पशुपतिनाथ सिधै 'माथि'सँग जोडिएको छ

-दीपक भट्टराई-

भो, यस विषयमा समाचार लेखेर केही फाइदा छैन, तपाइले अरु नै विषयमा समाचार बनाउनुहोला। यो सिधै माथिसँग जोडिएको कुरा हो। बेकारमा किन खोतल्नुहुन्छ –
समाचार संकलनको क्रममा कहिलेकाहीं अन्य संवाददाताले झैं मैले पनि यस्तो जवाफ पाउने गरेको छु।

२०५८ साल बैशाख पहिलो साता पशुपतिनाथ मन्दिर सम्बन्धी समाचार खोज्दै जाँदा यही जवाफ पाएको मलाई अझ पनि सम्झना छ। पशुपति विकास कोषको बैठकमा पशुपतिनाथ मन्दिर रहेको काठमाडौं महानगरपालिका वडा नं ८ का तत्कालीन वडाध्यक्ष नरोत्तम वैद्यले मन्दिरभित्र गैर हिन्दुहरुलाई पनि प्रवेश दिनुपर्ने माग गरेका थिए । मलाई यो प्रस्ताव पक्कै समाचार बन्छ भन्ने लाग्यो । मैले यस विषयमा वैद्यसँग सोधे, उनले आफूले प्रस्ताव राखेको र त्यसमा सहमत हुने केही मानिसहरुको नाम समेत दिए । जसमा तत्कालीन राजपरिषद स्थायी समितिका सभापति केशरजंग रायमाझीको नाम पनि थिए । मैले रायमाझीसँग सम्पर्क गरेँ । उनले संसारका कुनै पनि चर्च, मस्जिदमा अन्य धर्मावलम्वीलाई प्रवेशमा रोक लगाएको आफूलाई थाहा नभएको बताए र अन्य धर्मीलाई पशुपतिनाथ मन्दिरमा प्रवेश दिनु राम्रो हुने धारणा दिए ।

पशुपतिनाथ मन्दिरभित्र अहिलेसम्म हिन्दुहरुलाई मात्र प्रवेश भने पनि आजसम्म कोही हिन्दु हो कि होइन भनेर नाप्ने मापदण्ड नहुँदा जुनसुकै धर्मका भए पनि नेपाली र भारतीयहरु जाने गरेका छन् । तर, हिन्दु नै धर्म मान्ने मलेसियाका केही मानिसहरु मन्दिर प्रवेश नपाएको घटना त्यो बेला चर्चामा पनि आएको पनि थियो ।

समाचारलाई पूर्णता दिन मैले पशुपति विकास कोषका सदस्य सचिव बसन्तकुमार चौधरीलाई पनि यस विषयमा सोधें, उनको जवाफ थियो, यो सिधै माथिसँग जोडिएको कुरा हो, बेकारमा किन खोतल्नुहुन्छ । मैले पनि उनको यसै आशयको भनाईसहित समाचार संम्प्रेषण गरे । म संलग्न स्पेसटाइम दैनिकमा यो समाचार छापियो । त्यसमा चौधरीको भनाई थियो, यसमा राजपरिवार नै संरक्षक र संलग्न रहेकाले राजइच्छा बिना यो काम संभव छैन ।

समाचार छापिएको पर्सिपल्ट शिवसेना नेपाल नामको संस्थाले पत्रकार सम्मेलनमार्फत् म र मेरो प्रकाशन संस्थाको भर्त्सना गर्दै राजपरिषदका सभापति रायमाझीको राजीनामा माग गर्‍यो । स्पेसटाइम दैनिकका लगानीकर्तामध्ये एक जना मुस्लिम भएकाले उनकै निर्देशनमा त्यो समाचार तयार पारेको आरोप लगाउँदै ‘शिव सेनाको हुँ’ भन्ने कसैले त्यस्तो समाचार आउँदा दिनमा नलेख्न मलाई धम्की समेत दिए । त्यसपछि सदस्य सचिवले चौधरीले पनि पत्रिकामा प्रतिक्रिया पठाएका थिए ।

दुई वर्षअघि बालाचतुर्दशीको भोलिपल्ट मैले कान्तिपुर टेलिभिजनका लागि पशुपतिनाथको सम्पत्ति सम्बन्धी समाचार संकलन गरेको थिएँ । बालाचतुर्दशीको भोलिपल्ट नै पशुपतिनाथको वर्षभरीको आम्दानीको हिसाब हुने गरेको छ। जुन पछि कान्तिपुर दैनिकमा पनि छापियो र त्यतिबेला पशुपतिनाथको सम्पत्ति सम्बन्धमा चर्चा भयो ।

पशुपतिनाथको वर्षभरीको आम्दानी दुई लाख रुपैयाँ मात्र भन्ने सो समाचारको प्रतिक्रिया अहिलेसम्म आइरहकै छ । सोही समाचार संकलन गर्ने क्रममा पनि मलाई भनिएको थियो,यो सिधै माथिसँग जोडिएको हो, बेकारमा किन खोतल्नुहुन्छ।

