नगरिएको गल्तीमा पनि माफी

-दिमेर्जिन दीपक-
Sagar
त्रिपुरेश्वरको बीच सडकमा जलाइएको टायरको धुँवाबाट बच्न मुख छोप्दै अगाडि बढिरहेका एक साइकल यात्री। फोटोः सागर श्रेष्ठ
एक जना सैनिक अधिकृतको कुकृत्यको चर्चा सेलाउन नपाउँदै काठमाडौंमा गएराति (मंगलबार) फेरि एक जना जुनियर प्रहरी अधिकृतले चलाएको गोलीबाट एक जना कराँते खेलाडीको ज्यान गयो। एमाले नेता माधव कुमार नेपालको निजी सुरक्षा गार्ड असई मानबहादुर अधिकारीले ज्ञानेश्वरमा हानेको गोली लागेर कराँते खेलाडी राकेश गुरुङको मृत्यु भयो। भलै असई अधिकारीले आफूमाथि आक्रमण गर्न लागेपछि खेलाडी माथि पेस्तोल प्रहार गरेको बताएका छन् तर उनले गोली चलाउनु अगाडि ब्लाङ्क फायर नगरेका तथा गोली खुट्टामा नहानी सोझै छाति नजिक कोखामा हानेकाले अधिकारी माथि शंका गर्ने प्रशस्त ठाउँ छ।

Sagar
दशरथ रंगशाला अगाडिको सडकमा जलाइएका टायर। फोटोः सागर श्रेष्ठ

एमाले महासचिव नेपाललाई घर छोडेर आफ्नो वासस्थानतर्फ फर्कँदै गर्दा बाटोमा आफू चढेको नेपालको गाडीको ड्राइभरलाई छुरा प्रहार गरेको र आफू माथि पनि हमला हुन थालेपछि बाध्य भई गोली चलाएको अधिकारीले प्रहरीमा बयान दिएका छन्।

खेलाडी गुरुङको अस्पताल लाँदालाँदै बाटोमा मृत्यु भयो र बिहानैदेखि काठमाडौंमा टायर बल्न थाले भने साँझ अबेरसम्म साना-साना जुलुसले तोडफोड गरे। यसैका कारण आज दिनभर काठमाडौंका सडकमा हिँडिनसक्नुको जाम भयो।
Sagar
बिहानैदेखि टायर जलाएर सडक अवरुध्द गरिएपछि स्कूल जान हिँडेका विद्यार्थी र कार्यालय जान हिँडेका कर्मचारीहरु अलपत्र परेका थिए। कति स्कूलले त आज हुने भनिएको फर्स्ट टर्मको परीक्षा समेत रद्द गर्न बाध्य हुनु परेको थियो। फोटोः सागर श्रेष्ठ

आफ्नो भने आजै साप्ताहिक विदा परेकाले विभिन्न ठाउँमा भेटघाट गर्ने कार्यक्रम थियो। दिउसो तीन बजेको हुँदो हो, चावहिलतिर बरालिँदै थिएँ। एक हितैषीले फोन गरे, के भो तेरो अफिसमा। प्रहरी त निकै तैनाथ छन् नि।

अफिसमा प्रहरी तैनाथ भन्नासाथ कि त माघ १९ को याद आउँछ कि भदौ १६ को। माघ १९ मा राजाले शासन लिएको घोषणा रेडियो, टेलिभिजनबाट गर्नुभन्दा २ घन्टा अगाडि नै सेना कार्यालयमा थिए। त्यस्तै इराकमा नेपालीहरुको हत्या भएको विरोधमा २ वर्षअगाडि भदौ १६ गते काठमाडौंमा हुलदंगा हुँदा धेरै अनुरोध गर्दा पनि प्रहरी बचाउको लागि कार्यालयमा आएको थिएन।

कार्यालयमा साथीभाइलाई फोन गरी प्रहरी आउनुको कारण सोधें र बिदा दिन भए पनि कार्यालय पुग्नुपर्ने भयो।

प्रहरीको गोलीले खेलाडीको मृत्यु भएको घटनाको समाचार आफूहरुले भनेजस्तो नभएको भन्दै एक हुल प्रदर्शनकारीहरुले कार्यालय अगाडि टायर बालेर विरोध गरी बसेका रहेछन्।
Sagar
कान्तिपुरको कार्यालय घेराउ गर्दै। फोटोः सागर श्रेष्ठ

