मामाको राष्ट्रिय गानको गाथा

Dipak
‘न्युज एलर्जी’ भएकोले केही दिन ब्लग, इमेल, टेलिभिजन, पत्रपत्रिका सबैबाट टाढा रहेर बस्न मन लागेको भए पनि सकेको छैन। म केही दिनमा नै पूर्ण रफ्तारमा आउनेछु। अहिलेलाई अरुले पठाएका सामाग्रीहरुलाई भए पनि अपडेट गर्न बसेको छु। मैले ब्लगबाट केही दिनका लागि छुट्टी मागेपछि धेरैले मलाई सहयोगको हात बढाए। ती मध्ये एक हुन्- आरआर क्याम्पसमा पत्रकारितामा आईए पढ्दादेखिको मन मिल्ने साथी दीपक भट्टराई। नवलपरासीको डेढगाउँमा जन्मिएका भट्टराईले महानगरबाट कान्तिपुर, स्पेसटाइम हुँदै हाल कान्तिपुर टेलिभिजनको समाचार संयोजकसम्मको यात्रा तय गरेका छन्। उनले अब मेरो संसारमार्फत् दैनिक तपाईँहरुसित आफ्ना भावना बाँड्ने वाचा गरेका छन्। उनको लेखन शैलि बेग्लै छ। स्पेसटाइममा हुँदा उनका कतिपय रिपोर्टर्स डायरी म अझै सम्झन्छु- राप्रपाको महाधिवेशनको बेला पोखराको होटलमा भएका ती कुरा, पहिलो पटक सरकार- माअ‍ोवादी वार्ता हुँदा भूमिगत रुपमा माअ‍ोवादी वार्ताकार कृष्णबहादुर महरा भेटघाटमा व्यस्त हुँदा पछ्याउन हिँडेको रोमाञ्चक अनुभव, उधारो मागेर नफर्काउने साथीहरुको कुरा…। यस पटक त्यतिकै रोचक शैलिमा ‘लोकतन्त्र भनेको आफूलाई मन लागेको कविता राष्ट्रिय गानको रुपमा प्रस्ताव गर्नु हो’ भन्ने प्रवृत्तिलाई उनले उजागर गरेका छन्। आउनुस्, स्वागत गरौ‍, मेरो संसारका नयाँ ब्लगरका रुपमा दीपक भट्टराईलाई- उमेश

करिब ६ महिनापछि एउटा हितैषीले बोलाएको रात्रिभोजमा जान ठिक्क पर्दै थिए । ढोका अगाडि कसैले जुत्ता खोले जस्तो लाग्यो । पर्दाले आगन्तुकको अनुहार छेकिए पनि जुत्ता प्रष्ट देखिन्थ्यो, गोल्डस्टार । मलाई अनुमान गर्न कत्ति बेर लागेन, लौ पहाडबाट पक्कै कोही आउनुभयो । पर्दा उचालेर हेरें, नजिकैबाट नाताले मामा पर्ने आफन्त आउनुभएको रहेछ । साथीले काठमाडौंको नामै चलेको रेष्टुरेन्टमा रात्रिभोजका लागि बोलाएकाले औसी पूर्णिमा झै गरी पाइने साँझ ६ बजेतिरको छुट्टि (प्रायः जसो ८ बजेपछि मात्र कार्यालय छोडिन्छ ) मिलाएर घर आएको थिएँ ।

यसो कपडा फेरेरै जाउँ न त रेष्टुरेन्टमा भन्ने लागेको थियो । तर रेष्टुरेन्ट अगाडि आइलाग्नु भो मामा । मामा मात्र आएर त केही हुनेवाला थिएन तर उहासँगै आएको गुनासो छल्ने बहाना म सँग थिएन ।
मामा गत साता मात्र पनि आउनुभएको थियो । लोकतन्त्र आएपछि श्रीमान गम्भीर भन्ने राष्ट्रिय गानले काम गर्दैन भन्ने बुझेका मामालाई एउटा धोको थियो, आफूले रचेको कविता राष्ट्रिय गान होस् भन्ने ।