मैले आफ्ना समाचार स्रोतमार्फत् पशुपतिनाथका मुलभट्ट र भण्डारीको पनि यस विषयमा भनाई राख्न कोशिश गरेको थिएँ। त्यतिबेला मुलभट्ट पनि सिधै माथिसँग जोडिएको भन्दै पन्छिएका थिए । यस विषयमा अझ स्पष्ट पार्न अनुरोध गर्दा मेरो समाचार स्रोतलाई उनले भनेका थिए, हामी अदालतबाट वा अन्य कतैबाट पशुपतिनाथ सम्बन्धी निर्णय वा दबाब आओस् भन्ने चाहन्नौं। सोझै राजदरवारबाट पशुपतिनाथको आम्दानी सम्बन्धि स्पष्ट हुनुपर्‍यो भन्ने कुरा आयो भने हामीलाई मन्जूर हुनेछ । हामी पनि मन्दिरमा चढाइएको दान दक्षिणाबाट निश्चित प्रतिशत वा तलब भत्तामा लिएर काम गर्न मन्जूर छौं तर त्यसको निर्णय राजदरबारबाट हुनुपर्‍यो न कि अन्यत्र कतैबाट ।

जन आन्दोलनपछि पुनर्स्थापित संसदले फेरि पशुपतिनाथको सम्पत्ति सम्बन्धी छानबिन गर्न थालेको छ । यसै क्रममा सांसदहरु आफै पशुपतिनाथको मन्दिरसम्म पनि पुगे र मूलभट्टसँग प्रश्न पनि सोधे । दुई साताअगाडि मूलभट्ट सांसदहरुका अगाडि रोएको कुरा नेपाली पत्रपत्रिकामा मुख्य समाचार पनि भयो ।

तर, फेरि अहिले त्यो कुरा सेलाएर गएको छ । हामी नेपालीहरु कुनै पनि कुरा छिट्टै बिर्सन माहिर छौं । के- के न गर्ने गरी काम सुरु हुन्छ, बीचसम्म हो-हल्ला धेरै नै हुन्छ, अनि पछि पुगेर बिना निष्कर्ष टुंगिन्छ । तर, यसपटक पशुपतिनाथको कृपाले उनको सम्पत्तिको खोजी बीचमै नतुहियोस्।

फोटोः उमेश

34 Comments

  1. Where there is discrimination between different religion and Cast System, that counntry can not be develop. Whether we belong to any religion, we should respect each other religion. Some of our friend commented Christian that Christian image only is to convert other religious person. My friend that’s absulately wrong. You can not be Christian unless you know the truth. Christian can not convert other religious person but only can share good news to which they are experincing.

    Karuna

  2. बिद्रोही जि, म गोर्खालि गुरुङ हु । किन जात पात को खुल्दुली ? नेपाल मा एउटा पनि बाहुन छैन भन्ने कुरा थाहा छैन जस्तो छ तपाईं लाइ । हाम्रा आज का सबै बाहुन लाइ भट्टि मा मात्र भेट्न सकिन्छ ।
    अनि अर्को कुरा, धर्म को ईतिहास को बारेमा अलिकति जान कारी राखौ । म लम्जुङ को गुरुङ को छोरा, रोदी र रमाइलो मा हुर्केको भए पनि ईतिहास मेरो बिषय भएका ले केही जानकारी राख्दछु;
    सनार को सब्भन्दा प्राचिन धर्म “हिन्दू धर्म्” हो, यो लग भग ६ हज्जार बर्ष पुरानो धर्म हो, त्यस् पछी याहूदी हरु को धर्म ४ हज्जार बर्ष पुरानो हो; त्यस्पछी बुद्ध र महावीर को जैन धर्म एकै समय को हो; बुद्ध का बाबु शुद्दोधन र मायावती शाक्य बङ्ग्श का हिन्दू धर्मावम्बी थिए; आज भन्दा पच्चिस् शय बर्ष अघडी, जती खेर हिन्दू धर्म नेपाल मा ब्याप्त थियो, तेती खेर बुद्ध हिन्दू धर्म कै आचरण अनुसार मोक्ष्य खोज्दै गया गएका हुन । बुद्ध धर्म भनेको हिन्दू धर्म हो, किन कि बुद्ध मात्र होईन तेती खेर धेरै साधु सन्त हरु त्यसरी तपस्या गर्न जान्थे । बुद्ध मा अनन्य प्रतिभा र शान्ति थियो, र आज हामी गर्व गर्छौ । हिन्दू हरु मध्ए कति ले बुद्ध को बाणी अनुसार आचरण गरे र ति बुद्धिस्टभए । वास्तव मा नेपाल सबै मानिस् बुद्धिस्ट पनि हुन तर अनादी काल देखि का हिन्दू हुन । अनि किरात भनेको हिन्दू धर्म हो । हामी लाइ आपस् मा लडाएर कृस्चियन धर्म को प्रचार गर्न यसरी साजिश गरिएको हो ।
    अब आँफै बिचार गरौ, राणा हरु वा पृथ्वी नारायण शाह भनेका अस्ती भर्खर मात्र का हुन्, ति भन्दा हज्जारौ हज्जार बर्ष अघी हिन्दू धर्म नेपाल मा जन्मिएको हो । यो कही बाहिर बाट आएको धर्म पनि होइन, यो हाम्राइ नेपाल माटो को अनादी काल देखि को धर्म हो
    तेसैले हाम्रो बिच मा फाटो ल्याउन र हाम्रो सन्स्कृती नाश गर्न आएका बिदेशी धर्म हरु लाइ निरुत्सहित गरौ, उनि हरु को कुरा सुन्दै नसुनौ;
    ति कृश्चियन, मुसल्मान र याहूदी हरु को लाडाइ हेर्ने हो भने ईरान, इराक इज्राएल जाउ, कि नेपाल लाइ पनि तेस्तै बनाउने त होईन नि ?

