सन्काहा क्याप्टेन र आजको दिन

-दीपक भट्टराई-Dipak
कस्तो अनुशासन रहेछ हाम्रा सैनिक दाजुभाइ अझ त्यसमाथि अफिसर कै। कहिले फिर्ने होला सेनाको बुद्धि। उसै त माओवादीले (शाही) नेपाली सेनालाई परिवर्तित सन्दर्भमा पनि लोकतन्त्रलाई अँगाल्न नसकेको पुरानै सेनाको रुपमा चित्रण गरिरहेका बेला यो घटनाले झन् आगोमा घ्यू थप्ने भो।

आजको दिन धेरैजसो यो र अन्य केही समाचार संकलन र लेखन मै बित्यो। राति कार्यालयबाट हिँड्ने बेलामा ती सैनिक क्याप्टेन निलम्बनमा परेको समाचार रक्षामन्त्री पनि रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास बालुवाटारबाट थाहा पाइएको थियो।

एक सय रुपैयाँ भन्दा धेरै उठाएको ट्याक्सीको मिटरपट्टी हेर्दै पत्रकार मित्र नारायण अमृत भन्दैथिए, बुझ्नु भो साला ब्लगमा ठोक्नुस्। मैले हुन्छ भन्न नभ्याउँदै उसले भन्यो, ट्याक्सीले उठाएको बिलको विषयमा होइन नि, नेपाली फिल्म जस्तै थियो, आजको नाटक त्यसैमा लेख्नुस् भन्या।

यो ब्लग लेख्न बस्नु आधा घन्टा पहिले नारायण, सन्तोष र म, अभि सुवेदीकृत नाटक हेर्दैथियौं, जीवनदेखि जीवनसम्म। मसँग भएका दुबै रङ्ग पत्रकार थिए र म थिए, बेढङ्ग पत्रकार (जे विषयमा मन लाग्यो त्यही विषयमा समाचार संकलन गर्ने)।

मेरो संसारका बाऊ उमेशले चार दिन पहिले दुई हजार रुपैयाँ दिएको थियो। ब्लग लेखेवापत् होइन नि, दुई वर्ष अगाडि गरेको अँग्रेजी नेपाली उल्थाको पारिश्रमिक वापत। [आम्मै नि, दुई वर्ष भइसकेछ ? च्यानल नेपालसित क्षतिपूर्ति रकम नभराएको भए त अझै दुई वर्ष लाग्ने थियो त्यो ऋण तिर्न तिमीलाई- उमेश] त्यो पैसाको केही हिस्सा हामीले दरबारमार्गको अन्नपूर्ण होटलमा नाटक हेर्नु पहिले त्यहीँ नजिकको भट्टीमा खोट्याइसकेका थियौं।

अभि सुवेदीको अरु नाटक जस्तै यो पनि बौद्ध दर्शनमा आधारित नाटक थियो र हेर्ने मध्ये ९० प्रतिशत गेरु वस्त्रधारी नै थिए। नाटक नसकिँदै उठेर हिँड्ने प्रस्ताव राख्दै नारायणले भनेको थियो, अग्नीको कथा जस्तै रहेछ।
आज शनिबार बिहान ९ बजेसम्म सुतौंला भन्ने भावनालाई हिजो राति सेनाको एक क्याप्टेनले मच्चाएको आतंकले बिगारिदिएको थियो। दुई चार मिनेट मात्र समय तलमाथि परेको मोबाइलमा ६ नबज्दै हाकिमले फोन गरी सेनाको कु-कृत्यको समाचार बिहान ७ बजेको समाचार बुलेटिनबाटै समेट्नु पर्ने बताए।

वर्ल्डकप फाइनलपछि पहिलोपटक घरबाहिर सुतेको थिए। सात मिनेटमा नित्यकर्म सकी ट्याक्सी लिई दरबारमार्ग तर्फ हानिएँ।

गए राति दुई बजेतिर भैरवनाथ गणका एक क्याप्टेनले आफूसँग झगडा परेको निहुँमा एक जना प्रहरी इन्स्पेक्टर, असई र एक प्रहरी जवानलाई जबरजस्ति आफ्नो कार्यालयमा लगी कुटेछन्। तीन दर्जनभन्दा धेरै माओवादी बन्दीलाई मारेको र यातना दिएको भन्दै राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले दोष दिएको कारण महाराजगञ्जमा रहेको नेपाली सेनाको भैरवनाथ गण अहिले चर्चा मै छ।

ठमेलमा मादक पदार्थले टिल्ल परेका सादा पोशाकका सैनिक क्याप्टेन रोबिनविक्रम राणा र उनका गैर सैनिक साथी विकेन्द्र सिंह विष्टलाई गस्ती गरिरहेको प्रहरी टोलीले गाडी बीच सडकमा रोकी ट्राफिक जाम पारेको आरोपमा कारवाही गर्न खोजेको रहेछ। तर, राणाले प्रहरीलाई टेर्नु त परै जाओस्, उल्टै जागिर खाइदिने धम्की दिँदै प्रहरीमाथि जाइलागेछन्।