आफ्नो कवितालाई राष्ट्रिय गान बनाउन सक्ने क्षमता म मा देखेर त होइन, तर कहीं राष्ट्रिय गानको प्रतियोगितामा आफ्नो कविता पनि सामेल गराइदिइहाल्छ की भन्ने आशा मामामा थियो । गत साता कविता पाउनासाथ, मैले हुन्छ बुझौंला कहिं त्यस्तो प्रतियोगिता रहेछ भने कविता बुझाइदिन्छु भनेको थिए । तर, मामाको मन यतिले मात्र बुझेन र उहाँले कहीँ न कहीँ त्यो कविता प्रस्तावित राष्ट्रिय गानको रुपमा छापियोस् है भाञ्जा भन्नुभएको थियो । तर, त्यो कवितालाई राष्ट्रिय गान बनाउ“दा नेपालीले पहिलोपटक १० मिनेट लामो राष्ट्रिय गानको अभ्यास गर्नुपथ्र्यो ।

विचरा मामाको यस्मा केही दोष थिएन, पत्रकार भाञ्जा त्यही पनि कान्तिपुर (टेलिभिजन) मा काम गर्ने, मामाले सोच्नु भो, भाञ्जाले चाहे भने यस्तो कविता त के, पुरै चार पाना लामो मामाको कथा कान्तिपुरले छाप्छ ।
मैले उतिबेलै चाहेर पनि मामा समक्ष अर्समर्थता जनाउन सकेको थिइन । एक त मामालाई तपाईको राष्ट्रिय गान काम लाग्ने वाला छैन भनेर हतोत्साही बनाउन चाहिन, अर्को पत्रकार भएर आफ्नै मामाको कविता पनि छाप्न नस्कने लाछी बन्ने हिम्मत पनि आएन ।

मामा गएको एक सातामा प्रगति भने शुन्य भयो, न कतै अहिलेसम्म राष्ट्रिय गानका लागि कुनै सामाग्री मागिएको थाहा भयो, न कतै मामाको कविता नै छापीयो । मामाले आउनसाथ सञ्चो विसञ्चो स“गै पत्रिकामा कविता नछापिएको विषयमा नै कुरा उठाउनुभयो । मैले छापिन्छ होला सम्म भने, तरे मेरो कुरामा मामाका चित्त नबुझेको भएको प्रष्ट थियो ।

करिब एक दशक लामो पत्रकारितामा यो अरुको सामाग्री छापिदिनुपर्ने रोगले मलाई जस्तै थुप्रै पत्रकारलाई पक्कै पनि सताएको हुनुपर्छ । साँझको सन्ध्याकालीन महानगरमा काम गर्दा होस् कि प्रशिक्षार्थी पत्रकार भएर कान्तिपुर दैनिकमा छिर्दा आफन्त, साथीभाइले मलाई आफ्नो लेख रचना पत्रिकामा छापिदिन भनेर अनुरोध गर्दा म स“धै मानसिक रुपमा थला परेको छु । स्पेसटाइम दैनिकमा काम गर्दा धेरै साथीभाइले लेख रचना दिएका थिए छाप्नका लागि । विदेश पुगेको भाइको साथीले उतैबाट प्रेमीकाको नाममा लेखेको कविता होस् की राजनीतिमा लाग्दा वडा सदस्यमा जित्न नसकेका गाउँका दाइले लेखेको राजनीतिक लेख पत्रकार भएका नाताले सबैले लौन छापिदिन पर्‍यो भन्दै दिने गरेका छन् ।

