान्छे,मारेको हैन थापा जी.

  19. Sale Sachhite lai pani Bharate lai bhakure jastai garera bhakurnu parchha ani ajiban jail halidinu parchha. Power ma rahada whole country ma rajai garne sachhite le powerless bhaya pachhi mero kehi dosh chhaina bhannu swabhabik ho. sale lai ekpatak Amrit Science College tira lagera bhakure pachhi ani sacho sacho bolchha.

Comments are closed.