काठमाडौंमा चोरी बढेपछि रातिराति हिँड्न थालेको प्रहरीको विशेष कार्यदलको प्रहरी निरिक्षक रामबहादुर केसीको टोलीले क्याप्टेनलाई पक्रन नसके पनि उनको साथी विष्टलाई पक्राउ गरेछ। पक्रने काममा त्यति बेला ठमेल पुगेका सादा पोशाकमा रहेका अर्का प्रहरी जवान राजन तामाङले सहयोग गरेका रहेछन्।

त्यसपछि प्रहरी र स्थानीय वासिन्दाले विशालनगर निवासी विष्टको दाँत भाच्चिइन्जेल पिटेछन्। चावहिलका क्याप्टेन राणा भने प्रहरीले साथीलाई पक्राउ बित्तिकै भागेछन्। प्रहरीको विशेष कार्यदलले विष्ट र तामाङलाई दरबारमार्गस्थित वडा प्रहरी कार्यालयमा ल्याएछ।

विष्टलाई प्रहरी कार्यालयमा ल्याएको आधा घण्टा नहुँदै क्याप्टेन राणाले करिब ४० जना हतियार धारी सैनिकको नेतृत्व गर्दै प्रहरी कार्यालय आइपुगेछन्। आफ्नो साथीलाई पक्राउ गर्ने प्रहरी निरीक्षक, असई धर्मेन्द्रकुमार राय र तामाङलाई प्रहरीले सैनिकसमक्ष बुझाउनु पर्ने नभए सबलाई मारिदिने धम्की राणाको नेतृत्वमा आएको सैनिक टोलीले दिएछ।

सैनिकले घेरा हालेर विष्टलाई आफ्नो जिम्मामा लिई निरीक्षक केसी, असई राय र जवान तामाङलाई सैनिक गाडीमा कोचेर महाराजगञ्ज पुर्‍याएछन्। त्यसपछि प्रहरीहरुलाई महाराजगंजस्थित श्रीभैरवनाथ गणमा लगेर पानीमा चोपल्दै कुटपिट मात्र गरेनछन्, तामाङलाई त करेन्टसम्म लगाएछन्।

भैरवनाथ गणमा पाएको यातना कै कारण आफू नपुसंक भएको भन्दै एक माओवादी कार्यकर्ता हिमाल शर्माले अदालतमा सेनाविरुद्ध रिट पनि दर्ता गराएका छन्। प्रधानसेनापतिविरुध्द युध्द अपराधको रिटसमेत सर्वोच्चमा दर्ता भएको छ। करिब दुई घण्टाको यातनापछि घाइते प्रहरीलाई बिहान सवा चार बजेतिर महाराजगंजस्थित वडा प्रहरी कार्यालयको भ्यानलाई बोलाएर सैनिकहरुले जिम्मा लगाइदिए छन्।
बिहान भरी यति समाचार संकलन गर्दैमा बितेको थियो।

दिउँसो सेनाका अधिकारीसँग सम्पर्क गर्दा सेनासंलग्न जघन्य अपराध बाहेकका घट्नामा प्रहरीलाई अनुसन्धान गर्ने अधिकार हुन्न भन्दै सैनिक प्रहरीले क्याप्टेनमाथि छानबिन गरिरहेको बताएका थिए।

यो सबै लोकतन्त्रपछि कै घटना हो र यसबाट आत्तिनुपर्ने छ। कस्तो अनुशासन रहेछ हाम्रा सैनिक दाजुभाइ अझ त्यसमाथि अफिसर कै। कहिले फिर्ने होला सेनाको बुद्धि। उसै त माओवादीले (शाही नेपाली सेनालाई परिवर्तित सर्न्दर्भमा पनि लोकतन्त्रलाई अँगाल्न नसकेको पुरानै सेनाको रुपमा चित्रण गरिरहेका बेला यो घटनाले झन् आगोमा घ्यू थप्ने भो।

आजको दिन धेरैजसो यो र अन्य केही समाचार संकलन र लेखन मै बित्यो। राति कार्यालयबाट हिँड्ने बेलामा ती सैनिक क्याप्टेन निलम्बनमा परेको समाचार रक्षामन्त्री पनि रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास बालुवाटारबाट थाहा पाइएको थियो।

अनि हेर्न हिँडेको थिएँ नाटक, जीवनदेखि जीवनसम्मको प्रिमियर सो, गुरुकुलका कलाकारको नाटक नहेरेको चार महिना भइसकेको थियो। त्यसैले पनि नाटक मन लागेर हेरुँला भन्ने लागेको थियो। तर, नेपाली फिल्म जस्तै रहेछ, नाटक भन्ने नारायणलाई जवाफ दिन नसकेर उसँगै राति १०:०५ बजे दरबारमार्गबाट हिडेको थिएँ। बिहान ६:३० मा दरबारमार्ग प्रहरी कार्यालयबाट सुरु भएको आजको सक्रिय दिन १०:०५ मा होटल अन्नपूर्ण दरबारमार्गबाटै टुँगियो।

12 Comments

  1. Hellow! wonderful and beautiful. YOur feeling and reporting could response to the people i liked your beautiful words

    Sameecheeta

  2. hi its me
    sena le gareko kura teti saro uchhalnu parchha jasto lagaddaina.kina tyo 1 army le gareko ho not all army
    he will b punished sure with our suprim court
    but nepal army ko badhnam garne kam nagarnu la every body it will harm all of all yes some people r there to insult some army but every body is not like that
    so b dont engage all army with some those case ok
    it will harm all of as n our country realize all ok think all of us !
    is int it ?

