विश्वकप फुटबलः एक नेपालीको अनुभव

शब्द र फोटोहरु: दिनेश मानन्धर/ इडनकोबन, जर्मनी
विश्वकपले सिंङो भूगोललाई नै एउटै रंगले पोतिदिएको छ। बच्चा, बूढा, महिला, कालो, सेतो र गहुंगोह्रो सबै रंगका मानिसहरु एउटै रंगशालाभित्र एउटै खेल हेरी रमाएको देखेको प्रत्यक्ष दृश्य मेरो लागि ज्याकपट चिट्ठा नै हो। कतातिर हेरेको हो भनेर नै थाहा नपाउने ससानो भोटे आँखा भएका जापानीदेखि विश्वकपको केही क्षण पनि नछुटाउने गरी खोलेका ठूल्ठूला आँखा भएका पूर्वी युरोपका मानिसहरुले भरिएको हुन्छ रंगशाला। आफ्नो आँखा कहिले मैदानतिर त कहिले दर्शकहरुतिर भई नै रहन्थे भने कहिलेकाहीँ एकपछि अर्कोले उठाएको हातको लावोलाको रहर सँगसँगै रत्नपार्कमा चटकेको बांसुरीको धुन र इशारामा सर्पले टाउको घुमाएको जस्तो आफूले पनि होस्टेलाई हैंसेको साथ दिंदा रंगशाला भरिका सबै मानिसहरुसँग एउटै पुष्पक विमानमा चढेको सपना जस्तो हुने रहेछ।


युरोपमा बराबर फुटबल भैरहँदा त्यति यो खेलमा इच्छा नराख्नेहरुमा पनि जिन्दगीको एकचोटि विश्वमेलामा पैसाको ख्याल नराखी जति परे पनि अन्तिम खेल फाइनल हेरौँ भन्ने मनोवृति संक्रामक रोग नै भएको छ।


लिलाम बढाबढ गरी बेच्ने वेबसाइट इबेमा ३६० युरो पर्ने दुई वटा टिकटको ६५५० युरो सम्म तिर्ने दर्शक वर्गहरुमा जाँगर उठेको छ। विश्वकप १२ वटा स्टेडियममा हुने ६४ खेलहरुमा कुल सिटको संख्या २९ लाख मात्र छ। जर्मनभरका प्रत्येक घरलाई एउटा मात्र बाँडे पनि सबै यहीँ खपत हुन्छ। त्यसमा पनि फेरि संसार भरिका देशहरुलाई कोटामा बाँड्दा टिकट पाउने अवसर निक्कै कम भएको र बल्ल बल्ल पाएको टिकट कसैले पनि बेच्न नचाहेकोले अधिकांश फुटबलप्रेमीहरु टिभी हेरेरनै चित्त बुझाउनु पर्ने अवस्था आएको हो।


टिकटको पछाडि रंगशालाभित्र दर्शकहरुले पालना गर्नु पर्ने नियमहरु पनि प्रष्टै लेखिएको छ। टिकट बेच्नेभन्दा टिकट खोज्नेहरुको संख्या नै हजारौं गुणा बढी भएकोले कालो बजारको खुलमखुला गतिविधि न्यून रहेको हुँदा एउटा दुईवटा टिकट पैसासँग साटासाट गरेको देख्दा पनि सम्बन्धित नियन्त्रण कार्यालयले आँखा चिम्लिएको छ।


माराडोना आफ्नो देशको लागि ब्यबस्था गरिएको संचार कक्षबाट खेल सम्बन्धि टिप्पणी आफ्ना देशवासीलाई अवगत गराउँदै।


बाइसधाराबाट पानी बगे जस्तो तेल निस्कने देशमा काठमाडौंमा मट्टितेल बेच्ने साहुजीले सोलीबाट जर्किनमा तेल भरे जस्तै भएभरको पैसा फुटबलमा लगानी गरेर साउदी अरेबियाका राजकुमारसमेत फुटबलको उत्थान गर्ने कार्यमा लागे पनि विश्वकपको एच ग्रुपमा एक अंक मात्र ल्याउँदा विश्वमेलाको बीचमै घर प्रस्थान गर्न बाध्य भयो। बललाई अगाडिसम्म पुर्‍याए पनि स्पेनिस भाषामा समय मै ठूल्ठुलो स्वरले आफ्ना साथीहरुलाई खतराको चेतावनी दिई पर्खाल बलियो पार्ने गोलकीपरलाई छकाउन भने साउदीहरुलाई निक्कै अप्ठ्यारो परेको थियो।


