तीन ठाउँमा सहमति, एउटाले निहुँ खोज्यो

तीन ठाउँमा सहमति, एउटाले निहुँ खोज्यो
Photo of Asar 14
एचबीसी एफएमको गेटअगाडि धर्ना दिँदै। धर्नामा नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी सहभागी हुनुहुन्थ्यो। ऐक्यवध्दताका लागि सांसद तीर्थराम डंगोल पनि आउनुभएको थियो। फोटोःउमेश

आज दिनभर विभिन्न सञ्चारगृहमा धर्ना बसियो। माघ १९ पछि निश्कासित पत्रकारहरुलाई आफूले गरेको कामवापतको पारिश्रमिक उपलब्ध गराउनु पर्ने लगायत पुनर्स्थापना र क्षतिपूर्तिका मागहरुसहित आन्दोलन भएको हो। राजधानी दैनिक र हिमालय टाइम्स दैनिकमा त धर्ना र वार्ता संगसंगै भयो र सहमति पनि भयो। च्यानल नेपालमा त हिजै भइसकेको थियो। सहमति कार्यान्वयन हुने-नहुने अर्को कुरा हो। तर एचबीसी एफएम एउटाले भने वार्ताको त कुरै छाडौं, वक्तव्यबाजी गरेर निहुँ पो खोज्यो।

Photo of Asar 14
तीनचुलीबाट एचबीसी एफएमतर्फ अगाडि बढ्दै गरेको ब्यानरसहितको जुलुस। फोटोःउमेश

हिजो विश्वकप हेर्दै ब्लग गर्दै गर्दा सुत्दा ४ बजेको थियो। बिहान आठै बजे उठिहालियो। निद्रा त लागेको थियो, तर आज धर्नामा जानै पर्ने भएकोले सवा १० मा नै म जनता यातायातको बसबाट चाबहिल पुगिसकेको थिएँ। तीनचुलीबाट हामी एचबीसी एफएमको कार्यालयतर्फ कालो ब्यानरै बोकी अगाडि बढ्यौं। एचबीसी एफएमको गेटअगाडि हामी धर्ना बस्यौं। धर्नामा नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीको पनि सहभागिता थियो।

एचबीसी एफएमको व्यवस्थापनले हामीलाई वार्ता गर्न बोलाएन। हामी पूरै समय अर्थात् एक घण्टा त्यहाँ धर्नामा बस्यौं। त्यसपछि छोटो समापन मन्तव्यका साथ अझ कडा कार्यक्रम ल्याउने भन्दै त्यहाँबाट हिँड्यौं।

त्यसपछि हाम्रो गन्तव्य थियो- राजधानी दैनिक। बाटैमा झमझम पानी पर्न थाल्यो। रुझेरै पनि हामी चाबहिलस्थित राजधानी दैनिकको कार्यालय पुग्यौं। त्यहाँ केही साथी वार्ता गर्न हिँडे राजधानीको व्यवस्थापनसँग। हामी केही साथी भने तल धर्नामा बसिरह्यौं।
Photo of Asar 14
राजधानी दैनिकमा धर्नामा बस्दै। फोटोः उमेश

त्यहीँ हुँदा नै खबर आयो- एचबीसी एफएमले धर्नामा सहभागी दुई जनाको नाम किटेर उनीहरुले आवागमनमा बाधा पुर्‍यायो भनेर वक्तव्यबाजी गरेछन्। साथीहरुका अनुसार वक्तव्य निकाल्न लगाउने चाहिँ त्यहाँको हाकिम भइटोपल्ने अच्युत घिमिरे रहेछन् रे। उनी पत्रकार महासंघका सदस्य र शाखा सभापति रे। केन्द्रीय सभापति सहभागी भएको धर्नाको विरोधमा वक्तव्य निकाल्ने शाखा सभापति र सदस्यलाई अब कस्तो कारबाही हुने हो, त्यो हेर्न बाँकी नै छ।

एचबीसी एफएमका साथीहरु अनुसार त्यहाँको व्यवस्थापनमा यति धेरै घमण्ड देखिनुको पछाडि चाहिँ एक जना प्रमुख मान्छे प्रधानमन्त्रीको सल्लाहकार भएकोले रहेछ।

राजधानीमा पनि लगभग च्यानल नेपालमा गरिएको जस्तै सहमति भएछ। अर्थात् श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्ने (पूर्ण गफ, यो त कसैले पनि कार्यान्वयन गर्दैन), बाँकी पारिश्रमिक निश्चित म्याद भित्र भुक्तान गर्ने (हेरौं, कतिको गर्ने रहेछन्) अनि माघ १९ पछि निकालिएकाहरुको पुनर्बहाली।

राजधानीमा वार्ताबाट सहमति भएपछि हामी लाग्यौं हिमालय टाइम्सतिर। त्यहाँ पनि वार्ताको तयारी भइसकेको थियो। त्यहाँ भने ब्यानर पनि प्रदर्शन गर्नु परेन। वार्ता भयो र राजधानीमा भएको सहमति पत्रलाई नै आधार मानेर त्यहाँ पनि सहमति भयो।

