अर्जुन पराजुलीका कविता

साउन २१ गते बसन्तपुरमा भएको नागरिक सभामा अर्जुन पराजुलीले वाचन गर्नुभएको कविताहरु यहाँ प्रस्तुत गरेको छु। कविता सुन्न र कविताको लिखित रुप पढ्न भित्र आउनुस्। कविता गणतान्त्रिक हुन्। त्यसैले राजावादीहरुले पढेर ब्लडप्रेसर बढाउनुभन्दा नपढेकै ठीक।
अर्जुन पराजुलीका कविता सुन्न यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

थाहा नभए थाहा पाइराख
नेपाल आमाका छोरा हो
नेपाल आमाकी छोरी हो
राजा भनेको जनता झुण्ड्याउने डोरी हो
जसलाई डोरीमा झुण्डिएर मर्न मन छ
उसले राजा राखे हुन्छ
झुण्डिएर मर्न चाहनेलाई सहयोग हामी अरु केही गर्न सक्दैनौं
उ त्यहाँ झुण्डिनुस् भनेर रुखको हाङ्गा देखाइदिन मात्र सक्दछौं

***********

संसदमा पनि पार्टीहरु छन्
सरकारमा पनि पार्टीहरु छन्
पार्टीहरुमा शान्ति भाँड्न भनी स्टक बसेका
श्री ५ मोरियार्टीहरु छन्

*****

सरकार भन्छ-
हामीले भनेको सेनाले मान्छ
भनेको त्यहाँभन्दा बढी सेनाले कति मान्नु ?
बानेश्वरमा बोलाउँदा पोखरामा जान्छ

सरकारले सेनालाई राजाको जन्मोत्सव नमनाउनु भनेर उर्दी लाउँछ
भनेको त्यहाँभन्दा बढी कति मान्नु ?
सेनाले राजाको जन्मोत्सव मनाउँछ

सरकार भन्छ-
सेनाले जनताको सुरक्षा गर्छ
त्यहाँभन्दा बढी सुरक्षा कति गर्नु
सेनाले चौकी घेर्छ र पुलिसहरुलाई अपहरण गर्छ

सरकारले भर्खरैदेखि भन्न सुरु गर्‍यो
सेनाले अब माअ‍ोवादीको पनि सुरक्षा गर्छ
सरकारले भनेपछि पहिले पहिले जस्तै यसपालि पनि
सेनाले कसलाई मान्छ
मलाई थाहा छैन
फेरि कतिजना मान्छेको ज्यान जान्छ

******

प्रधानमन्त्री ज्यु,
तपाईँले भन्नुभयो- सेना मेरो मातहतमा छ
अस्ति पुलिसलाई अपहरण गर्न जाँदा
सेना भ्यानभित्र थियो
के तपाईँ भ्यानको छतमा हुनुहुन्थ्यो ?

*********

हामी राजाको विरोध गर्छौं
राजा रहला भन्ने डरले
तिनीहरु राजाको विरोध गर्छन्
राजा जाला भन्ने डरले

हामी सडकमा जुलुस निकाल्छौं
गणतन्त्र जोगाउन
तिनीहरु संसदमा जुलुस निकाल्छन्
राजा जोगाउन
हामीलाई रहर छ काले सेते र आइतेकी नातिनीलाई राष्ट्रपति बनाउने
तिनीहरुलाई रहर छ राजाकी नातिनीलाई राजा बनाउने

हामी भन्छौं बाँकी सबै कुरा छाडेर
संविधान सभाको चुनाव गर
तिनीहरु भन्छन् संविधान सभाको चुनाव छाडेर
बाँकी सबै कुरा गर
***********

राष्ट्रिय पञ्चायत भाग २

माअ‍ोवादीमा नेताले भनेको कार्यकर्ताले मान्दैनन्
सात दलमा नेता आफूले भनेको नेता आफैले मान्दैनन्
राजालाई तह लगाउन सकियो
माअ‍ोवादीलाई तह लगाउन सकिन्छ
जनताहरु दलका नेतालाई तह लगाउन नसकिने भो भन्छन्
किनभने दलका नेता
ताक नपरे माअ‍ोवादी बन्छन्
ताक परे राजा बन्छन्

