जनरलको रात्रिभोजमा राष्ट्रियताका कुरा

-दीपक भट्टराई-

नयाँ बानेश्वर उसै पनि काठमाडौंको अग्लो ठाउँ हो, त्यसमाथि एभरेष्ट होटलको सातौं तलाको रुफटप गार्डेन रेष्टुरेन्टमा बसेर नेपाली सेनाका एक जनरल भन्दैथिए, बुझ्नु भो, तपाई र हाम्रो इन्टरेस्ट एउटै हो, राष्ट्रियताको रक्षा गर्ने।

मलाई त उतिसार्‍हो अरुले बोलेको कुरामा फ्याट्ट कमेन्ट गरिहाल्न मन लाग्दैन। तर मसँगै जनरलको आतिथ्यमा गएका अर्का चर्चित पत्रकारले भने रोक्न सकेनन् र प्वाक्क भनिहाले, कसले भन्यो तपाईलाई पत्रकारको इन्टरेस्ट राष्ट्रियता हो भनेर। उनले अझै थपे, पत्रकारको इन्टरेस्ट त इन्फरमेशन हो र उसको काम आफूले पाएको इन्फरमेशन अरु सम्म पुर्‍याउनु हो। जनरल एकछिन छक्क परे।

दोस्रो जन आन्दोलनपछि सेनाले संचार माध्यमसँग सम्वन्ध (कि छवि -) सुधार्न होला पत्रकारहरुलाई आज सोमबार पाँचतारे होटलमा बोलाएको थियो र एउटा निम्तालु म पनि थिएँ। दश बार्‍ह जना पत्रकार र सात आठ जना सेनाका अधिकृत बसेर रात्रिकालिन भोज सुरु गर्नुअगाडि सैनिक जनरलले राष्ट्रियताको कुरा झिकेका थिए।

राष्ट्रियता अझ त्यसमाथि पनि राष्ट्रवादी भन्ने शब्द नेपालमा ज्यादै बदनाम ढंगले प्रयोग भएको छ। राजालाई सबैभन्दा बढी राष्ट्रवादी मान्ने र उनकै आशा भरोसामा बाँच्नेहरुलाई नेपालमा राष्ट्रवादी भनिन्छ। राजा महेन्द्रले पञ्चायतकालसँगै राष्ट्रवादको नारा ल्याएका थिए।

त्यसपछि बुज्रुकहरुले आफूलाई कि त प्रजातन्त्रवादी भन्न रुचाए कि प्रगतिशील तर राष्ट्रवादी जस्तो राम्रो शब्दको अर्थ त्यसै-त्यसै नकारात्मक बन्दै गयो। कतिपय अवस्थामा त प्रजातन्त्रवादीको उल्टो नै राष्ट्रवादी बन्न पुगे।

खैर जे होस, एभरेष्टको रुफटपमा राष्ट्रियताको कुरा भने धेरै सुन्नु परेन। सैनिक जनरल भन्दा अलि परको कुर्चीमा बसेकाले मेजरको गफ सुन्न थालेँ। संचार माध्यमले माओवादीका सेनालाई चाहिने भन्दा धेरै बढाईचर्ढाई गरे भन्ने उनको गुनासो थियो। मलाई त्यस्तो लाग्दैन भनेर जवाफ दिने मन त थियो, तर कहाँ सुन्नु! मेजरले खाना सँगसँगै गफ पनि टन्न खुवाए।

Sagar
सुर्खेतको अस्थायी ब्यारेकमा रहेका माअ‍ोवादी ‘जनसेना’। फोटोः सागर श्रेष्ठ

माओवादी सेना पनि अस्थायी ब्यारेक बनाएर बसेको खबरको शब्दचित्र आजभोलि संचार माध्यममा बढिरहेका छन्। त्यसले पूरै नेपाली सेनालाई हो वा मसँग गफ गर्ने मेजरलाई मात्र हो बुझ्न त सकिनँ तर मेजर भने बढी नै चिन्तित बनेको पाएँ।

मलाई भने माओवादी सेनाको हरेक गतिविधि अहिले समाचार माध्यमले धेरै भन्दा धेरै प्रकाशमा ल्याउनुपर्छ भन्ने लाग्छ। पहिलो त माओवादीका सेना कति छन्, तिनको हतियार कस्तो छ भन्ने सबै कुरा जनताले थाहा पाउँदा सेनालाई पनि राम्रै हुन्छ।

