लेबनानमा ७२ नेपालीको मृत्यु ?

-दीपक भट्टराई-
Dipak
नहोस्, यस्तो कुरा तर, आज शुक्रबार दिउँसो पूर्वतिरको एक जिल्लाबाट समाचार आएको थियो, लेबनानमा काम गर्न गएकी एक महिलाले नेपालमा रहेका आफन्तलाई फोन गरिन् र लेबनानमा ७२ जना नेपालीको मृत्यु भएको खबर सुनाइन्।

शुक्रबार दिनभर काठमाडौंमा लेबनानमा रहेका नेपालीको विषयमा चर्चा भइरह्यो। यकिन तथ्याङ्क कतै नभए पनि संचार माध्यमहरुले करिब चार – पाँच हजार नेपालीहरु लेबनानमा रहेको तथ्याङ्क दिए । सरकारले आफूसँग अनुमति लिएर जम्मा १८ जना नेपाली मात्र व्यक्तिगत तवरले लेबनान पुगेको बताएको छ। अन्य सबै नेपालीहरु तेस्रो मुलुक हुँदै लेबनान पुगेका हुन् र जसमध्ये वैदेशिक रोजगार दाता कम्पनीहरुले भारतबाट लेबनान पठाउनेका संख्या सबैभन्दा धेरै छ।

लेबनानमा रहेका नेपाली समाजका अध्यक्ष दीपेन्द्र उप्रेतीले नेपालीहरु कोही पनि मरेको र घाइते भएको आफूलाई जानकारीमा नआएको कुरा शुक्रबार साँझ ६ बजे तिरको टेलिफोन सर्म्पर्कमा भनेका थिए । तर आज बिहानै अखवारहरुमा इजरेली बम आक्रमणका कारण राजधानी बेरुत नजिकै एक जना नेपाली हरि सिग्देल घाइते भएको समाचार आएको थियो ।

हिजो नै बीबीसीका रिपोर्टर म्याट्रिक प्यासेन्सले एक जना नेपाली गोपाल घिमिरेलाई उद्घृत गर्दै लेबनानमा रहेका अन्य देशका भन्दा नेपालीहरु सबैभन्दा अभागी जस्तो गरी समाचार लेखेका छन् । गोपाल घिमिरेले बीबीसीका रिपोर्टर प्यासेन्स समक्ष आफूलाई बेलैमा उद्धार गरिएन भने, लेबनान मै मर्छु होला भनेका छन् ।

परराष्ट्र मन्त्री खड्ग प्रसाद ओलीले नेपालीका उद्धारका लागि भारतीयसँग सहयोग मागिएको बताएका छन् र आज ६ जना नेपाली भारतीयहरुलाई उद्धार गर्न गएको पानी जहाजमा चढेर सँगै सुरक्षित गन्तव्य तिर लागेको बताएका छन् ।

सरकारी तjरबाट भारतीयको सहयोग मागिएको बताए पनि नेपाली समाजका अध्यक्ष भने आफूहरुकै पहलमा सोमबार सम्म ५० भन्दा बढी नेपालीलाई बेरुतबाट भारतीयहरुसँगै भारततर्फ पठाइने बताइने बताएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार लेबनानमा नेपाली राजदुताबास छैन, इजिप्टको राजधानी कायरोमा भएको नेपाली दुताबासका एक जना प्रतिनिधिलाई लेबनान पठाइएको छ । उनलाई सबै नेपालीको अवस्था बुझ्न र आवश्यक कदम चाल्न भनिएको छ । लेबनानमा नेपालको कन्सुलेट अफिस (अवैतनिक वाणिज्यदूत) कार्यालय छ र त्यसमा अहिलेसम्म करिब ५० नेपालीले सम्पर्क गरेको परराष्ट्रले जनाएको छ ।

हामीलाई अहिलेसम्म लेबनानमा रहेका नेपालीका बारेमा यति नै खबर थाहा छ । तर, ७२ जना नेपाली मरेको खबर भने कतैबाट पुष्टि भएको छैन । मानिस घाइते भएको र मरेको समाचार आउँदा पहिले जहिले पनि असाध्यै ठूलो नम्बरको तथ्याङ्क आउने गर्छ र पछि त्यो तथ्याङ्क घट्दै जान्छ । माओवादी युद्धका बेला होस् कि सवारी साधन दुर्घटना हुँदा नेपाली संचार माध्यमहरु जनधनको क्षति, जति पछि भो उति घटाउँदै लगेको उदाहरण छन् ।

ती महिलाले ७२ नेपालीको मृत्यु भन्ने खबर आफन्तलाई दिएको थाहा पाउनासाथ लेबनानमा तिनको सम्पर्कमा फोन गर्न कोशिश गरे पनि युद्धका कारण धेरै जसो सञ्चार सम्पर्क विच्छेद भएकाले सम्पर्क हुन सकेन ।