यस विश्वमेलामा सबैले आ-आफ्नो देशको सांस्कृतिक सम्पति तथा प्राचिन कालदेखि नै चालचलनमा प्रयोग हुँदै आएका पोशाक वस्त्र आदि वस्तुहरुको प्रदर्शन गर्ने स्थल भएको छ।


साउदी अरेबियामा महिलाहरुको लागि ड्रेसकोड समेत तोकिएको छ। यो देशमा महिलाहरुले फुटबल खेल्ने कुरा त परै जाओस्, आफ्नो लोग्नेसँग विश्वकप हेर्न आउनेहरुको महिलाहरुको उपस्थिति पनि कतै देखिएन। तर घरमा फर्केपछि आफूले देखेका दृश्यहरु बुर्का लगाएकी श्रीमतीहरुलाई देखाउन श्रीमानको हातमा क्यामेरा झुण्ड्याएको चाहिं प्रष्ट देखिएको छ। इस्लाम धर्मको कुरान अनुसार चल्ने देशहरुमा महिला र पुरुषबीचको ठूलो अन्तर छ। घरमा श्रीमतिहरुलाइ डोकोले छोपेका पोथी कुखुरालाई जस्तै दुई वटा आँखा मात्र देखिने गरी बुर्काले भ्वाक्कै छोपेर राखेका श्रीमतीहरुलाई अब २०१० सालमा हुने विश्वकपसम्ममा श्रीमतीलाई सँगै लिएर आउलान् कि!


अरु शहरहरुमा राजा महाराजा कवि साहित्यकारहरुको शालिकहरु हुन्छन। तर फुटबलको सहर भनी नाम कमाएको के-टाउनमा प्रसिद्ध फुटबल खेलाडीहरुको शालिक जतातत्तै सजाइएको छ। फुटबल खेलाडीको लाइभ साइज सालिकपछाडि आनन्द लिइरहेका स्पेनिश युवा जोडी।


स्पेनमा जनावर संरक्षणवादीहरुले विरोध जनाउँदै आएको अमानवीय बुलफाइट – नांगो तरवारले धसी रगताम्य भएर लडेपछि मात्र सकिने लोकप्रीय खेल हो। येशुको जन्म हुँदा भाले कुखुरा बासेको भन्ने किंवदन्तिमा उल्लेख छ। स्पेनमा जताततै यी दुई चिजले बाटोमा सालिक र क्षेत्रीय झण्डाहरुमा गोरुको सिंग समेत प्रष्ट देखिने गरी चित्रांकित गरेको छ। एउटा दर्शकले त जिउंदो भाले कुखुरा पनि स्टेडियमभित्र ल्याएका थिए।


तेलको पैसाले टन्न भरिएको साउदी अरेबियाको फुटबल टिमसँग खेलिने खेल हेर्न स्पेनिस भोड्काले टन्न भरिएका दुईजना सुभचिन्तकहरुले स्टेडियम पस्ने मूल ढोका पनि भुलेका थिए। खेल शुरु हुने बेला भए पनि एकजना गाना गाउन भने अर्को चाहिं प्लास्टिकको बिगुल बजाई साथ दिइरहेका थिए। स्पेनिशहरु फुटबलको गोलभन्दा पनि हुलमुलको जात्रा नै बढी मन पराएको अनुभुति गरेँ।


स्पेन युरोपेली समुदायका सदस्य भए पनि अरु देशहरु भन्दा त्यहाँ अरु कहीँ नभएका जात्राहरु गोलभेडाले एकले अर्कालाई हानेर शह रनै निथ्रुक्क पार्नेदेखि गोरु लखेटेर पछि पछि दगुरी पर्व मनाइराखेका स्पेनिशहरुलाइ १:० ले फुटबल जित्दा त पिउने र नाच्नमा त निहुँ थपिहाल्यो। मध्यरातसम्ममा धेरै स्पेनिसहरुलाइ शरिरको अभिन्न अंगको त कुरै छाडौं, आफ्नै टाउको पनि सिधा राख्न गार्‍हो मानेको देखियो।


कोलम्बसलाई अमेरिका महादेश पत्ता लगाउन आवश्यक खर्च सबै स्पेनका रानीले गरेका थिए। उ बेला स्पेन पनि अहिलेको साउदी अरेबिया जस्तै धनी थियो। जनरल फ्रान्कोको अधिनायकवादले धेरै वर्षसम्म अन्धकारमा लुकेको देश युरोपिय समुदायसँग मित लगाएपछि भने सम्पुर्ण क्षेत्रमा विकासका साथसाथै महिलाहरुले पनि पुरुषहरु जस्तै अहिले विश्वकप पनि त्यत्तिकै रमाउन पाएका छन्।


