संसदमा सेनाको सपथ साथै स्यालुट

-दीपक भट्टराई-

Pic: Sagar
सभामुखलाई स्यालुटः प्रधानसेनापति सभामुख सुभाष नेम्वाङलाई स्यालुट गर्दै। फोटोः सागर श्रेष्ठ
“म प्यारजंग थापा ईश्वरको नाममा सपथ लिन्छु (सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु भने पनि हुन्थ्यो तर प्यारजंगले ईश्वरकै नाममा सपथ लिए) कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा मात्र निहित रहनुपर्ने भनी जनताद्वारा जनआन्दोलन मार्फत् व्यक्त भावनालाई उच्च सम्मान गर्दै नेपाल राज्यको सम्पूर्ण अधिकार सार्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाले नै प्रयोग गर्ने गरी प्रतिनिधि सभाबाट २०६३ जेठ ४ गते पारित प्रतिनिधि सभाको घोषणापत्र २०६३ प्रति पूर्ण वफादार रही प्रधानसेनापति पदको कामकाज प्रचलित कानूनको अधिनमा रही कसैसँग डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारी साथ गर्नेछु र आफ्नो कर्तव्यपालनाको सिलसिलामा आफूलाई जानकारीमा आएका कुरा म पदमा वहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन।”
Pic: Sagar

संसद सचिवालयको सभाकक्षमा सभाभुख सुवास नेम्वाङबाट सपथ खाए पनि नाम फेरिएको नेपाली सेनाका प्रमुख, प्रधानसेनापति प्यारजंग थापाले सचिवालयले उपलब्ध गराएको चिया खाएनन्। जनआन्दोलनको भावना अनुसार आन्दोलनको सम्मानमा संसदले निर्माण गरेको सपथले नै ‘टन्न’ भएकाले प्रधान सेनापतिले चिया नपिएका भने होइनन्। संसद सचिवालयको चियापान समारोहमा सरिक हुन लागेका प्रधानसेनापतिलाई पत्रकारले सपथ ग्रहणपछिको अनुभव सोधेका थिए।

अनुभव सुनाउनुभन्दा चियाको सुर्को छोड्नु नै श्रेयस्कर मानेका प्रधानसेनापतिले करिब एक मिनेटसम्म पछ्याइरहेका संचारकर्मीलाई एउटै शव्द नबोली टारिदिए। सञ्चारकर्मीले पटक-पटक एउटै प्रश्न सोधेका थिए, राजाबाट सपथ लिएका तपाईँलाई यसपटक सभामुखबाट सपथ गर्नुपर्दा कस्तो लाग्यो ?

सिमसिमे पानीमा अरुले ओढाइदिएको छातामुनि हिँडेका प्रधानसेनापति थापालाई पत्रकारले एकहोरो प्रश्न सोधिरहँदा दिक्क लागेको हुनुपर्छ। तर, पत्रकारलाई उत्तरै नदिई फुत्किएका थापाको, गाडीमा चढिसकेपछि भने ढोका लगाउनुअगाडि अनुहारमा हल्का हाँसो देखिएको थियो।

पत्रकारलाई उत्तर नदिई फुत्कन पाएको विजयमा त्यो हाँसो आएको थियो वा अरु कुनै – (व्यङ्ग्य वा रुन्चे ) हाँसो भनेर छुट्ट्याउनु अगाडि नै उनको कालो सिसावाला गाडी संसद परिसरबाट हुँइकिएको थियो।

Pic: Sagar
सभामुखको अगाडि शपथ खाँदै प्रधानसेनापति। उहाँले शपथ त खानुभयो, तर चिया खानुभएन। फोटोः सागर श्रेष्ठ

आफ्नै नेतृत्वको सुरक्षाफौजले दबाउन नसकेको जन आन्दोलनलाई सर्वेसर्वा भन्दै त्यसैको भावना अनुसार संसदले बनाएको सपथ लिएका प्रधानसेनापति थापाले एउटै पदका लागि दुई पटक सपथ लिनुपर्ला भनेर सायदै चिताएका थिए होलान्। तर चैत-वैशाखको जन आन्दोलनपछि आज बिहीबार फेरि नेपालमा अर्को एक ऐतिहासिक काम भो। राजदरबारमा राजाबाट राजभक्तिको सपथ लिँदै आएका (भर्खरै शाही मात्र हटेको) नेपाली सेनाका प्रमुखले आज सभामुख सुवास नेम्वाङ्गबाट सपथ लिनुपर्‍यो।