    तेसैले नेपाल लाइ बिनाश बाट बचाउनु छ भने तीनएए हरु लाइ लखेटौ र हामी नेपाली हरु मिली जुली बसौ
    हामी हरु लाइ मुन्दुङ्, लोसार्, दसैं, तिहार नै सबै भन्दा प्यारो छ ।
    कसो बिद्रोही जि ? तपाईं त मिसिनरी हरु को पक्ष मा हुनु हुन्न नि ?

  3. sachhai nai “mathiko aadesh”le ta desh nai khattam paryo ni.
    Ram Shrestha
    Chisapani 1 Ramechhap

  4. अवीराल यात्राि जि, तपाईं त्यस्तो डर्लाग्दो देश मा बसेर म नास्तिक् हु नभन्नु होला, तिनि हरु ले नास्तिक लाइ भयङ्कर घृणा गर्छन्। हुन त उनिहरु जस्तै मुसल्मान बाहेक सबै लाइ तेस्तै कडाइ गर्छन् भनेको सुनेको छु। साचि साउदि अरबिया मा सर्कार ले कानुन बमोजिम् नै धार्मिक पक्ष्यपात गर्छ अरे, हो? हुन ta tapaai लाइ लेख्न खतरा होला। डर् लाग्दो छ् भने न लेखे पनि हुन्छ्। राम्रो सुरक्ष्या सङ् बस्नु होला र कट्टर्पन्थि मुसल्मान् सङ् बच्नु होला, कोर्रा ले पिट्ने, कान हात काट्ने, यस्तो यस्तो कुरा सुन्दा मान्छे कसरि बस्छन जस्तो लाग्छ्

  5. I found Mr. Gorkhali’s comments bias, unproductive and possibly dangerous.

    Commenting on Muslims and Christian in this issue, in my view, is unnecessary. Correct me if the pressure is coming from rich American Christians or Arabian Muslims.

    Pashupati is Nepalese treasure, so the decision has to be within the people of Nepal, regardless of religious relief. This issue may have been surfaced due to pure economy or the pressure from the different groups of Nepalese – but the decision has to be done democratically.

    His para 7 is the only para that I think is fully qualified to be included in the context among other views of Nepalese people in deciding the fate of Pashupati management. Having said this though, I am not commenting on his para 5 and 6 as I am unaware of the present and the past Pashupati management structure.

    With regards,

    Damar
    Hong Kong

  6. The opinion expressed by Gorkhali Ji is 100% correct. Our temple is our temple….their Church is their Church…. They should go to their Chourch and we go to our temple…. no need to go non-hindu in any temple….

  7. wow it is so nice to read the poem of “Kamalkaanta”The poem is really suggested meaning trancending the primary sence of words for ‘MULLBHATTA’ of pashupatinatha.Hahaha…

  8. गोर्खापत्रमा हालै प्रकाशित पशुपतिका भट्टका बारेमा कमलकान्तजीबाट कोरिएको कविता सार्न्दर्भिक रहेकोले सम्प्रेषण गरेको छु ।

    भट्ट-भजन
    
    -कमलकान्त
    काम गर्र्छौं पूजा गर्ने भट्ट भन्छन् थर,
    कमाउँछौं नेपालमा भारततिर घर,!
    मन्दिरको भेटीघाटी सबै बटुलेर,
    केही उद्योग खोलेका छौं आफ्नै गाउँतिर,!!
    तीनचार मात्रै होलान् गगनचुम्बी घर,
    ठूला होटल केही होलान् धेरै के नै छर,!!!
    त्यति सानो कुरो पनि सहनलाई हेर,
    नसकेर कुरा काट्छन् किन यति धेर,!!!!
    रुने काम पनि गरें त्यसपछि घर्ुर्की,!
    तर सुन्ने कोही छैन हाम्रो कुरो फर्की,!!
    टाउको पनि झिक्ने अरे कानुन बनाएर,!!!
    गराउने रे पूजा पनि हात समाएर,!!!!
    खाको पाको दानापानी कसोगरी छोड्ने,!
    न छ, टेक्ने समाउने दुःख कहाँ पोख्ने -!!
    विपत्तिले घरजम जीवनमा गर्‍यो,!!!!
    आम्दानीको बाटो सारा सङ्कटमा पर्‍यो,!!!!
    भक्तहरू भगवान्लाई चढाउने गर्थे,!
    हाम्रा भने डालाहरू सुनचाँदीले भर्थे,!!
    आफू नाङ्गै भएर नि दिन्थे हामीलाई,!!!
    कठैबरा ! भगवान्ले भक्तबाट ल्याई,!!!!
    गए अब शुभ दिन मन रोई रा’छ,!
    त्यसैले त दिन पनि रातसरी भा’छ,!!
    पाप बढ्यो संसारमा जस्तो लागिरा’छ,
    हामीजस्ता सज्जनलाई टिक्नै गारो भा’छ ,!!!!
    कसको के नै ब्रि्रयाथ्यो र मन्दिरको खाँदा,!
    वर्षौपिच्छे दर्ुइचार करोड घरतिर लाँदा,!!
    त्यति पनि नसहेर वैरीहरू आई,!!!
    खोस्ने भए दानापानी नियमकानुन ल्याई,!!!!

  9. PAshupati nath ko darshan garayi deko ma dhanyabad, nepal bata bedeshiyeko 3 barsa bhako thyo, aja balla pashupati nath ko darshan payiyo, jay Pashupati nath.

  10. BHAGWAN LE SABAILAI JANMA MARAN SAMAN RUPLE DIEKA CHAN. SABAI PRANIHARULAI WAWA MATO GHAM PANI DIEKA CHAN. MANCHELE TEHI BHAGAWAN KO MANDIR BANAUDA BHAGAWANKO YASTO LAKHCHAN LAI KINAN BHULEKO HOLAN? KINAN PAKHCAPAT MANDIR BHITRINEMA? ACCAMMA KO KURA CHA.