ख्यालठट्टा हाँसो र मस्ती गर्नुपर्ने स्पेनिशहरुलाई खेलमा हारेकै खण्डमा पनि त्यति छिटो हृदयसम्मनै चोट पर्ने अनुमान चाहिँ गर्न सकिनँ। खेल खेलै हो, मज्जा गर्ने भने छुट्टै हो भन्ने सारांश उनीहरुसँगको कुराकानीबाट अनुभव भयो।


बिजुलीको चट्यांग निस्के झैं निस्कने जर्मनीहरुको जस्तो रिसाउने बानी नभए पनि यिनीहरु जम्मा भएको ठाउँमा स्पेनिश भाषामा कुरा गरेको सुन्दा आपसमा झगडा गरेको जस्तो भ्रम हुने त कहिलेकाहीँ शिवरात्रीमा पशुपतिको दर्शन गर्न आउने छिमेकी देशका तिर्थयात्रीहरुले गरेको हल्लाको याद आउँछ।


कुनै पनि क्षणमा व्यथामा पर्न सक्ने एक गर्भवती स्पेनिश महिलाले आफ्ना श्रीमानसँग यो विश्वकपमा दुईवटा टिकटले तीनजना प्रवेश गर्ने मौका पनि चुकाइनन्।


स्पेनिसहरुको खाना खाने तरिकामा पनि आफ्नैपन छ। स्पेनमा अफिसहरु सबैजसो दिउँसो १२ बजेदेखि २ बजेसम्म खाना खान प्रायः बन्दै हुन्छ। खाना खाइसकेपछि सुत्ने चलन छ। त्यसपछि फेरि काममा जान्छन्। बंगुरको सलामी र नुनमा बेसरी दलिएको बंगुरको फिलालाई धुंवा र खुला हावाको भरमा सुकाएको कांचो सुकुटीको हायम खाने चलन छ। काठमाण्डौंको छोएला पसलमा जस्तै ग्राहकले भनेको पाखुराको टुक्रा काटी बेच्ने गर्दछ। एक स्पेनिश फुटबल प्रेमी सलामीको माला र बंगुरको पाखुरालाई हातमा गितारसरह हात चलाई गाउँदै गरेको देख्दा काठमाडौ‍को गाइजात्रा याद आयो।


स्पेनको ओलम्पिक सहर बार्सिलोनादेखि ठूल्ठूला ट्रकहरुमा हाली ल्याइएको मेगासाइजको किरा फत्याङ्ग्राको झाँकी हेर्दा हलिवुड फिल्म जुरासिक पार्कमा कम्प्युटरबाट चलाइएको डाइनोसोरस जस्तो देखिने रहेछ। जिउभित्र झलल बत्ति बालेकोले अति नै राम्रो देखिएको थियो। नांगो हातले डोरीको भरमा किराहरुको अंग चल्थे भने र रिक्सा जस्तै खुट्टाले पेडल चलाएर अगाडि बढ्दथे।


स्पेनिश ड्रागनले बाटोमा हिंडिरहेका दर्शकलाइ ठट्टाको रुपमा लछारपछार गर्दा मेरो पनि पालो आउँछ कि भनेर अगाडि लाग्ने दर्शकहरु लाइनमा बसेका थिए।


सानो उपिंयालाइ १५ मिटर लामो मेगा साजमा देखदा त संसारबाट लोप भैसकेका जनावर जस्तो देखिने रहेछ।


ढलनिकासको मंगालको बिर्कोभित्र राखिएको बत्ति पनि अंध्यारोमा राम्रो देखिने रहेछ। यतिमात्र हो र! शरिरमा तीतो झोलको मात्रा बढी भयो भने यो बत्तिहरु घुमेको देखिँदो रहेछ।

अर्को दिनमा भने बत्ति घुमेको होइन कि त्यो मंगालमाथि उभिएका मानिसहरु घुमिराखेको पो देखें मैले त। अति रमाइलो यो विश्वकप विश्वमेला! यो बत्तिले विश्वकै मान्छेलाई घुमाइदिएको छ।


गर्मीले चरम सीमा पुगेपछि मौसम अनुसार सुहाउँदो लुगा लगाएर बसेका फुटबल फ्यान गौरवका साथ आफ्नो अंग प्रदर्शन गरेर बसेको महिलाको पछाडि साउदि अरेबिया टिमका शुभचिन्तक भने नाइटोमुनिबाट सुरु भएको टाट्टु कहाँ गएर अन्त्य भएको छ भनी पछाडिको टाट्टुको फोटो लिन हिचकिचाइरहेका थिए। केही महिनाअघि डेनमार्कमा मोहम्मदको कार्टुन छापिएको कारणले तोडफोड गरेका उच्छृंखलवादीहरुले यो फोटो हेर्न पाए अलि सान्त्वना पाउने थिए कि भन्ने मलाई लाग्छ। घरमा बुर्का लगाएर बसेका श्रीमतीहरुले श्रीमानको क्यामेराबाट लिएका फोटोहरु हेर्दा कस्तो प्रतिक्रिया गर्ने होलान्? जे होस बुर्काको सट्टा यस्तो एकदमै किफायत लुगा लगाउन त अरब संसारमा जुगौं लाग्छ होला।