संविधान सभाको निर्वाचनका बेला माओवादी सेनालाई संयुक्त राष्ट्रसंघको सुपरिवेक्षणमा निश्चित घेरा भित्र राख्छौं भनेका माओवादीको सैनिक संख्या र हतियार अहिल्यै छर्लङ्ग पार्न सकियो भने त्यतिबेला उनीहरुले चाहेर पनि लुकाउन सक्दैनन्। त्यसैले माओवादीले जतिसुकै धेरै हतियार वा सेना आफूसँग छ भन्छन् ती सबैलाइ प्रकाशमा ल्याउनुपर्छ। ताकि भोलि संविधान सभाको निर्वाचनका बेला टाउको गनेर माओवादी सेना र तिनका हतियार राख्न पाइयोस् र संविधान सभामा निर्धक्क जनताले मत दिन पाउन्। त्यसका लागि माओवादी सैनिकलाई जतिसक्दो धेरै एक्सपोज गर्नुपर्छ भन्ने मेरो धारणा छ।

डेढ महिनाअगाडि उदयपुरको घुर्मी बजार जाँदा माओवादीका सात डिभिजन मध्येका एक डिभिजन कमाण्डरसँग भेट भएको थियो। ३१ वर्षीय माओवादी ‘जनरल’ राजेशले भनेका थिए, हामीसँग एउटा डिभिजनमा ३ हजार देखि पाँच हजार सम्म सैनिक छन्, उनको भनाईको आधारमा माओवादी सैनिकको संख्या १७ देखि ३५ हजारसम्म हुन्छ। यस्ता समाचार प्रकाशमा आउँदा हानी कसैलाई पनि हुँदैन। अझ हतियारको प्रकार र संख्या पनि प्रकाशमा आए त्यो झन् अझ राम्रो हुन्छ।

रात्रिभोजमा चाहेर पनि सैनिक अधिकृतसँग यो विषयमा चर्चा हुन नपाएकोमा मलाई कुनै खसखस लागेको छैन। तर, कतै सैनिकको पाँचतारे भोजमा सामेल हुने पत्रकारको नामावली भन्दै कसैले पत्रिकामा छापिदेला कि भन्ने शंका चाहिँ छ। किनभने २०६१ फागुनमा तत्कालीन मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीले बोलाएको यस्तै भोजमा जाँदा आफ्नो नाम पनि समाचार बनेर पहिलोपटक एक साप्ताहिकमा छापिएको थियो।

15 Comments

  1. Mingo Hang jee,

    I really appreciate Mingso Hang’s response. However, Mingso Hang, can you be more specific about your comment because your audiences, like me, want to know know more than what you have stated.

    Limbu from Tehrathum

  2. please don’t take it in a negative sense. You know Always the ranking syustem should be like a pyramaid.If the teacher becomes like a student, father becaomes like so then what will happen.So respect and descipline is the whole thing.

  3. American officers regularly gives party to the journaliist aiming that they could flash their information informally and to influence journalist.the practice is usually done there . i think the party which u and ur colligues attend managed by army general perhaps intend the same idea.in the present context amry force is being criticized from everywhere so they shouldhavebeen applying the same techniques. so be careful deepak ji. otherwise there is no meaning to give party seperately to the journalist in top of fivestar hotel with five iteams of meat and plenty of drinks. they invite and u ateend there is no problem but never influence your pen with that kinds of parties. anyway thank u for the information that we also came to know that armies are applying new techniques to influence journalist.
    i expect same kind of information from u in coming days .