  11. Attention! Please,
    It’s pretty difficult to read nepali in Roman Script.
    Why don’t we all write in our common Nepali or general English. Please do avoid the Roman! Thank you all.

  12. सबै धर्मको राम्रा नराम्रा पक्षहरु छन। धर्मले समयानुकूल परिवर्तन गर्न सके मात्र भक्तालुहरुको संख्या बढेर धर्मको रक्षा हुन्छ। श्रम बिभाजनलाई जाति पातिको संज्ञा दियर उंच निचको दुरी बढाय पछि हिन्दु धर्मको लोकप्रियता स्वयं हिन्दुहरुमा घटेर गय, मुसलमान कट्टरपन्थी हरुको अरुलाई नास्तिक भनेर जिहाद छेड्ने प्रबृत्तिले कतिपय आफुलाई मुसलमान भन्न हिचकिचाउंछन् – आगा खांबादीहरु यस्का नमुना हुन, कतिपय इसाईहरु धर्म प्रचार गर्नु बिस्तारबादको आर्को पातो हो भन्दै धर्म परिबर्तन गर्दै हिंडे। सबै कुराको समयानुकूल सुधार हुनु पर्दछ र त्यो साबधानीको साथ गर्नु पर्दछ।
    —————पैसाको कुरो—————–

    जसरी पशुपतिनाथ सम्पूर्ण नेपालीको आराध्य देव हुन त्यसरीनै पशुपतिनाथको सम्पत्तिमा पनि सम्पूर्णको अधिकार हुनु पर्दछ र त्यसको फाईदा सबैले लिनु पाउनु पर्दछ।

    ————BANK OF PASHUPATINATH—————–
    पशुपतिनाथको आयले बैंक खोल्नु पर्दछ र गरीबहरुलाई आय श्रोतको तालिम, शिक्षा, तथा उद्योगको लागि न्युनतम अथबा ब्याज रहित (परियोजना अनुसार) ऋण प्रदान गरिनु पर्दछ।
    —————-ब्यबस्थापन—————–
    भट्ट, भण्डारीको लागि नेपाली हिन्दु हरुको आधिकारीक संस्था हुनु पर्दछ जस्ले योग्यता अनुसार तोकियको समयको लागि भट्ट, भण्डारी नियुक्त गर्नेछ।

  13. ——————सादर अनुरोध———————-
    मेरो संसार हामी बिच सार्‍है लोक प्रिय भैरहेको छ र हामी यसको उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछौं।

    यस blogमा अ-मेरिका, बेलायत जस्तो अंग्रेजी बोल्ने मुलुकमा बस्नुहने महानुभावहरुले englishमा टिका टिप्पणी गरेर यस ब्लोगलाई बहुभाषिक बनाउने सकारात्मक कदम उठाउनु भयको त सार्‍है सराहनिय कुरो हो तर धेरै टिप्पणिकारहरुले लेख्नु भयको अंग्रेजी बिभिन्न कारणवस नबुझिने, अधकल्चो, अर्थको अनर्थ हुने देखियकोले सबैले सरल नेपालीमा लेख्ने गरिदिनु भय अधिकांशले चिन्तन मनन गर्ने मौका पाईन्थ्यो। धन्यबाद!!!

  14. Some frens have very good comments….
    I suggest some more comments-
    1)Allow all nepali (including non-hindus)and all Indian hindus to enter Pashupati.
    2) Hindus from other countries have to prove themselves as hindu to enter pashupati.
    3) Non hindus if wanna enter than have to pay 500 ruppes for each entrance.
    …… ….
    # Collect all the money from pashupati and use that for development of country….
    # Charge all other non nepalese people 5- 500 ruppees for each entrance to any other temples or stupas.
    # Among Collected money, use 40-60 % for renovation and repair of the temple(stupas) and for salary of the workers in the temple.
    ……..

  15. gorkhali ji pakkai bahun hunuparchha
    kinaki nepal ma chhetri bahunharule aru aru janajaatilai marne dhamki die die hindu banaeko ho ani nepal ma 90% hindu banayo..
    aba kura yathartha ma jaum
    purbinapl ma rai limbu haru chha tiniharu hindu hoinana .. tiniharu kiranti haru hun
    madhya nepal ma tamang sherpa haruchhan tiniharu hindu hoinana tiniharu buddhist haru hun
    paschim nepal ma magar ra gurung haru chhan tiniharu pani hindu hoinan tiniharu buddhist ra aru dharma ko chhan tara hindu haru ta kewal chhetri bahun harumatra
    ani kathmandu valley ma herum tyaha newar haru chhan tiniharu pani khaasai hindu hoinan tiniharu buddhist haru nai hun tara pachhi gaera yaso chhetri sanga mixed vaera alikati hindu vako chha
    nepal ma puga napuga 20% hindu chhan ani banki 80% gair hindu ho tara pahile ranasaasan kalma sabaile hindu banako ho yadi hindu vaena vane taato goli khanuparthyo tyo taaka……
    so gorkahli ji nepal hindu rastra vannu hunchha.. ani kina india ma hindu haru sadhai war vairahanchha ta???? kina pakistan sanga jahile takkar parirakchha ta??? kina ki hindu vaneko raktapipasu (bloodsucker) hunchhan tyasartha ta nepal ma kunai mandir ma puja garnuparyo vane kahile khasi kahile rango ta kahile kukhura katnuparchha ..
    tara aru dharmale kahile yaso hingsale puja gareko chha ta????
    so hindu vaneko world ko eutai dharma ho jasle ragatbegar aafu santusti hundaina

  16. I agree with Gorkhali, but I am not agree that in poor Christian cannot enter to rich Christian Church. And we are very vas different then Muslman, how? Musal man wanted to make all musalman by fighting. but we christian wanted my preach truth.
    Because salvation is with Jesus Christ only? I am sure that without Jesus no one can enter heaven. First believed to Jesus then you will know what is Christ. Don’t see man see to God, if you try and labor hard you must be a reach prafect. I have seen so many places. I have visited USA Pennsylvania, korea soul. Iraq, Kuwait Quatar, malisiya, Bankak, france, Germany. wherever I go I got good respected by childern of God those who are really follower of christ, not nominal hypocrasy.