केही वर्षअगाडि राजाबाट प्रधानसेनापतिको सपथ लिइसकेको प्यारजंगले जनताको नाममा आज पुनः सपथ लिएपछि नेपाली सेना साFच्चै जनताप्रति उत्तरदायी होला त – शपथ लिन इन्कार गर्ने अधिकारी स्वत पदमुक्त हुने भन्ने प्रतिनिधि सभाको घोषणामा उल्लेख भएकै कारण प्यारजंग सपथका लागि संसद पुगेका होइनन् होला। सरकारले म्याद नथपेमा नियमानुसार यसै महिना सेवानिवृत हुने प्रधानसेनापतिले जन आन्दोलनमार्फत् व्यक्त भावनालाई आदर गर्ने शव्द अब सपथमा मात्र रहनु भने हुँदैन।

Pic: Sagar
यो सपथपछि माओवादी समस्यालाई हल गर्न नेपाली सेनाले पनि सहयोग गर्नुपर्छ। किनकि जनताले जनआन्दोलन मार्फत् राजाको निरङ्कुशताको अन्त्य मात्र खोजेका होइनन्, देशमा शान्ति पनि चाहेका हुन्। र, अब नेपालमा शान्ति स्थापनाको लागि एक प्रमुख भूमिका नेपाली सेनाले खेल्न सक्छ। जनताले दवाव, अभाव र प्रभावमा नपरी अर्थात डर, त्रास बिना संविधान सभाको निर्वाचनमा मत दिन पाउने अधिकारलाई सेनाले सम्मान गर्‍यो भने बल्ल यो सपथले सार्थकता पाउँछ। यस्का लागि नेपाली सेनाले अन्तर्राष्ट्रिय निकायको सुपरिवेक्षणमा हतियार बिसाई ब्यारेकभित्र बस्नुपर्छ र सरकार- माओवादी वार्ताको आचार संहितालाई हरहमेसा पालना गर्नुपर्छ। होइन भने यो सपथ अक्षर नचिन्नेले खाएको विद्यानासको कसम जस्तै हुन्छ। जो-जो ले जे-जे भन्छ खाँदै गयो, आफ्नो काम गर्दै रह्यो।

सबै फोटोहरुः सागर श्रेष्ठ

26 Comments

  1. sathibhai ho yo sabai tamasa ho nakkhu jail ma kochnu parne manchhe lai ke ke na gare bhanera sasamman samsad ma lyayer sapath khwaudai cha girija le.girija lai gayera tharkaidiyo pyare le ani darayera samsad ma sapaatha khwayer nepali janata lai bebkuf banaudai chhan yee kaju kanchha haru le.yo samsad turuntai bighatan hunu parchha bhanne janata ko mag ho .

  2. It is absulutly non sense. He has to be in prison rather than oath in Sihadarbar. He was the second gang leader of janaandolan with in a month he became people’s senapati how come ?

  3. Let us not stoop to the same dastardly level that the pro-king elements did. It’s good that the commander-in-chief came to the parliament,took his oath of office in front of the Speaker and expressed his allegiance to the sovereignty of the people. After all he is a man of stature; he should not be ridiculed like a bhaat. He has his dignity. This does not in any way mean that I am a supporter of his. His coming to the parliament is proof that he has accepted the will of the Nepali people. Let us not see grand designs or conspiracy behind this. This oath taking at least gives us some hopes that the army, which has been rumored to be loyal only to the king, has finally realized that there is no grater power than the will of the people. Let us give him a chance to prove his commitment made in front of the people.

