मै हुँ राजालाई उचाल्नेः सच्चितशमशेर

Pic: Sagar Shrestha
२०६३ असार १७, शनिबार
जनआन्दोलनमा भएको दमनसम्बन्धी छानबिन गर्न गठित रायमाझी आयोगले हिजो शुक्रबार बयान लिएकाहरुको सूचिमा सच्चितशमशेर राणा पनि थिए। पूर्व प्रधानसेनापति तथा राजपरिषदका सदस्य राणाले राजालाई निरंकुश शासनका लागि उकास्ने गरेको आरोप छ। उनले हिजो सञ्चारकर्मीहरुसित पनि खुला रुपमा स्वीकारे- हो, हामीले राजालाई सक्रिय हुन लगाएका हौं।

शाही शासन कालमा उनी बारम्बार विवादास्पद अभिव्यक्ति दिने गर्थे। सात दललाई आतंककारीसँग साँठगाँठ गरेकोले आतंककारीसरह व्यवहार गर्नुपर्छ, उनीहरुमाथि प्रतिबन्ध लगाउनु पर्छ भन्ने गर्थे। अहिले चाहिँ ‘माअ‍ोवादी सरकारमा गयो भने मन्त्रीज्यु भन्नुपर्ला नि’ भनेर भन्दा रहेछन्। राणाले बयान दिन जानुअघि र दिएर फर्केपछि सञ्चारकर्मीहरुसित के कुरा गरे, सुन्नलाई भित्र आउनुहोला।

Pic: Sagar Shrestha
सच्चितशमशेर बयान दिएर फर्केपछि। सबै फोटोः सागर श्रेष्ठ

सच्चितशमशेरसितको कुराकानी सुन्न यहाँ क्लिक गर्नुस्। (तलका जानकारीहरु पनि हेरी सहयोग गरिदिनुहोला)

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

[अडियो रेकर्डका लागि साथी मणि दाहाललाई धन्यवाद]

को हुन् त सच्चितशमशेर ?
Pic: Sagar Shrestha
बयान दिएर फर्केपछि सच्चितशमशेर। फोटोः सागर श्रेष्ठ

दरबार र कम्युनिस्टबीचका रहस्यमय सेतु मानिने स्व दामोदरशमशेरका सहोदर भाइ हुन् सच्चितशमशेर जबरा । १४ वर्षअघि शाही नेपाली सेनाको प्रधानसेनापतिबाट सेवानिवृत्त सच्चितशमशेर अहिले झन् बढी चर्चामा छन् । कारण हो, उनको राजनीतिक अग्रसरता । सेनामा छँदा थुप्रै राजनीतिक उतारचढाव देखेका यी महारथी अहिले आफै राजनीतितिर आकषिर्त भएका छन् ।

३८ वर्षसम्म सेनामा कार्यरत सच्चितशमशेर ०४४ सालमा प्रधानसेनापति भए । ०१७ सालको काण्ड हुँदा कप्तानमा कार्यरत राणा ०४६ सालको जनआन्दोलनका समयमा महारथी थिए । ०४८ जेठ १ गते उनी सेवानिवृत्त भएका हुन् । उनी ०५३ जेठमा बर्माका लागि राजदूत नियुक्त भए । चार वर्ष तीन महिनाको कार्यकाल सकेर जब उनी नेपाल फर्किए, त्यतिखेर माओवादीविरुद्ध सेना परिचालन गर्ने/नगर्ने विषयमा ठूलो विवाद चल्दै थियो । उनी अन्य पूर्व प्रधानसेनापतिझैँ चुप बसेनन् । सेनाको भूमिका र सक्रियताको खुलेर वकालत गर्न थाले । र, यही क्रममा नजानिँदो हिसाबले दरबारिया राजनीतितिर सक्रिय भए ।

‘असोज १८’ को कदमपछि त राजाको सक्रियताको पक्षमा जोडदार वकालत सुरु गरे । सोही वर्ष फागुन ७ गते राजपरिषद् स्थायी समिति सदस्यमा नियुक्त भए । अनि सुरु भयो, राजपरिषद्को सक्रियता । राजनीतिक दलहरूको चर्को विरोधका बावजुद उनकै अग्रसरतामा राजपरिषद्को क्षेत्रीय सम्मेलन सुरु भयो । ०६० कात्तिकमा धनगढीमा भएको राजपरिषद्को क्षेत्रीय सम्मेलनको संयोजक उनी नै थिए । पछि ०६१ मङ्सिरमा काठमाडौँमा सम्पन्न क्षेत्रीय र केन्द्रीय सम्मेलनको संयोजक पनि उनी नै भए । पदीय हिसाबले सच्चितशमशेर राजपरिषद्का सदस्य मात्रै भए पनि प्रभावका दृष्टिले निकै शक्तिशाली मानिन्छन् । “राजपरिषद्को वास्तविक हर्ताकर्ता सच्चितशमशेर नै हुन्,” राजपरिषद् स्थायी समितिका एक पूर्वसदस्य भन्छन्, “-सभापति) परशुनारायण चौधरी त निमित्त मात्रै हुन् ।”