विदेशमा रहेका नेपाली कामदार बारे नेपालमा चासो हुन थालेको इराकमा १२ जना नेपालीहरु मारिएपछि नै हो । जति विध्वंस त्यतिबेला नेपालमा भो, त्यति धेरै विनास एकै दिन काठमाडौंमा मानवीय कारणबाट कहिल्यै भएको छैन होला । केही महिनाअगाडि भारत प्रशासित काश्मिरमा पनि एउटै गाउँका ८ जना नेपालीको हत्या भयो । तर यो घटनाले इराक घटनाको जस्तो चर्चा पाउन सकेन । नेपाल सरकारले मारिएका नेपालीका आफन्तलाई सहयोग गर्न सरकारसँग अनुरोध त गर्र्यो तर, त्यस्को परिणाम अहिलेसम्म सुन्नमा आएको छैन ।

नेपाली सरकार यस्तो बहिरो छ कि कुनै ठूलो उधुम नगरेसम्म यो कानमा तेल हालेर बस्छ । यदि इराकमा नेपाली मारिदा जस्तै विरोध भएको भए सायद काश्मिरमा मारिने नेपालीका आफन्तले पनि इराकमा मारिनेका परिवारले झैं सरकारबाट सहयोग पाँउथे होलान् । तर, नेपालीले यसपटक विदेशमा मारिएका नेपालीको कारण आफ्नै देशको संरचना ध्वस्त पार्न हुँदैन भन्ने बुझेर पनि अविवेक प्रदर्शन गरेनन् ।

तर, लेबनानमा अलपत्र परेका नेपालीका विषयमा पनि सरकारलाई चारैतिरबाट बेलैमा सचेत बनाउनुपरेको छ । जसरी अन्य देशका सरकारले आफ्ना देशका नागरिक फिर्ता बोलाउन सहयोग गरेको छ, नेपाल सरकारले पनि विदेशको भर भन्दा आफ्नै तर्फबाट केही पहल गर्नुपर्छ । आजसम्म शान्त बस्ने र भोलि केही भइ हालेपछि तदारुकता देखाएर केही हुनेवाला छैन ।

नेपाल सरकारको चाला, जब पर्‍यो राति तब बुढी ताती झैं छ । त्यसैले सँधु पछुताउनु पर्ने हुन्छ, अघि चेते चेते नही, पछि चेते होत नहिं भने जस्तै । बेलैमा चेत्नु छैन पछि चेतेर केही हुने वाला छैन । लेबनानमा कति नेपाली कहाँ छन् भनेर थाहा नपाएको सरकारले अरु देशमा अहिल्यै देखि नेपालीहरुको तथ्याङ्क संकलन र समय समयमा त्यस्मा हेरफेर गर्‍यो भने भोलि अन्यत्र पनि यस्तो अप्ठेरो पर्यो भने उद्धार गर्न सजिलो पर्छ । तथ्याङ्क संकलन र परिमार्जनमा विदेशमा बस्ने सबै नेपाली दाजुभाइ, दिदीबहिनीले सहयोग पनि गर्नुपर्छ।

31 Comments

  1. news ko lagi dherai dherai dhaynabad. aba hamro ahile ko sarkarle udaar(rescue) garnu paryo. hamro nepali daju bhai, didi baini haru lai jasari pani nepal lyanu paryo. chando bhanda chando sarkarle pahal garnu paryo… nepali haru ko bhadyata cha bidesh janulai pani..

  2. ABa baedesik rojgaree ma gayara paeesa remitance aauda Gov kush tara uneeharu aapad ma parda hamilaee thaha chaina bhannay,IraQ ghatna ma pannee yastaaee yastaee kura aayako thiyo ,pls aafno desh bhanera kina maya garney ra aapad bipad parda uudar garnla Rastrriya pahichan hola bhanara ta ho ni,ki neta haru laee padh ra paisa kumlayuna matra desh ho ra

  3. I am really shocked after reading avobe sorrowful news. I hope it’s not true in real. Nepali Goverment should take responsibility to safeguard the Nepalese people’s life who are staying in Lebnan due to their economical or due to someother reason. Government must do something by itself without looking neighbour inorder to promote and to safeguard people’s life

  4. I fully agree with Sashi Amatya and Nepali ma Blag. Goverment should take the responsibility of the Nepalese people who are endanger in Lebnan.