    But Hundu, I have seen Pasupati, it means we nepalese are worshiping pasu animal not God, because of that we Nepalese have knowledges as Animal, pasu. We are worshiping to saitan so mind is as saitan. see king his whole family killed by saitan mind. 13000 Nepalese killed by Nepalese that was saitan mind. we are worshiping bull (sadhe) our knowledges or mind also as a bull (sadhe) we have to learn by looking western country, either they are as we Nepalese hundu bull. or musultee terorrist.
    Now only one way is that to rule by Christian once in Nepal.Then you guys will see how is Nepal. Don’t go very far just see Korea, read thier history. How they got reach and peace full country. Because of that I can say Jesus is God he is almighty powerful God. Change your mind and be follower of Christ you will see real life and peace full life.

    Thank you

    Kiran Gurung
    Pennsylvania USA

  17. गोर्खाली जि तपाइको धेरै कुरामा म सहमत छु । हो हामीलाइ खुल्लम खुला हिन्दु देवताको फोटो राखेर पुजा गर्ने अधिकार छैन यो यहाको नियम विपरीत काम हो । हुन त म नास्तीक मान्छे हु मलाइ भगवान प्रति कुनै आस्था छैन किन भने यदी त्यो भगवान भनौदो पनि यो संसारमा छ भने त्यो पनि अन्यायी, अत्याचारी, सामान्त र तानाशाह हो । हो पशुपती नाथको मन्दीर नेपालीको आस्थाको धरोहर पनि हो यसलाइ मैले आत्मसाथ गर्नै पर्छ तर म खराब कुरो लाइ सही भन्न सक्दीन यसको लागी माफी चाहान्छु।
    मेरो गाँउमा रहेको सानो मन्दीरमा समेत सालमा लाखौ रुपैया भेटी उठ्छ तर यो त त्यो भन्दा पनि अलि माथीको कुरो देश विदेशबाट मान्छे आउछन् त्याहा अनि त्यो मन्दीरको आम्दानी चै असीहजार त्यो पनि सालभरको ????
    धर्मको नाममा व्यापार किन ???
    अनि हामी साच्चै हिन्दु हौ भने पशुपतीका भट्ट पुजारे र यसको साथ साथै यो चोर ज्ञानेलाइ किन कठघरामा उठाउन सक्दैनौ ??? कहिले आगलागीको निहुमा त्याहाका महत्वपुर्ण वस्तुहरु हराएका छन् सुनेका कुरा न हुन यो राजपरीवारबाटै यँहाको पुरातात्वीक वस्तुको व्यापार हुन्थ्यो अरे अब यी विकृती र विसंगतीलाइ हटाउदै पो जाने हो त अब हाम्रो देवता भनेर खराब कुरोलाइ पनि सहि भन्न चाही म सक्दीन !!!!!
    हर धर्मभिरु हरुलाइ सहि मार्ग मिलोस अनि नेपाल र नेपालीको सदा जय होस शुभ यात्रा !!!!
    अविरलायात्री
    साउदीअरब

  18. We should follow the example of some south Indian temples and regulate the income of Pashupatinath in the same way. The money thus collected can be spent on the construction of schools, hospitals, libraries and roads. If there is a willpower, it is not a difficult task to achieve.

  19. धर्मले नैतिकता र सदाचारका मूल्यहरुको प्रचार र जगेर्ना गर्नु पर्ने ठाउँमा, पशुपतिनाथ मन्दिरको यो हाल हुनु राम्रो हैन। सबै धर्मावलम्बीलाई प्रवेश दिनुको त त्यति महत्व देखिन्न किनभने जो विशुद्द धार्मिक उद्देशयले मन्दिर जान्छन तिनिहरुको धर्म सम्मत अधिकार सुरक्षित रहोस त्यत्ति हो । धर्म निरपेक्षताका नाममा बहुसंख्यक धर्मपरायण हिन्दूहरु संग गाँसिएको धर्मसंगत संवेदनशिलतालाई मानमर्दन नगरियोस र अरु नेपाल अधिराज्य भित्रका सबै धर्मावलम्बी हरुको अधिकारको पनि सम्मान गरियोस्। तर धर्म निरपेक्षताका नाममा ईस्लाम र कृश्चियन धर्मको प्रचारको बाटोलाई मात्र खुला गर्ने षडयन्त्रको विश्वव्यापी ग्र्याण्ड डिजाइनमा नेपाललाई अनावश्यक धकेलिएको हो कि जस्तो भने लागिरहेको छ । ज्ञानेन्द्र र राजवंशलाई मात्र हिन्दू धर्मको पर्यायका रूपमा बुझेर तदनुसार आक्रमणको रणनीति बनाउने कार्य राम्रो हैन ।

  20. Pasupatee nath Mandir laee Trust marphat chalauna parcha ra aamdani laee swastha ta sicha ma laganee garinu parcha ra jas lay Garib nepali ko chora choree lay ramro sichaya ra swastha ko upachar pahuch hunu parcha,yaso garda bhagwan pane khus sabaee khus kaso ta mitra haru,Bharat ko Tirupati ko amdannee kasari utilize bhaee rahayko cha herunu paryo ni.