एउटा त छाप्नका लागि दिइएका अधिकाशं कविता, लेख, रचनाको स्तर म आफै सम्पादक भए पनि प्रकाशन योग्य थिएनन् अर्को एउटा पत्रकार त्यही पनि संवाददाता अझ अहिले त टेलिभिजनमा काम गर्ने, यस्ले कसरी अरुको लेख छाप्न सक्ला जबकी आफ्नै केही लेखको पाठक आफू र सम्पादक मात्र भएको अनुभव म स“ग छ ।

मलाई यसरी छाप्नका लागि दिइएका पचासौँ लेख मध्ये मुश्किलले एक दर्जनले मात्र पाठक सामु पुग्न पाए होलान् । यति हु“दाहु“दै पनि छाप्नका लागि कविता, लेख दिन छोडेका छैनन्, कसैले विश्वास गरेर दिन्छ भने मैले पनि किन नलिनु, छाप्न नसके पनि लेखकको एक जना पाठक मै थपिन्छु भनेर पनि सामाग्री लिने गरेको छु ।

मामालाई यी सबै कुरा यसपटक भन्दिउँ जस्तो लागेको थियो, तर मामा आफैले भन्नुभो, भाञ्जा त्यो कविता राष्ट्रिय गानलाई अलिक लामो होला जस्तो लाग्यो, यसपटक छोटो ल्याएको छु, छाप्दिनु है भन्नु भो । मन धेरै हलुङ्गो भो । रात्रिभोज तिर निस्कनु अगाडि मामाको कविता गोजीमा हालें ।

भोलिपल्टै लगेर कार्यालयमा कविता दिएँ पनि तर अहँ चार दिन भो अहिलेसम्म कविता छापिएको छैन । के गर्ने …. आफूलाई त थाहा छ … कति गार्‍हो छ एउटा कविता छाप्नु । तर, कविताको ३२ पेजको संग्रह निकालेपछि आफूलाई अब्बल दर्जाको कवि ठान्ने मामालाई अब कसरी बुझाउने किन छापिएन भनेर । मामा पक्कै कुनै दिन सपनामा आफ्नो कविता छापिएको देखेर काठमाडौं आउने हुन् कि –

जे होस् मैले यति लेखेपछि तपाईहरुलाई पक्कै पनि मामाको लामो र छोटो दुईवटा राष्ट्रिय गान पढ्न मन लागेको छैन होला भन्नेमा म विश्वस्त छु ।

पढ्न मन लागेकै भए जानकारी पाउ“, अन्त अस्विकार पनि मेरो संसारले छाप्छ कि ।

[मेरो प्यारो र पुरानो मित्र उमेशले ब्लगमा केही दिनको छुट्टि माग गरेपछि मैले आजबाट ब्लग लेख्न सुरु गरेको हुँ । मलाई थाहा छ, म उसले जति मिठो र राम्रोसँग ब्लग गर्न सक्दिन्न । तर पनि उमेशले चाहँदासम्म दैनिकजसो तपाईलाई भेट्ने मेरो प्रयास रहिरहने छ]

28 Comments

  1. Welcome to Merosansar as guest writer Deepakjee.

    Your writing style is lucid, interesting and of different taste. Liked at first go. So, please continue, it’s good to hear from someone Nawalpure. I hail from Nawalparasi as well (currenlty residing abroad).

    Cheers,
    [email protected]

  2. दिपक जि लौन पदम न त एक्चोटि मामा को राष्ट्र गान कस्तो रैछ पोस्ट गर्नु है त ।

  3. दीपक दाईलाई मेरो संसारको हाम्रो संसारमा स्वागत छ।

    तपाईंको मामा हाम्रो पनि मामा।

    अब कुरो भने गांठि पर्‍यो। मामाले लोकतन्त्रको पश्चात राष्ट्र गान् लेख्नु भयको पक्कै पनि सराहनिय कुरो हो तरSSSS आफ्नो कबिता छपाउन दिन रात तपाईंको चाकडि गरेको भने लोकतन्त्रको अर्थ र भावनाको बिपरित छ। लोकतान्त्रीक नेपालमा जि, हजुर, जदौ, नमस्ते, नमस्कार, बक्स्योस जस्ता संस्कारमा पूर्ण विराम लाग्नु पर्दछ। साथै जे पनि स्वच्छ प्रतिस्पर्धावाट छनौट हुनु पर्दछ। नत्र यो लोकतन्त्र मात्र मन्त्र हुनेछ।