पुनश्च: पाठकबर्गहरुलाइ अनुरोध। यो फोटो हेरेर टिप्पणी गर्दा चाहिँ छर्लंङ देखिएका कुरा भन्दा पनि फोटो पछाडिका कुरालाई मनन गरी मात्र कीबोर्डमा टाकटुक कष्ट गर्न हुन विनम्र अनुरोध गर्दछु।

14 Comments

  1. Freedom is the great of the world.
    SO that i am very very happy with the speny people and with his supporter but iam also sad with the saudi arebian law because boys are walking freedom but girls are as like pig.the pig is unknown about the situation (condition)of outside so that it is not equality there must be equality in my view but what can we say?

  2. उमेशजी ,
    साथीहरुको फेसन बारे कमेन्ट हेर्दा मलाई तेती राम्रो लागेन है। कपडा लगायेर पो फेसन् हुन्छ फुकालेर पनि कै फेसन् हुन्छ? नाङ्गो जोडीलाइ पार्कमा देख्नु समान्य कुरा हो जर्मनी र बृटेन् जस्ता देशमा, तर महिलाहरु नाङ्गो भयेर ति देशहरु शिखर्म पुगेका हैनन् यदि येस्तो हुने भए त्यो भन्दा नग्न अवस्थामा अन्य देशहरु पनि छन् जस्का स्तिथी नाजुक् छन् यसकारण बिदेशमा बसेका नेपाली साथीले २० बर्समा नेपालीहरु पनि नाङ्गो हुन्छन् भन्ने ग्यारेन्टी दिन्छु भनेको सुन्दा वहाले अझै तेस्ता कुरा बोल्नु अघि धेरै सिक्नु छ जस्तो लाग्यो मलाइ।

  3. What do you mean by bhitrako kura manan garera? I think you yourself could not go deep and looking at the surface. The sentence you used force any normal human being to see and comment on the surface part. Isn’t it ridiculus and silly to write so at the end?

  4. i think u hate muslim (arabs) a lot,so u have been commenting a lot about them as their wives stay behind the four walls of the house in burkas,it might take a long time to wear a short bikini typed clothes etc.dont worry its their culture,they will change it if needed,we dont need to talk abt them,but rather lets talk about out country and the ways of improving ourselves.thank you and no offense plz

  5. Germany is a country of freedom and law. Anyone can wear as he or she wishes! There is no shameness! And nobody is allowed to stop that! Others can only make comments! Actually we look at others and think a lot but europeans don’t look at others and they also do not think too much as we! They only think about their own problems, wife, children, life…. I think this is a good system!

  6. Thanks a million for sharing your experience in such a picturusque way. I thoroughly enjoyed it. Diversity is what makes this world so interesting and no doubt we contribute our share into this world. Any way thanks once again

  7. Hallo
    This situation is normal in Europe. Now, the Tememrature hier in Germany is too high. So that this types of fashin is normal. It is normal in Germany. The Student use usch a dress when they are going to class. New generations in our capital Kathamndu is not so different from them. I think that is a effect from globalisation.

    Germany

  8. chachani thapaile vaneka jasti hunchan spanish haru kub ramailo saga leknu vayacha..teha navayapani photo haru herdha sari ramailo vo.

  9. hello umesh ji
    lets talk about moriarty ,why dont we tell him shut the f####

  10. एक्दम ठिक छ फोटो,

    जुन गोर्खालि लाइ अलिकति शरिर देख्दा कुति कुति लाग्छ तेस्तालाइ त के हुने हो थाहा छैन, हामिले त साधरन पार्कमा पनि सर्बाङ नाङै ठिटा ठिटि देखेकोले होला केहि जस्तो पनि लाग्दैन । बरु यस्लाइ त नेपालमा पनि यो उस्को अधिकार हो भन्ने सम्म सोच्ने बाताबरन कसरि बनाउन सकिन्छ भनि सबैले मनन गर्न राम्रो हो कि जस्तो लाग्छ ।

    बास्तबमा यस्ता कुरालाइ Normal rup maa लिनुपर्छ, यो उस्को अधिकार हो ।नेपालमै पनि २० बर्स पछि यस्तै पुस्ता तयार हुन्छन यो मेरो ठोकुवा हो।

Comments are closed.