  21. Hi there!
    This is a long story of anrchism in the nation’s biggest temple. People donate money and jewelry to Pasupatinath but money does not come right in report. They have to do fundamental change there in management. OR Nepali can simply copy the management of temple like Tirupati(As Nepalease have been copying from india, everything, education to politics)
    Basudev, Seattle

  22. Umesh ji
    samachar ko lagi dhanyebad
    hindu lai matrai pravesh bhanne kura sarai naramro ho..hamro yekjana afno manchhe ko bideshi sanga bihe bhayeko chha uha hindu dharma mannu hunchha yeti samma ki uha harek Yekadashi ko brata basnu hunchha uha pashupati darsan garna jada rok lagaiyo.. hami sangai gayeka thiyeu. hami lai sarai naramro bhayo uha ta jhan runa pani saknu bhayena . tyo sarai naramro kura ho yeslai hataune pryash kasaile gareka chhainan yesle Hindu Dharma prati manchhe ko nakaratmak bhawana janmauchha
    yo kura jasari bhaye pani hataunu parchha

  23. deepak and umesh dai nepal ma pani yo gadi jam le sarai dukka paiyo aba chai hajur haru ko pahal ma nepal ma TOY TRAIN daudaune kura haru pani sochau na.khali kati aarka ko kura garne.nepal ma ktm deki hetauda samma ko train banaude estimate kati lagdo rahecha aauta naksa korau ta.baru lage ko kharcha hami pani tirchau.
    kapil shrestha

  24. Paapi Gyanendra and his priests should be EXPELLED from Pashupati

    १. कृश्चियन धर्म र मुसल्मान धर्मको यउटै उद्देश्य अरु धर्म, सन्स्कृति र धर्मावलम्बि लाइ परिणत गर्ने हो, तेसैले यिनि हरु एक इन्च पनि टस मस नगरि एक अर्का कै बिच १४ सय बर्स देखि युद्द मा होमियेका छन।
    हिन्दु धर्म अलिक फरक छ; यसमा अनन्त आध्यात्मिक स्वतन्त्र्ता, सन्स्कृतिक बिभिधता र बैचारिक समालोचना भयेको ले यस्ले अरु धर्म सङ प्रतिस्पर्धा गर्दैन
    सन्सार को सब भन्दा पुरानो धर्म हिन्दु धर्मले सम्पूर्ण बिचार हरु ओगटेको छ, समालोचना हरु ओगटेको छ, स्वस्थानि जस्तो अन्धभक्त किताब देखि उपनिशत बेद बेदान्त जस्ता अत्यन्त गहन चिन्तन र दर्शन समालोचना सङालेका सयौ पूस्तक हरु ले बनेको यो सबै सन्स्कृति अटाउने धर्म लाइ आज यस्का कम्जोरि पक्ष्य लाइ मात्र औल्याइ पापि र नास्तिक भाइ मारा राजा सँग जोडी नेपाल मा भ्रम फैलाउने काम भएको छ

    २. पशुपतिमा अरु धर्म लाइ भित्र प्रवेश नदिनु को कारण मुसल्मान हरु ले हज्जारौ हज्जर हिन्दू, बुद्ध, र अन्य धर्म का मन्दिर हरु लाइ तोडेर तीनऐ मन्दिर का इट्टा ले मस्जिद बनाएका ले हो । आज को अफ्घानिस्तान हिन्दू बुद्धिस्ट देश थियो, पाकिस्तान हिन्दू राज्य थियो, त्यहाँ लाखौं का सन्ख्या मा मन्दिर हरु नाश गरी हिन्दू पुरुष हरु लाइ लाखौं का सन्ख्या मा हत्या गरी उनिहरु का इस्त्री हरु लाइ र बच्चा हरु लाइ जबरजस्ती मुसल्मान बनाइयो। (See keyword Aurangjeb or the history of pakistan and Afghanistan; 8th to 17th century Moghul colony of South Asia) त्यही डर ले मात्र मन्दिर हरु मा मुसल्मान हरु लाइ प्रवेश निशेध गरिएको हो।

    ३. दोस्रो कुरा, मुसल्मान को मस्जिद मा अन्य कुनै धर्म को मानिस लाइ प्रवेश निशेध मात्र हैन ज्यान को समेत डर हुन्छ। म अमेरिका मा बस्छु, त्यहाँ को मस्जिद मा एक चोटि कस्तो हुदो रहेछ भनेर जान मन लाग्यो, तर मुल धोका मा नै मलाई रोकियो र मेरो सबै कुरा सोधियो । मैले म पनि मुसल्मान हो भने पछी मैले बिहान नुहाएर आए न आएको जाच गरे पछी र त्यहाँ को धारा मा मक्का पट्टी मुख फर्केर हात खुट्टा र मुख धोए पछी मात्र प्रवेश दियियो।
    भित्र आईमाई हरु लाइ भने पूरा पूर प्रवेश निशेध थियो, चहे ति मुसल्मान आइ माइ नै किन न हुन । यो अमेरिका को कुरा हो, अब साउदी अरबिया वा पाकिस्तान कस्तो होला ?
    मुसल्मान को के कुरा गर्ने, तपाईं हरुले आँफै बुझे हुन्छ