  4. दिपक जि, मामा को कबिता अबस्य छाप्नु पर्दछ नत्र मामालाइ हिनतबोध र आत्मग्लानी हुनेछ उहाको कबिता बरु सुधार गरी पढौला! कही न कही अबस्य स्थान दिनुपर्दछ है । बरु अन्य कबिता हरुलाई समेत् स्थान् दिने गरि कबिता स्तम्भ नै रखिदिनुस्,अबस्य कुनैनकुनै उत्कृष्ट राष्ट्रीय गान् छापिने छ्।

  5. Deepal JI namaste
    umesh ji ko cc garera mero ma send garnush la.
    Khai Mero email Id ma send garnush ta?
    yek choti mama ko rastriya geet herau.

    Ma pani check garchu
    4 minutes lai 1 minute ma edit garera jharna sakincha

    milema
    http://www.wnsa.net
    ma rakdinchu

    Sharma GS (ICT Professional)
    Nepal ICT Hub P. Ltd.
    [email protected]
    Direct 977 9803025805(Mero Mobile), 977 1 2390188 (UTL Mobile)
    Kathmandu Nepal

  6. Dear deepak,
    I like your writing too.
    And If possible post the poem as well. may be this can lead to more participation for the poem competition.
    Good luck ahead.

  7. Deeapk
    timro mama ko teo kavita aaba timro matra na bhayera sabai ko ho, khai teo nai reastaya gan bhai po halchha ki? kali prasad rijal jasta le ta lekchan bhane timro mama ko kavita hami le padhna na hune ke bhayo hun? bholi teo publish garnu la.

  8. malai thaha chha tapai le hami lai padhna badhya nai banaunu hunchha. kabita paskana ko lagi nai yeti bidhi bhumika banaunu bhayeko hola jasto lagchha.
    mero mama ko kabita ra tapai ko mama ko kabita ma k farak rahechha khai padhauta hajur…

  9. मेरोसंसार को निएमित पाठक को तर्फ बाट वेलकम दीपक जी .

  10. श्याम गोतामे को एउटा ब्यङ्ग्य पढेको याद आयो केटाकेटी उमेरमा । कुनै कविले एक दिनमा १४वटा कविता लेख्छ भन्नुको मतलब हो — उ हरेक दिन १४ जना बेकार मान्छेको खोजीमा हुन्छ ।

  11. thank u deepak
    u have revealed the exact problom of a journalist.many friends and relatives expect a lot from reporter but they didnot know what the problem he has to face in deskroom.it is the common problem. i have also faces many like same problems. anyway congratulation for the new duty and i wish u all the best to handle this blog more then in past .

  12. this is the way of begining. . try to think in commercial way in begining to exist. It will pay you more from due time rather than expecting money as daily wages from other company oriented jouranlism.

  13. herumnata tyo kabita..mata ahile mushu mushu hasdai chu..yo time ma matrai hai ..feri natabad kripa bad tira najaam..heheheh..pani parna agadi chata odeko hoki keho? tara herumnata mamako kabita ..
    manandhar..JPN

  14. Deepakji we see you on Kantipur ,I like your reporting and it is good to see you in mysansar thankyou.Yes sabaee aaafno aafno damfu bajauna laee naee loktantra bhandaee chan,sabaee aafno aafno subidha ra mang tersaudaeechan,chor daka kuleyamm lootmachaudaeechan,kay yaskaee lagee loktantra ho ra

  15. Yo Umesh bhanda ta yo deepak dherai thik rahechha. aab yo umesh lai kick out garna parla jasto chha.

  16. deepakji, i like your way of presentation.
    best of luck. and umeshji, how are you now, pls take care of your health. we wish for speedy recovery.