    Sharad

  4. राजा को गुलाम को रुपमा इतिहांसदेखि आजसम्म सँचालित नेपाली सेना प्रमुख ले जन आन्दोलन बाट पुन:स्थापित जनताको सर्बोच्च निकाय प्रतिनीधिसभा बाट सपथ खान पाउनु गर्व को विषय हो । अब उनले यसलाइ कसरि लिन्छन त्यो उनको कुरा हो तर एउटा राजनैतिक क्रान्ती बाट जनतामा स्थापित भनिएको जनमुक्तिसेना को प्रमुख “प्रचण्ड” मा जुन दम्भ र असभ्यता जनताले प्रत्यक्ष्य मा देख्यो त्यो खालको टिप्पणी नेपाली सेना प्रमुखबाट नआउनु मा कसैलाइ नीराषा भए पनि समग्र लोकतन्त्र बादी नेपाली हरु लाइ उत्साहित बनाएको छ । यसरि नै आम जनता समक्ष माओबादी नेतृत्व ले हत्या ,हिँसा र आतङ्क को बिरुद्दमा कहिले सपथ खाने हो?प्रतिक्षा को बिषय भएको छ ।

  5. यो केको नौटङी नाटका गरेका हुन राजाबादिहरुले ? यिनिहरुको सांटगाठ देखेर वाक्क भै सकें । आन्दोलन्को बेलामा त अव हाम्रो नेपालमा पनि आन्दोलन पछि शुखसङ बस्न पाईएलाकि जस्तो लागेको थियो, तर पुराना नेताहरुको बुद्धि कहा पलाएको रहेछ र । बाह्रवर्ष कुकुरको पुछर् ढुङ्रोमा राखे पनि बाङोको बाङो । धन्ये नेताहरुको राजावादि बुद्धि ! जहिले पनि राजाको लगौटि बन्नेहरुले के को जनताको लागि सोच्ने । जे कुरा गरेका छन् सबै नाटकै मात्रे हो । अब त सब् जनताले बुझिसकेका छन् । यदि येस्तै नाटकमा मात्रे लाग्ने हो भने अवको आन्दोलोनको पहिलो धक्का यिनि राज्भक्ति र प्यार् जङ्भक्ति नेताहरुलाई दिनु पर्दछ सबैलाई चेतना भया । यहि चाला हो भने सम्सदिय राजबादिहरु मिलेर सम्बिधानको चुनाव गर्वमानै तुहाई दिन्छन् है । येसमा सवैले विचार् पुर्याउनु जरुरी भै सकेको छ ।

  6. all about drama……….. if u see carefully, how the army chief is taking care of paper of oath? can u check it? he is folding it in inproper way. it means he think that is non sense for him.

  7. Ok! what is this nonesense.Why the leader are forcing to take oath to the chief.Is Parajung Thapa is a new chief?What hey want to prove it? Better engaged for the developement of the country rather then wasting their time in unnecessary things.

  8. The present army structure is a club/hub of feudal religious group. The army institution should be inclusive accomadating all ethnic groups. The army is not above the law. It should be govern by the rule of the civilian laws under supreme court & should be accountable to the the nation & the citizens. Otherwise, it should be dissolved/dismantled like in Costa Rica.

  9. john, apprently the UK has a queen, and she’s rich, filthy rich, oh and did you watch Paris’s new video?

    Anyway, I appretiate the recent changes, I think we sd show some “positive” contructive critisism, although I know all that “dirty game” (steriotipical, orthodox??) crtisism also must have been constructive, it did result to this…. so kudos to all politics hates out there, u guys need appritiation too. Kudos everyone!!

    (P.S. stupid fking ie 7, i cant select the words i type in here, and all that spelling errors i make, darn you! balmer, your the one to blame, and hi5 to Umesh Sir for having this annoying selection mask, whats the point on showing the “creative commons” logo when u wont even let me edit what “”I”” have to say??)

  10. Kehi patrakaarlai bhanihalda pachi Maldaile lagharne hunki? Feri ganatantra bholi sashakta bhayo bhane afthyaaro parlaki? Manma yastai kura khelaundahun Pyarajung.

    Oath-taking in the name of God might be ambiguous. This god might be Bishnu Avataar Gyaanendra, but not the collective republican spirit of the Nepalese. So far as the matter of answering questions to the reporters is concerned, he may ignore them or keep mum. Nobody can force him to speak, as the saying goes,`One can draw a horse to water, but twenty can`t make it drink`.