    ४. अब आयो कृश्चियन हरु को। उनि हरु ले एक चोटि नचिनेको मान्छे चर्च गयो भने त्यो मान्छे लाइ अति राम्रो गर्छन्, तर त्यस्लाइ कृश्चियन मा परिणत न भए सम्म पिछा छोडदैनन। अर्को कृश्चियन हरु को सबै बिकासित देश हरु मा मान्छे को आर्थीक स्थिती हेरी कन चर्च हुन्छ। जस्तो धनी मान्छे को चर्च मा गरीब मान्छे जान सक्दैन र गरीब को चर्चा मा धनी मान्छे जादैन । जस्तो जर्ज बूश वा तेस्तै सिनेमाका कलाकार हरु वा ब्यापारी हरु जस्तो ठूलो मान्छे जाने चर्च र सर्व साधारण जाने चर्च अलग्गै हुन्छ। धनी मान्छे को चर्च मा सर्व साधारण जान पाउदैन।

    ५. नेपालमा पशुपति का हाल का भट्ट हरु ठग हुन्, तीनइहरु लाइ निकालेर नेपाली पूजारी राख्नु पर्छ्; ति नयाँ पूजारी जुन जात भए पनि हुन्छ्; तेस्ताइ पशुपति मा ज्ञानेन्द्र र तेस्का परिवार लाइ प्रवेश निशेध गरिनु पर्छ किनकी तेस्ले पशुपति को मुर्ती, सुन्, चादि चोरने काम गरेको छ्, त्यो महापापी हो। तेही पाप ले तेस्को बाङ्ग्श नाश पनि हुँदैछ

    ६. स्पेस टाईम भन्ने बिन लादेन को मान्छे “दाउद इब्राहिम” ले चलाएको टिभी हो, ज्ञानेन्द्रे को ब्यापारीक साथी भएका ले त्यो नेपाल मा माथि गएको थियो अब फेरी हाम्रा नेता हरु ले तेस्लाइ माथि ल्याउने तरखरमा होलान ।
    बिचार गरौ यो ज्ञानेन्द्रे पापी का भित्री मान्छे हरु भनेका मुसल्मान कट्टर्पन्थी आतङ्कारी हरु छन्, जस्को उद्देश्य नेपाल मा मुसल्मान धर्म फैलाउनु र अन्य देश मा आतङ्क गर्नु हो । भने पछी यो ज्ञानेन्द्रे कस्तो हिन्दू राजा होला त ? यो डाकु चोर हाम्रो देश को कलङ्क हो । यस्लाइ र यस्का पशुपति को मुर्ती चोरने काम सँग लागेका मतियार हरु लाइ जनता सामु नङ्याउनु पर्छ

    ७. पशुपति मा अरु धर्म लाइ प्रवेश दिने न दिने भन्ने तुलनात्मक कुरो पनि हो, हाम्रो धर्म र सन्स्कृती को पनि आफ्नै अस्मिता हुन्छ्, हामी ले हाम्रो आमा, दिदी, बहिनी, श्रीमती, बच्चा, हाम्रा देउता हरु, सन्स्कृती, संगीत सबैको रक्क्ष्या गर्नु पर्छ्; तीनइहरु को बजार लगाउने र बेच्ने होईन। पशुपति भनेको पैसा कमाउने कोठी होइन, पशुपति र बुद्ध भनेको हाम्रो शक्ती र शान्ति को प्रतिक हो, हाम्रो आध्यात्म र चिर शान्ति को मार्ग हो। यस्को हामी ले नगरे कस्ले इज्जत गर्छ ?

    ८. कुनै मुसल्मान देश गएर हेरौ, उनिहरु कस्ता छन्, कृश्चियान देश गएर हेरौ उनिहरु कति रुढिबादी र एकोहोरो बिचार का छन। आज सम्म कसैले कृस्चियन धर्म को समालोचनत्मक र बौद्दिक तर्क गर्न पाएको छ ? किनकी त्यो गर्न पाइदैन। खाली जिसस् जिसस् भनेर मात्र रट लगाउछन्, चिन्तन भनेको पटक्कै छैन। समालोचना को त कुरै नगरौ। “जिसस् हाम्रो लागि मोरेको हो, हाम्लाइ तार्छ्” भन्छन, जस्ले आफुलाइ पिटाइ बाट बचाउन सकेन तेस्ले हाम्लाइ तार्छ? हुन त म कुनै धर्म को दिल्लगि गर्न चाहन्न, हाम्रा पनि कति त्रुटी छन्, तर हामी त आत्मालोचना गर्छौ नि! तेही कारण ले त हामी मा आध्यात्मिक स्वतन्त्रता छ भनेको नि! अनि मुसल्मान धर्म को बारे मा कसैले चूइक्क सम्म बोल्यो भने त्यस्ले तत्काल तेही स्थान मा मृत्यु दण्ड पाउछ ।

    अनि हामी चाँही हाम्रो आफ्नै हिन्दू र बुद्ध धर्म को आँफै बेइज्जत गर्दै हिंड्ने ?

    ल भनौ साथी हरु को को साउदी अरब मा हुनु हुन्छ्, तपाईं हरु कसरी दसैं मनाउनु हुन्छ? पूजा ध्यान गर्न छुट छ?