    Sujata

  5. Please take action to remove all nepales from Lebnan in this situation, the govn of Nepal don’t think any thing after happening. the moment is very critical who are staying in Berout capital of Lebnan.
    Madhab
    Doha Qatar

  6. यस दुखद समाचारको टिका टिप्पणी गर्ने अजिब अजिबका पाठकहरु देख्दा अचम्भ लाग्छ। एकजना टिप्पणीकर्ताको भनाइ अनुसार त्यहां नेपाल सरकारले गर्न सकने केहि रहेन छ मलाई उहांसित प्रश्न गर्न मन लागेको छ अरु सरकारको लागि सम्भव हुने काम नेपाल सरकारको लागि कसरि असम्भव भयो? अर्को एकजना बुज्रुग मित्रले सरकारलाई मात्र दोष थोपर्‍यो भनेर टाउको दुखाउनु भयको रहेछ देश र जनताको जिम्मा सरकारले नलिय त्यो के का लागि सरकार हुन बुज्रुग मित्रले जवाफ दिनु पर्‍यो।

    गांठी कुरा फेरि त्यहि हो यि नेता भनाउंदाहरु सप्पै एकै ड्याङका मुला हुन। यिनिहरुलाई पद, पैसा,अगि पछि चाकडी चाप्लुसी गर्ने फटाहा हरुको जमात र हाम्रो नेताले भनेको जे पनि ठिक भन्ने अन्ध भक्तहरुको जमात भय देश र जनतालाई जेसुकै होस केही मतलब छैन। हो, त्यसैले हो मैले जन-आन्दोलनको भाग तिन छेडनु पर्‍यो भनेर आव्हान गर्दै आयको। जन-आन्दोलन भाग तिनले मात्र देश र जनताको लागि पूर्ण प्रजातन्त्र दिनेछ। त्यसपछि मात्र यस्ता धुर्त नेताहरुले तिरि मिरि झ्याईं भोग्नु पर्नेछ।

    अब लेबनानमा के गर्न सकिन्छ त? भारतको मात्र मुख ताकेर हुंदैन त्यहां उद्द्वारमा लागेका सबै सरकारलाई आग्रह गर्नु पर्‍यो। नेपाल सरकारले भय पनि जन सरकारले भय पनि एकजना प्रतिनिधि खटाउनु पर्‍यो र उद्द्वार कार्य तिब्र गतिले बढाउनु पर्‍यो। सबै भन्दा भर पर्दो radio BBC मार्फत सम्पर्कको लागि सुचित गर्नु पर्‍यो। ईजरायल तथा लेबनान दुबैका अधिकारीहरुलाई नेपालीहरुलाई हानी नपुर्‍याईदिन र भ्याय सम्मको सहयोग पुर्‍याईदिन आग्रह गर्नु पर्‍यो।

    यदि यस्तो कार्यहरु गर्न सक्दैनन भने नेपाल सरकार र जनसरकार दुबैका नेताहरुले राजिनामा दियर राजनिति बाट संन्यास लिनु पर्‍यो।

    हामी जन-आन्दोलनको तेश्रो भागको तयारीमा छौं – नारायण हिटि सरकार, काठमाण्डू सरकार अनि रुकुम सरकार होसियार – मौकामा बुद्धि पुर्‍याउनु नत्र सबैलाई त्रीशुलीमा एकै साथ बगाउनु पर्ला!!!!!!!!!!!!!!!!

  7. मित्रहरु सबैलाइ नमस्कार
    अब सुन्नुस् हामी देश बाहिरका नागरीकका कुरा
    किन सरकार नै दोषी त ????
    राज्यको आर्थिक, सामाजीक, राजनैतिक स्रोतको जिम्मा लिएर बस्नेले जनताको लागी प्रयासमात्र गर्ने हो कि जनताको शान्ती सुरक्षाको, जीउ धनको ग्यारेन्टी गर्ने हो ?? अर्को कुरा अब देशमा लोकतन्त्र आयो रे भनेर मैले पनि अरबको तातो घाममा भएपनि एकछिन छाहारीमा ढल्केर नेपालको मिठो सपना देखेको थिए साएद यस्तै नेपाली लाखौको संख्यामा होलान् नेपालबाहिर अनि ति लेबनानका नेपालीहरुले पनि देखे होलान् यी सपनाहरु, अब त्यो लोके सरकारको काम टुलुटुलु हेरेर बस्ने भए नेपाली जनताले सरकार बाट पाउने उपलब्धी के त ??? हिजो इराकमा १२ नेपाली किन मारीए के अरु देशका नागरीक समातीएका थिएनन् र ?अवश्य थिय तर हाम्रो देशको अवस्थाको कारणले अरु सम्पन्न मुलुकलाइ धम्क्याउन हामी नेपालीको प्रयोग गरीयो तै पनि
    के बेलैमा पहल भैदिएको भए…………………….त्यस्तै आज कति दिन वित्यो यो लेबनन् आक्रमणको अब बल्ल होस आयो विदेश मन्त्रीको तेही पनि गुहार माग्दै अरुलाइ । जहा पहुच छैन त्यहा किन अनुमती दिन्छ जानको लागी अझ अचम्म लाग्दो कुरो त राजदुताबासको के काम हो ? के तलब र भत्ता पचाउने मात्र हो ??? राज्य सत्ता हातमा लिनेहरुले यो असम्भव भयो मैले मेरो नागरीकलाइ बचाउन सकिन भनेर पटक पटक भनिरहदा के अब ति लेबनानका करिब ४००० नेपाली लाइ दोष देखाउने त ??????? जसमा राज्य सञ्चालनको पुर्ण दक्षता छैन उसलाइ सत्तामा रहेर जनताको मौलीक हक र हित माथी कुरीकुरी गर्ने कुनै अधिकार छैन यो लोके सरकार पनि पुरानो सरकारकै आसपासमा हुर्कने अपागं सरकार हो, हिजंडा सरकार हो, अयोग्य सरकार हो हो हो हो ………..किनकी आफ्नो नागरीक अरुको माटोमा जीवन मरणको लडाइ लडीरहदा सम्म यसको प्रत्यक्ष वा अप्रत्यक्ष उपस्थीति हुन सक्दैन भने नेपालमा के को सरकार छ ?????????? कहानिर छ ???????? यदी छ भने पनि त्यो नालायक सरकार कुरकुरी …………..। नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !
    अविरलयात्री
    साउदी अरब