  11. Hi all,
    This is drama played by army & spa as directed by KING!

    During that conspiracy visit to ROYAL PALACE (By SPA leaders) before King did the announcement on 11th of Baisakh, all they have agreed not to eliminate anyone of them.

    That’s why::
    1. SPA does not want to re-structure army who killed thousands + 21 nos of nepalese people!!!!

    2. That’s why king is pretending like he is accepting what SAP is doing in that NAATAK Ghar “Parliament Building”.

    3. That’s why SPA or Parliament can not make an announcement that Nepal is a republic contry which has been demanded by millions of nepalese people during Janaandolon#02.

    4. That’s why parties are doing nothing – means they can do nothing because all these (opportinities of being PM, DPM & MPs) were given by KING (God of SPA leaders!!!)

    What’s the next then??

    There is a clear way out for Nepalese people:

    The final strugule is needed which is JANAANDOLON#03 lead by civil society, supported by Maoists & People’s guns.

    AND GET RID OF KING, ARMY & CHOR LEADERS WHO ARE THE SERVANTS OF ROYAL PALACE (Like Girija, Oli, Susil, Shailaja, Ram Chandra who are representing the second Grade of Giri & Kamale!!!

    HI NEPALSE PEOPLE – THIS WILL BE A FINAL WAR!

    DO OR DIE FOR THE NATION!!!

  12. BL Sir ley bhaneko thikai jasto lagyo.

    Aba Pragya Prathisthan ra Sabha Griha banda garnu paryo.
    Naya Nepal ma natak manchan hune thau pani naay aayi sakyo. Tyo ke ho la bhane ” Pradhinidhi Sabha ” urf ” Sansad “

  13. आमाइ नि ति सेनाका पति प्याराजङे त शुद्ध थापा पो त पानि मिसायेको दुधको चिया कह खानु नि?उसले त तिनपाने बाघको दुधको चिया मात्र पो खाइसिन्छ त!!!यु एन ले इजरायल,लेबानन,सेरालिओन र कङ्गोबाट पठाइदिन्छ नि हो त्यो क्या!!!

  14. prajatantra lai badnam banayera prajatantra bhanna, sabda uchharan garna nahune bhaye pachhi loktantra bhanna thaleka harubata ,
    haija, chherpate lagera bankok ra thailand puraiyeka haru bata,
    logne bhayera pani sutkeri hunehru bata
    prachanda jasta apradhi janmaune haru bata
    aaja tinai apradhi haru samu jhukne nalayak haru bata

    sapath line pyarjung,timilai dhikkar chha
    dhikkar chha timijasta napunsak chief of army sanga.

  15. nau tanki ramrai gareu sabhamukh mahodaya
    dhikkar chha pyarjung kamjordaya
    yo goda muti nyano kahile samma hola ra
    prachanda le sapath khwauda balla hos kulla sabai mahodaya !!!!!!

  16. यो त नाटक गरेको? नाटक कसरि खेलिन्छ। त्यो बढि नाटककार लाइनै थाहां होला। तर यस्मा नाटकारहरुलाइ मात्र बने निकै मिलेको जस्तो छ। यिनि हरुले यसरि यो नाटक नदेखाउने हो भने हामिले कसरि नाटक हेर्ने त? ठिक छ सांसदबादिहरुको यस्बाट अगादि जाने बाटोनै कहाँ छ र। यिनि हरुले कसरि भत्ताबनाउने यसो नगरि खाने बाटोनै कहाँ छ र। खुरुक्क अन्तरि संम्बिधान् र अन्तरिम सरकार बनाइ संबिधानको सभाबाट सेतो हत्तिलाइ लगेर बागमतिको किनारमा सेलाउन छोडेर के घोकाएर बसेको होला यो सभामुख पनि। “सुत्केरिका न्यु ले मलाइ पनि घैउ ले” भने झै यिनिहरुलाइ सपथका न्यु ले समय लम्बाएर मजा संघ तलब भत्ता खान पल्केका हरु। सबैलाइ थाहाँ छ यिनै सांसदले पिन्सिनको पनि ब्यबस्था खाने पास गरे अनि अधालतले स्याकि दियो यिनको पिन्सिन। अब यो पनि कुन दिन स्याकिदिने हो थाहाँ छैन्। नेपालि उखान छ “के जातिलाइ स्वर्गजाउ बनो भने के खान पाइन्छ भन्यो” त्यस्तै यो देशको परिबर्तन गर्न छोडेर के जाति गर्न लागेको उहिं हिजोको खगेन्द्र संग्रोलाको कान्तिपुरको लेखमा “संसदको हरन् प्वाँक् प्वाँक्” बनेको कति ठिक रहेछ।

