बेनी यात्रा संस्मरण-१

यो यात्रा संस्मरण केही पहिले नै लेख्न सुरु गरिएको भए पनि बीचमा पेट्रोलियम पदार्थको भाउ बढेपछि देशमा देखिएको असहज परिस्थितिका कारण स्थगित गरेको थिएँ। आजबाट यात्रा संस्मरण पुनः सुरु गर्दैछु। यात्रा संस्मरणका क्रममा भिडियो ब्लगहरु हुनेछन्, अडियो ब्लगहरु हुनेछन् र फोटोहरु पनि हुनेछन्। केही नितान्त व्यक्तिगत कुरा हुनेछन्, केही नितान्न राजनीतिक कुरा हुनेछन्, केही रमाइला कुरा हुनेछन् त केही नरमाइला। यात्राका क्रममा पुगेका सबै ठाउँलाई हामीले भिडियोमा समेट्ने प्रयास गरेका छौं। सोच त ट्राभल डकुमेन्ट्रीको रुप दिने नै थियो। तर सिकारु न पर्‍यौं। फेवातालमा डुंगा चलाउने माझी दाइको रमाइलो अनुभवदेखि लिएर माअ‍ोवादी नेतासितको पूर्णतया राजनीतिक कुराकानी, संविधान सभा र राजाका बारेमा सर्वसाधारणको धारणा, माअ‍ोवादीले बेनीमा गरेको आक्रमणको एक स्थानीय बासिन्दाद्वारा संस्मरण आदि सबै क्रमशः यो संस्मरणका आगामी भागहरुमा समेटिँदै लगिनेछ।

पहिलो अंशमा भने एउटा भिडियो ब्लग प्रस्तुत छ। यो भिडियो ब्लगमा हामीले काठमाडौंको कलंकीबाट यात्रा सुरु गरेर पोखरा पुगुञ्जेलका दृश्यहरु समेटिएका छन्।

साउन २७ गते शनिबार मध्यान्ह १२ बजेबाट हाम्रो यात्रा सुरु भएको थियो माइक्रोबसमा। माइक्रोबसको सबैभन्दा पछाडिको सिटमा हामी बसेका थियौं। चार जनाको सिटमा तीन जनामात्र बस्न पाएको हुनाले केही सुविधा भए पनि बसमा जस्तो आरामले खुट्टा तन्काएर कहाँ बस्न पाउनु र ! माइक्रोबसको सुविधा भनेकै छिटो पुर्‍याउनु हो। तर यो साझाको माइक्रोबसले भने दुई ठाउँमा खाजा खान रोकेर लगभग बसले पुर्‍याउने समय नै लगाइदियो।

राजमार्गका सबैजसो ठाउँमा मोबाइलको कभरेज हुनु पनि रमाइलो अनुभव हुने रहेछ। तर रोमिङ चार्जका कारण फोन गर्न र काठमाडौंबाट आएका फोन उठाउँदा तिर्नुपर्ने रिसिभिङ चार्ज भने चर्को रहेछ। ब्यालेन्स त स्वात्तै घट्ने। एसएमएस गर्न भने मजा हुने रहेछ बरु।

यो पहिलो भिडियो ब्लगमा राजमार्गका दृश्यहरु, पहिलो र दोस्रो पटक खाजा खानका लागि रोकिएका स्थानका दृश्यहरु छन्। दोस्रो पटक खाजा खानका लागि रोकिएको स्थानमा तल झरेर नदीका दृश्य पनि खिच्यौं हामीले। पोखरा पुगिसकेपछिका दृश्यहरु भने दोस्रो अंशमा समेटिनेछ।

भिडियो ब्लगको पहिलो अंश हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्-


अथवा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस् (10 mb, wmv)

12 Comments

  1. umesh ji…
    milanchowk(b4 3 km from beni) kahile pugne ho sasmaran lekhdai….anxiously waiting to see my vill..on your blog………great job.b.o.l.

  2. मेरो बारेमा चासो राख्नुहुने पाठकलाई धन्यवाद। ब्लगमा मेरो गर्लफ्रेण्डको बारेमा कुरा भएको छैन। गर्लफ्रेण्ड नै नभएको मान्छेलाई मेरो गर्लफ्रेण्ड भनेर पनि त भन्नु भएन नि।

  3. i am posting this comment here since i could not find any proper heading to post.. sorry umesh ji.

    freedom of speech
    constitution of nepal 2047 guarantees freedom of speech, that could have been the reason behind recent comment/remarks by our DPM sherchan,”Deputy Prime Minister Amik Sherchan has said that the problems facing the country could not be resolved even if the Maoists surrendered their arms”.
    he has been acting as the maoist agent in the government. i would say he is a maoist agent trying to provide the maoist, upper hand in the peace process.

  4. Tell us more about Mani’s Girl-Friend? and all you folks.
    ——————
    Great endeavor but novice photography.

  5. Umesh jee
    Hajurko hiro ko roll chahi eakdam ramro lagyo,ani Beni jane bato ko drisye haru atti ramro chha, tara camara man alli sikauro parechhanki kyaho?? pheri camara manle dukha mannu holani,,,,,over all very intesting nad nice to see our beni

  6. उमेशजी, तपाईको बेनीको यात्रा संस्मरण पढ्न त पाए धेरै खुशी र रमाइलो लाग्यो तर भिडियो हेरन आतुर थिए । तर कम्पनीको इन्टरनेट र्सबरमा ब्लक देखायो । कृपया पहिलेको जस्तै या रीयल प्लेरको माध्यमबाट राखिदिनु भए आभारी हुने थिए । तपाईको ब्लक स्तरिय छ र यसको प्रगतीको कामना गर्दछु ।

    रोमन

Comments are closed.