  4. पत्रकार साथी
    राष्ट्रबाद को कुरा रेस्टुराँ को टेबल मा बसेर नशा को ताल म झुम्दै गर्ने नभएर माने भञ्ज्याङ्, पसुपतिनगर्, सुस्ता, महेशपुर्,दोधरा,चांदनि,टनकपुर्,कालापानि आदि जहाँ सिमाना मिचिएका छन त्यहाँ गएर गरौ भनेर भन्न सक्नुभएन्, ति राजा का घोडा र जनता का हत्यरा हरु लाई ।अखिर तपाईं पनि त नेपाली हो तपाईं ले उत्तिखेरै जवाफ दिनसक्नुपर्थ्यो होईन र? पत्रकार को काम खाली सुचना संकलन गरेर जनता लाई पस्किदिने मात्र हो भनेर पन्छने काम नगरेको भए तत्काल लाई तपाईं ले तीनी हरु बाट अपमानित हुनु पर्ने भएता पनि तथ्य बाहिर आएपछी त सबै ले राम्रै मन्थे होलन नि ।

  5. दीपकजी राम्रो कुरा गर्नु भयो । देशमा हतियार बोक्नेहरुका कारण हरेक अपराधिक गतिविधि राजनीतिकीकरण र राजनीतिको अपराधीकरण भइरहेको छ । संविधानसभाको चुनाव सम्म जाँदा हरेक वालिग नेपाली नागरिकले उसको वा उनको मताधिकारलाई नीर्भयताका साथ व्यक्त गर्न पाउने कुराको सुनिश्चितता भएन भने, देश अर्को अशान्तिको दशकौँ लामो दलदलमा भासिने कुरा निश्चितप्राय: छ । यो विषय यस कारणले खतरनाक छ कि ,हाम्रो भूराजनीतिक परिस्थिति तथा एशियाका दूईवटा रणनितिक रुपमा शक्तिशाली राष्ट्रहरु वीचको हाम्रो देशको अवस्थितिले गर्दा हाम्रो भविष्यका बारेमा हामी आँफै सचेत भएर एकीकृत समन्वयको समावेसी बाटोमा जान सकेनौँ भने , असन्तुष्ट शक्तिहरु सधेँ अस्थिरताका लागि कृयाशील हुने परिस्थिति जीवित रहिरहनेछ।
    पत्रकारहरुको योगदान देशको यो चिन्तालाई निराकरण गर्ने कुरामा रहोस् , शुभकामना !!!

  6. khanamatrai khayeko le hoki arunai pani khayeko? jun patrika ma naam auda lajlagne khalko..bhattarai-ji pani bhadaure jhari auna agadi chata odeko pakkai hoinata?? heheh
    manandhar JPN

  7. anee yee sena lay 5star ma party garna hatiyar kinda payeko commision use gareyko ki Rastriya budget bata patrakar sathee haru panee janee najannee yee sena ko jall ma pasdaee janchan ki kay ho?

  8. दीपक जी, तपाँइको लेख सटीक लाग्यो।
    अहिलेसम्म सेना, जनपद र शसस्त्र प्रहरी सबैले आफ्नो रूखो शैली र कठोर व्यवहारका कारण आफैंले आफूलाई जनताको नजर बाट गिराएका छन्। आफ्नो गिरेको छवि माथि उठाउनका लागि उनीहरूले जनताहरूसित शासकको हैन सेवकको भूमिका निर्वाह गर्नु पर्दछ। जनतामाझ गिरेको छवि माथि उकास्न उनीहरूलाई बर्षौं सम्म पनि लाग्न सक्छ र छिटफूट हुने गरेका ज्यादतीका घटनाले यो अवधि अझै लामो पनि हुनसक्छ र छवि धमिलै रहिरहन पनि सक्छ। यो कुरा सुरक्षाकर्मीहरूले बुझ्नु पर्दछ।
    रह्यो राष्ट्रियताको कुरो। राष्ट्रियता नरहेसम्म राष्ट्र रहन्न तर नेपालमा राष्ट्रियताको डम्फू बजाएर देश चुस्ने हरूले यो शब्दको अर्थ शंकुचन हुन पुगेको छ। जस्ले राष्ट्रियताको नारा दिए तिनीहरूले नै देश बेच्न सम्म चुकेनन्।
    यिनै कारणले् राष्ट्रियताको सवालमा हामी धेरै उदासीन भयौं जस्तो लाग्छ। तर जनतामा राष्ट्र प्रति माया भएन भने देशका सीमा मिचिँदै जान्छन्, सीमानाको निषेधित स्थानमा विदेशी सेनाको चहल पहल भैरहन्छ। सीमा क्षेत्र डुबान हुनेगरी बाँध आदि संरचनाहरू बन्दै जान्छन्। देशभर भारतीय मुद्रा (भा.रू.) निर्धक्कसित चल्नु, भा.रू. चलाउन हामीलाई अलिकति पनि झन्झट नलाग्नु, देशको जुनसुकै भेकमा हिन्दी भाषा निर्धक्क रूपले चल्नु, टुटेफूटेकै भएपनि हिन्दी बोल्न हामीलाई लाज-सरम नलाग्नु, एफ.एम. तथा टेलिभिजन च्यानलहरूले निर्लज्ज रूपले आधा भन्दा बढी कार्यक्रम, चलचित्र तथा गीतहरू हिन्दी नै बजाउनु ले हाम्रो राष्ट्रियतालाई कतातिर डोहोर्‍याउँदैछ? यो सबैले मनन् गर्नुपर्ने बेला भैसकेको छ।
    हामीले हाम्रो राष्ट्वादलाई नयाँ ढंगले परिभाषित गर्न अबेर भैसक्यो। पशुपतिनगर रोईरहेछ, कालापानी चिच्याईरहेछ, लक्ष्मणपुर चहर्‍याईरहेछ। यी सबै कुराहरूले नेपाली जनताको मन छिया-छिया भैरहेको छ। आठ पार्टी, जनमुक्ति सेना र नेपाली सेनाको ध्यान खै यतातिर गएको?
    यी कुराहरू पनि आगामी लेखहरूमा विश्लेषण गर्नुहुनेछ भन्ने आशा लिएको छु।
    धन्यवाद