    राजा चोर लाइ गाली गरौ, तेस् लाइ झुन्ड्याऔ, तर हाम्रो धर्म लाइ इज्जत, प्रतिस्ठा र आस्थामा राख्उ किन कि हामी एक्काइसौ शताब्दी का पढे लेखेका युबा हौ।

  25. I think time is ripe to make lot of thing transparent and the force that is trying everything make things opaque and vauge must have vested interest and all parties of vauge interest must face fraud charge and heavy penalties. It wouldn’t be too hard to find out the average income of Pashupatinath. The transaction can be maintained in the daily basis in a bank. The priest and the administrative body will definitely be in salary and very governed by their position description. Who is that devil in Nepal who proclaims himself to be a god to gobble all the income of Pashupatinath. That monster must be made public and we have to deal with judicial charges for that corrupt institution of individuals. In today’s Nepal do we really have to worry about whoever is the top (mathi). “Anything thing goes mathi must have to come tala” or whatever goes in must come out as well. This very much nature’s law and no one can defy that. So in the principle of natural justice, the self proclaime Shande need to be castrated (khasi parne). Then that arrogant bull will stop bulling around. I don’t thing today’s Nepaleses wants to be bullied by those blood sucker, monsters in the name of God justify all their evil act. I thing Pashupatinath will eventually do justice to this Narapishach.

  26. हुन पनि पशुपतिनाथको मन्दिरको आम्दानीको हिसाब त राम्रो सङ्ग राख्नै पर्छ है। माथीको आदेश भनेर पन्छिन पाइदैन।
    [email protected]
    narayan khatri
    takukot 1 gorkha

  27. अब पशुपतिनाथको आयश्रोत बडाउने हो भने पहिलो कुरा भक्तजन वा नव आगन्तुकहरुको सङ्ख्या बडाउनुपर्छ।तसर्थ त्यस्को लागि पहिलो काम् चाहिं हिन्दु,कृस्चियन,बुद्धिस्ट र मुसल्मान नभनि कुनै भेदभाव नराखि आउने जति सबै जनालाइ प्रबेस अनुमति दिनु पर्छ।बरु पशुपतिबाबालाइ चडाउनु पर्ने उपहार चाहिं फलफुलको सट्टामा नगदेबालिहरु क्यास ,सुन,चादि,हिरामोति,जुहार,आदिमात्र भगवानको नाम्मा चडाउनु मिल्ने पशुपति क्षेत्रको नियम बनाउनु पर्छ भनि माथिकोलाइ आदेस दिने कि?

    बिचारा डा केसर्जङ्को धर्मप्रतिकोबुझाइ अलिक फरक छ होला किन कि वहा सुधारिएको कम्युनिस्ट पर्नु भयो।होइन भने मुस्लिम धर्म अनुसार नोनमुस्लिमहरुलाइ मस्जिदमा प्रबेस गर्नु निकाइ ठुलो कार्बाहिको भागि हुनुपर्छ।मेरो बुझाइमा धर्म परिबर्तन नगरे सम्मा मुस्लिम धर्ममा पनि निसेध गरिएको हुन्छ।

  28. How about the income of Pashupati Nath ? SHould not it be the property of nation ? Why not to put a safe donation box, where bhaktajan can directly donate in it, and with provison of key to be hold by Finance ministry representative, Rastra Bank representative, Civil SOciety representative, Lakha Samiti rep and others as necessary. We do not need indian Bhatta, who are showing one day income as one year income.

  29. यसै कारण त हिन्दु धर्म पछि परेको छ। हिन्दु धर्म बिश्व्को पुरानो धर्म हो। यदि यस्को प्रर्चार धेरै पहिलाबाट गरेको भय सायद बिश्वव भरि हुन्दुनै हिन्दु हुन्थे। हिन्दुका रुडिबादि धारणाको अन्य र पर्चार गर्नु पर्नेमा अझ कन्जर भेटिभ बनाउदै गयो। यो कारणबाट अझ संकटमा परेको छ।
    केबाल हिन्दुको छोरा र छोरि मात्र हिन्दु र अरुबाट आएको हिन्दु नहुन सक्ने हिन्दु बाडिको धारणा बाट यो खतरामा पर्ने गयको हुन आउछ। यस्क गलत पक्षलाइ छोड्दै राम्रा पक्षलाइ समाउदै सबै अगाडि बढेको भय आज सबभन्दा ठुलि हिन्दुनै हुन्थो होला।

  30. होइन ए दिपक जि
    तपाइले यो पसुपतिनाथको अगाडिको फोटो कहाँ बाट ल्याउनु भयो यो भित्रको फोटो खिच्चन् पाइदैन भन्छन्। पोहोर मैले बाहिर बाटै यो फोटो खिच्चन लागेको थिय पुलिसले धन्यनै डिजिटल क्यामरा खोसेको भन्या। मैले प्रतिकारमा बजार भरि योटो पाइन्छ भनेको पुलिसले धन्यनै गोदेन्। काहाँ पाइन्छ भन् भन् त सालेलाइ! पुलिसको बोलि सबैलाइ के भन्छन् थाहाँनै छ क्यार। मान्छे को हो के हो सबैलाइ साले बनाउछन्! मलाइ यो फोटो देखदा याद आयो। मैले फल्यास् बनगरेर खिच्न् त सफल भय। नेपामा नियम र बोलिको के अर्थ? अर्थ छ भने खोज्नु पर्ला कतै हरायको छ कि।

  31. अहिलेको सरकारले धेरै कुरा हरु मध्ये पशुपतिनाथ को आय मा निकै ठुलो कुराहरु त राखेको देखिन्छ, आशा गरौं – कार्यान्वयन पक्ष अझै सशक्त रहोस् भनेर ।

    सौरब कारन्जित
    –बेल्जियम–

  32. Aasha garau bhabishyama pashupati nathko sampati barema spasta janakari bahira aune chha

    Shiba
    Leuven
    Belgium

Comments are closed.