तिनीहरु हिजो बेलुकासम्म भन्दै थिए
त्यो सेना राजाको हो
आज बिहानदेखि भन्दैछन्
त्यो सेना हाम्रो हो
कुरो बुझ्दै ल्याउँदा हो रहेछ
तिनीहरुले झुठ बोलेका हैन रहेछन्
राजाको सेनालाई आफ्नो बनाउन
रातभरिमा तिनीहरु राजा भएछन्

तिनीहरुले हामी प्रतिनिधि सभाको स्थापना गर्छौं भनी वाचा गरे
जनताहरु होला त नि भनी विश्वासमा परे
भरे केको प्रतिनिधि सभा स्थापना गर्थे
तिनीहरुले त राष्ट्रिय पञ्चायत पो स्थापना गरे

पाकेट बेग्लै पापा उही
पालिस बेग्लै थापा उही
छिन्ताङ बेग्लै झापा उही
उमेर बेग्लै थापा उही

राष्ट्रिय पञ्चायत भाग २

देखियो राष्ट्रिय पञ्चायत भाग २ चलेको पनि देखियो
देखियो संविधान सभा जाने बाटो छलेको पनि देखियो
देखियो नागरिक आन्दोलनको आगोले
राजाका घोडाहरुको पूच्छर जलेको पनि देखियो

देखियो राष्ट्रिय पञ्चायतका हाङ्गाहाङ्गामा
राजा फलेको पनि देखियो

राष्ट्रिय पञ्चायत भाग २
तिमीले हामीलाई राजा दिनुपर्दैन
तिम्रा राजाले अपुतालीको खेती कसरी गर्छन्
हामीलाई थाहा छ
तिमीले हामीलाई घोषणा पनि दिनु पर्दैन
तिम्रा घोषणाले भीआईपी पोजिटिभ राजा कसरी मर्छन्
हामीलाई थाहा छ
राष्ट्रिय पञ्चायत भाग २
हामीलाई त केवल तिमीले एउटा मतपत्र दिए पुग्छ
जुन मतपत्र हुनेवाला राष्ट्रपतिको फोटैफोटोले भरिएको होस्
फोटोमुनिको खाली ठाउँमा राजाद्वारा अन्तिम इच्छा व्यक्त गरिएको होस्…

[यो कवितामा बीचका केही अंश छुटेका छन्। कसैले कपी पेस्ट गरेर अरुमा साभार गर्दा त्यसमा ध्यान दिनुहोला]

11 Comments

  1. RAMRO LAGYO TAPAIKO POEM ,TAPAIKO POEM LAI NEPALI JANTA LEY BUJEA MA ,AATI RAMRO HUNTYO HOLA .CONGRATULATION MR “ARJUN PARAJULI”

  2. Peom is nice structurewise. The writer has put good effort to set the rhyme. But the contents are suitable for some Dohori Geet only.
    Ok Gynendra is the last man standing to take all the blames, i agree that. But what, was Nepal like Switzerland before his regime?
    There was huge celebration during 1990 for the restoration of democracy. People lost their lives in the streets during protests only. So, i guess there lots of others to take the blames too. We all have to take the blames for the failure of the nation. It was we voted the political leaders and got sick of all of them and wished for a guardian in qietness. Its our fate nothing has come out good yet. The so called top leaders are still stuggling to acquire the greater portion of the pie. They are bound to act another monarchs.

  3. धन्यबात छ उमेश जी तपई लाई कबिता सुनाई दिनउ भयको मा

  4. Red salute to great courageous poet ArjunJi !

    Thanks Umeshji !

    It is the time to eliminate all the royalist & foreigner,s tail like girija and his Bhajan mandali , who are the traitor of country.S

  5. क्या झुर कबिता, त्यो भन्दा हजार गुना गालि गरेर मैले पनि कबिता लेख्ना सक्चुउ तर काम गर्न धेरै गारो हुन्छ, सबै प्रचन्द का तात्तु पुछर् हुन् प्रचन्द को बिरोध् गर्न थर्थर् कप्छन् बिचरा मरेको बाघ्को जुङा उखेल्छन् मोरा नामर्द हरु कि कसो?

  6. I did not findout anything exciting in this poetry, no at all cos well educated people knows situation of the country. Well I found it’s like a GAIJATRE KAVITA only suitable for JHAAR PAAT.

Comments are closed.