यसरी नेपालमा पहिलो पटक सँधै अर्काको हक र हितका लागि कलम चलाउने श्रमजीवी पत्रकारहरुले आफ्नो हकहितका लागि संघर्ष गरे।


समयः साढे ११ बजे, स्थानः एचबीसी एफएमको गेट। फोटोः उमेश


खै-खै, हाम्रो बारेमा कस्तो समाचार दिएछन्: धर्नामा रहेका पत्रकारहरु एफएममा बजेको समाचार सुन्न झुम्मिँदै। समयः एक बजे, स्थानः राजधानी दैनिकको कार्यालय। फोटो: उमेश


इमेज च्यानलका क्यामेराम्यान धर्नाका दृश्य खिच्दै। समयः साढे एक बजे, स्थानः राजधानी दैनिकको कार्यालय। फोटो: उमेश


एचबीसी एफएमले निकालेको वक्तव्य।

श्रमजीवी पत्रकार संघर्ष समितिले निकालेको वक्तव्य जस्ताको तस्तै-
प्रेस विज्ञप्ति
मिति-२०६३/०३/१४
१. श्रमजीवी पत्रकारको विद्यमान समस्या समाधानका लागि धर्नामा उत्रिएका श्रमजीवी पत्रकार संर्घष्ा समिति, राजधानी दैनिक र हिमालय टाइम्स दैनिकको ब्यवस्थापन पक्षविच बुधवार सहमति भएको छ ।
समस्या समाधानका लागि पर्ुव घोािषत धर्ना कार्यक्रम अनुसार सञ्चार गृहमा पुगेका श्रमजीवी पत्रकारलाई सम्बन्धित सञ्चार गृहका ब्यवस्थापन पक्षले वार्ताको आग्रह गरेपछि श्रमजीवी पत्रकार संर्घष्ा समिति, नेपाल पत्रकार महासंघ र दुबै सञ्चार गृहका ब्यवस्थापन पक्षविच त्रिपक्षिय लिखित सहमति भएको हो ।
राजधानी दैनिकसंग भएको चार बुँदे सहमतिमा श्रमजीवी पत्रकार ऐन आगामि साउन एक गतेवाट पर्ुण्ा रुपमा कार्यान्वयन गर्ने, माघ १९ पछि निकालिएका पत्रकारहरुलाई असार मसान्तभित्र सहमतिको आधारमा पर्ुनबहाली गर्ने, पत्रकारहरुको बक्यौता पारिश्रमिक साउन महिनाको पहिलो साताभित्र भुक्तानी गर्ने रहेको छ ।
सहमति पत्रमा समितिको तर्फाट संयोजक विन्दुकान्त घिमिरे, सह-संयोजक रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी, केन्द्रिय सदस्य नारायण अमृत र रामजी दाहाल, राजधानी शाखा सभापति नारायण सापकोटा र ब्यवस्थापान पक्षको तर्फाट कार्यकारी निर्देशक आशिक शेरचनले हस्ताक्षर गर्नुभएको थियो ।
यसैगरी, हिमालय टाइम्ससंग भएको त्रिपक्षिय सहमतिमा साउन एक गतेवाट श्रमजीवी पत्रकार ऐन कार्यन्वयन गर्ने, माघ १९ पछि निकालिएका पत्रकारहरुलाई सहमतिको आधारमा असार मसान्त भित्र पर्ुनबहालि गर्ने, बक्यौता पारिश्रमिक साउन मसान्त भित्र भुक्तानी गर्ने लगायतको सहमति कायम भएको छ ।
हिमालय टाइम्ससंगको सहमति पत्रमा समितिका सह-संयोजक रामप्रसाद दाहाल, केन्द्रिय सदस्य किरण पोखरेल, सुरेशचन्द्र पोखरेल, नेपाल पत्रकार महासघका सभापति विष्णु निष्ठुरी, महासंघ हिमालय टाइम्स शाखाका सभापति मोहनसिंह लामा र ब्यवस्थापन पक्षवाट महाप्रवन्धक पदमकान्त ठाकुरले हस्ताक्षर गर्नुभएको छ ।
२.एचविसि एफएममा ब्यवस्थापन प्ाक्षले संर्घष्ा समितिका मागलाई अन्तिम समयसम्म पनि बेवास्था गरेपछि समितिले कालो ब्यानर सहित एक घण्टा धर्ना दियो । नेपाल पत्रकार महासंघका सभापतिसमेतको उपस्थितिमा संर्घष्ा समितिको व्यानरमा भएको धर्नामा सांसद, टे्रड यूनियनका नेताहरु, विद्यार्थी नेताहरु र श्रमजीवी पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसका प्रतिनिधि र्सर्ुय नेपाल, नेपाली कांग्रेसका सांसद तिर्थराम डंगोल, नेपाल प्राध्यापक संघका पर्ुव सभापति भिमसेनदास प्रधान, नेपाल विद्यार्थि संघका महामन्त्रि किरण पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाउनुभएको थियो ।
४. एचविसि एफएमको मुल गेट अगाडि श्रमजीवी पत्रकार संर्घष्ा समितिको आयोजनामा आज विहान ११ वजेदेखी १२ वजेसम्मको धर्नाका विषयमा त्यहा कार्यरत केही कर्मचारीहरुले धर्नालाई लिएर जारी गरेको प्रेस विज्ञप्ति प्रति समितिको गम्भिर ध्यानाकर्षा भएको छ । नेपाल पत्रकार महासंघका सभापति लगायत दर्जनौ सक्रिय पत्रकार एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको धर्नामा दर्ुइ जना श्रमजीवी पत्रकारहरु सरोज दाहाल र निर्मल अर्याललाई अतिरञ्जीत र पर्ुवाग्रही ढंगवाट लान्छना लगाइनु आफैंमा खेद र निन्दनीय विषय हो । हामीलाई प्राप्त सुचना अनुसार त्यहा कार्यरत अधिकांश सञ्चारकर्मीहरुलाई व्यवस्थापन पक्षले करकाप , बलजफ्ती गरी विज्ञप्तिमा हस्ताक्षर गराइएको हो ।
धर्नाका क्रममा संर्घष्ा समितिको ऐब्यवद्धता पुस्तिकामा एचविसि एफएमका कार्यरत संञ्चारकर्मी साथिहरु माधव दुलाल, लक्ष्मि लम्साल र भिमकुमार थापाले हस्ताक्षर सहित ऐक्यवद्धता जानउनुभएकोले नै ब्यवस्थापन पक्षले करकापको भरमा हस्ताक्षर गराएको पुष्टि हुन्छ ।
निरंकुश शाही सत्ताको अवधिका एचविसी एफएमले खेलेको लोकतन्त्र विरोधी भुमिका नेपाली जनमानसमा ताजै छ । श्रमजीवी पत्रकारहरुको शान्तिपर्ुण्ा आन्दोलनलाइ बदनाम गराउन सो एफएमको ब्यवस्थापन पक्षले गरेको निन्दनीय ब्यबहारको विरुद्ध अझ सशक्त आन्दोलनको घोषण गरीने छ ।
ब्यवस्थापन पक्षसंग साँठगाँठ गरी पत्रकारको अधिकार कुष्ठित गर्न सो एफफएममा कार्यरत केही पत्रकारहरु नेपाल पत्रकार महासंघमा आवद्ध रहेको जानरकारीमा आएकोले समिति श्रमजीवी पत्रकारको अधिकार विरुद्ध क्रियाशील त्यस्ता निरंकुशताका पृष्ठपोशकहरुलाई आवश्यक कार्वाहीको लागि नेपाल पत्रकार महासंघसंग जोडदार माग गर्दछौं ।
एचबीसी व्यवस्थापनले देखाएको हर्कत विरुद्ध समिति छिट्टै कडा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउँदछ र, त्यस एफएमको संचालक को हुन – कसको लगानी छ र संचार गृहको आवरणमा के-के ‘अवैध’ काम भइरहेको छ भनी समितिले खोजबीन गरिरहेको र नेपाल सरकारलाई पनि यस सम्बन्धमा गहिरो छानबिन गर्न आह्वान गरिन्छ ।