सुरक्षा दिइरहेका प्रहरीले कार्यालयको स्टाफलाई पनि भित्र छिर्न दिएका रहनेछन्। बल्ल बल्ल अनुरोध गरी भित्र कार्यालय छिरेँ। भित्र त प्रदर्शनकारीका केही प्रतिनिधिले व्यवस्थापनसँग छलफल गर्दै रहेछन्। ती मध्ये २ जना महिला पहिले नै कतै देखेजस्तो लाग्यो। एउटीलाई राजाको जन्मोत्सका दिन खुलामञ्चमा रिपोर्टिङ गर्न जाँदा देखेको थिएँ। शहीदमञ्चमा मण्डलेहरुलाई प्रवेश निषेध भन्दै भाषण गरिरहेका एक जनालाई निकै एग्रेसिभ ती महिलाले ढुङ्गा हानेकी थिइन् त्यो दिन। यस्तै अर्की महिला कुनै दिन आफू देशभक्त संघ -शाही मन्त्री निक्षशम्शेर राणाको पार्टी काभ्रेको कार्यकर्ता हुँ भन्दै समाचार लिएर कार्यालयमा आउँदा भेट भएको थियो।
Sagar
उनीहरुले कान्तिपुरका पत्रकारहरुलाई भित्र जान र बाहिर निस्कन समेत दिएका थिएनन्। फोटोः सागर श्रेष्ठ

प्रदर्शनकारीका प्रतिनिधिले घटना सम्बन्धी प्रसारित समाचार जबर्जस्ति गल्ती भयो भन्दै प्रमाणित गर्न खोजेका थिए। कार्यालयका तर्फबाट गल्ति भए सच्याइने भनी व्यक्त गरिएका कुरा उनीहरु सुन्न तयारै थिएनन्। समाचारमा दोषी प्रहरीले के कारणले आफूले गोली चलाएको हो भन्ने भनाई भन्दा खेलाडीको विरोधमा केही भनिएको थिएन। अन्य समाचार माध्यमबाट प्रसारित समाचार हामीकहाँबाट प्रसारित भन्दा कुनै हिसाबले पनि फरक समाचार प्रसारण थिएन। तर, किन यही कार्यालयमा जुलुस आयो त भन्ने प्रश्न ज्यादै गहिरो थियो। सुनियोजित रुपमा जुलुस कसैको इसारामा जुलुस यस कार्यालयमा आएको भन्ने बुझ्न केही अप्ठेरो थिएन।
Sagar
पछि कान्तिपुर टेलिभिजनका तर्फबाट विजय पौडेलले माफी मागे। फोटोः सागर श्रेष्ठ

गल्ती गर्दै नगरिएको कुरामा जबर्जस्ती माफ माग्न लगाए प्रदर्शनकारीले। समाचार सही रुपमै प्रसारण गरिएको भए पनि प्रसारित समाचारले खेलाडीका परिवार र आफन्तलाई चोट पुग्न गएकोमा क्षमा प्रार्थी छौं भन्नुपर्ने अवस्था आयो।

यस्तै कारणले पनि कहिलेकाँही पत्रकार भएकोमा दिक्क लाग्छ। स्वतन्त्र समाचार माध्यमलाई स्वतन्त्रतापूर्व समाचार विचार प्रकाशन, प्रशारण गर्न नदिने यो कस्तो चलन हो ? हिजो हामीले सत्ताधारीबाट यसको शिकार हुनुपरेको थियो। तर, आज निष्पक्ष सूचना प्राप्तिका लागि स्वतन्त्र संचार माध्यमको पक्षमा आवाज उठाउनुपर्ने मानिसहरु नै कसैको उक्साहटमा लागेर कार्यालयमा आए। करिब चार घन्टा हाम्रा सहकर्मीहरु सूचना संकलनका लागि कार्यालयभित्र बाहिर गर्न पाएनन्। खाजा खान निस्कन नपाएकाले धेरै साथीहरुलाई शारीरिक यातना भयो। त्यो यातना त खाना खाएपछि टर्‍यो होला, तर पत्रकारहरुले बिना गल्तिमा माफी माग्नु परेको मानसिक पीडा भने कसरी मेटिएला र –