  8. Learn Nepali, Learn, learn, learn, learn something so such mess thing doesnot occer for the next time.

    Get in Unity and try developing country, try just try, so that our offsprings doesnot face such trouble on the future. So that we may not need to seek help from other at the peak time.

    Hem, Student

  9. जे कुर पनि सरकारलाई नै दोश दिने यो कस्तो प्रबृत्ती हो हाम्रो ?
    इस्रएल्ले बम हन्छ तर रिश पोखिन्छ ऊली माथि ? जुन कुरा आफ्नो बस् भन्दा बहिरा छ , तेस्मा कस्ले के गर्न सक्छ र! कोशीश सम्म गर्ने न हो! तर जे कुरमा पनि राजनीति हुने ठाउँमा बोल्नु नै बेकर छ

  10. dear al of my friends ]
    i live in uk ,when there is middle east crisis . uk sent their navy to bring people from there,thats everybody know ,but in our country why these bloddy corrupted ,power greedy leader ,don’t care about people ,they don’t care for people only thinkabout themselves and their relatives .one thing on their mind one thing always roaming ,how to reach in power and do corruption .not thinking about peaceful and developed country ,

  11. हिजो इराक आज लेवनान भोली कतार दुवइ साउदी यो नेपाली माथी किन बारम्बार भइरहन्छ ??? हिजोका समाचारहरु बाटै मन धमीलीएको थियो तर आज यो अशुभ समाचारले अझ विचलीत बनाएको छ । धिक्कार नपुसंक राज्य सञ्चालकहरुलइ, धिक्कार ति नपुंसक राज्यका योजनाकार हरुलाइ अनि नेपाली भएर जन्मनुमा धिक्कार ति निर्दोष करीब चारहजार नेपालीहरुलाइ ।घन्टा वित्यो दिन वित्यो हुदा हुदा हप्ता वित्यो अब बल्ल एउटा ओली भनाउदोको चेतना खुल्यो र भारत संग गुहार माग्दै छ ए कुर्सीका अन्धभक्त फासीष्ट शासकहरु हो आमाको दुध चुसेर र भएन हामीलाइ अब बाबुको घुडा चुसेर के नै होला र ??
    के ति नेपाली नेपालका नागरीक हैनन् ?? तिमीहरुलेने देशलाइ जर्जर र खोक्रो बनाएर बाच्नका लागी ति विदेसीएका होइनन् ??? के तिनले पठाएको रेमीट्यान्सको आडमा नेपालको आर्थीक अवस्था जिनतिन आजसम्म चलेको छैन ?????
    भिखारी हो ! नेपाली जनताको टाउकोमा बम र गोला बर्सीए पछि गोहीको आसु सहित विज्ञप्ती निकाल्नु अनि त्यस पछि उद्धारको काम थाल्नु अहिले त तिमी नपुंसकहरुलाइ आपसी भागवण्डा मै समय पुगेको छैन नी हैन र ???? ति नेपालीहरुमा सहानुभुती दिन चाहान्छु, र संयम एवं धैर्यता अपनाउन सक्ने शक्ति पनि मिलोस ।नेपाल र नेपालीको सदा जय होस् ! शुभ यात्रा
    अविरलयात्री
    साउदी अरब