Nepali Journalists Take to Streets Again
This time they’re fighting for their own rights

4 Comments

  1. This is to inform all of viewers that HBC 94 FM just shut down the HBC NEWA TIMES, an weekly Nepal Bhasha program in the pretend of they are facing financial crisis. I use to take Achyut Ghimire well wisher of journalist and also highly proffesional. But feeling really shame after knowing his behave toward his own journalist freind. Achyut ji, Aap to aise na the. Then why are you changing your face ? You used to say you are in the side of journalist and national spirit ? Then why new behaves ? You were also very rude in the matter of HBC NEWA TIMES. I wish, you will be back to your own behave and will be doing more better for your journalist freinds and for nation as you did before. Other wise, your journalist freinds may need to be sorry for you. Think now before thing goes worst.

    anup

  2. Patrakarharule afno hak adhikar t dharna baser pura garla tyasakf lagi shubha kamana chha.
    khasa garer patra patrikama kam garne printing presska workers lai pani dherai shoshan gariraheko chha. bitarakharu lai ta jhanai anyaya chha. ke aba uniharule pani dharna basnu parne ho ki.
    patraptrikaharu ahile aruko aangma jumra dekhne, afnai aangma bhaisi nadekhyaa jhain garne.
    yo sthiti kahile samma rahane ho.

  3. कुरा धेरै हाकिमि तन्त्रको पार्यो । एचवीसिको नेता पर्नु भएछ त्यो माथि पनि जहाँको भए नि अदक्षे जो पर्नु भ छ कमाल त देखाउनै पर्यो नि होइन र?

  4. Hello Umesh ji,

    there were plenty of comments in this page. Where has gone all of them today? Did somebody play with it ?

    anup

Comments are closed.