Sagar
कान्तिपुर टेलिभिजनले समाचारलाई गलत ढंगबाट प‌्रस्तुत गरेको आरोप उनीहरुको थियो। फोटोः सागर श्रेष्ठ

Sagar
राजधानीका विभिन्न भागमा यसरी नै प‌्रदर्शन भएका थिए। फोटोः सागर श्रेष्ठ

Sagar

30 Comments

  1. सत्य तितो हुन्छ, अझै हाम्रो देशमा राजनीतिक्पार्टिको पछी लागेर देश जता गएपनि उनिहरुकै पुच्छर समातेर खल्टामा जान पछि नपर्ने हरुलाइ नै किरन् र फ्रीदोम लभर हरुका बिचार मन पर्दैनन फलश्वरुप यिनै हरुले गर्दा नै सामन्तिका परिवरको चाकडि गर्न पनि नेताहरुले छोड्दैनन। यो अबस्तामा नाअएको बुढ्ढि अब सिङ र पुच्छर् पलाएपछि आउने हो र?

  2. फ्रीडम लवर जी ,
    तपाइलाइ अलि अलि राजनीति आँउछ कि आउँदैन? झिङगा को सरापले डीङ्गा कहाँ मरेको छ? प्रचण्ड का शब्द त हुबहु नक्कल गर्नु भएछ, तपाइँलाइ के लाग्छ चुनाव भएमा काङ्ग्रेस् को जमानत जफत हुन्छ ! अथवा ए मा ले जनताबाट दुत्कारिन्छ !! तपाइ को बिचार मा राप्रपा-सप्रपा, सद्भवना,जनमोर्चा ,मजदुर-किसानहरु त पार्टी नै होइनन् । कहिले सम्म यो गुमराह !कति सम्म यो भ्रम को खेति !!!

  3. कान्तिपुरको कार्यालयमा बुधवार जे भयो त्यो माघ १९ पछि खेलेको कान्तिपुरको लोकतान्त्रिक भुमिकावाट तिल्मीलाएर मनमा बदलाको भावना पालिरहेकाहरुको काम हो भन्नेमा सायद कसैमा पनि द्धुविधा छैन । यो निन्दनीय काम नै हो । यसैले यसको निन्दा त गर्नै पर्छ नै ।
    माघ १९ को शाही कदम पछि यसले खेलेको भुमिकाले प्रतिगमन कमजोर भएको हो भन्नेमा कुनै द्धुविधा छैन । तर, एक पत्रकारीताको विद्यार्थी भएकोले मेरो विचारमा माघ १९ पछि कान्तिपुरले पुर्ण मिसन पत्रकारीता गरेको थियो ।
    यसमा उ धेरै हदसम्म सफल पनि भएको हो । तर एक दैनिक पत्रिकाले यसरी मिसन जर्नालिजम गर्दाको परिणाम के हुन्छ र यो व्यावसायिक पत्रकारीता हो वा हैन त्यो भने स्वतन्त्र विष्लेशणको पाटो नै हो ।
    कान्तिपुर कत्तिको व्यवसायिक छ अनी कत्तिको व्यवसायिक पत्रकारीता गर्छ त्यो त्यही कार्यरत पत्रकारहरुलाइ नै राम्ररी थाहा छ । कि मेरो बुझाइ गलत हुनुपर्‍यो नत्र मेरो विचारमा माघ १९ पछि कान्तिपुर साप्ताहिकको रुपमा अगाडि बढेको होकि भन्ने विष्लेशण रहेको छ ।
    तर यसले राष्ट्रलाइ भने फाइदा नै भएको छ । त्यसैले त्यो पाटो उप्काइरहनु नपर्ला ।
    तर यदी कान्तिपुर अब बैशाख ११ पछि पनि त्यही धारमा हिड्ने हो भने यो विषयलाइ बहसको पाटो बनाउनै पर्छ कि भन्ने मेरो धारणा मात्र हो । कान्तिपुर कुनै ब्यक्तिको लगानी रहेको पत्रिको हो । नेपालमा रहेका अहिलेका दैनिकहरुमध्ये पाठकमा धेरै प्रभाव छोड्न सफल पत्रिका पनि हो । मलाइ लाग्छ यसमा त्यहा कार्यरत पत्रकारको भन्दा मालिकहरुको निर्णय नै लागु हुन्छ । यदी भोलिका दिनमा कान्तिपुर मिसन पत्रकारीताको रुपमा कुनै प्रधानमन्त्री विरद्ध हिजोका दिनमा तुल्सि गिरीको विरुद्धमा खनिए झै खनिने हो भने के होला । त्यो बेला राज्य प्रधानमन्त्रीले हैन कान्तिपुरले चलाउन बेर छैन । अनी कस्लाइ प्रधानमन्त्रीमा टिकाउन वा नटिकाउने त्यो न दलको निर्णयमा भर पर्छ न जनमतमा नै । त्यसैले हाम्रो कामना कान्तिपुर लोकतन्त्रलाइ बलियो बनाउन ब्यावसायिक बन्दै गएर पुरै व्यवसायिक चै नहोस् जस्ले नगद र आफनो स्वार्थको लागि राजनीतिक विचलन र एक पत्रिकाको निरंकुशता लादिन पुगोस् पाठकमा ।
    किनकी सय चोटि झुट पनि साचो हो भनेर सञ्चारमाध्ययमले प्रचार गर्ने हो भने त्यो सही नै सावित हुन पनि सक्छ ।