  12. “यहूदी, कृस्चियान र मुसल्मान अनि नेपाली”
    नेपालि दाजु भाइ दिदि बहिनि हरु बिदेश मा, अझ् निर्दयि मुसल्मान् कट्टर्पन्थि हरु भयेको देश मा घर, जहान, नाबालक छोरा छोरि र आमा लाइ दुर्गम कन्दरा मा छोडेर गयेको सुन्दा हृदय मा गाठो पर्छ, मुटु मा असाध्य अफ्ठेरो पर्छ। के गर्नि, आफ्नो देश मा पापि राजा चोर र कुलङ्घार नभयेको भये आज यस्तो गति हुने थियेन।
    लेबनन कै कुरा गर्दा नेपालि दाजु भाइ दिदि बहिनि हरु सङ् यसो त्यहा को समस्या सम्बन्ध मा सम्बाद् गर्न मन लाग्यो।
    इज्राएल यहुदि हरु को देश भयेको र उस्का वरि परि का सबै मुसल्मान देश हरु भयेका ले र मुसलमान को यौटै उद्देश्य यो सन्सार पृथ्वि लाइ “मुसल्मान् ग्रह्” मा परिणत गर्नु भयेका ले उनिहरु को तगारो को रूप मा रहेका यि यहुदि हरु बिरुद्ध को यो लडाइ कहिल्यै नसक्किने लडाइ हो। हुन त यहूदी धर्म र मुसल्मान धर्म मा १९ र २० को भन्दा कम को फरक छ, तेस्ताइ तीनइहरु को कृस्चियान सँग पनि त्यो भन्दा कम को फरक छ, तर त्यो झिनो .००००१ भन्दा पनि कम को फरक को लागि लाखौं करोडौ को ज्यान गइ रहेको छ ।
    याहूदी भन्छ “यो इज्राएल हामी लाइ बाइबल अनुसार भगवान ले राज्य गर्न दिएको हो”
    मुसल्मान भन्छ, “संसार मा अल्ला बहेक अरु कोही मालिक छैन, मुसल्मान बहेक अरु कुनै धर्म छैन, तिमीहरु मुसल्मान मा परिणत हुनै पर्छ नत्र हामी तिमी हरु को जरो पनि राख्दैनम्, बरु तेस्को लागि आफ्नै भूडी मा बम राखेर किन पड्काउनु नपरोस्”, कृस्चियान भन्छ्, संसार मा “जिसस् बाहेक आर्को कोही धर्म छैन, यदि जिसस् लाइ मान्दैन भने त्यो सोझै नर्क जान्छ” तेसैले सब का सब कृस्चियान हुनु पर्‍यो।
    यि तीन वटा धर्म को मुल पुस्तक बाइबल हो तै पनि मुसल्मान ले कोरान लाइ अझ मान्छ र कोरान को नियम ले सम्पूर्ण निर्णय गर्छ, कोरान नै उनिहरु को प्रथम र अन्तिम आवाज र जिन्दगी हो। र अरु ले पनि अब त्यो कोरान पालना गर्नु पर्‍यो ।
    यसरी कृस्चियान र मुसल्मान दुबै यो पृथ्वी लाइ सम्पूर्ण रुप ले एक राज्य बनाउन चाह्न्छन्; र अहिले को यो २१ सौ शताब्दी को सब भन्दा ठूलो युद्ध नै यही हो। यो युद्ध कम्ती मा पनि २५ सौ शताब्दी सम्म रही रहने छ।
    इ तीन धर्म ले एउटै इश्वर लाइ मान्छन्, हालाकी शब्द फरक छ, तीनै धर्म ले “मुर्ती पूजा, नारी पूजा, प्राणी वनस्पति पूजा” लाइ शैतान पूजा भन्छन्; तेसैले हाम्रो हिन्दू र बुद्ध धर्म लाइ यिनी हरु मास्न चाहन्छन र आफ्नो धर्म नेपाल मा पनि फैलाउन चाहन्छन।
    जत्ती पनि मुसल्मान देश छन त्यहाँ मुसल्मान कानून ले राज्य चलेको हुन्छ्, राज्य को सबै भन्दा शक्ती शाली र धनी भनेको मुल्ला (मुसल्मान पूजारी) हुन्छन्, जस्को ईशारा मात्र मा जे पनि निर्णय हुन सक्छ,