  3. Sabaee Army laee gali garna mildaeena aahilay pani lutpat ma police ko salangnata ma bheerahayko chupako chaina ,Ho yee Rana ,Saha ,Sahee darbar ko najik natagota parney Army haru alee badi bahayako chan,aruta saraba sadhran Nepali ta hun uneeharu laee alee kati Nagarik sitchya ra manabadikar ko sichya dina parcha.Aba Army ma Rana shaha shaee raja ko nata gota laee bharti garna banda garinu parcha.Sena ko Sakhya jayda bhow ghatauna parcha baki laee aahilay bikas nirman ko areya ma Ingage garyera bistaree ritirement dinu parcha. ,

  4. Indeed its’a shameful to hear that brawl between RNA and Nepal Police. If they start fighting each other these way then definitely we civil will loose our thrust to them.

    bhancha ni nepali ukham jo aguwa tai……… testo ta garnu bhaina ni.. anusasan bhanne pani hunuparyo hamro desko rakchak daju bhaiharusanga.. jo doshi cha uslai nilambit matra garera pugdaina. kada bhanda kada sajaya dinuparyo.. jasle garda bholi ka din haruma yesto ghatana dohirinu paudaina.

    thanks

  5. Well,netaji be careful,

    Dont ever dare to mess up with army, you have seen the halat of police, now think of yourself that will be more behal.

  6. Well,netaji be careful,

    Dont ever dare to mess up with army, you have seen the halat of police, now think of yourself that will be more behal.

  7. It shows the mentality of Nepalese army…and i dont think by changing the name of the organisation will change the attitude….they have to reconstruct the organisation..otherwise this type of incidient will be repeated…punish the culprit.

  8. हाम्रो नेपालि सेनाहरुलाइ अबदेखि सैनिक सिक्षा भन्दा नैतिक सिक्षाको तालिम दिनु पर्छ।होइन भनेसर्बसाधारण जनता र प्रहरि मात्र हैन देसकै सबै नेताहरुलाइ अपहरण गरेर सिङ्हदर्बारलाइ सैनिक सचिवालय नबनाउला भन्नु सकिन्न।तसर्थ एक लाख नेपालि सेनाहरुको सङ्ख्या कटाउति गरेर २० हजार मात्र राखे के हुन्छ?

  9. नेपाली आर्मीहरु ले आहिले त पुलिश लाई मात्र पिटेछन् । अब केहि महिना पछि सबै नेताहरु लाई पिटेर थुनेको भन्ने समाचार नआउला भन्न सकिन्न । तसर्थ सबै जना नेपाली प्रजातन्त्र प्रेमिहरु सजक रहन हर्दिक आव्हान गर्दछ ।
    Ramesh
    नेपाली कम्युनिटी न्युज ।
    (sangalo.be)
    बेल्जियम

  10. This incident proves how much can the army be trusted? If they are not disciplined, how can we trust them to maintain the peace in Nepal? If there is no security of the police force, the security of poor people of Nepal is in doubt. So many such incidents have taken place in last one year and continued even after the fall of the King. Well Girija wake up, clean the army before taking away arms from the Maoist. To be frank Maoists are only the force that can confront the Army.

  11. Saturday, July 29, 2006

    To,
    Nepalese Students, staying in Korea
    SONSIK, advisory committee members
    SONSIK, alumni
    Representatives, Embassy of Nepal, Japan
    Representatives, Nepalese organizations in Korea
    Representatives, Business agencies, hotels of Nepalese in Korea
    Representatives, Korean organizations concerning with Nepalese
    Representatives, International students organizations based on Korea

    Re: Invitation for the forthcoming third GA of SONSIK

    Dear Sir/Madam,

    It’s our pleasure to announce that SONSIK, Society of Nepalese Students in Korea, is going to organize its third General Assembly (GA) dated 5th and 6th of August 2006. For this special occasion of SONSIK, we would like to invite you as our member/guest, for participating in this gathering. We are trying to send individual invitations, unless otherwise not receiving other letters; we request to consider this notice as an invitation.

    The venue for the gathering would be Suwon Youth Culture Center, which is located at Suwon city, South Korea. The detailed program is attached here with.

    We are eagerly looking forward to see you soon.

    Thank you.

    Sincerely Yours,
    ……………………..
    SONSIK, President
    Dipendra Kumar Aryal
    SONSIK,
    South Korea
    http://www.sonsik.org.np

Comments are closed.