  4. Ya i do completely agree on kamals ….
    ya the major culprit behind the failure of the constitution on 90 is … non other than Girija…. i was depressed when i hear in the victory rally of 12 baisakh when i heard that 7 party agreed in the name of GIRIJA for prime minister …the person who is the major responsible for the downfall of democracy than king, has been nominated by the seven party alliance….. .I believe till he is alive nothing could be of this country …..
    Country needs a foresighted premier.nor a hawaldaar like GIRIJA

  5. Please publish the pictures of the two women supposedly leading the rally in a new thread. Mark the one who used to come to you claiming to be Nikshya Shumsher’s party cadre. Now we should launch a media campaigne to publish close-up pictures of those involved in these sort of rallies around Kathmandu. It is just like when we published close-up pictures of security personnel involved in atrocities during People’s Movement 2. This is one solution to handle the situation. All this sort of Mandale Loktantra should stop!!!

  6. माधव नेपाल माथी मण्डलेहरुले धेरै पल्ट साँघातीक आक्रमण गरेका छन । यो आक्रमण पनि सुनियोजित् हो जस्तो
    लाग्छ । यो भिजिलान्ते हरु को आक्रमणलाइ सहि जवाफ दिएका छन् यी प्रहरी जवान् ले । मुलुक आभारी हुनेछ तिमि प्रती ,एउटा मुलुक को बैकल्पीक नेत्रीत्व को सुरक्षा धेरै महत्व

    पुर्ण कुरा हो ।

  7. Dear Umesh ji,

    Do you believe that children never lie and if they lie, they won’t be able to lie properly? They will make mistakes which we easily figure it out. And did you see the interview taken with a child who was on incident site, and it was shown in the news of Nepal 1 and image channel? According to that child the police short Mr. Rakesh Gurung (player) with which he fell down and again that police personnel caught him and shot him second time at point blank. So how can you say that the police was defending himself. Gurung was not holding any weapon and he was shot again when he was already unconscious. How can you defend a responsible person like police who was paid by the peoples sweating income and he was supposed to protect the life of the people of the nation. If this had happened in Middle East he would have been burnt alive in front of public.

    Now we have to see the committee formed within police itself will bring the fair news.

    Sabailai gyat bhaya.

    Thanks Umesh ji for bringing this news in this blog for which I requested you yesterday.

    Thanks
    Rajendra

  8. Asi le golo ta hanye chha .Haina Khukuri le ASi ko Ghati wa tauko ma lagaye ko Bhaye ASi pani marna sakthiyo hola.So Chest ma hoina Head ma hane ko Bhaye ramro hunthiyo.Kina bhane ek ta khaladi tes mathi pani huldanga ra gunda gardi gare pachhi k garne ta.AAjkal manchha haru chhada bhai rahe kaa chhan.Traffic le liscence check garyo bhane traffic lai nai pitne.Suraksyaakarmi lai ta kukur ko bayahaar garchhan.La praya jaile pani baato jam nai hunchha KTM ma julus nai nabhaye pani.AAba julus bhane ko ta
    Nepal ko fashoin nai bhayo.Kohi batama gaadi tersaune, Huda huda gunda lai police le samaune jadaa pani bajar bhanda huna thalyo.La bhannus Aaba k hola?