    देश भरि का नगरिक ले प्रत्एक दिन पाँच चोटि नमाज पढ्नु पर्छ नवए कोररा बर्षन सक्छ्, रामदान मा १ महिना भोको बस्नै पर्छ्, आइमाइ ले एक्लाई घर बाहिर हिंड्न पाउदैनन्, अनुहार सम्म देखौन पाउदैनन्, लोग्ने मान्छे ले चार वटा सम्म विवाह गर्न पाउछ (जस्ले गर्दा दर्जनौ मुसल्मान बच्चा हरु पैदा गर्न सकियोस्), चोरी गरेमा हात काट्ने, कसैले विवाह अघी नै प्रेम गरेमा वा शारिरिक सम्बन्ध राखेमा सरकार ले ढुङ्गा हानेर मार्ने, अङ भङ गर्ने आदी नियम हरु कडाइ का साथ लागु हुन्छन्, मदिरा र बाङ्गुर को मासु को त कल्पना नै नगरे हुन्छ किन कि मुसल्मान को धर्म ग्रन्थ कोरान अनुसार त्यो खराब हो, तेसैले तेस्को सजाएए भयङ्कर कडा छ। मुसल्मान देश मा कोरान नै एक मात्र कानून पुस्तक हुने भएका ले उस्तै परे तुरुन्त मृत्यु दन्ड हुन सक्छ
    तेस्ताइ साउदी अरेबिया जस्तो देश मा घर मा बुद्ध वा हिन्दू को फोटो वा स्यानो प्रतिमा सम्म राख्न पाउदैन
    कृस्चियान हरु को उद्देश्य संसार का सम्पूर्ण धर्म हरु लाइ परिवारतित गरी एक छत्र कृस्चियान बनाउने हो । तेसैले उनिहरु संसार भोरी यही जिसस् क्राइस्ट को नारा लिएर आएका छन । उनि हरु अरु धर्म लाइ गलत भन्छन । तेस्ताइ मुसल्मान हरु पनि यो संसार लाइ “मिया ग्रह” बनाउन चाहन्छन । यो धर्म को लडाइ हो । एक तिर मुसल्मान मिया हरु, अर्को तिर कृस्चियान हरु र याहूदी हरु । कोही टस् मा मस् हुँदैन, कत्ती पनि न छोड्नी, तेसैले यो युद्ध अनन्त सम्म वा पृथ्वी ध्वस्त नवए सम्म चली रहला जस्तो छ ।

    कृस्चियान हरु संसार भोरी बाइबल र जिसस् क्राइस्ट फैलाउन र अरु धर्म नाश गर्न चाहन्छन
    मुसल्मान हरु संसार भोरी का अन्य धर्म हरु जस्तै कृस्चियान, बुद्ध, हिन्दू, यहूदी, आदी सबै लाइ सदाको लागि निमिट्यान्न्न पारेर यो पृथ्वी लाइ नै एक छत्र मुसल्मान बनाउन चाहन्छन

    यो हेरी हामी नेपाली हरु मा अत्यन्त धार्मिक शहीश्णुता छ तर यस्को फायदा कसैले न उठाओस्, जुन म, प्रत्यक्ष्य हुने वाला छ, भनेर देखि रहेको छु

    यो रोग नेपाल मा नलागोस्, यही मेरो कामना छ

  13. भट्टराईजी नमस्ते,
    तपाइले दिनुभएको खबर सुनेर ज्यादै दु:ख लाग्यो । चाडो भन्दा चाडो नेपाल सरकारले लेबेनान र इजराईल स्थित रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनी हरुलाई उद्वार गरि नेपाल फर्कने व्यवस्था मिलाउनु आग्रह गर्दछौं.

  14. घाटना पछीको त्यो बिध्व्श । । । ।घाटना पछीको त्यो बिध्व्श । । । । । । । । । । । । । । । ।

  15. dipak ji namaskar,sarkarle chito bhanda chhito lebnanma raheka nepaliko udhaar garos,udhaar ma dhilai bhayar lebnan ma raheka kunai pani nepali ghaite matr bhaya pani tesko jimmewar nepalsarkar hunupardachha jaso malai lagdachha.south korea.

  16. Fellow commentators,

    We will gain nothing by just criticizing or rebuking anyone. What has DPM Oli done to amount it as grossly wrong or betrayal to the nation? Why do you just show your energy to hurl bad words at every political personality other than the Maoists ? के माओवादीको एजेण्डा नबोक्दैमा ओली, गिरिजा वा अरु राजनीति गर्नेहरू गद्दार हुन्छन? त्यसो भए त धिक्कार छ तिम्रो लोकतान्त्रिक गणतन्त्रको बुझाइलाई !
    You must be able to look into the objective reality of the middle east these days.
    Yes the Southern Lebanon which is the centre of Iran-Syria supported Hizbollha insurgents has been heavily bombarded and almost reduced to ruins these days. But most of the foreigners and inhabitants of those areas have already moved to safer destinations in the North of Lebanon or Syria.
    The ships or naval vessels that have been allowed a limited daily hours to rescue their citizens from Lebanon are mostly Europeans and Americans. It is because Isarael does not want to offend the EU or Americas. But the plight of most working people in Lebanon is just pathetic irrespective of the nationalities hey are from. So it is no use making a hue and cry just by watching the international media coverage on CNN or BBC . The shedding of tears on the plight of brothers and sisters in difficulty and hurling offensive slights on leaders or anybody would yield no solution.बरू कामरेडहरु त्यो नयासत्ता नामको जन्तु कता छ यतिबेला ? त्यस्ले नेपालीहरुको उद्दार गर्थ्यो कि लेबनानबाट ? यसो खोजि गर्नुस है । सबै मित्र राष्ट्रलाई केही न केही गालीको उपहार बर्साउने त्यो जन्तु कुटनीतिक पाइन पो देख्न पाइने हो कि !!
    I strongly urge the Nepalese government to devise a dilometic leverage to India so the stranded Nepalese will have some hope of being rescued from war zone of Lebanon.

