विश्वकप फुटबल- स्टेडियम बाहिरका दर्शकहरू

brazil
ब्राजिलसमर्थक एक दर्शक। फोटोः रिना
मेरो संसार ब्लगका खेलप्रेमी पाठकहरूलाई विदितै छ विश्वकप फुटबल प्रतियोगिता जर्मनीका १२ वटा विभिन्न शहरहरूमा सञ्चालन भइरहेको छ। बर्लिन शहरमा मात्रै विश्वका विभिन्न भागबाट करिब सात लाख पचास हजार दर्शकहरू फूटबल म्याच हेर्नकै लागि ओइरिएका छन्। बर्लिनमा रहेको ओलम्पिक स्टेडियममा जम्मा ७२ हजार दर्शक मात्रै अटाउँछन्। बाँकि यत्तिका दर्शकहरूले कहाँ गएर हेर्ने त फूटबल – आउनुहोस् म तपाईँलाई बाँकी दर्शकले फुटबल हेर्ने ठाउँ देखाइदिन्छु –

– सबै फोटो र शब्द: सुरेन्द्र विष्ट/बर्लिन-

brazil
यो हो बर्लिनमा रहेको जर्मन संसद भवनअगाडि तयार पारिएको अस्थायी स्टेडियम। यहाँभित्र फूटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने स्टूडियो सहित चारैतिर ठूला-ठूला टेलिभिजनका पर्दा जडान गरिएको छ। ओलम्पिक स्टेडियमभित्र नअटाउने दर्शक यहाँ गएर ठूलो टेलिभिजन पर्दामा फूटबल हेर्न सक्छन्। तर भित्र छिर्न चाँहि ३-५ यूरो शुल्क तिर्नुपर्छ।

brazil
अस्थायी स्टेडियम भित्र छिर्न पनि कहाँ त्यति सजिलो छ र। पूरा नाङ्गेझार पारेर सुरक्षा जाँच हुन्छ। कुनै दारू-पानीको बोतल स्टेडियमभित्र लैजान मनाही गरिएको छ।

brazil
अस्थायी स्टेडियमको छेवैमा बनाइएको प्रत्यक्ष प्रसारण स्टुडियो जहाँ विभिन्न खेल विशेषज्ञहरूको प्रतिक्रिया प्रसारण गरिन्छ।

brazil
फुटबल म्याच हेर्ने दोस्रो स्थान हो- फ्यान मिले अर्थात ब्राण्डेनवर्गको ढोका अगाडिदेखि टियरगार्टको एरिया। यो एरियामा करिब १० लाख दर्शकले एकैपल्ट फुटबलको प्रत्यक्ष प्रसारण हेर्छन्।

brazil

brazil
त्यसका लागि हरेक २०० मिटरको दूरीमा दुवैतर्फ हेर्न हुने गरी ठूला -ठूला टेलिभिजनका पर्दा जडान गरिएका छन्।

brazil
यहाँ छिर्न पैसा तिर्न नपरेपनि त्यति सजिलो कहाँ छ र सुरक्षा जाँच पास हुनै पर्छ। सुरक्षाकर्मीहरू दर्शकका झोला खोतल्दै छन तल फोटोमा।

brazil
ओहो आज त जर्मनी र अर्जेन्टिनाको क्वार्टर फाइनल म्याच पो हो त। जर्मनहरू हुटिङ्ग गर्न पूरा तयारीसाथ जाँदैछन् फ्यान मिलेमा। यिनीहरूले लगाएको क्रेजीह्याट चाँहि मेड इन नेपाल हो। हेर्नुहोस नेपालबाट आयात गरी फ्यान मिलेमा बिक्रीका लागि राखिएका क्रेजीह्याटहरू तल फोटोमा। किन्नुहुन्छ – एउटाको मोल पर्छ मात्रै दस यूरो।
brazil

brazil
म्याच शुरूहुनै लाग्यो। जर्मन फ्यान, हुटिङ्ग गर्नलाई तयार छन्।

brazil
अब खेल शुरू हुन लाग्यो है। दर्शक महानुभावहरू।

खेलवरिपरिका थप दृश्यहरू
brazil

फ्यानमिलेमा खेलबाहेक अन्य मनोरञ्जका विविध क्रियाकलापहरूको पनि ब्यवस्था गरिएको छ।

brazil
रोटेपिङमा सरर………….

brazil
कन्सर्ट पनि छ है फ्यानमिलेमा

brazil
कत्रो फुटबलको बुटजुत्ता – यो लगाउने खुट्टा कत्रो होला हगि –

brazil
अब मेरो पालो। मलाई माथिका फोटोहरू खिच्न मदत गर्ने मेरा प्रिय मित्र शंकर पाहारी बायाँ र म सुरेन्द्र विष्ट दाँया।

brazil
मैले खिचेको फोटो धैर्यतापूर्वक हेरिदिनु भएकोमा सबैलाई मुरीमुरी धन्यवाद।

13 Comments

  1. dherai ramro game pratheshan gardai chhan sabai team le may be test of the team feance on this year so very nice played of on the quarter final
    thank…………
    prabin thulung ksa

  2. best of the team on this year i think france nice playeing between brazil so nice the losted brazil
    thank………..

  3. Namaskar,

    tapailai kasto lagyo jaba tapai world cup footall heri rahanu bhayako thiyo, k tapailai world cup nepali ra anya deshko khel rerna paya hunthiyo jasto bichar utpnn bhayana?.

    dhanayabad

  4. ए सुरेन्द्र तिमी त कति मोटाको ।जे भएपनि फोटो चाँही
    धेरै राम्रो छ ।स्टेडियम टिका स्कुल को ग्राउन्ड भन्दा कति ठुलो होला त?
    सुदर्शन्।

  5. स्टेडियम भित्र को त टिभी न्यूजपेपर हरु म हेर्दा हेर्दा गरेकै हो नि अब आज भने बल्ल बाहिर तिर को पनि केही फोटो हरु राख्नु भएको रहेछ । खुशी लाग्यो । फोटो पठाउने मित्र अनि फोटो राख्ने उमेश ब्रो लाई पनि धन्यवाद ।

    तर क्या bad Luck हिजो अर्जेन्टिना को सपोर्ट मा थिए तर टाईब्रेकर मा अर्जेन्टिना ले हामी सबै जनालाई दुखित बनायो यार
    हुनुत हिजोको खेल टाई ब्रेकर मा गयो भने अर्जेन्टिना हार्छ भन्ने थाहा त थियो तर पनि हिजोको नतिजालाई चाँही केही घण्टा सम्म चाँही बिश्वास गर्न भने सकेन। आखिर् जर्मनी ले जितेर देखायो है ।

  6. अब Umesh Je ले हामीलाइ जर्मनी (बर्लिन) लाने घुमाउने हुनु भयो — धन्यवाद छ है तपाइलाई ।

  7. BISTA JI
    KHUTTA PANI JUTTA JATRAI TA HOLA NI …;)
    THANKS ANYWAY FOR POSTING THOSE VALUABLE PICTURES

  8. i like this blog very much and hope that u will keep it up

    bhim
    Ekantakuna, Lalitpur, Nepal

  9. Thik chha, very good, and thanx for showing us the events of germany….

    keep on doing da things like this, you will win the heart of reader…

Comments are closed.