  9. यस घटनाबाट राजाका मतियारहरु अर्थात प्रतिगमनकारीहरु अझै सकृय छन भन्ने प्रमाणित हुन्छ ।

  10. Kantipur lay janaandolan ko support garyako againstma hola rajabadi lay yo mauka ko phaeda uthayera badau 16 doharaunay bichar garayko holan.Yo mauka ko phada lina khojnay tatwa lay garayeko ho sabaee hosiyar huna parcha jasto cha???pheri kunaee mauka ko partichaya hundaeeeeeeee cha jasto cha party haru lay milna parcha maobadi pani sayamit hunuparla jasto cha

  11. दिपकजी
    यो घटनाको निष्पक्ष छानवीन भएर सत्य तथ्य आउला नै । तर एकजना नेपालीको ज्यान त गयो नि हैन र ? के हातमा बन्दुक छ भन्दैमा ज्यानै लिनु पर्छ र ? यदि सांघातिक आतक्रमणको प्रत्याक्रमण हो भने त्यो त अनुसन्धानले नै बताउँछ।
    त्यसैले दिपकजी यस वेला तपाईंको समाचारको शीर्षक मिलेन । मृतक खेलाडीका परिवारलाई समवेदना दिनुस् तर घाउमा नुन छर्कने नगर्नुस् । अथवा तपाई ब्रुजुक नै हुनुहुन्छ भने तथ्य कुरा हाम्रा सामु ल्याउनुस् ।

  12. Is this called Loktantra ??

    khai hoh kina yesari jhan auta auta naya ghatana aunu thaleko….dikka lagera aucha hoh…….yo sabai dosilai kada bhanda kada sajaya nabhaira hoh..

  13. यो सम्पुण सन्चर माधयम मथि को आक्रमन हो

    Sharma GS (ICT Professional)
    Nepal ICT Hub P. Ltd.
    Kathmandu Nepal

  14. This is ridiculous. Let us see the faces of the mandale leaders of this group. They are trying to take advantage of the situation and destablize Nepal.

  15. राजा सहि भैदिएको भए राजकता नै हुन्थ्यो होला । तर राजा नै गलत परेपछि अराजक हुने नै भयो होइन र? त्यो अराजक भिड राजाका हनुमानहरुको हो भन्ने कुरा प्रश्ट छ । खेलाडीहरु कम्फु कराँते जस्ता खेल खेल्न त्यति पाउँदैनन् त्यसैले हात खुट्टा बढिनै चिलाउँदो हो । फरि यो देशमा किन बेच हुने, बिनिमय हुने मानब मा नेता र खेलाडि नै हुन । बिचरा निरिह नारीहरु चाहीँ बिदेश लगेर बेचिन्छन् तर नेता र खेलाडि चाहीँ देश मै । त्यसमा पनि कराँतेका खेलाडी र नेताको भाउ देशमा थामिनसक्नु चर्को छ । अब उमेशजि एक काम गर्नै पर्ने भो त्यो के भने यिनिहरुको बैँक खातामा चेक कहाँ कहाँ बाट आएर जम्मा हुन्छ त्यो चाहीँ अलिक ध्यान दिएर खोज्नु पर्यो । त्यसपछि थाहा हुन्छ को कस्को गोटि हो भन्ने कुरा ।

  16. yes,
    this is what happens in nepal.
    no one is responsible for the security of the people who faught for the democracy.

    and now what is happening is that the government is not finding any conclusion regarding the peace process and asking UN team to stay longer.
    go to hell.

    i am surprised why this girija budo sorga jane belama narga ko bato choose gardai chha.

    manche budo bhayapachi niu khojchha bhaneko yehi ho kyara.

  17. I agree with Kiran USA.

    Girija is the main culprit in present situation of nepal.

    Moreover, Nepali Congress is the main barrier in the rapid development of country. 90 percent of the present parliamentarians are likely lose their political career once the parliament is dissolved. the political structure is likely to change. Therefore, Nepali Congress especially is against to the way for the political deadlock or for not dissolving parliament.