  17. This is democratic govvernments right ? Never know what has to be done. After severe movement, ready to do declare anything whether it is feasible or not.

  18. Deepak jee,

    Maile pahilo patak yo tapai ko lekh ko comment lekhdai chhu.Yo jun kura suuna ma aayo, yo atenta dukhadayi chha. Nepali aama ka niriha ra nirdos santanharule naalaaek nepali sarkarka karan bideshi bhumi ma aaphno jyan ra ragat bagaeka thupri udaharanharu hami saamu chhan.Yo sarkar pani aru sarkarbhanda kunai maane ma pharak chhaina.Botal pherie pani raksi ta puranai ta honi.K P Oli jasta swath haru le leading gareko sarkar kasto hola tyo hami le sahajai anuman garna sakinchha.aaphno desh ka nagarik bidesh ma k kati sankhya ma chhan ra tiniharu lai kasari aaphai le uddhar garna sakinchha bhanne alikati pani huti man ma palaudai na bhane kina sarkarma basnu tyo pani prajatantrik sarkar ma. Tesaile yi neta haru lai nepali janta le pheri ekpatak galti garera bharyang chadhae. yo pheri nepali jantako bidambana ho.Gyane le maranaasamma hunegari chyapera thangnaa ma sutaeko thiyo.aakhir ke paae nepali janata le pharak kura gyane ma ra yo sarkarma.Jun jogi aaeni kanai chirieko.Jati bela pani india ko mukh takne.Nepali ko udhar gar india, satta jogaide india, Maobadi ko samasya sujhaide india huda huda aba ta nepal ka neta haru le chhoro pauna sakina chhoro pani janmaide india nai bhanlan jasto chha.

    Malai lagchha pakka pani Lebnan ma kehi nepali haru hatahat bhaeka chhan.Tesko bibaran pakka pani bholi parsi tira aaula.Kinaki sanjog le eti bela Girijababu PM ma hunuhunchha. Jahile pani waha PM hunu bhayo bhane sanjog le ho ya kunni kina ho Nepali ko hatahat dherai matra ma hune garchha.Ani harek apthyaro ma India lai guharda india le nepal lai hepdai ta usle kahile simana ko bibad ta kahile nadinaala ko bibad lyaera nepali aama lai bistar badi nangra le chithorera bramma lutgarne abasar pauchha.

    Tesaile nepali janta lai aajhai pani yi neta haru le aakhama chharo halidieka chhan.Loktantra lai yi netaharu le aaphno bhudi bharne Bhoktantra tira lagdaichhan.Tesai ko phala sorup sikhar barta pani sthagit bhaeko chha.Yo sarkar ka kehi mantri haru CIA bata sanchalit bhaeka karan eso bhaeko ho.Malai lagchha nepal ma pheri pani ekpatak thulo ragat ko kholo bagna bakichha. Maobadi samasya netaharu ko lagi bhanda pani aam jantako lagi ho kinaki paisa kumlyaera bholi rajnaitik saranarthi ko rup ma yi neta haru swartha purti huna bitti kai Dr. Tulasi giri jhai bides ma gaera basnechha tara nepali janta ka samasya jahi ko tahi hunechha.Pheri pani nepali janta le Yudha ko chapeta ma parera narka ko jeevan bitaunu parne chha.

    Je hos, Nepali ko kalyan hos.Kunai biswoko kuna ma ek nepali marda arko nepali lai dukhne man palaos sabai ma.Jay hos nepal ra nepali ko!!!

    Deep Jwala

  19. If there is not other way out except the help of India, Nepal Government should start an urgent diplomatic request to India for the safe exit of Nepalese from Lebanon. But, it is sad that Government has not taken this issue seriously.

  20. Friend and Fellow Bloggers:

    This raises concerns. For once I hope the news is another figment of some sick person’s imagination, and, in that, I hope the truth comes out asap.

    Nepal is “hallai-halla ko desh”; and the chances are high that some undesired elements will take benefit of this news. If this news is wrong then we can breath a sigh of relief, but if it is not then….?

    All of us are aware that the government is busy with horse-trading to keep the parliament, or to give “big jagirs” to their friends and loved-ones, or in “udghatans” and “bhashans”… The plight of people is the last thing in the minds of these “jhanda-walas”. Unfortunately, nothing has changed after janadolan part II, has it???