  9. I believe you are right Mr. Hang. What type of curricular and training are these Nepalese Army having. It seems the post-conflict government must appoint some neutral millitary experts to reform and improvise the settings, specify objective of nationalism, and not monarchy, during recruitment, training and utilizing their potential. Then, check who interferes those appontive bodies to ignore their instructions, and gradually discipline them. Abrupt change of such feudal attitude overnight is impossible. Thse soldiers right from the top need to be educated systematically, and under strict monitoring and follow-up. Who knows the Nepalese Army might coup even after the abolishment of monarchy in the days to come? For example, Pakistan is a glaring example.Thanks.

  10. umesh ji thanks

    Sena bhanne sabda dekhi nai ghrina lagna thalyo.
    tesmathi pani testa le Rastra Bad ko kuro garne……..Sena le gareko Jyadati ko sima nai dekhidaina..garib ra nirdosh janata lai marne jungle ma lager gadne kasto attyachar …malai ta aajakal Prachanda le bhaneko kura sachchai ho jasto lagna thalyo….tyo pratibedan bat charlanga hunchha nepali sena ke samma garna sakchhan bhanne.. Uni hru lai Daya ra Maya bhnne kun chara ko nam ho tyo thaha nai chhaina….
    as

  11. I like the above comment. Army must have the respect for ordinary people and their service should benefit common people. They must no that their salary comes from tax payer’s money not from the king who gobbles everything what he gets and tried hard to make the country poorer by day and nights over last 237 years. Has the army and the king has the answer why nepal is so poor economically, polilitically and socially in the world. Both king and the army are the answer for this question. So if the army think they are partritic, start being engaged in development work. Go to hill use the force of army constructing bridge, roads, controling landslides, helping in emergency of earthquakes, help in agriculture. Don’t sit and eat in barrack and use the low ranking solders as their servant like as if their limbs are paralysed. Get real army boy just don’t talk rubbish while you are intoxicated with whisky or whatever you are drining. Work and demonstrate just don’t bulshit garbage from the roof of the five star hotel. Have a guts to walk and do something rather than talking useless.

  12. रास्ट्रबाद भनेको देस र जनताप्रति समर्पित हुने हो कि वा राजा र दर्बार प्रति समर्पित् हुने हो?ति सैनिक् जनरलहरुले रास्ट्रबादको कुरा गरेर नेपालि जनताहरुलाइ रातारात सिबपुरि जङगलमा लगि गोलि ठोकेर सामुहिक हत्या गरेको चाहि कुन बाद हो?अब नेपालि सेनाहरुलाइ पनि लोकतान्तृक पध्दति अनुरुप सिक्षा दिक्षा र तालिम दिलाउने सोच गर्ने हो कि?

  13. rastra bad”””” hahahaha

    khasma bhane ke ho bhanda — rastrabad == rajabad — ani dasata—- namaka ko sojho—

    cool writing

Comments are closed.