  17. Umesh ji
    wish you full recovery on your health at earliest time possible.

    Present & future will be searching for you, because of:
    -your courage, classical views & material and timing of the news!
    -till date, No jouranlism can match with your honesty & nutrality.
    -If you were unable to run the Mysansar.com – Jana Aandolan II couldn’t be understood 100% by us(expatriate nepali)
    -you are being awarded by our hearts & minds & hope the future interim goverment will award you.

    Wish you all the best!

  18. दिपक जी
    नया ब्लगरको नँया सुरुवात संगै केही नयाँ कुरो गरौ है त
    उमेश जीलाइ न्युज एलर्जी भए जस्तै मलाइ पनि केही दिनदेखी बडो टेन्सन लागीराछ यो देशको वर्तमान घटनाक्रमहरु देखेर त्यसैले दिपक जी म सबै नेपालीहरुलाइ केहि सुझाव दिन चाहान्छु।
    आजकाल मेरो हरेक दिन बचेको समय मुर्चुङगा संग वित्न थालेको छ । विहानको नास्ताको समय होस् या कार्यलयको भ्याइनभ्याइ कामको चाप बेलुका सुत्ने समय होस् या त अरु कुनै समय आजकाल म बडो चाख पुर्वक यो मुर्चुङगा लाइ उपयोग गरीरहेको छु मैले। मुर्चुङगा अर्थात मुर्चुङगा डट कम विषेशगरी प्रवासमा बस्ने हामी जस्ता नेपालीहरुको लागी एउटा अतिनै उपयोगी वेवसाइट ठेगानाको नाम हो यो यसमा अधिकासं नया तथा पुराना गायक तथा नया तथा पुराना गीतहरु संग्रहीत गरीएको छ। अरु त अरु गैरीखेतको सीरै हान्यो देखी आजकालको वाधापरुन रिमीक्स सम्म संग्रहीत छ यसमा ।त्यसैले यो अत्यासलाग्दो दुनियामा कहिले काही कसैलाइ कुनै कुराको एलर्जी भए यो साइटको प्रयोग गर्नुस् कतै एलर्जी हटिपो हाल्छ कि !
    नेपाल र नेपालीको सदा जय होस् जदो !
    अविरलयात्री
    साउदीअरब

  19. दीपक भट्टराई सर नमस्कार
    नयाँ मान्छे नयाँ कुरा राम्राे लाग्याे। उमेशजी अाराम गनुृ अिन पछी राम्रा-राम्रा खबरहरु पस्कीनु हाेला ।

  20. Bhai Deepak

    It should be printed, a great sentiment of simple citizen can have great meanings.

    A research paper on DNA (Di-Nucleicribo Acid)once rejected from reputed Journal, published and printed on other Journal had won the Nobel prize and still have the great meanings. This has been renouned as a great literature in the field of genetic science.

    Collect courage and try to it printed.

    Lapsibote

  21. Dipak ji,Umesh ji
    thank u
    lekha sarai ramro lagyo.tyo kabita hamile pani padhana paye hunthyo.
    umesh ji tapai ko health kasto chha ? wishing to good health.
    ap

  22. उमेश जि कस्तो छ तपाईंको मामा ले लेखेको राष्टियगानमा समाबेश हुने कबिता के तो कबिता ले जनताले चाहे जस्तो जनभावाना बोकेको छ त नेपाल आमा को मर्मलाइ आत्त्मसात गरेको छ त यदि तेस्तो छ भने एक पल्ट इ तपाईंका पाठक सामु पेस गर्न सक्नु हुन्छ । हामीलाइ पनि हेर्ने र पढ्ने मौका दिएमा साह्रै आभारी हुने थिएउ । चाडै पाउने आसा एबम भरोसा राख्दै प्रतिक्षा मा बसी राख्न्ने छौ ।

Comments are closed.