सच्चितशमशेरको अगुवाइमा भएको राजपरिषद् सम्मेलनले सङ्कट समाधानका लागि राजा नै सक्रिय हुनुपर्ने प्रस्ताव पारित गर्‍यो, जसको दलहरूले तीव्र विरोध गरे । यतिसम्म कि राजा उपस्थित भएको समारोहलाई मन्त्रीहरूले नै बहिष्कार गरे । राजपरिषद्ले किन राजनीतिक काम गरेको ? “राजपरिषद्को काम नै राजाले माग्दा सुझाव/सल्लाह दिने हो,” सच्चित भन्छन्, “त्यसो गर्दा राजनीति गरेको हुँदैन ।” सच्चितशमशेरको बोलीलाई अनौपचारिक रूपमा दरबार र सेनाकै अभिव्यक्ति मान्नेहरू पनि छन् । सायद त्यसैले हुनसक्छ, यिनको अभिव्यक्ति र क्रियाकलापले नेपाली राजनीतिमा चर्चा पाउँदै आएको छ ।

उनको बेलाबखत राजासँग भेटघाट भइरहन्छ । “महाराजाधिराजले मागेको खण्डमा मात्रै सल्लाह टक्र्याउँछौँ,” सच्चितशमशेर भन्छन्, “त्यसैले हामी पटके रायसल्लाह दिने हौँ । श्री ५ लाई हरेक विषयमा सल्लाह दिइरहने काम त मन्त्रिपरिषद्कै हो ।”
(साभारः एक वर्षअघि तिलक पाठकको बाइलाइनमा छापिएको नेपाल साप्ताहिकको लेख)

21 Comments

  1. no coments
    marisake pachi coment garne bani nepaliharuko parampara nai ho.Jiundo chanda comment garna sakeko bhaye aahile Sachhit jail ma hunthe hola.Aru ta k kura rayemaji aayog ko samet karyanowyen garna sakenan kasile na ta rajnitic dal, na patrakar, na nagarik samaj- maryo ani comment-kunai faida chaina.

    Dhruba
    Al Asad
    Iraq

  2. chyaa chyaa yo satchit samser bhanee jantu ta kati naramro rahechha. jasto manchhe testai buddhi. bharate kesari gadha lai jastai garnu parchha.

  3. जेमसगुरुङ ( बज्रा )
    BAHA DUR DAL
    NEPAL

    नेपाल मा सान्ति ल्याउना गिरिजा बाबु नै सान्चो हुनु पर्छा र आरु कसैले पनि सक्दाइना र कि के हो खाबदार ७ + माओ बादि फेरि पनि बेला छा होस गरा फेरि गोला बारुद मा पार्ला नि (बाहा दुर दल नेपल्)

  4. yo bangamukhe lai janta le nai thik parnu parchha yo rayamajhi aayog janta lai shanta parne yee bhate chor neta haru ko khel matra ho girija ta pradhanmantri bhayeko desh ma yini harulai karbahi huncha bhaner aasa garnu surya paschim bata udaunu jastai ho tyehi bhayer yo bange lai ghara bata thuter janta le nai karbahi garnu parchha bharate lai jastai

  5. i heard on the bbc nepali radio interview , former chief of army staff told “those people are not from kathmandu , those people from out side of kathmandu ” , ladies and gentlemen think , what kind of man leaded nepal army ? i think pyar jung thapa also does same think . “nepal is kathmandu ” , stupid general . they don’t have knowledge . such as person are leading army !!!

  6. जेम्स गुरुङ बज्रा
    नेपाल मा ग्याने र पारस र बिगात को चोर हरु लाइ चितो कारबाइ गर नात्र भाने फेरि ७ दल र माओ बादि लाइ कारबाइ गर्ने छौ ( बाहा दुर दल ) ( NEPAL BAHA DUR DAL )

  7. He is a terriost on nepalese people’s eye so send him on Guantanamaobay cell in quba. He must be hang till death.

  8. hey,
    mouth bhnge sala,talai janata te aba dhadai bango parna matra baki chha.talai bagmati ma doryauna matra baki chha heeeeeeeeeeeeeeeeeeee sosak…………

  9. मलाई त विश्वास लागेन, थुनिएको बिरालोको नङ्‌ग्रा र दाँत बाँकि छ,कि यदि बाँकि छ भने अपरेशन गर्नु पर्‍यो।

