हुलाकका कारण राजाको सम्पत्ति विवरण संकलन गर्न अप्ठेरो

-दीपक भट्टराई-

धेरै ठूला-ठूला योजनाहरु साना-साना कुराले असफल पार्छन्। सरकारलाई त राजाको सम्पत्तिमा कर लगाउने हतारो जेठ ४ गते प्रतिनिधि घोषणापत्र २०६३ जारी भएकै दिनदेखि शुरु भएको हो। तर, के गर्नु हुलाकले ढिलो गरिदियो।
हुलाकलाई दोष मैले लगाएको होइन, सत्तासिन एक मन्त्रीले नै लगाएका हुन्। नयाँ आर्थिक वर्षको बजेट घोषणा हुनु अगाडि नै राजाको सम्पत्ति तथ्याङ्क बाहिर आउला र त्यस्मा लाग्ने करको घोषणा हुन्छ भन्ने लागेको थियो। तर लोकतन्त्रको तीन महिना १० दिन अर्थात् सय दिन पुगिसक्दा पनि राजाको सम्पत्तिको छेउ टुप्पो सरकारले पत्ता लगाउन सकेको छैन।

यस्तैमा भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीलाई राजाको जग्गाजमिन पत्ता लगाउनु पर्ने जिम्मा प्राकृतिक व्यवस्था तथा साधन स्रोत समितिले दिएको छ। उनले साउन ३ गतेसम्म जग्गाको विवरण बुझाउनुपर्ने थियो। तर साउन १८ गतेसम्म पनि तथ्य विवरण दिन सकेनन्। उनले ३४ हजार रोपनी जग्गाको विवरण त दिए तर ती केवल सात जिल्लाका मात्र थिए।

७५ जिल्लामध्ये अन्य जिल्लामा राजा र राजपरिवारको जग्गाको विवरण समतिले अब ६ दिनभित्र उपलब्ध गराउन माग गरेको छ। राजा, राजपरिवारसँगै वंश नास भएका वीरेन्द्रको परिवारको जग्गाको विवरण पनि माग गरेको भए पनि ती सबैको विवरण आउने अझै टुंगो छैन र मन्त्रीले त्यस्को दोष हुलाक कार्यालयलाई लगाएका छन्। उनको भनाई छ, सरकारी कागजपत्रको आदान प्रदान हुलाकबाट हुन्छ। सबै जिल्लाको मालपोत कार्यालयमा हुलाकमार्फत् जग्गाको विवरण माग गर्दै पत्र पठाएको हो, जवाफ आइसकेको छैन। हुलाकमार्फत् नै सबै विवरण आउनेछ भन्ने विश्वासमा कम्युनिष्ट नेता मन्त्री चौधरी छन्।

तर, नेपालको हुलाकको कहानी तपाईहरु मध्ये धेरैलाई पक्कै पनि थाहा छ। बच्चाको न्वारनका लागि पठाइने धेरैजसो पत्र पास्नी (भात खुवाउने) बेलामा मात्र पुग्छ। मन्त्री चौधरीले हुलाकलाई दोष मात्र दिएनन् मौसमलाई पनि दोष दिदैं भने, विवरण आउनमा ढिलाई हुनुमा वर्षात् सिजनको पनि दोष छ। कतैबाट दबाब पो आएको छ कि भन्ने कुराको भने मन्त्री चौधरीले ठाडो इन्कार गरे र हदबन्दी लगाएर छोड्ने ध्वाँस दिए। हुलाक ढिलो छ र भरपर्दो छैन नि भनेर सोधिएको जिज्ञासामा भने मन्त्रीले जवाफ दिए- कुनै-कुनै ठाउँमा कुरियरबाट बोकेर ल्याउने छौ।

मन्त्री ज्यू, जसरी ल्याए पनि छिटो ल्याइदिनुहोला, हाम्रा राजाको कति जग्गा रहेछन्, हामीले जान्न पाम्छम् कि !

5 Comments

  1. Indeed its unnecessary to blame any one for this.
    What the big deal is here.

    If the Cabinet or the so called parliament has the gots why not send a letter to every member of the Gyane’s family and ask them to submit their properties detials.The unmentioned property will be automatically government’s and the presented detail bata pani government le nationlise garnu parcha.

    Earlier, every ministers of the cabinet had to submit their properties detail while entering as a minister and at the time of leaving.

    Parliamentarian stop blaming the government and you people start to take steps. What r 205 members doing.Dont think even the 50% of the SAMSAD are engaged in any kind of national re-building process. Khali House ma gayara yo bhaya na ra tyo bhayana bhanne matra ra aru time the house ma hai hai gardai bhatta pachaune matra?

    STOP. STOP . STOP.
    Ati bhayo.If u cannot resolve the problem or show the path of re-construction then resign and stay away from the parliament. Do u , so called janta ka pratinidhi got the GOTS.
    We janta r asking you expired medicne to quit. And the other Youth with future vision will make a settlement.

    ADHIKAMSA 60 NAGHE KA RA 21ST CENTURY SANGA KUNAI PANI KISIM LE AFU LAI DHALNA NASAKNE HARU KO JAMAT HO YO.AJHA P.M. KO KURA GARNE HO BHANE TA HE REPRESENTS THE MINDSET OF PEOPLES 3 GENERATION AGO.
    How can we expect a drastic and a dramatic change from these people.

    If this process stays longer the worst the situations will be in Nepal.
    “SABAI LAI CHETANA BHAYA”.

    sailesh,Biratnagar

  2. अब राजाको जग्गा बाँड्ने आन्दोलन थालेर गरीव र नादान नेपालीको बुद्दि भुट्ने आन्दोलन गर्नु पर्छ । नेपालको गरीबी राजनीतिको गूळीया नारा बाँड्ने
    टपर्टुइँया कम्युनिष्टहरुको कृडाभूमी रहेको हुनाले अब फेरि एउटा भीषण आन्दोलन दन्काउन पर्छ , यही राजाको सम्पत्तिको कुरालाई अलि मच्चाएरै भएपनि ।

  3. “nachna najanne ko aagan tedho” yehi ho sabaiko kura, jabo esto euta kaam ta garna sakdaina bhane, hamra mantri jyu haru bata aru ke aasha garna sakinchha holaa…udek layera aaunchha news haru sunda sunda ni!
    DINDAI JANUS MANTRI JYU DINDAI JANUS ARU KA KASLAI DOSH DINA MILCHHA HERERA DINDAIJANUS RA AAFU TANNA GHICHERA BASNUS AARAM SANGA, DHERAI NABHAYE NI AJHA 5/7 MAHINA TA JANCHHA NAI HOLA YO NEPAL SARKAAR NAAM GARIYEKO NAYAAN SARKAAR….

Comments are closed.