    Most congressmen are the lover of chakari. NEITHER THEY KNOW WHAT FREEDOM IS, NOR THEY PREFER TO BE FREED FROM CHAKARI.

    THEY JUST WANT TO DO TEL MALISH TO KOIRALA PARIWAR. THAT’S IT.

    Freedom Lover

  18. We have too many reactionary forces in Nepal. We cannot see any organised political system or party. People are all the time presenting themsellves as rebelians. In this unstable situation there are lot of criminal minded people who wants to make worst out of the situation. All the wise people should be aware of such dirty criminal activities. Lot of this will continue due governments in capacity to deal with the mandale. Government is not keen in consolidating the power base based on popular mandate when everybody busy in their own little dark dirty game these rampant mob will be seen more frequently.
    I think time has come that nepalese start behaving like civilised society rather than to demonstrate the jungle’s rule. It will further give power to palace conspiracy and hope that is last thing Nepalese will want at this political juncture.

  19. behad dukha cha ti karate kheladi ko jyan gayeko ma… tara yo ghatana lai raja chahane manche harule dhrai use garchan jasto lagcha…tapaile ti dui mahila raja ko manche bhanda malai testai lageko cha…

  20. १) जो सुकैले जे सुकै गर्न पाउनु पर्ने – शायद नेपालको गाइजात्रे लोकतन्त्र यहि सिद्ध गर्न खोज्दै छ । कसैलाइ कसैसित डर पनि छैन, आदर पनि छैन, बिश्वास पनि छैन, भरोसा पनि छैन ।

    २) शान्ति शान्ति शान्ति, यहि नै सबैको मुखमा झुण्डिएको छ र यो नै सभ्य देखिने, कमजोरी लुकाउने, गलतिको ढाकछोप गर्ने हतियार बन्दैछ । इमान के हो भन्ने चीज अब खरायोको सिङ भएको छ ।

    ३) नेपाल हतियार प्रतिबन्ध गरिएको देश हो, तर यहाँ नै बैध अबैध हतियार प्रयोग गरी अनेक खालका अपराध र क्रान्ती भइसकेका भइरहेका छन । हतियार – हतियारको द्वन्द भन्दा पनि हतियारहुनेले निहत्थामाथि चर्को दमन, शोषण र अत्याचार गरिराखेका छन ।

    ४) अबको नेपाली समाज राजनीतिकरुपमा शान्त हुन गाह्रो छ किन कि माओबादी, अमाओबादी, राजाबादी, लोकतन्त्रबादि, जातिय स्वशासनबादि, समानुपातिक अधिकारबादि, इत्यादि इत्यादिबादिहरुलाइ सहमतिमा ल्याउनु भनेको बाघ चढेर शयर गर्नु जस्तै जोखिम र जेलिएको धागो भन्दा जटील छ । त्यसमाथि सामाजिक शान्ति, जहाँ उँचनीच, जातभात, धनी गरीब, बिद्वानहरु-पटमुर्खहरु, आस्तिक नास्तिक, जस्ता सबैखालेहरु मिलेर बस्नु जरुरी छ, को वातावरण कायम गर्न त ईन्द्रेको बाउ चन्द्रे आए नि ल्याउन सक्दैन ।

    ५) जहाँ बुद्धिमत्तापूर्ण बिचार, तर्कसंगत अवधारणा, गम्भीर बिश्लेषण आदिको अबहेलना हुन्छ, त्यहाँ भैसि धपाउने लाठिले मात्रै काम गर्छ । ज्यानको माया सबैलाइ हुन्छ, कञ्चटमा बन्दुक तेर्सिन्छ है भन्ने थाहा भएमा खतरा मोल्न कोहि चाहन्न।

    ६) यो सबै कुरो बिचार गर्दा, नेपालमा अब सबैको हातहातमा बन्दुक हुन जरुरी देखिन्छ । त्यसो भयो भने सबैले सबैजना सित डराउनु पर्ने हुन्छ, अलि अलि अपराध बढ्छ, तर सबैको स्वाभिमान पनि बढ्छ । अनि, ज जसलाइ जो जो सित बदला लिनु पर्ने हो लिन्छन, कुरै सकियो ।

  21. this kind of thing happening due to the back up force of royal palace.need to be aware. they want to prove democracy fails in nepal. at last they say RAJA AAU DESHA BACHAU. we all know it.. dont blame eachother. its not general people. its palace.