    बिएल सर

  17. बिचरा प्यारजंग

    कस्तो बबुरो देखिएको नि सेनापति भएर पनि यति कमजोरर

    माल्दाइलाई सोधेरै त आएको होला नि बर ।

    के गर्नु जनशक्तिको अगाडि बन्दुकको केही लाग्दैन भनेको यही हो ।

    माल्दाई इन्टरनेट पनि हेर्छन रे भन्ने सुनेको थिएँ । नारायणहिटीमा बर्बाराएर बसेका माल्दाइको आँखामा यो तस्वीर ठोक्किए मुटु कति भक्कानिंदो हो। अरू त अरू मेरो प्यारेले जंग द जुनियरले पनि साथ छाड्यो भनेर ।

    अब रूक्माङ्गत कट्वाललाई पनि यसैगरी संसदमा सपथ गराउनु पर्छ।

    र अब विस्तारै माल्दाईलाई पनि रायमाझी आयोगमा बोलाएर झ्याईंकुटी पार्नुपर्छ।

    बल्ल आयो जनताको पालो मण्डलेलाई पठाउ है ओरालो
    डाँडा कटाउन अब चैं पर्छ है धुलो चटाउन ।

    जय होस नेपालीको जय होस लोकतन्त्रको

  18. Friends and Fellow Bloggers: You may find the pictures amusing, but I don’t. I take this oath-taking ceremony a calculated attempt to vindicate the chief of an institution – Nepal Army – that was involved (is still involved?) in killing of innocent civilians. Soon, the bigger culprit, the king will come to parliament and do the same and he will be allowed to retain his title of “mausuf-sarkar”. Then Paras will do the same and he will be allowed to remain the “legitimate heir” to the throne. these politicians stay happy, as they can exercise their “power” to administer oath to their office. Now why care about the general public and their sentiment, right???

    I am still puzzled as to who was behind the janandolan part II? these politicians, who received 5* treatment even during their brief inprisonment? or those Nepalis who actually took the street, defied curvew orders, fought with the previous regime and in doing so got killed or were tortured??

    Has any of these politicians ever gone to the actual heroes of the movement – the people – and asked what would they have wanted to do with the army chief?

    This doesn’t require more than double digit IQ to understand what people would have wanted!

    First all those who were responsible (kamal and tank and others) were put in jail for few days and allowed them to walk free. Then a few security chieves were sacked – with full pension and benefits etc. Then a “turtle-paced” commission was formed and that has been mandated to work ad-infinitum!!

    Why can’t there be swift justice at least once? Ask the 3-year old son of the martyr, whose photo was used to ask for funds for “jana-andolan pidits”, even he would have asked for a differnt justice.

    Why do we have to witness all these dramas? Army-chief taking oath, gun-totting maobadis getting married, deputy prime-minister being escorted by an oderly and umbrella?? Hoina ta??

  19. it is a drama, let see how long these darma is going to continue in future repulic of nepal.

  20. नौटंकिको एक झलकको रोमाञ्चक पटाक्षेप । किन कि यस्ता कार्यहरु सारमा कसैलाइ जीत र कसैलाइ हारको आत्मरतिमा रमाउन चिढ्याउन उपलब्ध मसलाभन्दा बढी केहि होइन । प्यारजङलाइ अहिलेको प्रधानसेनापतिको पदभन्दापनि रिटायर्ड लाईफमा आइपर्नसक्ने झञ्झटहरुले नीदहराम गरेको हुनुपर्छ, त्यसैलाइ सक्दो टार्न उनी नौटंकिको पात्र बन्दैछन शायद ।

Comments are closed.