    If the news in beyond halla – I see two possible scenarios here. Either, people will take the streets and go on destructive rampage. This will be done less by people directly or indirectly affected by the killings, but more by those opportunitist, who will use this to go against the establishment. Or, those in power come to senses and use all diplomatic avanues possible to have the Nepali people rescued from lebanon. And this would be done in transparent manner, without taking credit for it, but with an intention to help people.

    The choice obviously is the latter. The streets of kathmnadu already has seen enough bloodshed. But will this “halla” or otherwise actually awake the sleeping giant (government) and the likes of KP Oli, who seem to be enjoying his new-found power?

    And if there has been killings for real, a few of them should take the moral responsibilty and, rising above the petty politics, resign! Hoina ta?

  21. ढुंगो टुसाउनु, उनियो फुल्नु, र महाकालिबाट ओलिले १ खरब ४ अरब पाउनु अनि लेबनान्का नेपालिको ओलिले उद्दार गर्नु एउटै हो। ओलिको काम सधै उल्टो गर्नु हुन्छ्। एमालेले माहाकालि संन्धिपास गर्न हुन्छ कि हुदैन भने आयोग उनकै अध्यक्षतामा गठन गर्‍यो उनको रिपोट थियो पास गर्न हुदैन भन्ने तर उनि पछि त्यस्लाइ पास गर्न भरमज्दुरले लागे पास गरि पनि छाडे। त्यस्तै मण्डारिको बिषयमा पनि। हरेक काममा उनको दरबार रिजाउने र भारत रिजाउने काम छ। हिजो अजका उनका कृयाकलाप पनि सबैलाइ थाहाँ छ। उनि एक एमालेका क्यान्सर र अब देशाकानै माहाँ रोग बनेर देखा पर्दैछन् अब उनलाइ पनि रमेशनाथ पान्डेको कुत्तामा खुरुक्क राखिदिय हुन्छ। एमालेका कार्यक्रार्ता पनि के भएका need off him from the uml and gover.

  22. Yes it indeed is very sad to hear about the stranded Nepalese in Lebanon. But let’s face reality, and reality is there isn’t much Nepali government can do now. Maybe Deepak Bhattarai can enlighten me what should be the government’s action right now? Consider the following situation :

    1) One can drive to Syria … government can charter the buses and drive our people out of there. BUT Isreal is bombarding the highways in an effort to cut the supply of Hejbollah, and doing that would be the suicide mission. And don’t think there would be any buses avialable.

    2) Charter aeroplanes ?? and land these aeroplanes where ?

    3) Ships ? Isreal has imposed a complete naval blockade of Lebanon. Even though it is allowing the ships from ‘certain’ countries to rescue their citizens, there are many ships wandering in the Mediterannean just waiting for the authorization. Forget about chartering the ship too.

    The only solution is to work with India as I have heard in news that two more Indian navy vessels are waiting for the clearance. But still there are more than 11000 Indians there, so their own people are ofcourse in high priority.

    Srilanka have 30,000 workers in Lebanon and it has ships, but still it doesn’t have any access to enter to Lebanese water. Let’s just hope and pray for Nepalese in Lebanon and let’s hope they can manage to get out of the country safe and sound by the help of India.

  23. umesh jee, namaskar
    government of nepal should take action urgently.it is very serious matter.because there r so many innocent nepali working in lebanon , if our government will not take action urgently, then in future nepalese people will strongly take action against this new government .hello , governement of nepal please do and arrange any transportation for taking innocent nepali people who is working in lebanon.it is the time of doing some attraction work.if this government can arrange and save that innocent nepali’s life then people of our country will believed.ok now this government can handle their work .

    one nepali staff
    from qatar

  24. yo kurale malai dherei dukhi banayo.kina nepal ka neta harule janatako maya gardeinan nepal ka netale ek chhak khayera bhaye ni uddar garnu parne thauma uddar ta parei jaos kati nepali chhan bhanne thaha pani chhaina kina yesto bhayo? india nepal ko khula simale garda pani hola tara pani jaba thaha bhai sake pachhi ta uddar garna parne ho ni jastei bhaye ni hamro daju bhai hun ek din ko lagi nepal air lines ko 2wata plane pathai diye sabei nepali ko uddar hunchha tara kina yesto garinna aru desh jhai hamro desh ka neta le kina ruchi dekhaunna tes ko lagi sarkar sanga bagat chhaina bhane chanda sankal garera bhaye pani bolauna parchha hamro daju bhai haru lai yi sankaha netako bhar ma basne ho bhane na desh agadi badhchha na janata le sukha pauchhan jaha pani jahile hami nepali nai sabei bhanda pachhi kina?
    sri pashupati nathle nepal ka sabei netaharu ko bigriyeko buddi saparun. om namaha shivaye .
    i,m really sad to read about this matter. thanks umes ji.ra bhagawan sri pashupati nath allaha ishwar sabeile teha raheka sabei manchhe haru ko raksha garun. astu

Comments are closed.