  22. I really don’t wanna write any comment anymore over here. But this time I feel such an urge that I cannot stop myself. My be there is no sensible comment here or are they too few which are lost in the midst of non-sense.

    My point is we nepalease have fantasized about the glory days after the revolution. We came to the street with such high hopes that we all wanted to be perfect. We beleived in it so strongly that we are still beleive everything will be perfect. Not just ordinary illeterate folks but everybody- including journos, doctors, police, everybody —

    I visited Nepal this June and that was the thing that I noticed and this is one of the consequence that I am seeing these days. On top of that, people have stopped thinking and start beleiving everybody. May be it is good to say that people start beleiving others. But when it comes to the matters like this – VANDALISM — they should first think and act. If we as humans start not-thinking we will be lot worse than animal. This is what happening. The people who are there protesting against a media house just because it potrayed the image of a person in wrong way does not have sense. It is them who start beleiving the media house. And they can always write an article next day in another media to say that “kantipur is not a good media” if they can. There are so many other media house in kathmadu which want to wipe out the business of kantipur. kantipur will not get blow because people come there in the street saying kantipur did wrong. but it will get a big blow if all of its readers listners and viewers start discrediting it.

    Other reason is these people are unemployed and they might have been paid to get the protest going on out there against anything that will hinder this governments activity.

    May be it is another khukuri daal of 2007/2008/2009 BS era.

    Journos thought they are free to say anything — just anything in any manner they like. And after the revolution ended, it went so much to a degree against any royal related stuff that it must have made the “roayl” life so uncomforting that they were provoked. This might be there first reaction to it.

    so please stay calm until the constitution assembly election are hold. Please don’t be hypocritical. Please don’t do anything that might hinder the peace. And ultimately it is peace that people wanted fom there heart.

  23. I guess next would be Nepal Burglers’ Association protesting on arrests of their member thieves…

    Whatever or whoever the protesters do – I can’t understand why these burning tyres are not cleaned up immediately by the police (with the help of fire brigade, perhaps)?

  24. यो गाइजात्रा नेपालमा कहिले अन्य होला? एक दिन त अबस्य होलानि आशा गरओं

  25. Hi Sathi ho,

    first Kick out Gi…ri….ja from his post. He is the stupid who is playing all the game. Due to Girija
    1. Pyar Gunj did not go for his statement
    2. Discussion between 7-parties and Moist had been
    fixed but Girija cancelled the peace meeting
    because he was absent in Godawari Warta even his
    member were there. He wants to be hero
    3. He gave first speech that he needs King even no
    one wants king.
    4. He is not giving time to Prachand to meet
    5. He is not healthy.
    6. His daughter is doing grand party for her
    daughter marriage even though it is completely
    illegal.
    7. He is not sincere about peace, just worry about
    chair

    In summary, I can say that Gi..ri..ja is a great cancer which will bring a thunderstorm which may do anything than again Giiii riiii ja will say, now I learn, next time I will not do.

    1. Who bring the condition of country in this stage?
    Ans: Giiii…riiii….ja

    2. How did he bring?
    Ans: By kicking out full government because of his
    personnel ego and personnel matter.

    3. What thing others did Giii..riii.. ja do bad for
    Nepal and Nepali?
    Ans: Please see the history of Nepal, all the bad thing happen in Nepal is due to Giiii..riii..ja like
    eg: Used arm against moist, kick out GaneshMan and Bhattarai from politics, Corruption, Autocracy in party, Family involvement etc.

    So, you have time Nepalese guy, think again and decide when u want to kick Giii..riii…ja. Do not think that he is belonging to your party, Nepal is more important than party. So, kick Gi..ri…ja now, immediately, no later.

    Kiran
    USA

  26. we are still in the jungle age. We nepalese don’t know honestly what is democracy and being a citizen what are the responsibilities and limits.

    Since we got power back to people we have seen very uneasy situations. Even for a small event we don’t hasitate to make it big. Why people are directing in that direction needed to be analysed in time otherwise who knows what next to happen. Government walks in the direction of foreigners and tatus. Girija gives order to chief of military to go for tour instead of going in investigation office where he was supposed to go. This girija is the big problem I have been praying for him to go as soon as possible to the GOD.

    God bless Nepal!

Comments are closed.