  10. नेपालिमा एउटा उखान छ त्यो के भने ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍——— कोट्यायो भने गन्हाउँछ । । त्यस्तै हुन सचित शमसेर राणा । सचितशमसेर गन्हाउने सिनो सरहको बस्तु भएकोले उ सँगको कसैले सोध्दा आउने भनेको गन्ध मात्र हो । त्यसलाई तुरुन्त चर्पीमा राख्दा मात्र सुहाउँछ । देशभरि डुङ्डुङ्ति गन्हाएको बस्तुलाई एउटा सुरक्षित चर्पी अर्थात जेलमा राखौँ । त्यस्तो हरामखोरको बयानको अर्थ नरहला ।

  11. राजालाई उकास्‍ने यही तावेदार हो भने यसलाई पनि राजासगँ ठीक पार्नु पर्‍यो।

    भरतकेशर काण्‍डले अलि मत्‍थर भएको मात्र हो बोलीमा। गोददे भन्‍ने येइ हो।

    यी सव शाही सेनाले जन्‍माएका अर्को थरी माओवादी हुन।

    देश राजाका सम्‍पति हो र सवै देशवासीहरु राजाका भरौटे हुन
    भन्‍नेमा राजालाई विश्‍वास दिलाऊने यिनै जरनल हुन। सेनाका सिपाहीहरुलाई घरेलु नोकर सझनेहरुलाई देश भक्‍तिको पाठ कलले पढाऊने??

    मुखै बाँगो, वुद्‍दि वाँगो, विचार वाँगो, मति वाँगो।

  12. सच्चित शमशेर उर्फबाङ्गे जर्सर्ााो परिचय त्यत्तिले मात्रै पुग्दैन । उनले विगतमा गरेको कर्ुकर्म खोतल्न अन्त कतै जानु पर्देन । उनी सेनाको प्रधान सेनापति हुँदा निर्माण गरिएको छाउनी स्थित सैनिक अस्पतालको निर्माणमा करोडौंको भ्रष्ट्राचार गरि लुट मच्चाउने महाशय वहाँ नै हुनुहुन्छ । ठेकेदारलाई धम्क्याएर होस वा तर्सर्ाा होस वहाँले उहीताका लोकन्थलीमा बनाउनु भएको आलिशान महल पनि सबै सैनिक अस्पतालकै निर्माण सामाग्री प्रयोग गरि बनाएको सत्य-तथ्य सेनाका सबै जवानलाई ऐना जस्तै र्छलङ्ग छ । उनको सेनापतिकाल समाप्त हुने बेलामा राजा वीरेन्द्रले त्रि्रो इच्छा के छ चिफ भनेर सोध्दा मलाई अतिरथी बनाईबक्स्योस् सरकार भनेर बिन्ती चढाएका सच्चितशमशेरले पछि अतिरथी त होईन राजाको स्वस्तिगान एवं चाकडी बाचन गरेकै भरमा भ्रष्ट्राचारीको नाइकेलाई पछि राजदूत र राजपरिषदको सदस्य भने बनाइयो । उनी राजपरिषदको सदस्य भएपछि नै उनले प्रतिगमनको मतियार बनी यी सबै उत्पात मचाएका हुन । अबको सरकारले उनले विगतमा गरेको सबै कर्ुकर्म खोतली कडा भन्दा कडा सजाय दिलाउनु पर्छ ।

  13. I think there are two impacts of extremists: positive and negative. If it is done blandly it bring negative result. Thus, his idea may be directed towards to down the king not to up. Moreover, he provided an energy to Nepalese people for demonstrative against him and royal palace. Again thus, I congratuate his role of blind support by which Nepal is going to be republic in near future.

    Jemant

  14. यो मुख बाङ्गियको सच्चितते सधै बाङियको काममात्र गर्छ। यसलाइ बाङियको जेलमानै राखिदिनु पर्छ। ज्ञाने बाङ्गो र सच्चिते बाङ्गे मिलेर देशलाइ अझ बाङ्गो बनायको हुनाले यि दुबैलाइ बाङ्गो जेलमानै राखनु पर्छ।

  15. yasta pataki aparadhi harulai kada sajaya dinai parchha.sala darbarka bhatmara bajiyaharu

  16. आबुई, यो त हिटलरको आर्को रुपपो रहेछ गांठे!! हेर्नुसन शीरमा स्वस्तिकानै स्वस्तिका। अब यस्ले राजालाई नउचालेर जनतालाई उचाल्छन त। माहाराजालाई उचाले आफुलाई पनि राजा, राजा भनेर पछि लाग्नेहरुको भिड हुन्छन। जनतालाई उचाल्यो भनेत कसैले यस्लाई त्यहि सचिते के भन्छन कसैले माम्पाखा सचितचा भनेर भन्छन नि। राजा राजा भन्नेहरुको तांती लगायर आफु अगि अगि छाति फर्काउंदै हिंडन त सबैलाई मन पर्छ नि – कसो सचिते?

  17. Umesh jee,
    K ho nindra pani lagdaina ki ke ho? Worldcup ko mahol ma kuch kuch bhaye jasto6.
    Anyway, hope all culprits get punished.
    Santosh
    UK

Comments are closed.